पुरानो स्मार्ट फोन बेच्ने सुरमा हुनुहुन्छ ? होश गर्नुस् यस्तो हुन सक्छ…

काठमाडौं । के तपाईं आफ्नो पुरानो स्मार्टफोन बेच्न चाहनु हुन्छ ? त्यसो हो भने बेलैमा होश पुऱ्याउनु भएन भने तपाईंले डिलिट गरिसकेको भए पनि मोबाइलमा रहेको डाटा छोट्ने सम्भावना हुन्छ ।

अचेल किसिम किसिमका डाटा रिकभरी गर्ने सफ्टवेयर उपलब्ध छन् जसको प्रयोगबाट कसैले पनि डिलिट गरिसकेको डाटा पुनः प्राप्त गर्न सक्छ ।

अचेल मानिसहरू फोनमा बैंक खाताको पिन नंबर, डेबिट या क्रेडिट कार्डको विवरण, इमेल पासवर्ड आदि सुरक्षित राख्ने गर्दछन् । यस्ता जानकारीहरू सार्वजनिक भएको या चोरी भएको खण्डमा ठुलो नोक्सानी बेहोर्नु पर्ने हुन्छ ।

अब पुरानो फोन बेच्नु परे के गर्ने त ? कसरी आफना गोप्य विवरण चोरी हुनबाट बचाउने ? यसका लागि पनि व्यव्यस्था गरिएको छ । यदि हामीले आफ्नो फोनबाट सम्पूर्ण विवरण पुनः प्राप्त गर्न नसकिने गरी अर्थात रिकभर नहुने गरी मेटाउन मिल्छ। र, यसो गरेको खण्डमा डाटा चोरी हुनसक्ने भयबाट मुक्त हुन सकिन्छ।

यसको लागि फोनलाई इनक्रिप्ट गर्नुपर्ने हुन्छ । बजारमा उपलब्ध अधिकांश स्मार्ट फोनहरू गुगलको एंड्रोइड अपरेटिंग सिस्टमबाट चल्दछन् । पछिल्ला दिनमा गुगलले आफ्नो अपरेटिंग सिस्टममा कैयौं परिवर्तन गरिसकेको छ ।

अचेल एंड्रोइड ६.० मार्समेलो भन्दा माथिको एंड्रोइड भर्सनमा इनबिल्ट इनक्रिप्ट अप्सन राखिएको हुन्छ । यस्तो अवस्थामा फोन इनक्रिप्ट गरे काम भैगो । तर त्यस मुनिका एंड्रोइड भर्सनमा भने म्यानुअली इनक्रिप्ट गर्नुपर्ने हुन्छ । अन्यथा हाम्रो विवरण अर्काको हातमा जाने संभावना रहन्छ ।

यसका लागि फोनको सेटिंग भित्र गएर सेक्युरिटी अप्सन छनौट गर्ने र इनक्रिप्ट फोनमा सेलेक्ट गर्नुपर्ने हुन्छ ।

कतिपय फोनहरूमा सेटिंग भित्र स्टोरेज अप्सन छानेर त्यसभित्र स्टोरेज इनक्रिप्ट छान्नु पर्ने हुनसक्छ ।

साथै फोनलाई फ्याक्ट्री रिसेट गर्दा पनि फोन अटो इनक्रिप्ट हुने गर्दछ ।

OMG ! दुई श्रीमती ल्याउनेलार्इ सरकारी आवास सुविधा

सुन्दा तपाईलाई पत्यार नलाग्ला। तर पत्याउनुहोस्। जोसँग दुई श्रीमती छन्, उसले पाउनेछ नयाँ आवास सुविधा, त्यो पनि सरकारको तर्फबाट । संयुक्त अरब इमिरेट्सले बहुविवाहलाई प्रोत्साहन गर्दै नयाँ कानुन बनाएको छ । नयाँ कानुनअनुसार जोसँग दुई श्रीमती छन्, उसलाई नयाँ आवासका लागि घर सरकारले दिने व्यवस्था गरेको खालिज टाइम्स दैनिकले जनाएको छ । युएईका आवास तथा भौतिक मन्त्री डाक्टर अब्दुल्ला बेलफेल अल नुइमीले फेडरल काउन्सिलमा उक्त योजनाको घोषणा गरेका हुन् । घोषणामा ‘देशमा अविवाहित महिलाको संख्या कम गर्न योजना ल्याइएको हो’ उनले भने, ‘यो योजनाले अविवाहित महिलाको संख्यामा कमी आउने छ।’ नेपाललगायत छिमेकी देश भारतमा भने बहुविवाह प्रथा कानुनद्वारा बर्जित गरिएको छ । एजेन्सीको सहयोगबाट

अनौठो द्वीप, जहाँ महिलालाई मात्र जान अनुमति छ

फिनल्याण्ड, माघ २५ । फिनल्याण्डमा एउटा द्वीपमा पुरुषलाई प्रवेश गर्न प्रतिबन्ध छ भने महिलालाई मात्र सो द्वीपमा जान अनुमति छ । ‘सुपर शी’ नाम दिइएको सो द्वीपमा अमेरिकी लगानीकर्ताले विशेष रिसोर्ट बनाउँदैछन् । हेलसिंकी द्वीप समूहमा रहेको उक्त द्वीपमा भौतिक पूर्वाधार निर्माणको काम भइरहेको छ । निर्माण कार्य अन्तिम चरणमा पुगेको जनाइएको छ । ८.४ एकड क्षेत्रफलमा रहेको सो द्वीपमा आधुनिक स्पा, योगा कक्ष र खाना पकाउने कलासम्बन्धी कक्षासमेत रहने बताइन्छ । अमेरिकाको यस्तै एक पर्यटकीय क्षेत्रमा पुरुषहरु महिला आगन्तुकका लागि व्याकुल भएको आफूले पाएपछि महिलाका लागि मात्रै विशेष प्रकारको रिसोर्ट बनाउने सोच आएको अमेरिकी लगानीकर्ता क्रिश्टिना रोथले बताइन् । उनले पुरुषमाथि भेदभाव गर्ने आफ्नो कुनै नीति नरहेको पनि प्रष्ट पारिन् । सुरुमा अन्य मुलुकमै यस प्रकारको रिसोर्ट संचालनमा ल्याउने योजना आफूले बनाएर जग्गासमेत खरिद गरिसकेको भए पनि फिनल्याण्डसँगको आत्मीयताका कारण आफूले यो द्वीपमा नै निर्माण गर्ने निधो गरेको उनको भनाइ थियो । पुरुषका कारण सार्वजनिक स्थलमा खुलेर बस्न नपाउने तथा उकुसमुकस महसुस गर्ने महिलाका लागि यो स्थान छुट्टी मनाउनका लागि उपयुक्त हुने विश्वास आफूले लिएको रोथ बताउँछिन् । -एजेन्सी  

याे हाे गज्जबको स्मार्ट ज्याकेट, जसले स्मार्टफोन चार्ज गर्दछ

काठमाडौं, माघ २५ । घर बाहिर कतै जाँदा स्मार्टफोनको चार्जर वा पावर बैंक लिएर हिँड्नुपर्ने जमाना सायद सकिएछ । एउटा यस्तो ज्याकेट तयार भएको छ, जसले तपाइँको स्मार्टफोनको ब्याट्री चार्ज गरिदिनेछ । स्नोसी नामक उक्त ज्याकेटले कुनै तार विना नै ४० मिनेटमा स्मार्टफोन चार्ज गर्ने बताइएको छ । अमेरिकाको उटाहस्थि साल्टलेक सिटीमा रहेको वेब टेक्नोलोजी कम्पनी द वेब्सले यस्तो स्मार्ट ज्याकेट तयार पारेको हो । स्नो सी नामक स्मार्ट ज्याकेटमा ३ हजार मिलिएम्पिएर आवरको पावर बैंक लगाइएको हुन्छ । जसको माध्यमबाट यो ज्याकेट लगाउने मानिसले आफ्नो वायरलेस चार्ज सपोर्ट गर्ने स्मार्टफोन मज्जाले चार्ज गर्न सक्दछन् । कम्पनीका अनुसार यसको सर्किट यतिधेरै सुरक्षित तथा उत्कृष्ट छ की ठूलो वर्षा तथा निकै चिसोको मौसममा पनि यसले काम गर्दछ । यो ज्याकेट हिउँ तथा बरफ भएको क्षेत्रमा यात्रा गर्दा, कायाकिङ, पर्वतारोहण, स्किइङ तथा लामो पैदलयात्राका क्रममा निकै उपयोगी हुने बताइएको छ । यस ज्याकेटमा ५ भोल्टको ३ हजार मिलिएम्पिएर आवरयुक्त अल्ट्राथिन, लाइटवेट पावर बैंक जडान गरिएको छ । ज्याकेटको तल्लो भागमा यो पावर बैंक रहेको छ र यसले ज्याकेट लगाएर हिँडडुल गर्दा वा बस्दा कुनै असहजता हुँदैन । यो स्मार्ट ज्याकेटबाट आइफोन एक्स, एट तथा एट प्लस, सामसुङ एस सिक्सभन्दा माथिका मोडेलका सबै स्मार्टफोन चार्ज गर्न सकिने बताइएको छ । कम्पनीमा कालो र सिल्भर रङका दुई थरी ज्याकेट तयार गरेको छ । यहीँ वर्ष नै यो स्मार्ट ज्याकेटलाई बजारमा पठाउने कम्पनीको लक्ष्य छ । ज्याकेटको मूल्य २४९ डलर हुने बताइएको छ । -एजेन्सी

पत्रकारले आफ्नै विवाह टिभीमा लाइभ गरेपछि..

काठमाडौं, माघ २३ । ‘आज म यहाँ मेरो आफ्नै विवाहमा उपस्थित छु। यो एक लभ म्यारिज हो। त्यसैले मेरी श्रीमती र उनको परिवार पनि निकै खुशी देखिइरहेको छ।’ सन् २०१० मा आमिर खानले निर्माण गरेको पिपली लाइब सम्झनुहुन्छ ? टेलिभिजन च्यानलहरुको खबर ब्रेक गर्ने शैलीमाथि सो फिल्मले कटाक्ष गरेका थियो। पाकिस्तानमा आइतबार राति एक पत्रकारले गरेको आफ्नै विवाहको प्रत्यक्ष प्रसारणको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहँदा धेरैले त्यो फिल्मलाई सम्झिएका छन्। पाकिस्तानको फैसलवादको सी ४१ च्यानलका संवाददाता हनन बुखारीले आफ्नै विवाहको टेलिभिजनमा लाइभ कभरेज गरेका हुन्। यो च्यानल पहिलादेखि नै सहरमा हुने विवाहका कार्यक्रम कभर गर्छ। विवाहका लागि उनी स्पोर्टस कार तथा बाइकमा जन्ती लिएर बेहुलीको घर पुगेका थिए। विवाह मण्डपमा बुम माइक लिएर हननले कमेन्ट्री दिँदै भन्छन्, ‘आज म यहाँ मेरो आफ्नै विवाहमा उपस्थित छु। यो म र मेरो परिवारका लागि निकै खुशीको मौका हो। यो एक लभ म्यारिज हो। त्यसैले मेरी श्रीमती र उनको परिवार पनि निकै खुशी देखिइरहेको छ।’ यसपछि क्यामेरा आफ्ना पितातर्फ देखाउँदै उनी सोध्छन्, ‘आज तपाइँका पुत्रको विवाह भइरहेको छ। तपाइँलाई कस्तो लागिरहेको छ ?’ संवाददाताले त्यसपछि क्यामेरा दर्शकतर्फ देखाउँछन्। ‘मैले यति धेरै खर्च गरेँ। स्पोर्टस कार तथा बाइक लिएर आएँ। सारा सहर मलाई हेरिरहेको छ। तर मेरी बेहुली किन मतिर हेरिरहेकी छैनन् ?’, उनी प्रश्न गर्छन्। ‘म सधैँ केही न केही नयाँ गरौं भनेर सोचिरहन्छु। त्यही बेला मेरो आफ्नै विवाहको कभर गर्ने आइडिया फुर्याे’, प्रतिक्रिया दिँदै बुखारीले भनेका छन्। सबैले आफ्नो शैलीलाई मन पराएको उनले बताए। ‘हामीले यो सबै रमाइलो पारामा गर्यौं। म काम गर्ने च्यानलले यसलाई लाइभ गर्यो। त्यसपछि बाँकी न्युज च्यानलले पनि यसलाई देखाए। जब हामी गम्भीर खबर बनाउँछौं कसैले त्यसलाई देखाउँदैन। तर यस्तो हाँस्यस्पद चिज तत्कालै लोकप्रिय हुन्छ’, उनले भने। टिभीमा प्रत्यक्ष लाइभ गर्न पहिला उनकी बेहुलीले अस्वीकार गरेको र पछि सहमत भएको उनले सुनाए। हनन बुखारीको विवाहको लाइभ कभरेजको यो भिडियो इन्टरनेटमा भाइरल भएको छ। लाखभन्दा बढी सेयर भइसकेको यो भिडियोमाथि विभिन्न खाले प्रतिक्रिया आएका छन्। कतिपयले विवाहको गरिमा खबर कभर गर्ने पत्रकारभन्दा उच्च रहेको भन्दै आफ्नै विवाहको लाइभ कभर गर्नु बेकुबी भएको बताएका छन्। कतिपयले पत्रकारिताको स्थितिलाई लिएर चिन्ता जनाएका छन्। केहीले भने स्थानीय च्यानल भएकोले विवाहको कभर गर्नु ठिकै भएको भन्दै बुखारीको समर्थन गरेका छन्। भिडियाे 

अब ‘तपाँर्इ धनी कि गरिब’ फेसबुकले बताइदिन्छ

काठमाडौं, माघ २१ ।  फेसबुकमा एक नयाँ टेक्नाेलाेजीकाे विकासका लागि यस्ताे अावेदन परेकाे छ जुन सुन्दा अचम्म लाग्न सक्छ । हाे यस्तै एउटा अावेदन परेकाे छ । अावेदनमा सुझाव दिइएकाे छ, सामाजिक-आर्थिक हैसियत अाफसेअाफ पत्ता लगाउन सकिने नयाँ टेक्नाेलाेजीकाे विकास गर्न सकिन्छ । अटाेमैटिक व्यक्तिकाे पहिचान गर्न सकिन्छ वा तीन अलग-अलग वर्गमा विभाजित गर्न सकिन्छ । जस्तै, कामकाजी वर्ग, मध्य वर्ग र  उच्च वर्ग शनिवार सार्वजनिक डेलीमेलकाे रिपोर्ट अनुसार सामाजीक सञ्जालमा एक नयाँ सिस्टम बनाउन सकिन्छ जसले प्रयाेगकर्ताकाे नीजि अा‌कंडाकाे विश्लेषण गरि उसकाे सामाजिक-आर्थिक हैसियत का बारेमा अंदाज लगाएर वर्ग छुट्याइदिन सक्छ । रिपाेर्टमा अर्काे सुझाव पनि दिइएकाे छ, फेसबुकले अाफ्नाे क्षमता अनुसार यस्ताे सुविधामा सुधार गर्दै लैजान पनि सक्छ ।

बालिकाको मुखमा ३०० ग्रामको ट्यूमर, ७ घण्टा लगाएर शल्यक्रिया

मुम्बइ, माघ ३ । भारतको मुम्बैस्थित बम्बइ अस्पतालमा न्यूरो सर्जन सहितको पाँच जना चिकित्सकको टोलीले ७ घण्टा लगाएर बालिकाको मुखमा भएको ट्यूमरको शल्यक्रिया गरेका छन् । भारतको सिंगरौलीकी १५ वर्षीया बालिकको मुखमा भएको ट्यूमर ३०० ग्रामको रहेको थियो ।  मुखमा ट्यूमर भएपछि परिवारले छोडेका थिए । मन्दिरमा गएर दिन बिताउने ति बालिका बाल सखा आश्रममा बस्दै आएकी थिइन् । शल्यक्रिया सकेको केही घण्टापछि होस आएकी बालिका रुन थालेकी थिइन् । “अब तिमी असाध्यै सुन्दर देखिएकी छौं” अस्पतालमै रहेकी आश्रमकी काउन्सलर बबीता खरारेले भनिन् । उनले यस्तो भन्दा बालिका शान्त रहेकी थिइन् । उनको अनुहारमा पट्टी बाँधिएको छ । पट्टीको छेउबाट एक आँखाले सबैलाई हेरेर बालिका हास्न थालिन् । उनलाई हाँसेको देखेपछि चिकित्सक, अस्पताल कर्मचारी र आश्रमका व्यक्तिले खुशी साँटे । बम्बइ अस्पतालका न्यूरोसर्जन डा.राघवन अयंगर र डा.प्रशान्त निवारकर, प्लास्टिक सर्जरी विशेषज्ञ डा.योेगेश तंदवाडे, नाक, कान तथा घाटी रोग विशेषज्ञ डा. अनिल ग्वालियरकर सहितको टोलीले माघ २ गते बिहान १० देखि साँझ ५ बजेसम्म शल्यक्रिया गरेका थिए ।  

मुसालार्इ दिने सजायँ कस्ताे होला ?

मानिसले जम्मा गरेका खानेकुरा चोरिदिने, खाइदिने तथा अन्य सामानहरु समेत नष्ट गरिदिने बानी हुन्छ, मुसाको । निकै बाठो हुने भएकाले मुसाले बदमासी गरेर उम्किहाल्छ । तर, कहिलेकाहिँ नराम्रोसँग फन्दामा पर्छ । हालै भारतमा एउटा मुसा यसैगरी फन्दामा परेको छ । उक्त मुसाले यस्तो यातना पाएको छ कि त्यो साँच्चीकै दयालाग्दो छ । अनि मुसालाई यातना दिने त्यस्तो तौरतरिका चाहिँ दुनियाँमै सायद पहिलो पटक होला भारतको कर्नाटकस्थित मिजोरमा बस्ने मेलाहल्ली रमन्नाले आफ्नो पसलबाट दिनहुँ विभिन्न खानेकुरा चोर्ने र खाइदिने मुसालाई एकदिन पक्रिन सफल भए । मुसालाई पक्रिसकेपछि उनले त्यसलाई तत्कालै मारेनन् । उनले मुसाका चारै खुट्टा बाँधेर यसरी यातना दिएकी साँच्चीकै अनौठो लाग्दछ । एउटा बोतलमा चार खुट्टा बाँधेर उनले मुसालाई गाली गर्दै सानो छेस्कोले हिर्काइरहेका छन् । मुसाले पनि निकै दयालाग्दो गरी हेरिरहन्छ र च्वाँच्वाँ गर्दछ । मुसामाथि उनले यातना दिइरहेको भिडियो तथा फोटोहरु सोसल मिडियामा भाइरल बनिरहेका छन् । धेरै मानिसहरुले मुसामाथि गरिएको ज्यादति तथा यातनाको विरोध गरेका छन् । एजेन्सी

तिर्खाएको गोमनलाई बोत्तलबाट पानी पिलाइँदै (भिडियो)

सामान्यतया सर्प मान्छेसँग आमुने–सामुने हुन मान्दैन, तर एक गोमन सर्प कठिन परिस्थितिका कारण गाउँ पसेको छ। भारतको एक गाउँमा खडेरी परेपछि सर्प पानीको खोजीमा गाउँ छिरेको बताइएको छ। यो सर्प पानीको खोजीमा भौतारिँदै भारतको ‘काइगा’ गाउँमा पुग्यो । एक व्यक्तिले तिर्खाले गोमनलाई पानी पिलाइरहेको तस्बिरमा देख्न सकिन्छ। १२ फिट लामो गोमनलाई दक्षिण भारतको ‘काइगा’ गाउँबाट उद्धार गरिएको थियो, जुन गाउँमा खडेरीले सताइरहेको छ । वन्यजन्तु अधिकारीका अनुसार, खडेरीले यस क्षेत्रका वन्यजन्तुलाई नराम्ररी असर गरेको छ । उद्धार गरिएको गोमनलाई जनावर हेरचाह विभागमा छोडिएको छ । हेर्नुस् भिडियो,

भैंसीको पेटबाट ७ फ़ीट लामो जिउँदो सर्प निस्केपछि…

राजस्थान, शीर्षक पढदा पत्त्यार लाग्दैन, तर भारतको राजस्थान सीकरीको यो घटना अहिले निक़ै चर्चामा छ । सीकर जिल्लाको  दांतारामगढ़ अंतर्गत रोलाना गाऊँ बस्ने बजरंगलाल मीणाको भैसीको पेटबाट  ७ फ़ीट लामो र अढ़ाई किलो तौल भएको सर्प निस्केको हो । बजरंगलालका अनुसार, दुई तीन दिनदेखि भैसीको अवस्था खराब भएर पानी समेत पिउन छोड़ेपछि उनले  बाजियावास स्थित पशु धन सेवा केन्द्रमा उपचार्रका लागि लगेका थिए । त्यहा सहायक पशु चिकित्सक राजेश गढ़वालले भैसीलाई इंजेक्शन लगाएर केही अन्य औषधी दिएका थिए । सोही साँझ भैंसीले गोबर फाल्दा गोबरसँग  करीब सात फीट लामो सर्प समेत निस्केको थियो । पशु चिकित्सक गढ़वाल समेत त्यतीखेर त्यही थिए । सर्प देखेपछि सबै चकित बनेको गढ़वालले बताए । यद्दपी सर्प केही समयमा मरेको थियो । सर्प भैसीको पेटमा कसरी पसेछ भन्ने बिषय अहिले पनि रहस्यमयी छ ।    

जहाँ अपराधीलार्इ नांगै पारी कुकुरलार्इ मासु खुवाइन्छ (फोटो फिचर)

भदौ २५ । हालै इण्डोनेशियामा बनेको बलात्कारीलाई सजाय दिने सम्बन्धी कानून चर्चामा छन् । त्यहाँको कानूनलाई बलात्कार गर्नेहरुलाई नपुङ्षक बनाउने प्रस्ताव छ । तर त्यहाँ यो कानूनको विरोध भएको छ । संसारभरिका अपराधीहरुलाई सजाय दिन विभिन्न तरिका अपनाइन्छ । कैदमा राखिएका कैदीहरुलाई समेत कडा कडा सजाय दिने गरिन्छ । कतिपय देशमा खुल्लम खुल्ला र कतिपय देशमा गोप्यरुपमा यस्ता सजाय दिइन्छ । कैदीलाई नाङ्गै पारेर कुकुरलाई दिने एजेन्सी

घाँस होइन कुखुराका चल्ला खाँदै बाख्रो ! (भिडियाे मै हेराैँ )

बाख्राले के खान्छ ? घाँसपात, अन्न आदि । बाख्रा शाकाहारी हो त्यसैले यसले मासु खाँदैन । तर यो दुनियाका सबै बाख्राले घाँसपात मात्र नखाँदा रहेछन् । भारतमा एउटा यस्तो बाख्रो छ जसले घाँसपात होइन माछामासु खान्छ । हो, भारतको नुरुंगेलमा एउटा यस्तो बाख्री छ जसले घाँस भन्दा मासु मन पराउँछ । सकीर नामका किसानले पालेको उक्त बाख्राले कुखुराका चल्ला र माछा खान खुब मन पराउँछ । बाख्रो बाँधेको नजिकैबाट कुखुराका चल्ला हिँडेको देखेमा त्यो बाख्राले मुखले ट्वाप्पै टिपेर खाइहाल्छ । त्यस्तै घरमा पकाएको माछा दिएमा पनि बाख्राले कपाकप खाइदिन्छ । यो मासु खाने बाख्रो सकीरले ६ महिनाअघि किनेका रहेछन् । उनले यो बाख्राले मासु खान्छ भन्ने जानेका भए सायद नकिन्दा हुन् । तर थाहा पाएनन् र किनिहाले । बाख्रो किनेको केही दिनपछि घरमा पालेको एउटा कुखुराको चल्लो हरायो । सायद सर्पले वा न्याउरी मुसाले मारेर खायो होला भन्ने उनले अनुमान गरेका थिए ।दिनदिनै कुखुराका चल्ला हराउन थालेपछि भने उनको मनमा शंका पस्यो । उनले एक दिन चल्ला कसले लैजाँदो रहेछ भनेर निगरानी गरे । उनी त्यसबेला अचम्ममा परे जब उनले देखे की बाख्रोले चल्लो खाइरहेको थियो । उनलाई बाख्राले आफै मारेर चल्लो खान्छ भन्ने कुराको अझैपनि पत्यार लागेन । उनले एउटा चल्लो लगेर उक्त बाख्रोको नजिकै राखिदिए । तत्कालै त्यो बाख्रोले उक्त चल्लाको घाँटीमा दाँत गाडिहाल्यो अनि मारेर मासु खाइहाल्यो । सकीरका अनुसार यो बाख्राले पछिल्लो ६ महिनामा ५० वटा चल्ला खाइसकेको छ । घाँस खाने बाख्राको जातले मासु खाँदा समेत यो बाख्रालाई कुनै त्यस्तो स्वास्थ्य समस्या भने छैन । पशु विज्ञहरु पनि यो बाख्राको मासु खाने आदत देखेर छक्क परेका छन् । वंशाणु विकृतिका कारण यो बाख्रो मांसाहारी भएको हुनसक्ने अनुमान उनीहरुको छ । यसको एकिन गर्न यो बाख्राको रगतको नमूना संकलन गरिएको छ । -अनलार्इन जमानाबाट

सर्पले कसरी गर्छन सेक्स, पत्याउनै नसकिने तथ्यहरू

सेक्स संसारको सबैभन्दा जटिल मसला हो । प्रकृतिले यसलाई यति जटिल बनाएको छ जसबारे जति अनुसन्धान गर्यो त्यती नै नयाँपन देखिन्छ भने त्यति नै अचम्मित गरिदिने तथ्य सार्वजनिक हुन्छन् । हरेक जीवसँग सेक्सको तरिका, दृष्टिकोण, मिथ परिवर्तन हुने गर्दछ । चाहे त्यो मानिससँग सम्बन्धित होस् वा सर्पसँग । जीजस रिवास अमेरिकाको मेक्सीको हाइल्याण्ड युनिभर्सिटीमा सर्पका विशेषज्ञ हुन् । अंग्रेजीमा यस्ता जानकारलाई हर्पिटोलोजिस्ट भनिन्छ । केही समय अघि जिजसलाई दक्षिण अमेरिकामा पाइने विशालकाय सर्प अर्थात् एनाकोन्डाको यौनजीवनबारे अचम्म जानकारी प्राप्त भयो । एनाकोन्डामा सेक्स पछि पोथीले भालेलाई खाने गर्दछ । योभन्दा अघि वैज्ञानिकले सर्पको सेक्समा पोथी हावी हुने बुझ्दथे । पोथी सर्प भालेको इशारामा नाच्छ भन्ने सोच्ने गरिन्थ्यो । तर एनाकोन्डाबारे यो जानकारीले उनलाई अचम्मित बनाइदिएको छ । जिजसका अनुसार सर्पको मेटिङबारे यो सबैभन्दा ताजा जानकारी हो । सेक्समा हावी हुन्छन् पोथीः अन्य प्रजातीको जनावरमा भाले ठूलो आकारको हुन्छ र शक्तिशाली पनि । तर सर्पको प्रजातीमा ठ्याक्कै उल्टो हुन्छ । त्यसकारण थुप्रै पटक सेक्स पश्चात् पोथीले भालेलाई निल्ने गर्दछ । एनाकोन्डामा पोथी थुप्रै पटक भालेभन्दा पाँच गुणासम्म ठूलो हुन्छ । जसका कारण पोथीलाई सजिलै निल्न सहयोगी हुन्छ । छेपारो, चरा र स्तनधारी जनावरमा भाले साधारणतया पोथीभन्दा ठूलो आकारको हुन्छ । यसको प्राकृतिक कारण यो हो कि पोथीको तुलनामा भाले ठूलो हुँदा उनीहरुलाई यौनसम्बन्ध बनाउनका लागि साथी खोज्न सहूलियत हुन्छ । तर सर्पको प्रजातीमा भाले पाथीभन्दा ठूलो हुनु फाइदाजनक छैन । सेक्सका लागि अन्य भाले ससर्पसँगको तुलनामा धेरैजसो भाले सर्प आफ्नो पुच्छरले अर्कोलाई धकेलेर पोथी सर्पको प्रजननांगसम्म पुग्ने गर्दछ । यसका लागि उनीहरुलाई पोथीभन्दा धेरै ठूलो हुनुपर्ने आवश्यक छैन । सेक्सको रुची पोथीले नै व्यक्त गर्दछः पोथी सर्प विशाल हुनु धेरैभन्दा धेरै अण्डा दिन र बच्चा जन्माउनका लागि सहयोगी हुने गर्दछ । त्यसकारण साना भाले सर्पले सेक्सको साथीको रुपमा विशाल पोथी सर्पको खोजी गर्दछ । तर प्रश्न यो उठ्छ कि सर्पले त राम्रोसँग देखिँदैन, यस्तोमा यौन सम्बन्ध बनाउनका लागि ठूला पोथीको कसरी खोजी गरिन्छ ? अनुसन्धानमा थाहा भयो कि सर्पमा सेक्सको इच्छा पोथी सर्पले जाहिर गर्ने गर्दछ । जब पोथी सर्प जाडो वा गर्मीमा हाइबरनेशनबाट बाहिर आउँछन् तब उनीहरुले काँचुली फेर्छन् । त्यसपछि उनीहरुले फेरोमन नामको हर्मोन उत्पादन गर्ने गर्दछ । यसैको मद्दतले भाले सर्प उनीहरुतर्फ आकर्षित हुन्छन् । यी हर्मोनको मद्दतले भाले सर्प पोथीको आकारबारे पनि जानकारी पाउने गर्दछ । सर्पको ब्रिडिङ सिजनमा पोथी जति ठूलो हुन्छ त्यसको शरिरबाट त्यति नै धेरै केमिकल उत्पादन हुने गर्दछ । त्यसको पिछा गर्दै भाले सर्प उनीहरुसम्म पुग्ने गर्दछ । भाले सर्पले सानो आकारको पोथीलाई लोभ्याउन कोसिस गर्दैन भन्ने होइन । तर यस्तो निकै कम हुन्छ । तर यो क्रममा यदि कुनै ठूलो आकारको पोथी वरिपरि छ भने भाले सर्पले तुरुन्त आफ्नो ध्यान परिवर्तन गर्दछ । सर्पको बारेमा साधारणतया यो बुझिन्छ कि भाले सर्पले एकैपटक थुप्रै पोथीसँग सम्बन्ध राख्ने गर्दछ । तर नयाँ अनुसन्धानले त्यसको ठिक विपरित नतिजा निकालेको छ । कुनै विशेष पोथीको पिछा लाग्ने गर्दछ एनाकोन्डाः ब्रिटेनको यूनिभर्सिटी अफ वोल्वरह्याप्टनका मार्क ओ’शियाले मलेसियामा पाइने प्याराडाइज फ्लाइंग स्नेकले यसको ठिक विपरित व्यवहार गर्दछ । यहाँ थुप्रै भालेले एक पोथीको पिछा गर्ने गर्दछ । यससँगै सम्बन्धित सर्पको अर्को एक प्रजाति किल–बेलिड–व्हिपस्नेकमा पनि देखिएको छ । यो प्रजातीमा पनि थुप्रै भाले मिलेर एक पोथीलाई लोभ्याउने प्रतिस्पर्धा गर्दछन् । जमिनी स्तरमा सर्पबिच ‘ओर्जी’ (अर्थात् एकैसाथ, एकै ठाउँमा थुप्रै जोडीको सेक्स हुनु) निकै धेरै हुने गर्दछ । जस्तै एनाकोन्डामा पोथी एक ठाउँमा बस्ने गर्दछ । यस्तै भाले एनाकोन्डा त्यसको वरिपरि घुम्ने गर्दछ । त्योसँग टाँस्सिएर रिझाउने कोसिस गर्दछन् । वैज्ञानिकका अनुसार थुप्रै पटक यो प्रक्रिया महिनौंसम्म चल्ने गर्दछ । जिजस रिवासका अनुसार उनले एकपटक हरियो भाले एनाकोन्डाले एक पोथीको पछाडि हात धोएर लागीपरेको देखेका थिए । जबकी वरिपरि थुप्रै अन्य पोथी एनाकोन्डा थिए जोसँग उसले सेक्स गर्न सक्थ्यो । तर उसले त्यसो गरेन एउटैलाई सेक्स गर्न फकाइरहेको थियो । जिजसका अनुसार सायद त्यो उनको वास्तविक प्रेम थियो । एक पोथीको पछाडि सय भाले सर्पः क्यानडामा पाइने गार्टर स्नेकबिच त भयंकर प्रतिस्पर्धा हुने गर्दछ । यहाँ एक पोथीको पछाडि सयभन्दा बढि भाले सर्प लाग्ने गर्दछ । उनीहरु पोथीको वरिपरि लट्पटिरहन्छन् । क्यानडाको म्यानिटोबाको जंगलमा सर्पको मेटिङ सिजनमा यो दृश्य निकै साधारण हो । तर सर्पको यही प्रजाती अमेरिकाको अन्य भागमा त्यही प्रकृतिको हुँदैन । अर्थात्, स्थानको हिसाबले सर्पको सेक्स गर्ने व्यवहार पनि परिवर्तन हुने गर्दछ । जस्तो कि न्यू मेक्सीकोमा पाइने गार्टर स्नेकले यस्तो गर्दैन । यहाँ पोथीले नै आफ्नो यौन साथी छान्ने गर्दछ । पोथीले नै आफ्नो यौनाङ्गले सेक्सको पूरा प्रक्रिया नियन्त्रण गर्दछ र यौन साथी छान्नुका साथै सेक्सको प्रक्रिया कति बेरसम्म चल्नेछ त्यो पनि पोथीले निर्धारण गर्नेछ । सन्तुष्ट नभए अन्य साथीको खोजीः यदि पोथीले भोलेसँग सन्तुष्ट पाएन भने उसले तुरुन्त त्यसबाट छुटकार पाउँछ र अर्को साथीको खोजी गर्न थाल्छ । तर अब यो प्रश्न उठ्छ कि पोथीले कसरी तय गर्छ कि कुन भाले सर्प यौनसम्बन्धका लागि ठिक हुन्छ ? यो प्रश्नको सटिक जवाफ अहिलेसम्म वैज्ञानिकले खोज्न सकेको छैन । तर यो भालेको प्रतिभा र त्यसको लगनमा निर्भर हुने गर्दछ । अथवा, पोथीले आफ्नो छुने ताकतले भालेको ताकतको अन्दाज गर्ने सम्भावना छ । हुन त पोथी सर्पले कुनै एक भालेसँगमात्र यौनसम्बन्ध बनाउनुपर्छ भन्ने जरुरी छैन । धेरैजसो एक पोथी सर्पले थुप्रै भाले सर्पसँग सेक्स गरिरहेको देख्न सकिन्छ । यस्तै, भाले सर्प साधारणतया कुनै एक पोथी सेक्सका लागि तयार भएपछि त्यसप्रति इमान्दार हुने गर्दछ । जब पोथी निदाउँछ त्यतिबेला उनी भाले पोथीको वरिपरि नै घुम्ने गर्दछ । पोथीले एकसाथ थुप्रै सेक्स पार्टनर किन छान्ने गर्दछ ? आखिर पोथी सर्पले थुप्रै यौन साथी निक छान्ने गर्दछ ? सायद त्यसभित्र सेक्सको धेरै चाहना हुने भएकाले हुनसक्छ । अथवा, थुप्रै सर्पसँग यौनसम्बन्ध बनाएर पोथी सर्पले यो निर्णय गर्नेछ कि कुन भालेबाट सबैभन्दा शक्तिशाली बच्चा हुनेछन् । किनभने सेक्सको उद्देश्य त अर्को पीढिलाई जन्म दिनु नै हो । पोथी सर्पसँग भालेको शुक्राणुलाई केही दिनसम्म आफूभित्र बचत गरेर राख्ने क्षमता रहेको हुन्छ । सायद यसकारण त्यसले थुप्रै भाले सर्पसँग सेक्स गर्छ र तीमध्ये त्यो साथीको शुक्राणुका साथ बच्चा पैदा गर्ने तय गर्नेछ जसले सबैभन्दा स्वस्थ बच्चा जन्मिने अन्दाज गरिन्छ । प्रकृतिको खेल हेर्नुहोस्, पोथी सर्पले थुप्रै पटक सेक्सपछि विशेष प्रकारको फेरोमोन हर्मोन छोड्ने गर्दछ जसले भाले सर्पलाई यो सन्देश पुर्याउँछ कि अब त्यसले सेक्स गर्दैन । यस्तै अमेरिकाको लाल गार्टर स्नेकमा भालेले यौनसम्बन्ध बनाएपछि जिलेटिनजस्तो पदार्थ पोथकिो यौन अंगमा छोड्ने गर्दछ । पोथीसँग कसैले जबर्जस्ती गर्न सक्दैनः यसलाई वैज्ञानिकले ‘मेटिङ प्लग’ भन्छन् । यसले पोथीको यौनअंगको बाटो बन्द हुने गर्दछ । अर्थात्, त्यसपछि यदि कुनै भाले सर्पले चाहेको खण्डमा पनि पोथीसँग सेक्स गरेर बच्चा जन्माउन सक्दैन किनभने त्यसको शुक्राणु भित्रसम्म पुग्दैन । तर यो ‘मेटिङ प्लग’ शत प्रतिशत प्रभावकारी हुँदैन । धेरैजसो यसमा शुक्राणु खस्ने गर्दछ । थुप्रै सर्पमा यी मेटिङ प्लगमा शुक्राणु भरिएका हुन्छ जुन बिस्तारै बिस्तारै पाथीको शरिरभित्र पुग्ने गर्दछ । अर्थात्, यी ‘मेटिङ प्लग’ मार्फत भाले सर्पले आफ्नो प्रजातीलाई अगाडि बढाउने काम पनि गर्न सक्छ । पोथी सर्पसँग थुप्रै भालेले सेक्स गर्ने गर्दछ । यस्तो अवस्थामा सबैभन्दा अन्तिममा यस्तो गर्ने फाइदामा रहन्छ । त्यसको शुक्राणु सबैभन्दा माथि हुन्छ र सबैभन्दा पहिले अण्डाशयसम्म पुग्ने गर्दछ । तर, सेक्सपछि आफूलाई कसरी बचाउने भन्नेमा केन्द्रित हुन्छ । किनभने पोथी एनाकोन्डाले सेक्सपछि भालेलाई खाने गर्दछ । त्यसकारण पोथी धेरैजसो सेक्सपछि भाग्ने कोसिसमा रहेको हुन्छ । ट्रान्स्लेट- बीबीसी हिन्दी

एकै व्यक्तिका ६२ थरीका आवाज (भिडियोसहित)

काठमाडौं, साउन २० । लामो समयदेखि क्यारीकेचर गर्दै आएका कलाकार सुबोध गौतमले गाईजात्रा कोसेलीस्वरुप ६२ थरीका आवाज निकालेको भिडियो सार्वजनिक गरेका छन् । कलाकार गौतमले राजनीतिक दलका नेतादेखि चलचित्रका अभिनेता र हाँस्यकलाकारको दुरुस्तै क्यारीकेचर गरेको भिडियो सार्वजनिक गरेका हुन् । उनले क्यारीकेचरमार्फत नेताहरुलाई व्यंग्य हानेका छन् । कलाकार गौतमले बालबालिका माझ लोकप्रिय मोटु पात्लु टेलिभिजन कार्यक्रमका अधिकाँस पात्रको आवाज नक्कल गरेका छन् । केहि समय घुलमील भएपछि जो कोहिको क्यारीकेचर गर्न सक्ने कलासँगै उनीसँग भएको जनावर र चराचुरुंगीको आवाज निकाल्ने क्षमतालाई पनि यस भिडियोमा देखाएका छन् । गौतम भन्छन्, ‘मानिसको आवाज वा बोल्ने हाउभाउ बुझेपछि उक्त व्यक्तिको क्यारीकेचर गर्न सजिलैसँग सक्छु । सयौँ व्यक्तिको नक्कल गर्न सकेपनि भिडियोमा भने प्रसंग मिलाएर ६२ प्रकारको मात्र आवाज समावेश गरेको छु । आउँदा दिनमा थप व्यक्तिको क्यारीकेचर पनि दर्शकमाझ प्रस्तुत गर्नेछु ।’ कलाकार गौतम लोकप्रिय हास्य टेलिश्रृंखला ‘मेरी बास्यै’मा गनगनेको भूमिकामा पनि देखिएका थिए ।

अचम्मः १०१ वर्षमा जन्माइन १७ औं बच्चा

पत्याउन सकिन्न यो समाचार । हैन रु एक सय एक वर्षमा पनि कोही गर्भवति हुन सक्छन् त ? ‘अहँ सक्दैनन्’ सबैले यही भन्छन् । तर यस्तो भएको छ । पत्याउन करै लाग्छ । इटलीकी यी महिला एक सय एक वर्षकी छिन् । तर यिनले सबै तथ्यहरुलाई चुनौती दिँदै १७ औं बच्चा जन्माइन । एक सय एक वर्षकी महिलाले नौ पाउण्डको बच्चा जन्माएको खबरले चिकित्सा जगतमा आलोचना समेत भएको छ । कसरी सम्भव भयो त ? समाचार अनुसार, टर्कीको एउटा निजि क्लिनिकमा डा। एलेक्जेन्ड्रो पोपोलिकीले यी महिलामा अण्डाशय प्रत्यारोपण गरेका थिए । यो प्रत्यारोपण अप्रेशनले चिकित्सा क्षेत्रमा विवाद सिर्जना भएको हो । यूरोपियन कानुनहरुले अण्डाशयको प्रत्यारोपणलाई अवैध बताउँदै आएका छन् । अनातोलिया व्हर्टाडेला नाम गरेकी यी महिला भने औधी खुशी छिन् । १७ औं बच्चा भगवानको आशीर्वाद भएको उनको बभनाई छ । १६ बच्चा पाएपछि डिम्बग्रन्थीमा क्यान्सर लागेपछि उनी निकै निराश थिइन । अहिले फेरी आमा बनेपछि आफू गौरवान्वित भएको उनको अनुभूति छ ।