लोकसेवा परीक्षार्थीले पढ्नैपर्ने अति महत्त्वपूर्ण समसामयिक जानकारी

* हाल श्रीलंकाका रास्ट्रपति हुनुहुन्छ ?
– मैत्रीपाल सिरिसेना

* टर्कीस airlines को जहाज कहिले नेपालमा दुर्घटना भयो?
– २०७१ फाल्गुन २०

* नेपालकै पहिलो रोबर्ट बुद्द्ध संग्राहलय पोखरामा कहिलेदेखि सञ्चालित छ?
-२०७१ पौष १६

* काठमाडौमा महिलामैत्री बस सञ्चालन २०७१ पौष २० गते देखि सुरु भएको हो ।

* साउदी अरेबियाका नया राजाको नाम सल्मान विन अब्दुल अजिज अलसउद हो ।

* सत्यनिरूपण तथा मेलमिलाप आयोगका अध्यक्ष सुर्यकिरण गुरुङ हुन ।

* अफगानिस्तानका नयाँ राष्ट्रपतिका रुपमा अस्रफ घानिले कहिले सफथ ग्रहण गरे ?
– २०१४ सेप्टेम्बर २९

* सन २०१४ अगस्टमा मलेसियामा सम्पन्न एसिसी यु-१६ को बिजेता टोलि कुन हो ?
– नेपाल

* कर प्रणाली सुधार आयोग कहिले गठन भयो ?
-२०७१ कार्तिक ३०

* WHO ले सेनेगल र नाइजेरियालाइ कहिले इबोलामुक्त घोषणा गर्यो ?
– क्रमश :- १७ र २० अक्टुबर २०१४

* नेपाल प्रहरिले कहिले देखी देशभर मुस्कान सहितको सेवा सञ्चालन गर्यो ?
– २०७१ जेष्ठ ८

* नेपाल सरकारले कहिले देखी क्यासिनो बन्द गर्ने निर्णय गर्यो ?
-२०७१ बैशाख ०७

* बि.स 2071।11।14 गतेको संवैधानिक परिषद्को बैठकले लोकसेवा आयोगको अध्यक्ष पदमा कसलाई सिफारिस् गरेको छ?
– उमेश मैनाली

* सन् 2015 फेब्रुअरीमा सम्पन्न 87 औ ओस्कार अर्वाड समारोहमा उत्कुष्ठ चलचित्रको उपाधि कुन चलचित्रले जित्यो?
-बर्ड म्यान

* जोनाथन वि पोस्टल अर्वाड प्राप्त गर्ने नेपालिको हुन् ?
-महाविर पुन

* अमेरिकि राष्ट्रपति बाराक ओवामा तिन दिने भारत भ्रमणका क्रममा कहिले नयाँदिल्लि आएका थिए ?
-सन् 2015 जनवरी 25

* नेपाल र वंगलादेश बिच दोहोरो करमुक्त सम्झौता कहिले भयो ?
-बि स 2071।10।15 गते

* मिस युनिभर्स 2015 को उपाधि जित्ने युवतिको हुन्?
-पाउलिन मेगा

* 2071सालको युध्द प्रसाद मिश्र पुरस्कार कसलाई प्रदान गरियो ?
-पुण्य प्रसाद खरेल

*2071सालको बिराट गोल्डकपको उपाधि कुन टिमले हात पार्यो ?
-झापा ११

* नेपाल र चिन बिचको रसुवागढि नाकाको संञ्चालन कहिले भएको हो?
-2071।8।15 गते

* हाल नेपालमा कति वटा नगरपालिका मात्र
-१७९ (११ उप अनि १ महानगर)

* नन्दप्रसाद अधिकारी को मृत्यु कहिले भएको हो?
-२०७१ असोज ६

* सन् २०१५ मा मनाईएको अन्तराष्ट्रिय नारी दिवश १०५ औं हो भने यस बर्षको नारा के रहेको छ ?
– महिला सशक्तिकरण : मानवताको सशक्तिकरण

चिलिमे जलविद्युत कम्पनीको खुला तथा आन्तरिक परीक्षा तालिका सार्वजनिक

चिलिमे जलविद्युत कम्पनी लिमिटेडले खुला तथा अान्तरिक प्रतियोगितात्मक अन्तर्गत रिक्त रहेका विभिन्न पदहरुमा २०७४ मंसिर ११ गते उम्मेदवारहरुको अावेदनका लागि  गोरखापत्रमा सूचना प्रकाशित गरिएको थियो । उक्त सूचनाअनुसार खुला तथा आन्तरिक प्रतियोगितात्मक परीक्षाको लागि आवेदन भर्ने सबै उम्मेदवारहरुको लागि लिखित परीक्षा निम्न मिति, समय र स्थानमा हुने भएको जानकारी प्रकाशित गरेको छ । उक्त परीक्षाको दिन सबै उम्मेदवारहरुले अाफ्नो प्रवेश पत्र साथमा लिई सहभागी हुनका लागि आजको गोरखापत्रमा यो सूचना प्रकाशित गरिएको छ । बाँकी विवरण तलको तालिकामा हेर्नुहोस्–  

कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक, कुन क्षेत्रमा कति पास ? [नतिजासहित]

काठमाडौं, असार १५ अागामी वर्ष (सन् २०१९) का लागि लिइएको ईपीएस कोरियन भाषा परीक्षाको नतिजा प्रकाशित भएको छ । ईपीएस कोरिया शाखाले गत जेठ २६ र २७ मा लिएको परीक्षाको नतिजा प्रकाशित भएको हो । यो वर्ष कल सात  हजार ९ सय ९६ जना परीक्षार्थी उर्त्तीण भएको इपीएस कोरिया शाखाका प्रवक्ता शोभाकर भण्डारीले जानकारी दिए । यो वर्ष कारियाले ७ हजार १ सय नेपाली कामदारको कोटा दिएको थियो । कोटाभन्दा झण्डै ९ सय बढी परीक्षार्थी उत्तीर्ण भएका छन् । जसमा कृषिमा २ हजार ९६८ र उत्पादन क्षेत्रमा ५ हजार २८ जना उत्तीर्ण भएका छन् । सन् २०१९को लागि भएको कोरियन भाषा परीक्षामा ७४ हजार ८ सय ६६ जना सहभागी भएका थिए । नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस्

उत्तीर्ण भएका उम्मेदवारहरुलार्इ अन्तर्वार्तामा उपस्थित रहन सूचना प्रकाशित (तालिकासहित)

पदपूर्ति तथा बढुवा समिति, सानोठिमी, भक्तपुर (सीटीभीटी) ले खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षामा उत्तीर्ण हुन सफल भएका उम्मेदवारहरुलार्इ अन्तर्वार्ताका लागि निम्न मिति, समय र स्थानमा उपस्थित हुनका लागि सूचना प्रकाशित गरिएको छ । बाँकी वितरण तलको सूचनामा हेर्नुहोस्-

माध्यमिक र निम्न माध्यमिक तहमा ठूलो संख्यामा शिक्षक माग (विज्ञापनसहित)

काठमाडौं, असार २ । शिक्षक सेवा आयोगले माध्यमिक र निम्न माध्यमिक तहमा ठूलो संख्यामा स्थायी शिक्षकका लागि शनिबार आवेदन खुला गरेको छ । सामुदायिक विद्यालयको स्विकृतीमा रिक्त रहेका विभिन्न पदहरुमा खुला प्रतियोगित्मक लिखित परीक्षा अन्तर्गत स्थायी पदपूर्तिका लागि निम्न योग्यता भएका उम्मेदवारका लागि आवेदन खुलेको छ । बाँकी विवरण तलको तालिका हेर्नुहोस् पद : माध्यमिक तह, तृतीय श्रेणी पद : निम्न माध्यमिक तह, तृतीय श्रेणी

कोरियाली भाषा परीक्षामा पनि भेटिए ४७ नक्कली परीक्षार्थी

काठमाडौं । इपीएस अन्तरगतको कोरियन भाषा परीक्षाको पहिलो दिन ४७ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । काठमाडौंका १६ परीक्षा केन्द्रमा परीक्षा भएको थियो । ७ वटा केन्द्रबाट अर्काको परीक्षा दिन राहदानी, प्रपेशपत्र लिई परीक्षा दिइरहेको अवस्थामा ४७ जना पक्राउ परेका हुन् । सबैभन्दा धेरै जेभियर स्न्टरनेशनल स्कुल केन्द्रबाट १३ जना र भीएस निकेतन कजेल तिनकुनेबाट ११ जना पक्राउ परेका छन् । टाइम्स इन्टरनेनल कलेजबाट ८ तथा नोबल कलेज र युनिभर्सल कलेजबाट ५(५ जना पक्राउ परेका छन् । पक्राउ परेका मध्ये १ जना महिला छन् ।

लोकसेवाको सबै तहका लागि सोधिने प्रश्नोत्तर

विषयगत प्रश्‍नोत्तर १. विश्‍व मानचित्रमा नेपालको अवस्थितिबारे लेख्न्नुहोस । नेपाल पृथ्वीको उत्तरी गोलार्द्धमा पर्ने एसिया महादेशको मध्यभागमा रहेको छ। नेपाल २६ डिग्री २२’ देखी ३० डिग्री २७’ उत्तरी अक्षांशसम्म र ८० डिग्री ४’ देखि ८८ डिग्री १२’ पूर्वी देशान्तरसम्म फैलिएको छ । नेपालको क्षेत्रफल १,४७,१८१ वर्ग किमि रहेको छ । यसले विश्वको ०.०३५ र एसिया महादेशको ०.३५ भू-भाग ओगटेको छ । क्षेत्रफलको हिसाबमा नेपाल विश्वका १९२ राष्‍ट्रमध्ये ९०औँ ठूलो देश हो । २) नेपालको प्रामाणिक समयको निर्धारण नेपालको प्रामाणिक समय दोलखा जिल्लामा पर्ने गौरीशंकर हिमाललाई काटेर गएको ८६ डिग्री १५ को पूर्वी देशान्तर रेखालाई आधार मानिएको छ । ग्रीनविच मिन टाइमभन्दा ५ घन्टा ४५ मिनेट छिटो छ । यो प्रामाणिक समयको निर्धारण वि सं २०४२ वैशाख १ देखि गरिएको हो । ३) हिमाली क्षेत्रका विशेषताहरू देशको कुल भुभागको करिब १५ प्रतिशत भूभाग यस क्षेत्रमा रहेको¸ विभिन्न हिमनदी र नदीहरूको उद्‍गमस्थल¸ बौद्ध धर्मावलम्बीहरूको बसोबास भएको¸ यातायात¸ सञ्चार¸ शिक्षा र स्वास्थ्यको अपर्याप्‍त सुविधा¸पशुपालन¸ फलफूल¸ जडीबुटी मुख्य व्यवसाय । ४० पहाडी क्षेत्रका विशेषताहरू देशको कुल भूभागको करिब ६८ प्रतिशत भूभाग यस क्षेत्रमा रहेको¸ सुहाउँदो हावापानी¸ ५ वटै विकास क्षेत्रका सदरमुकाम रहेको¸ बाहुन¸ क्षेत्री¸ तामाङजस्ता जाति र हिन्दूधर्म मान्नेहरूको बाहुल्य भएको । ५) तराई क्षेत्रका विशेषताहरू देशको कुल भूभागको करिब १७५ भूभाग यस क्षेत्रमा रहेको¸ अन्न भण्डारले परिचित¸ यातायात¸ सञ्चार¸ शिक्षा र स्वास्थ्यको पर्याप्‍त सुविधा भएको¸ कृषि¸ पशुपालन¸ उद्योग¸ व्यापार¸ नोकरी आदि पेसा अँगालिएको¸ हिमाली र पहाडी क्षेत्रका तुलनामा बेरोजगार संख्या न्यून ६) नेपालको निजामती सेवामा प्रवेश गरेका नयाँ विषयहरू सुशासन लैङ्गिक समता¸ समानता र मूलप्रवाहिकरण समावेशीकरण उपभोक्ता हक हितको संरक्षण नयाँ सार्वजनिक व्यवस्थापन सक्षम सरकारः सक्षम प्रशासन ७) निजामती सेवाका विशेषताहरू क) राज्यव्यवस्थाको अभिन्न अंग र सरकारको संस्थागत संयन्त्र ख) स्वतन्त्र निकायद्वारा कर्मचारीको छनौट ग) स्थायी कार्यकाल¸ निश्‍चित पदावधि र उमेरको हद घ) नियम कानुनमा आधारित ङ) योग्यता प्रणालीमा आधारित च) पद सोपानको सिद्धान्तमा आधारित प्रशासनिक संरचना छ) लिखित अभिलेखको व्यवस्था ज) दोहोरो उत्तरदायित्व झ) वृत्ति विकासका अवसरहरूको सुनिश्चित‍ता ञ) गैर सैनिक चरित्र ट) राजनीतिक रूपमा तटस्थ ठ) तोकिएको सेवाको सर्त सुविधा ८० निजामती सेवा भनेको के हो ? नेपालको अन्तरिम संविधान¸ २०६३ को धारा १२६ अनुसार सैनिक अधिकृत वा जवान र सशस्त्र प्रहरी वा प्रहरी कर्मचारीको सेवा वा पद तथा निजामती सेवा वा पद होइन भनि ऐनद्वारा तोकिएका सेवा वा पदबाहेक नेपाल सरकारका अरू सबै सेवा वा पदलाई निजामती सेवा वा पद भनिन्छ । निजामती सेवा वैतनिक¸ स्थायी र सीपयुक्त कर्मचारीहरूको संगठन हो जसले सरकार र नागरिकबीच पुलको रूपमा रहेर कार्य गर्दछ । यो सरकारको नीति तथा कार्यक्रमहरू जनतासमक्ष लगि कार्यान्वयन गर्ने र जनगुनासा¸ आवश्यकता र चाहनाका सम्बन्धमा सरकारलाई सुझाव दिने महत्त्वपूर्ण संयन्त्र हो । ९० लेखा भन्नाले के बुझिन्छ ? लेखा परीक्षण ऐन¸ २०४८ अनुसार “लेखा” भन्नाले “कारोबार भएको बेहोरा देखिने गरि प्रचलित कानुन बमोजिम राखिने अभिलेख¸ खाता¸ किताब आदि र सो कारोबारलाई प्रमाणित गर्ने अन्य कागजात समेतलाई जनाउँदछ ।” साधारण अर्थमा लेखा भन्नाले प्रचलित कानुन¸ ऐन नियम¸ नीति¸ कार्यक्रम तथा निर्णय¸ आदेश तथा मापदण्डसमेतलाई आधार मानि कारोबारको यथार्थ विवरण देखिने गरि राखिने अभिलेख वा खाता भन्ने बुझिन्छ । १०० लेखा प्रणाली भन्नाले के बुझिन्छ ? आर्थिक कारोबारको लेखाङ्कन गर्ने¸ अभिलेख राख्‍ने र त्यसको नतिजा एवं यथार्थ आर्थिक स्थिति देखाउन अपनाइने व्यवस्थित कार्यविधिलाई लेखा प्रणाली वा स्रेस्ता प्रणाली भनिन्छ । लेखाका विभिन्न प्रतिवेदनहरू तयार गर्न आवश्यक पर्ने अभिलेखाङ्कन सम्बन्धी क्रियाकलाप नै लेखा प्रणाली हो । ९अनिवार्य ीष्पभ र क्जबचभ गरि यो पेजलाई अझ लोकप्रिय बनाऔं, तपाईको सहयोग विना हामी केही गर्न सक्दैनौं, यो पेज मन पर्दैन भने हामीलाई अवश्य भन्नहोस्०

करार सेवाका लागि शिक्षक अावेदन खुल्यो

काठमाडौं । नेपाल वेदआश्रम संस्कृत माध्यमिक विद्यालयमा करार सेवामा शिक्षकको लागि आवेदन खुलेको छ । हेर्नुहोस् तालिका-

सिटिजन्स बैंकमा अफिसरदेखि सुपरभाइजरसम्म कर्मचारी माग्यो

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लि।मा विभिन्न पदमा जागिर खुलेको छ । बैंकले अफिसर, जुनियर अफिसर, सुपरभाइजर लगायतका पदमा दरखास्त आह्वान गरेको छ । थप जानकारीको लागि तलको सूचना हेर्नुहोस्–  

त्रिवि सेवाको लिखित परीक्षाको नतिजा प्रकाशित, साथै सिटिइभिटीले माग्यो बगैंचे

काठमाडौं । अाजको गोरखापत्रमा प्रकाशित त्रिवि सेवा अायोगद्वारा रिक्त रहेका पदपूर्तिका लागि करार सेवाका निम्ति भएको भएको लिखित परीक्षाको नतिजा प्रकाशित भएको छ । साथै प्राविधिक शिक्षा तथा व्यवसायिक  तालिम परिषद् (सिटिइभिटी)ले करार सेवा अन्तर्गत बगैचे पदको विज्ञापन खोलेको छ । हेर्नुहोस् सूचना- प्राविधिक शिक्षा तथा व्यवसायिक  तालिम परिषद् (सिटिइभिटी) (माथि) र त्रिवि सेवा आयोग को सूचना (तल)…

लोकसेवा तयारीका लागि नमूना प्रश्नोत्तर

लोकसेवा अायोगद्वारा सञ्चालित खरिदार पदको लागि तयारी गरिरहेका उम्मेदवारहरुको लागि लोकसेवा सहयोगीबाट ल्याइएको यो सानो नमुना प्रश्नोत्तर- ० नेपालको पहिलो साहित्यिक पत्रिका– सुधासागर हो । ० नेपालबाट हालसम्म म्यागासेसे पुरस्कार पाउने– ४ जना क्रमशः महेशचन्द्र रेग्मी, भारदत्त कोईराला, डा. सन्दुक रुईत र महाबीर पुन हुन् । ० भारतिय राष्ट्रिय फुटबल टिमका पूर्वकप्तानहरु श्याम थापा र भाईचुङ् भुटिया साथै हालका कप्तान सुशील क्षेत्री सबै नेपाली भाषी भारतीय हुन्। ० सर्वप्रथम साहित्यमा पिएचडि गर्ने महिला डा. बानिरा गिरी हुन्। ० नेपालको पहिलो धार्मिक शहिद स्व.पं.नारायणप्रसाद पोखरेल हुन्। ० “THE POLITICAL RELATION BETWEEN NEPAL AND INDIA” नामक पुस्तकका लेखक भारतीय नागरिक शिवशकंर मेनन हुन् । ० नेपाली भाषाले नेपाल बाहेक भारत र भुटानमा पनि राष्ट्र भाषाको मान्यता पाएको छ। ० नेपाल UNO मा शान्ति सेना पठाउने ७ औँ ठुलो राष्ट्र हो। ० राजामामा कुसुण्डा, कुसुण्डा भाषा बोल्ने एकमात्र व्यक्ति हुन् । ० महेन्द्र राजमार्गले नछुने एकमात्र तराईको जिल्ला पर्सा हो भने छुने एकमात्र पहाडको जिल्ला अर्घाखाँची र मकवानपुर हुन। ० शेर्पा जातिको धर्मग्रन्थलाई फोग्यु भनिन्छ। ० बिश्वको सर्वोच्च स्थानमा रहेको झरना डोल्पा जिल्लामा रहेको शुलिगाड झरना हो यो ३६१३ मिटरको उचाईमा रहेको छ भने १६७ मिटर लामो छ। ० विश्वको सर्वाधिक उचाइमा रहेको बस्ती डोल्पा जिल्लाको छार्का भोट र तराप गाउँ हो। ० नेपालमा घद्द प्रकारका गुराँसहरु पाईन्छन्। ० सेतो गुराँसलाई चिमाली भनिन्छ। ० सुर्यको किरणबाट उपचार गरिने बिधिलाई हेलियो थेरापी भनिन्छ । स्रोतः Anomal psc helper

७ सय ३४ लाई एकै पटक सरकारी जागिर खाने अवसर

काठमाडौं, चैत १ । लोकसेवा आयोगले रोजगारीका लागि दरखास्त आह्वान गरेको छ । आयोगले विज्ञापन प्रकाशन गर्दै आन्तरिक प्रतियोगिता खुल्ला तथा समावेशी तर्फका प्रतियोगितात्मक परीक्षाका लागि विज्ञापन गरेको हो । आयोगले पुरानै अञ्चलस्तरीय ढाँचामा विज्ञापन गरेको हो । आयेगले ७ सय ३४ पदमा दरखास्त आह्वान गरेको हो । विज्ञापन अनुसार पूर्वाञ्चल क्षेत्रीय निर्देशनालय धनकुटाका लागि ३९ पद, मेची अञ्चल कार्यालय इलामका लागि २३ जना, सगरमाथा अञ्चल कार्यालय दिक्तेलका लागि ११३, मध्यमाञ्चल क्षेत्रीय निर्देशनालय नयाँ बानेश्वरका लागि ८८ जना, जनकपुर अञ्चल कार्यालय जलेश्वरका लागि ४९ जना कर्मचारी माग गरिएको छ । नारायणी अञ्चल कार्यालय हेटौडाका लागि ८५ जना, पश्चिमाञ्चल क्षेत्रीय निर्देशनालय पोखराका लागि ४८ जना, लुम्बिनी अञ्चल कार्यालय बुटवलका लागि ५० जना खरदार माग गरिएको छ । त्यस्तै धौलागिरी अञ्चल कार्यालय बागलुङका लागि ४५ जना, मध्य पश्चिमाञ्चल क्षेत्रीय निर्देशनालय सुर्खेतका लागि ५८ जना, राप्ती अञ्चल कार्यालय दाङका लागि ४१ जनाको पदमा आवेदन माग गरिएको छ । त्यस्तै कर्णाली अञ्चल कार्यालय जुम्लाका लागि ४२ जना तथा सूदूर पश्चिमाञ्चल क्षेत्रीय निर्देशनालय दीपायल २६ जना र, महाकाली अञ्चल कार्यालय महेन्द्रनगर २७ जना गरि जम्मा ७ सय ३४ पदका लागि आवेदन माग गरिएको आयोगले जनाएको छ । विज्ञापन अनुसार चैत्र २० गतेसम्म आवेदन दर्ताको समय तोकिएको छ । दोव्वर दस्तुर तिरेर चैत्र २७ गतेसम्म फर्म भर्न सकिने आयोगले जनाएको छ । जसका लागि प्रत्येक विज्ञापनका लागि दरखास्त दस्तु तीनसय तोकिएको छ । मान्यता प्राप्त शिक्षण संस्थाबाट एसएलसी वा सो सरह उत्तीर्ण भएकाले आवेदन दर्ता गर्न सक्नेछन् । तर एसएलसी ग्रेडिङ सिस्टमबाट प्रवेशिका परीक्षा दिएका व्यक्तिले २ जीपीए भन्दा कम अंक ल्याएको भएमा आवेदन फर्म भर्न नपाउने आयोगले जनाएको छ ।

बुधबार विशेषः लोकसेवाले माग्यो खरिदार पदमा कर्मचारी

काठमाडौं । लोकसेवा आयोगद्वारा खुला तथा समावेशीतर्फ राजपत्र अनंकित द्वितीय श्रेणीका खरिदार पद (अप्राविधिक) मा रिक्त रहेका विभिन्न पदहरुमा कर्मचारीहरु मागेको छ । आजको गोरखापत्रमा प्रकाशित लोकसेवा आयोगले आवेदन खुलाएको छ । निम्न योग्यता भएका उम्मेदवारहरुले निम्त मिति, स्थान र समयमा गई आवेदन भर्न सकिने छ । यो आवेदन अनलाइनमार्फत भर्न सकिने छ । उम्मेदवारहरुले तलको लिंकमा क्लिक गरी अनलाइन फाराम भर्न सकिने छ । http://psconline.psc.gov.np/ बाँकी वितरण हेर्नुहोस्-        

परीक्षार्थीहरुका लागि तयार पारेका वस्तुगत तथा विषयगत सम्बन्धित प्रश्नोत्तर

लोकसेवा परीक्षा तयारी गरिरहेका परीक्षार्थीहरुको लागि लोकसेवा आयोगद्वारा तयार पारिएका सम्भावित केही वस्तुगत र विषयगत प्रश्नोत्तरुहरु तयार गरेका छन् । अध्ययनमा अझै तीव्रता दिनका लागि लोकसेवाले विभिन्न किसिमका वस्तुगत र विषयगत प्रश्नोत्तरका सामाग्रीहरु यसरी तयार पारी परीक्षार्थीहरुका सामु ल्याएका छन् । हेर्नुहोस् केही प्रश्नोत्तरु– वस्तुगत प्रश्नोत्तर १. वि.सं. २०७४ पुसमा घोषणा गरिएको बालमैत्री वडा कुन हो ? – राकम कर्णाली (दैलेखको आठ गाबिस नपा–४) – बालमैत्री वडा घोषणासँगै राकम कर्णाली नेपालकै दोस्रो र दैलेख जिल्लाको पहिलो बालमैत्री वडा हुन सफल भएकोे । – स्थानीय तह सञ्चालन ऐन, २०७४, बालबालिका सम्बन्धी ऐन, २०४८ र नियमावली २०५१, बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीति, २०६८ सँगै बालमैत्री स्थानीय तह घोषणा कार्यविधि, २०७० मा व्यवस्था भए बमोजिमका विभिन्न ३९ वटा सूचक पूरा गरे बापत राकम कर्णालीलाई बालमैत्री वडा घोषणा गरिएको । २. साहित्यकार प्रेमा शाहको निधन कहिले भएको हो ? – वि.सं. २०७४ पुस ६ ३. मैथिली भाषाको राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरमा पहिचान, विस्तार, संरक्षण एवम् सम्बद्र्धन गर्ने उद्देश्यका साथ १५ औँ अन्तर्राष्ट्रिय मैथिली सम्मेलन कहिले र कहाँ सम्पन्न भयो ? – वि.सं. २०७४ पुस ७–८, सप्तरीको राजविराज ४. तिम्रो सोचले जीवनको उचाई निर्धारत गर्छ भन्ने विचारक को हुन् ? – इडविन लुइसकोल ५. नेपालमा वन्यजन्तुको डीएनए परीक्षणको सुरुवात कहाँ गरिएको छ ? – खुमलटारस्थित राष्ट्रिय विधि विज्ञान प्रयोगशाला – विधि विज्ञान प्रयोगशालामा मानवका डीएनए परीक्षणको सुरुवात यसअघि नै सुरु भइसकेको । – एउटै प्रयोगशालामा मानव तथा वन्यजन्तुको डीएनए परीक्षण गर्ने दक्षिण एसियामै यो पहिलो प्रयोगशाला भएको बताइएको । ६. महिला र पुरुषबीच समानता कायम गर्न सार्वजनिक साधनस्रोतको न्यायोचित विनियोजन गर्ने प्रकृतिको बजेटलाई के भनी चिनिन्छ ? – लैङ्गीक बजेट – नेपालमा आव २०६४–६५ देखि लैङ्गिकबजेट लागू गरिएको – महिला र पुरुाष्बीच समानता कायम गर्न सहयोग पुर्याउनु, बजेट कार्यक्रम र आयोजनाबाट महिलाको क्षमता अभिवृद्धि गर्नु, महिला र पुरुषका भिन्न–भिन्न आवश्यकतालाई भिन्न–भिन्न प्रकारले सम्बोधन गर्नु, आयोजना चक्रका सबै प्रक्रियामा महिलाको सक्रिय एवम् सार्थक सहभागिता गराउनु, लाभको बाँडफाँडमा महिलाको हिस्सा वृद्धि गर्नु, सार्वजनिक स्रोतसाधनको न्यायोचित वितरण गर्नु लैङ्गित बजेटको उद्देश्य रहेको । ७. वरिष्ठ सङ्गीतकार चन्द्रराज शर्माको निधन कहिले भएको हो ? – वि.सं. २०७४ पुस ६ (हामी नदीका दुई किनारा हाम्रो सङ्गम असम्भव छ, मनमा माया तनमा माया, मेरो माल मलाई फर्काइ दे बाबु, ए मेरी मुना नभन त्यसो जूनमा फुलेकी लगायतका गीतमा सङ्गीत भरेका शर्मा वि.सं. १९९६ फागुन २७ मा काठमाडौंको डिल्लीबजारमा जन्मेका ।) ८. नदीमा सुन चाल्ने र माछा मारेर जीविका चलाउँदै आएका सोनाहा जातिको मुख्य बसोबास कहाँ रहेको छ ? – बर्दिया, कैलाली र कञ्चनपुर (झण्डै १२ सय ४० को सङ्ख्यामा रहेको सोनाहा जाति सूचीकृत नहुँदा राज्यबाट पाउने सेवा सुविधाबाट वञ्चित भएको) ९. जगदीश घिमिरे प्रतिष्ठानले जगदीश घिमिरे स्मृति पुरस्कार पहिलो पटक कसलाई प्रदान गर्ने निर्णय गर्यो ? – साहित्यकार मनु ब्राजाकी (पुरस्कार राशिः रु ५१ हजार) १०. सरकारले २०७४ पुस ५ मा सार्वजनिक बहुआयामिक गरिबी सूचकाङ्क (एमपीआई) अनुसार नेपालमा गरिबको सङ्ख्या कति रहेको उल्लेख छ ? – २८.६२ प्रतिशत – स्वास्थ्य, शिक्षा र जीवन स्तरसँग सम्बन्धित विभिन्न १० सूचकको अध्ययनको आधारमा सो प्रतिवेदन तयार पारिएको । – राष्ट्रिय योजना आयोग र अक्सफोर्ड विश्वविद्यालयको बहुआयामिक गरिबीको क्षेत्रमा अनुसन्धान गरिरहेको संस्था अक्सफोर्ड पोभर्टी एन्ड ह्युमन डेभलपमेन्ट इनिसिएटिभ (ओपीएचआई) सहकार्यमा । – प्रतिवेदनले अघिल्ला सूचकाङ्कलाई पनि बहुआयामिकगरिबी सूचकाङ्कका आधारमा रुपान्तरित गर्दा नेपालको गरिबी अवस्थामा सुधार आएको देखाएको । प्रतिवेदन अनुसार सन् २००६ मा ०.३१३ अङ्कबाट घटेर २०११ म ०.१८६ हुँदै २०१४ मा ०.१२७ मा गरिबी सूचकाङ्क पुगेको उल्लेख । – प्रदेशअनुसार ६ नं. प्रदेशमा सबैभन्दा धेरै गरिब रहेको पाइएको । सो प्रदेशको एमपीआई सूचकाङ्क ०.२३० रहेको । त्यस्तै प्रदेश ६ पछि प्रदेश नम्बर दुई ०.२१७ एमपीआईसहित सबैभन्दा धेरै गरिबी रहेको प्रदेशको दोस्रो स्थानमा रहेको । – प्रदेश नम्बर सात ०.१४६, प्रदेश पाँच ०.१३३, प्रदेश एक ०.०८५, प्रदेश चार ०.०६१, प्रदेश नम्बर तीन ०.०५१ एमपीआईसहित क्रमशः पाँचौँदेखि पहिलो स्थानमा रहेका । – सूचकाङ्कले शून्यदेखि ९ वर्ष उमेर समूहका बालबालिका सबैभन्दा गरिब समूहमा परेको र तीमध्ये ४१.६ प्रतिशत बालबालिका बहुआयामिक गरिबीमा रहेको पुष्टि गरेको । – १३ औँ आवधिक योजनामा गरिबीको रेखामुनि रहको जनसङ्ख्या २१ प्रतिशत रहेको तर यस प्रतिवेदन अनुसार उक्त जनसङ्ख्या २१ प्रतिशत रहेको तर यस प्रतिवेदन अनुसार उक्त जनसङ्ख्यालाई १७ प्रतिशतमा झार्ने १४ औँ आवधिक योजनाको लक्ष्य पूरा गर्न कठिन देखिएको । विषयगत प्रश्नोत्तर १. नेपालको संविधानमा थप भएका मौलिक हक के–के हुन् ? उल्लेख गर्नुहोस् । नेपालको संविधान ९२०७२० को धारा १६ देखि धारा ४६ सम्म ३१ वटा मौलिक हकको व्यवस्था छ । नेपालको अन्तरिम संविधान, २०६३ मा २१ वटा मौलिक हकको व्यवस्था थियो । यसरी हेर्दा वर्तमान नेपालको संविधानमा १० वटा मौलिक हक थप भएका छन् तर संविधानमा सातवटा मात्र नयाँ मौलिक हक थप भएका छन् भने बाँकी तीनवटा मौलिक हक परिमार्जन गरेर थप भएका छन् । जसलाई निम्नानुसार उल्लेख गर्न सकिन्छः पूर्णरुपमा थप भएका मौलिक हकः – सम्मानपूर्वक बाँच्न पाउने हक धारा १६ – अपराध पीडितको हक धारा २१ – खाद्य सम्बन्धी हक धारा ३६ – आवासको हक धारा ३७ – दलितको हक धारा ४० – ज्येष्ठ नागरिकको हक धारा ४१ – उपभोक्ताको हक धारा ४४ परिमार्जन गरेर थप भएका मौलिक हक – भाषा तथा संस्कृतिको हक धारा ३२ – स्वास्थ्य सम्बन्धी हक धारा ३५ – सामाजिक सुरक्षाको हक धारा ४३ २. वाणिज्य बैङ्क भनेको के हो ? वाणिज्य बैङ्कका उद्देश्य लेख्नुहोस् । सर्वसाधारणबाट निक्षेप सङ्कलन गर्ने, भुक्तानी गर्ने, कर्जा प्रदान गर्ने, मौद्रिक नीति कार्यान्वयन गर्ने जस्ता कार्य गरी मुलुकको आर्थिक विकासमा सहयोग गर्ने बैङ्क भनिन्छ । यसको उद्देश्य मुनाफा आर्जन गर्नु हुन्छ । यो केन्द्रीय बैङ्कबाट अनुमति लिई स्थापना हुन्छ । वाणिज्य बैंकका उद्देश्य – निक्षेप स्वीकार गर्नु, – कर्जा प्रदान गर्नु, – मुनाफा आर्जन गर्नु, – मौद्रिक नीति कार्यान्वयन गर्नु, – आर्थिक विकासमा सहयोग गर्नु, – आधुनिक बैङ्किङ सेवा उपलव्ध गराउनु, ३. उपभोक्ता हित संरक्षण गर्न विक्रेताले के–कस्ता विषयमा ध्यान दिनुपर्दछ ? लेख्नुहोस् । एपभोक्त हित संरक्षण गर्न बिक्रेताले दोहायका विषयमा ध्यान दिनुपर्दछः – थोक वा खुद्रा बिक्रेताले अनिवार्य बिक्री बिल दिने, – उपभोग्य मिति उल्लेख नभएका वस्तु आयात नगर्ने, – उत्पादन वा आयात भएका वस्तुमा नेपाली वा अङ्ग्रेजी भाषामा स्पष्ट बुझिने लेबल राख्ने, – उपभोग्य मिति समाप्त भएका कैफियत देखिएका वस्तु थोक वा खुद्रा बिक्रेताबाट फिर्ता लिने वा नष्ट गर्ने व्यवस्था गर्ने, – उत्पादन मिति, उपभोग्य मिति, मूल्य, तौल आदिमा केरमेट नगर्ने, नगराउने । एजेन्सीको सहयोगबाट साभार

लोकसेवा परीक्षाका लागि सहयोगी : हावापानी परिवर्तनका बारेमा जान्नैपर्ने कुराहरु

हावापानी परिवर्तनका कारण नेपालको कृषि, जलविद्युत आदी क्षेत्रमा प्रभाव पर्नसक्ने चिन्ताहरु सार्वजनिक भएका छन् । नेपालको वातावरण मन्त्रालयका एक अधिकारीले अनुकुलनको लागि बनाइएका राष्ट्रिय तथा स्थानीय कार्ययोजना लागू गर्न रकम अपुग भइरहेका थिए। अक्सफामको प्रतिवेदन अनुसार सन् २००९ र २०१२ बीच नेपाललाई झन्डै ५४ करोड अमेरिकी डलर विदेशी सहयोग हावापानी परिवर्तनका प्रभावहरुसंग जुध्न भनी प्राप्त भएको थियो। करिब ६० देशका ४०० भन्दा बढी प्रतिनिधि सहभागी रहेका हावापानी परिवर्तन सम्बन्धि एक बैठक काठमाडौंमा भइरहँदा अन्तर्राष्ट्रिय संस्था अक्सफामले एक प्रतिवेदनमार्फत हावापानी परिवर्तन सम्बन्धी वैदेशिक सहयोग अन्यत्रै परिचालन गर्ने गरेको पाइएको खुलासा गरेको हो । तर त्यस्को झन्डै ५४ प्रतिशत रकम सो कामका लागि नभइ शिक्षा, भुकम्प निरोधक प्रविधि तथा सडक र पुल निर्माणको लागि खर्च भएको सो प्रतिवेदनमा उल्लेख छ। ‘बेवास्ता’ ती आयोजना कार्यान्वयन गरिदा हावापानी परिवर्तनका प्रभावहरुमाथि ध्यान नदिइएको प्रतिवेदनले भनेको छ। हावापानी परिवर्तनका प्रभावहरुसित अभ्यस्त हुन अन्तर्राष्ट्रिय मापदण्डअनुसार बनाइएको राष्ट्रिय अनुकुलन कार्ययोजना नापाले जनस्वास्थ्य, जलस्रोत र उर्जालाई प्राथमिकताका क्षेत्रहरु भनी ‌औंल्याएको थियो। तर, अक्सफामको प्रतिवेदनले ती क्षेत्रहरुमा पैसा पटक्कै नगएको जनाएको छ। सो प्रतिवेदनले हावपानी परिवर्तनसम्वन्धी आयोजनाहरु अघि सार्दा नेपाल सरकारको भन्दा पनि दातृ निकायको भनाइ चल्ने उल्लेख गरिएको छ। असरहरु यसै साता सार्वजनिक गरिएको अर्को प्रतिवेदनले आउँदा केहि दशकमा नेपालको कृषि, जलविद्युत आदी क्षेत्रमा प्रभाव पर्नसक्ने र त्यस्ले देशको कुल ग्राहस्थ उत्पादनमै असर गर्न सक्ने औंल्याएको थियो। नेपालमा चार वर्षअघि राष्ट्रिय अनुकुलन कार्ययोजना बनेको थियो र लगत्तै स्थानीय अनुकुलन कार्ययोजना पनि बनाइयो। तीनको कार्यान्वयनको निम्ति खासगरि अमेरिका र युरोपेली देशहरुले आर्थिक सहयोग गरिरहेका छन्। एजेन्सीको सहयोगबाट

लोकसेवा परीक्षा सोधिने वौद्धिक प्रश्नोत्तर

विभिन्न पदहरुका लागि लोकसेवाका परीक्षा तयारी गरिरहेका परीक्षार्थीहरुलार्इ परीक्षामा अाउन सक्ने सम्भावित वौद्धिक प्रश्नोत्तर प्रस्तुत गरिएका छन् । हेर्नुहोस् केही प्रश्नोत्तरुहरु- Question 1 1 4, 8, 12, 16, (?) a.20 b.16 c.18 d.24 Question 2 7, 12, 19, (?), 39 a.28 b.26 c.29 d.24 Question 3 1, 8, 27, (?), 125, 216 a.45 b.36 c. 64 d. 99 Question 4 3, 8, 22, 63, 185, (?) a.295 b.320 c.550 d.285 Question 5 98, 72, 14, ( ? ) a.2 b.4 c.8 d.6 Question 6 0, 8, 24, 48, 80 , ( ? ) a.110 b.96 c.120 d.140 Question 7 24, 60, 120, 210, (?) a.420 b.336 c.525 d.300 Question 8 6, 9, 18, 45, 126, 369, (?) a.1098 b.1059 c.1089 d.1080 Question 9 2, 6, 12, 20, 30, ( ) a.42 b.36 c.41 d.50 Question 10 96, 90, 78, (?), 36, 6 a.54 b.72 c.60 d.48