११ वर्षमै भावना बनिन् आमा !

गुलरिया, फागुन २४ । बर्दियाको गेरुवा गाउँपालिका-४ की भावना बस्नेत १२ वर्ष नपुग्दै सुत्केरी भएकी छन्। ०६३ चैत्र १३ गते जन्मिएकी बस्नेतले ०७५ फागुन ७ गते माइतीकै छाप्रोमा छोरी पूर्णिमालाई जन्माएकी हुन्। स्वास्थ्य संस्थामा समेत नपुगी उनी ११ वर्ष १० महिना २४ दिनको उमेरमा सुत्केरी भई आमा बनेकी हुन्।

घरमै सुत्केरी भएकी भावना र बच्चाको अवस्था सामान्य रहे पनि उमेरका कारण दुवैको स्वास्थ्य जोखिमपूर्ण छ। यतिखेर उनी शरीर सुन्निने र ज्वरो आउने समस्याबाट पीडित छिन्।

गाउँकै सरस्वती आधारभूत विद्यालय कक्षा ७ मा पढ्दै गरेका १४ वर्षीय नन्दबहादुर रावतसँग शारीरिक सम्बन्धले भावनालाई यतिखेर कष्टपूर्ण अवस्थामा पुर्‍याएको हो । एउटै विद्यालयमा पढ्दै गरेका भावना र नन्दबहादुरको पछिल्लो अवस्थाले अरुको पनि मन पिरोल्ने गरेको छ ।

शारीरिक, मानसिक तथा आर्थिक रुपमा परिपक्व भएपछि मात्र विवाह गर्दा राम्रो हुन्छ। तर उनीहरुको अवोध सम्बन्धले विवाहपूर्व कलिलो उमेरमै सुत्केरी भएपछि समाजको अवस्थालाई समेत उजागर गरिदिएको छ। एकातिर सुत्केरी अवस्थाको पीडा त छदैछ अर्कोतिर उनलाई आर्थिक अभावका कारण साँझ बिहानको छाक टार्न समेत धौधौ छ। सुत्केरी अवस्थामा पोषिलो खानेकुरा खानुपर्छ तर आर्थिक अभावका कारण पौष्टिक आहार त परको कुरा भयो पेटभरि समेत खान पाएकी छैनन्।

शरीर कमजोर छ, हिँडडुल गर्न पनि सक्दिन, दुई साताकी सुत्केरी भावनाले आफ्नो पीडा सुनाइन्। बच्चालाई प्रर्याप्त दूध पुग्दैन। उनलाई माइतीले अहिलेसम्म भित्र्याएका पनि छैनन्। मालिकाफाँटा गाउँपालिका जुम्लास्थित घर भएका नन्दबहादुरको आमा सानैमा बितेको र बावुले दोस्रो विवाह गरेपछि उनी बर्दियास्थित दिदीको घरमा बसेर पढ्दै थिए । भावनाले थपिन्, ‘घर पनि छैन, माइतीको पुरानो भान्छाको छाप्रोमा एक्लै बस्दै आएकी छु।’

जुम्लामा रहेको घर सम्पत्तिको बारेमा केही थाहा नभएको उनले बताइन्। दिदीको घरमा बसेर पढ्दै आएका नन्दबहादुर पनि आर्थिक संकटका कारण गाउँमै मजदुरी गर्दै आएको उनले बताइन्। भेट्नका लागि दिउँसो झुप्रोमा आएपनि रातको समयमा भने आफू एक्लै बस्ने गरेकी छु। चैत्र महिनादेखि परीक्षा सुरु हुने भएकाले आफूलाई पढ्ने इच्छा रहेको उनले व्यक्त गरिन्। कसैको सहयोग पाए छोरीसहित आफू परिवारसँगै बस्ने इच्छा भएको उनले बताइन्। यो समाचार अन्नपूर्ण पोस्ट् दैनिकबाट लिइएको हो ।

यी महिला, जो आफ्नै स्तनको ४ सय ७० लिटर दूध दान गरिन्

एजेन्सी । भनिन्छ रक्तदान जीवनदान हो । तर रक्तदान भन्दा महान दानचाहिँ आमाको स्तनको दुध रहेछ । नयाँ आमाहरुका लागि आफ्नो बच्चालाई स्तनपान गराउनु साँच्चीकै चुनौतिपूर्ण कुरा हो । कतिपय सुत्केरी महिलाहरुको दुध नै नआउने वा बच्चालाई पुग्ने जति नआउने समस्या हुन्छ ।   जसका कराण बच्चाले पर्याप्त स्तनपान गर्न नपाउने र पेट भर्नका लागि अनेक खाले खानेकुराको सहारा लिनुपर्ने हुन्छ । तर कहीँ महिला यस्ता हुन्छन् जसले आमा बनेको बेला आफ्नो बच्चालाई मनग्गे पुग्ने मात्र होइन अरुलाई दान दिन समेत पुग्दछ ।   अमेरिकाको क्यालिफोर्नियामा बस्ने ताबिथा फ्रस्ट नामकी ती महिलाले अहिलेसम्म आफ्नो स्तनबाट निकालेको ४ सय ७० लिटर दुध दान गरिसकेकी छिन् ।तीन बच्चाकी आमा फ्रस्टले बच्चा जन्माएको वर्षदिनसम्म हरेक दिन ३ लिटर भन्दा बढि दुध उत्पादन गर्दछिन् । जुन उनको बच्चालाई चाहिने भन्दा धेरै हो । त्यो धेरै हुने दुध उनले दुध चुस्न नपाएका अरु बच्चाका लागि दान गर्दछिन् ।     फ्रस्टका अनुसार उनले हरेक दिन आफ्नो दुध दुहिन्छिन् । चाहे यात्रामा होस् वा विरामी भएको बेला होस् उनका लागि दुध दुहिने काम फूल टाइम जागिर सरह छ ।     वैज्ञानिकका अनुसार महिलाको स्तनमा यतिधेरै दुध उत्पादन हुनु वास्तवमा एउटा रोग नै हो । यसलाई हाइपरल्याक्टेसन सिन्ड्रोम भनिन्छ । यसका कारण महिलाको स्तनमा औषतमा भन्दा तिन गुणा धेरै दुध उत्पादन हुन्छ ।     कहिलेकाहीँ प्रोल्याक्टिन हर्मोनको स्तर धेरै हुँदा पनि यस्तो हुन्छ । यसलाई हाइपरल्याक्टोमिया पनि भनिन्छ । कतिपय अवस्थामा ब्रेन ट्युमर हुँदापनि यस्तो हुने वैज्ञानिकहरु बताउँछन् ।

गर्लफ्रेण्डकी छोरीलाई बलात्कार गर्नेलाई १६० वर्ष जेल !

एजेन्सी । पछिल्लो समयमा हाम्रो देशमा बलात्कारका जघन्य अपराधका घटनाहरु बढिरहेका छन् । उता विश्वको सबैभन्दा विकशित तथा शक्तिशाली देश अमेरिका पनि बलात्कारको मामिलामा कम छैन । हालै त्यहाँ एकजना पुरुषले बालिकामाथि बलात्कार गरेको आरोपमा १ सय ६० वर्षको जेल सजाय सुनाइएको खबर प्रकाशमा आएको छ ।     अमेरिकाको जर्जियामा यो घटना भएको हो । एटलान्टामा बस्ने ३४ वर्षका निकोलस डिओन नामका व्यक्तिले आफ्नै गर्लफ्रेण्डकी १० वर्षीया छोरीमाथि बलात्कार गरेको हो ।     १० वर्षीया बालिकामाथि बलात्कार गर्ने डिओनलाई एटलान्टाको अदालतले १ सय ६० वर्षको जेल सजाय हुने फैसला गरेको हो । अदालतले ती व्यक्तिको कार्य निकै शर्मनाक र जघन्य रहेको ठहर गरेको छ । दुई वर्षअघिको घटनामा अदालतले हालै फैसला सुनाएको हो ।     निकोलसलाई १ सय ६० वर्षको जेल सजायँ भएकोमा उनले १ सय ३६ वर्षसम्म पेरोल पनि पाउनेछैनन् । अर्थात् १ सय ३६ वर्षसम्म उनको कैद मिनाहा हुनेछैन र जेलमै बस्नुपर्नेछ । यसको अर्थ अब उनी नमरुन्जेल जेलमै बस्नुपर्नेछ । ती व्यक्तिले १० वर्षीया बालिकालाई १० पटक बलात्कार गरका थिए । ८ वर्षको उमेरमा बालिका पहिलोपटक बलात्कारमा परेकी थिइन् । अहिले ती बालिका १३ वर्षकी भएकी छिन् । गत वर्ष १२ वर्षको उमेरमा ती बालिकाले बच्चा जन्माएकी थिइन् । निकोलसको बलात्कारकै कारण ती बालिकामा गर्भ रहन गएको थियो ।

एउटै रुखमा ५१ प्रजातिका आँप !

भारतमा एकजना इन्जिनियर आफ्नो गाउँको अवस्था सुधार्ने भन्दै खेती किसानीमा लागेका छन् । खेती गर्न थालेका इन्जिनियरले साँच्चै चमत्कार गर्न थालेका छन् । उनले यस्तो तरिका अपनाएका छन् कि एउटै बोटमा ५१ जातका आँप फलेका छन् । भारतको महाराष्ट्रका रवि मारशेटवारको यो उपलब्धि अहिले भारतभर चर्चाको विषय बनिरहेको छ । एउटै बोटमा ५१ जातका आँप फलाउन उनी सफल भए । ग्राफटिङ अर्थात् कलमी प्रविधिको प्रयोग गरी उनले यस्तो सम्भव पारेका हुन् । यसका लागि उनले १३ सयपटक अनुसन्धान गरेका थिए । उनी खेतिपातीको विधि सिक्न ५ सय भन्दा धेरै ठाउँको भ्रमण गरे, जहाँ उनको परिचय एकजना विशेष मान्छेसँग भयो । महाराष्ट्रका किसान देवरीकरसँग उनको भेट भयो । देवरीकरले कलमी प्रविधिको प्रयोग गरी एउटै बोटमा १५ जातका आँप फलाएका थिए । उनैबाट रविले यो प्रविधि सिके । त्यसपछि उनले आँपका विभिन्न जातहरु जम्मा गरे । केही वर्षको मेहेनतपछि उनले एउटै रुखमा ५१ जातका आँप फलाउन सफल भए । उनी अहिले कलमी विधि सम्बन्धमा किसानलाई प्रशिक्षण पनि प्रदान गर्दछन् । -एजेन्सी

संसारको सबैभन्दा ठूलो मोतीको लिलामी, कतिमा बिक्री भयो ?

काठमाडौं, जेठ १७ । ताजा पानीमा पाइने संसारको सबैभन्दा ठूलो मोती लिलाम बढाबढमार्फत् तीन लाख २० हजार युरोमा बिक्री भएको छ। स्लीपिङ लायन अर्थात् सुतिरहेको सिंह नाम दिइएको उक्त मोतीको लम्बाइ सात सेन्टिमिटर छ भने तौल १५३ ग्राम छ। कुनै बेला त्यो मोती रुसी महारानी क्याथरिन द ग्रेटको स्वामित्वमा थियो। तर लिलामीमा भने पहिले अनुमान गरिएअनुसारको मूल्य त्यस मोतीले प्राप्त गर्न सकेन। नेदरल्यान्ड्सको द हेगमा अवस्थित एउटा लिलाम घरका अनुसार २४० वर्षमा पहिलो पल्ट उक्त मोती लिलामीका लागि उपलब्ध भएको थियो। युरोप पुग्नुअघि सन् १७०० देखि १७६० को बीचमा चीनमा उक्त मोती निर्माण भएको हुन सक्ने अनुमान गरिएको छ। क्याटलगमा उक्त मोतीको मूल्य तीन लाख ४० हजारदेखि पाँच लाख ४० हजार युरोसम्म अनुमान गरिएको थियो। विगत २० वर्षमा विशेषज्ञहरूले उक्त मोतीको विभिन्न अध्ययन अनुसन्धान गरेका थिए। अनौठो आकारको भएपनि उक्त मोती ताजा पानी भएको स्थानमा प्राकृतिक रूपमा नै बनेको हो भन्ने तिनीहरूको निष्कर्ष रहेको छ। यो त्यस प्रकारको हालसम्म फेला परेकोमध्ये सबैभन्दा ठूलो मोती हो। चीनको चिङ राजवंशले ठूला मोतीको निर्यातमा प्रतिबन्ध लगाएको भएतापनि डच इस्ट इण्डिया कम्पनीमार्फत् उक्त मोती युरोप पुगेको सो लिलाम घरले जनाएको छ। उक्त कम्पनीका महालेखापाल हेन्ड्रिक कोनराड सान्डेर सो मोतीको पहिलो मालिक हुन सक्ने ठानिएको छ। उनेका निधनपछि सन् १७७८ मा एम्सटरड्याममा उक्त मोतीको लिलामी गरिएको थियो र त्यसलाई रुसी महारानी क्याथरिन द ग्रेटका लागि खरिद गरिएको थियो। त्यसपछिको दुई शताब्दी युरोपका विभिन्न व्यापारी, जौहरी र धनाढ्यहरूको स्वामित्वमा उक्त मोती रहन पुग्यो। सन् १९७९ मा एमस्टरड्याम मोती समाजले उक्त मोती खरिद गरेको थियो र त्यसलाई बिहीवार सोही सङ्गठनले बिक्री गरेको हो। बीबीसी

यस्ता पनि दिन आए, नेपालबाट भारत तस्करी हुन थाल्यो पेट्रोलियम पदार्थ

काठमाडौँ। नाकाबन्दी भएको धेरै भएको छैन। नाकाबन्दी ताका सिमावर्ती बस्तीहरूमा पेट्रोलियम पदार्थको तस्करी गरेर रातारात मोटाउनेहरू धेरै थिए। तर अहिले हेर्दा अवस्था फेरिएको छ। वर्तमान समयमा नेपालबाट भारततिर पेट्रोलियम पदार्थ गइरहेको छ भन्ने कुरा सुन्दा तपाईँ पत्याउनु हुन्न होला तर यो साँचो हो। कुनै समय भारतको वर्तमान सत्ताधारी पार्टी विपक्षमा थियो र अहिलेको प्रमुख प्रतिपक्षी कांग्रेस सरकारमा। त्यसबेला पेट्रोलियम पदार्थको मूल्य वृद्धि हुँदा सरकारले चर्को विरोधको सामना गर्नु पर्दथ्यो। यस्तै मुद्दाहरूमा टेकेर नरेन्द्र मोदीको नेतृत्वमा भाजपा सत्तामा आयो र उसको सत्तारोहणका सुरुवाती दिनहरूमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिमा अंकुश मात्र लागेन यो ओरालो समेत झऱ्यो। धेरैले यसलाई ‘मोदी म्याजिक’ पनि ठाने। त्यस बेलासम्म दुई देशबिचको सम्बन्ध सुध्रिएर सीमा सुचारु भएपनि सिमा क्षेत्रका कतिपय नेपालीहरू भारतीय सिमावर्ती बजारहरूमा जाँदा आफ्ना वहनहरूमा इन्धन भराएर ल्याउने गर्दथे र कतिपय अवस्थामा उनीहरूले तोकिएको भन्दा एक-दुई रुपैयाँ बढी पनि तिर्नु परेको हुन्थ्यो। तर अब भने स्थिति उल्टिएको छ। अहिले भारतमा पेट्रोलको मूल्य नेपालको भन्दा निकै बढी छ र अचेल सिमावर्ती भारतका वासिन्दाहरू नेपाल घुम्न आउँदा आआफ्ना गाडीहरूमा नेपालको सस्तो पेट्रोल समेत भराएर लाने गर्दछन्। भारतीय मिडियामा नेपालबाट पेट्रोल तथा डीजल तस्करी हुने गरेको समाचार प्रकाशित गरेको छ।   भारतीय मिडियाले नेपालमा अपेक्षाकृत डिजल र पेट्रोल भारतको तुलनामा निकै सस्तो रहेको र नेपाली मुद्रा भारतीय मुद्राको तुलनामा सस्तो समेत भएकाले समेत भारतीयहरूलाई नेपालबाट पेट्रोल तथा डिजलको लाँदा सस्तो पर्ने गरेको उल्लेख गरेको छ। भारतको उत्तर प्रदेश राज्यको बहराइच जिल्लाको सिमावर्ती क्षेत्रहरूमा नेपालबाट पेट्रोलियम पदार्थ तस्करी हुने गरेको समाचार सो सम्बधी तस्बिरहरू भारतीय मिडियामा सार्वजनिक भएका छन्। बहराइच प्रदेश नं. ५ का बाँके र बर्दियासँग सिमा जोडिएको भारतीय जिल्ला हो। समाचारहरूमा नेपालबाट यसरी तस्करी गरेर ल्याइएको पेट्रोल तथा डिजल त्यस्ता व्यक्तिहरूले आफैँ प्रयोग गर्ने र मुनाफा खाएर बेच्ने गरेको उल्लेख छ। भारतीय समाचार पोर्टल उज्ज्वल प्रभातले नेपालमा भारतको तुलनामा पेट्रोल र डिजलको दाम १० देखि २० भारतीय रुपैयाँ कम पर्ने जनाएको छ। उक्त समाचार पोर्टलले यसका अतिरिक्त उत्तर प्रदेशको गोरखपुर र बिहारको सीमासँग जोडिएका बस्तीहरूमा समेत नेपालबाट पेट्रोल-डिजल तस्करी हुने गरेको जनाएको छ। यसका कारण सीमावर्ती क्षेत्रहरूमा भारतीय पेट्रोलियम पदार्थको खपत कम हुने गरेको समाचारमा उल्लेख छ। हाल भारतमा पेट्रोल तथा डिजलको मूल्य अत्यधिक रहेको छ। हाल मुम्बईमा पेट्रोल ८६ रुपैयाँ २४ पैसा र डिजल प्रतिलिटर ७३ रुपैयाँ ७९ रुपैयाँ प्रतिलिटर रहेको छ जुन नेपाली मुद्रा अनुसार क्रमशः १३८ रुपैयाँ र ११८ रुपैयाँ ६ पैसा हुन आउँछ। वर्तमान समयमा भारतमा पेट्रोलियम पदार्थमा कीर्तिमानी बढोत्तरी भएको भारतीय मिडियामा उल्लेख छ।  

नयाँ विश्वकीर्तिमान, दुवै खुट्टा नभएका आरोही सगरमाथा शिखरमा

काठमाडौं, वैशाख ३१ । वसन्त ऋतुको आरम्भसँग शुरु भएको यसवर्षको हिमाल आरोहणका क्रम दुवै खुट्टा नभएका एक चिनियाँसहित ५० जनाभन्दा बढी आरोहीले सगरमाथाको सफल आरोहण गरेको एक अधिकारीले बताएका छन्। दुवै खुट्टा नभएका चिनियाँ पर्वतारोही सिया बोयुले सोमवार बिहान सगरमाथाको सफल आरोहण गरेको संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका एक अधिकारीले बताए। उनी नेपाली मोहडाबाट सगरमाथाको शिखर पुग्ने पहिलो ‘डबल एम्पुटी’ भनिने दुवै खुट्टा नभएका आरोही हुन्। यसअघि सन् २००६ मा न्युजिल्याण्डका मार्क इङ्ग्लिशले तिब्बती मोहडाबाट सगरमाथाको सफल आरोहण गरेका थिए। आइतवार नेपाली आरोही टोलीले शिखरको बाटो खोले लगत्तै सिया बोयुसहित ५० जनाभन्दा बढी आरोहीले सगरमाथाको शिखर चुमिसकेको सगरमाथा आधार शिविरस्थित पर्यटन मन्त्रालयका प्रतिनिधि ज्ञानेन्द्र श्रेष्ठले बताए। उनले भने, ‘सिया र अरू करिब ५० जनाले सगरमाथा चढेको खबर आएको छ। अहिले उनीहरू साउथ कोलको बाटो तल झरिरहेका छन्।’ ४० वर्षअघि हिउँको चिसोका कारण सियाको दुवै खुट्टा नचल्ने अवस्थामा पुगेको थियो। पछि क्यान्सर रोगका कारण उनले दुवै खुट्टा गुमाउन पुगे। तर उनी अविचलित रहे। उनले सगरमाथा आरोहण गर्ने योजना परित्याग गरेनन्। सन् २०१५ मा भूकम्पले उनको सगरमाथा आरोहण गर्ने योजनालाई प्रभावित तुल्यायो। ६ महिनाअघि नेपाल सरकारले दुवै खुट्टा नभएका आरोहीलाई आरोहण गर्न नदिने नियम ल्याएको थियो। पछि अदालतले त्यो नियम कार्यान्वयन नगर्न आदेश दिएपछि सिया सगरमाथा आरोहणको तयारीमा जुटे। उनी अन्ततः सफल भए। सिया र उनका आरोहण सहयोगी सोमवार बिहान ८।३० बजेतिर सगरमाथाको शिखर पुगेको श्रेष्ठले बताए। बीबीसी

कस्तो अचम्म ! विवाहअघि सेक्स गर्दा यस्तो सजायँ

विश्वमा सबैभन्दा बढी मुस्लिम धर्मावलम्बीको बसोबास रहेको इन्डोनेसियामा बिहेअघि यौनसम्बन्ध राखेको आरोपमा एक महिलालार्इ कोर्रा बर्साइएको छ । बिहेअघि नै एक पुरुषसँग यौनसम्बन्ध राखेको भन्दै इन्डोनेसियाको बन्दा अकेह प्रान्तमा सार्वजनिकस्थलमा ल्याएर ती महिलामाथि कोर्रा हानिएको हो । सरिया कानुनको हवाला दिँदै ती महिलालार्इ सयौं मानिसहरुका अगाडि कोर्रा हानेर सजाय दिइएको हो । माथिको तस्बिरमा एक महिला सेतो कपडा पहिरिएर घुँडा टेकी शिर झुकाएर बसेको देखिन्छिन् । उनीमाथि सयौं मानिसको बीचमा सुरक्षाकर्मीकै अगाडि कोर्रा हानिएको हो । जुम्मेको नमाजपछि एक मस्जिद बाहिर यौन अपराध र खेलका क्रममा बाजी थापेको आरोपमा ३ महिला र १४ पुरुषलार्इ कोर्रा हानेर सजाय दिइएको हो । सबैभन्दा मुस्लिम बसोबास गर्ने इन्डोनेसिस्थित बन्दा अकेह यस्तो एकमात्र प्रान्त हो, जहाँ सरिया कानुन लागू गर्ने कानुन सरकारले दिएको छ । यसभन्दा अघि गत जुनमा पनि महिला र केही पुरुषमाथि सार्वजनिक स्थामा कोर्रा हानेको तस्बिर बाहिरए आएको थियो । त्यो बेला तीन जोडीलार्इ सँगै बसेको भनेर कोर्रा हानिएको थियो । अनम्यारिड विश्वविद्यालयका विद्यार्थीहरुलार्इ एक साथ समय बिताएको भन्दै कोर्रा हानिएको थियो । समाचार अनुसार इन्डोनेसियाको बन्दा अकेह प्रान्तमा सन् २००१ देखि समलिंगी सम्ब्नध, बाजी लाउन र रक्सी पिएको पाइएमा सरिया कानूनअनुसार कोर्रा हान्ने सजायको व्यवस्था गरिएको छ । एजेन्सीको सहयोगबाट

संसारमा यस्तो अचम्म पनि हुँदो रहेछ ? जसको सबैथोक सुनकै

मानिका अनौठा खालका शोख हुन्छन् । कसैले त्यसलाई पूरा गर्न सक्छन् भने कसैले रकम अभावमा शोखलाई पूरा गर्न सक्दैनन् । मानिसहरु सुन महंगो भएका कारण सुनका गहना जोडन् नसकेर चिन्तित छन् । तर ब्रुनाईका राजा (सुल्तान) भने सुनको दरबारमा बस्छन् । उनको सुनको हवाई जहाजसमेत छ । ब्रुनाइका सुल्तान हसनल बालकिया यस्तो शौखिन र विलासी मानिस हुन् की उनले प्रयोग गर्ने प्राय सामान सुनबाट बनेका छन् । ठूला व्यवसायीसमेत रहेका सुल्तानलाई आफ्नो धनसम्पत्ति देखाउने शोख छ । जसका कारण उनी सनुको जहाजमा सयर गर्छन् । उनको नुरल नामक दरबार पनि सुनले बनेको छ । उक्त दरबार बनाउन करिब ४० अर्ब रुपैयाँ खर्च भएको जनाइएको छ । सन् १९८४ मा बनाइएको उक्त दरबारमा १ हजार ७ सय ८८ कोठा रहेका छन् । जसमा २ सय ५७ वाथरुम छन् । दरबार २६ बर्ग फिटमा फैलिएको छ । BRUNEI उनको दरबारमा २२ क्यारेटको सुनको प्रयोग गरिएको छ । उनीसँग सात हजारभन्दा धेरै सुविधासम्पन्न कारहरुसमेत रहेहका छन् ।

मान्छे जस्तै देखिने बाँदर, भिडियोसहित

मान्छेका पुर्खा को थिए भन्ने बारे थुप्रै खोज अनुसन्धानहरू भएका छन्। उद्विकास सिद्धान्तले मान्छेका पुर्खा बाँदर थिए भन्ने कुरा किटानीसाथ भनिसकेको भए तापनि आजसम्म बाँदरबाट मान्छे भएको भने कसैले देखेको छैन। यो लाखौँ करोडौं वर्षसम्म चलिरहने सतत प्रक्रिया अन्तर्गत घटित हुने घटनाक्रम भएकाले यसो भएको हो। बाँदर भनी बित्तिकै मनमा यसका कयौं प्रजातिहरूबारे विचार आउनु स्वाभाविक नै हो। आखिर यी मध्ये कुन बाँदर होला त मानिसको पुर्खा? कतिपय बाँदरहरू को मुखाकृति दुरुस्त मान्छे जस्तै हुने गर्दछ। तर चीनको एउटा चिडियाखानामा भने एउटा बाँदर भेटिएको छ जसलाई देख्ने बित्तिकै यो मान्छे नै पो हो कि भन्ने भ्रम समेत हुने गर्छ। यहाँको टिआन्जिन जुलोजिकल गार्डनमा भेटिएको यो बाँदर मान्छे जस्तै देखिने मात्रै होइन यसले मान्छे जस्तै हाउभाउ समेत देखाउने गर्दछ। अचेल यस बाँदरक तस्बिर र भिडियोहरू सामाजिक सनाजाल्मा निकै भाइरल भैरहेका छन्। युत्युबमा मात्रै यस बाँदरको भिडियो निकै पटक हेरिइसकेको छ। हेरौं भिडियो….

सलहेशः प्रेमप्रतीकका रुपमा

लहान । प्रत्येक नयाँ वर्षको पहिलो दिन अर्थात् वैशाख १ गते मात्र फुल्ने फूल सलहेशको दर्शन गर्न शनिबार बिहानैदेखि सिरहा जिल्लाको लहान नगरपालिकास्थित ऐतिहासिक स्थल सलहेश फूलबारी पर्यटकीय क्षेत्रमा सर्वसाधारणको ठूलो भीड लागेको छ । लहान बजारदेखि ५ किमी पूर्वपश्चिम राजमार्गमा पर्ने सलहेश फूलबारीमा एक दिन मात्र फुल्ने राजा सलहेशको ऐतिहासिक गाथा बोकेको सलहेश हेर्न नेपाल तथा भारतबाट हजारौँ दर्शनार्थी बिहानैदेखि आएका छन् । राजा सलहेश र उनकी पे्रमिका मालिनीको पे्रम प्रतीकका रुपमा लहानदेखि ४ किमी पश्चिममा रहेको करीब १० बिघाको प्राचीन फूलबारीका दुई रुखको मध्यभागमा प्रत्येक नयाँ वर्षको पहिलो दिन वैशाख १ गते एक जोडी माला देखिने गरेको छ । ती माला हेर्न र मेला भर्न सिरहा, सप्तरी, उदयपुर, सिन्धुली, धनुषा, महोत्तरी, सर्लाही तथा भारतका निकटवर्ती गाउँबाट सर्वसाधारणको घुइँचो लाग्छ । सलहेश र मालिनीबीच प्रगाढ पे्रम सम्बन्ध रहेको र प्रेम सफल नहुँदा मालिनीले सलहेशको प्रतीक्षा गर्दै हरेक वैशाख १ गते फूलको माला लिएर देखापर्ने जनविश्वास रहिआएको छ । हरेक वर्ष चैत मसान्त र वैशाख संक्रान्तिका बेला दुई दिन मात्र फुलेर मालाको आकार ग्रहण गर्ने सलहेशको सुगन्ध लिन निकै मानिस भेला हुन्छन् । फूलबारीको मध्यभास्थित मालिनी मन्दिर दक्षिण टाँस्सिएको हारमको रुखको मध्यभागमा फुल्ने माला आकारको फूललाई सलहेशको गाथासँग जोडिन्छ । साँझपख यो फूल ओइलाएर जान्छ । यो ठूलो मेला पौराणिककालदेखि लाग्दै आइरहेको छ । सलहेश फूलबारी मेलाको उचित संरक्षण व्यवस्थापन पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न कुनै पहल नभएकामा स्थानीय बासिन्दाले गुनासो गर्न थालेका छन् । सलहेश तराईका पासवान जातिको इष्टदेव मानिन्छन् । तेह्रौँ शताब्दीका लोकनायक सलहेशको पूजार्चना गर्नाले मनोकांक्षा पुग्ने, सन्तानप्राप्ति हुने तथा चर्मरोग, कुष्ठ रोगलगायत रोगव्याधि हरण हुने जनविश्वास छ । मन्दिरका पुजारी वीरदेव धामीका अनुसार हरेक नयाँ वर्षको दिन फुल्ने यो फूललाई राजा जयवद्र्धन सलहेश र दौना मालिनीको पे्रम प्रतीकका रुपमा लिइन्छ । फूलबारीभित्र दुर्लभ जातिका जडीबुटी खोज्न भारतका विहार र पश्चिम बंगाल तथा नेपालका विभिन्न जिल्लाबाट हजारौँको संख्यामा मानिस आउँछन् । युवाहरु उक्त फूललाई साक्षी राखी प्रणयसूत्रमा बाँधिने गर्छन् । फूलबारीमा चारैतिर मूल फुटेर पानी बगिरहेको हुन्छ । फूलबारीमा प्रवेश गरेपछि शान्ति र पे्रमको भाव आफैँ उत्पन्न हुने गरेकाले त्यस भेगका मानिसलाई मात्रै होइन, भाकल गर्ने जोसुकैको मनोकामना पूरा हुने गरेकाले भारतीय पर्यटक भक्तजन आउने गरेका छन् । मेलामा आउने लाखौँ भक्तजनमध्ये ३० प्रतिशत भारतीय दर्शक रहने गरेका छन् । सलहेश फूलबारीमा हारम पाकैर, लावा, सोहरा र विभिन्न जडीबुटी पाइन्छन् । फूलबारीको शीतल जल ग्रहण गरेपछि जस्तोसुकै रीस शान्त हुने गरेको जानकार बताउँछन् । यस भेगमा अहिले पनि कुनै धार्मिक अनुष्ठान गर्दा कलश भर्नका लागि सलहेश फूलबारीको पानी प्रयोग गरिनाका साथै हैजा महामारी आउँदासलहेश फूलबारीको पानी औषधि मानेर खाएपछि निको हुने गरेको जनविश्वास छ । निःसन्तान महिलाले सलहेश फूलबारीमा दर्शन गरेर सन्तान माग गर्दा सन्तान पाउने गरेकाले प्राप्त सन्तानको मुण्डन गराउन पनि मानिसहरु यहाँ आउने गरेका छन् । नयाँ वर्षको पहिलो दिन मात्र फूल फुल्ने यो चमत्कारलाई सलहेश महोत्सवका रुपमा मनाउने भनिए पनि त्यो भनाइमै सीमित छ । पर्यटकीय क्षेत्रका रुपमा यसको विकास गर्नुपर्ने पडरिया गाविसका पूर्वअध्यक्ष मागैन कामैतको भनाइ छ । सिरहा जिल्लामा पूर्वकर्णाटककालीन अवशेष पनि छ । यहामँ अत्यधिक सम्मान पाएका राजा सलहेश दुसाध जातिका कूल देवता भए पनि सबै जातजातिका लागि त्यतिकै पूजनीय र सम्मानित छन् । रासस

के हो सेक्सको लत या सेक्स एडिक्सन ?

कुनै पनि कुराको लत लग्नु राम्रो हैन।  चाहे त्यो रक्सीको होस् चुरोट खैनीको होस् या अन्य कुनै कुराको लत यसले मानिसको सामाजिक र व्यक्तिगत जीवनलाई ध्वस्त बनाइदिन्छ। लत जेको पनि हुन् सक्छ र कतिपय मान्छेमा सेक्सको पनि लत हुन्छ भन्ने सुन्दा तपाईं-हामीलाई अचम्म लाग्न सक्छ। सामान्यतयाः ‘सेक्स एडिक्सन’ या ‘यौनको लत’को बारेमा मानिसहरू खुलेर कुरा गर्न रुचाउन्नन। तर यस्तो प्रकारको लत लागेका मानिसले आफ्नो व्यक्तिगत, पारिवारिक एवं सामाजिक जीवन नै तहस नहस पारिदिन सक्छ। के हो त सेक्स एडिक्सन? सेक्स एडिक्सन एउटा गम्भीर मनोवैज्ञानिक समस्या हो। यौनेच्छा नियन्त्रणभन्दा बाहिर गएको खण्डमा यस्तो समस्या हुन जान्छ। यस्तो अवस्थामा मानिस प्रत्येक पल सेक्सको बारेमा मात्रै सोच्ने हुन्छ। हामीहरूको सामान्य बुझाई के रहेको हुन्छ भने पुरुषअरू मात्र सेक्स एडिक्ट हुने गर्दछन् तर यो सत्य भने होइन महिलाहरू पनि पुरुष जत्तिकै सेक्स एडिक्ट रहेको पाइएको छ। वास्तवमा सेक्समा रुचि राख्नु, यसमा अत्यधिक सक्रिय रहनु या एडिक्ट नै हुनु सबै फरक फरक फरक कुरा हुन्। यस्ता एडिक्टअरूले उसको गतिविधिले उसको व्यक्तिगत जीवन उसको परिवेश लगायत समाजलाई कस्तो असर पारिरहेको छ भन्नेबारे समेत ध्यान दिंदैन। कतिपय अवस्थामा यस्तो प्रकारको लातले मानिसलाई अवसादको चरम सीमासम्म लैजाने भएकाले उसले आत्महत्या जस्ता खतरनाक कदम समेत उठाउन सक्छ। यस्तो अवस्थालाई ‘अब्सेसिभ कंपल्सिभ डिसअर्डर’ भन्ने गरिन्छ। नेपालमा यसकोबारेमा अध्ययन भएको कुनै प्रमाण त भेटिन्न तर यस्तो प्रकारको समस्या नेपालमा नदेखिएको भने होइन। अब तपाईंको साथीमा पनि कतै यस्तो प्रकारको लत त छैन भन्ने कुरा थाहा पाउन केहि लक्षणहरूमा ध्यान दिनु पर्ने हुन्छ। कुरा लुकाउने यदि तपाईंको साथीले तपाईं बाट सानासाना कुरा लुकाइराखेको छ र कुनै पनि कुरामा आवश्यकता भन्दा बढी गोपनियता कायम गर्न खोजिराखेको छ भने त्यस्तो अवस्थामा केही समस्या आउन सक्छ। त्यस्तै भेटूँ भन्दा या फोन गर्दा अनेक थरि बहाना बनाएर कुरा लुकाएको जस्तो गरिराखेको छ भने पनि उसमा यस्तो लत लागेको हुन् सक्छ। तर यी लक्षणहरू देखिंदैमा तपाईंको साथी सेक्स एडिक्ट भइहालेको भने नहुन सक्छ। यसका केही अन्य लक्षणहरू पनि छन् जसको राम्ररी निरीक्षण गरेर मात्र निष्कर्षमा पुग्न सकिन्छ। सधैँ सेक्सकै बारेमा सोची रहनु  यदि तपाईंको साथीले जीवनका अरु अवश्यकीय पक्षहरूलाई नजरअन्दाज गरेर हरेक समय सेक्सकै बारेमा मात्र सोचिरहन्छ भने पनि ऊ सेक्स एडिक्ट भएको हुन् सक्छ। यस्तो व्यक्तिको मष्तिष्क सधैं अस्थिर रहने हुन्छ। सधैँ उत्तेजक साहित्य खोजी खोजी पढ्नु   यदि तपाईंको साथीले इन्टरनेटमा खोजी खोजी उत्तेजक तस्बिर या भिडियोहरू हेर्ने गर्छ भने पनि ऊ सेक्स एडिक्ट भएको हुन् सक्छ। यस्तो व्यक्ति पत्र-पत्रिकाहरू या इन्तार्नेत्मा हरेक समय ‘सेक्सुअली एक्सप्लिसिट’ भनेर व्हिनिएको विषय वस्तु कोजी खोजी हिँड्ने गर्दछ। विशेषज्ञहरूका अनुसार यदि दुई यौन साथीहरू सँगै त्यस्तो सामग्री हेर्छन् भने यसले तिनीहरूको सम्बन्धमा रोमांचकता ल्याउँछ तर यसको साटो यदि तपाईंको साथी एक्लै सबै कुरा बिर्सेर यस्तो सामग्री हेर्छ र त्यस बेला सबैलाई बिर्सिन्छ भने त्यो लक्षण भने कदापी ठिक होइन। उत्तेजक स्वैरकल्पना यस्ता मान्छेहरू उत्तेजक खालका कल्पनाहरूमा डुबिरहन्छन्। यस्ता कल्पनाहरू अवास्तविक र अति काल्पनिक सम्म हुने गर्दछन्। यस्तो खालको समस्या भएका मानिसहरू लामो समयसम्म अवास्तविक यौनिक कल्पनालाई वास्तविक मानिरहेका समेत हुन् सक्छन्। आपराधिक प्रवृत्ति यस्ता व्यक्तिहरूमा यौनजन्य अपराधहरू गर्ने प्रवृत्ति रहेको हुन्छ। उनीहरू मौका पाउनासाथ यौनजन्य हिंसामा प्रवृत्त हुन सक्छन्। विपरित लिंगीलाई जिस्क्याउने, अपशब्द प्रयोग गर्ने या आक्रमण गर्ने जस्ता काम यस्ता व्यक्तिबाट हुन् सक्छन्। जीवनप्रति उदासीनता यस्ता मानिसहरूमा सेक्सप्रतिको अत्यधिक चाहले गर्दा जीवनप्रतिको उदासीनता देख्न सकिन्छ। यसले गर्दा उसको दैनन्दिन जीवनका कामहरू रोकिने हुन सक्छन्। उसले घर या अफिसको काममा ध्यान नदिन सक्छ बरू ऊ हरेक समय यौनिक विषयवस्तु भएको साहित्य या श्रव्य-दृश्य सामग्रीमा भुलिरहेको हुन्छ। चरम यौन असन्तुष्टि यतो मानिसमा देखिने  एउटा लक्षण चरम यौन असन्तुष्टि पनि हो। जसका कारण उसका धेरै यौन सथीहरू हुन सक्छन् तर पनि उसले अन्य महिला या पुरुषसँग सम्बन्ध स्थापित गर्ने लोभ गरिराखेको हुन्छ। यस्ता मानिसहरूले आफु बसेको स्थानको मर्यादा केहो भन्ने समेत बिर्सेर यौनजन्य क्रियाकलापहरूको अपेक्षा गरिरहेका हुन् सक्छन् । साथै चरम यौन असन्तुष्टिकै कारण यस्ता मानिसहरू बारम्बार हस्त मैथुन गर्दा पनि सन्तुष्ट हुँदैनन् र आफ्नो साथीसँग पीडादायी यौन व्यवहार समेत गर्ने गर्दछन्। अस्थिर सम्बन्ध यस्ता मानिसहरूको यौन व्यवहार अस्थिर सम्बन्धहरूको शृंखला रहेको हुन्छ। उसले जतिबेला पनि जुनसुकै पनि अपरिचित व्यक्तिसँग यौन सम्बन्ध स्थापित गर्न हिच्किचाहट मान्दैन। उनीहरू चाँडो चांडो यौन साथीहरू बदलिरहन्छन्। र उनीहरूलाई सम्बन्धहरूमा यौन बाहेक अरु चीज नै देखिन्न।  

हरे ! आफ्नो प्रचारका लागि कतिसम्म गर्न सक्दो रहेछ मानिसहरु ?

सामाजिक सञ्जालमा बेलाबखत उदेकलाग्दा लहर चल्छन् । पछिल्लो समयको सुरु भएको एउटा लहर त स्वास्थ्यको दृष्टिले पनि निकै जोखिमपूर्ण मानिएको छ । ‘द कन्डम च्यालेन्ज’ नाममा यो ट्रेन्ड सुरु भएको हो । यसमा युवाहरुले आफ्नो नाकबाट कन्डोम भित्र छिराएर मुखबाट निकाल्ने गर्छन् र यसको भिडियो सामाजिक सञ्जालमा अपलोड गर्छन् । जबकि यसो गर्नु कष्टप्रद हुनाको साथै गम्भीर संक्रमणको पनि खतरा हुने विज्ञहरुले औंल्याएका छन्। त्यसो त यस्तो भिडियो पहिलोपटक २०१५ मा नै आएको थियो । ३ मिनेटको उक्त भिडियोमा एक युवाले एउटा नाकको प्वाल बन्द गरेर अर्को प्वालबाट कन्डोम छिराउँछन् र सासले भित्र तान्छन् । केही सेकेन्डमा त्यो कन्डम मुखबाट निस्किन्छ । यसो गर्दा उनलाई निकै कष्ट भएको प्रत्यक्ष देखिन्छ । पछिल्लो समय त यस्तो भिडियोको बाढी नै आएको छ । लाइक र कमेन्टको लोभमा युवाहरु यस्तो दौडमा लागेका हुन् । यस्तो खतरनाक ट्रेन्ड बन्द हुनुपर्ने स्वास्थ्य विज्ञहरुको सुझाव छ । अधिकांश कोन्डमहरुमा हुने लुब्रिकेन्टहरुले नाकभित्र एलर्जी वा इन्फेक्सन हुने उनीहरु बताउँछन् । दुर्घटनावस कन्डोम निल्न पुगे त्यसले अझ ठूलो खतरा निम्त्याउने उनीहरुको भनाइ छ । सन् २०१६ मा क्यामरुनकी एक महिलाले दुर्घटनावस कन्डोम निल्न पुग्दा एपेन्डिसाइटिस भएको थियो र सर्जरी गर्नुपरेको थियो । यसैगरी अर्की महिलाले कन्डोम निल्दा न्यूमोनियाको शिकार बनेकी थिइन् । एजेन्सीको सहयोगबाट

भेटियो मान्छेजस्तै अनुहार भएको कुकुर

आफ्नो अनुहार कतिपय बेला कुनै सिनेस्टार, राजनेता या अन्य सेलिब्रिटीसँग मिल्न गए दङ्ग पर्छन्। यसो हुनु राम्रै हो, सोसल मिडियामा सक्रिय कलाकारहरूले पनि तपाईंको अनुहार कुन सेलिब्रिटीसँग मिल्छ भन्ने ठम्याउन सहयोग गर्न सक्छन्। तर यस्ता कलाकारहरूले कहिले काहिँ नराम्ररी झुक्याइदिन्छन्। कहिलेकाँही ती कलाकारहरू तपाईंसँग अनुहार मिल्ने कुनै जनावर खोजेर साझा गरिदिन सक्छन् । यसो गर्नका लागि उनीहरूले फोटोसप या यस्तै अन्य कम्प्युटर प्रोग्रामको सहायता भने लिनु पर्ने हुन्छ । तर अमेरिकामा एउटा यस्तो कुकुर भेटिएको छ जसको अनुहार दुरुस्तै मान्छे जस्तो छ। यो कुनै फोटोसप गरिएको अनुहार होइन बल्कि योगी नाम गरेको यो कुकुर अमेरिकाको म्यासाचुसेट्स राज्यमा बसोबास गर्ने महिला च्यान्टल डेस्जार्डिन्सको हो । भर्खर मात्र एक वर्ष पुगेको योगीका केही तस्बिर डेस्जार्डिन्सले केही दिन अघि सामाजिक संजालमा पोस्ट गरेपछि तत्कालै भाइरल भएको थियो । यस कुकुरकी मालिक्नी डेस्जार्डिनले यो कुकुरको तस्बिर भिराल हुनुपूर्व आफुलाई कहिल्यै पनि योगीको अनुहार मान्छे जस्तै रहेको भन्ने बारे सोच्दै नसोचेको बताएकी थिइन् । अमेरिकाका कतिपय सामाजिक संजाल प्रयोगकर्ताहरूले एकअर्कासँग यस कुकुरको तस्बिरको तुलना गर्दै फोटोहरू पोस्ट गरेको थियो । ठुल्ठुला आँखा भएको योगी सामुन्नेबाट हेर्दा दुरुस्तै मान्छेजस्तो देखिन्छ ।

मोबाइल हुन सक्छ ह्याक, चोरिन सक्छ व्यक्तिगत डेटा, कसरी राख्ने सुरक्षित ?

#टेकरेस्ट  क्याम्ब्रिज एनालिटिकाले गोप्य रुपमा फेसबुक प्रयोगकर्ताहरू को व्यक्तिगत विवरण चोरी गरेको समाचार आए यता संसार भरी नै डेटा सुरक्षा सम्बन्धी बहस सुरु भएको छ । हुन त वर्तमान समयमा आफ्नो व्यक्तिगत विवरण पूर्ण रुपमा गोप्य राख्नु असंभव जस्तै हो तर यस्ता विवरण सबैको पहुँचमा सहजै पुग्ने हो भने यसले व्यक्तिको सामाजिक र आर्थिक सुरक्षामा पनि तमाम प्रश्नहरू खडा गरिदिन्छ । सामान्यतया पारदर्शिता सभ्य समाजको परिचायक हो तर व्यक्तिका केही जानकारीहरू गोप्य नै राख्नु पर्ने हुन्छ ।  आजभोलि संसारका कतिपय देशमा क्यासलेस अर्थतन्त्रको अभ्यास सुरु गरिंदैछ । यस्तो अवस्थामा हाम्रो सम्पूर्ण सम्पत्तिको साँचो भनेको हाम्रो डाटामा नै हुन्छ ।  कथंकदाचित हाम्रो मोबाइल या ल्यापटपमा राखिएको हाम्रो डेबिट कार्ड, क्रेडिट कार्ड या बैंक खाता सम्बन्धी कुनै पनि गोप्य सूचना चुहिएको खण्डमा हामीले ठुलो आर्थिक क्षति व्यहोर्नु पर्ने हुन्छ ।  र, कुनै अभ्यस्त ह्याकरका लागि यो त्यति गाह्रो काम होइन। त्यति मात्र हैन सामाजिक संजालमा हामीले कसैसँग गरेका अन्तरङ्ग वार्तालापहरू पनि सार्वजनिक भइदिएर हाम्रो प्रतिष्ठा नै गुम्ने डर समेत त्यत्तिकै रहन्छ । यदि हामी कालान्तरमा कुनै उच्च सार्वजनिक पदमा पुग्यौं भने कुनै ह्याकरले त्यस्ता अन्तरङ्ग वार्तालापहरू भविष्यमा हामीलाई दुःख दिन प्रयोग गर्न सक्छ । अब यसले खासै फरक पर्दैन भने पनि हाम्रो मोबाइल मात्र कुरा गर्न त होइन यसमा हाम्रो बैंक खाताको पिन नंबरदेखि फोनको सिमकार्डको डिटेलहरू समेत रहेको हुन्छ । र यस्ता जानकारीहरू गलत मान्छेहरूको हातमा पुग्नु साँच्चिकै राम्रो हैन । कसरी बच्ने त ? फिंगरप्रिंटको प्रयोग नगरौँ अचेल फिंगरप्रिंट सेन्सर वाला फोनको फेसन छ ।  यसलाई फोन अनलक गर्न पासवर्डको सट्टा प्रयोग गर्न सकिन्छ ।  तर फिंगरप्रिंट र पासवर्डमा ठुलो अन्तर छ । पासवर्ड चोरी भएको खण्डमा त्यसलाई बदल्न सकिन्छ तर फिंगरप्रिंट भने कुनै पनि हालतमा फेर्न सकिन्न किन प्रत्येक मान्छेको पृथक र मौलिक फिंगरप्रिंट हुने गर्दछ जुन बदल्न सकिन्न । कुनै ह्याकरले हाम्रो फिंगरप्रिंट चोरेको खण्डमा उसले सयौं किलोमिटर टाढाबाट हाम्रो फोनमा रहेका जानकारी प्राप्त गर्न सक्छ । २०१४ मा एउटा ह्याकरले बायोमेट्रिक जानकारीहरू असुरक्षित हुन्छन् भन्ने प्रमाणित गर्न जर्मन रक्षामन्त्रीको नै फोन ह्याक गरेको थियो ।  उनले फोनलाई नछोइकनै टाढाबाट लिएको तस्बिरबाट आवश्यक डाटा प्रप्त गरेर बिना पासवर्ड उनको फोन ह्याक गरिदिएका थिए । यसो गर्नका लागि उनीसँग कुनै अत्याधुनिक ग्याजेट थिएन ।  एउटा राम्रो क्यामेराले टाढैबाट लिइएको फोटो र इन्टरनेट कनेक्सन युक्त कम्प्युटर छ भने टाढैबाट कसैको पनि फोन ह्याक गर्न सकिन्छ भन्ने कुरा ती ह्याकरले बताइदिएका थिए । डेटा इनक्रिप्ट गर्ने डेटा इन्क्रिप्सन डेटा सुरक्षाको सबैभन्दा शक्तिशाली उपाय हो । तर इन्क्रिप्सनमा एउटा समस्या छ त्यो के हो भने यो एक तर्फी हुने गर्दछ ।  अर्थात् हामीले पासवर्ड बिर्सियौं भने त्यस डिभाइसमा सुरक्षित डेटा हाम्रा लागि पनि काम नलाग्ने हुन्छ ।  त्यसैले डेटा इन्क्रिप्तको उपाय अपनाउनु भन्दा पहिले राम्ररी सोच विचार गरेर गर्नु ठिक हुन्छ । आजभोलि लगभग सबै एंड्रोइड फोनहरूमा डेटा इन्क्रिप्त गर्ने अप्सन राखिएको हुन्छ ।  इन्क्रिप्सनलाई बिट एकाइमा व्यक्त गरिन्छ । सामान्य सुरक्षाका निम्ति एक सय २८ बिट पर्याप्त हुन्छ तर सेना तथा सरकारहरू दुई हजार ४८ बिटसम्मको इन्क्रिप्सनको प्रयोग गर्ने गर्दछन् । इन्क्रिप्सनलाई ह्याक गर्नु सामान्य अवस्थामा सम्भव नै छैन । कुनै डेटा सुरक्षित राख्न एक सय २८ बिटको इन्क्रिप्सन प्रयोग गर्नुको तात्पर्य हो त्यो डेटा १२८x१२७x१२६x१२५x……..३x२x१ वटा कम्बिनेसनमा कोड गरिएकोप हुन्छ । अर्थात् यति धेरै कम्बिनेशन मध्ये कुनै एकबाट मात्रै डेटा खुल्नेछ । त्यसैले बिना सही पासवर्ड यस्तो फाइल खोल्न अरबौं खरबौं कम्बिनेसनहरू तैप गर्दै प्रयास गर्नुपर्ने हुन्छ जुन असम्भव प्रायः छ । यस्ता इन्क्रिप्सनहरू खोल्न ठुल्ठुला अत्याधुनिक हार्डवेयर र सफ्टवेयर युक्त कम्पुटर आवश्यक हुन्छन् ।  सामान्यतया २ हजार ४८ बिटको इन्क्रिप्सन खोल्न लगभग एक सय २० टेराबाइट मेमोरी भएको कम्प्युटर आवश्यक हुन्छ । आजभोलिका ल्यापटप मुस्किलले एक या दुई टेराबाइट मेमोरीका हुन्छन् यसको अर्थ हो समान्य ह्याकरहरू सयौं वर्ष लगाएर पनि त्यस्तो देतासंम पुग्न सक्दैनन् । तर फेसबुक, गुगल, शक्तिशाली देशहरूका सरकारहरू या एनोनमस जस्ता ह्याकर ग्रुपहरू भने जस्तो सुकै इन्क्रिप्सनलाई क्रयाक गर्न सक्छन् । यसका लागि फोनको सेटिङमा जाने त्यसपछि सेक्युरिटी र पासवर्डमा गएर आफुले चाहेको डेटालाई इन्क्रिप्ट गर्न सकिन्छ ।  त्यसपछि डेटा पूर्णतया सुरक्षित हुन्छ ।  यदि यस्तो डेटा कसीले चोरी गरेको खण्डमा पनि त्यो क्र्याक गर्न नसकिने भएकाले लगभग कम नलाग्ने जस्तै हुन्छ । तर ध्यान दिनुपर्ने कुरा केहो भने इनक्र्प्सन पछि फोन केही सुस्त हुन सक्छ र यदि हामीले त्यस्तो फोनमा रहेको कुनै डेटा अर्को डिभाइसमा स्थानान्तरित गर्न चाहेको खण्डमा पनि केही समस्याहरू देखिन सक्छन् । इन्क्रिप्सन हटाउने एउटी तरिका छ त्यो हो फोनलाई फ्याक्ट्री मोडमा रिसेट गर्नु तर यसो गर्नु पहिले सबै डेटाहरू अर्को डिभाइसमा स्थानान्तरित गर्नुपर्ने हुन्छ । कतिपय फोंहरूको सेटिङमा इन्क्रिप्ट अप्सन हुँदैन ।  यस्तो अवस्थामा पनि निराश हुनु पर्दैन अचेल थुप्रै इन्क्रिप्सन एपहरू पाइन्छन् जसले हाम्रो फोन इन्क्रिप्ट गर्न सकिन्छ । यो तरिकाले कुनै खस एप या व्यक्तिविशेषसँगको च्याट पनि इन्क्रिप्ट गर्न सकिन्छ । ल्यापटप र कम्पुटरको वेबक्याम बन्द गर्ने यदि हाम्रो कम्प्युटर या ल्यापटप इन्टरनेटसँग जोडिएको छ भने यस्तो अवस्थामा वेबक्याममा टेप टाँसेर त्यसलाई बन्द गर्नु श्रेयस्कर छ । कतिपय ह्याकरहरूले कम्प्युटरको वेबक्याम नै ह्याक गरिदिने भएकाले हामीमाथि सजिलै निगरानी राख्न सक्छन् । कतिपय इन्टरनेट ब्राउजरहरूमा इन्कग्निटो मोड हुन्छ जसले हाम्रा जानकारी गोप्य राख्ने कुरा गरे पनि यसले पनि हाम्रो पासवर्डको सुरक्षाको ग्यारेन्टी लिन सक्दैन । इन्कग्निटो मोडले हाम्रो विस्तृत विवरण र ब्राउजिङ हिस्ट्री मात्रै सेभ नगर्ने हो । यदि हामीलाई सुरक्षित इन्टरनेट चाहिएको हो र कुनै ह्याकरले सजिलै हाम्रो लोकेसन पत्ता नलगाओस् भन्ने हो भने टोर एक्सटेन्सन वाला ब्राउजर र भिपिएनको प्रयोग गर्नु सुरक्षित हुने गर्दछ । इन्टरनेटको युगमा पूर्ण गोप्यता त अम्भव छैन तर केही सावधानीहरू अपनाएको खण्डमा धेरै हदसम्म यसलाई सुरक्षित मान्न सकिन्छ ।  कमसे कम कुनै ठुलै एजेंसी आफ्नो पुरै सामर्थ्यका साथ हाम्रा पछाडि  नपरुन्जेल सुरक्षित रहिराख्ने उपाय त अपनाउनै पर्ने हुन्छ ।

यो हो फोनको ब्याट्री लाइफ बढाउने सेटिङ, नपत्याए ट्राइ गर्नुस्

स्मार्टफोन प्रयोगकर्ताहरूको सबैभन्दा बढी चासोको विषय हो ब्याट्री लाइफ। हुन त अचेल धेरै ठुलो क्षमताका ब्याट्री युक्त स्मार्ट फोनहरू पनि बजारमा उपलब्ध रहेका छन् तर हाम्रो जस्तो अनियमित नेटवर्क भएको देशमा जस्तै मेगा साइज ब्याट्रीले पनि हार मान्ने अवस्था रहन्छ। झन् बस यात्राहरू अनिश्चित तरिकाले लम्बिने सडकहरू भएकाले पनि हामीले केही यस्ता सेटिङहरू बारी थाहा पाइराख्नु आवश्यक छ जसले ब्याट्री लाइफलाइ अपत्यारिलो ढङ्गले लम्ब्याइदिन सक्छन्। हेरौं के गरेको खण्डमा ब्याट्री बढी टिक्ने बनाउन सकिन्छ। कई फोन में ये सेटिंग ऑन होकर आती है तो कुछ में इसे ऑन करना पड़ता है। बैटरी की ये सेटिंग आपको स्मार्टफोन की सेटिंग ऑप्शन में ही मिलेगी। यसका लागि सबैभन्दा पहिला फोनको सेटिङमा जाने र ब्याट्री अप्सनमा ट्याप गर्ने । त्यसपछि ब्याट्री सेभर अप्सन छान्ने र यसलाई अन गरिदिने। यसो गर्दा ५ प्रतिशत ब्याट्री पनि एक घण्टासम्म चल्न सक्छ। कुनै कुनै फोनमा ब्याट्री कम हुँदा ब्याट्री सेभरको पप अप आउने गर्दछ। यसलाई अन गर्नु पर्दछ। कतिपय फोनमा भने यो अप्सन ‘पावर सेभिङ मोड’ भनेर राखिएको हुन्छ तर कुरा एकै हो, गर्ने भनेको सिधा अन र ब्याट्री लामो टिक्नेछ।