घरमा सधैं झगडा, अशान्ति र पैसाको संकट त छैन ? पितृदोष हुन सक्छ, यसरी पाउनुस मुक्ति

घरमा सधैं झगडा, अशान्ति र पैसाको संकट त छैन ? पितृदोष हुन सक्छ, यसरी पाउनुस मुक्ति

एभरेष्ट डेस्कः पितृ दोषका बारेमा शास्त्रमा बिभिन्न धारणा पाइन्छन् । ज्योतिष र पुराणमा यसबारे फरक मान्यता देखिन्छ ।

तर एउटा सत्य कुरा के हो भने पिृतदोषका कारण हाम्रो सांसारिक जीवन र अध्यात्मिक पक्षमा बाधा उत्पन्न भने हुन्छ ।

सबैले मानेको कुरा, हाम्रा पूर्वजहरुको रगत हाम्रो नसा नसामा बगेको हुन्छ । हाम्रा पूर्वज पनि धेरै प्रकारका छन् । यदि पुनर्जन्मलाई मान्ने हो भने आज हामी यहाँ जन्मेका छौं हिजो कतै अन्य जन्मेका थियौं ।

के हो त पितृ दोष

पितृ दोष कैयन किसिमका हुन्छन् । पूर्वजहरुको कारण वंशजहरुलाई हुने कुनै पनि प्रकारको कष्ट नै पितृ दोष हो भन्नु मात्रै सही हुँदैन । यो दोष अरु कतिपय कारणले पनि उत्पन्न हुन्छ । यसलाई पितृ ऋण पनि भन्न सकिन्छ ।

ज्योतिषशास्त्रका अनुसार, पितृ दोष र पितृ ऋणबाट पीडित कुण्डलीलाई श्रापित कुण्डली भनिन्छ । यस्ता व्यक्ति आफ्नो माृतपक्ष अर्थात् माताका अतिरिक्त मामा माइजु, बाजे बज्यै तथा पितृ पक्ष अर्थात् बाजे बज्यै, काका काकी, फुफाजु फुफु आदिलाई कष्ट दिन्छन् । उनीहरुको अवहेलना र तिरस्कार गदृछन् ।

जन्मपात्रोमा यदि सूर्यमा शनि राहे केतुको दृष्टि या युतिको प्रभाव छ भने जातकलाई पितृ ऋणको स्थितिमा रहेको मानिन्छ ।

व्यक्तिको कुण्डलीमा नवौं भावलाई पूर्वजहरुको स्थान मानिन्छ । यो आधारम ापनि नवग्रहमा सूर्य स्पष्टरुपमा पूर्वजको प्रतिक मानिन्छन् । यदि कुण्डलीमा सूर्य नराम्रा ग्रहहरुसँग छन् या सूर्यमा नकारात्मक ग्रहको दृष्टि परेको भए त्यो पनि पितृ दोष हुन्छ

तर योसँगै व्यक्ति आफ्ना कर्मका कारण पनि पितृदोष सिर्जना गर्दछन् । विद्वानहरुले पितरहरुको दोषको सम्बनध गुरु बृहष्पतिसँग रहेको बाताएका छन् । यदि गुरु ग्रहमा दुई नकारातमक ग्रहको असर भएमा र गुरु १२ औ) भावमा छन अथवा निम्न राशिमा छन या अंशद्वारा निर्धन छन भने यो दोष पूर्णबाट घटछ । यदि यो दोष पछिल्लो पूर्वज बाजे या बुवादेखि चलेको छ भने सात पींढिसम्म चल्ने ज्योतिषशास्त्रमा उल्लेख छ

लाल किताब अनुसार पिृत ऋण कैयन प्रकारका हुन्छन् । जस्तो हाम्रो कर्म, आत्मा, बुवा, भाई, बहिनी, आमा, श्रीमती, छोरी र छोरीको पिृत ऋण ।

जब कुनै जातक आफ्नो पूर्व जन्ममा धर्मविरोधी कार्य गर्छ र यो जुनीमा पनि त्यस्तै काम गर्छ भने यो दोष उसमा स्वतः निर्मित हुन्छ ।

स्वऋणका कारण निर्दोष भएर पनि त्यसको सजाय पाइन्छ । मुटुको रोग, कमजोर स्वास्थ्य हुनछ । जीवनमा सधैं संघर्ष बनिरहन्छ । मानसिक तनावबाट कहिल्यै मुक्ति पाइन्न ।

यसैगरी पितृ धर्म छोडदा या पूर्वजहरुको अपमान गर्दा समेत पितृ ऋण बन्छ । यो ऋणको दोष तपाईका बच्चामा पनि लाग्छ । जसले तपाईलाई कष्ट दिएर यसप्रति सतर्क बनाउँछन् ।

पितृ ऋणका कारण व्यक्तिलाई मान प्रतिष्ठाको अभावबाट पीडित हुनुका साथै सन्तानबाट कष्ट, सन्तान अभाव, सन्तानो स्वास्थ्य खराब या सन्तान गलत संगतीमा पर्ने अवस्था हुन्छ ।

कसलाई लाग्छ त पितृ दोष

गरुड पुराण अनुसार, जुन परिवारमा मानिसहरु आफ्नो पितृको पुजा या श्राद्ध गर्दैनन ।
पीपलको रुखलाई पितृको बासस्थानका रुपमा लिइन्छ । यस्तोमा पिपलको रुख काटने या त्यहाँ फोहोर फाल्नेहरुलाई यो दोष लाग्छ ।

बुवा आमाको मृत्युपछि यदि अरु जीवित परिजनको अनादर गरेमा ।

दोष छ भनेर कसरी चिन्ने त ?
यदि व्यक्तिको घरमा लगाता धनको कमी भइरहन्छ भने

यदि कुनै व्यक्तिको बिवाहमा बारम्बार विघ्न बाधा आइरहन्छ भने कुण्डलीमा पितृ दोष हुन सक्छ ।

परिवारमा सधैं झगडाको वातावरण, शान्ति नहुने स्थिति भएमा ।

यदि परिवारमा कुनै न कुनै सदस्य सधैं बिमार रहिरहन्छ भने

पितृ दोष हटाउने उपाय

भदौ २७ गतेदेखि पितृपक्ष शुरु भएको छ । यो असौज कृष्ण पक्षको अमावश्यासम्म रहनेछ । श्राद्ध कर्मका बेला आफ्ना पितरहरुका लागि पिण्डदान, हवन र अन्न दान गर्ने गरिन्छ । यो पूर्वजहरुप्रति श्रद्धा व्यक्त गर्ने सबैभन्दा ठूलो संस्कार हो ।

यदि कुनै व्यक्ति पितृ दोषबाट पीडित छन भने यसबाट मुक्ति पाउन कुनै पनि अमावस्या, पूर्णिमा या पितृ पक्षमा श्राद्ध गर्नुपर्छ । यसबाट पितृहरु तृप्त भएर सुखी जीवनको आशिर्वाद दिने गर्दछन् ।

घरमा बिहान नुहाएर मात्रै भान्सामा गएर खाना बनाउने गर्नुपर्छ ।

खानाको पहिलो गाँस गौ माताका लागि निकालेर त्यसमा गुड राखेर गाईलाई खुवाउनुपर्छ ।

घरमा पानीको स्थान सधै सफासुग्घर राख्नुस । यसलाई पितृको स्थान मानिन्छ ।

सोह्र श्राद्धमा सूक्ष्मरुपमा पितरहरु हामीकहाँ आउँछन् भन्ने मान्यता छ । अनिष्टकारी प्रभावबाट जोगिन श्राद्धको १६ दिनमा ४ वटा उपाय गर्नुपर्दछ ।

(क) १६ दिनमा साँझ पानी भएको नरिवललाई आफूमाथि ७ पटक घुमाएर तीब्र गति भएको नदी या पानीको प्रवाहमा बगाउनुस र पितृसँग आशीर्वादा माग्नुस

(ख) १६ दिनसम्म अष्टमुखी रुद्राक्ष धारण गर्नुस

(ग) १६ दिनहरुमा घरमा १६ या २१ मयुरको प्वाँख अवश्य ल्याएर राख्नुस

(घ) १६ दिनमा शिवलिंगमा जलमिश्रित दूध अर्पित गर्नुस

यो बाहेक तपाईले कुण्डली राम्रोसँग हेरेर पितृ दोषबाट मुक्त हुने अनुष्ठान पनि गर्दा लाभ हुन्छ ।

त्रिविको उपकुलपतिको विज्ञापनमा रहेको पूर्वपदाधिकारीको अनुभव हटाएर अर्को सूचना जारी गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं। प्रधानमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिभुवन विश्वविद्यालयले उपकुलपतिको नियुक्ति प्रक्रियाका लागि आह्वान गरेको विज्ञापनका प्रावधान सच्चाउन निर्देशन दिएका छन् । शुक्रबार दिउँसो शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं विश्वविद्यालयका सहकुलपति अशोककुमार राईलाई प्रधानमन्त्रीको कार्यकक्षमा बोलाएर उक्त विज्ञापन सच्चाउन निर्देशन दिएका हुन् । प्रधानमन्त्रीले आफूले विश्वविद्यालयको सुधारका निम्ति संसारभरि रहेका नेपालीमध्येबाट योग्य मान्छे आओस् भनेर खुला प्रतिस्पर्धा गराउन खोजेकोमा शुक्रबार प्रकाशित गरिएको सूचनाले योग्य मान्छेहरू छनोटमा ढोका बन्द हुनसक्ने भन्दै त्यस्तो त्रुटिपूर्ण प्रावधान सच्चाएर अर्को सूचना निकाल्न निर्देशन दिए । शुक्रबार छनोट तथा सिफारिस समितिको तर्फबाट प्रकाशित सूचनामा ‘विश्वविद्यालयको पदाधिकारीमध्ये कुनै एक पदमा कम्तीमा तीन वर्ष काम गरेको (वर्ष, महिना र दिनसमेत) व्यहोरा खुलेको विवरण प्रमाणित प्रतिलिपि’ पेश गर्नुभएको सूचनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताउँदै प्रधानमन्त्रीले पदाधिकारीमा तीन वर्षे अनुभवको प्रावधान हटाउन निर्देशन दिनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । त्यस्तो प्रावधानले पूर्वपदाधिकारीहरू मात्रै प्रतिस्पर्धाका निम्ति योग्य हुने र त्यसले मेरिटोक्रेसीमा सिन्डिकेट लगाउनेमा हाम्रो चासो रहेको बताउँदै प्रधानमन्त्रीले सक्षम र योग्य मान्छे आउने बाटो सम्पूर्ण रूपले खुला गरी अर्को विज्ञापन खोल्दै मन्त्रालयमार्फत समितिलाई निर्देशन दिएका हुन् । प्रधानमन्त्रीले स्वदेश तथा विदेशमा रहेको जोकोही योग्य प्राज्ञिक नेपालीले दरखास्त हाल्न सक्ने गरी फराकिलो मापदण्ड नबनाए विश्वविद्यालय सुधार कठिन भएकाले उच्च शिक्षाको गुणात्मक सुधारका निम्ति गम्भीर हुन समेत शिक्षामन्त्रीलाई निर्देशन दिएका छन् ।

लेखा प्रणालीमा अत्यन्तै आवश्यक वासलात (Balance Sheet) भनेको के हो ?

कुनै पनि संस्थाको आर्थिक स्थिती, जस्तै पुँजी, सम्पती, दायित्वको यथार्थ जानकारीको लागि तयार गरिने विवरणलाई वासलत भनिन्छ । वासलतलाई संस्थाको कानुनी मान्यता प्राप्त विवरणका रुपमा लिइन्छ । व्यावसायिक संस्थाको हकमा नाफा नोक्सान हिसाब खाता बनाईसकेपछि अन्त्यमा बनाईने हिसाब वासलात हो । वास्तवमा यो कुनै खाता होइन, खाताहरुको निचोड वा सारांश हो । प्रत्येक आर्थिक वर्षको अन्त्यमा वासलत बनाउनुपर्दछ । वासलतले गर्ने आर्थिक अवस्थाको चित्रण वासलात तयार गरिएको दिनको हुन्छ । व्यापारीले व्यापारको यथार्थ आर्थिक अवस्थाको जानकारी प्राप्त गर्न चाहन्छ । नाफा नोक्सान हिसाब खाताले कुल नाफा वा कुल नोक्सान केहि भए वा नभएको जानकारी दिन्छ साथै सो खाताले खुद नाफा वा खुद नोक्सान निर्धारण गर्न सहयोग गर्दछ । वासलातको दायित्व पक्षमा हुने प्रमुख बुँदाहरु तिर्नुपर्ने बिल (Bills Payable) बैंक ओभरड्राफ्ट ( Bank Overdraft) साहु ( Creditor) ऋण ( Loan) सुरक्षित कोष (Reserve Fund) पुँजी ( Capital) पुँजी फिर्ता (Drawings) खुद नाफा (Net Profit) खुद नोक्सान (Net Loss) वासलताको सम्पती पक्षमा रहने प्रमुख बुँदाहरु नगद मौज्दात (Cash in Hand) बैंक मौज्दात ( Cash at Bank) भुक्तानी पाउनुपर्ने बिल ( Bills Receivable) आसामी (Debtor) फर्निचर (Furniture) मोटर ( Motar) लगानी (Investment) भवन, हाता र पर्खाल (Business Premises) अदृश्य सम्पतिहरु (Intangible Assets) सामानको अन्तिम मौज्दात (Closing Stock) वासलातमा समावेश हुने समायोजनका केहि कारोबारहरु अन्तिम मौज्दात (Closing Stock) पेस्की खर्च ( Prepaid Expenses) भुक्तानी दिनुपर्ने खर्च ( Payable, Unpaid or Outstanding Expenses) ह्रास ( Depreciation)   बेंकिङखबरबाट साभार गरिएको

एसईईको परिक्षा तालिका सार्वजनिक(तालिका सहित)

  काठमाण्डौं । राष्ट्रिय परीक्षा बोर्डले एसईई परीक्षाको तालिका सार्वजनिक गरेको छ । बोर्डको परीक्षा नियन्त्रण कार्यालयले २०७८ सालको माध्यमिक शिक्षा परीक्षाको तालिका सार्वजनिक गरेको हो । परीक्षा आगामी वैशाख ९ गते शुक्रबारबाट हुने कार्यालयले जनाएको थियो । परीक्षाको प्रथम दिन अनिवार्य अंग्रेजी परेको छ । सोही दिन अनिवार्य संस्कृत भाषा र साहित्यको पनि परीक्षा छ । त्यस्तै, दोस्रो दिन अनिवार्य गणितको परीक्षा राखिएको छ । परीक्षार्थीहरुले ११ वटा विषयको परीक्षा दिनुपर्नेछ । कार्यालयका अनुसार परीक्षा वैशाख २० गते सकिने छ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म चल्ने छ । राष्ट्रिय परीक्षा बोर्डले हिजो एक सुचना जारि गर्दै वैशाख ९ गतेबाट परिक्षा संचालन गर्ने बताएको थियो ।

एसईई परीक्षा आगामी वैशाख ९ गते देखि हुने

काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसईई) आगामी वैशाख ९ गतेदेखि सञ्चालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले बुधबार परीक्षाको समयतालिका सार्वजनिक गरेको हो । परीक्षा नियन्त्रक कार्यलयले वैशाख ९ गतेदेखि एसईई सञ्चालन हुने जानकारी गराएको छ । यस वर्ष एसईईमा ५ लाख ८ हजार परीक्षार्थी सहभागी हुने प्रारम्भिक अनुमान छ । नियमित तालिकाअनुसार चैतमा एसईई हुने गर्थ्यो  । परीक्षा २० वैशाखमा सकिने छ । परीक्षाको विषयगत समयतालिका भने बिहीबार सार्वजनिक हुने छ । कोरोनाले पठनपाठनमा असर गरेका कारण चैतभर कक्षा सञ्चालन गरेर वैशाख परीक्षा गर्न लागिएको हो । गत दुई वर्ष कोभिडका कारण आन्तरिक मूल्यांकनका आधारमा नतिजा प्रमाणीकरण गरिएको थियो ।

लोकप्रिय