जान्नुहोस्, यी हुन् मधुमेहका लक्षण

काठमाडौं । हाम्रो शरीरमा लामो समयसम्म हुने विभिन्न रसायनिक प्रतिक्रियाका कारण रगतमा चिनीको मात्रा वढ्छ । अनि समस्या देखिन्छ । जसलाई चिनी रोग अर्थात् मधुमेह भनिन्छ । प्यांक्रियाजले पर्याप्त मात्रामा इन्सुलिन उत्पादन गर्न नसकेमा वा उत्पादन भएको इन्सुलिनप्रति शरीरका कोषले राम्रोसँग प्रतिक्रिया जनाउन नसकेमा यस्तो समस्या देखिन्छ ।

मधुमेह भएमा अत्यधिक भोक र तिर्खा लाग्छ । तौल घट्ने, पिसाव धेरै लाग्ने, धकान महसुस र कमजोरी हुने हुन्छ। मधुमेहका बिरामीमा खाने शैलीले धेरै नै प्रभाव पार्छ । त्यसैले खानामा विशेष ध्यान पुर्याउनुपर्छ । यो जानकारी नयाँ पत्रिका दैनिकबाट साभार गरिएको हो ।

चिकित्सक भन्छन्, ‘मासु राम्रोसँग पकाएर खाए बर्ड फ्लु सर्दैन’

काठमाडौं, चैत ६ । बर्ड फ्लु कारण कुखुराको मासु खान हितकिचाउन नपर्ने चिकित्सकले बताएका छन्। राम्ररी पकाएको मासु आँदा बर्ड फ्लु भाइरसले कुनै असर नगर्ने उनीहरूको दाबी छ । स्वास्थ्य सेवा विभाग, इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख डा. विवेककुमार लालले मासु उपभोक्ता तुलनात्मक रुपमा सुरक्षित रहेको बताए। ‘काँचो मासु खानु हुँदैन्, पकाएर खानु पर्छ। पकाएर खाँदा बर्ड फ्लुको जोखिम हुँदैन,’ उनले भने।मासु उपभोग गर्नेभन्दा पशुपन्छीको स्याहारसुसार गर्ने किसान र कामदारको स्वास्थ्य जोखिममा छ। उनीहरुमा बर्ड फ्लु को संक्रमण हुने जोखिम रहेकाले सजग हुन चिकित्सकले सल्लाह दिएका छन्। यो समाचार अन्नपूर्ण पोस्ट दैनिकबाट लिइएको हो ।

आगोले पोल्यो? अपनाउनुहोस् तुरन्तै यस्ता उपाय

काठमाडौ‌ं, चैत ३ । आगोले पोलिरहेको छ भने तुरुन्तै कम्बलले छापेर घटनास्थलबाट बाहिर निस्कनेरनिकाल्ने र बाक्लो कपडाले छाप्ने। पोलेको अंग चिसो पानीमा डुबाएर राख्ने। पानी नभएको अबस्थामा नरम कपडाले छोप्न पनि सकिन्छ। पोल्नेवित्तिकै मानिसको शरीमा भएका औँठी, चुरा, माला, जुत्ता वा अन्य कसिला सामग्रीलाई शरीरबाट उतार्ने। नत्र पोलेको भाग सुन्निएर पछि निकाल्न अप्ठ्यारो हुन्छ। बिरामी खानसक्ने अबस्थामा भए प्रशस्त पानी वा अन्य झोलिलो पदार्थ सेवन गराउने। जलेको भागमा कुनै पनि प्रकारको लोसन, तेल वा अन्य पदार्थ नलगाई छिटोभन्दा छिटो स्वास्थ्य संस्थामा पुर्याउने। जलेपछि उठेको फोकालाई कहित्यै पनि फुटाउने प्रयास गर्नु हुँदैन। सासायनिक जलन छ भने रसायनले भिजेको कपडालाई तुरुन्तै शरीरबाट बाहिर निकाल्नुपर्छ। र, प्रभावित भागलाई करिब २० मिनेटसम्म चिसो पानीले सफा गर्नुपर्छ। यो जानकारी नयाँ पत्रिका दैनिकबाट लिइएको हो ।

घुर्ने समस्याले हैरान हुनुहुन्छ? अपनाउनुहोस् यस्ता उपाय

काठमाडौं, चैत २ । कतिपयलाई घुर्ने समस्याले सताइरहेको हुन्छ। राति निद्रामा घुर्ने यो बानीले आफूलाई भन्दा पनि सँगै सुत्ने साथीलाई बढी असर पुर्‍याइरहेको हुन्छ। तर हटाउने कसरी? जानकारी नहुन सक्छ। १ सबैभन्दा पहिला त समस्या भएका व्यक्ति आफैंले घुर्ने बानी नियन्त्रण गर्ने कोसिस गर्नुपर्छ। सुत्दा उत्तानो परेर सुत्नु हुँदैन। सधैं कोल्टे फेरेर सुत्दा श्वासनलीमा असर पर्दैन, फलस्वरूप घुर्ने समस्या कम हुँदै जान्छ। २  सकेसम्म नियमिति व्यायाम गर्नुपर्छ। यसले घुर्ने समस्यासँगै शरीर सुगठित हुन पनि मद्दत गर्छ। ३ शरीरको अत्यधिक भारका कारणसमेत श्वासनलीमा असर परिरहेको हुन्छ। मोटोपन भएकाले तौल घटाउनु आवश्यक छ। ४  सकभर बेलुकीको खाना हलुका किसिमको खानुपर्छ। त्यस्तै बढी चिल्लो, पिरो भएका खानेकुराहरू खानु हुँदैन। ५  घुर्ने मानिसमा टन्सिलको समस्या पनि भएमा झन् बल्झिने हुन्छ। तसर्थ, यसको समयमै उपचार गर्नुपर्छ। ६  अत्यधिक धूमपान, मद्यपान र लागुऔषधबाट टाढा रहनुपर्छ। ७  घुर्ने समस्या बढी देखिएमा चिकित्सकसँग सल्लाह लिनु आवश्यक हुन्छ।

कोलस्ट्रोल कसरी घटाउने? यस्ता छन् उपाय

काठमाडौं । हाम्रो शरीरमा कोलस्ट्रोलको मात्रा धेरै भयो भने विभिन्न रोग लाग्न सक्छन् । रगतमा कोलस्ट्रोल बढ्नु मुटुका लागि हानिकारक मानिन्छ । साथै यो क्यान्सरका लागि पनि घातक हो । अब जानौँ, रगतमा कोलस्ट्रोलको मात्रा घटाउन कस्तो खानपान हुनुपर्छ? यो जानकारी नयाँ पत्रिका दैनिकबाट लिइएको हो । –शाकाहारी खाना खाने गर्नु कोलस्ट्रोल हटाउने सबैभन्दा उत्तम उपाय हो । किनकि, शाकाहारी खानामा कोलस्ट्रोलको मात्रा अति कम हुन्छ । –मासु, कलेजो, अन्डाको पहेँलो भाग, दूध, घिउ, मख्खन आदि अत्यधिक कोलस्ट्रोल भएका खाद्यपदार्थ कम मात्र सेवन गर्नुपर्छ । –धेरै चिल्लोपदार्थ पनि खानुहुँदैन । सूर्यमुखी, मकै, भटमास, शुद्ध तोरी आदिको तेल ठीक मात्रामा प्रयोग गर्नुपर्छ । त्यस्तै, काजु, बदामजस्ता नट्स सेवन गरेमा हाम्रो शरीरलाई आवश्यक तेल स्वतः परिपूर्ति हुन्छ । –माछा, कुखुरा र टर्की आदिको मासुमा कम बोसो हुने हुनाले यी पदार्थ खान सकिन्छ । त्यो पनि कम मात्रामा मात्र उपयोग गर्नुपर्छ । –खसी, बोका, भेडा, च्यांग्रा, बँदेल, बंगुर आदिको मासुमा अत्यधिक स्याचुरेटेड फ्याट हुने हुँदा यिनको मासु नखाएकै बेस हुन्छ । –खाना पकाउँदा तेल कम राख्ने तथा दाल, भटमास, सिमी, मटर आदिमा पाइने प्रोटिनमा बढी जोड दिने गर्नुपर्छ । –सागपात, हरियो तरकारी, फलफूल, गहुँ , चामल र दाल अत्यन्त फाइदाजनक छन् । यिनीहरूको उपयोग प्रशस्त मात्रामा गर्ने । –माछाको तेल, सिमी, बोडी, भटमास, ओखर, कागती, बदाम आदिबाट तयार पारिएका पदार्थ खानामा प्रयोग गर्नुपर्छ । यसले कोलस्ट्रोलको नकारात्मक असरलाई कम गर्छ । –बेलुकाको खाना अलि सबेरै (७ बजे) खानु उपयुक्त हुन्छ । खाना खानेबित्तिकै सुत्नु हानिकारक हुन्छ ।

देशभरका चिकित्सक आन्दोलनमा, आकस्मिक बाहेकका सबै सेवा ठप्प

काठमाडौं, माघ १८ । डा. गोविन्द केसीको जीवनरक्षाको माग गर्दै देशभरका चिकित्सकहरु आन्दोलनमा उत्रिएका छन् । चिकित्सकहरु आज आकस्मिकबाहेकका सबै सेवा बन्द गरेर आन्दोलनमा उत्रिएका हुन् । डा. केसीले अनसन सुरु गरेको २४ दिन भइसक्दा पनि सरकारले उनको जीवनरक्षाका लागि कुनै पहल नगरेको भन्दै चिकित्सक आक्रोशित भएका हुन् । डा. केसीको मागलाई बेवास्ता गरी संघीय संसद्का दुवै सदनबाट चिकित्सा शिक्षा विधेयक पारित भएको विरोधमा चिकित्सकले आन्दोलन थालेका हुन् । नेपाल चिकित्सक संघको बिहीबार बसेको आकिस्मक बैठकले सरकारका कारण डा. केसीको जीवन संकटमा परेको र उनीसँगको सम्झौता कार्यान्वयनमा बेवास्ता गरेको भन्दै आकस्मिक सेवा बाहेकका सबै सेवा बन्द गरी प्रदर्शनमा उत्रने निर्णय गरेको थियो । संघले आजको विरोध कार्यक्रम सांकेतिकमात्र भएको जनाएको छ ।

सम्झौता अक्षरश: पालना नगरेसम्म सत्याग्रह जारी राख्ने डा. केसीकाे घाेषणा

काठमाडौँ — डा. गोविन्द केसीले प्रधानमन्त्री केपी ओलीले आफूसँग गरेको सम्झौता अक्षरश: पालना नगरेसम्म सत्याग्रह जारी राख्ने बताएका छन् । कान्तिपुर दैनिकका अनुसार डा. केसीले प्रधानमन्त्रीसँग न्यूनतम इमानदारी छ भने हामीसँग गरेको सम्झौताअनुसार हुबहु चिकित्सा विधेयक पारित हुनुपर्ने बताएका छन् । गुणस्तरीय स्वास्थ्य शिक्षा दिने शिक्षण संस्थान तथा ठूला अस्पताल देशभर न्यायोचित वितरण भए कुनाकाप्चामा बस्ने नेपालीको समान पहुँच हुने उनको भनाइ छ । १५ औं अनशनमा प्रधानमन्त्री ओलीसँग भएको सम्झौतालाई तोडमरोड गरेर शिक्षामन्त्री गिरिराजमणि पोखरेलले चिकित्सा विधेयक समितिबाट पारित गरेको आरोप उनले लगाए । ‘विधेयकबाट हाम्रा बुँदा हटाएर ओलीजीको पार्टीका सांसदहरूले माफियामुखी बुँदा राखे,’ केसीले भने । उनले विद्यार्थी र जनतामारा बुँदा राखेर चिकित्सा विधेयक पारित गरिएको दाबी पनि गरे । डा. केसीलाई आइतबार दिउँसो त्रिवि शिक्षण अस्पतालको आईसीयूबाट क्याबिनमा सारिएको छ । 

स्तनको आकार बृद्धि गर्न सकिन्छ ?

काठमाडौं, डा. राजेन्द्र भद्रा । म २० वर्षीया युवती हुँ । अहिलेसम्म पनि मेरो स्तनको विकास भएको छैन । मैल एकपटक चिकित्सकलाई देखाउँदा पहिला महिनावारी हुनुपर्ने बताइएपछि मैले ओभरल भन्ने औषधी खाएँ । त्यसपछि महिनावारी त भयो, तर त्यो औषधी छोडेपछि महिनावारी पुन: बन्द भयो । जब त्यो औषधी लिन्छु तब मात्र महिनावारी हुन्छ । मलाई आफ्नो स्तन देखेर धेरै चिन्ता लाग्छ । अरूले पनि नराम्रो नजरले हेर्छन्, जसका कारणले मैले एकपटक आत्महत्या गर्ने प्रयास समेत गरें । म जसरी भए पनि यो समस्याबाट मुक्त हुन चाहन्छु । के गर्ने होला  ? ब्रेस्ट सर्जरी गर्न कति खर्च लाग्छ ?  स्तनको विकास स्तनको वृद्धि धेरैजसोमा ११ वर्षको उमेरमा सुरु भएर १५ वर्षमा पूरा हुन्छ । सामान्यत: दुई–तीन वर्ष चाँडो–ढिलो हुन सक्छ । स्तनको विकासको कुरा गर्दा आकृति (shape) आयतन (size) लाई नै Tanner Stage भनिने पाँच चरणमा बाँडिएको छ । पहिलो चरण : यो किशोरावस्था भन्दा पहिलेको अवस्था हो । यो अवस्थामा स्तनको मुन्टो मात्र उठेको हुन्छ । दोस्रो चरण : Bud जस्तो देखा पर्छ, यो चरणमा स्तन र मुन्टो अलिकति माथि उठेको हुन्छ । Areola (मुन्टोको वरिपरिको कालो रंगको छाला भएको क्षेत्र) अलि ठूलो भएर आउँछ । तेस्रो चरण : स्तन अझ बढ्ने र ग्रन्थिय तन्तु (glandular tissue) बन्ने क्रम जारी रहन्छ । चौथो चरण : Areola र मुन्टो अझै उठ्ने, स्तनको सबै भागमा अझ वृद्धि हुन्छ । पाँचौं चरण : स्तन वयस्कको जस्तै विकसित हुने, स्तनले गोलाकार आकृति लिने, Areola स्तनको अन्य भागको सतह समान हुने र मुन्टो मात्र उठेको स्थितिमा हुने । पूर्ण विकसित स्तनको आकार र साइजमा धेरै भिन्नता पाइन्छ । गर्भवती र स्तनपान गराइरहेको अवस्थामा स्तन केही ठूलो हुन्छ । व्यक्तिको वजन बढी भए यसको आकार पनि ठूलो हुन्छ । किशोरावस्थामा स्तनको तीव्र वृद्धि हुनुको मुख्य कारणचाहिं स्तनमा बोसो जम्मा हुनु हो र स्तनको आकार (आयतन) निर्धारण गर्ने मुख्य कुराचाहिँ हार्मोन हो, त्यसैले यसको आयतनलाई सजिलै परिवर्तन गर्न सकिंदैन । माथिका चरणहरूले स्तनको विकासलाई देखाउँछ नकि यसको वास्तविक आकृति वा आयतनलाई । स्तनको आकार र आयतनको महत्व तपाईंले भन्नु भएजस्तै यसको आफ्नै प्रकारको महत्व छ । स्तनले महिलालाई यौन आकर्षक बनाउँछ र स्तनको स्पर्श महिला तथा पुरुष दुवैलाई यौन आनन्दको स्रोत हुन सक्छ । स्तनको आकृति तथा आयतनले महिलाको मानसिकतामा महत्वपूर्ण प्रभाव पार्छ । कतिले यसलाई आत्मसम्मानको कुरा मान्छन् । महिलाहरूमा स्वास्थ्य भन्दा सुन्दरताका कारणले बढी चिन्ता गरिने पाइएको छ । तपाईंको चिन्ताको मूल जरो पनि यही हो । अचेल शरीरलाई अति नै दुब्लो तर स्तनचाहिँ ठूला हुनुपर्ने फेसन छ, जुन त्यति सजिलो छैन । फेरि चित्रहरूमा जुन चलाखीले स्तनलाई आकर्षक देखाइएको हुन्छ त्यसो गर्न त्यति सजिलो पनि छैन, कतिपय स्थितिमा हामी दिग्भ्रमित हुन पुग्छौं । आमसञ्चारमा चित्रित गरिने व्यक्तित्वहरू आमव्यक्तिभन्दा फरक हुन्छन् भन्ने कुरा हामीले बुझ्नुपर्छ । हामी सबैको शरीर तथा आनीबानी आमसञ्चारमा देखाइएका पात्र जस्तै हुनुपर्छ भन्ने छैन । स्तन सानो हुँदैमा यौन क्रियाका लागि आवश्यक संवेदनशीलता नरहने वा शिशुलाई स्तनपान गराउन असक्षम हुने होइन । केही पुरुष ठूला स्तनप्रति आकर्षित हुने भए पनि वास्तविक यौन क्रियाका बेला स्तनको आयतनलाई नै सुखमय यौन जीवनका लागि मुद्दा बनाउँदैनन् । त्यसैले साना स्तन हुनेहरूको वैवाहिक जीवन पनि सहज र रमाइलो भएका थुप्रै उदाहरण छन् । त्यसैले यस विषयमा अनावश्यक चिन्ता गर्नु र आत्महत्याको प्रयास त के सोच आउनसम्म दिनु बुद्धिमानी होइन, तर तपाईंले यसलाई निको पार्ने सोच राख्नुभएको कुराले भने म उत्साहित छु । स्तनको विकास नहुने कारण र महिनावारी नियमित नहुनुको संकेत हामीलाई थाहै छ, किशोरावस्थामा विभिन्न शारीरिक परिवर्तनहरू हुन्छन् । तपाईंले स्तन तथा महिनावारीको बाहेक सहायक यौन चिन्हहरूका बारेमा भने केही लेख्नुभएको छैन । १४ वर्षको उमेरसम्म पनि स्तनको विकास नहुनु वा यौनकेश (यौनाङ्ग वरिपरि रौं) नआउनु वा १६ वर्ष सम्म महिनावारीको सुरुवात नहुनु, स्तनको विकास हुन थालेको ५ वर्ष पछिसम्म पनि महिनावारी नहुनुले तपाईंको यौवनावस्थामा प्रवेश हुने कुरामा ढिलाइ भएको संकेत गर्छ । यसरी यौवनावस्था सुरु हुने कुरामा ढिलाइ हुनुका अनेक कारण हुन सक्छन् । कुनै दीर्घरोग, कुपोषण वा वंशाणुमा भएका खराबी अनि हार्मोन (पिटयुटरी वा थाइराइड) मा भएका खराबी त्यसका कारण हुन सक्छन् । तपाईंले यस विषयमा केही पनि जानकारी दिनुभएको छैन, त्यसमा पनि चिकित्सकले तपाईंको समस्याका बारेमा के भन्नुभयो, जानकारी दिनुभएको छैन । तपार्इंका आमा वा दिदी–बहिनीमा पनि यस्तो समस्या भए/नभएको कुरा पनि पत्रमा केही उल्लेख छैन । समाधान के होला त ? यदि यौनावस्थाको सुरुवातमा ढिलाइ भएको हो भने त्यसको कारण अनुसार उपचार गर्नुपर्ने हुन्छ । यस्तो समस्याका लागि चिकित्सक त्यसमा पनि हार्मोनसम्बन्धी विशेषज्ञ (Endocrinnologist) सँग सम्पर्क राख्नु उपयुक्त हुन्छ । कतिपय समाजमा ठूला आकारका स्तनलाई आकर्षक मानिने भएकाले विकसित मुलुकहरूमा शल्यक्रिया (mammoplasty) गरेर स्तनको साइज बढाउने चलन नै चलेको छ । यो निकै खर्चिलो भएको र शल्यक्रिया तथा यसमा प्रयोग गरिने वस्तुहरूको आफ्नै कतिपय नकारात्मक असर पर्न थालेको देखिएको हुनाले त्यसका वैकल्पिक उपायहरूको अवलम्बनका बारेमा पनि निकै प्रचार गर्न थालिएको छ । तपाईंलाई थाहै छ कि भाग्यवश स्तन खुला राख्नु नपर्ने अङ्ग हो । यसको उभारलाई शल्यक्रिया नै नगरी बढी भएजस्तो देखाउन सकिन्छ । थुनचोली (ब्रा) भित्र कपडा, कपास वा यस्तै कुनै वस्तुको प्रयोग गर्नुबाहेक स्तनलाई माथितिर उचाल्न प्रयोग गरिने साधनहरूले स्तनको वास्तविक साइजमा परिवर्तन नगरे पनि देख्दा स्तन ठूलो भएको भान पर्न जान्छ र सुन्दरतामा वृद्धि हुन्छ । यसै किसिमले स्तनलाई पूरै ढाक्ने साधन पनि प्रयोग गर्न सकिन्छ, जसको मद्दतले स्तन केही ठूलो भएको भान पार्न सकिन्छ । यसैगरी वक्षस्थलमा उभार ल्याउन बाक्लो तरल सिलिकोन भएका साधनहरू पनि पाइन्छन् । ब्राभित्र लगाउन मिल्ने यस्ता साधन प्रयोग गर्दा लुगाबाहिरबाट स्पर्श गर्दासमेत सजिलै वास्तविक स्तन हो वा होइन भन्न सकिंदैन । यी साधनको प्रयोगले स्तनको आकारलाई यस्तै १ वा २ साइज बढी देखाउन सकिने भएकाले ब्रा पनि त्यही आकारको लगाउनुपर्ने हुन्छ ।  साप्ताहिकबाट

तीन सय २५ टक्सारबासीद्वारा स्वास्थ्य जाँच

पाण्डव पुजारा, भोजपुर । चण्डेश्वरी हेल्थ कियर प्राईभेट लिमिटेड काभ्रेको आयोजनामा भोजपुर नगरपालिका वडा नम्बर १२ मा टक्सारमा बुधबार स्वास्थ शिविर भएको छ । कृष्ण होमियो तथा प्राकृतिक थेरापी सेन्टर खाँदवारीको सहयोगमा भएको शिबिरमा टक्सारका ३ सय २५ जनाले चेकजाँच गराएका छन् । शिबिरमा आयुर्वेद विभागका पुर्ब महानिर्देशक डा. शेषराज आचार्यका अनुसार नशा, ग्याष्ट्रीक, सुगर, थाईराईडका बिरामीहरु बढी मात्रामा भएको बताए । कृष्ण होमियो तथा प्राकृतिक थेरापी सेन्टर खाँदवारीका संचालक कृष्ण श्रेष्ठले शिबिर भोजपुर नगरपालिकाका वडा नम्बर ९, ७, १० ८,५, मा भईसकेको  बताए । साथै शिबिरमा बिशेषज्ञ डाक्टर शेषराज आचार्य र बैद्यद्धारा अकुलाईफ मेसीनद्धारा निशुल्क चेकजाँका साथै परामर्श दिईरहेको पनि बताए । ‘‘जेष्ठ नागरिकलाई औषधीमा ३० प्रतिशत छुट दिईन्छ’’ संचालक कृष्ण श्रेष्ठले भने ‘‘जेष्ठ नागरिक बाहेकका उमेर समुहलाई १५ प्रतिशत छुटमा दिईएको छ ।’’ भेजपुर नगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष कुमार प्रशाद श्रेष्टले  यस किसिमका शिबिरहरु आगामी दिनमा पनि अत्यआवश्यक रहेको बताए । भोजपुर नगरपालिकामा पौष २७ गते हेलौछा स्वास्थ्य चौकी भवनमा, पौष २८ गते वडा नम्बर १ को कार्यालय,  पौष २९ गते  सिद्धेश्वर वडा कार्यालय भवनमा, माघ २ गते गुप्तेश्वर वडा कार्यलय भवनमा र माघ ४ गते वडा नम्बर ६ को भेटघाट चौक भंगेरीमा रहेको छ । शिबिरमा पेटसम्बन्धी, छालासम्बन्धी, बालरोगहरु, नाक, कान घाटी, आँखा, स्त्रि– रोगहरु, पुरुष सम्बन्धी रोगहरु, छाती सम्बन्धी रोगहरु,  हाडजोर्नी तथा नशा सम्बन्धी रोगहरु, टाउको तथा मानसिक रोगहरु, तथा अन्य शरिरका बिभिन्न रोगहरुको चेकजाँच हुने आयोजकले बताए । पौष १६ गते देखि सुरु भएको शिबिर माघ ४ गतेसम्म भोजपुर नगरपालिकामा संचालन हुनेछ ।

गाउँशहरमा आजभोलि गर्भपतन गर्नेको संख्यामा वृद्धि

पाल्पा, पुस २३ । गाउँ शहरमा असुरक्षित गर्भपतनको दर अत्याधिक बढेको यहाँ आयोजित अन्तरक्रियाका सहभागीले बताएका छन् । उनीहरुले असुरक्षित गर्भपतन सेवा लिने महिला तथा किशोरीहरुको ज्यान जोखिममा पर्दै गएको समेत बताए । अब हरेक क्षेत्रमा सूचना प्रवाह गर्न पत्रकारहरुले सहयोग गर्नुपर्ने आग्रह स्वास्थ्य कार्यालयले गरेको छ । स्वास्थ्य कार्यालय र आइपास नेपालको आयोजनामा सुरक्षित गर्भपतनको विषयमा पत्रकारहरुसंग अन्तक्र्रिया कार्यक्रम गरेको हो । अघिल्लो वर्षभरि भएका गर्भपतनमध्ये ५९ प्रतिशत असुरक्षित गर्भपतन रहेको तथ्यांक प्रस्तुत गरिएको थियो । सरकारी संस्थाहरुमा निःशुल्क रुपमा गर्भपतन सेवा उपलब्ध रहेको जानकारी फैलाउन आफुहरुले नसकेको आयोजक संस्थाले स्वीकारेका छन् । सरकारी संस्थाहरुमा गतवर्ष ९ सय १७ जनाले सुरक्षित रुपमा गर्भपतन गराएका थिए। नेपाल परिवार नियोजन संघमा मात्रै ११ महिनाको अवधिमा ६ सय ६८ जनाले सुरक्षित गर्भपतन सेवा लिएका छन् । त्यती नै संख्यामा असुरक्षित गर्भपतन भएको अनुमान स्वास्थ्य कार्यालयको छ । अब जनचेतनाको आवश्यकता बढ्दै गएको कार्यक्रममा सहभागीहरुले बताए । कार्यक्रममा स्वास्थ्य कार्यालयका प्रमुख विश्वनाथ न्यौपाने गर्भपतन सेवा महिलाको हक र अधिकारसंग जोडिएको बताए । उनले सरकारले पछिल्लो समयमा २८ हप्तासम्मको गर्भपतनलाई कानुनी मान्यता दिएको बताए । नौ हप्ता सम्मको गर्भपतन औषधीबाट गर्न सकिन्छ । नौ हप्तादेखि १२ हप्तासम्मको औजारबाट गर्ने गरिन्छ । यस्तै विभिन्न समस्या देखिएमा १२ देखि २८ हप्तासम्मको गर्भ चिकित्सकको परामर्शबाट गर्भपतन गर्न सकिने प्रावधान रहेको छ । १६ वटा सरकारी संस्था, नेपाल परिवार नियोजन संघ र लुम्बिनी मेडिकल कलेजबाट औषधी तथा औजारबाट गर्भपतन सेवा तथा परामर्श दिदै आएको स्वास्थ्य कार्यालयकी पव्लिक हेल्थ नर्स अधिकृत कल्पना पौडेलले बताइन् । गर्भपतन सेवालाई सुरक्षित बनाउन, महिलाको मृत्युदर घटाउन, गर्भपतन सेवा महिलाको अधिकार भन्ने कानुनी मान्यतालाई स्थापित गर्न विभिन्न दातृ निकायले पनि सहयोग गर्दै आएका छन् । जिल्लामा पनि आइपास नेपाल नामक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले वि।सं। २०७३ सालदेखि सहयोग गर्दै आएको छ । जिल्लाको सरकारी स्वास्थ्य संस्थाहरुका कार्यरत कर्मचारीहरुलाई तालिम तथा औजारमा सहयोग गर्दै आएको त्यसकी जिल्ला संयोजक राधिका नायजुले बताइन् । नेपालमा वार्षिक रुपमा ३ लाख ३२ हजार गर्भपतन हुँदै आएकोमा १ लाख ८६ हजार १ सय ४४ जनाले अझपनि असुरक्षित गर्भपतन गर्दै आएका छन । कार्यक्रममा आइपास नेपालकी कोडिनेटर थमकुमारी कुवँरले गर्भपतनको कानुनी अवस्था, सुरक्षित गर्भपतनको बारेमा जानकारी गराइन् । गर्भपतनलाई परिवार नियोजनका साधनका रुपमा लिएपछि भ्रणको हत्या गर्ने क्रम बढेको स्वास्थ्य कार्यालयका सूचना अधिकारी माधव ज्ञवालीले बताए । विभिन्न अस्पताल तथा नीजि क्लिनिकहरूमा गर्भवती महिलाले नचाहेको गर्भको हत्या गरेको पाइएको उनले बताए । एउटै महिलाले दुई वर्षको अवधिमा तीन पटकसम्म गर्भपतन गराएको भेटिएको स्वास्थ्य कार्यालयले जनाएको छ । स्वास्थ्य कार्यालयले जिल्लाका विभिन्न स्थानमा रहेका १६ वटा स्वास्थ्य संस्थामार्फत सुरक्षित गर्भपतन सेवा दिने गरेको छ । त्यसपछि गर्भपतन गराउनेको संख्या बढ्दै गएको उनले बताए । जिल्लामा सन् २००८ देखि सुरक्षित गर्भपतन सेवा शुरु भएको हो । आव २०७४÷७५ मा ९ सय १७ जना महिलाले मान्यता प्राप्त स्वास्थ्य संस्थामा पुगेर सुरक्षित गर्भपतन सेवा लिएका थिए । जबकी आव २०७३÷७४ मा ७ सय ४४ जनाले गर्भपतन गराएका छन् । पछिल्लो समय गर्भ निरोधकका अस्थायी साधन र स्थायी साधन प्रयोग गर्नुभन्दा पनि गर्भपतन गर्ने क्रम बढ्दो छ । जिल्ला सरकारी अस्पतालमा२ सय ९० र रामपुर अस्पतालमा १ सय ६५ जनाले अघिल्लो आर्थिक वर्षमा गर्भपतन गराएका छन् । जिल्लाकै ताहुँ प्राथमिक स्वास्थ्य केन्द्रमा ६४, खस्यौली प्राथमिक स्वास्थ्य केन्द्रमा एक जनाले सुरक्षित गर्भपतन सेवा लिएको स्वास्थ्य कार्यालयले जनाएको छ । अर्गलीमा २५, मदनपोखरामा ५०, झडेवामा ५९, छहरामा ७७, गाडाँकोमाट ३४, पालुङमैनादीमा ३९, बिरकोटमा दुई, रिङ्नेरहमा ३०, चापपानीमा नौ, नायरनमतलेसमा २३, पिपलडाँडामा सात, हुँगी स्वास्थ्य चौकीमा ४२ जनाले सुरक्षित गर्भपतन सेवा लिएका छन् । छहरा स्वास्थ्य चौकीकी अनमी तुलसी ज्ञवालीले सुरक्षित गर्भपतन गराउन आउनेको सबै विवरण गोप्य राखिने बताइन् । उनले अहिलेसम्म सेवा लिन आउनेहरुले लामो तथा छोटो अवधिको अस्थायी साधन प्रयोग गर्नलाई प्रोत्साहन गर्ने गरेकोसमेत बताइन् । ‘सबैले निकै सोधी खोजी गर्न खोज्छन्,’ उनले भनिन्, ‘हामीले हाम्रो गोप्यतामा कहिल्यै कमी हुने दिने छैनौ ।’ क्याम्पस पढ्ने र शिक्षित परिवारमा सुरक्षित गर्भपन गर्नेको संख्या बढिरहेकोस्वास्थ्य कार्यालयका सूचना अधिकारी माधव ज्ञवालीले बताए । स्वास्थ्य संस्थामा नै पुगेर सुत्केरी गराउने, लामो समयसम्म परिवार नियोजनको साधनलाई अपनाउन जोड दिनुपर्ने उनले बताए । जिल्लामा सञ्चालित लुम्बिनी मेडिकल कलेज प्रभास र नेपाल परिवार नियोजन संघबाट पनि १ हजार शुल्क लिएर सुरक्षित गर्भपतन सेवा प्रदान गरिएको छ । जिल्लामा २० वर्षदेखि ४० वर्षसम्मका महिलाले बढी गर्भपतन गराउने गरेका छन् । गर्भवती महिलाको लिखित मञ्जुरीमा लिंग पहिचान नगरी मान्यता प्राप्त स्वास्थ्य संस्थाबाट मात्र गर्भपतन गराउन सकिन्छ । जनताटुडेबाट

१२ वर्षमै आमा बन्दा गगांमायाको अनुभव

काठमाडौं, पुष २१ । नातिनी जन्माएकी बाह्र वर्षीया छोरीलाई तंग्रिनका लागि हर्लिक्स घोलेर खुवाउँदै थिइन्, राममाया। तीन दिन अघि छोरी गंगामायाले नातिनी जन्माइन्। बज्यै बनेकोमा खुशी छन्। कलिलै उमेरमा सन्तान जन्माएकी छोरीको हेरचाहमा उनी जुटेकी छन्। मकवानपुर, राक्सिराङ गाउँपालिका–७ मा घर छ उनको। ‘काठमाडौंबाट पन्ध्र सय रुपैयाँ बस भाडा लाग्छ’, नातिनी खेलाउँदै राममायाले भनिन, ‘मैले सत्र वर्षमा छोरा जन्माएँ। छोरीले बाह्र वर्षमै छोरी जन्माइ।’ पुस १८ गते जन्मेकी नवजात शिशुको तौल २ किलो ९ सय ग्राम छ। चार कक्षासम्म पढेकी गंगामाया छोरीलाई हेर्छिन्। मुसार्छिन्। आफैं लजाउँछिन्। मुस्काउँछिन्। शल्यक्रिया गरी शिशु जन्माएका कारण उनलाई उठ्न समेत सकस छ। ‘दूध खुवाउन सकेकी छैन। आमाको दूध खान नसकुन्जेल दूधदानीमा यै (सेरलेक्स) खुवाउने हो’, राममायाले भनिन्। सुत्केरी गंगामायाले भने हर्लिक्स र जाउलो खान थालेकी छन्। परोपकार प्रसुति गृहको क्याबिन नं ५ मा बालिका गंगामायाले शिशु जन्माएपछि सोध्दै जानेहरू बढेपछि नर्सहरू पनि हैरान छन्। ‘यति सानो उमेरमा बच्चा जन्माएको देखेर हामीलाई आश्चर्य लाग्यो। अहिले आगन्तुकहरू आउन थालेपछि क्याबिनमा लैजान अप्ठेरो भएको छ’, एक नर्सले भनिन्। उनी कलिलै उमेरमा गर्भवती भएको समाचार सार्वजनिक भएपछि प्रधानमन्त्री केपी ओलीले चासो दिए। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले प्रमुख जिल्ला अधिकारी र गाउँपालिका अध्यक्षलाई सम्पर्क गरी उद्धार र उपचार गर्न चासो देखायो। ‘जीवन जोखिममा पर्ने स्थिति थियो। बालिका र नवजात शिशुको जीवन संकटमा पर्ने अवस्था देखेपछि उद्धार गरी काठमाडौं ल्याइएको हो’, प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले भने। गंगामायालाई एम्बुलेन्समा ल्याई परोपकार प्रसूति गृहमा भर्ना गरिएको थियो। भर्नाका बेला चाँजोपाँजो मिलाउन प्रधानमन्त्री कार्यालयका सहसचिव विनोद कुँवर आफैं खटिएका थिए। गरिबीका कारण चार कक्षा पढ्दा पढ्दै स्कुल जान छाडेकी गंगामाया घाँस काट्ने र बाख्रा चराउने काम गर्थिन। गत माघ ७ गते मामाघर गएकी गंगामाया फर्केर आइनन्। १९ वर्षिय रन्जित प्रजाले फकाएपछि उनी कसैलाई थाहा नदिइ भागिन। ‘टीकाटालो भइ सकेछ। बल्ल हामीले थाहा पायौं। छोरा छोरीमाथि बाबुआमको मायाजाल मात्र हो’, राममायाले स्मरण गरिन्। २० वर्षभन्दा सानो उमेरमा विवाह गर्न नपाइने कानुनी प्रावधान छ। तर, परिवारले मान्यता दिए। केही दिनपछि श्रीमान् रञ्जितले वेवास्ता गर्न सुरु गरे। श्रीमान्को अर्कै पत्नी भएको उनले थाहा पाइन्। आफू दोस्री भएको थाहा पाएपछि दुखित हुँदै माइती फर्किन। गरिबी र अशिक्षाका कारण चेपाङ समुदायमा कलिलैमा विहे गर्ने र समय नपुग्दै आमा बन्ने क्रम अहिले पनि छ। अन्नपूर्ण पोस्ट्बाट

बढी सुत्ने बानी छ ? ज्यान जाला है !

निद्रा कसलाई मीठो नलाग्ला र ? झन् जाडोको याममा त दिनभरी सिरकभित्र गुट्मुटिएर सुत्नुको आनन्द नै बेग्लै । निद्रा मानव स्वास्थ्यका लागि कति महत्वपूर्ण छ भने हामी आफ्नो एक तिहाइ जीवनकाल त सुतेरै बिताउने गर्दछौं । तर सुत्नुको सीमा हुन्छ । सामान्यतया एउटा स्वस्थ मानिसले दिनमा छदेखि आठ घण्टाभन्दा बढी सुत्नु हुँदैन । फेरि पनि कतिपय मानिसलाई सुतेपछि बढी तरोताजापन महसुस हुनेहुँदा उनीहरू समय मिल्नासाथ सुत्न मन पराउने गर्दछन् । यदि तपाईं पनि सुताईको फ्यान हुनुहुन्छ भने बेलैमा सुध्रिहाल्नुस किनभने भर्खरै सार्वजनिक भएको एउटा शोधको नतिजाले तपाईंलाई तर्साउन सक्छ । युरोपियन हार्ट जर्नलमा प्रकाशित एउटा शोध अनुसार एउटा वयस्क व्यक्तिले दैनिक छ देखि आठ घण्टाभन्दा बढी सुत्नु जोखिमपूर्ण हुनसक्छ । शोधमा बढी सुत्ने मानिसमा मुटु रोगको खतरा बढी हुने बताइएको छ । आजसम्म कम सुत्ने मानिसलाई मात्रै मुटुरोगको जोखिम हुने मानिँदै आएको थियो । आजसम्म गरिएका सबै शोधहरूले आवश्यकताभन्दा कम्म निद्राले ऊर्जा कम खपत हुने, भोक प्रभावित हुने र शरीरको ग्लुकोज मेटाबोलिज्ममा फेरबदल आउने बताइएको थियो । यस्तो अवस्था मुटुसम्बन्धी समस्याहरूको कारक बन्न सक्ने बताइन्छ । तर हालैका केही अध्ययनहरूले भने बढी सुत्नेहरूमा पनि यस्तो जोखिम रहने खुल्न आएको छ । युरोपियन हार्ट जर्नलमा प्रकाशित शोधमा आठ घण्टाभन्दा बढी सुत्ने व्यक्तिहरूमा हृदयघात र स्ट्रोकको सम्भावना ठिक्क सुत्नेहरूभन्दा बढी पाइएको थियो । यस्ता मानिसहरूमा चांडै मृत्यु हुने सम्भावना अरुभन्दा ४१ प्रतिशतले बढी पाइएको थियो । यस अध्ययनका लागि म्याकमास्टर एण्ड पेकिङ यूनियन मेडिकल कलेजका चुआङशी वाङको नेतृत्वको टीमले २१ देशका विभिन्न क्षेत्रहरूबाट फरक फरक आर्थिक हैसियतका एकलाख १६ हजार ६ सय ३२ वयस्कहरूको सुताईको विवरणलाई विश्लेषण गररेको थियो ।

क्यान्सर रोगीको अनुदानकाे रकम वृद्धि हुन्छः अध्यक्ष प्रचण्ड

भक्तपुर, पुस २० । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष प्रचण्डल क्यान्सर रोगको उपचारका लागि भनेर असहाय र गरिबलाई दिइँदै आएको एक लाख रुपैयाको सहयोग राशिमा बढोत्तरी गर्न आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । नेपाल क्यान्सर रिलिफ सोसाइटीको २८ औं केन्द्रीय सभाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यसो भनेका हुन् । असहाय र निर्धन रोगीहरूलाई दिइने उक्त रकम क्यान्सर उपचारका लागि अपुग भएकाले त्यसलाई बढाएर पाँच लाख पुऱ्याउनु पर्ने समाजका अध्यक्ष लोकेन्द्र कुमार श्रेष्ठको प्रस्तावमाथि बोल्दै प्रचण्डले भने, “पाँचै लाख त भन्न सक्दिनँ तर पाँच लाखसम्म पुऱ्याउने मेरो प्रयास रहन्छ ।” साथै प्रचण्डले उक्त रकम क्यान्सरकै उपचारमा विशिष्टता प्राप्त अस्पतालहरूलाई मात्र प्रदान गरेर यसको दुरुपयोग समेत रोकिनुपर्ने बताए । क्यान्सरको उपचारका लागि ल्याइने भनेको अत्याधुनिक उपकरण राख्न अवश्यक पर्ने बंकरको व्यवस्था गरिदिन समेत सरकारसँग पहल गर्ने बताए । अध्यक्ष प्रचण्डले आफूले पनि क्यान्सर रोगका कारण परिवारका दुई सदस्य गुमाइसकेकाले आफूलाई यस रोगको गम्भीरताका बारेमा थाहा भएको समेत बताए । संविधानले नै शिक्षा, स्वास्थ्य र रोजगारीलाई मौलिक हकको रूपमा प्रस्तावित गरिसकेकाले यसलाई मूर्त रुप दिन नागरिक स्तरबाट र राज्यको स्तरबाट पहल हुनु आवश्यक रहेको प्रचण्डको भनाइ थियो । संविधानका प्रावधानहरू यस्ता क्षेत्रमा गम्भीर भएर लगानी बढाए मात्र प्रभावकारी हुनसक्ने प्रचण्डको भनाइ थियो । यसका लागि राज्य संवेदनशील र जवाफदेही हुनुपर्ने अध्यक्ष प्रचण्डले भने । क्यान्सर रोगको समयमै पहिचान र उपचार हुनसके यसबाट ज्यान गुमाउनेहरूको संख्या कम गर्ने सकिने स्मरण गर्दै अध्यक्ष प्रचण्डले यसका लागि व्यापक जनचेतनाको खाँचो रहेको औंल्याए ।

४९ हजार नर्स बेरोजगार !

काठमाडौं, पौष १९ । देशमा नर्सहरूको बेरोजगारीले सीमा नाघेको छ। ६६ प्रतिशत नर्स बेरोजगार छन्। नेपाल नर्सिङ काउन्सिलमा कुल ८५ हजार आठ सय ६ नर्स दर्ता भएकोमा २५ हजारले मात्रै रोजगारी पाएका छन्। काउन्सिलका अनुसार सात हजार नर्स रोजगारीको खोजीमा बिदेसिएका छन्। काउन्सिलमा दर्ता भएका पाँच हजार नर्सको मृत्यु भइसकेको छ। ४८ हजार आठ सय ६ नर्स देशभित्रै बेरोजगार छन्। स्वास्थ्य मन्त्रालयका अनुसार सरकारी स्वास्थ्य संस्थामा १२ हजार नर्स मात्रै कार्यरत छन् भन्ने खबर नयाँ पत्रिका दैनिकमा छ। निजी स्वास्थ्य संस्थामा करिब १३ हजार कार्यरत छन्। परिवार कल्याण महाशाखा नर्सिङ शाखाकी कम्युनिटी नर्सिङ प्रशासक कविता अर्याल निजी स्वास्थ्य संस्थामा कार्यरत नर्सको यकिन तथ्यांक नभएको बताउँछिन्। सरकारीको पनि ठ्याक्कै तथ्यांक भने छैन। मन्त्रालयले पहिलोपटक गरिरहेको कर्मचारीको विवरण संकलन सकिएपछि नर्सको आधिकारिक तथ्यांक आउने अर्यालको भनाइ छ। मन्त्रालयका अनुसार करारबाहेक रिक्त दरबन्दी दुई हजार नौ सय ४५ खाली छ।

भोजपुर नगरपालिका ९ ओटा वडामा पोषण सम्बन्धी अभिमुखीकरण

पाण्डव पुजारा, भोजपुर । भैसीपंखा स्वास्थ्य चौकी भोजपुरको आयोजनामा भोजपुर नगरपालिकाका ९ वडामा सुरक्षित मात्तृत्व तथा बाल्यकालिन÷मात्तृत्व पोषण सम्बन्धी अभिमुखीकरण कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । भोजपुर नगरपालिका वडा नम्बर १० को आर्थिक सहयोग तथा सु आहाराको प्राबिधिक सहयोगमा पौष ९ गते देखि सुरु भएको थिया । सुरक्षित मात्तृत्व बारेमा ज्ञान दिनु, मात्तृशिशु तथा बाल्यकालिन बालबालिकाको बृद्धि र बिकास बारेमा सुचित गराउनु कार्यक्रमको मुख्य उद्देश्य रहेको भैसीपंखा स्वास्थ्य चौकी प्रमुख राकेश राईले बताए । साथै, कार्यक्रममा उपयुक्त गर्भवती समय, गर्भाअवस्था र स्याहार, प्रसुती अवस्था र स्याहार, स्तनपान, पोषणको महत्व, सरसफाई, बिरामी बच्चाको स्याहार आदि स्वास्थ्यका बिभिन्न बिषयमा छलफल गरिएको थियो । कार्यक्रममा भोजपुर नगरपालिकाका ९ वटा वडाका ३ सय ३ जना सहभागीले अभिमुखीकरणमा सहभागी रहेका थिए ।

धौलागिरिका सबै स्वास्थ्य संस्थामा प्रसूति केन्द्र

म्याग्दी, पुस १९ । म्याग्दीको भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा पर्ने धौलागिरि गाउँपालिकाको सबै वडामा प्रसूति केन्द्र सञ्चालन भएको छ । घरमै असुरक्षित रुपमा सुत्केरी हुने र सुत्केरी हुनका लागि छिमेकी वडा, जिल्ला सदरमुकाममा पुग्नुपर्ने समस्या हटाउन गाउँपालिकाको पहलमा प्रसूति केन्द्र सञ्चालन भएको हो । गत वर्ष ५ नम्बर वडामा पर्ने मल्कवाङ र गत हप्ता चार नम्बर वडा मुदीमा रहेको स्वास्थ्य चौकीमा प्रसूति केन्द्र सञ्चालन गरिएको हो । मुदीसँगै सात वटा वडा रहेको धौलागिरि गाउँपालिकाको सबै वडाका स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर सञ्चालन भएको गाउँपालिकाको स्वास्थ्य शाखाका संयोजक लोकनाथ पौडेलले जानकारी दिए । यसअघि धौलागिरिको मुदी स्वास्थ्य चौकीमा मात्र बर्थिङ सेन्टरको सुविधा थिएन् । मुदीमा बर्थिङ सेन्टर शुरु भएपछि मुदी र नेरवाङका ३०० भन्दा बढी घरधुरी लाभान्वित भएका छन् । यसअघि गत वर्ष ५ नम्बर वडा मल्कवाङ स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर सञ्चालन गरिएको थियो । गाउँपालिकाका अध्यक्ष थमसरा पुनले बर्थिङ सेन्टर सञ्चालन भएपछि सुरक्षित प्रसूति सेवामा सहज पहुँच स्थापित भई मातृ शिशु स्वास्थ्यमा सुधार हुने अध्यक्ष पुनले बताए । बर्थिङ सेन्टर सञ्चालनका लागि गुड नेवर्स इन्टरनेशनलको सहयोगमा कदम म्याग्दीद्वारा सञ्चालित सामुदायिक विकास परियोजनाले औजार, उपकरण उपलब्ध गराएको छ । पूर्वाधार व्यवस्थापनका लागि गाउँपालिकाबाट चालू आवमा रु एक लाख विनियोजन गरिएको वडाध्यक्ष बेगप्रसाद घर्तीले जानकारी दिए । एक जना तालीमप्राप्त अनमीको पनि व्यवस्था गरिएको छ । मुदीमा बर्थिङ सेन्टर नहुँदा यसअघि त्यहाँका गर्भवती सुरक्षित प्रसूति सेवाका लागि मुना, ताकम स्वास्थ्य चौकी, दरवाङ प्राथमिक स्वास्थ्य केन्द्र, बेनी अस्पताल र पोखरा पुग्नुपर्ने बाध्यता थियो । प्रसूति सेवाका लागि गाउँबाहिर जानुपर्दा रु ५० हजारभन्दा बढी आर्थिक खर्चको जोहो र हप्तौं समय लाग्ने गरेको थियो । आर्थिकरुपमा विपन्न समुदायका गर्भवती घरमै असुरक्षित रुपमा प्रसूति हुन बाध्य थिए । प्रसूति केन्द्र सञ्चालन भएपछि समय र आर्थिक खर्चको बचत हुनुका साथै जोखिम न्यूनीकरण भएकोमा मुदीका महिला खुशी भएका छन् । एक हजारलाई परिचयपत्र वितरण म्याग्दीको मालिका गाउँपालिकाले सबै वडामा घुम्ती शिविर सञ्चालन गरेर एक हजारभन्दा बढी ज्येष्ठ नागरिकलाई गाउँमै परिचयपत्र वितरण गरेको छ । सात वटा वडा रहेको मालिकाका सबै वडामा एक हप्तासम्म घुम्ती शिविर सञ्चालन गरेर एक हजार ७५ जना ज्येष्ठ नागरिकलाई वडा कार्यालयबाटै परिचयपत्र वितरण गरिएको गाउँपालिकाका उपाध्यक्ष खरमाया बिटालुले जानकारी दिए । परिचयपत्रको आधारमा ६० वर्षभन्दा बढी उमेरका ज्येष्ठ नागरिकले स्वास्थ्योपचार, यातायातलगायत सेवामा छुट सुविधा पाउने व्यवस्था छ । अपाङ्गता तथा ज्येष्ठ नागरिक परिचयपत्र कार्यविधि बनाएर उपाध्यक्ष बिटालुको संयोजकत्वमा अपाङ्गता समन्वय समिति गठन गरिसकेको छ । रासस