पोखरामा ‘एसिया कप ट्रायथोलन’गरिदै, प्रतिस्पर्धामा १५ देशका खेलाडी सहभागी हुने

पोखरामा ‘एसिया कप ट्रायथोलन’गरिदै, प्रतिस्पर्धामा १५ देशका खेलाडी सहभागी हुने

पोखरा। देशको पर्यटकीय राजधानी सहर पोखरामा यही वैशाख १५ गते  ‘एसिया कप तथा साउथ एसियन ट्रायथोलन च्याम्पियनसिप’ हुने भएको छ । खेलकुदको मेगा इभेन्ट रुपमा लिइएको  ‘एसिया कप तथा साउथ एसियन ट्रायथोलन च्याम्पियनसिप’को तयारी अन्तिम चरणमा पुगेको आयोजक नेपाल ट्रायथोलन सङ्घले जनाएको छ।

नेपाल ट्रायथोलन सङ्घको आयोजना तथा गण्डकी प्रदेश र कास्की जिल्ला ट्रायथोलन सङ्घको व्यवस्थापनमा पोखराको लेकसाइड क्षेत्रमा च्याम्पियनसिप हुनेछ ।

च्याम्पियनसिपमा विभिन्न १५ देशका ६४ जना खेलाडीले प्रतिस्पर्धा गर्ने नेपाल ट्रायथोलन सङ्घका केन्द्रीय उपाध्यक्ष सुमन देवकोटाले जानकारी दिए। देवकोटाका अनुसार प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । प्रतियोगिताका लागि सहभागी खेलाडी तथा अफिसियलहरु पोखरा आउने क्रम सुरु भइसकेको छ ।

प्रतियोगितामा नेपाल सहित अस्ट्रेलिया, युनाइटेड अरब इमिरेट्स, प्यालेस्टाइन, उरुग्वे, अस्ट्रिया, अल्जेरिया, न्यूजिल्याण्ड, लक्जम्वर्ग, जापान, भारत, मरिसस, काजाकास्तान, बङ्गलादेश र उज्वेकिस्तानका खेलाडीले सहभागिता जनाउने छन् ।

यस वर्ष वल्र्ड ट्रायथोलन सङ्घका अध्यक्ष मारिसोल कासादो र महासचिव एन्टोनियो आरामानी च्याम्पियनसिपमा सहभागी हुने भएकाले खेलकुद क्षेत्रका लागि ठूलो महत्व रहने उपाध्यक्ष देवकोटाले बताए ।

देवकोटाले भने,“विगतका कमीकमजोरीहरुलाई सच्चाएर यस वर्ष खेलकुदको मेगा इभेन्टका रुपमा च्याम्पियनसिपको तयारी गरेका छौँ । पहिलो पटक वल्र्ड ट्रायथोलन सङ्घका अध्यक्षको उपस्थितिमा प्रतियोगिता हुँदैछ । नेपालको खेलकुद क्षेत्रका लागि यो ठूलो खुशीको कुरा हो । खेलकुद क्षेत्रका लागि यसको पछिसम्म ठूलो महत्व हुनेछ ।”

ट्रायथोलनमा स्प्रिन्ट विधामा प्रतिस्पर्धा हुनेछ । स्प्रिन्ट विधा अन्तर्गत सुरुआतमा फेवातालमा सात सय ५० मिटर पौडी र त्यसपछि २० किलोमिटर साइक्लिङ हुनेछ । साइक्लिङको समाप्तिपछि पाँच किलोमिटर दौड हुनेछ । पौडी फेवातालमा हुनेछ ।

दौड गौरीघाट–सहिदचोक, मुस्ताङचोक, विरौटाचोक, ड्यामसाइड हुँदै राष्ट्र बैंकचोक हुँदै गौरीघाटमा पुगेर समापन हुनेछ । पौडी, साइक्लिङ र दौड गरी तीनवटै प्रतिस्पर्धाको समयका आधारमा विजेत चयन हुनेछन् ।प्रतियोगिताले पोखराको अन्तर्राष्ट्रिय क्षेत्रमा थप प्रवद्र्धन तथा खेलकुद विकासमा मद्धत पुग्ने अपेक्षा गरिएको छ ।

च्याम्पियनसिपको दिनमा पोखराको लेकसाइड क्षेत्रको सडक खाली गराइने भएको छ । सहभागी खेलाडीको सुरक्षालाई मध्यनजर गरी प्रतियोगिताको रुटमा यातायात पूर्ण रुपमा बन्द गरिने नेपाल ट्रायथोलन सङ्घ गण्डकीका अध्यक्ष डिल्लीराज९शिशिर०सुवेदीले बताउनुभयो ।

प्रतियोगिताका लागि गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, राष्ट्रिय खेलकुद परिषद्, गण्डकी प्रदेश खेलकुद परिषद्, पोखरा पर्यटन परिषद्, होटल सङ्घ पोखरा लगायतका विभिन्न सङ्घ संस्थाले समेत अपन्त्व लिएकाले यस वर्ष भव्य हुने अध्यक्ष सुवेदीको भनाई छ ।

उहाँले भन्नुभयो,“एसिया कप ट्रायथोलन च्याम्पियनसिप पोखराको ब्राण्ड बनेको छ । यस वर्ष सरकारी तथा निजी सङ्घ संस्था पर्यटन क्षेत्र लगायतले स्वामित्व लिएकाले विगतमा भन्दा थप उत्कृष्ट हुने विश्वास लिएका छौँ ।”

म मधेसका जनताको साथमा छु : प्रधानमन्त्री

सर्लाही । प्रधानमन्त्री अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मधेसका जनताप्रतिको सम्मान र उनीहरूको आर्थिक एवं सामाजिक विकासका निम्ति आफू प्रतिबद्ध रहेको बताएका छन् ।  नेकपा (माओवादी केन्द्र)सर्लाहीको निर्वाचन क्षेत्र–४ ले बलरामा आज आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ‘प्रचण्ड’ले पछिल्लो समय मधेसी जनतामा जागरण पैदा भएकाले यहाँका जनताले मुक्तिको पक्षमा उभिने विश्वास व्यक्त गरे। मिटरब्याज पिडीतका समस्या समाधान गर्न र नागरिकता बिहीन जनताको मागलाई सम्बोधन गर्न आफू नेतृत्वको सरकारले प्राथमिकताका साथ काम गरेको स्पष्ट पार्दै उनले आगामी दिनमा पनि मधेसको मुद्दालाई आफूले गम्भीरतापूर्वक लिएर सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरे।उनले आफु प्रधानमन्त्री बनेपछि मेधसका लाखौं युवाहरु नारिकताबाट बञ्चित भैरहेको स्थितिको अन्त्य गरेको स्मण गराए।  आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवं बजेटमा मधेस प्रदेशलाई पहिलो प्राथमिकतामा राख्ने उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले मधेसका जनताको पक्षमा निरन्तर प्रतिबद्ध भएर लाग्ने विश्वास दिलाए।  तराईमा सिँचाइ र विद्युतीकरणका कार्यक्रमलाई पहिलो प्राथमिकतामा राखेर काम अगाडि बढाएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले भने, “मधेसको जमिन सिँचाइमा नहुँदासम्म उत्पादकत्त्व बढ्दैन, जनताले रोजगारी पाउँदैन र समृद्धि पनि हासिल हुँदैन, त्यसैले मधेसमा सिँचाइ गर्ने मेरो प्राथमिकता छ ।” मधेसका जनताको मुक्तिका लागि यहाँका जनताले ठूलो त्याग गरेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले जनताका मुक्तिका लागि सङ्घर्ष गर्ने सम्पूर्ण शहिदप्रति सम्मान व्यक्त गरे। उनले बलरा र सर्लाहीका जनताको मागलाई सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरे। ‘

कोरोला–त्रिवेणी सडक कालोपत्र गरिँदै

दमौली । गण्डकी प्रदेशको गौरव मानिएको कोरोला– त्रिवेणी सडक आयोजनाअन्तर्गत तनहुँको घिरिङ गाउँपालिका–४ मानपुरदेखि बौदीकाली गाउँपालिका डेढगाउँसम्मको खण्डमा कालोपत्रको तयारी पूरा भएको छ ।    सडक कालोपत्रको ठेक्का पाएको सपना निर्माण सेवाले घिरिङको मानपुरदेखि फुलासम्मको सात किलोमिटरमा अस्फाल्ट प्रविधिबाट कालोपत्र गरेको छ भने फूलादेखि डेढगाउँसम्मको चार किलोमिटरमा पनि कालोपत्र गर्न धमाधम ‘बेस’ तयार भइरहेको पूर्वाधार विकास कार्यालय जनाएको छ । उक्त खण्डमा पानीको निकासका निम्ति नालासँगै पर्खाल निर्माण पनि पूरा भएको छ ।  भौतिक पूर्वाधार विकास मन्त्रालयको रु २२ करोड ८५ लाख ४१ हजार सात सय ९३ को लागतमा उक्त मार्गको स्तरोन्नति थालिएको हो ।  नवलपुरतर्फ बौदीकाली झ्यालबास १४ दशमलव १ किलोमिटर कालोपत्र गर्न सडक स्तरोन्नति भइरहेको छ । दोस्रो चरणमा थप सात किलोमिटर कालोपत्र गर्न बहुवर्षीय ठेक्का प्रक्रिया पनि प्रारम्भ भएको उक्त कार्यालयले जनाएको छ । झ्यालबासबाट चोरमारासम्म नौ किलोमिटर खण्ड निर्माण भइसकेको छ ।

सुदूरपश्चिमका मुख्यमन्त्रीले शुक्रबार विश्वासको मत लिने

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आगामी शुक्रबार विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्रीले विश्वासको मत लिनुअघि शुक्रबार बिहान कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको प्रदेशसभा सचिवालयका सूचना अधिकारी युवराज जैशीले जानकारी दिए । सोही दिन अपराह्न ५ बजे प्रदेशसभाको बैठक आह्वान गरिएको छ ।  यही वैशाख ६ गते नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम नेकपा ९एमाले०, नेकपा (माओवादी केन्द्र), नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष पक्षधर सदस्य, स्वतन्त्र सदस्य तारा जोशीको समर्थनमा सोडारी मुख्यमन्त्रीमा नियुक्त भएका थिए । मुख्यमन्त्री सोडारी प्रदेशसभामा चार सदस्य रहेको नेकपा (एकीकृत समाजवादी) संसदीय दलको नेता हुन् । प्रदेशसभाबाट विश्वासको मत लिएपछि मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारीमा मुख्यमन्त्री छन् । मुख्यमन्त्रीले प्रदेशसभामा प्रतिनिधित्व गरेको नागरिक उन्मुक्ति पार्टीका कैलाश चौधरीलाई भौतिक पूर्वाधार विकास र टीका थापालाई भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्रीमा नियुक्त गरिसकेका छन् । मुख्यमन्त्रीले आन्तरिक मामिला तथा कानुन, सामाजिक विकास, उद्योग, पर्यटन वन तथा वातावरण र आर्थिक मामिला मन्त्रालय आफैँसँग राखेका छन् । सत्ता समीकरण फेरिएसँगै प्रदेशको मुख्यमन्त्रीमा नियुक्त सोडारीलाई एमालेले तत्काल बाहिर बसेर समर्थन गरी सरकारमा सहभागी नहुने निर्णय गरेको थियो । सत्ता साझेदार अर्को दल नागरिक उन्मुक्ति पार्टीभित्रको आन्तरिक किचलो साम्य हुन सकेको छैन । त्रिपन्न सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा नेपाली कांग्रेसका १८, माओवादी केन्द्रका सभामुखसहित ११ सदस्यको प्रतिनिधित्व छ । बझाङमा भएको उपनिर्वाचनपछि एमालेको एक सदस्य थप भई ११ पुगेको छ । नागरिक उन्मुक्ति पार्टीका सात, एकीकृत समाजवादीका चार, राप्रपाका एक र एक स्वतन्त्र सदस्यको प्रतिनिधित्व छ । रासस

कर्णालीमा नियुक्त भए ६ मन्त्री,  लिए शपथ

काठमाडौँ । कर्णाली प्रदेशमा मन्त्रिपरिषद् विस्तार भएको छ । आज नवनियुक्त ६ जना मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनीहरूलाई प्रदेश प्रमुख तिलक परियारले पद तथा गोपनीयताको शपथ गराएका हुन् । कर्णालीका प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले नेकपा माओवादीका ३ जना र नेकपा एमालेका ३ जना मन्त्री समावेश गरेर मन्त्रिपरिषद् विस्तार गरेका हुन् । मन्त्री हुनेहरूमा माओवादीबाट कालीकोटका दुर्गबहादुर रावत, रुकुम पश्चिमका महेन्द्र केसी र डोल्पाका वीरबहादुर शाही छन् । यस्तै एमालेबाट दैलेखका विनोद शाह, डोल्पाका शेरबहादुर बुढा र दैलेखकी गमता विक रहेको छन् ।

लोकप्रिय