सुनको मूल्य बढ्यो, प्रतितोला १ लाख ९२ हजार ३ सय रुपैयाँमा कारोबार

काठमाडौं । स्थानीय बजारमा बिहीबार सुनको मूल्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेको हो।

महासंघका अनुसार बिहीबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ९२ हजार ३ सय रुपैयाँ पुगेको छ। बुधबार उक्त मूल्य १ लाख ९२ हजार रुपैयाँ थियो। पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा देखिएको अस्थिरता र मागको वृद्धिका कारण सुनको मूल्य उकालो लागेको बताइएको छ।

यस्तै, चाँदीको मूल्य पनि आज बढेको छ। चाँदी प्रतितोला ३५ रुपैयाँले बढ्दै २ हजार १७५ रुपैयाँमा कारोबार भइरहेको छ।

सुनचाँदीको मूल्यमा आएको लगातार उतारचढावले आम उपभोक्ता र व्यापारी दुवै प्रभावित भएका छन्। विशेषज्ञहरूका अनुसार अन्तर्राष्ट्रिय बजारको मूल्य, विदेशी मुद्राको भाउ र आपूर्तिमा देखिएको असन्तुलनका कारण सुनचाँदीको मूल्यमा प्रभाव परेको हो।

सुनको मूल्य एक लाख ७० हजार नाघ्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले प्रतितोला एक लाख ७० हजार रुपैयाँ नाघेको छ । मंगलबार तोलामा ८०० रुपैयाँ बढेर एक लाख ७० हजार रुपैयाँमाथि पुगेको हो । सोमबार सुन प्रतितोला एक लाख ६९ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । आज एक लाख ७० हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज चाँदीको मूल्य भने घटेको छ । सोमबार चाँदीको मूल्य प्रतितोला एक हजार ९७५ रुपैयाँ थियो । आज ३० रुपैयाँले घटेर एक हजार ९४५ रुपैयाँ कारोबार भइरहेको महासंघले जनाएको छ ।

बढ्यो सुनको मूल्य, कतिमा भैरहेको छ कारोबार ?

काठमाडौं  । नेपाली बजारमा आज  सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ४ सयले बढेको हो। आज सुन तोलामा एक लाख ५० हजार ७०० मा कारोबार भइरहेको महासंघले जनाएको छ। यसअघि बिहिबार सुन तोलामा एक लाख ५० हजार ३ सयमा कारोबार भएको थियो। त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढे र १८१५ मा कारोबार भइरहेको महासंघले जनाएको छ।

२२ सयले घट्यो सुनको मूल्य

काठमाडौं । बजारमा आज सुन चाँदीको भाउ २ हजार २ सयले घटेको छ । शुक्रबार एक लाख ५३ हजार रुपैयाँ प्रतितोलामा कारोबार भएको सुन आज एक लाख ५० हजार ८ सय रुपैयाँमा कारोबार भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज ५ दिन यताकै कम मुल्यमा झरेको हो । यस्तै बजारमा आज चाँदीको मुल्य पनि घटेको छ । शुक्रबार एक हजार ८६० रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी आज २० रुपैयाँ घटेर कारोबार भइरहेको छ ।

प्रतितोला दुई हजारले बढ्यो सुनको मूल्य

काठमाडौं। नेपाली बजारमा बुधबार सुनको मूल्यमा वृद्धि भएको छ । आज छापावाल सुनको मूल्य प्रतितोला दुई हजारले बढेर एक लाख ५४ हजार दुई सय रुपियाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। यसअघि मङ्गलबार सुन प्रतितोला एक लाख ५२ हजार दुई सय रुपियाँमा किनबेच भएको थियो । यसैगरी, आज चाँदी भने स्थिर छ । चाँदी प्रतितोला एक हजार नौ सय २५ रुपियाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

सुन र चाँदी दुवैको मूल्य घट्यो

काठमाडौँ । सुनको मूल्य आज पनि घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ४०० रुपैयाँले घटेर १ लाख ४९ हजार ७०० रुपैयाँमा झरेको हो । गत शुक्रबार सुनको मूल्य प्रतितोला १ लाख ५० हजार १०० रुपैयाँ थियो ।  चाँदी पनि आज २५ रुपैयाँले घटेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य १ हजार ८६५ रुपैयाँ कायम भएको छ । शुक्रबार यसको मूल्य १ हजार ८९० रुपैयाँ रहेको थियो । 

सुनको मूल्यमा प्रतितोला तीन सयले वृद्धि

काठमाडौं । स्थानीय बजारमा बिहीबार सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला एक लाख ५० हजार चार सय रुपैयाँ रहेको सुनको मूल्य बिहीबार एक लाख ५० हजार सात सय पुगेको छ । चाँदी तोलामा १५ रुपैयाँ बढेको छ । बिहीबार चाँदी प्रतितोला एक हजार ८८० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

घट्यो सुनचाँदीको मूल्य कतिमा भैरहेको छ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ४९ हजार ३०० रुपैयाँ कायम भएको हो ।  यसअघि आइतबार सुनको मूल्य तोलामा १ लाख ५० हजार ५०० रुपैयाँ कायम भएको थियो ।  यसैगरी सोमबार चाँदीको मूल्य पनि घटेको छ ।  अघिल्लो दिन तोलामा १ हजार ८४० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य सोमबार घटेर तोलामा १ हजार ८१५ रुपैयाँ कायम भएको हो । 

तोलामा एक हजारले बढ्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेर कारोबार भएको छ । सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढेको नेपाली सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस दिन छापावाल सुन प्रतितोला एक लाख ६४ हजार रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाल सुन प्रतितोला एक लाख ६३ हजार रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य भने स्थिर छ। चाँदी प्रतितोला एक हजार ९५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार पनि चाँदी यही मूल्यमा कारोबार भएको थियो । 

एकै दिन २२ सयले घट्यो सुनको मूल्य

काठमाडौं। नेपाली बजारमा आज (बुधबार) सुनको मूल्यमा भारी गिरावट आएको छ। यसअघि बुधबार तोलामा चार सय रुपैयाँले घटेको सुनको मूल्य आज पनि तोलामा २२ सय रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको प्रतितोला एक लाख ६० हजार रुपैयाँमा कारोबार भईरहेको छ। बुधबार छापावाला सुन प्रतितोला १ लाख ६२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, आज चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँले घटेको छ। आज चाँदीको मूल्य प्रतितोला १ हजार ९ सय ५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं  । बिहिबार घटेको सुनबजार शुक्रबार भने बढेको छ । शुक्रबार आज सुनचाँदीको दुवैको मूल्य बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन तोलामा २ हजारले बढेर तोलाको एक लाख ६६ हजार ५ सयमा कारोबार भइरहेको छ । यसअघि बिहीबार सुन तोलाको एक लाख ६४ हजार ५ सयमा कारोबार भएको थियो ।  त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला २० रुपैयाँले बढेर तोलाको १९८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

सुनको मूल्य तोलामा एकै दिन चार हजार रुपैयाँ घट्यो

काठमाडौं । स्थानीय बजारमा बिहीबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा चार हजार रुपैयाँ घटेको छ । यस दिन छापावाल सुन तोलाको एक लाख ६४ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुनको मूल्य तोलामा एक लाख ६८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।  त्यस्तै, चाँदीको मूल्य तोलामा ५५ रुपैयाँ घटेको छ । चाँदी तोलाको एक हजार ९६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। 

सुनको मूल्यमा सामान्य वृद्धि

काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्य सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा १ लाख ६८ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार ३०० रुपैयाँ बढेर तोलामा १ लाख ६८ हजार ५०० रुपैयाँ पुगेको हो ।  यस्तै बुधबार चाँदीको मूल्य भने घटेको छ । मंगलबार तोलामा २ हजार ३० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधबार १५ रुपैयाँ घटेर २ हजार १५ कायम भएको महासंघले जनाएको छ । 

दुई हजार आठ सयले घट्यो सुन

काठमाडौं  । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु दुई हजार आठ सयले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजका लागि छापावाला सुन प्रतितोला रु एक लाख ६८ हजार दुई सय तोकेको छ।  यसअघि यही कात्तिक १५ गते छापावाला सुन प्रतितोला रु एक लाख ७१ हजारमा खरिदबिक्री भएको थियो। यस्तै चाँदीको मूल्यमा प्रतितोला रु २१ घटेको छ। महासङ्घले एक तोला चाँदीको मूल्य रु दुई हजार ३० तोकेको छ। यसअघि चाँदी प्रतितोला रु दुई हजार ९० मा कारोबार भएको थियो। 

सुनको मूल्यमा आज पनि नयाँ कीर्तिमानी

काठमाडौं । सुनको मूल्य आज पनि नयाँ कीर्तिमान कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन तोलामा २२ सयले बढेर तोलाको एक लाख ७० हजार ७ सयमा कारोबार भएको छ । यो सुनको अहिलेसम्मको उच्च मूल्य हो । यसअघि मंगलबार पनि नयाँ रेकर्ड राख्दै सुन तोलाको एक लाख ६८ हजार ५ सयमा कारोबार भएको थियो  । त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला १५ रुपैयाँले बढेर २१२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

सुनको मूल्य हालसम्मकै उच्च : एकपछि अर्को नयाँ रेकर्ड कायम

काठमाडौं ।एकपछि अर्को नयाँ रेकर्ड कायम गर्दै नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला एक हजार ५०० बढेर एक लाख ६८ हजार ५०० रुपैयाँमा कारोबार भएको हो । यो मूल्य हालसम्मकै उच्च हो । सोमबार एक लाख ६७ हजार रुपैयाँमा कारोबार भएको थियो । यो उच्च मूल्यलाई आज तोडेर छापावाल सुनको मूल्यले नयाँ रेकर्ड बनाएको हो ।   आज चाँदी प्रतितोला दुई हजार १०५ रुपैयाँमा कारोबार भइरहेको छ । सोमबारको तुलनामा यसदिन चाँदी प्रतितोला ४० रुपैयाँले बढेको हो । सोमबार चाँदी प्रतितोला दुई हजार ६५ रुपैयाँमा कारोबार भएको थियो ।