आज ४ जिल्लाको प्रावि तहको नतिजा सार्वजनिक (नामसहित)

काठमाडौं, चैत ७ । शिक्षक सेवा आयोगले बिहीबार साँझ ६ बजेसम्म अस्थायी शिक्षकको ४ जिल्लाको प्राथमिक तहको अन्तिम नतिजा सार्वजनिक गरेको छ । आयोगले आज एक सूचना जारी गर्दै तनहुँ, मनाङ, लमजुङ र गोरखा जिल्लाको नतिजा सार्वजनिक गरेको हो । हेर्नुस् नतिजा–

मनाङको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्
लमजुङको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्
तनहुँको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्
गोरखाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

खुल्यो अस्थायी शिक्षकको निमावि गणित विज्ञान विषयको नतिजा (नतिजा सहित)

काठमाडौँ, फागुन २३ । शिक्षक सेवा आयोगले कार्यरत अस्थायी शिक्षकको निमावि तहको गणित विज्ञान विषयको अन्तिम नतिजा प्रकाशित गरेको छ । आयोगले बिहिबार एक सूचना प्रकाशित गरेर साविक पाँचै विकास क्षेत्रको नतिजा सार्वजनिक गरेको हो । आयोगले जारी गरेको सूचना अनुसार देश भरि बाट ४५ जना अस्थायी शिक्षक स्थायी नियुक्तिका लागि सिफारिसमा परेका छन् । यसरी सिफारिस हुनेमा साविकको  पूर्वान्चल विकास क्षेत्रबाट ४ जना, मध्यमान्चलबाट ८ जना, पश्चिमान्चलबाट ११ जना, मध्यपश्चिमान्चलबाट ८ जना र सुदूरपश्चिमान्चल विकास क्षेत्रबाट १४ जना रहेका छन् । आयोगले उम्मेदवारहरूले आफ्नो प्राप्तांक समेत हेर्न मिल्ने व्यवस्था गरेको छ । नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस् । प्राप्तांक हेर्न यहाँ क्लिक गर्नुहोस् ।

लोकसेवा अनुभवः कहिल्यै घोकिनँ, बुझेर पढेँ

नेत्रप्रसाद भुसाल, काठमाडौं । सार्वजनिक प्रशासन सञ्चालन गर्ने मुख्य कार्यभार निजामती सेवाको रहेको हुन्छ । यो सेवाका लागि आवश्यक कर्मचारी छनोट लोकसेवा आयोगले गर्छ । आयोगले लिखित, प्रयोगात्मक र अन्तर्वार्ता परीक्षाका विधिबाट उम्मेदवार छनोट गर्छ । यी सबै परीक्षामा उत्कृष्ट अंक हासिल गर्ने उम्मेदवार निजामती सेवाका पदमा नियुक्तिको लागि उपयुक्त ठहरिन्छ । लोकसेवा आयोगले लिने परीक्षा प्रणाली र पाठ्यक्रम समयसापेक्ष परिमार्जन हुँदै गइरहेको छ । सरकारी सेवाप्रतिको बढ्दो आकर्षणका बीच प्रतिस्पर्धाको पारो दिनप्रतिदिन चढ्दै छ । थोरै संख्यामा माग गरिएको आवेदनमा पनि हजारौँको प्रतिस्पर्धा हुन्छ । यस्तो कठिन प्रतिस्पर्धामा छनोट हुनु सजिलो छैन । यसका लागि अध्ययन विधिमा विशेष ध्यान दिनुपर्छ । दृढ इच्छाशक्ति र आत्मबल : लोकसेवामा सफल हुनका लागि सर्वप्रथम आफूलाई मानसिक रूपमा तयार गराउनु पर्दछ । सो कार्य सम्पन्न गर्ने इच्छाशक्ति र आत्मबल आवश्यक हुन्छ । पाठ्यक्रमको पूर्ण ज्ञान : आफूले जाँच दिने विषयको पाठ्यक्रम राम्रोसँग अध्ययन गर्ने र सो विषयसँग सम्बन्धित विषयमा सन्तुलित ढंगले अध्ययन गर्ने बानी बसाल्नुपर्छ । कुनै विषयवस्तुमा बढी र कुनैमा अनभिज्ञता हुँदा त्यसले सफल भइँदैन । त्यसकारण सन्तुलित पढाइ नै सफलता हासिल गर्ने तरिका हो । नियमित अध्ययन गर्ने बानी : निरन्तर अध्ययन गर्ने बानी भएन भने लोकसेवामा सफल हुन असम्भवप्रायः छ । सधैँजसो निश्चित समय अध्ययन गर्ने बानीले परीक्षार्थीको अध्ययनको क्षेत्र र गहिराइ बढाउँछ । विषयवस्तुको फराकिलो अध्ययन : पाठ्यक्रमसँग सम्बन्धित विषयमा तपाईंको अध्ययन फराकिलो हुनुपर्छ । ताकि त्यसले तपाईंको आत्मबल बढाओस् । उदाहरणका लागि बजेटका बारेमा अध्ययन गर्दा बजेटको परिचय, यसको अवधारणा कसले, कहिले र कसरी ल्यायो इत्यादि, बजेटका उद्देश्य, विशेषता, प्रकार, नेपालमा बजेटसम्बन्धी व्यवस्था, बजेटका समस्या, चुनौती र समाधानको बाटो, बदलिँदो विश्व परिवेशलगायतको शैलीमा रहेर ज्ञान हासिल गर्नुपर्छ । लेखन शैली : परीक्षार्थीको मुख्य परीक्षण नै उसले आफ्नो उत्तरपुस्तिकामा प्रस्तुत गरेको प्रस्तुति भएकाले विषयवस्तुको जति धेरै ज्ञान भए पनि त्यो ज्ञान उत्तरपुस्तिकामा व्यक्त नगरेसम्म उसको मूल्यांकन हुँदैन । लेखाइ सिलसिलेवार हुनुपर्छ । सन्तुलित लेखाइ र शब्द चयनसमेत उत्कृष्ट हुनुपर्छ । तपाईंको लेखाइले जाँचकीको मनमा प्रभाव जमाउन सकोस् । पढ्दा सधैँ लेखन सीप विकास गर्नका लागि लेख्ने र आफैँले मूल्यांकन गर्ने गरेमा लेखाइमा निखार ल्याउन सकिन्छ । जानेको भन्दा प्रश्नले मागेको उत्तर दिने : परीक्षामा सोधिएको प्रश्न राम्रोसँग पढेर मात्र उत्तर दिनुपर्छ । यसरी उत्तर दिँदा उक्त प्रश्नले के मागेको छ सोही विषयमा जवाफ लेख्नुपर्छ, नकि आफूले जानेको लेख्ने । समय व्यवस्थापन : परीक्षामा समय व्यवस्थापन महत्वपूर्ण पक्ष हो । सोधिएका सबै प्रश्न तोकिएको समयमा सन्तुलित ढंगबाट लेख्नुपर्छ । कुनै उत्तर लामो लेख्दा अन्य प्रश्न छुट्न सक्छ । त्यसकारण समयसीमाभित्र रहेर प्रश्नको अंकभारअनुसार उत्तर लेख्नुपर्छ । सम्झने कलाको विकास : पढ्नु भनेको जान्नु÷बुझ्नु हो । तपाईंले जति नै समय पढ्नुस्, यदि तपाईंले सम्झनु/बुझ्नुभएको छैन भने त्यसले महत्व राख्दैन । मैले कति घन्टा पढेँभन्दा पनि मैले कति बुझेँ वा सम्झिएँ भन्नेले अर्थ राख्छ । त्यसकारण कुन तरिकाले पढ्दा सम्झन सकिन्छ, त्यो तरिका अपनाउनुपर्छ । कुनै गीतको लयमा ढालेर कुनै व्यक्तिको जीवनसँग आन्तरिकीकरण गरेर पढ्ने आदि तरिका अपनाउन सकिन्छ । आधिकारिक पाठ्यसामग्रीको अध्ययन गर्ने : अध्ययन गर्दा जहिले पनि पाठ्यक्रममा उल्लेखित विषयसँग सम्बन्धित सरकारी वा आधिकारिक निकायबाट प्रकाशित भएका आधिकारिक पाठ्यसामग्रीको अध्ययन गर्नुपर्छ । जस्तै : ऐन नियमका व्यवस्था, बजेट, आवधिक योजना तथा सरकारका नीति, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सन्धि, घोषणापत्र आदि । लोकसेवा आयोगको प्रश्न प्रणाली समयसापेक्ष जटिल हुँदै गइरहेको छ । यसका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा विकसित घटनाक्रम, आविष्कार, प्रतिपादित सिद्वान्त, अन्वेषण तथा त्यसको नेपालमा प्रयोग, पाठ्यक्रमको नियमित अध्ययन र त्यसबारे अद्यावधिक रहनु आवश्यक पर्छ । रेडियो, टेलिभिजन, पत्रपत्रिकाजस्ता आमसञ्चारका माध्यम तथा सामाजिक सञ्जाल र त्यसको जानकारी पनि लिनु आवश्यक पर्छ । अरू प्रतिस्पर्धीको क्षमतासमेत सूक्ष्म मूल्यांकन गर्दै आफ्नो अध्ययनको रणनीति बनाउनुपर्छ । परीक्षा दिनेहरूको भीडसँग सामना गर्न सक्छु भन्ने दृढ आत्मविश्वास, लगनशीलता, कडा परिश्रम, स्वस्थ जीवनशैली तथा जुनसुकै विषयलाई आफ्नो बनाएर पढ्ने बानीले पक्कै पनि सफलता मिल्छ । यो सामग्री नयाँ पत्रिका दैनिकबाट लिइएको हो । भुषाल संसद सेवाका शाखा अधिकृत हुन् ।  

लोकसेवामा कसरी लेख्ने ? (टिप्स)

काठमाडौं, माघ ६ । लोकसेवा आयोगप्रति धेरैको रुचि छ । आयोगमा नाम निकाल्नका लागि कयौं व्यक्तिहरु कडा मिहिनेत गरिरहेका हुन्छन् । तर, जति मिहिनेत गर्दा पनि कतिपय व्यक्तिको नाम निस्कनै मुस्कील भइरहेको छ । यस पछाडीको कारण परीक्षा लेख्न नजान्ने तरिकाले पनि हुनसक्छ । त्यसकारण आज तपाइँलाई लोकसेवा परीक्षामा कसरी लेख्ने भन्नेबारेमा जानकारी गराउँदै छौं । हेर्नुस् तलका टिप्स– –आत्तिएर पढ्यो भने परीक्षामा झनै असफल भइन सक्छ । धेरै पढाइले झनै असफल हुन सक्छ । त्यसैले हरेक कुरालाई सावधानिक रूपमा अध्ययन गलोकसेवामा कसरी लेख्ने रु यो भने तीन–चार महिनाको तयारीमा लोकसेवा परीक्षा उत्तीर्ण गर्न सकिन्छ । –दोस्रो र तेस्रो पेपरको तयारी गर्ने विद्यार्थीले ५० देखि ६० वटा विषयवस्तुलाई यो विधिमा अध्ययन गर्नुपर्छ । –धेरैमा गुगलमा खोजेर एउटै विषयमा ४÷५ दिन लगाएर पढ्ने बानी देखिन्छ, त्यस्तो गर्नुहुँदैन । चाहिने कुरा मात्र पढ्नुस् । –हरेक विषय स्पष्ट रूपमा पढ्नुपर्छ, खारेर पढ्नुपर्छ, थोरै पढ्नुपर्छ तर आवश्यक मात्र पढ्नुपर्छ । सरकारी तथ्यांकमा असाध्यै ध्यान दिएर पढ्नुपर्छ ।

लोकसेवाले माग्यो १९३ नासु

काठमाडौं, पुस २५ । लोकसेवा आयोगले देशभरबाट राजपत्रअनंकित प्रथम श्रेणीका लागि नायब सुब्बाको दरखास्त आह्वान गरेको छ । लोकसेवा आयोगले बुधबार विज्ञापन निकाल्दै काठमाडौं जिल्लाका लागि ९९ जनाका लागि दरखास्त आह्वान गरेको छ । आयोगले काठमाडौंका लागि न्याय सेवा, परराष्ट्र, लेखापरीक्षण र व्यवस्थापिका संसदका लागि सुब्बाको दरखास्त आह्वान गरेको हो । त्यसैगरी आयोगले धनकुटाका लागि खुला महिला आदिवासी, मधेसी दलित र अपांग गरी २३ जना सुब्बा माग गरेको छ भने महोत्तरीका लागि ३० पदका लागि दरखास्त आह्वान गरेको छ । त्यस्तै आयोगको कार्यालय पोखराबाट ८ जना माग गरिएको भने बुटवलबाट १६ जना माग गरिएको छ । आयोगको कार्यालय सुर्खेतले सात जना माग गर्दा दिपायलबाट १० जना माग गरिएको छ । विज्ञापन दस्तुर ४०० तोकिएको छ भने समावेशी पदका लागि थप २०० दस्तुर कायम गरिएको छ । दरखास्तको अन्तिम म्याद माघ १५ सम्म कायम गरिएको छ भने दोब्बर दस्तुर बुझाएर माघ २२ सम्म फाराम भर्न सकिने आयोगले जनाएको छ । हेर्नुहोस् विज्ञापन  

प्रावि तहको काठमाडौंको नतिजा पनि सार्वजनिक [नामसहित]

भक्तपुर, पुष २३ । शिक्षक सेवा आयोगले प्राथमिक तहको काठमाडौं जिल्लाको नतिजा सार्वजनिक गरेको छ । योसँगै आयोगले अस्थायी शिक्षकको लिखित परीक्षाको सबै नतिजा सार्वजनिक गरेको छ । यो सँगै आयोगले गत असारमा लिएको लिखित परीक्षाको नतिजा सार्वजनिक गर्ने क्रम १ महिना १२ दिनमा सकिएको छ । आयोगले गत मंसिर १० गतेबाट लिखितको नतिजा सार्वजनिक गर्न शुरु गरेको थियो । केही जिल्लामा अन्तर्वार्ता शुरु भइसकेको भएपनि आयोगले काठमाडौं जिल्लाको नतिजा सार्वजनिक गरेको थिएन । अब काठमाडौं जिल्लाको नतिजा सार्वजनिक भएसँगै अन्तर्वार्ताको काम मात्रै बाँकी रहेको छ । प्राय क्षेत्रमा निमावि र मावि तहको अन्तर्वार्ता समेत सकिएको आयोगले जनाएको छ । यदि नतिजामा चित्त नबुझेमा यही पौष २८ गते सम्म पुनर्योगको फारम भर्न सक्ने आयोगले जनाएको छ । उनीहरुको अन्र्तवार्ता भने माघ २ र ३ गतेका लागि तय गरिएको छ ।

लोकसेवा अनुभवः स्कुल पढाउँदै परीक्षाको तयारी गरे

काठमाडौं । अर्घाखाँचीको पोखराथोकमा जन्मिएँ । हरिहर उच्च माविसम्म त्यही पढेँ । कक्षा १२ सम्म सधैँ प्रथम हुन्थेँ । कक्षा ६ पढ्दादेखि आफूभन्दा तल्लो कक्षाका विद्यार्थीलाई ट्युसन पढाउँथे । कक्षा ११–१२ पढ्दै गर्दा घरको आँगनमा विद्यार्थी पढ्न भरिभराउ हुन्थे । मसँगै पढ्ने विद्यार्थी पनि ट्युसन पढ्न आउँथे । अरूलाई पढाउँदा आत्मविश्वास बढ्थ्यो । पढाइमा निखार ल्यायो । प्राप्त पैसाले घरको कमजोर आर्थिक अवस्था सुधार गर्न सहयोग भयो । परिवार र नजिकको चिनजानमा लोकसेवाबाट जागिर कसैले नखाएकोले लोकसेवा बुझेकै थिइनँ । यसरी भएँ लोकसेवाप्रति आकर्षित स्नातक पढ्न भैरहवा बहुमुखी क्याम्पस भर्ना भएँ । भान्दाइकोमा बसेर अंग्रेजी र समाजशास्त्र पढ्दै थिएँ । दिउँसोको समय स्कुल पढाउँथेँ । भान्दाइ घनश्याम पौडेल उहाँका छोरा अशोक पौडेल र ज्वाइँ युवराज ज्ञवालीले लोकसेवा पढ्न प्रेरित गर्नुहुन्थ्यो । लोकसेवामा भनसुन होला वा निकाल्न सकिँदैन होला भन्ने लाग्थ्यो । उहाँहरूको कुराले लोकसेवाप्रति मलाई आकर्षित ग-यो । स्कुल पढाउँदै लोकसेवा तयारी स्नातकोत्तर अध्ययनका लागि काठमाडौं आएँ । त्रिवि कीर्तिपुरमा अंग्रेजी विषय पढ्न भर्ना भएँ । काठमाडौंमा बस्न, पढाइ खर्चका लागि काम गर्नुको विकल्प थिएन । त्रिविको पढाइ दिउँसो भएकाले काम गर्ने समय मिलेन । बीचमै छोडेर बिहानी कक्षा हुने रत्नराज्यलक्ष्मी क्याम्पसमा अंग्रेजी र रात्रि कक्षा हुने एमपिए जमलमा भर्ना भएँ । दिनमा स्कुलमा पढाउने काम पनि अघि बढाएँ । स्नातकोत्तर सकिएलगत्तै दैनिक फरक स्कुलमा १४ पिरियडसम्म पढाउँथेँ । शाखा अधिकृतको फाराम भरेँ । प्रारम्भिक चरण पास भएँ । दोस्रो चरणको लागि पिरियड नौ वटामा सीमित गरेँ । एक महिना बेलुका डेढ घन्टा लोकसेवा तयारी कक्षा लिएँ । त्यसले मलाई लोकसेवा अध्ययनमा निरन्तरता दिलायो, प्रतिस्पर्धी चिनायो, छलफल गर्ने साथी र अवसर मिल्यो । मेरो पढ्ने शैली पढाउने कोर्सका मिल्ने र सन्दर्भ जोडिने विषयवस्तुलाई लोकसेवाको कोर्सको सम्बन्धित शीर्षकसँग जोड्दै आन्तरिकीकरण गर्थें । जीवनमा भोगेका ज्ञान लोकसेवा पाठ्यक्रममा कहाँ मिल्न सक्छ, ध्यान दिन्थेँ । मिल्नेलाई उदाहरणका रूपमा लेख्दा प्रभावकारी हुँदो रहेछ । लोकसेवाका लागि विषयविज्ञका लेख र एमपिएसम्बन्धी किताबलाई मूल आधार बनाएँ । तेस्रो पत्र त स्कुलमा पढाएका ज्ञान, एमपिए पढ्दाको अनुभवका आधारमा मात्र पास गरेँ । सार्वजनिक बिदाहरूको पूर्णउपयोग गरेँ । तर जीवन जिउने आधारको रूपमा रहेको पढाउने पेसा भने लोकसेवा तयारीको लागि भनेर कहिल्यै छाडिनँ । जसले गर्दा मलाई लोकसेवा पासै गर्नुपर्ने तनाव भएन । नौवटासम्म पिरियड पढाउँदै गरेको तयारीले २०६९ सालमा खुलातर्फ तेस्रो स्थानमा शाखा अधिकृत बन्न सफल भएँ । उपसचिव पास हुँदा छुट्टै अनुभव छात्रवृत्तिमा जापान अध्ययन गर्दै थिएँ । उपसचिवको विज्ञापन भयो । अनलाइन फारम भरेँ । जापानको पढाइशैली एजेन्डागत छलफल, प्रस्तुतीकरण र अनुसन्धानमा केन्द्रित हुन्थ्यो । विभिन्न मुलुकका पाहुना प्रशिक्षकको प्रस्तुतीकरण हुन्थ्यो । फरक मुलुकका असल अभ्यासहरू साथै चुनौतीहरूको चिरफार हुन्थ्यो । उठेका प्रत्येक सवाललाई म हाम्रो सार्वजनिक प्रशासनसँग जोडेर मस्तिष्क मन्थन गर्थें । म प्रायः नेपालको सार्वजनिक प्रशासनसम्बन्धी सवालमा प्रस्तुति दिन्थेँ । मेरो प्रस्तुतिमा सहभागी र प्रोफेसरहरूले गर्ने टिप्पणी र सुझाबका आधारमा परिमार्जन र विश्वअनुभव जोडेर थप भरिलो बनाउथेँ । अन्य देशका सहभागीले सार्वजनिक प्रशासनका बारेमा दिने प्रस्तुतिलाई पनि नोट गर्थें । त्यस्तो अभ्यासले उपसचिव तयारीका लागि सहयोग पुग्यो । अध्ययनकै क्रममा जापानका केही मन्त्रालय, स्थानीय कार्यालयहरूको अवलोकन गरेको थिएँ । त्यहाँ मन छोएका विषयलाई उपसचिवको कोर्स र नेपालको परिवेशसँग जोडेर हेर्थें । हाम्रो पद्धतिलाई यो मोडालिटी फिट होला भन्ने कुरा आन्तरिकीकरण गर्थें । जापानमा सिकेको कुरा नेपालमा कसरी प्रयोग गर्न सकिन्छ भन्ने कोणबाट सोचिरहन्थेँ । जापानको अध्ययन र सिकाइलाई सकेसम्म ग्रहण गरेँ । नेपालमा सेवारत रहँदा पनि कार्यशैली र व्यवहारलाई सूक्ष्म विश्लेषण गर्थेंं । त्यसरी पढेको र सिकेको ज्ञानकै कारण उपसचिवको नतिजामा खुलातर्फ दोस्रो स्थानमै सिफारिस भएँ । तीन वर्षअघि शिक्षण पेसाको अनुभव जोडेर खुला प्रतिस्पर्धाबाट उपसचिवको लिखितमा उत्तीर्ण भए पनि अन्र्तवार्तामा सफल हुन सकेको थिइनँ । नयाँ पत्रिका दैनिकबाट

सामान्य ज्ञान: प्रश्न र उत्तर

१. प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा ‘बालबालिकासँग प्रधानमन्त्री’ कार्यक्रमको उद्घाटन कहिले भयो ? २०७५ पुस १७ गते (नोट – नेपाल स्काउटले आयोजना गरेको उक्त कार्यक्रम प्रज्ञा प्रतिष्ठान कमलादीमा सम्पन्न भएको थियो ।) २. भानु पुरस्कार २०७५ कसलाई प्रदान गरियो ? धुर्मुस सुन्तली फाउन्डेसन ३. नेपालको संविधानले संघ र प्रदेशबीच तथा प्रदेश–प्रदेशबीच उत्पन्न राजनीतिक विवाद समाधान गर्न गठन हुने अन्तरप्रदेश परिषद्को अध्यक्ष को हुने व्यवस्था गरेको छ ? प्रधानमन्त्री ४. चाम्चे झरना कुन जिल्लामा पर्दछ ? लमजुङ ५. विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्न सफल पहिलो दम्पती को हुन् ? अलेक्सी कारास्नोकुल्स र क्याथरिन गिब्सन ६. नेपालमा सिँचाइ दिवस कहिले मनाइन्छ ? चैत २५ गते ७. अटोेमेटिक राइफलका आविष्कारक को हुन् ? जान एम ब्राउनिङ (अमेरिका, सन् १९१८) ८. बारुदी सुरुङमुक्त प्रथम एसियाली मुलुक कुन हो ? नेपाल ९. आइएमई नेपाल लिटेरेटर फेस्टिभल २०१८ कहाँ सम्पन्न भयो ? पोखरा (नोट– २०७५ पुस ७–१० गतेसम्म सञ्चालनमा रहेको फेस्टिभलको मूल नारा ‘जहाँ शब्दहरू जीवन्त रहन्छन्’ भन्ने रहेको थियो । १०. पहिचान पुरस्कार २०१९ कसलाई प्रदान गरियो ? सरस्वती प्रतीक्षाको ‘नथिया’ र उन्मुक्त पुस्ताको ‘आफर’ नामक कृतिलाई (स्मरण रहोस् पहिचान पुरस्कारको पुरस्कार राशि दुई लाख दुई हजार रहेको छ ।) ११. हालसम्म प्राप्त प्रमाणका आधारमा बेलायत जाने प्रथम नेपाली कसलाई मानिन्छ ? मोतीलाल सिंह १२. इन्टिग्रिटी आइडल नेपाल २०१८ हुन सफल व्यक्ति को हुन् ? रामबहादुर कुरुवाङ (कुरुवाङ बर्दिया जिल्लाका प्रमुख जिल्ला अधिकारी हुन् । यो अवार्ड सन् २०१४ देखि वितरण सुरु गरिएको हो ।) १३. नेपालको संविधानअनुसार प्रदेश प्रमुख हुन कति वर्ष पूरा भएको हुनुपर्छ ? ३५ वर्ष १४. राजवंशी जातिमा पूर्वजको आत्माको चिरशान्तिको कामना गर्र्दै मनाइने जात्रालाई के भनिन्छ ? हुदुरधुरा जात्रा १५. पहिलो राष्ट्रिय सुरक्षा दिवस कहिले मनाइयो ? २०७५ मंसिर ११ (नोट – २०७५ मंसिर ३ गतेको मन्त्रिपरिषद्को निर्णय अनुसार पहिलोपटक मंसिर ११ गते मनाइएको हो भने पहिलो सुरक्षा दिवसको नारा ‘सामाजिक सुरक्षा योजनामा सहभागी बनौं, सुरक्षित भविष्य सुनिश्चित गरौँ’ भन्ने रहेको थियो ।) १६. सार्कले सन् २०१० देखि २०२० लाई कुन दशकको रूपमा मनाएको छ ? सार्क अन्तरक्षेत्रीय सम्पर्क दशक १७. नेपाल र भारतबीच सम्पन्न महाकाली सन्धि संसद्बाट कहिले पारित भयो ? २०५३ असोज ४ १८. मित्र राष्ट्र चीनको भ्रमण गर्ने नेपालको पहिलो प्रधानमन्त्री को हुन् ? टंकप्रसाद आचार्य १९. औद्योगिक व्यावसाय ऐन २०४९ अनुसार एकद्वार समितिको संयोजक को हुने व्यवस्था रहेको छ ? उद्योग विभागका महानिर्देशक २०. लिच्छवीकालमा मन्त्रीसरहको पदाधिकारीलाई कुन पदको नामबाट सम्बोधन गरिन्थ्यो ? अमात्य २१. कुन वर्ष राष्ट्रभक्त फ्रेन्च महिला सैनिक जोन अफ आर्कलाई जीवितै जलाइएको थियो ? सन् १४३१ २२. जिल्लामा बडा हाकिमको सट्टा प्रमुख जिल्ला अधिकारीको नियुक्ति गर्ने व्यवस्था कहिले देखि सुरु भयो ? विसं २०२२ २३. जोन प्लेयर, स्प्रिङउड नामका तयारी पोसाकका ब्रान्डहरू कुन कम्पनीका उत्पादन हुन् ? सूर्य नेपाल २४. एक मात्र पृथ्वीको स्याहार र उपयोग गरौँ भन्ने नारा कुन शिखर सम्मेलनको घोषणापत्रले पारित गरेको हो ? पृथ्वी शिखर सम्मेलन, १९९२ २५. संयुक्त राष्ट्र संघीय विश्वविद्यालय (युएन युनिभर्सिटी) कुन देशमा रहेको छ ? जापान एजेन्सीको सहयोगबाट

लोकसेवा टिप्स : लोकसेवा तयारी गर्दा अपनाउनुपर्ने चरणहरू

लोकसेवा परीक्षाको लागि तयारी गरिरहेका परीक्षार्थीहरुका लागि अति महत्वपूर्ण जानकारी दिन गइरहेका छौं । जस–जसले लोकसेवामा नाम निकाल्न कडाभन्दा कडा परिश्रम गरिरहेका छन्, उनीहरुका लागि तलको निम्न टिप्सअनुसार पढ्न सकेमा पक्कै लोकसेवा परीक्षा उत्तीर्ण गर्न सकिने छ । यस्ता छन् यी लोकसेवा टिप्स- १. आफूले परीक्षा दिन चाहेको पदको कोर्स अफ स्टडी र पुराना प्रश्नको संगालो (ओल्ड इज गोल्ड) जम्मा गरी अध्ययन गर्ने । आधारभूत ज्ञान हासिल गर्ने, २. म्यानेजमेन्टको ज्ञान भएका, नभएका सबैले म्यानेजम्यान्टसम्बन्धी आधारभूत जानकारी र ज्ञान हासिल गर्ने, ३. प्रत्येक शीर्षकबारे छोटोछोटो तर महŒवपूर्ण तथ्यहरू खोज्ने र संग्रह गर्ने, ४. प्रत्येक शीर्षकको अर्थ बुझ्ने र सम्झने, ५. तयारी गर्दा प्रत्येक शीर्षकलाई निम्न चारवटा फरमेटमा पढ्ने – भनेको केहो ? अर्थ प्रस्ट बुझ्ने (शब्दकोश र गुगल प्रयोग गर्न सकिन्छ ) – के व्यवस्था छ, स्पष्ट हुने (लेगल र अर्गनाइजेनस अवस्था स्पष्ट हुने) – के अवस्था छ ? (तथ्यांकीय अवस्थ खोज्ने, आर्थिक सर्वेक्षण प्रगति विवरणसमेत) – अब के गर्नुपर्ला ? निष्कर्ष र आगामी बाटो पत्ता लगाउने (योजना र प्रतिवेदनका आधारमा) ६. ब्रोड टपिक्स (इस्यु) का बारेमा निम्न धारणा बनाउने – सरकार र शासकीय सुधारबारे स्पष्ट हुने – विकासको अवधारणबाट स्पष्ट हुने ७. टपिक्सवाइज जार्गन र आकर्षक शब्दहरू संग्रह गरी सम्झने र परीक्षामा प्रयोग गर्ने, ८. लेख्ने बानी निरन्तर गर्ने, अक्षरलाई माया गर्ने र राम्रो बनाउने, ९. प्रश्नलाई टुक्राएर पढ्ने बानी बसाउने, १०. प्रत्येक प्रश्नमा मेन वर्ड पत्ता लगाई त्यसमा नै केन्द्रित भई लेख्दै जाने । उत्तर लेख्दै गर्दा पटक पटक प्रश्न पनि पढ्दै जाने, ११. परीक्षामा बस्दा प्रत्येक प्रश्नको समय पहिला नै छुट्याएर सोही लिमिटमै सक्ने, १२. प्रत्येक टपिक्स आफैंमा युनिक हुने भएकाले त्यसको फर्म छुट्टै र स्पेसिफिक्स हुन्छ, त्यसको अर्थ र गहिराइ बुझ्ने तथा मनन गर्ने र लेख्दै जाने, १३. सकेसम्म उत्तर लेख्दा सिर्जनात्मक पक्षलाई ध्यान दिने, १४. परीक्षामा आफूलाई मन परेको गेम खेलिरहेको छु् भन्ने ठानेर तनावरहित किसिमले उत्तर लेख्ने । एजेन्सीको सहयोगबाट

लोकसेवा अनुभव : तयारी कक्षा नलिईकन नै लोकसेवामा नाम निकाल्न सफल भएँ

काठमाडौं, पुस १५ । मेरो जन्म पर्वत जिल्ला, रानीपानी गाविस बिहादीमा भएको हो । म जन्मेर घरमा सबैभन्दा पहिला हिँड्ने सन्तति हुँ रे १ तर अफसोच १ एक वर्षको हुँदा दुवै खुट्टामा पोलियो रोग लाग्यो । आफ्नै खुट्टाको सहाराले हिँड्ने रहर त्यही २–३ महिनामा सीमित हुन पुग्यो । त्यसयता कि त अरूको सहारामा, कि त बैसाखीको सहारामा, कि त ह्विलचियरको सहायतामा हिँडिरहेको छु । एसएलसीसम्मको पढाइ नवलपरासीको गैँडाकोटबाट गरेँ । कक्षा ११ र १२ विज्ञान विषयमा नेसनल इन्टिग्रेटेड कलेज, डिल्लीबजारबाट पास गरेँ । मेरो रुचि कम्प्युटर साइन्स पढ्ने वा मेडिकल डाक्टर बन्ने थियो । तर, घरबाट समर्थन भएन । रसायन शास्त्र प्रमुख विषय लिई स्नातक तथा स्नातकोत्तर ९केन्द्रीय रसायन शास्त्र विभाग० उच्च डिभिजनमा उत्तीर्ण गरेँ । म जीवनमा धेरै कमपटक दोस्रो भएको छु । पढाइमा मात्र होइन, स्कुलमा हुने विभिन्न बौद्धिक क्रियाकलापमा पनि म प्रायः प्रथम हुन्थेँ । लोकसेवाप्रतिको आकर्षण ठूलो दाजु लोकसेवा पास गरेर स्वास्थ्य सेवातर्फ उप–स्वास्थ्यचौकीमा अहेव इन्चार्ज हुनुभयो । त्यही वेला हो, मैले पहिलोपटक लोकसेवा भन्ने सुनेको । स्नातकोत्तर पढ्न दिदी–भिनाजुसँग कीर्तिपुर बस्थेँ । दिदी–भिनाजुको नयाँबजारमा पुस्तक तथा स्टेसनरी पसल थियो । फुर्सदको समयमा त्यो पसलमा बस्थेँ । सबैले लोकसेवाको पुस्तक किन्ने, पढ्ने गरेको देख्दा मलाई लोकसेवाप्रति आकर्षण बढेको हो । लोकसेवाको तयारी मेरो लोकसेवाको तयारी निकै छोटो भयो । मुस्किलले पाँच महिना तयारी गरेँ । आजसम्म मैले ट्युसन पढेको छैन । त्यसकारण लोकसेवाका तयारी कक्षा त जाँदै गइनँ । स्नातकोत्तरको शोधकार्य चल्दै गर्दा मैले सहायक रसायनविद् प्राविधिक नासुको जाँच दिएको थिएँ । जम्मा ५० पूर्णांकको परीक्षामा मैले बल्लतल्ल ४२ वटा प्रश्नको उत्तर मिलाएको थिएँ । तर, धेरै जनाले सम्पूर्ण ५० प्रश्नकै सही उत्तर दिएको भन्दै थिए । मैले आशा मारेको थिएँ । त्यसपछि लगातार पाँच महिनाबीच नासु (अप्राविधिक) र शाखा अधिकृतको परीक्षा दिएँ । सबैभन्दा पहिले सहायक रसायनविद्को नतिजा आयो । मेरो नाम दुई नम्बरमा सिफारिस भई पुरातत्व विभागमा नियुक्ति दिइएको थियो । मैले प्रशासनतर्फ शाखा अधिकृतका लागि पनि लोकसेवा परीक्षा दिएको थिएँ । मंसिरमा अधिकृतको नतिजा प्रकाशित भयो । म ८९ नम्बरमा सिफारिस भएँ । त्यो दिन मेरो जीवनको सबैभन्दा खुसीको दिन हो । मेरो पढ्ने शैली मेरो पढ्ने शैली त्यस्तो भिन्न छैन । सुरुमा एकचोटि आद्योपान्त पढ्ने गर्छु, जसले गर्दा किताबमाथिको एक प्रकारको विहंगम दृष्टिकोण प्राप्ति हुन्छ । त्यसपछि प्रत्येक पेज, प्रत्येक अनुच्छेद, प्रत्येक हरफ गहिरिएर पढ्छु । महत्वपूर्ण कुरा टिपोट गर्छु । प्रत्येक कुरा इन्टरनेट, जानकार वा अन्यसँगसमेत पुनर्पुष्टि गर्छु । मैले जम्मा एउटा प्रथम पत्रको किताब, एउटा द्वितीय, एउटा तृतीय अनि एउटा चतुर्थ पत्रको किताब किनेको थिएँ । धेरै किताब थुपारेर धेरै जानिन्छ भन्ने लाग्दैन । म थोरै पढ्छु, तर गहिरिएर पढ्छु । बुँदागत टिपोट गर्छु । र, नहेरी ती बुँदा लेख्न कोसिस गर्छु । म हरफ–हरफ घोक्न सक्दिनँ । हरेक अनुच्छेदका महत्वपूर्ण शब्द मात्रै घोकेर बाँकी आफ्नै शैलीमा लेख्ने मेरो बानी छ । जागिरे अनुभव आजसम्मको जागिरे अनुभव ज्यादै सुखद छ । मैले निजामती सेवामा प्रवेश गरेपछि धेरै खालको स्वतन्त्रताको अनुभव गरेको छु । धेरै नयाँ साथीहरू, नौलो ज्ञान हासिल गर्ने मौका पाएको छु । अवसरका विकल्प अनि त्यसका आयाममा हुने बढोत्तरीले जीवनलाई बुझ्ने छुट्टै धरातल उपलब्ध गराउँदो रहेछ । निजामती सेवा प्रवेशले जीवनको महत्वपूर्ण अस्तित्वको ज्ञान हुँदै गर्दा सामाजिक पहिचान वृद्धि भएको महसुस गरेको छु । रमेश पराजुली योजना अधिकृत, राष्ट्रिय योजना आयोग, सिंहदरबार\ नयाँपत्रिकाबाट

देशभर २६ हजार कर्मचारी अपुग, प्याकेजमै विज्ञापनको तयारी

काठमाडौं पुस १२ । देशभर २६ हजार कर्मचारी अपुग भएको तथ्याङ्क देखिएको छ । सरकारले हालै तय गरेको कर्मचारी दरबन्दी सम्बन्धि निर्णयअनुसार संघ प्रदेश र स्थानीय तहमा गरी उक्त दरबन्दी रिक्त देखएको हो । सरकारको पछिल्लो निर्णअनुसार संघमा ४७ हजार नौ सय २०, प्रदेशमा २२ हजार सात सय ५५ र स्थानीय तहमा ६७ हजार पाँच सय तीन कर्मचारी रहनेछन् । तर यो संख्या हाल समायोजनमा जाने कुल कर्मचारीको संख्याभन्दा करिब २६ हजारले बढी हो । संघीय माािला तथा सामान्य प्रशासन मन्त्रालयले बाँकी २६ हजार पदमा केन्द्रीय लोकसेवा आयोगले पदपुर्ति गर्ने जनाइको छ । सामान्य श्रोतले भन्यो “अब समायोजन प्रकृया शुरु भइसक्यो यो सम्पन्न हुनासाथ लोकसेवा आयोगलाई अपुग सबै दरबन्दीमा पदपुर्तिका लागि अनुरोध पठाईन्छ । सामान्यका एक अधिकृतका अनुसार प्रदेश लोकसेवा आयोग गठन भई नसकेकोले यो चरणको सबै पदपुर्ति केन्द्रिय लोकसेवा आयोगले गर्ने भएको हो ।” ती अधिकारीले भने “देश संघीयता कार्यान्वयनको एक महत्वपुर्ण साधन नै कर्मचारी हुन् यसर्थ पनि जनशक्ति पुर्ति गर्ने काममा ढिलाई गर्नुहुँदैन भन्ने सबैतिरबाट आएको छ । सायद माघको अन्तिम सम्ममा प्रक्रिया शुरु होला । ” कर्मचारी भर्ना रोक्न नहुने अडानमा रहँदै आएको लोकसेवा आयोगले भने सरकारको निर्णय तुरुन्त कार्यान्वयन हुनेमा विश्वस्त नभएको छनक दिएको छ । आयोगका पदाधिकारीले दरबन्दी एकिन भैसकेपछिको पदपुर्तिबारे कुनै औपचारीक प्रतिक्रिया त दिएका छैनन् तर विश्वस्त पनि भएका छैनन् । “कर्मचारी समायोजनको अलमलका बीच केही समय अबरुद्ध हुन पुगेको लोकसेवा आयोगको कार्यतालिका भने पुन संशोधन हुने स्थिती आएको छ । यसमा आयोगसँग फेरी पनि परामर्शकै चरणमा छौँ ।” सामान्यका ती अधिकारीले भने । “अबको पदपुर्ति अझै बृहत हुन्छ किनकि सबै सेवा समुहका नपुग दरबन्दीमा व्याकेजमै विज्ञापन गरिने छ ।” अब भने सरकारमाथि विज्ञापन गर्न दवाव समेत सिर्जना भएको छ किनकि प्रदेश लोकसेवा आयोग बनिसकेका छैनन् र केही दिन अघि मात्र करार नियुक्ति समेत केही समयका लागि भन्दै स्थगित गरिएको छ । करारमा कर्मचारी भर्ना गर्ने गलत संस्कार हावी भएको भन्दै लोकसेवा आयोगले पटक पटक असन्तुष्टि व्यक्त गरेपछि निर्णय लिन सरकार बाध्य भएको थियो । एजेन्सीको सहयोगबाट

बैंकिङ्ग तयारी गर्नेले जान्नैपर्ने : देशको पछिल्लो आर्थिक तथा वित्तीय स्थिति

नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको पहिलो चार महिना अर्थात कात्तिक मसान्तसम्मको तथ्यांकमा आधारित रहेर देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिती सार्वजनिक गरेको छ । जसअनुसार, वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ४.२ प्रतिशत रहेको छ । आयातको वृद्धिदर ३५.८ प्रतिशत र निर्यातको वृद्धिदर ११.० प्रतिशत रहेको छ । विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा ३६.४ प्रतिशत र अमेरिकी डलरमा २३.१ प्रतिशतले बढेको छ भने शोधनान्तर स्थिति रु.५७ अर्ब ३३ करोडले घाटामा रहेको छ । सरकारको नगद प्रवाहमा आधारित कुल खर्च १७.५ प्रतिशतले र राजस्व संकलन ३०.५ प्रतिशतले बढेको छ । विस्तृत मुद्राप्रदाय ३.५ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा विस्तृत मुद्राप्रदाय १८.६ प्रतिशतले बढेको छ । बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप संकलन ३.६ प्रतिशतले र निजी क्षेत्रतर्फको कर्जा ८.५ प्रतिशतले बढेको छ । वार्षिक विन्दुगत आधारमा निक्षेपको वृद्धिदर १७.९ प्रतिशत र कर्जाको वृद्धिदर २४.५ प्रतिशत रहेको छ । मुद्रास्फीति उपभोक्ता मुद्रास्फीति १. २०७५ कात्तिक महिनामा वार्षिक बिन्दगत उपभोक्ता मुद्रास्फीति ४.२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति ३.९ प्रतिशत रहेको थियो । खासगरी खाद्य तथा खाद्यजन्य पदार्थ, यातायात, घरायसी सेवा तथा उपयोगिता र लत्ताकपडा आदिको मूल्य बढेका कारण समीक्षा अवधिमा समग्र मुद्रास्फीति केही बढ्न गएको हो । खाद्य तथा पेय पदार्थ मुद्रास्फीति २. २०७५ कात्तिक महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति १.३ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त समूहको मुद्रास्फीति २.३ प्रतिशत रहेको थियो। समीक्षा अवधिमा दाल तथा गेडागुडी, चिनी तथा चिनीजन्य पदार्थ, तरकारी उप–समूहका वस्तुहरुको मूल्य घटेका कारण समग्र खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति न्यून रहेको हो । गैर–खाद्य तथा सेवा मुद्रास्फीति ३. समीक्षा अवधिमा गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ६.४ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त मुद्रास्फीति ५.१ प्रतिशत रहेको थियो । यस समूह अन्तर्गत यातायात, फर्निसिङ तथा घरायसी उपकरण, घरायसी सेवा तथा उपयोगिता लगायतका उप–समूहका वस्तु तथा सेवाहरुको मूल्यमा वृद्धि भएकोले समग्र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति बढ्न गएको हो । क्षेत्रगत उपभोक्ता मुद्रास्फीति ४. २०७५ कात्तिक महिनामा उपभोक्ता मुद्रास्फीति हिमालमा ४.६ प्रतिशत, काठमाडौं उपत्यकामा ४.५ प्रतिशत, पहाडमा ४.३ प्रतिशत र तराईमा ३.८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति क्रमशः ५.४ प्रतिशत, ३.२ प्रतिशत, ४.७ प्रतिशत र ३.७ प्रतिशत रहेको थियो । नेपाल र भारतको उपभोक्ता मुद्रास्फीति ५. २०७५ कात्तिक महिनामा नेपालको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.२ प्रतिशत र भारतको २.३ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा नेपालको मुद्रास्फीति ३.९ प्रतिशत र भारतको ४.९ प्रतिशत रहेको थियो । थोक मुद्रास्फीति ६. २०७५ कात्तिक महिनामा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ८.६ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त मुद्रास्फीति ०.८ प्रतिशत रहेको थियो । गैर–खाद्य पदार्थ, पेट्रोलियम पदार्थ, तयारी पोशाक, आधारभूत धातु लगायतका वस्तुहरुको मूल्यमा वृद्धि भएकोलेसमग्र थोक मुद्रास्फीति बढ्न गएको हो । राष्ट्रिय तलव तथा ज्यालादर सूचकाङ्क ७. समीक्षा अवधिमा वार्षिक बिन्दुगत राष्ट्रिय तलब तथा ज्यालादर सूचकाङ्क ८.९ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त सूचकाङ्क ६.१ प्रतिशतले वृद्धि भएको थियो । समीक्षा अवधिमा तलब सूचकाङ्क ६.६ प्रतिशत र ज्यालादर सूचकाङ्क ९.५ प्रतिशतले वृद्धि भएको छ । बाह्य क्षेत्र वैदेशिक व्यापार ८. आर्थिक वर्ष २०७५/७६ को चार महिनामा कुल वस्तु निर्यात ११ प्रतिशतले वृद्धि भई रु.२९ अर्ब २८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ७.६ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारततर्फ १८.३ प्रतिशत, चीनतर्फ ८.९ प्रतिशत र अन्य मुलुकतर्फ २.२ प्रतिशतले निर्यात वृद्धि भएको छ । वस्तुगत आधारमा पोलिष्टर यार्न, जस्तापाता, कपडा, दन्त मञ्जन, जुटका सामान लगायतका वस्तुको निर्यात बढेको छ भने अलैची, रोजिन, छाला, जुत्ता, जी. आइ. पाइप लगायतका वस्तुहरुको निर्यात घटेको छ । ९. आर्थिक वर्ष २०७५/७६ को चार महिनामा कुल वस्तु आयात ३५.८ प्रतिशतले बढेर रु.४८३ अर्ब ७६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १८.१ प्रतिशतले बढेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारतबाट भएको आयात ३३.५ प्रतिशत, चीनबाट भएको आयात ४५.१ प्रतिशत र अन्य मुलुकबाट भएको आयात ३६.८ प्रतिशतले बढेको छ । वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, हवाइजहाज, एम.एस. बिलेट, अन्य मेशिनरी उपकरण तथा पार्टपुर्जा, सवारी साधन तथा पार्टपुर्जा, धान चामल लगायतका वस्तुको आयात बढेको छ भने सिमेन्ट, कच्चा भटमासको तेल, दूरसञ्चारका उपकरण तथा पार्टपुर्जा, स्वास्थ उपकरण तथा औजार लगायतका वस्तुहरुको आयात घटेको छ । १०. भन्सार नाकाका आधारमा कन्चनपुर भन्सार कार्यालय, कैलाली भन्सार कार्यालय, कृष्णनगर भन्सार कार्यालय, सुख्खा बन्दरगाह भन्सार कार्यालयबाट गरिएको निर्यातमा ह्रास आएको छ भने अन्य भन्सार नाकाहरुबाट गरिएको निर्यातमा वृद्धि आएको छ । त्यसैगरी, कन्चनपुर भन्सार कार्यालय बाहेक अन्य सबै नाकाबाट भएको आयातमा वृद्धि भएको छ । ११. आर्थिक वर्ष २०७५/७६ को चार महिनामा कुल वस्तु व्यापार घाटा ३७.८ प्रतिशतले विस्तार भई रु.४५४ अर्ब ४८ करोड पुगेको छ । समीक्षा अवधिमा निर्यात–आयात अनुपात ६.१ प्रतिशत कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा सो अनुपात ७.४ प्रतिशत रहेको थियो । सेवा १२. समीक्षा अवधिमा खुद सेवा आय रु.१३ अर्ब १६ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय रु.३ अर्ब १ करोडले घाटामा रहेको थियो । १३. सेवा खाता अन्र्तगत पर्यटन आय समीक्षा अवधिमा १०.३ प्रतिशतले वृद्धि भई रु.२५ अर्ब १ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आय रु.२२ अर्ब ७२ करोड रहेको थियो । विप्रेषण आप्रवाह १४. समीक्षा अवधिमा विप्रेषण आप्रवाह ३६.४ प्रतिशतले वृद्धि भई रु.३१२ अर्ब २६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १.४ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह २३.१ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह २.२ प्रतिशतले बढेको थियो । १५. समीक्षा अवधिमा खुद ट्रान्सफर आय ३३.६ प्रतिशतले वृद्धि भई रु.३५२ अर्ब ९७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ०.५ प्रतिशतले घटेको थियो । १६. अन्तिम श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या समीक्षा अवधिमा २७.७ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा मलेसिया जाने नेपालीहरुको संख्या उल्लेख्य मात्रामा घटेको छ । चालु खाता एवम् शोधनान्तर स्थिति १७. समीक्षा अवधिमा चालु खाता घाटा रु.८८ अर्ब ६४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा रु. ४८ अर्ब ९८ करोड रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको चार महिनामा २५ करोड ७ लाख रहेको चालु खाता घाटा समीक्षा अवधिमा ७७ करोड ४१ लाख पुगेको छ । १८. समीक्षा अवधिमा शोधनान्तर स्थिति रु.५७ अर्ब ३३ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु.२ अर्ब ४० करोडले बचतमा रहेको थियो । १९. समीक्षा अवधिमा पूँजीगत ट्रान्सफर रु.४ अर्ब २२ करोड र प्रत्यक्ष वैदेशिक लगानी आप्रवाह रु.४ अर्ब ९५ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा पूँजीगत ट्रान्सफर रु.६ अर्ब ४२ करोड र प्रत्यक्ष वैदेशिक लगानी रु.१० अर्ब १७ करोड रहेको थियो । विदेशी विनिमय सञ्चिति २०. कुल विदेशी विनिमय सञ्चिति २०७५ असार मसान्तको रु.११०२ अर्ब ५९ करोडबाट १.८ प्रतिशतले कमी आई २०७५ कात्तिक मसान्तमा रु.१०८२ अर्ब ९१ करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०७५ असार मसान्तको १० अर्ब ८ करोडबाट ६.५ प्रतिशतले कमी आई २०७५ कात्तिक मसान्तमा ९ अर्ब ४३ करोड पुगेको छ । २१. कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७५ असार मसान्तको रु.९८९ अर्ब ४० करोडको तुलनामा २०७५ कात्तिक मसान्तमा रु.४४ अर्ब ८६ करोडले कमी आई रु.९४४ अर्ब ५४ करोड पुगेकोछ । अर्कोतर्फ, बैंक तथा वित्तीय संस्थाहरु (नेपाल राष्ट्र बैंक बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७५ असार मसान्तमा रु.११३ अर्ब १९ करोड रहेकोमा २०७५ कात्तिक मसान्तमा २२.२ प्रतिशतले वृद्धि भई रु.१३८ अर्ब ३७ करोड पुगेको छ । २०७५ कात्तिक मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २४ प्रतिशत रहेको छ । सञ्चिति पर्याप्तता सूचकहरु २२. आर्थिक वर्ष २०७५/७६ को चार महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले ९.२ महिनाको वस्तु आयात र ७.९ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । समीक्षा अवधिमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः ३६ प्रतिशत, ६५.८ प्रतिशत र ३३.८ प्रतिशत रहेका छन् । २०७५ असार मसान्तमा यी अनुपातहरु क्रमशः ३६.७ प्रतिशत, ७८.६ प्रतिशत र ३५.६ प्रतिशत रहेका थिए । कच्चा पेट्रोलियम एवम् सुनको मूल्य २३. अन्तर्राष्ट्रिय बजारमा कच्चा पेट्रोलियमको मूल्य २०७४ कात्तिक मसान्तमा प्रति ब्यारल अमेरिकी डलर ६१.१८ रहेकोमा २०७५ कात्तिक मसान्तमा ६.७ प्रतिशतले वृद्धि भई प्रति ब्यारल अमेरिकी डलर ६५.२९ पुगेको छ । त्यसैगरी, सुनको मूल्य २०७४ कात्तिक मसान्तमा प्रति आउन्स अमेरिकी डलर १२८० रहेकोमा २०७५ कात्तिक मसान्तमा ४.५ प्रतिशतले कमी आई प्रति आउन्स अमेरिकी डलर १२२२.४० कायम भएको छ । विनिमय दर २४. २०७५ असार मसान्तको तुलनामा २०७५ कात्तिक मसान्तमा नेपाली रूपैयाँ अमेरिकी डलरसँग ४.८ प्रतिशतले अवमूल्यन भएको छ । अघिल्लो वर्षको सोही अवधिमा नेपाली रुपैयाँ १.१ प्रतिशतले अवमूल्यन भएको थियो । ट २०७५ कात्तिक मसान्तमा अमेरिकी डलर एकको खरिद विनिमय दर रु.११४.८८ पुगेको छ । २०७५ असार मसान्तमा उक्त विनिमय दर रु.१०९.३४ रहेको थियो । सरकारी वित्त स्थिति वित्त घाटा/बचत २५. आर्थिक वर्ष २०७५/७६ को चार महिनामा नगद प्रवाहमा आधारित नेपाल सरकारको वित्त स्थिति रु.५१ अर्ब १ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो बचत रु.३२ अर्ब १५ करोड रहेको थियो । सरकारी खर्च २६. समीक्षा अवधिमा नगद प्रवाहमा आधारित कुल सरकारी खर्च रु.२०७ अर्ब ६८ करोड (वार्षिक बजेट अनुमानको १५.८ प्रतिशत) पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो खर्च रु.१७६ अर्ब ७० करोड रहेकोथियो । २७. समीक्षा अवधिमा चालू खर्च रु.१७३ अर्ब ७८ करोड (वार्षिक बजेट अनुमानको २०.६ प्रतिशत) पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो खर्च रु.१५२ अर्ब १२ करोड रहेको थियो । समीक्षा अवधिमा रु.२६ अर्ब १ करोड (वार्षिक बजेट अनुमानको ८.३ प्रतिशत) पूँजीगत खर्च भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो खर्च रु.१७ अर्ब ८६ करोड भएको थियो । सरकारी राजस्व २८. समीक्षा अवधिमा नेपाल सरकारको कुल राजस्व सङ्कलन ३०.५ प्रतिशतको वृद्धिसँगै रु.२५५ अर्ब २ करोड (वार्षिक लक्ष्यको २७ प्रतिशत) पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो राजस्व १६.३ प्रतिशतले वृद्धि भई रु.१९५ अर्ब ४३ करोड पुगेको थियो । सरकारको नगद मौज्दात २९. २०७५ कात्तिक मसान्तमा सरकारी ढुकुटीमा रु.२०६ अर्ब २५ करोड (स्थानीय तहको खातामा रहेको रु.७५ अर्ब ७७ करोड समेत) नगद मौज्दात कायम रहेको छ । मौद्रिक स्थिति मुद्राप्रदाय ३०. आर्थिक वर्ष २०७५/७६ को चार महिनामा विस्तृत मुद्राप्रदाय ३.५ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त मुद्राप्रदाय ४.२ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७५ कात्तिक मसान्तमा विस्तृत मुद्राप्रदाय १८.६ प्रतिशतले बढेको छ । ३१. समीक्षा अवधिमा खुद वैदेशिक सम्पत्ति (विदेशी विनिमय मूल्याङ्कन नाफा÷नोक्सान समायोजित) रु. ५७ अर्ब ३३ करोड (५.४ प्रतिशत) ले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त सम्पत्ति रु. २ अर्ब ४० करोड (०.२ प्रतिशत) ले बढेको थियो । ३२. समीक्षा अवधिमा सञ्चित मुद्रा १५.० प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रा १४.३ प्रतिशतले घटेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७५ कात्तिक मसान्तमा सञ्चित मुद्रा ७.२ प्रतिशतले बढेको छ । कुल आन्तरिक कर्जा ३३. समीक्षा अवधिमा कुल आन्तरिक कर्जा ५.२ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त कर्जा २.० प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७५ कात्तिक मसान्तमा यस्तो कर्जा २८.७ प्रतिशतले बढेको छ । ३४. समीक्षा अवधिमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दावी ९.१ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो दावी ७.४ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७५ कात्तिक मसान्तमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दावी २४.३ प्रतिशतले बढेको छ । निक्षेप संकलन ३५. समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ३.६ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप ४.८ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७५ कात्तिक मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप १७.९ प्रतिशतले बढेको छ । ३६. २०७५ कात्तिक मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा चल्ती, बचत र मुद्दतीको अंश क्रमशः ७.७ प्रतिशत, ३४.७ प्रतिशत र ४६.२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो अंश क्रमशः ७.९ प्रतिशत, ३६.२ प्रतिशत र ४२.३ प्रतिशत रहेको थियो । ३७. २०७५ कात्तिक मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ४४.३ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो निक्षेपको अंश ४४.८ प्रतिशत रहेको थियो । कर्जा प्रवाह ३८. समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ८.५ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ६.७ प्रतिशतले बढेको थियो । निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये समीक्षा अवधिमा वाणिज्य बैंकहरुको कर्जा ८.३ प्रतिशतले, विकास बैंकहरुको ११.२ प्रतिशतले र वित्त कम्पनीहरुको ५.१ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा २०७५ कात्तिक मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्पm प्रवाहित कर्जा २४.५ प्रतिशतले बढेको छ । ३९. २०७५ कात्तिक मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहिरहेको कर्जामध्ये ६३.२ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १४.७ प्रतिशत कर्जा चालू सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ । २०७४ कात्तिक मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६१.२ प्रतिशत र १४.५ प्रतिशत रहेको थियो । ४०. समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित आवधिक कर्जा ११.१ प्रतिशतले, ओभरड्राफ्ट कर्जा ४.० प्रतिशतले, ट्रष्ट रिसिट (आयात) कर्जा १४.५ प्रतिशतले, डिमान्ड तथा चालु पँुजी कर्जा १३.७ प्रतिशतले, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) ५.२ प्रतिशतले तथा हायर पर्चेज कर्जा ३.१ प्रतिशतले बढेको छ । तरलता व्यवस्थापन ४१. आर्थिक वर्ष २०७५/७६ को चार महिनामा खुलाबजार कारोबारका विभिन्न उपकरणहरुमार्पmत् पटक–पटक गरी रु.१०० अर्ब ३५ करोड तरलता प्रशोचन गरिएको छ । यस अनुसार निक्षेप संकलन बोलकबोलमार्फत्रु. ७९ अर्ब ६५ करोड र रिभर्स रिपोमार्पmत् रु. २० अर्ब ७० करोड प्रशोचन भएको छ । अघिल्लो वर्षको सोही अवधिमा रु.१३५ अर्ब ७५ करोड तरलता प्रशोचन भएको थियो । ४२. समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुले रु. ५ अर्ब ४२ करोड स्थायी तरलता सुविधा उपयोग गरेका छन्। अघिल्लो वर्षको सोही अवधिमा रु. ५ अर्ब ५० करोड यस्तो सुविधा उपयोग गरेका थिए । ४३. समीक्षा अवधिमा यस बैंकले विदेशी विनिमय बजार (वाणिज्य बैंकहरु) बाट अमेरिकी डलर ८७ करोड ९५ लाख खूद खरिद गरी रु.१०१ अर्ब ८६ करोड खूद तरलता प्रवाह गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा विदेशी विनिमय बजारबाट अमेरिकी डलर १ अर्ब २७ करोड खूद खरिद गरी रु.१३० अर्ब ७४ करोड खूद तरलता प्रवाह गरिएको थियो । ४४. समीक्षा अवधिमा अमेरिकी डलर १ अर्ब ३८ करोड, यूरो १ करोड ६० लाख, पाउण्ड स्टर्लिङ्ग २ करोड र जापानी येन १६ अर्ब बिक्री गरी रु.१६३ अर्ब ३ करोड बराबरको भारतीय रुपैँया खरिद भएको छ । अघिल्लो वर्षको सोही अवधिमा अमेरिकी डलर १ अर्ब ३६ करोड र यूरो ४ करोड बिक्री गरी रु.१४५ अर्ब ३७ करोड बराबरको भारतीय रुपैयाँ खरिद भएको थियो । पुनरकर्जा ४५. उत्पादनशील क्षेत्रतर्पm कर्जा लगानी तथा निर्यात विस्तारमा समेत सहयोग पुर्याउने उद्देश्यले यस बैंकबाट सहुलियत दरमा प्रदान गरिने पुनरकर्जाको उपयोग समीक्षा अवधिमा बढेको छ । २०७५ कात्तिक मसान्तसम्ममा यस बैंकको रु.१५ अर्ब ६३ करोड पुनरकर्जा लगानीमा रहेको छ । ४६. भूकम्प पीडितहरुलाई बढीमा २.० प्रतिशत ब्याजदरमा आवासीय घर निर्माण कर्जा प्रदान गर्न यस बैंकबाट बैंक तथा वित्तीय संस्थाहरुलाई शून्य ब्याजदरमा पुनरकर्जा सुविधा उपलब्ध गराउने व्यवस्था अन्तर्गत २०७५ कात्तिक मसान्तसम्ममा रु.२ अर्ब २३ करोड पुनरकर्जा प्रदान गरिएको छ । यस्तो कर्जा १४०१ जना ऋणीले उपयोग गरेका छन् । ४७. २०७५ कात्तिक मसान्तसम्ममा नेपाल सरकारबाट ५ प्रतिशत ब्याज अनुदानमा प्रवाह गरिने कृषि तथा पशुपंक्षी व्यवसाय कर्जा ९७४९ जना ऋणीले उपयोग गरेका छन् । यस अन्तर्गत रु.१४ अर्ब ३८ करोड कर्जा बक्यौता रहेको छ भने रु.७५ करोड ८२ लाख ब्याज अनुदान प्रदान गरिएको छ । अन्तर–बैंक कारोबार ४८. आर्थिक वर्ष २०७५/७६ को चार महिनामा वाणिज्य बैंकहरुले रु.४२१ अर्ब ९१ करोड र अन्य वित्तीय संस्थाहरु (वाणिज्य बैंकहरु बीच बाहेक) ले रु.४८ अर्ब ६९ करोडको अन्तर–बैंक कारोबार गरेका छन् । अघिल्लो वर्षको सोही अवधिमा वाणिज्य बैंकहरु र अन्य वित्तीय संस्थाहरुले क्रमशः रु.३२१ अर्ब १० करोड र रु.७ अर्ब १८ करोड कारोबार गरेका थिए । ब्याजदर ४९. २०७४ कात्तिकमा ९१–दिने ट्रेजरी विल्सको भारित औसत ब्याजदर २.५५ प्रतिशत रहेकोमा २०७५ कात्तिकमा २.२० प्रतिशत कायम भएको छ । वाणिज्य बैंकहरुबीचको अन्तर–बैंक कारोबारको भारित औसत ब्याजदर २०७४ कात्तिकको २.६८ प्रतिशतको तुलनामा २०७५ कात्तिकमा १.६८ प्रतिशत कायम भएको छ । त्यसैगरी, वाणिज्य बैंकहरुको औसत आधार ब्याजदर २०७४ कात्तिकको १०.११ प्रतिशतको तुलनामा २०७५ कात्तिकमा १०.२१ प्रतिशत कायम भएको छ । मर्जर/प्राप्ति ५०. यस बैंकले बैंक तथा वित्तीय संस्था गाभ्ने÷गाभिने तथा प्राप्ति सम्बन्धी प्रक्रिया शुरु गराएपश्चात् २०७५ कात्तिक मसान्तसम्म कुल १६४ वटा बैंक तथा वित्तीय संस्थाहरु मर्जर/प्राप्ति प्रक्रियामा सामेल भएका छन् । यसमध्ये १२२ वटा संस्थाहरुको इजाजत खारेज हुन गई कुल ४२ संस्था कायम भएका छन् । वित्तीय पहुँच ५१. ७५३ स्थानीय तहमध्ये २०७५ कात्तिक मसान्तसम्म ६८२ स्थानीय तहहरुमा वाणिज्य बैंकहरुका शाखा विस्तार भएका छन् । प्रदेशगत रुपमा वाणिज्य बैंकको उपस्थिति तालिका ६ मा प्रस्तुत गरिएको छ । ५२. यस बैंकबाट इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरुको संख्या २०७५ असार मसान्तमा १५१ रहेकोमा २०७५ कात्तिक मसान्तमा १५४ पुगेको छ । यस अनुसार २०७५ कात्तिक मसान्तमा २८ वाणिज्य बैंक, ३३ विकास बैंक, २४ वित्त कम्पनी र ६९ लघुवित्त वित्तीय संस्थाहरु संचालनमा रहेका छन् । बैंक तथा वित्तीय संस्थाहरुको शाखा सञ्जाल २०७५ असार मसान्तमा ६६५१ रहेकोमा २०७५ कात्तिक मसान्तमा ७२१८ पुगेको छ । पूँजी बजार ५३. नेप्से सूचकाङ्क वार्षिक बिन्दुगत आधारमा १९.१ प्रतिशतले ह्रास भई २०७५ कात्तिक मसान्तमा १२०५ बिन्दुमा सीमित भएको छ । २०७४ कात्तिक मसान्तमा उक्त सूचकाङ्क १२.५ प्रतिशतले ह्रास भई १४८९.१ बिन्दु कायम भएको थियो । २०७५ असार मसान्तमा भने नेप्से सूचकाङ्क १२१२.४ बिन्दु कायम भएको थियो । ५४. धितोपत्र बजार पूँंजीकरण वार्षिक बिन्दुगत आधारमा १५.७ प्रतिशतले ह्रास भई २०७५ कात्तिक मसान्तमा रु. १४५६ अर्ब ९५ करोड कायम भएको छ । बजार पूँजीकरण २०७४ कात्तिक मसान्तमा ८.६ प्रतिशतले ह्रास भएको थियो । समीक्षा अवधिको बजार पूँजीकरणको कुल गार्हस्थ्य उत्पादनसँगको अनुपात ४७.८ प्रतिशत रहेको छ। अघिल्लो वर्ष यस्तो अनुपात ६५.४ प्रतिशत रहेको थियो । ५५. नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २०७५ कात्तिक मसान्तमा १९८ रहेको छ । एकतान्यूजबाट

नेपाल प्रहरीका ५८ सई, इन्स्पेक्टरमा बढुवा (हेर्नुस् नामावली)

काठमाडौं, पुष १० । नेपाल प्रहरीका ५८ प्रहरी नायव निरीक्षक (सई) प्रहरी निरीक्षक (इन्स्पेक्टरमा) मा बढुवा भएका छन्। प्रहरीको नियमावली २०७१ को परिच्छेद ४ को नियम २७ को उपनियम ४ बमोजिम बढुवा समितिको निर्णय अनुसार उनीहरु बढुवा भएका हुन् । नामावली हेर्न यहाँ क्लिक गर्नुस्

स्थायी जागिर पाउन चाहनुहुन्छ भने यसरी पढ्नुहोस्

१. खाने, बस्ने, सुत्ने, उठ्ने तथा अध्ययन गर्ने निश्चित समय तालिका बनाई सोहीअनुसार गर्ने । २. अध्ययनका लागि सान्दर्भिक तथा उपयुक्त पाठ्य सामग्री छनोट गरी निरन्तर अध्ययन गर्दै सिलसिला मिलाई मुख्यमुख्य बुँदाहरू टिपोट गर्दै जाने। ३. एकैपटकमा सफल नहुन पनि सकिन्छ । अतः ‘फेलियर इज द वेस्ट सिजन टु सो द सिड्स अफ सक्सेस’ भन्ने भनाइलाई आफ्नो सफलताको मूल मन्त्र बनाउने । स्मरणमा राख्नुहोस् असफलताको अनुभव नै आगामी सफलताका लागि प्राप्त अनुपम उपहार हो । ५. सम्झनुहोस् कि ‘लर्निङ इज द कन्टिनियस प्रोसेस द्याट रिमेन्स अन्टिल वी डाई । ६. दैनिकरूपमा निरन्तर अध्ययन गरी सम्बन्धित अध्ययनपछि आफैंले आफ्नो मूल्यांकन गर्दै जाने । ७. प्रारम्भिक चरणमा तोकिएको पाठ्यक्रमलाई अद्योपान्त स्मरण गर्ने र प्रयास गर्दै क्रस कटिङ इस्यूप्रति चनाखो रहने । ८.पाठ्यक्रममा समेटिएका विषयवस्तुलाई समान महत्वका साथ अध्ययन गर्ने । वस्तुगत प्रश्नको हल गर्दा निम्न पक्षलाई मुख्य रूपमा ध्यान दिनुपर्छ : १. ‘कि’ लेख्नुपर्ने उत्तरपुस्तिकामा आफूलाई परेको कि ए, बी, सी, डी वा यस्तै अन्य भए सो ध्यानपूर्वक हेरी उल्लेख गर्न नछुटाउने । २. दिइएका विकल्पमा नमिल्दा तथा मिल्ने सम्भावना बोकेका गरी दुई थरी अप्सन ग्रुपलाई पहिचान गरी नमिल्दालाई छोडी मिल्दालाई ध्यानपूर्वक अध्ययन गरी छनोट गर्ने । ३. वस्तुगत प्रश्नको उत्तर लेख्दा वा अप्सनको बबल रंग्याउँदा होसियारपूर्वक लेख्ने र रंग्याउने । ४. बौद्धिक परीक्षण बाहेकका वस्तुगत बहुउत्तर प्रश्नका नकारात्मक उत्तरबापत २० प्रतिशत अंक काटिने कुराप्रति सचेत रहने । ५. प्रश्नमा कहिलेकाहीँ सुरुकै अप्सन पूर्णउत्तर हुन सक्ने पक्षलाई हेक्का राख्ने । ६. बौद्धिक परीक्षण (आईक्यु टेस्ट)का लागि तोकिएका प्रश्नमा कुन अवस्थामा कुन कुन लजिकले काम गर्छ, सोलाई विशेष ध्यान दिने । विषयगत उत्तर कसरी लेख्ने ? १.सम्बन्धित शीर्षक-विषयका पछिल्ला तथा विश्वव्यापी मुद्दालाई लिंक गरी सिलसिलेबार टिपोट गर्दै जाने, २.मुलुकको विद्यमान संविधान, निजामती सेवा तथा अन्य संगठित संस्थाका ऐन, नियम÷विनियम तथा अन्य कानुनको अध्ययन गर्दा तिनका महत्वपूर्ण पक्ष तथा विगतमा भन्दा थप भएका विषयवस्तुमा जोड दिँदै स्मरण गर्दै जाने, ३.दिइएका प्रश्नमा प्रस्तुत भएका प्रश्न शब्द के के हुन्, तिनको पहिचान गरी मागेको तथा खोजेको जवाफ मात्र लेख्ने न कि सो शीर्षकमा जानेका सबै कुरा । ४. समय व्यवस्थापनमा ध्यान दिने । अंकभार हेरी प्राप्त समयमा मागेको उत्तर सरल तथा मौलिक रूपमा दिने। ५. उत्तर लेख्दा प्रस्तुतिलाई भरसक सरल, सटिक तथा मिठासपूर्ण बनाउने । ६. प्रश्नले कुनै विषयको प्रभाव-असर मागको अवस्थामा सोको सकारात्मक तथा नकारात्क दुवै पक्षलाई सम्बोधन गर्ने । ७. अक्षर सबैको राम्रो र सुन्दर हुनुपर्छ भन्ने छैन । तर, सफा, स्पष्ट र बुझिने गरी लेखिएको हुनुपर्छ । ८. सम्झनुहोस् कि जसले फरक किसिमले अभिव्यक्त गर्छ, ऊ सफल हुन्छ । अतः लेखन अभिव्यक्ति मार्फत प्रस्तुत गर्ने तपार्इंको पहिचान अरूको भन्दा फरक र मौलिक खालको देखाउनुहोस् । अन्त्यमा, कुनै पनि पदका लागि दरखास्त पेस गर्दा समयमैै गर्ने, परीक्षाको दिन परीक्षा केन्द्रमा समयमा पुग्ने, आफूलाई तनाव र अति दबाबमुक्त राख्ने र दृढतासाथ परीक्षा हलमा बसी आफूलाई उच्च मनोबलयुक्त राखिरहने ९. लिखित परीक्षबाट उत्तीर्ण भइसकेपश्चात् प्रयोगात्मक परीक्षा तथा सामूहिक परीक्षण परीक्षामा समेत आफूलाई अब्बल रूपमा प्रस्तुत गर्ने तथा प्रत्यक्ष व्यक्तिगत मौखिक अन्तर्वार्ताका क्रममा सुहाउँदिलो औपचारिक पोसाक तथा आफ्नो व्यक्तित्व सुहाउँदो हाउभाउ तथा आत्मविश्वासका साथ आफूलाई शालीन, शिष्ट, सन्तुलित र तार्किक व्यक्तिका रूपमा अन्तर्वार्तामा समितिका सदस्यसामु प्रस्तुत गर्ने ।

जान्नैपर्नेः के हो डिम्याट खाता, कसरी खोल्ने ?

निक्षेप सदस्य मार्फत सिडिएससि धितोपत्र निक्षेप गर्न हितग्राही खोलेका तथा विद्युतीय माध्यममा निक्षेप गर्न मिल्ने धितोपत्र ग्रहन गरेको व्यक्ति हुन् ।  हितग्राहीले धितोपत्र निक्षेप गर्न निक्षेप सदस्यमार्फत केन्द्रीय निक्षेप कम्पनिसँग बेग्लै खाता नम्बरबाट खोलेको विद्युतीय खाता नै हितग्राही खाता हो । हितग्राहीले सिडिएससिमा डिम्याट् खाता खोल्नकालागि निक्षेप सदस्य मार्फत सम्पुर्ण विवरणहरु प्रणलीमा प्रविष्टि गरेपछि प्रणलीबाट उत्पन्न हुने १६ अंकको पृथक परिचय नम्बर नै हितग्राही परिचय नम्बर हो । यो भविष्यमा गरिने सबै सेयर कारोबारहरुमा उल्लेख गर्दछ । यो नक्कल गर्ने सकिदैन अथवा दुई हितग्राहीको समान नम्बर हुन सक्दैन् । २०७३ श्रावण १ गतेदेखि काढमाडौं उपत्यकाभित्र र २०७३ माघ १ गते देशभरि नै सावैजानिक निष्काशन दरखास्त दिने दरखास्तवालाहरुले आफ्नो डिँयाट खाता दरखास्त फाराममा अनिवार्य रुपममा उल्लेख गर्नु पर्ने र सोही खातामा बाडँफाडँ भएको सेयर जम्मा गर्नुपर्ने व्यवस्था गरिएकाले सेयर कारोबार गर्नका लागि यो खाता खोल्नु अनिवार्य भएको छ । डिम्याट खाता खोल्ने प्रक्रिया  हितग्राही वा लगानीकर्ताहले अझै डिम्याट खोल्न सक्दैनन् । डिम्याट खाता लोल्न वोर्डबाट निक्षेप सदस्यको कार्यै गर्न अनुमतिपत्र प्राप्त सदस्य मार्फत डिम्याट खाता दोल्न सक्छन् । सिडिएससिमा खाता खोल्ने प्रक्रिया बैंक खाता खोले जस्तै सरल किसिमको छ । डिम्याट खाता खोल्न आवश्यक कागजातहरु पेश गरी खाता खोल्ने फाराम भरिसकेपछि निक्षेप सदस्यले सिडिएस लि. को प्रणलीमा प्रविष्ट गर्दछ । उक्त प्रविष्टलाई सिडिएससि बाट सदर भएपछि डिम्याट खुल्दछ । हितग्राहीलाई सदर गरेको पत्र प्राप्त भए पछि खाता खोलिन्छ । डिम्याट खाता किन आवश्यक छ ? डिम्याट खाता भौतिक धितोपत्रहरुलाई विद्युतीय पद्धतिमा परिवर्तण गर्न, नेपाल स्टक एक्सचेन्जमा भएका धितोपत्रहरुको खरिद विक्री कारोबारहरुलाई अभौतिक रुपमा प्राप्त तथा हस्तान्तरण गर्न, प्रारम्भिक सार्वजानिक निष्काशनबाट प्राप्त धितोपत्रहरु वा संस्थागत गतिविधिहरु (हकप्रद निष्काशन, बोनस निष्काशन, मर्जर) लाई अभौतिक रुपमा जम्मम गर्न, डिम्याट् खातामा ग्रहन गरेका अभौतिक धितोपत्रहरुको खाताको फाटँबारी प्राप्त गर्न र धितोपत्रहरुको धितो बन्धकी राख्न तथा पुणः भौतिकीकरण जस्ता कार्यहरुका लागि डिम्याट खाता खोल्नुपर्दछ । डिम्याट खाता खोल्दा हितग्राहीहरुलाई हुने फाईदाहरु  डिम्याट खाता खोल्दा हितग्राहीहरुलाई विभिन्न फाइदाहरु हुने गर्दछ । भौतिक प्रमाणपत्रहरुमा भएका जोखिमहरुलाई हटाउँन् । शीघ्र फछ्र्यौट चक्र पुरा हुने तथा ठेगाना परिवर्तणको समस्याको निदान, धितोपत्रहरुको तुरुन्तै हस्तान्तरण तथा सार्वजनिक निष्काशनबाट वितरित सेयरहरुको शीघ्र वितरण । पार्टफोलीयो व्यवस्थापन तथा धितोपत्रहरुको बन्धकीमा सहजता आदि । -बैंकिङखबरबाट

लिखित परीक्षाको केन्द्र कायम (तालिकासहित)

काठमाडौं, कार्तिक १३ । आन्तरिक तथा खुला प्रतियोगितात्मक परीक्षा अन्तर्गत गोरखापत्र संस्थानको लिखित परीक्षाको लागि परीक्षा केन्द्र कायम गरिएको सूचना आजको गोरखापत्रमा प्रकाशित गरिएको छ । यस्तो छ तालिका