ओलम्पिक दिवसका अवसरमा पुरस्कार तथा सम्मान

 

काठमाडौँ, असार ९ । नेपाल ओलम्पिक कमिटीले अन्तर्राष्ट्रिय ओलम्पिक दिवसका अवसरमा आज पत्रकारद्वय राजु सिलवाल र श्याम चित्रकारलाई पुरस्कार प्रदान गरेको छ ।

खेलकुद क्षेत्रको विकासका लागि सञ्चार क्षेत्रका माध्यमबाट सहयोग गरेकाले उहाँहरुलाई यहाँ आज आयोजित कार्यक्रममा नगद रु २५÷२५ हजारसहित सम्मानपत्र दिइएको छ । आधुनिक आोलम्पिक खेलको सुरुआत सन् १८९४ जुन २३ मा भएको हो । त्यसैको सम्झनामा प्रत्येक वर्ष आजको दिन विश्वभर सो दिवस मनाइँदै आएको छ । नेपालसहित विश्वका २०७ राष्ट्र अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको सदस्य मुलुकका रुपमा छन् । नेपालले सन् १९६३ मा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको सदस्यता प्राप्त गरेको थियो ।
सोही कार्यक्रममा ओलम्पिकको साताव्यापी कार्यक्रम सञ्चालन गर्न सहयोग पु¥याएका विभिन्न सङ्घसंस्थाका प्रतिनिधि तथा साताव्यापी खेलकुद प्रतियोगितामा सहभागिता जनाएका विद्यालय र खेलाडीलाई समेत सम्मान गरिएको थियो ।
सो अवसरमा कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले विश्व परिवेशमा मानिसको आक्रोशलाई न्यूनीकरण गर्न खेलकुदको विकास गरिएको बताउँदै विभिन्न समयमा आएका अनेक उतारचढावले ओलम्पिक खेललाई अहिले स्वस्थ्य जीवन तथा बौद्धिक विकास निर्माणसँग जोडेको उल्लेख गर्नुभयो ।
साताव्यापी कार्यक्रमअन्तर्गत टेनिस, बास्केटबल, कबड्डी, तेक्वान्दो, गल्फ, बक्सिङ, साम्बो, पौडी, चेस, सुटिङ, धनुकाँडलगायत खेल सञ्चालन गरिएको थियो । त्यस्तै जुडोका खेलाडीले सडकमा ट्राफिक व्यवस्थापनमा सहयोग गरेका थिए । रासस

धनगढीमा इन्डो–नेपाल कराते प्रतियोगिता हुने

लोकेश धामी, धनगढी कैलालीको धनगढीमा गोपाल राजु इन्डो–नेपाल कराते प्रतियोगिता हुने भएको छ । सुदूरपश्चिममा कराते खेलका संस्थापकद्वय गोपाल खड्का र राजु लामाको स्मृतिमा सो प्रतियोगिता हुन लागेको हो । सुदूरपश्चिमाञ्चल गोजुरियो कराते दो संघ तथा नेपाल खेलकुद महासंघको संयुक्त आयोजनामा आउँदो जेठ १२ र १३ गते सो प्रतियोगिता हुने जनाइएको छ । प्रतियोगितामा विभिन्न तौल समूह गरी ४१ स्वर्ण, ४१ रजत र ८२ वटा कास्य गरी १६२ पदकका लागि प्रतिस्पर्धा हुने प्रतियोगिताका संयोजक प्रकाशकुमार चन्दले जानकारी दिए । सो प्रतियोगिताको अवसरमा सातौं राष्ट्रिय खेलकुद प्रतियोगितामा कास्य पदक विजेता खेलाडी गणेश विकलाई नगद १० हजार रुपैया पुरस्कार प्रदान गर्ने जनाइएको छ । संस्थापकद्वय खड्का र लामाको स्मृतिमा हरेक वर्ष प्रतियोगिता आयोजना गर्ने आयोजकले जनाएको छ । File Photo

ग्याम्जुङ होटलदेखि सुरु भएको महिला दौड सम्पन्न

काठमाडौँ, वैशाख २४ । फ्रेण्ड्स अफ लाजिम्पाटको आयोजनामा वुमन्स फ्रेण्डसीप म्याराथन सम्पन्न भएको छ । बिहान सबेरै लाजिम्पाटको ग्याङजङ होटलदेखि सुरु भएको म्याराथनमा ५ सय भन्दा बढी महिला तथा किशोरी उपश्थित थिए । महिलालाई खेलकुदमा प्रोहोत्साहन गर्ने उदेश्यले आयोजित उक्त म्याराथनको नारा वुमन अवेरनेस इन स्पोर्टस् रहेको थियो । महिला म्याराथन–२०७४ अन्तर्गत पांच किलोमिटर दौडमा बालिका केसी पहिलो भइन् । बालिकाले ४ सय ५० जना खेलाडीलाई १६ मिनेट ४९ सेकेण्ड मा पछाडी पार्दै प्रथम स्थान हांसिल गरी ट्रफी र नगद रु. २० हजार रुपैंया हात पारिन् । दोस्रो भएकी मीना घले बालिका भन्दा ५ दशमलव ४७ सेकेण्डले मात्र पछि परेकी थिइन् । देबीकला गुरुङ १७ मिनेट २८ सेकेण्डमा दुरी पुरा गर्दै तेस्रो भइन् । दोस्रो र तेस्रो हुनेले नगद १५ र १० हजारसहित ट्रफी हात पारेका थिए । ६ बर्षिया अंकित नकर्मीले दौडमा भाग लिएर दुरी पुरा गरेवापत प्रोहोत्साहन स्वरुप २ हजार रुपैंया प्राप्त गरिन् । महिलाको खेल प्रतिको आत्माविश्वास बढाउन यस किसिमको महिला म्याराथनको आयोजना गरिएको आयोजक संस्था फ्रेण्ड्स अफ लाजिम्पाटका मोहित थापाले बताए ।

चाँगुमा ब्याडमिन्टन कोर्ट बन्ने

नगरकोट, वैशाख १९ । भक्तपुरको चाँगुनारायण नगरपालिका–४, चाँगुमा अन्तर्राष्ट्रियस्तरको ब्याडमिन्टन कोर्ट बन्ने भएको छ । ब्याडमिन्टन कोर्ट निर्माण उपभोक्ता समितिका अध्यक्ष श्रीहरि कुइँकेलले करिब पाँच रोपनी क्षेत्रमा निर्माण हुने कोर्टका लागि करिब रु ६८ लाखको लगत इस्टिमेट तयार गरिसकिएको बताउनुभयो । त्यसका लागि भक्तपुर निर्वाचन क्षेत्र नं १ को निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमअन्तर्गत पहिलो चरणका लागि रु २० लाख विनियोजनसमेत भइसकेको उहाँले जानकारी दिनुभयो । उक्त बजेट प्राप्त गर्न जिल्ला समन्वय समिति भक्तपुरसँग सम्झौताका लागि अन्तिम चरणमा पुगिसकेको समितिका सचिव राधेश्याम खनालले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त कभर्डहल निर्माण गर्न स्थानीय उपभोक्ताले गत माघमै उपभोक्ता समिति गठन गरेका थिए । उपभोक्ता समितिले सम्पूर्ण प्रक्रिया पूरा गरिसकेको उहाँले बताउनुभयो । यसैबीच, स्थानीय उपभोक्ता समितिले आइतबार स्थानीय विकास अधिकारी ध्रुवप्रसाद कोइरालासँग भेट गरी कोर्ट निर्माणसम्बन्धी छिटो सम्झौता गर्न ध्यानाकर्षण गरेको छ । चालु आवभित्रै रु २० लाखको कार्य गर्नुपर्ने भएकाले सम्झौतामा ढिलाइ नगर्न स्थानीय विकास अधिकारीको ध्यानाकर्षण गरिएको अध्यक्ष कुइँकेलले जानकारी दिनुभयो । समितिले यस वर्ष काम सुरु भएपछि अन्य क्षेत्रबाट पनि बजेट व्यवस्थापनका लागि सहज हुने बताएको छ । भक्तपुरमै पहिलो कभर्ड हल निर्माण गर्न स्थानीय उपभोक्ता सक्रिय भएर लागेको देखेर आफू पनि प्रभावित भएको स्थानीय विकास अधिकारी कोइरालाले बताउनुभयो । उहाँले जिल्ला समन्वय समितिको सम्पूर्ण प्रक्रिया पूरा गरेर तीनचार दिनमै कभर्डहल निर्माण उपभोक्ता समितिसँग सम्झौता हुने जानकारी दिनुभयो ।

रुस्लान अत्तरिया कपको तयारी अन्तीम चरणमा

लोकेश धामी कैलाली, वैशाख १८ । देशकै सर्वाधिक धनराशीको महिला क्रिकेट प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । बैशाख २१ गतेदेखि सुदूरपश्चिमाञ्चलको प्रवेशद्धारा अत्तरियास्थित सशस्त्र प्रहरी बलको क्रिकेट प्रतियोगितामा हुने उक्त प्रतियोगिताको ९० प्रतिशत तयारी पूरा भएको जनाइएको छ । आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा आयोजकले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो । प्रतियोगितामा जम्मा ६ टिमले भाग लिने छन् । युनाइटेड अत्तरिया स्पोर्टस क्लबद्धारा आयोजित उक्त प्रतियोगिता विजेताले नगद २ लाख प्राप्त गर्ने छन् भने उपविजेताले १ लाख र प्लेयर अफ दी सिरिजलाई २५ हजार, वेष्ट ब्याटिङ पर्फमेन्स, बेस्ट बलिङ पर्फमेन्स र विकेट किपरलाई समान १० हजार रुपैयाँ प्रदान गरिने छ । हरेक खेलको प्लेयर अफ दी म्याचले ३ हजार रुपैयाँ प्राप्त गर्ने अध्यक्ष खनालले बताए । एउटा विभागिय सहित ५ वटा क्लबका टिमले प्रतियोगितामा सहभागिता जनाउने आयोजकले जनाएको छ । नेपालमै यति ठूलो धन राशी प्रतियोगिताले महिला क्रिकेट खेलाडीमा निकै खुसी जगाएको आयोजकको दाबी छ । प्रतियोगिता आयोजना गर्न २० देखि २५ लाख रुपैया खर्च भएको क्लबका अध्यक्ष रवि खनालले जानकारी दिए । प्रतियोगिताको मुख्य प्रायोजक रुस्लान कम्पनी रहने र प्रतियोगिताको नाम नै रुस्लाल अत्तरिया कप हुने पत्रकार सम्मेलनमा जनाइएको छ । बैशाख २६ गतेसम्म चल्ने प्रतियोगिताको उद्घाटन खेलमा विभागीय टीम एपिएफ र मिलन क्रिकेट एकडेमी झापा भिड्ने छन् ।

विशाल स्मृति गोल्डकपकाे उपाधी आर्मीलाई

काठमाडौं, वैशाख १६ । वीरगन्जमा सम्पन्न विशाल स्मृति गोल्डकप फुटबलको उपाधी नेपाल आर्मी क्लबले जितेको छ । शनिबार भएको फाइनलमा संकटा क्लबलाई २–० गोलले पराजित गर्दै आर्मीले उपाधी जित्न सफल भएको हो । आर्मीले खेलको ६८ औँ र ७० औँ मिनेटमा गोल गरेको थियो । आर्मी नव जनजागृती क्लबलाई हराउँदै फाइनल पुगेको थियो । संकटलाले फाइनल पुग्न नेपाल पुलिसलाई हराएको थियो । अघिल्लो वर्ष विभिन्न प्रतियोगिताको फाइनलमा तीन पटक भेट भएकोमा तीनै पटक संकटा विजयी भएको थियो । आर्मीले जितसँगै पाँच लाख र उपविजेता संकटाले दुई लाख रुपैयाँ पुरस्कार पाएका छन् ।

सुदूरपश्चिम ११ सेमिफाइनलमा प्रवेश

लोकेश धामी कैलाली, बैशाख १६ । भारतको युपीमा जारी ए.पी.जे अब्दुल कलाम मेमोरीयल रीयल स्टेट फुटबल टुर्नामेन्टमा सुदूरपश्चिम ११ सेमीफाईनलमा प्रवेश गरेको छ । अत्याधिक प्रतिस्पर्धात्मक रहेको उक्त खेलमा सुदुरपश्चिम ११ ले खैरावाद स्पोर्टिङ्ग क्लब यूपीलाई ५/४ गोलको अन्तरले पराजित गर्दै सेमीफाईनल प्रवेश गरेको हो । सुदुरपश्चिमलाई जिताउन चेतन थारुले हेट्रीक गरे भने प्रणय अन्जन र विनोद केसीले १/१ गोल गरे । आज राती ८ बजे हुने सेमीफाईनल खेल्नेमा सुदुरपश्चिम ११ ले बरेलीको, बरेली होस्टेल फुटवल क्लबसँंग खेल्ने छ ।

ईन्टरनेशनल कर्पोरेट ब्याटमिन्टनको उपाधी बम र चन्दको जोडीलाई

लोकेश धामी, कैलाली अन्नपुर्ण ईन्टरनेशनल कर्पोरेट ब्याडमिन्टन पुरुष डबल्सको उपाधी कैलालीका राजेन्द्र बम र प्रकाश चन्दको जोडीले चुमेको छ । सोमबार विहान धनगढी रंगशालामा भएको फाईनलमा बम र चन्दको जोडीले कैलालीकै सुनिल श्रेष्ठ र दिलीप देउबाको जोडीलाई २१–१२ र २१–१० को सोझो सेटमा पराजित गर्दै क्षेत्रीय च्याम्पीयन बनेको हो । राजेन्द्र बम नेपाल प्रहरीका प्रहरी सहायक निरिक्षक हुन भने दिलिपसिह देउवा नेपाल प्रहरीका डिएसपी हुन । यस्तै पुरुष सिंगल्स तर्फ कैलालीका देवराज राना क्षेत्रीय च्याम्पीयन भएका छन । उनले कन्चनपुरका गोकुल जोरालाई २१–१८ र २१–१२ को सोझो सेटमा पराजित गरेका हुन । यता महिला सिंगल्समा कैलालीकी प्राथना देउबा क्षेत्रीय च्याम्पियन बनिन् । निक्कै नै प्रतिस्पर्धात्मक फाईनल खेलमा देउबाले कैलालीकै अम्बिका मल्ललाई हराईन् । पहिलो सेट २२–१९ ले जितेकी प्राथनाले दोस्रो सेट १९–२१ ले गुमाएकी थिईन् । तर तेस्रो सेटमा २२–२० को संघर्षपूर्ण जित निकाल्दै प्रार्थना क्षेत्रीय च्याम्पिएन बन्न सफल भईन् । प्रतियोगिताका सबै विजेता र उपविजेताले असारमा काठमाडौंमा आयोजना हुने अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागिता जनाउने अवसर पाएका छन् । जहाँ १४ देशका खेलाडीहरुले प्रतिस्पर्धा गर्दैछन् । प्रतियोगिताका विजयी खेलाडिहरुलाई प्रमुख अथिति तथा कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल, कैलालीका प्रहरी उपरिक्षक अर्जुन चन्द, शसस्त्र प्रहरी सीमा सुरक्षा बल धनगढीका एसपी गणेश संग्रौला, क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रेमबहादुर मल्ल लगायतले नगद पुरुस्कार, प्रमाणपत्र प्रदान गर्नुभएको थियो । अन्नपुर्ण पोष्टका कैलाली सम्बाददाता शिबराज भट्टको अध्यक्षतामा भएको समापन समारोहमा अन्नपुर्ण नेटवर्कका क्षेत्रीय संयोजक मनोज बस्नेतले, सहभागि खेलाडि, अथिति, खेल प्राविधिक, स्वयम सेवक र सहभागि सबैलाई धन्यबाद दिनुभएको थियो ।

ब्याडमिन्टनको फाइनल खेल हुँदै

कैलाली, वैशाख ११ । धनगढीको क्षेत्रीय रंगशालामा जारी अन्नपूर्ण पोष्ट इन्टरनेशनल कर्पोरेट ब्याटमिन्टन प्रतियोगितामा विभिन्न जिल्लाबाट आएका खेलाडीबीच कडा प्रतिस्पर्धा देखिएको छ । आइतबार क्वार्टर फाइनल र सेमिफाइनल चरणका खेलहरु सम्पन्न भएका छन् । प्रतियोगिताका रेफ्री उदय अर्यालका अनुसार आइतबार भएको पुरुष सिंगलतर्फ सेमिफाइनल खेलमा देवराज राना (कैलाली) ले अमृत चौधरी (कैलाली) लाई २१–८, २१–१८ ले पराजित गर्दै फाइनलमा प्रवेश गरेका छन् । गोकुल जोरा (कैलाली) ले प्रियन्सु क्षेत्री (कञ्चनपुर) लाई २१–१६, २१–१७ ले पराजित गरेर फाईनल पुगेका छन् । पुरुष एकलतर्फ सेमिफाइनलमा प्रार्थना देउवा (कैलाली) ले सिमा चौधरी (कैलाली) लाई २१–४, २१–४ ले पराजित गरी फाइनलमा प्रवेश गरेकी छिन् । अम्बिका मल्ल (कैलाली) ले एलिना तिरुवा (कैलाली) लाई २१–१५, २१–१३ ले पराजित गरी फाइनल खेलको यात्रा तय गरेकी छिन् । पुरुष डबल्स् तर्फ भएको सेमिफाइनल खेलमा सुनिल श्रेष्ठ र दिलिप देउवा (कैलाली) को जोडीले पदमराज भट्ट र मंगलबहादुर जिएम (कैलाली) को जोडीलाई २१–१७, २१–१२ ले पराजित गरी फाइनलमा प्रवेश गरेका छन् । त्यसैगरी राजेन्द्र बम र प्रकाश चन्द (कैलाली) को जोडीले छेदु प्रसाद चौधरी र लक्ष्मी प्रसाद चौधरी (कैलाली) को जोडीलाई २१–११, २१–१५ ले पराजित गरी फाइनलको यात्रा तय गरेका छन् । तीनै चरणका फाइनल खेल सोमबार क्षेत्रीय रंगशाला धनगढीमा हुनेछन । अन्नपूर्ण मिडिया नेटवर्कका क्षेत्रीय संयोजक मनोज बस्नेतले फाइनल खेलका विजेताहरुले पाँचै क्षेत्रबाट छानिएर आएका खेलाडीसँग काठमाडौंमा प्रतिस्पर्धा गर्ने बताए । प्रतियोगितामा सुदूरपश्चिमभरिका ६८ जना खेलाडीहरुले सहभागिता जनाएका छन् । पुरुष डबल्समा २२ जोडी, पुरुष सिंगलमा १६ जना र महिला सिंगलमा ८ जनाले सहभागिता जनाएका छन् । अन्नपुर्ण मिडिया नेटवर्कले, शनिबारदेखि सुरु गरेको सुदूरपश्चिमाञ्चल स्तरीय क्षेत्रीय ब्याटमिन्टन प्रतियोगिताको सोमबार फाईनल खेल हुनेछन । यस्तै मध्यपश्चिमको नेपालगञ्जमा वैशाख १७ गतेदेखि १९ गते, मध्यपश्चिमाञ्चलको बुटबलमा पनि १७ गतेदेखि १९ गते, पोखरामा बैशाख २१ गतेदेखि २३ गते, र पूर्वाञ्चलको ईटहरीमा बैशाख २ गतेदेखि २८ गतेसम्म क्षेत्रीय प्रतियोगिताको आयोजना हुने बताइएको छ ।

एएफसी यु–१६ मा नेपाल र भारत सँगै

काठमाडौँ, वैशाख ८ । सोह्र वर्षमुनिको एएफसी च्याम्पियनसिपको छनोट खेलमा नेपाल र भारत एउटै समूहमा परेका छन् । मलेसियाको राजधानी क्वालालम्पुरमा आज सार्वजनिक गरिएको ड्रमा नेपाल कठिन समूहमा परेको छ । ४५ राष्ट्र सम्मिलित उक्त च्याम्पियनसिपमा सहभागी टोलीलाई विभिन्न १० वटा समूहमा विभाजन गरिएको छ । नेपालको समूहमा डिफेन्डिङ च्याम्पियन इराक र प्यालेष्टाइन रहेका छन् । त्यस्तै समूह ‘ए’मा उज्वेकिस्तान, साउदी अरब, जोर्डन, बहराइन र श्रीलङ्का छन् भने समूह ‘बी’मा ओमन, ताजकिस्तान, सिरिया, तुर्कमिनिस्तान र माल्दिभ्स छन् । त्यसैगरी समूह ‘सि’मा इरान, अफगानिस्तान, लेबनान, किर्गिस्तान र भुटान रहेका छन् । यस्तै समूह ‘इ’मा संयुक्त अरब इमिरेट्स (युएई), यमन, कतार र बङ्गलादेश छन् भने समूह ‘एफ’मा उत्तर कोरिया, हङ्कङ, चाइनिज ताइपे, मकाउ र ब्रुनाई छन् । समूह ‘जि’ मा थाइल्यान्ड, लाओस, टिमोर लिस्टे, मारियाना आइल्यान्ड र इन्डोनेसिया छन् । यस्तै समूह ‘एच’मा दक्षिण कोरिया, चीन, म्यानमार र फिलिपिन्स छन् भने समूह ‘आई’मा भियतनाम, अष्ट्रेलिया, मङ्गोलिया र कम्बोडिया छन् । समूह ‘जे’ मा जापान, मलेसिया, गाम र सिङ्गापुर रहेका छन् । प्रत्येक समूहका विजेता र उपविजेता टोली अघिल्लो चरणमा प्रवेश गर्नेछन् । छनोट खेल आगामी सेप्टेम्बर १६ तारिखदेखि २४ तारिखसम्म हुनेछ ।

धावक हरिबहादुर रोकायालाई एडिडासको सहयोग

काठमाडौं, चैत १८ । विश्व किर्तीमानधारी अल्ट्रा धावक हरिबहादुर रोकायालाई नेपालका लागि एडिडासको आधिकारिक बिक्रेता रुट्स फेसन प्रालिले सहयोग गर्ने भएको छ । जुम्लामा स्पोर्ट्स क्लव संचालन गर्दै आएका रोकाया अहिले अल्टिच्युड ट्रेनिङ सेन्टर स्थापना गर्ने अभियानमा छन् । उनको अभियानलाई सहयोग गर्न रुट्स फेसन प्रालिले वार्षिक दुई लाख रुपैयाँ बराबरको खेल पोशाक, जुत्ता तथा अन्य सामग्रि उपलब्ध गराउनेछ । यसका साथै एडिडासले हरेक वर्ष गर्दै आएको ‘रिफ्रेस योर गिएर’ अर्थात जुत्ता एक्सचेन्ज कार्यक्रमबाट संकलन हुने पुराना जुत्ताहरु पनि रोकायाको क्लवलाई दिनेछ । रोकायाले जुम्लामा संचालन गरेको एकेडेमीमा अहिले ३२ जनाले खेलकुद तालिम लिईरहेका छन् । आर्थिक अवस्था बिपन्न भएका कर्णालीका बालबालिकालाई खेलकुदमा लाग्न प्रेरित गर्ने उद्देश्यले रोकायालाई सहयोग गर्न लागेको एडिडासले जनाएको छ । एडिडासले यसअघि पनि यस्तै अभियान संचालन गरेर कर्णाली ग्रामिण बिकास तथा सामाजिक विकास पार्क, माईती नेपाल र न्यानो संसारलाई सहयोग गरिसकेको छ ।

एसियन माउन्टेन बाइक रेसमा नेपालबाट ४२ जना सहभागी हुने

काठमाडौँ, चैत १८। माउन्टेन बाइक कम्पनी प्रालिका आयोजनामा एसियन एन्ड्युरो सिरिज माउन्टेन बाइक रेसको दोस्रो संस्करण यसै महिनामा हुने भएको छ । यही चैत २४ देखि २७ गतेसम्म नगरकोटमा आयोजना हुने उक्त रेसमा नेपालसहित १७ देशका ८१ जनाको सहभागिता रहने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा संयोजक अनुज अधिकारीले जानकारी दिए । उनका अनुसार रेसमा नेपालबाट ४२ जना र विदेशबाट ३९ जनाले प्रतिस्पर्धा गर्नेछन् । जसमा बेलयातबाट छ, बङ्गलादेशबाट पाँच, सिङ्गापुर, फिलिपिन्स र थाइल्यान्डबाट चार–चार जनाका दरले भाग लिनेछन् । त्यसैगरी अमेरिकाबाट तीन भारत र अस्ट्रेलियाबाट दुई÷दुई तथा भुटान, नेदरल्यान्ड्स, फ्रान्स न्युजिल्याण्ड, जर्मनी, भेनेजुएला, मेक्सिको र मलेसियाबाट एक÷एकजनाले प्रतिस्पर्धा गर्नेछन् । खुला समूह पुरुषमात्रै, महिला समूह, पुरुष ४० वर्षभन्दा माथिको समूह, पुरुष ३१ देखि ३९ वर्षको समूह तथा पुरुष १७ वर्षभन्दा कम उमेर समूहका गरी पाँच विधामा रेस हुनेछ । उक्त रेसको दूरी करिब १३ किलोमिटर रहेको आयोजकले जनाएको छ ।

ब्राजिल विश्वकपका लागि छनोट

चैत १६। सन् २०१८ मा रसियामा हुने विश्व कप फुटवल प्रतियोगिताका लागि छनोट हुने राष्ट्रमा ब्राजिल पहिलो राष्ट्र बनेको छ । बुधबार भएको खेलमा पाराग्वेलाई ३–० ले पराजित गर्दै पेरुले उरुग्वेलाई पराजित गरेपछि आगामी विश्वकपका लागि छनोट हुने पहिलो राष्ट्र ब्राजिल बन्न पुगेको हो । पेरुले उरुग्वेलाई २–१ ले पराजित गरेकाे थियाे । त्यस्तै आजै भएको विश्वकप छनोट अन्तर्गतको अर्को खेलमा चिलीले भेनेजुएलालाई ३–१ ले पराजित गरेको छ भने कोलम्बियाले इक्वेडरलाई २–० ले पराजित गरेको छ । ६ वर्षपछि ब्राजिल फिफा विश्व वरियतामा शीर्ष स्थानमा पुगेको हाे । ब्राजिलले पछिल्ला नौ खेल जित्दासम्म २५ गोल गरेको छ र जम्मा दुई गोल खाएको छ । मंगलबारको जितसँगै ब्राजिल विश्वकप २०१८ को लागि छानिने पहिलो देश पनि बनेको छ । रसिया आयोजकका हिसाबले विश्वकपमा निश्चित छ । यसअघि शीर्षस्थानमा अर्जेन्टिना रहेकाे थियाे । ब्राजिलले विश्वकप २०१८ को छनौट अन्तर्गत अहिलेसम्म भएका १४ खेलमा १० खेल जितेको छ । तीन खेलमा बराबरी गरेको ब्राजिल एक खेलमा मात्रै पराजित भएको छ । नयाँ वरियतामा यी हुन् उत्कृष्ट २० देश ब्राजिल अर्जेन्टिना जर्मनी चिली कोलम्बिया फ्रान्स बेल्जियम पोर्चुगल स्वीटजरल्याण्ड स्पेन पोल्याण्ड इटाली वेल्स इंग्ल्याण्ड उरुग्वे मेक्सिको पेरु क्रोयसिया इजिप्ट कोष्टारिका

नेपाल फिलिपिन्ससँग ४–१ गाेलले पराजित

चैत १५ । एसिया कप छनौट फुटबल अन्तर्गत आज भएको खेलमा नेपाल फिलिपिन्ससँग ४–१ को अन्तरले पराजित भएको छ । मनिलाको रिजल मेमोरियल रंगशालामा भएको खेलमा २१ औँ मिनेटमा फिलिपिन्सले अग्रता बनाएको थियो । रबिन श्रेष्ठले डिबक्स भित्र फल गरेपछि फिलिपिन्सले पाएको पेनाल्टी सदुपयोग गरेको हो । यसअघि १३ औँ मिनेटमा डिबक्स भित्र बिक्रम लामाको ह्याण्ट बल भएपछि फिलिपिन्सले प्रहार गरेको पेनाल्टी गोलकिपर किरण चेमजोङले जोगाएका थिए । तर बिक्रम लामा रेड काड पाएर बाहिरिनु नेपालका लागि घातक साबित भयो । पहिलो गोलको लगत्तै २३ औँ मिनेटमा अर्को फिलिपिन्सले अर्को गोल गरेको थियो । २८ औँ मिनेटमा फिलिपिन्सले तेस्रो गोल गर्यो । अञ्जन बिष्टको स्थानमा २९ औँ मिनेटमा मैदान प्रवेश गरेका विशाल राईले पहिलो हाफको अन्तिममा एक गोल गरे । खेलको ७२ औँ मिनेटमा फिलिपिन्सले चौथो गोल गर्यो । पहिलो हाफमा धरमराएका नेपाली खेलाडीले दोस्रो हाफमा सुधारिएको प्रदर्शन गरेका थिए । एएफसी सोलिडारिटी कपको उपाधि जितेकाले नेपालले एसिया कप छनौट खेल्ने अवसर पाएको हो । नेपाली टोलीका कप्तान विराज महर्जन मंगलबारको खेलमा थिएनन् । उनको ठाउँमा कमल श्रेष्ठलाई राखिएको थियो । फिफा वरियतामा फिलिपिन्स नेपालभन्दा ४६ स्थान माथि छ । वरियतामा नेपाल एक सय ७० तथा फिलिपिन्स एक सय २४ औं स्थानमा छन् । मंगलबारसहित फिलिपिन्ससँगका पछिल्ला चार खेलमा नेपाल पराजित भएको छ । नेपाल रहेको समूह ‘एफ’ मा ताजकिस्तान, यमन र फिलिपिन्स रहेका छन् । नेपालले होम एण्ड अवे पद्धति अनुसार यी ३ देशसँग ६ खेल खेल्ने छ । समूहको विजेता वा उपविजेता बनेमा नेपालले सन् २०१९ मा युएईमा हुने एसिया कप खेल्न पाउने छ ।

सेन्ट्रल जोन भलिबल : नेपालले किर्गिस्तानसँग हा¥यो

चैत १५ । माल्दिभ्समा जारी सेन्ट्रल जोन भलिबलमा नेपालले हार व्यहोर्नु परेको छ । च्याम्पियनसिपअन्तर्गत आज भएको प्लेअफमा नेपाल किर्गिस्तानसँग ३–० को सेटमा पराजित भएसँगै तेस्रो बनेको हो । माल्दिभ्सको मालेमा भएको खेलमा किर्गिस्तानले नेपाललाई २५–१६, २५–२३, २५–२० को सेटमा पराजित गरेको हो । प्लेअफमा पराजित भएपनि नेपालले कास्य पदक भने जितेको छ । नेपाली भलिबलको चार दशक भन्दा लामो इतिहासमा पुरुष टोलीले पदक जितेको यो पहिलो पटक हो । नेपाल राउण्ड रोविन लिगको अन्तिम खेलमा पनि किर्गितस्तानसँग ३–१ को सेटमा पराजित भएको थियो । त्यसअघि तुर्कमिनेस्तानसँग पहिलो खेल हारेको नेपालले दोस्रो खेलमा भने माल्दिभ्सलाई हराएको थियो।

नेपाललाई ३० मिनेटमा तीन गोल

चैत १५ । एएफसी एसिया कप छनोटअन्तर्गत मनिलामा भइरहेको नेपाल र फिलिपिन्सबीचको खेलमा नेपालविरुद्ध फिलिपिन्सले ३० मिनेटमा तीन गोल हानेको छ । खेल सुरु भएको २८ मिनेटभित्रै नेपाललाई फिलिपिन्सले तीन गोल हानेको हो । फिलिपिन्सले खेलको १२ औं, २३ औं र २८ औं मिनेटमा गोल हानेको थियो ।