सुदूरपश्चिममा मुख्यमन्त्रीले बिहीबार विश्वासको मत लिने

काठमाडौं । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले पर्सि २२ गते बिहीबार विश्वासको मत लिने भएका छन् ।

मुख्यमन्त्री शाहले आज (मंगलबार) विहान विश्वासको मत लिने प्रस्ताव दर्ता प्रदेशसभा सचिवालयमा गराएका हुन् ।

लगतै प्रदेशसभा सचिवालयले बिहीबार दिउँसो ३ बजे बस्ने बैठकमा विश्वासको मत लिने सूचना निकालेको प्रदेशसभा सचिव देवबहादुर बोगटीले बताए ।

वाग्मतीका मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत प्राप्त

काठमाडौं । वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत पाएका छन् । सरकारलाई ५६ सांसदको समर्थन चाहिएकोमा मुख्यमन्त्री जम्कट्टेलले त्यति नै मत पाएका हुन् ।  उनले तेस्रोपटक विश्वासको मत प्राप्त गरेका हुन्।  सोमबारको प्रदेशसभा बैठकमा भएको मतविभाजनमा उनको पक्षमा ५६ मत पर्‍यो । विपक्षमा ३७ र तटस्थ १५ सांसद रहे । बैठकमा १०८ सांसद उपस्थित थिए । वाग्मती प्रदेशसभामा ११० सांसद छन् ।  उनलाई माओवादी केन्द्र, नेकपा (एमाले), नेकपा (एकीकृत समाजवादी), हाम्रो नेपाली पार्टी (हानेपा)ले विश्वासको पक्षमा मत दिएका थिए । हानेपाका दुई सांसदमध्ये सरिता खड्गी भने अनुपस्थित रहिन् ।  प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले जम्कट्टेलको विपक्षमा मतदान गरे । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सांसद भने तटस्थ रहे । माओवादी संसदीय दलका नेता जम्कट्टेल ०७९ पुस २५ गते मुख्यमन्त्री नियुक्त भएका थिए । उनले यसअघि ०७९ माघ ३ गते र सोही वर्षको चैत १० गते दोस्रोपटक विश्वासको मत लिएका थिए ।

क्रान्तिकारीका नेतालाई सांघातिक हमला गर्ने अखिलका दुई कार्यकर्ता नियन्त्रणमा

काठमाडौँ । लैनचौरस्थित अस्कल क्याम्पसमा झगडा गरेको आरोपमा दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । गणेश शाही र पंकज पाण्डेलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले बताए । पक्राउ पर्नेहरु एमाले निकट अखिलका कार्यकर्ताहरू हुन् । उनीहरूको आक्रमणबाट माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी)का अस्कल इकाई अध्यक्ष जितेन्द्र भण्डारी र उपाध्यक्ष विश्राम शर्मा घाइते भएका छन् । भलिबल खेल्दा विवाद भएपछि आरोपीहरूले आक्रमण गरेको बताइएको छ । उनीहरुलाई सामान्य चोट लागेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले जानकारी दिए ।भण्डारीको मुख र नाकमा चोट लागेको छ भने शर्माको बाँया हातको बुढी औंलामा चोट लागेको छ । उनीहरुमाथि कुटपिट गरेको आरोपमा प्रहरी वृत्त सोह्रखुट्टेले दुई जनालाई नियन्त्रणमा लिएको जनाएको छ । प्रहरी नियन्त्रणमा रहनेहरुमा अनेरास्ववियु अस्कल क्याम्पस इकाइ कमिटी अध्यक्ष पंकज पाण्डे र अस्कल इकाइ कमिटीका सदस्य गणेश शाही रहेका छन् । शाही जुम्लाका हुन् भने पाण्डे कन्चनपुरका हुन् । उनीहरु दुवै जना क्याम्पसकै होस्टलमा बस्दै आएको प्रहरीले बताएको छ ।  अखिल क्रान्तिकारीका बागमति प्रदेश अध्यक्ष सञ्जिव रेग्मीले अनेरास्ववियूको राजनीतिक संरक्षणमा आपराधिक पृष्ठभूमिका कमलराज जोशीको योजनामा आइतवार साँझ पंकज पाण्डेको नेतृत्वमा १०/१५ जनाको समुहले ज्यान मार्ने नियतले सांघातिक आक्रमण गरेको आरोप लगाएका छन् ।  सांघातिक आक्रमणबाट अमृत साइन्स क्याम्पस क्रान्तिकारीका अध्यक्ष कमरेड जितेन्द्र भण्डारी र उपाध्यक्ष कमरेड विश्राम शर्मा गम्भिर घाइते बनेको उनले जानकारी दिए । यस्ता आपराधिक घटना हुँदा राज्यका निकायहरु मुकदर्शक बनेर बस्नु आफैमा रहस्यमयी रहेको बताउँदै उनले सो घटनाप्रति घोर आपत्ति जनाएका छन्।  उनले घटनाका योजनाकार जोशी र घटनामा संलग्न अन्य अभियुक्तहरु पाण्डे सहितको आपराधिक गिरोहलाई तत्काल कानुनी कारवाहीको दायरामा ल्याउन माग समेत गरेका छन् । आइतबार साँझ भलिबल खेल्ने क्रममा विवाद हुँदा उनीहरुबीच झडप भएको प्रहरीको भनाई छ ।कुटपिट गरेको आरोप लागेका खेम सिंह फरार रहेको पाइएको छ ।

बागमतीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

काठमाडौ । बागमती प्रदेशसभाका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज विश्वासको मत लिने तयारी गरेका छन्।आज दिउँसो १ बजे प्रदेशसभा भवन हेटौँडामा बस्ने बैठकमा उनले विश्वासको मत लिन लागेका हुन् ।प्रदेशसभाका सभामुख भुवनकुमार पाठकका अनुसार आजको बैठकमा मुख्यमन्त्री जम्कट्टेलको विश्वासको मतसम्बन्धी प्रस्तावमा छलफल हुनेछ । बाग्मती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिँदै नेपाली कांग्रेस सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री जम्कट्टेलले पुनः विश्वासको मत लिन लागेका हुन्।जम्कट्टेलले पुनः विश्वासको मत लिनै लाग्दा माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीले आफुले कम्तिमा एक मुख्यमन्त्री पाउनुपर्ने लगायतका नियुक्तिमा आफ्नो हिस्सा बलियो बनाउने गरी छलफल चलाएको छ । विभिन्न माग राखेर पुरा नभए बाग्मती प्रदेश सरकारलाई विश्वासको मत दिन नसक्ने बताएको भएपनि विश्वासको मत दिने एक नेताले जानकारी दिए ।माधव नेपालका माग र विश्वासको मतबारे केन्द्रमा आज पनि छलफल हुने नेताहरुले बताएका छन् । सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेको छ । कांग्रेसले समर्थन फिर्ता लिएको चैत २२ गते एक महिना पूरा हुँदैछ ।११० सदस्यीय प्रदेशसभामा मुख्यमन्त्री जम्कट्टेललाई बहुमत जोगाइराख्न ५६ सांसदको आवश्यकता पर्दछ । बागमती प्रदेशमा सत्तापक्षमा रहेका नेकपा एमालेका २७, माओवादी केन्द्रका २१, एकीकृत समाजवादीका ७ र हाम्रो नेपाली पार्टीका २ जना सदस्य छन् । यस्तै, प्रतिपक्षमा रहेका नेपाली कांग्रेसका ३७, राप्रपाका १३ र नेमकिपाका ३ सदस्य छन् ।

भरतपुर महानगर प्रज्ञा प्रतिष्ठानद्धारा स्रष्टालाई सम्मान

चितवन । भरतपुर महानगर प्रज्ञा प्रतिष्ठानले स्रष्टालाई सम्मान तथा पुरस्कृत गरेकोछ। आइतबार भरतपुर महानगरपालिकाको सभाहलमा प्रतिष्ठानका कुलपति रेनु दाहाल, महानगरकाउपप्रमुख चित्रसेन अधिकारी, प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र कुमार राना, उपकुलपति इन्द्ररेग्मीले संयुक्त रुपमा  स्रस्टाहरूलाई सम्मानतथा पुरस्कृत गरेका हुन् । प्रज्ञा प्रतिष्ठानले वार्षिक रुपमा प्रदान गर्ने विभिन्नसम्मान, पुरस्कार तथा निबन्ध र कथा प्रतियोगितामा पुरस्कृत प्रतिभाहरूलाई सम्मान गरिएको हो । सम्मान कार्यक्रममा भरतपुर प्रज्ञा सम्मान प्रकाश थापा “प्रथा”लाई सम्मान गरिएको हो। भरतपुर–४ चितवन निवासी थापालाई  ५० हजार७८ रुपैयाँ, दोसल्ला र प्रमाण–पत्र प्रदान गरिएको थियो ।त्यसैगरी कृष्णबम मल्ल प्रज्ञा सम्मान प्रा.डा.कर्णबहादुर बानियाँलाई प्रदान गरिएको छ। भरतपुर– १२ निवासी बानियाँलाई  ५० हजार ७८ रुपैयाँ दोसल्ला र प्रमाण–पत्रप्रदान गरिएको थियो ।त्यसैगरी पुरस्कारतर्फ चित्रवन प्रज्ञा पुरस्कार डि.आर. पोखरेललाई प्रदानगरिएको छ। संस्कृतिको सोपानमा चितवन कृतिका लागि भरतपुर–१० निवासी पोखरललाई ५०हजार ७८ रुपैयाँ, दोसल्ला र प्रमाण–पत्र प्रदान गरिएको थियो।  त्यस्तै, वागीश्वरी प्रज्ञा पुरस्कारसिम्रन क्षेत्रीको  झुमर उपन्यासलाई दिइएको छ । भरतपुर–१ नारायणगढनिवासी क्षेत्रीलाई रु.२५ हजार ७८, दोसल्ला र प्रमाण–पत्र प्रदान गरिएको थियो ।त्यस्तै भरतपुर प्रज्ञा पुरस्कार (काव्य)जगन्नाथ पण्डितको घरबारीमा तोरी फुल्यो कवितासंग्रहलाई दिइएको छ।  पुरस्कारको राशि रु. २५ हजार ७८ रुपैयाँ सम्मानपत्ररहेको छ । त्यस्तै भरतपुर प्रज्ञा पुरस्कार (आख्यान) अष्टदेवखनालको ‘अन्तश्चेतना’ उपन्यासलाई दिइएको छ । पुरस्कारको राशि रु.२५हजार ७८ रसम्मानपत्र रहेको छ । त्यसैगरी राष्ट्रिय खुल्ला कथा प्रतियोगिता २०८० मा पुरस्कृत स्रस्टालाई पनिसम्मान गरिएको छ । प्रतियोगितामा नुवाकोटका अनन्त लम्सालको अन्तिम पथ शीर्षकको कथासर्वोकृष्ट बनेको थियो । लम्साललाई रु. ४० हजार ७८ र प्रमाणपत्रले पुरस्कृतगरियो । लमजुङकी अनिता पन्थीको मृत्युको अपिल शीर्षकको कथाले उत्कृष्ट स्थान हासिलगरेको छ । पन्थीलाई रु. ३० हजार ७८ र प्रमाणपत्रले पुरस्कृत गरियो ।त्यस्तै काभ्रेका समीप खड्काको भाग्यको कुरो शीर्षकको कथाले उत्तम स्थान गरेकोछ । खड्कालाई रु. २० हजार ७८ र प्रमाणपत्रले पुरस्कृत गरियो । त्यस्तै मोरङकी मन्दिरा मधुश्री (मन्दिरा कोइराला)को पहिचान  र राधिका कल्पित (राधिका गौतम पौडेल) को अब लजाउँदैन लज्जावती शीर्षकका कथालेप्रोत्साहन स्थान हासिल गरे । दुबैलाई जनही रु। १० हजार ७८ र प्रमाणपत्रले पुरस्कृतगरियो ।प्रतिष्ठानले “मेरो सपनाको भरतपुर” शीर्षकमा चितवन जिल्ला स्तरीय निबन्धप्रतियोगिता २०८० आयोजना गरिएको थियो । उक्त प्रतियोगितामा हरिप्रसाद तिवारीरविको निबन्ध सर्वोकृष्ट घोषित रहेको थियो । तिवारीले रु। १० हजार ७८ रप्रमाणपत्र प्राप्त गरिन् ।  त्यस्तै अनुस्का न्यौपानेको निबन्ध उत्कृष्ट रह्यो । उनले रु.८ हजार ७८ र प्रमाणपत्र पाइन् ।त्यस्तै चिरञ्जीवी दाहालको निबन्ध उत्तम घोषित भएको छ। उनलाई रु.६ हजार ७८र प्रमाणपत्र दिइयो ।त्यस्तै, प्रोत्साहन पुरस्कार प्राप्त गरेका सन्तोषसुवेदी र स्वस्तिक शर्मालाई जनही रु. ४ हजार ७८ र प्रमाणपत्र दिइएको छ ।प्रज्ञा प्रतिष्ठानकासदस्य सचिव बालकृष्ण थपलियाले उक्त कार्यक्रमको सहजीकरण गर्नुभएको थियो ।प्रज्ञापरिषद्का उपकुलपति इन्द्रप्रसाद रेग्मीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

मौसम खुलेपछि मन्थली–लुक्ला उडान सुरु

रामेछाप । मौसम खुलेपछि मन्थली–लुक्ला उडान फेरि सुरु भएको छ । एक हप्तादेखि सोलुखुम्बुको लुक्ला विमानस्थलमा प्रतिकूल मौसमका कारण विमान उडाइएको थिएन । लुक्लामा प्रतिकूल मौसमका कारण सीता, तारा र समिट एयरका विमान मन्थलीमै एक हप्तादेखि ‘होल्डिङ’ थिए । सो अवधिमा निर्धारित समयमा अनिवार्य लुक्ला पुग्नैपर्ने विदेशी पर्यटकलाई हेलिकोप्टरमार्फत सोलुकै सुर्केमा पुर्‍याइएको थियो । सडकमार्गबाट सोलुको फाप्लुसम्म लैजाने गरिएको थियो । आइतबार (आज) बिहान ६ बजेदेखि मौसम खुलेका कारण उडान सुरु भएको तारा एयर रामेछापका इन्चार्ज प्रवीण सुवेदीले जानकारी दिए । मौसम खुलेपछि बिहानैदेखि काठमाडौंबाट सडकमार्ग हुँदै विदेशी पर्यटक मन्थली ल्याउने क्रम जारी छ । लुक्लाको मौसमले साथ दिएसम्म आज दिनभर विमान आलोपालो प्रणालीद्वारा मन्थलीबाट लुक्ला उडान भरिरहने नागरिक उड्डयन प्राधिकरण रामेछापका वरिष्ठ अधिकृत प्रज्ज्वल गुरागाईंले जानकारी दिए ।

बागलुङमा ‘नगरकी छोरी’ कार्यक्रम कार्यान्वयन

काठमाडौं । छोरीहरूको संरक्षण, छोरीलाई गरिने विभेदको अन्त्य, बालविवाहको उन्मूलनसहित छोरीलाई शिक्षित र स्वावलम्बी बनाउने उद्देश्यले बागलुङ नगरपालिकाले ‘नगरकी छोरी’ कार्यक्रम कार्यान्वयन गरेको छ।  नगरमा जन्मेका छोरीहरूको सम्मान र आर्थिक भविष्यका लागि चालु आर्थिक वर्षमा विशेष योजनाका रूपमा घोषणा भएको कार्यक्रम कार्यान्वयनमा आएको हो । बागलुङ नगरपालिका–२ की अद्विका क्षेत्रीको नाममा बैंक खाता खोलेर नगरले कार्यक्रम शुभारम्भ गरेको हो । प्रभु बैंकसँग सम्झौता गरी २०८० असारपछि जन्मिएका छोरीको नाममा खोलिएको खातामा नगरपालिकाको तर्फबाट रु पाँच हजार २० वर्षसम्म मुद्दती खातामा जम्मा गरिने नगरप्रमुख वसन्तकुमार श्रेष्ठले बताए। नगरप्रमुख श्रेष्ठले छोरीको जन्मपश्चात् उनको नाममा नगरपालिकाले पाँच हजार मुद्दती खाता खोलेर जम्मा गरिदिने र उक्त खातामा अभिभावकले पनि रकम थप गर्न पाउनेगरी नगरकी छोरी कार्यक्रम अगाडि बढाएको बताए ।  नगरपालिकाले बैंकसँग सम्झौता गरी उक्त खातामा चक्रीय रूपमा उच्चतम ब्याज प्राप्त हुने र उक्त खाताको रकम कम्तीमा २० वर्षसम्म झिक्न नमिल्ने कार्यविधि निर्माण गरेको छ । नगरका छोरी २० वर्ष पुग्दा ब्याजले नै राम्रो रकम जम्मा हुने र छोरीको नाममा खाता खोलेपछि बचत गर्न अभिभावक प्रेरित हुने उनको भनाई छ ।

ओत लागेको रुख ढलेर च्याप्दा एक जनाको मृत्यु

पाल्पा । अचानक हावाहुरी सहित आएको असिनापानीका कारण पाल्पामा ओतमा बसेका एक जनालाई रुख ढलेर च्यापेको छ । तानसेन नगरपालिका ८ डुम्रे नजिकै जरेपिपलमा भएको घटनामा स्कुटरमा रहेका स्कुटर चालक पाल्पा तानसेन कैलाशनगरका २० बर्षिय भुवन सिंजालीको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको थप विवरण आउन बाकी छ ।

भरतपुर भ्रमण वर्ष : राप्तीमा छाडियो २० वटा घडियाल गोही

चितवन । भरतपुर भ्रमण वर्षको सन्दर्भ पारेर चितवन राष्ट्रिय निकुञ्जको कसरास्थित गोही प्रजनन केन्द्रमा हुर्काइएका २० वटा घडिया गोहीलाई राप्ती नदीमा छाडिएको छ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले शनिबार एक कार्यक्रमका बीच विदेशी पर्यटकको उपस्थितिमा निकुञ्जको मुख्यालय नजिक राप्ती नदीमा ७ वर्ष पुरा भएका घडियाल गोहीलाई प्राकृतिक बासस्थानमा छाडेकी हुन्। कार्यक्रमलाई सम्बोधन गर्दै महानगर प्रमुख दाहालले वर्षेनी बाढीका समय घडियाल गोही बघाएर भारत जाने समस्याको दीर्घकालिन समधान खोज्नुपर्ने बताइन्। घडियाल गोही अन्य गोही प्रजातिको तुलनामा स्वच्छ ठाँउ तथा पानीमा बस्न मन पराउने र सफा पानीमा भएको माछा खाना मन पराउने भएकाले यसको संरक्षणमा सबै लाग्नुपर्ने औल्याइन्। नयाँ रौनक ल्याउने, मन्द आर्थिक गतिविधिलाई चलायमान बनाउने र सबैमा सकारात्मक भावना पैदा गराउने भ्रमण वर्षको मुख्य उद्देश्य रहेको उहाँले बताइन्। ‘भ्रमण वर्ष मनाइ रहदा भरतपुरका होटलहरु पर्यटकहरु भरिभराउ छन्’,उनले भन्,ि‘महानगरपालिकाको चाहाना पनि यही हो । उत्साहाजनक महोल वृद्धि हुँदै गइरहेको छ । यसलाई वर्षभरि नै निरन्तरता दिने गरी अघि बढेका छौ ।’ घडियाल गोही भरतपुरको पर्यटनको अर्को पहिचान भएकाले यसको संरक्षण गरी पर्यापर्यटनसँग जोड्नुपर्ने धाराणा राखिन्। प्रमुख दाहालले प्रजनन् केन्द्रमा अहिले पनि अध्ययन अनुसन्धानका लागि धेरै विदेशी पर्यटक यहाँ आउने गरेकाले अनुसन्धानको थलो बनेको बताइन् । भरतपुर भ्रमण वर्षको अवसरमा चितवन राष्ट्रिय निकुञ्जलाई थप ब्राण्डिङ गर्न थप पर्यटकीय सम्भावनाको खोजी भइरहेको प्रमुख दाहालले जानकारी दिइन्। निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिल पुर्जा पुनले गडियाल गोही विश्वका केही देशमा पाइने भएकाले यसको संरक्षण गर्न नदीलाई प्रदुषणमुक्त बनाउनुपर्नेमा जोड दिइन्। घडियाल गोही नेपाल, भारत, पाकिस्तान, भुटान, बंगलादेशमा र म्यानमारमा करिब १० हजारको संख्यामा प्राकृतिक अवस्था विचरण गर्ने गरेको र यो संख्या संकटग्रस्त भएकाले यसको संरक्षणमा सबै पक्ष लाग्नुपर्ने उहाँको भनाइ थियो । गोही संरक्षणका लागि विस २०३० मा स्थापन भएको प्रजनन केन्द्रले गोहीको अण्डा संकलन गरि वार्षिक २०० बच्चा उत्पादन गर्ने गरेको छ । जसमध्ये १५० गोहीलाई बचाउँन सकिने निकुञ्जको तथ्याङक छ । निकुञ्जका अनुसार प्रजनन् केन्द्रमा हालसम्म १९ सय १७ वटा छाडिएको छ । राप्ती नदीमा  ११ सय ६२, नारायणी नदीमा ४१९, बबई नदीमा ११०, सप्तकोशीमा ११५, कर्णालीमा ४१, कालिगण्डकीमा ३५, पश्चिम राप्तीमा १० र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका चैधर खोलामा २५ वटा घडियाल छाडिएको छ । निकुञ्का सूचना अधिकारी गणेश तिवारीले छाडिएको घडियाल गोहीमध्ये राप्तीमा १५२ र नारायणीमा ११३ गरी २६५ वटा गणनाको क्रममा भेटिएका छन् । जसमध्ये राप्ती र नारायणीमा ३/३ वटा भाले घडियाल गोही छन् । यो बाहेक प्रजनन् केन्द्रमा ६४८ वटा घडियाल गोही रहेका छन् । घडियाल प्रजनन् केन्द्रमा भाले घडियाल गोही न्युन संख्यामा उत्पादन हुने गरेको छ ।

१२ वर्षका बालकले एसईई दिँदै

पर्वत । सामान्यतया एसइई दिने विद्यार्थीको उमेर १४ वर्षदेखि माथिको हुने गरेको पाइन्छ । पर्वतमा भने १२ वर्षीय एक छात्र बिहीबारदेखि सञ्चालित एसइई परीक्षामा सहभागी भएका छन् । दक्षिण पर्वतको पैंयुँ गाउँपालिका–४ मा रहेको जनसेवा संस्कृत माध्यमिक विद्यालय केन्द्रबाट १२ वर्षीय शक्ति अधिकारीले एसइई दिएका छन् । उनी सोही गाउँपालिका–६ सरौखोलास्थित विनु माविमा अध्ययनरत विद्यार्थी हुन् । अधिकारी पर्वतबाट एसइई दिने विद्यार्थीमध्ये सबैभन्दा कम उमेरको रहेका जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख उद्धिमराज पौडेलले जानकारी दिए । उनका अनुसार २०७८ सालभन्दा अघि एसइई दिने पाउने उमेरको हद १५ वर्ष थियो । विसं २०७८ मा शिक्षा नियमावलीअनुसार एसइई दिने परीक्षार्थीको उमेर हदबन्दीमा उक्त व्यवस्था परिवर्तन गरिएपछि कम उमेरका विद्यार्थीले पनि दिन पाउने भएको पौडेलले बताए । विनु मावि सरौखोलाका प्रधानाध्यापक खगेन्द्र तिवारीले एसइईको फारम अनुसार अधिकारी १२ वर्ष मात्र पुगेका छन् । तिवारीका अनुसार अधिकारीले पहिला निजी विद्यालयमा पढ्थे । उनी विनु माविमा कक्षा ८ मा भर्ना भएका थिए । निजी विद्यालयबाट सामुदाकि विद्यालयमा आउँदा कक्षा परिवर्तन गरेकाले पनि चाँडो एसइई दिएको हुनसक्ने तिवारीको भनाइ छ । यसैगरी, सोही विद्यालयबाट जिल्लामै सबैभन्दा बढी उमेरका अर्का परीक्षार्थीले पनि एसइई परीक्षामा सहभागी भएका छन् । विद्यालयका नियमित छात्र ४० वर्षीय दुर्गाप्रसाद भुर्तेलले जनसेवा संस्कृति मावि केन्द्रबाट परीक्षा दिएका छन् । कक्षा सातसम्म पैंयुँ–५ क्यामुनेभन्ज्याङ माविमा अध्ययन गरेका भुर्तेल कक्षा ८ मा विनु माविमा भर्ना भएका थिए । उनी नियमित विद्यालयमा हाजिर भएरै कक्षा लिइरहने विद्यार्थी रहेको विद्यालयका प्रअ तिवारीले बताए । कक्षा ७ सम्म अध्ययन गरेपछि बीचमा छुटेर पुनः विद्यालय भर्ना भएकाले जिल्लामै सबैभन्दा बढी उमेरको विद्यार्थीमा भुर्तेल देखिएका प्रधानाध्यापक तिवारीले बताए । पर्वतका १७ परीक्षा तोकिएको शिक्षा विकास तथा समन्वय इकाइले जनाएको छ । जिल्लाभर शान्तपूर्वक परीक्षा भइरहेको भन्दै विगतका वर्षभन्दा यस वर्ष थप मर्यादित रहेको पाइएको कार्यालय प्रमुख उद्धिमराज पौडेलले बताए ।

बागमतीका मुख्यमन्त्रीले १९ चैतमा विश्वासको मत लिने

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले १९ चैतमा विश्वासको मत लिने भएका छन् । नेकपा माओवादी केन्द्रका सचेतक रत्नप्रसाद ढकालले जम्कट्टेलले विश्वासको मत लिनेसम्बन्धी प्रस्ताव शुक्रबार प्रदेशसभा सचिवालयमा दर्ता गराएका छन् । केन्द्रमा समीकरण फेरिएपछि २३ फागुनमा नेपाली कांग्रेसले सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिएको थियो । सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार मुख्यमन्त्री जम्कट्टेलले २२ चैतभित्र विश्वासको मत लिनुपर्ने अवस्था छ । ११० सदस्य रहेको वाग्मती प्रदेशसभामा ५६ मत जुटाएमा जम्कट्टेल मुख्यमन्त्रीमा कायम रहनेछन् । नेकपा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीबीच विहीबार सहमति भएपछि मुख्यमन्त्रीले आवश्यक बहुमत जुट्ने निश्चित भएको छ । बागमती प्रदेशसभामा एमालेको २७, माओवादी केन्द्रको २१, एकीकृत समाजवादीको ७ र हाम्रो नेपाली पार्टीको दुई सिट छ ।

रिब्दिकोटमा हत्या भएकी युवतिको छिमेकीकोमा भेटियो मोवाईल, रगत छेपिएको कपडा र खुर्पा

पाल्पा । विभत्स हत्या गरी खरवारीमा फालिएको अवस्थामा भेटिएकी ख्याहा पाल्पाकी १९ वर्षिया पद्मा सुनारको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका छिमेकी सागर नेपालीको घरमा रगत छेपिएको कपडा, मृतकको मोवाईल र खुर्पा भेटिएको छ।  घटनामा संलग्न रहेको आरोपमा रिब्दीकोट गाउँपालिका १ ख्याहाको कराङ्दी स्थित लप्सीखोलाका १९ वर्षिय सागर नेपाली भनिने देवालाल सार्कीलाई प्रहरीले पक्राउ गरेको हो । पद्माको मंगलबार दिउँसो १२ बजेको समयमा हत्या भएको खुलेको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ। घर नजिकैको धारामा नुहाउन गएको बेला सोही धारामा पुगेका देवलालबीच विवाद भएको प्रहरीले जनाएको छ। विवादपछि धोएका लुगा डोकोमा बोकी घर फर्किएकी पद्मालाई पछाडिबाट खुलखुले गैरामा धारिलो हतियार प्रहार गरेको खुलेको प्रहरीले बताएको छ। घटनामा संलग्न भएको संकामा प्रहरीले उनीमाथि अनुसन्धान गर्ने क्रममा शुक्रबार दिउँसो उनको घरबाट मृतकको मोबाईल, रगत लटपटिएको कपडा र खुर्पा भेटेको हो। रोजगारीको सिलसिलामा भारतमा बस्दै आएका देवलाल केही महिना अघि मात्र नेपाल आएका थिए। मंगलबार बिहान ९ः३० बजे तिर नुहाउन गएकी पद्मा दिउँसो तीन बजेसम्म पनि घर नफर्किएपछि आमा र भाईले खोजी गरेका थिए।  खोजी गर्ने क्रममा घरभन्दा केही पर बाटोमा उनले बोकेको डोको, बाटा, बाल्टिन र भुईमा फालिएको कपडा फेला परेको थियो। बाटोभन्दा तल खरबारीमा उनको शव क्षतविक्षत अवस्थामा फेला परेको थियो। शव पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा लगिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

वाग्मतीको मुख्यमन्त्रीमा जम्कट्टेललाई निरन्तरता दिने चार दलीय सहमति

काठमाडौं । सत्ता गठबन्धनमा रहेका चार दलबीच वाग्मती प्रदेशमा सरकार निर्माण गर्ने सहमति भएको छ । बिहीबार नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली पार्टीबीच पाँचबुँदे सहमति भएको छ । उनीहरूबीच प्रदेशसभाको बाँकी पूरै कार्यकालका लागि सहकार्य गर्ने सहमति भएको छ । सहमति पत्रमा सरकारको नेतृत्व केन्द्रको निर्णयअनुसार सहकार्य गरेर गर्ने भनिएको छ । दलहरूबीच सरकार सञ्चालनका लागि प्रदेशस्तरीय संयन्त्र गठन गरेर साझा न्यूनतम नीति कार्यक्रम बनाउने पनि सहमति भएको छ । सहमतिपत्रमा एमाले वाग्मती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलिया, माओवादी संसदीय दलका नेता शालिकराम जम्कट्टेल, एकीकृत समाजवादीका राजेन्द्रमान श्रेष्ठ र हाम्रो नेपाली पार्टीका शैलेन्द्रमान बज्रचार्यले हस्ताक्षर गरेका छन् । एकसय १० सदस्यीय वाग्मती प्रदेश सभामा बहुमतका ५६ सांसदको समर्थन चाहिन्छ । केन्द्रीय सत्ता गठबन्धनका दलमध्ये एमालेका २७, माओवादी केन्द्रका २१ र एकीकृत समाजवादीका ७ सांसद छन् । हाम्रो नेपाल पार्टीका दुई सांसद थपिएसँगै जम्कट्टेल नेतृत्वको प्रदेश सरकारलाई बहुमत पुगेको छ ।  हेर्नुहोस् सहमतिपत्र

एक रुपैयाँ उठाएर पाइलट अध्यायन (भिडियो सहित)

काठमाडौं । भरतपुर चितवनमा रिटर्नी सेन्टर नेपालको राष्ट्रिय सम्मेलन चल्दै गर्दा सम्मेलन स्थल बाहिर केहि युवा अकस्मात आए र आफुले ल्याएको ब्यानर भित्तामा टाँगे । व्यानरमा लेखिएको थियो, ‘पाइलट अध्ययनका लागि रु. १/– अभियान’ । सँगै अगाडि टेबुलमा एउटा खुत्रुके आकारको टोकरी राखियो । टोकरीमा लेखिएको थियो ‘1 Rupee campaign for Pilot study’   सेतो सर्ट र कालो पाइन्टमा सजिएका एक किशोर कुर्चीमा बसे । अर्को एक जनाले चाँही कापी र कलमले टिप्न थाले । वरपर रहेकाहरुले टोकरी पैसा राख्न थाले । १०, २०, ५०, १००, ५०० र १००० का नोठहरु मान्छेहरु राखिरहेका थिए ।  दोलखा जिल्लाको बैतेश्वर गाउँपालिका वडा नम्बर २ का दिपेन्द्र घिसिङलाई पाइलट पढ्न मन लाग्यो तर आर्थिक अवस्था कमजोर । परिवारबाट केही सहयोग होला भन्ने थिएन । दिपेन्द्रले भने, ‘बुवाले पनि अर्कैसँग विहे गर्नुभयो, आमाले पनि अर्कैसँग विहे गर्नुभयो ।’ पाइलट बन्नका लागि परिवारबाट सहयोग नपाउने भएपछि उनी सरकारको आशामा रहे । उनले थपे, ‘तिनै तहको सरकारमा मेरो लक्ष्य पुरा गराउनका लागि पहल गरें तर वर्ष वितेपनि कुनै रेस्पोन्स (प्रतिक्रिया) आएन ।’ पाइलटका लागि ८१ लाख रुपैयाँ खर्च हुने भएपछि उनलाई एउटा जुक्ति लगाए, एक रुपैयाँ उठाउने । पाँच महिना अगाडि उनले यो अभियान सुरु गरे । काठमाडौं, काठमाडौं आसपास, पोखरा र चितवनमा उनी यसरी नै एक रुपैयाँ अभियानमा निस्किए । ‘पाच महिनाको अवधिमा ७६ लाख रुपैयाँ जम्मा भयो । अब एक महिना भित्रमा पाँच लाख पु¥याउनुछ ।’, दिपेन्द्रले सुनाए । ‘एक रुपैयाँ अभियान हुँदै गर्दा एक रुपैयाँ नै कतिले दिएका छन् त ?’ प्रश्न सुनेपछि दिपेन्द्रले भने, ‘चार सय जना जतिले एक रुपैयाँ दिनुभएको छ ।’  कसले कति दिएको भनेर दिपेन्द्रले एक जना सहयोगी सहित नाम र फोन नम्बर टिप्ने गरेका छन् । उनका अनुसार फागुन मसान्तसम्ममा ६ हजार पाँच सय जनाबाट रकम उठेको छ । पाइलट अध्ययनका लागि धेरै दिनेले पाँच लाख सम्म आफुलाईसहयोग गरेको दिपेन्द्रले जानकारी दिए ।  काठमाडौंमा ग्राउण्ड क्लास पढिरहेका दिपेन्द्र आफु पाइलट बन्नेमा ढुक्क छन् ।   विद्यालय तहमा दिवा खाजा र सुधारका केही कुरामा बहस भएपनि उच्च शिक्षाका लागि सरकारले प्रभावकारी काम गर्न नसकेको दिपेन्द्रको बुझाइ छ । उनी भन्छन्, ‘यो उच्च शिक्षामा सुधार गर्नका लागि विद्रोह पनि हो । भिडियो हेर्नुहाेस् ।

भरतपुर भ्रमण वर्ष २०२४ : दुर्लभ पाटे बाघ सहजै देख्न पाइने

चितवन । भरतपुरमा दुर्लभ मानिएको पाटे बाघ सहजै देख्न पाइने भएको छ । बुधबारदेखि भरतपुर ६ देवनगरमा रहेको वन्यजन्तु उद्धार केन्द्रमा पाटे बाघ नजिकैबाट देख्न पाइने गरी व्यवस्थापन गरिएको छ ।   बाघलाई केन्द्रको परिसरमा रहेका मचानबाट हेर्न मिल्ने गरी २ वटा पाटे बाघलाई राखिएको छ । थोरै समयमा बाघ हेर्न चाहाने पर्यटकका खुसीको विषय हो । केन्द्रमा उद्धार गरी राखिएको दुई भाले ‘नरभक्षी बाघ’ छन् । केन्द्र भरतपुरको पर्यटनको मुख्य आर्कषण बन्न सक्छ । भरतपुर भ्रमण वर्षको अवसर पारेर महानगरले नयाँ गन्तव्यका रुपमा दियालो बंगला र उद्धार केन्द्र सर्वसाधरणलाई खुला गरिएको हो । टिकौली ढाटबाट बीस हजारी ताल जाने सडक हुँदै करिब ९ किमी दक्षिणतर्फ केन्द्र पर्छ । वन्यजन्तु उद्धार केन्द्रको बुधबार एक कार्यक्रमका बीच भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले उद्घाटन गरे। केन्द्रको उद्घाटन गर्दै प्रमुख दाहालले भरतपुरको पर्यटनलाई दिगो बनाउन केन्द्रले सहयोग पुराउने बताए । ‘यो उद्धार केन्द्रले पर्यापर्यटनको विकास गर्न सघाउनेछ । यसको व्यवस्थापनमा महानगरले हातेमालो गर्छ,’ दाहालले भने, ‘निकुञ्जलाई थुनेर राख्दा आहारा व्यवस्थापनमा गाह्रो भइरहेको थियो। अब टिकट शुल्क लिएर पर्यटकलाई हेर्ने व्यवस्था मिलाएपछि त्यो समस्या हुँदैन।’ चितवन निकुञ्जका संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले समस्याग्रस्त भनेर उद्धार गरिएका दुईवटा बाघहरु यहाँ राखिएको जानकारी दिनुभयो । ती बाघ बाँके राष्ट्रिय निकुञ्ज र चितवनको बेसहर मध्यवर्ती सामुदायिक वनबाट नियन्त्रणमा लिइएको हो। हाल ८ वर्षको भाले बाघलाई बाँकेको राप्ती पीडित सामुदायिक वनबाट २०७८ साल फागुन १८ गते नियन्त्रणमा लिइएर चितवन ल्याइएको थियो। अर्को भाले बाघलाई २०७७ असोज १२ गते नियन्त्रणमा लिइएको थियो। यो बाघ अहिले अन्दाजी १४ वर्षको छ। यी दुबैलाई मान्छेमाथि आक्रमण गर्न पल्किएपछि समातेर थुनिएको थियो। ‘मान्छेमाथि आक्रमण गरेर समस्या निम्त्याएका बाघहरु नियन्त्रणमा लिएर निकुञ्जका खोरहरुमा थुन्ने गरिएको थियो। तर उनीहरुलाई खुवाएर पाल्न बजेटको समस्या हुँदै आएको थियो,’ तिवारीले भने, ‘निश्चित शुल्क लिएर पर्यटकका लागि खुल्ला गर्दा खानाको समस्या हुँदैन। भरतपुर भ्रमण वर्षका लागि पनि टेवा पुग्छ भनेर यता सारेका हौं।’ चितवन निकुञ्जसँग कसरामा चार र सौराहामा दुईवटा बाघ राख्नसक्ने क्षमता थियो। ‘यो निकुञ्जकामात्रै नभएर आवश्यक पर्दा बाहिरका समस्याग्रस्त बाघ, अन्य वन्यजन्तुको पनि उद्धार गरेर व्यवस्थापन गर्नुपर्ने हुन्छ । कार्यक्रममा भरतपुर महानगरपालिका उपप्रमुख चित्रसेन अधिकारी, निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिल पुर्जा, मध्यवर्ती समितिका अध्यक्ष प्रकाश ढुङगनाले मन्तव्य राख्नुभएको थियो ।  

भरतपुर भ्रमण वर्ष : गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा खेल नै खेल

चितवन । भरतपुर भ्रमण वर्ष २०२४ को सन्दर्भमा भरतपुरमा खेल गतिविधिहरु निरन्तर भइरहेका छन् ।भ्रमण वर्ष अवधिभर भरतपुरमा हुने कार्यक्रमलाई प्रोत्सहान एवम् राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सभा समारोह आयोजना गर्न महानगरपालिकाले अनुरोध पनि गरेको छ । भ्रमण वर्षलाई मध्यनजर राख्दै निर्माणधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा खेल नै खेल भइरहेका छन् । जिल्ला खेलकुद विकास समिति चितवनका अनुसार पुस १७ गतेदेखि निरन्तर क्रिकेट प्रतियोगिता भइरहेका छन् । प्रधानमन्त्री कपमा भाग लिन वागमती प्रदेशस्तरीय महिला छनोट प्रतियोगिता भएको थियो । जहाँ वागमती प्रदेशका ४ वटा महिला क्रिकेट टिमबीच प्रतिस्पर्धा भएको थियो । त्यसपछि रंगशालामा खेलकुद गतिविधि विषेश गरी क्रिकेट प्रतियोगिता भइरहेका छन् । समितिकाले तथ्याङक अनुसार वागमती प्रदेशस्तरीय महिला एलिट क्रिकेट प्रतियोगिता, भिजिट भरतपुर कप, सिनियर वागमती प्रदेश छनोट प्रतियोगिता, वडास्तरीय क्रिकेट प्रतियोगिता, मैयाँदेवि मेमोरियल यू–१९ महिला क्रिकेट, चितवन भर्सेज नवलपुर क्रिकेट प्रतियोगिता, अन्तर विद्यालयस्तरीय मेर्यस कप क्रिकेट प्रतियोगिता भइसकेको छ भने इण्डो नेपाल टि–२० क्रिकेट प्रतियोगिता भइरहेको छ । वागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाबीच अधुरो क्रिकेट रंगशाला निर्माणका क्रममा वागमती प्रदेशका प्रतियोगिता भरतपुरमै गर्ने सहमति पनि भएको थियो । आगामी चैत्र २५ गतेदेखि भरतपुरमा फेरि पनि वागमती प्रदेशले विभिन्न ९ विद्याको खेल भरतपुरमा गर्दैछ । जसमा क्रिकेट, भलिबल, फुटबल, स्वीमिङ, तेक्वान्दोलगायतका खेलहरु हुन लागेको प्रदेश खेलकुदका सदस्य सचिव सुर्यलाल भण्डारीले जानकरी दिए। यो प्रतियोगितामा नेपालभरका ५ हजारभन्दा बढी खेलाडी भरतपुर आउने छन् । प्रतियोगितको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा बाहेक भरतपुर फुटबल, साईकलिङ प्रतियोगिता, ब्याटमिन्टन प्रतियोगितालगायतका खेलकुदहरु भइरहेका छन् । भरतपुर महानगरपालिका नेपालको ७५३ वटा पालिका मध्ये सबैभन्दा धेरै खेल गतिविधि गर्ने पालिकाका रुपमा राष्ट्रिय खेलकुद परिषदबाट सम्मानित भइसकेको छ । भरतपुर भ्रमण वर्ष चलिरहेको र गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको पक्का भएसँगै भरतपुरमा खेल गतिविधिहरु दिनप्रति दिन वृद्धि हुँदै गईरहेको छ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले आगामी सन् २०२७ मा हुने यू १९ महिला विश्वकप क्रिकेट यही भरतपुरको रंगशालामा गराउने गरी पहल गरिरहनु भएको छ । प्रमुख दाहालले यसका लागि खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद, नेपाल क्रिकेट संघलाई अनुरोध गरिसक्नु भएको छ। रंगशालाको टेण्डर आह्वान भइसकेकाले यू १९ महिला विश्वकप क्रिकेट बन्द प्रशिक्षण यही गर्न क्यान पनि सकारात्मक देखिएको छ ।भरतपुर महानगरले विद्यालयस्तरीय क्रिकेट लिग प्रतियोगिता सम्पन्न गरिसकेकाले आगामी वैशाखमा फुटबलको लिग प्रतियोगिता पनि गर्दैछ ।