हङकङको छैटौं विकेट पतनः अविनाश बोहोराले लिए विकेट

काठमाडौं । ओमानमा जारी एसीसी प्रिमियर कपमा टस जितेर हङकङविरुद्व फिल्डिङ गरिरहेको नेपालले छैटौं सफलता पाएको छ । खेलको १२.१ ओभरमा नेपालका अविनाश बोहोराले यसिम मुर्ताजालाई व्यक्तिगत २ रनमा आउट गराएका छन् । 
यसअघि खेलको ११.२ ओभरमा ललित राजबंशीले हङकङका आइजज खानलाई एलविडब्लु धरापमा पारेका थिए । निकै किफायती बलिङ गरिरहेका उनले यो ओभरमा मेडन पनि गरेका थिए । 
त्यस्तै खेलको ९.२ ओभरमा ललित राजबंशीले नै आफै क्याच गर्दै बाबर हायतलाई व्यक्तिगत ६ रनमा पेभिलियन फर्काएका थिए । 
यसअघि खेलको ८.२ ओभरमा रन लिने क्रममा हङकङका आशुमान रठ व्यक्तिगत ३४ रनमा आउट भएका थिए । 
त्यस्तै दोस्रो विकेटको रुपमा खेलको ५.४ ओभरमा रन लिने क्रममा हङकङका निजकट खान व्यक्तिगत १२ रन बनाएर आउट भएका थिए । नेपालका लागि करण केसीले २.१ ओभरमा नेपालका लागि पहिलो विकेट लिन सफल भएका थिए । आठ रन बनाएर खेलिरहेका हङकङका मार्टिन कोट्जेलाई करणले आसिफ सेखबाट क्याच आउट गराए ।

हङकङले १४ ओभर सकिदा ६ विकेटको क्षतिमा ८५ रन बनाएको छ । 
वर्षाले प्रभावित भएपछि ढिलो गरी सुरु भएको खेलमा नेपालले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको हो । 

खेल ढिलो सुरु भएका कारण खेल अव १८÷१८ ओभरको हुनेछ । 

खेल मध्याह्न ११ः४५ मा अल अमरेत क्रिकेट ग्राउण्ड–१ मा सुरु हुने तालिका थियो । 

नेपाललाई दोस्रो सफलता

काठमाडौं । ओमानमा जारी एसीसी प्रिमियर कपमा टस जितेर हङकङविरुद्व फिल्डिङ गरिरहेको नेपालले दोस्रो सफलता पाएको छ । खेलको ५.४ ओभरमा रन लिने क्रममा हङकङका निजकट खान व्यक्तिगत १२ रन बनाएर आउट भएका हुन् । त्यसअघि नेपालका लागि करण केसीले २.१ ओभरमा नेपालका लागि पहिलो विकेट लिन सफल भएका छन् । आठ रन बनाएर खेलिरहेका हङकङका मार्टिन कोट्जेलाई करणले आसिफ सेखबाट क्याच आउट गराए । हङकङले आठ ओभर सकिदा दुई विकेटको क्षतिमा ५९ रन बनाएको छ ।  वर्षाले प्रभावित भएपछि ढिलो गरी सुरु भएको खेलमा नेपालले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको हो ।  खेल ढिलो सुरु भएका कारण खेल अव १८/१८ ओभरको हुनेछ ।  खेल मध्याह्न ११ः४५ मा अल अमरेत क्रिकेट ग्राउण्ड–१ मा सुरु हुने तालिका थियो । 

नेपाललाई पहिलो सफलता

काठमाडौं । ओमानमा जारी एसीसी प्रिमियर कपमा टस जितेर हङकङविरुद्व फिल्डिङ गरिरहेको नेपालले पहिलो सफलता पाएको छ । नेपालका लागि करण केसीले २.१ ओभरमा नेपालका लागि पहिलो विकेट लिन सफल भएका छन् । आठ रन बनाएर खेलिरहेका हङकङका मार्टिन कोट्जेलाई करणले आसिफ सेखबाट क्याच आउट गराए । हङकङले तीन ओभर सकिदा एक विकेटको क्षतिमा २१ रन बनाएको छ ।  वर्षाले प्रभावित भएपछि ढिलो गरी सुरु भएको खेलमा नेपालले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको हो ।  खेल ढिलो सुरु भएका कारण खेल अव १८÷१८ ओभरको हुनेछ ।  खेल मध्याह्न ११ः४५ मा अल अमरेत क्रिकेट ग्राउण्ड–१ मा सुरु हुने तालिका थियो । 

नेपालले टस जितेर हङकङविरुद्व फिल्डिङ गर्दै

काठमाडौं । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालले टस जितेर हङकङविरुद्व फिल्डिङ गर्ने भएको छ ।  वर्षाले प्रभावित भएपछि ढिलो गरी सुरु भएको खेलमा नेपालले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको हो ।  खेल ढिलो सुरु भएका कारण खेल अव १८÷१८ ओभरको हुनेछ ।  खेल मध्याह्न ११ः४५ मा अल अमरेत क्रिकेट ग्राउण्ड–१ मा सुरु हुने तालिका थियो । 

नेपाल र हङकङबीचको खेल वर्षाले प्रभावित

काठमाडौं । ओमानमा जारी एसीसी प्रिमियर कपमा आज नेपाल र हङकङबीचको खेल वर्षाको कारण प्रभावित भएको छ । मध्याह्न ११ः४५ मा ओमनको अल अमरेत क्रिकेट ग्राउण्ड –१ मा सुरु हुने खेल वर्षाका कारण केहि ढिलो सुरु हुने भएको हो । अहिले खेल हुने मैदानमा हल्का वर्षा भइरहेको कारण पिच कभरले ढाकिएकोछ । त्यसैले खेलमा ओभर घटेर केहि ढिलो सुरु हुने भएको छ । नियमित समय अनुसार ११ः१५ मा टस हुनुपर्नेमा पानी नरोकिएको कारण टस हुन सकेको छैन ।  दुवै टोलीका खेलाडी मैदानमा आई पुगिसकेका छन् ।  नेपाल आज हङकङलाई हराउँदै सेमिफाइनल यात्रा औपचारिकता मात्रै बाँकी राख्न चाहन्छ । नेपालले पहिलो खेलमा मलेसियालाई ५ विकेट र दोस्रो खेलमा कतारलाई ३२ रनले हराएको थियो । हङकङले पहिलो खेलमा कतारलाई २६ रनले हराउँदा साउदी अरेवियासँग ५५ रनले पराजित भएको थियो । नेपाल र हङकङबीच ९ टी –२० आई खेल हुँदा दुवै टोली समान ४ खेलमा विजयी भएका छन् भने एक खेल वर्षाको कारण रद्द भएको थियो । १० टोली सहभागी रहेको प्रिमियर कपको विजेताले एसिया कप टी २० प्रतियोगिता खेल्न पाउनेछ ।

एसीसी प्रिमियर कप : नेपाल आज हङकङसँग खेल्दै

काठमाडौं । एसीसी प्रिमियर कपमा लगातार दुई खेलमा विजयी नेपालले सोमबार हङकङसँग प्रतिस्पर्धा गर्दैछ। सोमबार हुने हङकङसँगको भिडन्त बिहान ११ः४५ बजे सुरु हुनेछ। दुई खेलमा चार अंक जोडेको नेपाल लगातार तेस्रो जितका लागि मैदानमा उत्रन लागेको हो । शुक्रबार भएको पहिलो खेलमा मलेसियालाई पाँच विकेटले हराएको नेपालले शनिबार कतारलाई ३२ रनले पराजित गरेको थियो।

विश्वकपअघि नेपालले वेस्टइन्डिज ‘ए’ सँग सिरिज खेल्ने

काठमाडौं । आइसीसी टि–२० विश्वकपअघि नेपाली राष्ट्रिय क्रिकेट टोलीले घरेलु मैदानमा वेस्टइन्डिज ‘ए’ सँग सिरिज खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का अनुसार नेपालले वेस्टइन्डिज ‘ए’ सँग पाँच टि–२० खेल खेल्ने तालिका रहेको छ । सिरिज अप्रिल २५ देखि ५ मेसम्म चल्नेछ । वेस्ट इन्डिजको क्रिकेट टोलीले इतिहासमै पहिलो पटक नेपालको भ्रमण गर्न लागेको हो । खेल कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ । यसअघि एकपटक मात्र सन् २०२३ मा जिम्बाबेमा नेपाल र वेस्ट इन्डिजबीच सम्पन्न आईसीसी एकदिवसीय विश्वकपको छनोट प्रतियोगिताका क्रममा  वेस्ट इन्डिज एक सय एक रनले विजयी भएको थियो।

टी–२० विश्वकपका लागि नेपालको नयाँ जर्सी सार्वजनिक

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी टी–२० विश्वकपका लागि राष्ट्रिय टोलीको नयाँ जर्सी सार्वजनिक गरेको छ।सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ र राखेप सदस्य सचिव टंकलाल घिसिङले नेपालको नयाँ जर्सी सार्वजनिक गरेका हुन् । क्यानले विश्वकपमा केल्मीले निर्माण गरेको नयाँ जर्सी प्रयोग गर्ने भएको हो ।  टी–२० विश्वकप आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा हुँदैछ। नेपाली टोलीले सन् २०१४ पछि दोस्रोपटक विश्वकपमा सहभागिता जनाउन लागेको हो।  विश्वकपमा नेपालसहित २० टोलीले सहभागिता जनाउँदै छन्। नेपाल रहेको समूह डीमा दक्षिण अफ्रीका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्स रहेका छन्। शीर्ष दुईमा रहने हरेक समूहका दुई दुई टोली सुपर आठ मा पुग्नेछन्।  

अन्तर प्रदेश खेलकुद प्रतियोगिता शुरु, प्रधानमन्त्रीद्धारा उद्घाटन (तस्बिरहरु)

काठमाडौं। चितवनमा अन्तर प्रदेश खेलकुद प्रतियोगिता शुरु भएको छ । चितवनको भरतपुरस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले प्रतियोगिताको उद्घाटन गरेका छन् । प्रतियोगितामा एथलेटिक्स, भलिबल, फुटबल, कराँते, तेक्वान्दो, बक्सिङ, पौडी, ब्याडमिन्टन र क्रिकेट गरी ९ खेलको प्रतिस्पर्धा हुने छ । पुरुष फुटबलबाहेक सबै खेल चितवनमा हुने छ। पुरुष फुबटल हेटौंडास्थित गौरीटार रंगशालामा हुने छ ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि बजेट व्यवस्था गर्छौं :  प्रधानमन्त्री

चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षमा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि आवश्यक पर्ने बजेटको व्यवस्था गरिने बताएका छन्। बागमती प्रदेश खेलकुद परिषद्द्वारा आज आयोजित प्रथम अन्तरप्रदेश राष्ट्रिय प्रतियोगितामा उनले भरतपुरको गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा समावेश गरिसकेको र आवश्यक बजेट पनि प्रबन्ध गरिने बताए। “गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला राष्ट्रिय गौरवको आयोजनामा रूपान्तरण भएपश्चात निर्माणकार्यमा यसअघि देखिएका विभिन्न प्रकारका समस्याहरूको एकीकृत समाधान हुनेछ,” प्रधानमन्त्री प्रचण्डले भने, “निर्माणकार्य द्रूततापूर्वक अगाडि बढ्नेछ । यसका निम्ति आगामी वर्षको बजेटमा पर्याप्त स्रोत सुनिश्चित गरिने व्यहोरासमेत म यहाँहरूलाई अवगत गराउँछु ।” क्रिकेट रंगशाला निर्माणपछि कृषि, पर्यटन, स्वास्थ्यका साथै चितवन र आसपासको क्षेत्र ‘स्पोट्र्स् हब’ का रूपमा विकास हुने विश्वास व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले रंगशालामा ठूला राष्ट्रियस्तरका प्रतियोगिताहरू सम्पन्न गर्ने उपर्युक्त वातावरण मिल्ने बताए। खेलकुदमा नयाँ अवसर सिर्जना भएसँगै युवामा शारीरिक एवं मानसिक स्फूर्ति, सामाजिक जीवनका बहुआयमिक क्षेत्रमा विकास गर्नुका साथै चुनौतीपूर्ण परिस्थितिमा रहेको युवा पलायन रोक्नसमेत मद्दत पुग्ने विश्वास व्यक्त गर्दै प्रधानमन्त्रीले राष्ट्रिय, प्रदेशस्तरीय एवं स्थानीयस्तरमा आयोजना हुने प्रतियोगिताको बहुआयमिक महत्त्व रहने बताए। चितवनमा आयोजना भएको प्रतियोगिताले यहाँका पर्यटन, होटल व्यवसाय र स्थानीय अर्थतन्त्रमा समेत टेवा पुग्ने उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले पाँच हजारभन्दा बढी खेलकर्मीले यस प्रतियोगितामा प्रत्यक्ष सहभागी हुने भएकाले चितवनका कला संस्कृतिको समेत प्रवर्द्धन हुने बताए।  

फ्रेन्डसिप कपको च्याम्पियन बन्यो नेपाल

काठमाडौं। एसएमएस फ्रेन्डसिप कप टी–२० क्रिकेट प्रतियोगितानमा नेपाल च्याम्पियन बनेको छ । गुजरातको वापीस्थित साई मेघपन स्पोर्ट्सलाइफ मैदानमा आइतबार भएको फाइनल खेलमा नेपालले आयोजक गुजरात क्रिकेट सङ्घलाई १८ रनले हरायो ।  जितका लागि एक सय ७७ रनको लक्ष्य पछ्याएको घरेलु टोली गुजरात निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ५८ रनमा समेटियो । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा चार विकेटको क्षतिमा १७६ रन बनाएको थियो । नेपालका लागि कप्तान रोहित पौडेलले ७४ रन बनाए। यस्तै आशिफ शेखले ३४, कुशल मल्लले अविजित ३१, कुशल भुर्तेलले २१ र दीपेन्द्रसिंह ऐरीले सात रन बनाए। बलिङमा गुजरातका जयमति पटेल, सेन पटेल, तेजास पटेल र जाला युजराजसिंहले एक एक विकेट लिए।  नेपाल गुजरातमाथि ह्याट्रिक जित निकालेको हो । लिग चरणमा नेपालले गुजरातलाई आठ विकेट र आठ रनले हराएको थियो । नेपालले बरोडा क्रिकेट सङ्घलाई २७ रन हराएको नेपाल लिग चरणको अन्तिम खेलमा बरोडासँग ३७ रनले पराजित भएको थियो । गुजरात बरोडालाई पाँच विकेट र ५७ रनले पराजित हराएर फाइनलमा नेपालसँगको भिडन्त पक्का गरेको हो । 

नेपाल ‘ए’विरुद्ध आयरल्यान्ड वुल्भ्सको ‘क्लिन स्वीप’

काठमाडौं । नेपाल ‘ए’विरुद्धको एकदिवसीय शृंखलामा आयरल्यान्ड वुल्भ्सले ‘क्लिन स्वीप’ गरेको छ। आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको तेस्रो तथा अन्तिम एकदिवसीय खेलमा ६९ रनको सहज जित निकाल्दै वुल्भ्सले शृंखला क्लिन स्वीप गरेको हो। खेलमा वुल्भ्सले प्रस्तुत गरेको २८५ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल ३९.४ ओभरमा २१५ रनमा आलआउट भयो। नेपालका अर्जुन कुमालले शतक बनाए पनि टिमको हार टार्न सकेनन्। उनले ११८ बलमा १४ चौकासहित १०२ रनको योगदान गरे। अर्जुन साउदले ३६, नरेन भट्ट र रुपेश सिंहले समान १५ रन बनाए। देव खनाल ११ रन जोडेर आउट भए। भीम सार्की ‘गोल्डेन डक’ भएका थिए। नेपाललाई सस्तैमा समेट्न वुल्भ्सका बेन ह्वाइटले पाँच विकेट लिए। १० ओभर बलिङ गरेका ह्वाइटले एक मेडन फ्याँक्दै ६२ रन खर्चिए। गाभिन होइले चार र म्याथ्यु फोस्टरले एक विकेट हात पारे। त्यसअघि, टस जितेर ब्याटिङमा उत्रिएको आयरल्यान्ड वुल्भ्सले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २८४ रन बनाएको थियो। आयरल्यान्डका ओपनर स्टेफन डोहेनीले १०७ रन जोडे । उनले १२९ बलमा आठ चौका र दुई छक्का प्रहार गरे । पेटर मुरले ४४, म्याथ्यु हम्फ्रेसले २३, मोर्गन टोपिङले २१, फियोन ह्यान्डले २० रन थपे । बेन ह्वाइटले १९ र गाभिन होइले १४ रन बनाए । नेपालका रिजन ढकाल र रञ्जीत कुमारले समान तीन विकेट लिए । विकास आग्री र साहब आलमले एकरएक विकेट हात पारे । घरेलु टिमविरुद्धको पहिलो एकदिवसीय खेलमा वुल्भ्स २१ र दोस्रो खेलमा ११४ रनले विजयी भएको थियो ।

आयरल्यान्ड वुल्भ्सविरुद्ध अर्जुन कुमालको शतक

काठमाडौं । आयरल्यान्ड वुल्भ्सविरुद्धको अन्तिम एकदिवसीय खेलमा नेपालका ओपनर अर्जुन कुमालले शतक प्रहार गरेका छन् । आइतबार आयरल्यान्ड वुल्भ्सले प्रस्तुत गरेको २८५ रनको लक्ष्य पछ्याइरहेको नेपालबाट कुमालले १०० रन पूरा गरेका हुन् । उनले ११४ बलमा १४ चौका प्रहार गरे । जारी खेलको ३३.३ ओभर सकिँदा नेपालले पाँच विकेट गुमाएर १९८ रन बनाएको छ । हाल क्रिजमा अर्जुनसँगै रहेका रुपेश कुमारले १० रन बनाएका छन् । त्यसअघि, टस जितेर ब्याटिङमा उत्रिएको वुल्भ्सले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर २८४ रन बनाएको थियो ।  

नेपालद्धारा गुजरातलाई १७७ रनको लक्ष्य प्रस्तुत

काठमाडौं । कप्तान रोहितकुमार पौडेलको अर्धशतकप्रेरित नेपालले एसएमएस फ्रेन्डसिप कपको फाइनलमा गुजरात क्रिकेट एसोसिएसनसामु १७७ रनको लक्ष्य प्रस्तुत गरेको छ। आइतबार भारतको वापीमा टस जितेर पहिले ब्याटिङ खेलेको नेपालले निर्धारित २० ओभरमा चार विकेट गुमाएर १७६ रन बनाउन सफल भयो। कप्तान रोहितले ४७ बलमा पाँच चौका र चार छक्कासहित ७४ रन बनाए। आसिफ शेखले ३४ र कुशल मल्लले ३१ रन थपे । कुशल भुर्तेलले १९ रन जोडे । दीपेन्द्रसिंह ऐरी र सन्दीप जोराले समान सात रन बनााए। गुजरातका जयमित पटेल, स्हेन पटेल, तेजस पटेल र जाला युभराजसिन्हले समान एक विकेट लिए । एसीसी प्रिमियर कप र ट्वान्टी–२० विश्वकपको तयारीका निम्ति भारत भ्रमणमा रहेको नेपाल लिग चरणका चारमध्ये तीन खेलमा जित निकाल्दै विजेताका रूपमा फाइनलमा पुगेको हो । गुजरातले भने लिग चरणबाट दोस्रो स्थानमा रहँदै फाइनलमा स्थान बनाएको हो। त्रिकोणात्मक शृंखलामा नेपाल र गुजरातसँगै बरोडा क्रिकेट एसोसिएसनले प्रतिस्पर्धा गरेका थिए ।

आयरल्यान्ड वुल्भ्सद्धारा नेपाल ‘ए’लाई दियो २८५ रनको लक्ष्य प्रस्तुत

काठमाडौं । स्टेफन डोहेनीको शतकप्रेरित आयरल्यान्ड वुल्भ्सले अन्तिम एकदिवसीय खेलमा नेपाल ‘ए’ सामु २८५ रनको लक्ष्य प्रस्तुत गरेको छ । आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा आएको आयरल्यान्ड वुल्भ्सले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २८४ रनको योगफल खडा गरेको हो ।

फ्रेन्डसिप कप उपाधिका निम्ति गुजरातको सामना गर्दै नेपाल

काठमाडौं । भारतमा जारी ‘एसएमएस फ्रेन्डसिप कप’ को उपाधिका निम्ति नेपाली क्रिकेट टिमले आज गुजरात क्रिकेट एसोसियसनको सामना गर्दैछ । यसअघि लिग चरणका चारमध्ये तीन खेलमा जित निकालेको नेपाल विजेताको रूपमा फाइनलमा आइपुगेकोछ । यसैगरी, गुजरात भने लिग चरणबाट दोस्रो स्थानमा रहँदै फाइनलमा आएको हो । त्रिकोणात्मक शृंखलामा नेपाल र गुजरातसँगै बरोडा क्रिकेट एसोसियसनले प्रतिस्पर्धा गरेका थिए । बरोडा भने लिग चरणबाटै बाहिरिएको हो । प्रतियोगिताको फाइनल भारतको वापीमा हुनेछ । नेपालले शृंखलाको पहिलो खेलमा गुजरातलाई आठ विकेटले, दोस्रो खेलमा बरोडालाई २७ रनले र तेस्रो खेलमा पुनः गुजरातलाई आठ रनले हराएको थियो । अन्तिम खेलमा भने नेपाल बरोडासँगै ३७ रनले पराजित भएको थियो । एसीसी प्रिमियर कप र ट्वान्टी–२० विश्वकपको तयारीका निम्ति नेपालले भारत भ्रमण गरेको हो ।