रहस्यमय शक्तिले बेहोस बनाएर काट्यो कयौं महिलाको कपाल !

नयाँ दिल्ली, साउन १९ । भारतका केही स्थानमा महिलाहरु आतंकित छन् । बेहोस बनाएर रहस्यमय शक्तिले महिलाको कपाल काटिदिने गरेको घटना एकपछि अर्को थपिदैं गएपछि आतंक मच्चिएको हो ।

हरियाणा र राजस्थानका ५० भन्दा बढी महिलाको कपाल त्यसरी काटिएको हो । पीडित महिलाका अनुसार कसैले उनीहरुलाई बेहोस बनाएर रहस्यमय तरिकाले कपाल काटिदिएको हो ।

प्रहरीले यस विषयमा अनुसन्धान थाले पनि कपाल कसले काटेको हो भन्ने प्रष्ट हुन सकेको छैन ।

हरियाणा राज्यको गुडगाउँस्थित भीमगढ इलाकामा बस्दै आएकी ५३ वर्षीय सुनिता देवीले भनिन्, ‘एक चम्किलो फ्ल्यास लाइटबाट म बेहोस भएँ, एक घण्टापछि मलाई थाहा भयो कि मेरो कपाल कसैले काटिसकेछ ।’

गत शुक्रबार उनीमाथि भएको सो हमलापछि आतंकित भएकी उनले भनिन्, ‘त्यो घटनापछि मलाई निन्द्रा लागेको छैन । कुनै काम गर्न मन लाग्दैन । राजस्थानमा यस्तो घटना भएको मैले सुनेकी थिएँ तर यहाँ पनि यस्तो हुन्छ भन्ने मैले सोचेकै थिइनँ ।’

यस्तो ‘काल्पनिक हजाम’ को पहिलो समाचार जुलाइमा राजस्थानबाट आएको थियो । तर यस्ता खबर अब हरियाणा र दिल्लीमा पनि आउन थालेका छन् ।

अर्की एक महिला आशादेवीले पनि गत शुक्रबार नै आफ्नो कपाल गुमाइन् । आशादेवीमाथि भएको सो घटनालगत्तै उनी र परिवारका अन्य महिला सदस्यलाई उत्तर प्रदेशस्थित आफन्तको घरमा पठाइएको छ ।

आशादेवीका ससुरा सुरज पालले उक्त दिनको घटना सम्झदै भने, ‘उनी राति १० बजेतिर घरबाहिर काम गर्दै थिइन् । आधा घण्टासम्म पनि नआएपछि उनलाई खोज्न थाल्यौं । उनी बाथरुपमा बेहोस अवस्थामा फेला परिन् । उनको कपाल काटिएको थियो ।’

होस खुलेपछि आशाले आफूलाई कुनै महिलाले आक्रमण गरेको बताइन् । उनले भनिन्, ‘१० सेकेन्ड जतिमा सबै कुरा भइसकेको थियो ।’

गुडगाउँबाट ७० किलोमिटरको दुरीमा रहेको रेवाडी जिल्लामा पनि यस्तै घटना प्रकाशमा आएको छ । जोनवासा गाउँकी २८ वर्षीय रिनादेवीका अनुसार उनीमाथि गत बिहीबार हमला भएको थियो । उनका अनुसार उनीमाथि मानिसले नभई बिरालोले हमला गरेको थियो ।

‘म आफ्नो काम गरिरहेकी थिएँ, त्यतिबेला नै मैले एउटा ठूलो आकृति देखेँ,’ उनले भनिन्, ‘बिरालोजस्तै थियो त्यो, मेरो काँधमा केही भारी महसुस भयो, मलाई यतिमात्र याद छ ।’
खडखडा गाउँकी ६० वर्षीय सुन्दरदेवी शनिबार यस्तै घटनामा पीडित अर्की महिला हुन् । उनले भनिन्, ‘म छिमेकीको घरमा गइरहेकी थिएँ, पछाडिबाट कसैले मलाई काँधमा छोयो, म पछाडि फर्किएर हेर्दा कोही देखिएन । त्यसपछि के भयो भन्ने मलाई थाहै भएन ।’

२८ वर्षीय रिमादेवीका अनुसार गत बिहीबार उनको कपाल काटिदा उनी मोबाइलमा गेम खेल्दै थिइन् । उनले भनिन्, ‘मेरो पति र बच्चा कोठामै थिए । कपाल तानिएको जस्तो महसुस भयो, पछाडि फर्किएर हेर्दा मेरो कपाल काटिएको थियो ।’

गुडगाउँ प्रहरी प्रवक्ता रविन्दर कुमारका अनुसार प्राप्त उजुरीमाथि छानविन भइरहेको छ । ‘यो विचित्र घटना हो, हामीले घटनास्थलबाट कुनै तथ्य फेला परेको छैन । पीडितको मेडिकल टेस्टमा पनि कुनै प्रकारको असामान्य लक्षण देखिएको छैन ।’ कसैले कथित हमलाकारीलाई नदेख्नुबाट पनि अनुसन्धानमा जटिलता भएको उनले बताए ।

उनले भने, ‘केवल पीडितले हमलाकारीलाई देखेको वा महसुस गरेको भनेका छन्, हामी यस्ता घटनाको गहिराईमा पुग्छौं । त्यतिन्जेलसम्म म सबैलाई हल्लामा विश्वास नगर्न अपील गर्दछु ।’ (बीबीसीबाट)

युवतीहरुबाट ‘यौनप्रस्ताव’ले हैरान छन् यी युवक

यौन प्रस्तावका लागि युवतीहरुको ओइरो लागेपछि स्कटल्याण्डका ४३ वर्षीय मोहम्मद अवद तनावमा छन् । समाचार एजेन्सीका अनुसार, दर्जनौं युवतीले ती पुरुषसँग सेक्स गर्न चाहेको सन्देश पठाएका छन् । आखिर किन त ?उनीसँग महिलाहरुले त्यसै सेक्स गर्न चाहेका हैनन् । उनको कृतिम लिंगप्रति महिलाहरु लोभिएका हुन् । ती महिलाले कृतिम लिंगको अनुभव लिन खोजेका हुन् । ४४ वर्षीय मोहम्मदको ६ वर्षको उमेरमा दुर्घटनामा परेपछि लिंग काटिएको थियो । हालै मात्र उनले कृतिम लिंग राखेका हुन् । जब कृतिम लिंग भएको हल्ला चल्यो, त्यसपछि युवतीहरुले यसको अनुभव लिन यौनसम्पर्कको प्रस्ताव राखेका हुन् । उनले डेली मेल नामक पत्रिकालाई भनेका छन्, ‘मलाई अनलाइनमार्फत थुप्रै महिलाको सन्देश आइरहेको छ । अधिकाँशले मसँग सेक्स गर्न चाहेका छन् । उनीहरुले मेरो बायोइपिक लिंगको बारेमा सुनेर सेक्स प्रस्ताव राखेका हुन् । उनीहरुले मसँग यसकारण पनि सेक्स प्रस्ताव राखेका हुन् कि म विना दुखः घण्टौं सेक्स गर्न सक्छु ।’ चिकित्सकका अनुसार दुर्घटनामा उनको लिंग काटिएको भएपनि एउटा अण्डकोष भने यथावत थियो । यसकारण उनी बाबु पनि बन्न सक्छन् । उनले हालै मात्र यौनकर्मी ३५ वर्षीया चार्लोट्टी रोजका साथ पहिलो पटक यौनसम्बन्धसमेत राखेका छन् ।

नौ महिनाको बच्चाको तौल २० किलो

सुन्दा नि अचम्म लाग्न सक्छ, नौ महिनाको बच्चाको तौल २० किलो भन्दा । तर यो वास्तविकता हो, भारतको उत्तरप्रदेश कान्धलाका एक नौ महिनाको बालकको तौल २० किलो रहेको छ । ती बालकले खाना पनि ६ वर्षका बालकले खाने जति खान्छन् । ती बालकले नास्तामा नै ४ वटा रोटी र प्रसस्तै दूध खान्छन् । यस बच्चालाई देख्ने जो कोही पनि अचम्म मान्छन् । यति भारी तौल अनि यति धेरै खाना ! सबै चकित पर्छन् । कान्धलाका सलीम र शबानाका यी दोस्रो छोरा हुन् । यसअधि उनीहरुका एक छोरी थिइन् र उनी पनि त्यस्तै तौल भएकी थिइन् । डेढ वर्षको उमेरमा उनको झाडापखालाका कारण मृत्यु भएको थियो । हाल यस बच्चालाई हेर्न मानिसहरुको भीड लाग्ने गर्दछ । ती बच्चाको तौल अनि उनले खाने गरेको खान्की देखेर मानिसहरु अचम्म पर्छन् । बढी तौल स्वास्थ्यका लागि हानिकारक हुने डाक्टरहरुको भनाई रहेको छ । सलिमका अनुसार आफन्तको सल्लाहमा त्यो बच्चालाई उपचारका लागि त्यहाँ ल्याईएको हो । जिल्ला अस्पतालका मुख्य चिकित्सक अधीक्षक डॉक्टर रमेश चंन्द्राका अनुसार नौ महिनाको स्वस्थ बच्चाको तौल आठदेखि १० किलोसम्म हुनसक्छ । तर यति धेरै तौल स्वास्थ्यका लागि हानिकारक हुनसक्ने उनी बताउँछन् । डाक्टरका अनुसार उक्त बच्चालाई क्वासीपोरकर विरामी हुनसक्ने अनुमान गरिएको छ । जसको भोक र तौल बढी नै हुन्छ ।

प्रधानमन्त्रीविरुद्ध भोट गर्ने १० लाख जनासँग् सेक्स गर्ने कसम खाइन यी युवतीले

इटाली । सुन्दै हाँसो उठ्ने वाचाको समाचार अहिले निकै चर्चित भएको छ । यो वाचा गरेकी हुन इटालीमा एक २७ बर्षीय मोडेलले । पाओला साउलिनो नामक ती मोडेलले आफ्नो देशका १ करोड ९४ लाखसँग यौन सम्पर्क गर्ने वाचा गरेकी छिन् । हालसम्म ४ सयसँग यौन सम्पर्क स्थापित गरेको बताउने ती मोडेलले यो कसम पुरा गर्न हम्मे पर्ने एक अन्तर्वार्तामा बताइन । ती मोडलले भोट हाल्ने १ करोड ९४ लाखसँग यौनसम्पर्क गर्ने बताएपनि कम्तीमा १० लाख मानिससँग भने वाचा पूरा गर्ने प्रतिबद्धता पनि जनाएकी छिन् । उनी प्रधानमन्त्री विरुद्ध उत्रिएकी हुन् । उनले यौन सम्बन्धका दौरान आफू स्वस्थ र केही चोट नलागेको बताएकी छिन् । गोप्य कोठामा यौन सम्बन्धका बेला अत्यन्तै थाक्दा कहिलेकाँही ब्रेक पनि माग्ने गरेको जानकारी दिइन् । पुरुषले कण्डम लगाउने वा नलगाउने भन्ने विषयमा पनि उनी आफैंले निर्णय गर्ने पनि उल्लेख गरेकी छन् र उनले अहिले भोट दिने ४ सय जनासँग यौनसम्बन्ध स्थापित गरिसकेको दावी गरेकी छिन् ।

‘जहाँ तलबको सट्टा बलात्कार गरिन्छ’

सरकारले तलवको सट्टा बलात्कार गर्न पाउने छुट दिनाले त्यहाँ नरकीय अवस्थाको सिर्जना भएको छ । घटना अफ्रिकी देशको साउथ सुडानको हो । त्यहाँको आर्थिक स्थिति कमजोर भएका कारण सरकारले आर्मीहरुलाई तलव दिनुको सट्टा स्थानीय महिलाहरुलाई बलात्कार गर्न पाउने छुट दिएको दियो । यूनाइटेड नेशनले ह्यूमन राइट्सको रिपोर्टका अनुसार यसको खुलासा गरेको हो । संसारको सबैभन्दा नयाँ देशको रुपमा चिनिने यस साउथ सूडान जो सुडानबाट छुट्टिएर बनेको हो । द्वन्द्व र आक्रमण यहाँ सामान्य नै भैसकेको छ । अक्टूबर २०१५ देखि मार्च २०१६ सम्म यहाँ १४०० भन्दा बढी महिलाहरु बलात्कृत भएको भए । नयाँ देश बन्ने क्रममा यहाँ भएको आक्रमणमा हालसम्म ६० हजार भन्दा बढी मानिसहरु मरिसकेका छन् भने २२ लाख भन्दा बढी घरवारविहीन बनेका छन् । सरकारको विरोधीहरुलाई अत्याधिक तनाव दिइन्छ यहाँ । उनलाई जहाजको कन्टेनर मा ठोक्काएर रुखमा झुन्डायर फासी दिइन्छ या टुक्रा–टुक्रा पारेर मारिन्छ । परिवारको अगाडि बच्चालाई बलात्कार गरिन्छ र उनीहरुलाई उक्त क्रियाकलाप हेर्न बाध्य पारिन्छ । आर्मीका सर्पाेटर्सहरुले आम्र्स फाइटर्स तलवको सट्टा स्थानीय मानिसहरुको सम्पत्तिहरु चोर्ने र महिला अनि बच्चाहरुलाई बन्धक बनाएर बलात्कार गर्नेगर्छन् ।

हरेक हप्ता बुवा बन्छन् यी व्यक्त्ति, ८ सय बच्चा जन्माइसके

एजेन्सी । संसारमा हरेक मानिसलाई जीवनमा एकपटक आमाबुवा बन्ने रहर हुन्छ । तर एकजना यस्ता व्यत्ति छन् जो हरेक हप्ता एकजना बच्चाको बुवा बन्छन् । हो, उनी अहिलेसम्म ८०० जना बच्चाको बुवा बनिसकेका छन् । सुन्दा अचम्म लाग्न सक्छ तपाईलाई तर यो साँचो हो । साइमन वाटसन नाम गरेका एक व्यक्ति विर्यदाता हुन् । उनले सामाजिक सञ्जालमा आफ्नो व्यपार फैलाएका छन् । उनी पछिल्लो १६ वर्षमा ८०० बच्चाको बुवा बनिसकेका छन् । उनको बच्चा स्पेनदेखि ताइवानसम्म जन्मिएका छन् । उनी यसमा आफुँलाई गर्व गर्छन् । उनको पहिलो विवाह टुटेको थियो । त्यसपछि विर्यदान व्यपार सुरु गरेको उनी बताउँछन् । उनले अर्को विहे गरे र दुइवटा बच्चा छन् । उनी यो कामले खुसी छन् । र आफ्नो परिवार र आमाबुवा पनि खुसी भएको बताउँछन् । सामाजिक सञ्जालमा उनले आफ्नो विर्य सस्तोमा बेच्छन् । तर त्यही विर्य कुनै मेडिकलमा किन्ने हो भने त्यसको मुल्य निकै महंगो पर्ने हुनाले वाटसनसंग मानिसले सिधै सम्पर्क गर्छन् । वाट्सन धेरै बच्चा जन्माएर विश्व रेकर्ड राख्न चाहन्छन् । उनी नियमित आफ्नो स्वास्थ्यको चेकजाँच गर्छन् । उनले आफ्नो स्वास्थ्य रिर्पोट नै अनलाईनमा पोष्ट गर्छन् । जसले उनी माथि विश्वास गर्ने धेरै छन् । तर यो काम राम्रो नभएको विष्लेषकहरु बताउँछन् । कहीले  काँही केही गल्ती भए परिस्थिति बिग्रन सक्ने उनीहरु बताउँछन् ।

कुखुराको भालेको बन्ध्याकरण !

पाल्पा, माघ १२ । सुन्दा अनौठो लाग्न सक्छ, कुखुराको पनि परिवार नियोजन हुन्छ भन्दा तर यो सत्य घटना हो । कुखुराको भालेमा बन्ध्याकरण सफल बन्दै गएपछि अब अच्चम मान्नु पर्दैन । पाल्पा जिल्ला रामपुर नगरपालिका–१४ बर्दलेका जनार्दन पन्तले कुखुराको भालेको अण्डकोष निकालेर परिवार नियोजन गर्न थालेका छन् । कुखुराको भालेको बन्ध्याकरण गर्ने अभ्यास पाल्पामा नौलो हो । भालेको पछाडिको करङको शल्यक्रिया गरी अण्डकोष निकालेपछि भालेको शिर पोथीको जस्तो हुने र बास्ने भालेको अण्डकोष निकाल्दा बास्न छाड्ने गरेको पन्तको भनाइ छ । भालेको बन्ध्याकरण गर्दा मासुको उत्पादन बढी हुने गर्दछ । कुखुरापालन गर्ने पन्तले कुखुराको परिवार नियोजन गर्दा मासु एक इन्चसम्म बाक्लो हुने र तौल पाँचदेखि सात किलोसम्म बढ्ने बताउँछन् । पहिले कुखुराको अण्डकोष निकाल्न निकै समस्या भएपनि अहिले सहजरुपमा बन्ध्याकरण हुने गरेको उनी बताउँछन् । पन्तको पशुपन्छीसम्बन्धी औपचारिक अध्ययन नभए पनि दाङका ध्रुव बस्नेतसँग फोनमार्फत जानकारी लिई कुखुराको परिवार नियोजन गर्न थालेको बताउँछन् । सुरुसुरुमा केही कुखुरा मरे पनि अहिले कुखुराको शल्यक्रिया सफल भएको उनको दाबी छ । कुखुरा शल्यक्रियापछि चिल्लो हुँदै जाने र यौन क्षमता कमजोर हुँदै जाने उनको दाबी छ । स्थानीय प्रजातिका कुखुरामा मात्र अण्डकोष निकाल्न सम्भव हुने गर्दछ । ब्वायलर प्रजातिका कुखुरामा अण्डकोष निकाल्ने काम भने उनले गरेका छैनन् । पहिले रहरका लागि गरिएको यो काम अहिले अनुसन्धानमूलक भइरहेको उनको भनाइ छ । नेपाली समाजमा मानिस प्रायः कम सन्तानका लागि परिवार नियोजन गर्न रुचाउँछन् । तर पछिल्ला वर्षमा अनुसन्धानका लागि कुकुरलाई तीनमहिने सुईको प्रयोग र बन्ध्याकरण गरिएको पाइए पनि अहिले कुखुरामा भने नौलो मानिएको हो । पाल्पाका ग्रामीण क्षेत्रमा गोरु, बोका, सुँगुर र बङ्गुरको अण्डकोष निकाल्ने चलन रहिआएको बूढापाकाहरु बताउँछन् । अण्डकोष निकाल्दा यौन क्षमता कमजोर भई शान्त स्वभावको बढी हुने हुँदा मासुको उत्पादन बढी हुने जानकारहरु बताउँछन् । करिब पाँच–सात वर्षदेखि कुखुराको शल्यक्रियामार्फत बन्ध्याकरण गर्ने काममा उनले सफलता पाएका छन् ।

केटीको लास किनेर छोराको बिहे गराउने अनौठो चलन

काठमाडौं, बिवाहका पनि कस्ता कस्ता चलन हुन्छन् । तर यो अनौठो चलन भने साँच्चिकै जिब्रो टोक्नु पर्ने नै छ । चीनमा एउटा यस्तो परम्परा छ जसको बारेमा सुन्दा नै आङ जिरिङ्ग हुन्छ । चीनको केही ग्रामीण क्षेत्रमा अविवाहित केटाहरुको बिहे लाससँग गराइन्छ । चीनमा ३ हजार वर्षदेखि चलिरहेको यो परम्परामा मशानघाटमा गाडिएकी कुनै युवतीको लास झिकेर त्योसँग युवकको बिहे गराइन्छ । यसो गरियो भने अर्को जन्ममा केटा मान्छे अविवाहित नै भएर बाँच्नु पर्दैन रे । तर लासको व्यवस्था कसरी गर्ने नि ? यसका लागि कुनै युवकको बिहा गर्नुपर्ने भएमा परिवारले लास किन्ने गर्दछन् । बिहा गरेकी मृत महिला मरेको खण्डमा त्यसलाई पछि आफ्नो अविवाहित छोराका लागि किन्ने परम्परा यहाँ रहेको छ । रिपोर्टहरुका अनुसार यसरी लासको मूल्य नै २० हजार डलरसम्म पुग्ने गरेको छ । हालैमात्र एकजना मृत महिलाका परिवारसँग एउटा परिवारले आफ्नो छोराको बिहेका लाग ३० लाख रुपैयाँ दिएका थिए । चीनको सरकारले भने यो प्रथालाई गैरकानुनी बताएको छ । तर पनि गाउँमा अहिले पनि यो प्रथा कायमै रहेको रिपोर्ट छ ।

तपाईलाई सम्मोहित गर्ने मोडल

सामान्यतया अरुलाई आर्कित पार्नका लागि राम्रो अनि गोरो वर्णका मान्छोहरु तथा मोडलहरु हुन्छन् । तर तपाई पत्याउनु हुन्छ सेनिगालिजकी एक मोडल भने कोलो वर्णको भएतापनि सम्मोहितको जादू छ उनीमा ।   काउडिया डियाप नाम गरेकी यि मोडल अहिले इन्टरनेटमा भाइरल बनेकी छिन् । कोलो वर्णकी यि मोडलका फोटोहरु हेर्दा जो कोही पनि मोहित हुन्छन् । उनको हाँसोले जसलाई पनि आकर्षित बनाउँछ । व्युटिफुल, स्टनिंग, गाँर्जस आदि इत्यादीका लागि यी मोडल निकै अगाडि छिन् । काउडियाको यस्तो किसिमको रुपले जो कोहीलाई मोहित पार्न सक्छ । काउडियाको अर्काे नेकनेम पनि , डार्की, रातकी छोरी अर्थात ताराकी आमा । ‘कलर्ड’ गर्ल कैपनका लागि शूट गरिएका तिनका तस्वीरहरु तत्पश्चात इन्टरनेटमा सार्वजनिक भएको हो ।

एउटा कुकुरकाे मूल्य साढे ११ करोड

मंसिर २३ । एउटा शिकारी कुकुर चोरीको घटनामा संलग्न भएको भन्दै चार जनालाई आयरल्याण्डका प्रहरीले पक्रेका छन् । चोरी भएको कुकुरको मूल्य १० लाख यूरो अर्थात ११ करोड ६३ लाख रुपैयाँभन्दा बढी छ । आयरल्याण्डको टिपरेरी काउन्टी नजिकै गोल्डेन भन्ने ठाउँबाट क्लेयर्स राकेट नामको कुकुर आफ्ना प्रशिक्षकसँग भएकै बेला चोरी भएको थियो । प्रहरीले कुकुर सुरक्षित रुपमा भेटिएको जनाएको छ । निकै तीव्रगतिमा दौडन सक्ने शिकारी कुकुर भएकाले र राम्रो नश्लको भएकाले पनि राकेटलाई विशेष मानिएको छ । शिकारी कुकुरका जानकार फर्चुनले रकेटलाई कुकुरको सुपरस्टार बताएका छन् । पक्राउ परेका चारैजनासँग प्रहरीले थप सोधपुछ गरिरहेको बिबिसी हिन्दीले उल्लेख गरेको छ ।

धरौटीमा राखेको युवतीको नग्न तस्वीर लिक भएपछि

एजेन्सी । चीनमा अनलाईन मार्फत उधारो पैशा लिने युवतीहरुको नग्न तस्वीर सार्वजनिक भएसंगै यसले व्यापक चर्चा पाएको छ । चीनीया सञ्चारमाध्यमका अनुसार यस्ता हजारौं युवतीहरुको नग्न तस्वीर सार्वजनिक भएको छ । पैशा उधारो लिने र धरौटीको लागि आफ्नो नग्न तस्वीर अनलाईनलाइ खिचाउने युवतीहरुको ती तस्वीर चर्चित अनलाईनमा लिक भएको हो । उधारोमा पैशा लिने युवतीहरु १९ देखि २३ वर्षको बिचमा रहेका छन् । उधारोको सर्त नग्न तस्वीर मात्र नभएर व्याज पनि उच्च रहेको बताइएको छ । उनीहरुले धरौटीको लागि आफ्नो आइडीकार्डसँगै तस्वीर खिचाउनुपर्नेछ ।

६ वर्षदेखि यौन तालिम, ११ वर्षमा विवाह

यो संसारमा पनि विभिन्न अचम्मका कुराहरु सुन्नुपर्दछ । सामान्यतया ६–७ वर्षका बालबच्चाहरु भनेको पढ्ने, खेल्ने, रमाइलो गर्ने उमेरका मानिन्छन् । जसको शारीरिक तथा मानसिक पूर्णरुपमा विकास भइसकेको हुँदैन । यस्तो बेलामा आमाबुवाहरुले आफ्ना बालबच्चालाई पढ्न र खेल्नका लागि जोड दिएका हुन्छन् । तर, यहाँ पपुवा न्युगीनीको एक आदिवासी जनजाति समुदायमा ६–७ वर्षका बच्चाहरुलाई यौन शिक्षा र सम्बन्धका लागि शिक्षा र अनुमति दिइने गरिन्छ । ट्राबिएन्डर्स नामको यो समुदायमा ६ वर्षमा तालिम दिने र ११ वर्षको उमेर विवाह गरिदिने चलन रहेको छ । शारीरीक सम्बन्धका लागि बच्चाहरुलाई तालिम दिईने गरिएको छ भने जुन बच्चाहरुको बीचमा शारीरीक सम्बन्ध बनेको हुन्छ उनीहरुलाई नै विवाहको सहमति दिईन्छ । आपसी सहमतिमा बच्चाहरुले पार्टनर बदल्न पनि सक्छन् । यसरी सम्बन्ध बनेपछि उनीहरु धमाधम बच्चा जन्माउन थाल्दछन् १२ वर्षपछि नै । २० वर्षको उमेरमा उनीहरु ४–५ जना बच्चाको आमाबाबु बनिसकेका हुन्छन् । यसरी हुन्छ बिबाह विवाह हुनुपूर्व केटी केटाको घरमा गएर एकरात बस्छिन् । र बिहान आफ्नो घर फर्किनुपर्ने हुन्छ । तर त्यसअघि केटीकी आमाले दुवै जोडीका लागि खानेकुराहरु लिएर जान्छिन् र खुवाएपछि छोरी लिएर फिर्ता हुन्छिन् । विवाहपछि बच्चा जन्मियो भने केटीले बुबाको घर छाड्नै पर्ने हुन्छ । त्यो बेला केटीले चाहेमा अरु नै केटासगँ गएर बस्न सक्छिन् । त्यसैले यो समुदायलाई यस आईल्याण्डमा फ्रि लभ कम्युनिटि समेत भन्ने गरीन्छ । यो समुदायको संख्या करीब १२ हजार रहेको त्यहाँको सरकारले जनाएको छ । उनीहरुको भाषा पनि फरक रहेको छ ।