सारंगी रेटेरै हुर्काए नौ सन्तान
२८ मंसिर, २०७३
गोरखा, मङ्सिर २९ । गोरखाको मसेल गाविस–९ घ्याम्पेशाल ७१ वर्षिय लालबहादुर गन्धर्व दिनहुँजसो सबेरै सारङ्गीको धूनसँगै गीत गाएर सुनाउने ती व्यक्ति हुन् । धर्मराज थापाले गाएको ‘हाम्रो तेनजिङ शेर्पाले चढ्यो हिमाल चुचुरा’ बोलको गीत प्रायः उनले गाएर सुनाउँछन् । नौ वर्षको हुँदा सारङ्गी बजाउने सीप जानेका लालबहादुरले वृद्ध भइसके पनि यो कामलाई निरन्तरता दिइरहेका छन् । सारङ्गी रेटेरै नौ सन्तान, आफू र श्रीमतीको लालनपालन गर्नु कम्ती चुनौतीपूर्ण थिएन । लालबहादुरले हिम्मत हारेनन् । सन्तान हुर्काएर शिक्षादीक्षा दिए । अहिले छोराहरु विभिन्न पेसामा संलग्न छन्, तैपनि लालबहादुर सारङ्गी बोक्छन् र गीत गाउँछन् । उनले गीतमार्फत् समाचार, सूचना जनमानसमा पु¥याउन सहयोगी भूमिका निर्वाह पनि गरेका छन् । उनले रचना गरेको ‘किन दियो अल्छीको जन्म’ बोलको गीत रहेपनि रेकर्ड भएको छैन । नेपाली सेना, रेडियो नेपाललगायत विभिन्न ठाउँमा जागिरे अनुभव बटुलेका उनले भने, ‘सारङ्गी भिर्दै गीत गाउँदैमा जिन्दगीले नेटो काट्ने भो ।’ हातगोडा चलुञ्जेल सारङ्गी रेटेरै गीत गाउने धोको उनको छ । उनका जेठो छोरा एकबहादुर सारङ्गी बनाएर बिक्री गर्छन् । माइलो बलबहादुर कृषि पेसामा आबद्ध छन् भने साइला नेत्र बहादुरको निधन भइसक्यो । काइँला छोरा धु्रव गैससका जागिरे हुन् । अन्तरे छोरो सुब्बा व्यापार व्यवसाय गर्छन् भने जन्तरे छोरा बाबुराम सरकारी जागिरे हुन् । पानीमन्तरे छोरो कमल बस चालक छन् । ठूलो कान्छा छोरा ठाकुर सरकारी विद्यालयमा पढाउँछन् । कान्छो छोरा उदय नेपाली सेनामा जागिरे भएको लालबहादुरकी श्रीमती गाजली गन्धर्वले जानकारी दिइन् । विसं २०२२ मा रेडियो नेपालमा जागिरे हुँदा गन्धर्वले मासिक तीन सय रुपैयाँ पारिश्रमिक पाउँथे । तारन दल गुल्ममा जागिरे भएपनि उनले लामो समय जागिरलाई निरन्तरता दिएनन् । ‘दसैं, तिहारमा गाउँ डुल्दा एकै दिनमा पाँच÷छ हजार रुपैयाँ पनि कमाएँ’ – लालबहादुरले भने । सारङ्गी रेटेर कमाएको पैसाले छोराहरु पढाउने, बिहान बेलुकी हातमुख जोर्ने कामका अलावा गन्धर्वले घ्याम्पेशालमा घरघडेरी पनि जोडेका छन् । ‘आजभोलि कमाइ हुनै छाडेको छ,’ उनले भने– ‘बुढ्यौलीले छोएछ क्यारे भनेजस्तो स्वर आउँदैन, लामा गीत गाउन सक्दिनँ ।’ अहिले दिनहुँ रु चार/पाँच सय कमाइ हुने उनले बताए । उनका ११ नाति र ९ नातिनी छन् । उनले १७ वर्षको उमेरमा गाजलीसँग बिहे गरेका थिए । सारङ्गी रेटेर कमाएको पैसाले घर, व्यबहार चलाउन धौ–धौ परेपनि छोराछोरी हुर्काएर पढाउन सकेकामा गन्धर्व परिवार खुसी छन् । ‘भूकम्पले भत्काएको घर बनाउनुपर्ने छ,’ उनले भने – ‘संघर्ष गर्दैमा जीवन बित्ने रहेछ ।’
अझै घट्छ सुनको मूल्य, पचार हजारमा झर्ने !
२८ मंसिर, २०७३
नेफ्टा फिल्मअवार्ड वितरणमा को–को पुग्दैछन दुबई ?
२८ मंसिर, २०७३
श्रीमतीलाई बेचेपछि
२८ मंसिर, २०७३
ट्र्याक्टरको ठक्करबाट एकको मृत्यु
२८ मंसिर, २०७३
बलात्कार र बेचबिखन आरोपमा दुई पक्राउ
२८ मंसिर, २०७३
विद्युत् चोरी रोक्न सरकार आक्रमक
२८ मंसिर, २०७३
सुनको मूल्य प्रतितोला ५० हजारसम्ममा आउने
२८ मंसिर, २०७३
नेपालको विषयलाई लिएर भारतलाई चीनको चुनौती
२८ मंसिर, २०७३
स्थानीय तहको पुनःसंरचना प्रतिवेदन यसै साता
२८ मंसिर, २०७३
लडेर एक मजदुरको मृत्यु
२८ मंसिर, २०७३
जीवन उकास्दै, मध्यपहाडी राजमार्ग
२८ मंसिर, २०७३
विपन्नलाई अब मुलुकभर ‘निःशुल्क’ उपचार
२८ मंसिर, २०७३
लागुऔषधसहित पाँच पक्राउ
२८ मंसिर, २०७३
थप तीन हवाई रुट दिन भारत सकारात्मक
२८ मंसिर, २०७३