अाज विश्व योग दिवस्

काठमाडौँ, असार ७ । नेपालमा योग तथा आध्यात्मको माध्यमबाट पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले दोस्रो ‘विश्व योग दिवस’ मनाउने भएको छ ।

योगको महत्वलाई दृष्टिगत गर्दै संयुक्त राष्ट्रसङ्घले विगत दुई वर्षदेखि हरेक वर्ष जुन २१ तारिखमा विश्व योग दिवस मनाउने घोषणा गरेको थियो ।  नेपाल योग एसोसिएसन र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा नेपालमा दोस्रो विश्व योग दिवस मनाउन लागिएको हो ।

एकहिसाबमा योग भनेको केवल व्यायाम मात्र हो अनि योगलाई धर्मसंग जोडेर बुझ्ने भन्ने अर्ध बुझाई हामीमध्ये धेरैको हुन सक्छ ।

स्वास्थ्यचौकी पुनःनिर्माणमा युनिसेफको आलटाल

गोरखा, असार ५ । ‘गोरखा भूकम्प’ ले क्षति पुर्याएका गोरखाका विभिन्न १२ वटा स्वास्थ्य चौकी भवन पुनःनिर्माण गर्ने अनुमति लिएको युनिसेफले जिम्मेवारी लिएअनुसार तोकिएको समयभित्र स्वास्थ्य चौकी भवन पुनःनिर्माण गरेको छैन । युनिसेफले दर्बुङ स्वास्थ्य चौकी भवन मात्रै पुनःनिर्माण गरेको छ । जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार गुम्दाको माछाखोला, गुम्दा गाउँ, बारपाक, लाप्राक, छोप्राक, आरुपोखरी, फुजेल, गोरखा नगरपालिकाअन्तर्गत तारानगर, बक्राङ, देउराली र नाम्जुङ स्वास्थ्य चौकी पुनःनिर्माण गर्ने जिम्मा लिएको युनिसेफले भूकम्प गएको डेढ वर्ष भइसक्दा पनि ती भवन पुनःनिर्माणमा चासो दिएको छैन । स्वास्थ्य चौकी पुनःनिर्माण नहुँदा त्रिपाल, टेन्टबाटै बिरामीलाई सेवा दिनुपरेको स्वास्थ्यकर्मीले गुनासो गरेका छन् । गत वर्ष मङ्सिरमा निर्माण सामग्री थुपारे पनि अहिलेसम्म स्वास्थ्य चौकी भवन पुनःनिर्माण सुरु नभएको नाम्जुङ स्वास्थ्य चौकी प्रमुख लीला गुरुङको भनाइ छ । उहाँले भन्नुभयो, “प्रिफ्यावको सामान प्रत्यक्ष घाममा नराख्नु भनेर लेखिएको छ । तर यहाँ घाममा सामान थुप्राइएको छ । सामान थुप्राएर गएका युनिसेफका कर्मचारी फर्केर पनि आएनन् ।” जिल्ला जनस्वास्थ्य कार्यालय गोरखाले युनिसेफलाई पटक–पटक पत्राचार गरी भवन निर्माण सक्न निर्देशन दिएको जनाएको छ । कार्यालयमा रही सङ्घसंस्था हेर्दै आएका स्वास्थ्य सहायक नानीबाबु दानीले भन्नुभयो, “युनिसेफले काम गर्न नसक्ने हो भने अरु संस्थालाई काम दिन्छौँ । काम गर्न नसक्ने हो भने सक्दिन भन्नुप¥यो ।” सन् २०१६ मा भवन निर्माण सक्ने गरी जिम्मेवारी लिएको युनिसेफले अझै स्वास्थ्य चौकी भवन निर्माणलाई तीव्रता नदिएको जनस्वास्थ्य कार्यालयले जनाएको छ । भवन निर्माण नगरी अलपत्र छाडेकोबारे प्रतिक्रिया लिँदा युनिसेफका कर्मचारीले आफूहरुले सूचना दिन नमिल्ने भन्दै पन्छिने गरेका छन् । भूकम्पले गोरखाका ५२ वटा स्वास्थ्य चौकी क्षति पु¥याएको थियो । यीमध्ये पाँच वटा असल छिमेकी नेपाल पोखराले पुनःनिर्माण गरिसकेको छ । केयर नेपाल, आइएमसीलगायत विभिन्न सङ्घ संस्थाले पनि स्वास्थ्य चौकी भवन निर्माण गरिदिएका छन् । पक्की भवन निर्माण गर्न ढिलो भइसक्दा पनि अर्धपक्की भवन निर्माण सकिएको छैन ।

खोप केन्द्र भवनको उद्घाटन

पोखरा, जेठ २१ । पोखरा लेखनाथ महानगरपालिका वडा नं २१ फेदीपाटनमा रु दुई लाख १९ हजारको लागतमा खोप केन्द्र भवन निर्माण गरिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय कास्कीको रु दुई लाख १० हजार र बाँकी स्थानीय जनश्रम परिचालन गरी सो भवन निर्माण सम्पन्न गरिएको हो । खगराज आचार्यले शनिबार आयोजित एक कार्यक्रममा सो नवनिर्मित भवनको उद्घाटन गर्दै शिक्षा, स्वास्थ्यलगायतका विभिन्न विकास निर्माणमा साझेदारीको खाँचो औँल्याउनुभयो । जिल्ला जनस्वास्थ्य कार्यालय, कास्कीका खोप केन्द्र प्रमुख एकनारायण लम्सालले मातृशिशु सुरक्षाका लागि सरकारले सञ्चालन गरेको पूर्ण खोपका लागि प्रतिव्यक्ति रु चार हजार ३०० खर्च हुने गरेको जानकारी दिनुभयो । उहाँका अनुसार जिल्ला जनस्वास्थ्य कार्यालयले चालु आवमा रु ३१ लाख ५० हजारको लागतमा जिल्लाका विभिन्न स्थानमा १५ वटा खोप केन्द्र भवन निर्माण गरिएको छ । सो भवन निर्माणपछि दम्सादी, मास्पाटन, फेदीपाटन र खच्र्याङका गर्भवती महिला र बालबालिकालाई सर्वसुलभ रुपमा खोप सेवा पुग्ने निर्मल पोखरी स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष टीकाराम पौडेलले जानकारी दिनुभयो ।

स्वास्थ्य संस्थामा जीवनजलसमेत छैन

बाजुरा, जेठ २० । बाजुराको विकट उत्तरी भेगमापर्ने हिमाली गाउँपालिका साविकको बिच्छया स्वास्थ्यचौकीमा सामान्य जीवनजल समेतको अभाव रहेको छ । दैनिक झाडापखालाका दशदेखि बाह्र जनासम्म बिरामी आउने भएपनि सामान्य जीवनजल समेत नभएको स्वास्थ्य चौकीका इन्चार्ज कमल आचार्यले बताउनुभयो । छोरालाई झाडापखालाको उपचारका लागि आएकी बिच्छया नेटाकी सुनकला रोकायाले सामान्य जीवनजलसमेत नपाएर रित्तो हात घरफर्कनु भयो । उनी जस्तै दैनिक दशदेखि बाह्रजना झाडापखालाको उपचारका लागि आउने बिरामीले सामान्य जीवनजलसमेत नपाउने गरेको स्वास्थ्यकर्मीले बताउने गरेका छन् । जिल्ला स्वास्थ्य कार्यालय बाजुरामा फोनमार्फत खबर गरेको भए पनि जिल्लाबाट नै नआएको इन्चार्ज आचार्यले बताउनुभयो । बिच्छयामा निजी औषधि पसलसमेत नभएकाले यहाँका बिरामी दुई तीन दिन लगाएर कोल्टी उपचारका लागि जान बाध्य भएका छन् । बिच्छया स्वास्थ्य चौकीमा जीवनजल अभाव भएको दुई साता भइसकेको छ । त्यस्तै सिटामोल, आँखा पाक्ने, कान पाक्ने औषधिलगायत एन्टिबाइटिककोसमेत चरम अभाव रहेको छ । परिवार नियोजनका साधनको अभाव भएको महिनाँै भइसकेको छ । कण्डम, पिल्स, डिपो लगाउने सिरिन्जलगायतका परिवार नियोजनका साधन अभाव भएको एक महिनाभएको स्वास्थ्य चौकीमा कार्यरत अनमी सीता थापाले बताउनु भयो । दैनिक सात आठजना परिवार नियोजनको साधनका लागि आउने गरेका छन् । यो स्वास्थ्य संस्था सदरमुकाम मार्तडीबाट चार दिनको पैदल दुरीमा रहेको छ । यहाँ सधँैजसो औषधि अभाव भइरहने गरेको छ । जिल्लामा पटक÷पटक खबर गर्छाै, थौरै औषधि मात्र पठाउँछन्, त्यो त मन्दिरको प्रसाद बाँडे झै गर्नुगरेको चौकीका इन्र्चाज आचार्यको भनाइ छ । धेरै विकट भएकाले राज्यको पहुँच पनि नहुने गरेको छ । जिल्लाबाट कहिल्यै स्वास्थ्य संस्था अनुगमन नहुने गरेको स्थानीयवासी डबल थापाले बताउनुभयो । स्वास्थ्य केन्द्रमा ३५ प्रकारका औषधि अनिवार्य भए पनि दश बाह्र प्रकारका मात्र रहेको संस्थाले बताएको छ । एकातिर औषधि अभाव अर्कोतिर स्वास्थ्यकर्मीको अभाव रहेको छ । अहिले एक जना अहेब, एकजना जिल्ला करार अनमी र एकजना कार्यालय सहयोगी मात्र रहेका छन् । एक जना एचए, एकजना अहेब, एकजना अनमी रिक्त रहेको छ । दरबन्दीअनुसार स्वास्थ्यकर्मी नभएकाले उपचारमा समस्या भएकोे छ । बिच्छया मात्र नभई बाजुराका उत्तरी क्षेत्रका रुगिन, वाई, गोत्री, साप्पाटालगायतका स्वास्थ्य संस्थामा औषधिको अभाव रहेको स्वास्थ्यकर्मीले बताउने गरेका छन् । औषधि अभाव भएको खबरले क्षेत्रीय स्वास्थ्य निर्देशनालयबाट औषधि माग गरिएको भए पनि क्षेत्रीय कार्यालयमा नै औषधि अभाव रहेको जिल्ला जनस्वास्थ्य कार्यालयका अधिकृत रमेश कुवँरले बताउनुभयो ।

औषधि बिक्री वितरण सुरु

धनगढी, जेठ १५ । नेपाल औषधि लिमिटेडले गत वैशाखदेखि उत्पादन गर्न थालेको झाडापखालाको उपचारका लागि प्रयोग हुने जीवनजल ७ नं प्रदेशबाट बिक्री वितरण गर्न थालेको छ । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा लिमिटेडका महाप्रबन्धक डा रोबसकुसुम सुवेदीले कम्पनीले पहिलो चरणमा जीवनजल उत्पादन गरी पहिलो बिक्री वितरण साविक सुदूरपश्चिम ७ नं प्रदेशबाट सुरु गरेको जानकारी दिनुभयो । स्वास्थ्य उपचार गर्न पाउने नेपालीको संवैधानिक हक अधिकारको प्रत्याभूति गराउन र कुनै पनि नेपालीले औषधिको अभावमा ज्यान गुमाउन नपरोस् भन्ने मनसायले कम्पनीले औषधि उत्पादन गरी बिक्री वितरण सुरु गरेको सुवेदीले बताउनुभयो । कम्पनीले उत्पादन गरेको जीवनजल प्रतिप्याकेटको बिक्री रु नौ कायम गरिएको छ । बजारमा पाउने अन्य कम्पनीको जीवनजल प्रतिप्याकेटको मूल्य रु १० रहेको जनाइएको छ । विश्व स्वास्थ्य सङ्गठनले कायम गरेको कुशल उत्पादन प्रक्रियाको मापदण्ड पालन गर्न नसक्दा लिमिटेडको औषधि उत्पादनको काम गत सात वर्षदेखि बन्द रहेको थियो । उद्योग मन्त्रालयको विशेष पहलमा गएको वैशाखदेखि औषधि उत्पादन सुरु गरिएको कम्पनीका सचिव टीकाराम अर्यालले बताउनुभयो । लिमिटेडले दोस्रो चरणमा सिटामोल, एमजिप्सलगायतका नन्पेन्सिलिन ट्याब्लेट उत्पादन गर्न लागेको र यी उत्पादनसमेत आगामी साउनसम्म बिक्री वितरण हुने बताइएको छ । विसं २०४०मा शाही औषधि लिमिटेडका नाममा स्थापना भएको यो कम्पनीको नाम परिवर्तन गरी हाल नेपाल औषधि लिमिटेड राखिएको छ ।

सरकारले औषधी आफै किन्ने, आफै बेच्ने

काठमाडौं,बैशाख ३० । सरकारले औषधी आफै किनेर आफै बेच्ने भएको छ । औषधीमा व्यापारिहरुले सयौं गुणा नाफा लिएको भेटिएपछि  विदेशी कम्पनीबाट किन्नु पर्ने औषधीहरु सरकारले सिधै उनीहरुसँग किन्ने र सरकारी अस्पतालका फार्मेसीबाट बेच्ने तयारी भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयको औषधी व्यवस्था विभागका महानिर्देशक नारायण ढकालको संयोजकत्वको सुझाव समितिले दिएको सिफारिसका आधारमा यसरी औषधी बेच्दा ५० प्रतिशत सम्म सस्तो पर्न सक्ने देखिएको छ ।    

आठ वर्षपछि नेपाल औषधि लिमिटेड संचालनमा

काठमाडौँ, वैशाख २४ । नेपाल औषधि लिमिटेडले आठ वर्षपछि पुनःऔषधि उत्पादन गर्न सुरु गरेको छ । उद्योगले झाडापखाला लाग्दा उपयोगी मानिएको जीवनजलको उत्पादन सुरु गरेको छ । सरकारी स्वामित्व रहेको लिमिडेटलाई गत असोज २ गते बसेकोे मन्त्रिपरिषद्को बैठकले पुनःसञ्चालनमा ल्याउने निर्णय गरेको थियो । उद्योगमन्त्री नवीन्द्रराज जोशीले आज आयोजित कार्यक्रममा सो उद्योगको पुनःसञ्चालनको उद्घाटन गरेका छन् । विसं २०६७ मा विश्व स्वास्थ्य सङ्गठनले अन्तर्राष्ट्रिय मापदण्डअनुसार गुड म्यानुफ्याक्चरिङ प्राक्टिस (जिएपी) अनिवार्य गरेपछि सो उद्योग बन्द भएको थियो । सरकारले जिएमपीअनुसार पुनःसञ्चालन गर्न रु १४ करोड ६५ लाख ऋणस्वरुप लिमिटेडलाई उपलब्ध गराउने निर्णय गरेको थियो । सोहीअनुुरुप पहिलो चरणमा रु छ करोड ४८ लाख निकासा गरेको थियो । उद्योगमन्त्री जोशीले जीवनजल र ज्वरो आउँदा प्रयोग गर्ने सिटामोल नपाएर धेरैले ज्यान गुमाउनुपरेको अवस्थामा पहिलो चरणमा जीवनजल उत्पादन सुरु गरिएको बताए । लिमिटेडले चाँडै निःशुल्क उपलब्ध गराउँदै आएका ७० प्रकारका औषधिलगायत अन्य औषधि समेत उत्पादन गर्ने उनले बताए ।

मुटु रोगको उपचारका लागि अब जनकपुरवासीले राजधानी धाउनुनपर्ने

काठमाडौँँ, वैशाख २० । राजधानी बाहिर पनि विशेषज्ञ उपचार सेवा विस्तार गर्ने सिलसिलामा स्वास्थ्य मन्त्रालयले जनकपुर अञ्चल अस्पतालबाट मुटु रोगको उपचार सुरु गर्ने भएको छ । मन्त्रालयको रोहबरमा मङ्गलबार सहिद गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्र र जनकपुर अञ्चल अस्पतालबीच सहमतिपत्रमा हस्ताक्षर भएको छ । सहमतिपत्रमा अस्पताललाई प्रविधि र विशेषज्ञसहितको ज्ञानसीप गङ्गालालले दिने र मन्त्रालयले त्यसका लागि सम्पूर्ण आर्थिक सहयोग गर्ने उल्लेख गरिएको छ । चिकित्सा सेवा महाशाखाका उपसचिव रामकृष्ण लामिछानेले १० वर्षका लागि सम्झौता गरिएको र त्यसपछि भने अस्पताल आत्मनिर्भर भई सेवालाई निरन्तरता दिनुपर्ने बताए । तत्कालका लागि रु १० करोड सहयोग गरी उपचार सुरु गरिने र आवश्यकता अनुसारका अन्य क्याथ ल्याबलगायतका उपकरण जुटाउन सहयोग उनले बताए । मुटुको जुनसुकै समस्याको उपचारका लागि राजधानी नै धाउनुपर्ने अवस्थाको अन्त्य गर्न राजधानी बाहिर विशेषज्ञ सेवा दिन लागिएको उनले बताए । त्यहाँ शल्यक्रियाबाहेकका सबै उपचार हुने बताइएको छ । दुई महिनाअघिदेखि भेरी अञ्चल अस्पताल नेपालगन्जमा पनि यस्तो सेवा दिन थालिसकेको छ ।

आइओएममा तालाबन्दी

काठमाडौँ, वैशाख १९। चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) मा चिकित्सा शिक्षाको विशेषज्ञ तह (पोस्ट ग्राजुएट पिजी) कोटामा व्यवस्था भएको आरक्षण कोटा हटाउन माग गर्दै डिन, आर्थिक प्रशासन र क्याम्पस प्रमुखको कार्यालयमा विद्यार्थीले आज तालाबन्दी गरेका छन् । आइओएमका स्वतन्त्र विद्यार्थी युनियनले पिजी कोटामा आरक्षण दिँदा त्यसको दुरुपयोग भएकाले आरक्षण कोटा हटाउन माग गर्दै तालाबन्दी गरेको जनाएको छ । आइओएम स्ववियुका अध्यक्ष मिलन गैरेले भन्नुभयो, ‘‘पिजी अध्ययन गर्नु भनेको विशेषज्ञ तह हो । एमविविएस पढेका कोही पनि विपन्न वा आर्थिक हैसियत कम भएका हुँदैनन्, आरक्षणका नाममा हुनेखानेका छोराछोरीले नै अवसर लिने भएकाले जसका लागि लक्षित गरिएको हो, उसले त पाएकै छैनन्, त्यसैले आरक्षण हटाउनुपर्छ ।’’ चिकित्सा क्षेत्रमा विशेषज्ञ तह सम्वेदनशील हुने भएकाले योग्य व्यक्तिलाई मात्र छान्नुपर्ने हुन्छ । आफ्नो माग सुनुवाई नभए कडा आन्दोलनमा जानेसमेत युनियनले जनाएको छ ।

डाक्टर भन्छन्– गर्भावस्थामा डिप्रेसनको औषधी खतरनाक

काठमाडौं, गर्भावस्थामा डिप्रेसन अर्थात मानसिक अवसादको अवस्थालाई हटाउन कतिपय महिलाहरुले डिप्रेसनको औषधी लिने गर्दछन् । पेटमा बच्चा रहेपछि महिलाहरुको शरीरमा हर्मोनमा आउने परिवर्तनले उनीहरुको मन, चित्त, संवेग र संवेदनामा नै परिवर्तन आउने हुँदा कतिपय महिलाहरु शुरुको चरणमा र बच्चा पाएकापछि डिप्रेसनमा पुग्ने गर्दछन् । यस्तो बेला कतिपयले डिप्रेसन निको पार्न दिइने औषधी खाने गर्दछन् । तर सावधान, चिकित्सकहरु भन्छन्– यस्ता औषधी लिनु खतरनाक हुन्छ आमा र बच्चा दुबैका लागि । हालैमात्र हल्याण्डमा एउटा अनुसन्धान गरियो । स्वेन्सा विश्वविद्यालयका शोधकर्ताहरुले ५ लाख भन्दा बढी नवजात शिशुमा यो शोध गरेका थिए । यसबाट गर्भावस्थामा डिप्रेसनको औषधी लिने आमाबाट जन्मेका बच्चाहरु अविकसित अवस्थामा जन्मिने खतरा बढी रहने पाइयो । यसमा मुख्य गरी डिप्रेसन र एन्जाइटीको गम्भीर अवस्थामा लिइएका औषधीहरुले बढी समस्या तपाई यो एभरेष्टदैनिकडटकममा पढ्दै हुनुहुन्छ पर्ने देखियो । किन हुन्छ खतरा ? गर्भावस्थाको बेला पहिलो त्रैमासिकमा बच्चाको शरीरका अंगहरु निर्माण हुन्छ । यस्तो बेला जुन महिलाहरुले डिप्रेसन, मानिसक तनाव या यस्तै समस्या अन्त्य गर्न एन्टीडिप्रेसन या एन्टी साइकोटिक औषधीहरु नियमित रुपमा लिनेगर्दछन्, उनीहरुको बच्चामा यसको सोझो असर पर्छ । यसबाट बच्चा मुटुसम्बन्धी रोग र असन्तुलित व्यवहारका साथै अविकसितरुपमा जन्मिन सक्छ । यसप्रकारका समस्या भएर जन्मिने हरेक १०० मध्ये ९० बच्चामा यी समस्याहरु जन्मजात या जेनेटिक हुन्छन् । यो बाँकी १० प्रतिशतमा एन्टी डिप्रेसनजस्ता औषधीको सेवन मुख्यरुपमा जिम्मेवार हुन्छन् । के गर्ने त ? औषधी खानुपर्ने अवस्था देखिएपनि त्यसको विकल्पमा अन्य उपाय अपनाउन चिकित्सकहरु सल्लाह दिन्छन् । यसका लागि पौष्टिक आहार खाने, सकेसम्म परिवारको वातावरण राम्रो बनाउने र ध्यान गर्नुपर्ने उनीहरुको सल्लाह छ । यदि गर्भ बस्नु अगाडिदेखि यस्तो औषधी खाइरहेको खण्डमा चिकित्सकसँग सल्लाह लिनु जरुरी छ । चिकित्सकले पहिलो त्रैमासिक र तेश्रो त्रैमासिकमा यस्ता औषधी बन्द गर्ने या यसको मात्राका बारेमा तपाईलाई सही सल्लाह दिन सक्छन् ।

धुलोधुवाँले पार्छ छालालाई यस्ताे असर

काठमाडौं, चैत १९ । बढ्दो धुलोधुवाँले छालालाई गम्भीर असर पार्नसक्ने भएकाले सचेत रहन छाला रोग विशेषज्ञले सल्लाह दिएका छन् । नेपालमा छाला विशेषज्ञको छाता संघठन नेपाल चर्म, यौन तथा कुष्ठरोग समाज नेपालले विश्व छाला स्वास्थ्य दिवस र समाजको स्थापना दिवस पारेर पहिलोपटक नेपालमा विश्व छाला दिवस मनाउनेक्रममा छालामा साधारण समस्या आएपनि छाला विशेषज्ञलाई देखाउन आग्रह गरेका हुन् । छालारोगबारे सचेत गराउने उद्देश्यले ‘अन्तर्राष्ट्रिय लिग अफ ड्रम्याटोलोजिकल’को आह्वानमा हरेक मार्च २९ तारिखलाई विश्व छाला स्वास्थ्य दिवस मनाउने गरिन्छ । यस वर्षको नारा ‘छालालाई माया गरौं, स्वस्थ रहौं’ रहेको थियो । काठमाडौं मेडिकल कलेजका सहप्राध्यापक तथा समाजका सदस्य वरिष्ठ छालारोग विशेषज्ञ डा. सविना भट्टराईले नेपालमा स्वास्थ्य संस्थामा बहिरंग सेवाअन्र्तगत उपचार गराउन आउनेमध्ये २० देखि ३० प्रतिशत छालाका बिरामी हुने गरेको बताइन् । उनले भनिन् –‘धेरैले छालाका समस्यालाई गम्भीर रुपमा नलिने गरेकाले छालामा विभिन्न एलर्जी हुने, दागधब्बा आउने, उमेरभन्दा बुढो देखिने, चाउरी पर्ने, अनुहार तथा कपाल सुक्खा हुने र छालाको सौन्दर्यपन हराएर जानेजस्ता समस्या देखिने गर्छ । समस्या बढ्दै गएमा छालाको क्यान्सर देखिन सक्छ ।’ त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका पूर्वचर्म तथा यौनरोग विभाग प्रमुख वरिष्ठ छालारोग विशेषज्ञ प्रा।डा।दिनेशविनोद पोखरेलले वातावरणीय प्रदूषण, अस्वस्थकर खानपान, जथाभावी औषधिको प्रयोगलगायतका कारणले छालाका समस्या बढाएको बताए । ‘दाद, संक्रमण, डन्डीफोर, चायाँपोतो, कत्लेरोग, दुवीलगायतका समस्या बढी देखिन्छन् । छालाको क्यान्सरका कारण कतिपयको मृत्यु भइरहेको छ । तर, यसबारे जानकारी हुनसकेको छैन’ –उनले भने । आफ्नो छालालाई स्वस्थ राख्न र सुन्दरता बढाउन सामान्य ठानेर आफैँ औषधि सेवन नगर्न, बजारमा पाइने जुनसुकै क्रिम तथा लोसन प्रयोग नगर्न छालारोग विज्ञहरुले सल्लाह दिएका छन् ।

डन्डीफोरले सताएको छ ? किन आउँछ डन्डीफोर ? यस्ता छन् समाधानका उपायहरु

राम्रो हुने चाहना जसलाई पनि हुन्छ । त्यसका बाबजुद पनि केहीमा भने अनुहारमा डण्डीफोर आएर निकै नै सताइरहेको हुन्छ । धेरै युवा युवतीहरु डन्डीफोरको समस्याले पीडित हुने गरेका छन् । डन्डीफोर छालामा हुने एक प्रकारको रोग हो भन्ने कुरा नबुझ्दा र डन्डीफोर निको पार्ने भन्दै विभिन्न घरेलु उपाय अपनाउँदा धेरैले अनुहारको सुन्दरता गुमाउँछन्। मानिसको शरीरमा हुने रौँको फेदमा स–साना प्वाल हुन्छन् । रौँको जरामा जोडिएर बसेको एक प्रकारको ग्ल्यान्ड हुन्छ । यो ग्ल्यान्डले छालालाई चिल्लो बनाउने विशेष प्रकारको रस उत्पादन गर्छ । जुन बेला रौँको जरामा रहेको प्वाल बन्द हुन्छ, त्यस्तो बेलामा छालालाई चिल्लो बनाउने रस बाहिर निस्कन पाउँदैन । यो छालाभित्रै जम्छ । यसरी जमेको अवस्था नै डन्डीफोर अर्थात् पिम्पल्सको अवस्था हो । अनुहार, छाती, कुम र कहिलेकाहीँ ढाडमा पनि डन्डीफोर आउँछन् । कपडाले ढाक्ने भागमा डन्डीफोर आउँदा खासै फरक पर्दैन। तर, अनुहारमा डन्डीफोरले दाग, धब्बा र स–साना खोपिल्टा छोडेर जाने भएकाले यो धेरैको पिरलो बन्ने गरेको छ। डन्डीफोर धेरै चिल्लो छालामा देखिने रोग हो। यसबाट जोगिन छालालाई ड्राई राख्ने कुरामा ध्यान दिनुपर्छ। जीवनशैलीमा ध्यान दिनुपर्छ। धेरै चिल्लो खानु हुँदैन। चकलेट धेरै खानेहरूलाई पनि डन्डीफोरको समस्या देखिन सक्छ। डन्डीफोर आएकाले तेलबाट जोगिनुपर्छ। कपालमा तेल हालेर बस्ने गर्नु हुँदैन। अनुहारको चिल्लो हटाउन क्लिन्जिङ गर्नुपर्छ। दिनमा तीनचारपटक मुख धुनुपर्छ। छालालाई सुक्खा बनाउने क्रिम लगाउनुपर्छ। डन्डीफोरले निकै नै दुःख दिएको छ भने एन्टिबायोटिक क्रिम लगाउने र औषधि खानुपर्ने पनि हुन्छ। डन्डीफोरले बिगारिसकेको अनुहारको छालालाई सफा बनाउन औषधि र क्रिमले मात्र काम गर्दैनन्। यसका लागि लेजर थेरापी गर्नुपर्छ। डन्डीफोरका कारण दाग बसेको छालालाई मेसिनको सहायताबाट हटाउने विधि प्रयोग गरी उपचार गर्नुपर्छ। यो विधिमा दाग बसेको छालाको बाहिरी तहलाई हटाउने र नयाँ छाला पलाउने अवस्था सिर्जना गरिन्छ। यसो गर्दा समेत अनुहारको शतप्रतिशत दाग भने जाँदैन। केही कम गर्न सकिन्छ। डन्डीफोर आउन थालेपछि त्यसलाई कोट्याउने तथा निचोर्ने नगरी विशेषज्ञ चिकित्सकलाई देखाएर थोरै सावधानी अपनाउँदा अनुहारमा आउने समस्याबाट बच्न सकिन्छ।

छालामा एलर्जी हुन्छ ? यसरी बच्न सकिन्छ

चैत १५ । छालाले शरीरलाई भित्री संक्रमण हुनबाट जोगाउँछ । छालामा पनि विभिन्न समस्या आउँछन् । सुक्खापन आउने, एलर्जी हुने, चिलाउने र छाला फाट्ने जस्ता समस्या मात्र होइन हाम्रो शरीरको भित्री भागमा हुने कुनै पनि रोगको लक्षण छालामा देखिने गर्छ। छाला चिलाउने र छाला सम्बन्धि समस्यालाई धेरैले सामान्य रुपमा लिने गर्छन् । तर छालामा हुने समस्यालाई हेलचक्र्याइ गरियो भने यसले हाम्रो शरिरमा जटिल समस्या उत्पन्न गराउन सक्छ। छालामा हुने मुख्य समस्याहरु सुक्खापन सुक्खापन धेरैको समस्या हो । छालामा विभिन्न कारणले सुक्खापन हुने गर्दछ । यो शरिरमा भएको कुनै रोग, लामो समयसम्म कडा साबुनको प्रयोगका कारणले यो समस्या हुने गर्छ । यो समस्या केहीमा वंशाणुगत पनि हुने गर्छ । उमेरले पनि सुक्खापन ल्याउन सक्छ यसले गर्दा उमेर बढ्दै जादा अनुहारमा चाउरी पर्ने, हात र खुट्टा फाट्ने, छाला खुम्चिने समस्या हुन्छ । एलर्जी छालाको रोगसँग लड्ने क्षमता ९इम्युनिटी पावर० मा गढबढी आएमा एलर्जीको समस्या हुन्छ । लामो समयसम्म हातमा घडी, ब्रासलेट, क्यामिकलयुक्त रङ्ग आदीको प्रयोगले छालाको माथिल्लो भागमा असर पार्छ र एलर्जी गराउँछ । सुक्खापन एलर्जीको कारणले पनि हुने गर्दछ । संक्रमण छालामा भाइरस, ब्याक्टेरिया र फंगस ९ढुसी०का कारण छालामा संक्रमण हुने गर्छ । यसैगरी लुतो पनि संक्रमणका कारण हुन्छ । छालामा मान्छेबाट मान्छेमा संक्रमण हुने गर्दछ । योसँगै घरपालुवा कुकुर र बिरालोबाट पनि संक्रमण हुन्छ । कुकुर र बिरालोको कुनै–कुनै किटाणु मानिसमा सर्न सक्छ त्यसैगरी कुकुर बिरालोमा हुने रौ‌ र चाया मानिसको छालामा आएमा छालामा संक्रमण फैलिन्छ । छालाको रोगका कारण हुने समस्या लाइकन प्लानस लाइकन प्लानसको खास कारण अझै पत्ता लाग्न सकेको छैन । छालाको इम्यूनिटी पावर छालाको कोषसंग जुध्न पुगेमा छालामा समस्या हुन्छ । मेडिकलको भाषामा यसलाई अटो इम्यूनो डिजिज पनि भन्ने गरिन्छ । सोरियासिस (कत्ले रोग) सोरियासिस पनि अटो इम्यूनो डिजिजनै हो । यो धेरैमा हुने समस्या हो । सोरियासिस भएमा सामान्य मानिसको भन्दा चारगुणा बढी बढ्ने हुन्छ । यो सँगै छाला रातो हुने, दाद जस्तो देखिने, सुक्खापन हुने र छालामा कत्ला निस्किने हुन्छ । कत्ला निस्किने भएकालेनै यसलाई नेपालीमा कत्ले रोग भन्ने गरिन्छ । विशेष गरी शरिरको जिनमा गडबढी भएमा यो समस्या हुन्छ । मोटोपन भएका, सुगर र थाइराइड सम्बन्धी समस्या भएकाहरुमा यो समस्या बढी नै देखिन्छ । सुख्खापन पर्याप्त मात्रामा पानि नपिउँदा पनि छालामा समस्या देखिन्छ । कम पानि पिउने, धेरैबेर घाममा बस्ने गर्नाले छालामा सुक्खापन ल्याउँछ । पिग्मेन्ट्री डिस्अर्डर शरीरमा सेतो दुवी वा पोतो आउनुलाई पिग्मेन्ट्री डिस्अडर भनिन्छ । यस्तो समस्या भएकाहरुमा छालाको रङ्गमा फरक आउँछ । कसैमा कालो दाग बस्छ भने कसैमा सेता धब्बा छालामा देखिन्छ । क्यान्सर क्यान्सर छालामा हुने जटिल समस्या हो । यो दुइ किसिको हुन्छ । बेसल सेल क्यारिनोमा (बिसीसी) र स्क्वामस सेल क्यारिनोमा ९एसीसी० यी दुवै समस्या घामका कारणले गर्दा हुने गर्छन् । अल्ट्राभायोलेट किरणको असरबाट बीसीसी र एससिसी क्यान्सर हुन सक्छ । छालाको समस्याबाट बच्ने उपाय मोइस्चराइजिङ्ग क्रिम, लोसन र तेलको प्रयोगले छालालाई सुक्खापनबाट जोगाउन सकिन्छ । तेल अथवा हातमा क्रिम लगाउनुभन्दा पहिले पानिले हात चिसो बनाएर मात्र प्रयोग गर्ने कडाखालको साबुनको प्रयोग कम गर्ने ऊनीको कपडाको प्रयोग नगर्ने, हिटर एसीको लामो समय सम्म प्रयोग नगर्ने पर्याप्त मात्रामा पानी पिउने, पर्याप्त मात्रामा फलफूल, सागसब्जीको प्रयोग गर्ने घाममा निस्किदा सनस्क्रिम र मोस्चराइजिङ क्रिमको प्रयोग गर्ने छाला रोग विशेषज्ञ डा. सुशील पौडेलबाट

वैदेशिक रोजगारीमा रहेका परिवारका सदस्य विरामी भए सरकारले हेर्ने

काठमाडौं, चैत १४ । वैदेशिक रोजगारीमा रहेका परिवारका सदस्यलाई गम्भीर रोग लागेको अवस्थामा उनीहरुलाईसमेत सरकारले आर्थिक सहयोग प्रदान गर्ने भएको छ । उनीहरुलाई क्यान्सर, मिर्गौला प्रत्यारोपण, मुटुको शल्यक्रिया, पार्किन्सन र अलमाइजरसहित पाँच किसिमको रोग लागेमा वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले बढीमा रु ५० हजारसम्मको आर्थिक सहयोग प्रदान गर्ने निर्णय गरेको हो । बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेले पहिलो चरणमा पाँच रोगका लागिमात्रै यस्तो सुविधा तय गरिएपनि पछि यसलाई विस्तार गर्दै जाने तयारी गरिएको जानकारी दिए । क्यान्सर, मिर्गौला, मुटुलगायतका रोग लाग्दा राज्यले दिने भनि यसअघि नै घोषणा गरेका सुविधा लिएकाहरुलेसमेत छुट्टै यो रकम सहयोगस्वरुप पाउनेछन् । बोर्डबाट सुविधा लिएकै कारणले त्यस्ता बिरामीले राज्यबाट पाउने अन्य सुविधाबाट वञ्चित हुनुपर्ने छैन । कामदार आफैंले पालन–पोषण गर्नुपर्ने पतिपत्नी, छोराछोरी, आमाबुबा र महिला कामदारको हकमा निजको सासू, ससुरालेसमेत यस्तो सुविधा पाउनेछन् । बोर्डले वैदेशिक रोजगार ऐन, २०६४ र वैदेशिक रोजगार नियमावलीको नियम २६ को उपनियम (१) को खन्ड (ख)अनुसार स्वास्थ्य उपचारमा सहयोग गर्न र वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको कार्यसन्चालन निर्देशका, २०६८को प्रकरण ९ को (३)को व्यवस्थाको कार्यान्वयनका लागि बोर्डले ‘कामदारका परिवारको स्वास्थ्य उपचारसम्बन्धी मापदन्ड, २०७३’ परित गरेको छ । वैदेशिक रोजगारीमा गएका कामदारको करार अवधि कायम रहेको अवस्थामा निजका परिवारका सदस्यलाई यस्ता रोग लागेमा बोर्डले सो रकम उपलब्ध गराउने मापदन्डमा उल्लेख छ । यसअघि पनि रु २५ हजारसम्म परिवारका सदस्यलाई उपचार खर्च उपलब्ध गराउने व्यवस्था रहेपनि त्यसको कार्यान्वयन हुनसकेको थिएन । बोर्डका कार्यकारी निर्देशक काफ्लेले यसपटक यो मापदन्ड पूर्णरुपमा कार्यान्वयन गरिने प्रतिबद्धता जनाए । कामदारलाई राज्यकातर्फबाट प्रदान गर्ने सेवा–सुविधामा बढोत्तरी गर्दै लैजाने नीतिबमोजिम यो सुविधा प्रदान गर्न लागिएको उनले बताए । रोगको अवस्थाका आधारमा सामान्य, मध्यम र गम्भीर गरी तीन तहमा विभाजन गरिएको छ । शल्यक्रिया गर्नु नपर्ने अवस्थामा बढीमा रु १५ हजार, सामान्य शल्यक्रिया गर्नुपर्ने भएमा रु ३० हजार र शल्यक्रिया गरी नियमित औषधि सेवन गर्नुपर्ने अवस्थामा रु ५० हजार उपलब्ध गराइने मापदन्डमा उल्लेख छ । यस मापदन्डबमोजिम उपचार खर्च पाउन बोर्डको सचिवालयमा सम्बन्धित व्यक्तिले निवेदन दर्ता गराउनुपर्नेछ । निवेदन दिँदा कामदारको श्रम स्वीकृतिको निस्साको प्रतिलिपि, कामदारको राहदानीको प्रतिलिपि, बिरामी व्यक्तिको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, कामदार र बिरामीबीचको नाता प्रमाणित प्रतिलिपि, बिरामीलाई आर्थिक समस्या परेको प्रमाणित प्रतिलिपि, बिरामीको रोग स्पस्टरुपमा खुल्नेगरी सरकारी अस्पताल वा मान्यताप्राप्त चिकित्सकको ‘प्रेस्किप्सन’ वा सिफारिसपत्र पेस गर्नुपर्नेछ । कामदारको करार अवधि सकिएको अवस्थामा भने निजको परिवारले उपचार खर्च पाउनेछैन ।

क्लिनिकल प्याथोलोजिस्ट एसोसिएसनमा डा.शैलेश

काठमाडौं, चैत १४ । क्लिनिकल प्याथोलोजिस्टहरुको छाता संस्था ‘एसोसिएसन अफ क्लिनिकल प्याथोलोजिस्ट्स अफ नेपाल’ (एसिपिएन) को नयाँ अध्यक्षमा वरिष्ठ प्याथोलोजिस्ट डा शैलेश प्रधान निर्वाचित हुनुभएको छ । उहाँ नेपाल चिकित्सक सङ्घका केन्द्रीय सदस्य एवम् काठमाडौँ मेडिकल कलेज प्याथालोजी विभागका प्रमुख हुनुहुन्छ । एसिपिएनको आइतबार सम्पन्न नवौँ राष्ट्रिय अधिवेशनले डा प्रधानको अध्यक्षतामा ११ सदस्य नयाँ कार्यसमितिसमेत चयन गरेको छ । कार्यसमितिको उपाध्यक्षमा डा रुना झा, महासचिवमा डा सुजन शर्मा, सहसचिवमा डा राकेश पाठक र कोषाध्यक्षमा डा करिष्मा मल्ल निर्वाचित हुनुभएको एसिपिएनले जनाएको छ । यसैगरी कार्यसमितिको सदस्यहरुमा डा.विदुर वस्ती, डा.निहारिका शाह, डा.रोजन घिमिरे, डा.श्रीया श्रीवास्तव, डा.रेखा मानन्धर र डा.सुमिदा तिवारी रहेका छन् । नवनिर्वाचित कार्यसमितिका पदाधिकारीलाई एसिपिएनका संस्थापक डा हरिगोविन्द श्रेष्ठले सम्मान गर्नुभएको थियो । कार्यक्रममा एसिपिएनका निवर्तमान अध्यक्ष डा.गोपी अर्यालले अङ्कोलोजिस्ट र रेडियोलोजिस्टबीच समन्वय गर्नुपर्ने खाँचो औँल्याउनुभयो । संस्थाका संस्थापक डा हरिगोविन्द श्रेष्ठले प्याथोलोजीले जनताको स्वास्थ्य उपचारसँग प्रत्यक्ष सरोकार राख्ने भएकाले सरकारले यसलाई प्राथमिकता दिन माग गर्नुभयो । नवनिर्वाचित अध्यक्ष डा प्रधानले आफ्नो कार्यकालमा सबैपक्षलाई मिलाएर अगाडि बढ्ने बताउनुभयो । सन् १९९० मा स्थापना भएको एसिपिएनमा देशभरिका दुई सयभन्दा बढी प्याथालोजिस्ट सदस्य रहेका छन् ।

भरतपुर अस्पतालमा एनआइसियु सेवा सबै निःशुल्क

चितवन, चैत १२ । भरतपुर अस्पतालले अस्पतालमा सञ्चालन भएको नवजात शिशु सघन उपचार कक्ष (एनआइसियु) को सेवा निःशुल्क गर्ने भएको छ । अस्पतालको ५४ औँ वार्षिकोत्सवका अवसरमा आइतबारदेखि यो सेवालाई निःशुल्क गर्न लागिएको अस्पतालका अध्यक्ष राजकुमार राजभण्डारीले बताए । नवजात शिशु सघन उपचार कक्षमा १२ वटा शैया सञ्चालनमा छन् भने आठ शैया थप गर्न लागिएको छ । एनआइसियुमा अत्यन्त संवेदनशील भएका शिशुको उपचार गरिन्छ । अस्पतालले आफैँ खर्च व्यहोरेर भएपनि सेवा निःशुल्क गरेको अध्यक्ष राजभण्डारीले जानकारी दिनुभयो । एक वर्षअघि सुरु गरिएको सो सेवामा यसअघि श्ययाको मात्र निःशुल्क गरिएको थियो । निजी अस्पतालमा पाँच हजारदेखि सात हजार रुपैयाँसम्म तिर्नुपर्ने अवस्था छ । यस्तै, नवजात शिशुको उपचारका लागि छुट्टै कक्षमा सेवा सुरु गरिने भएको छ । सोह्र श्यया क्षमतासहितको नवजात शिशुका लागि सेवा सुरु गर्न लागिएको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा रुद्रप्रसाद मरासिनीले जानकारी दिएका छन् । भरतपुर अस्पतालमा उपचारका लागि बिरामी आकर्षित भएका छन् । अन्यत्रभन्दा सस्तो र स्तरीय सेवा दिन थालेपछि सरकारी अस्पतालमा उपचारका लागि आउने बिरामी बर्सेनी बढ्न थालेका हुन् ।