१४ अंकले बढेको नेप्सेमा कारोबार पनि बढ्यो

काठमाडौं । मंगलबार आज नेपाल स्टक एक्सेच (नेप्से) १४.११ अंकले बढेर २६२६.३१ विन्दुमा पुगेको छ । 

नेप्से ०.५४ प्रतिशतले बढ्दा कारोबार पनि बढेको छ । ५ अर्ब २० करोड २२ लाख ६३ हजार रुपैयाँ बराबरको १ करोड २७ लाख ४६ हजार ४१० कित्ता शेयर किनबेच भएको छ ।

आज १६७ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ७१ वटा कम्पनीको शेयर मूल्य घटेको छ। ६ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । ३१२ वटा कम्पनी कारोबारमा आउँदा ६४ हजार ९१७ पटक शेयर किनबेच भएको छ ।

यस्तै १३ वटा समूहमध्ये २ वटा समूह घटेको छ भने बाँकी ११ वटा समूह बढेको छ । उत्पादन तथा प्रशोधन समूह २.३२ प्रतिशतले घटेर ६ हजार ८२२.६१ विन्दुमा पुगेको छ भने ट्रेडिङ समूह ०.४५ प्रतिशतले घटेर ४ हजार ६१२.१५ विन्दुमा पुगेको छ ।

सबैभन्दा बढी विकास बैंक समूह १.७५ प्रतिशतले बढेर ५ हजार ५०३.०८ विन्दुमा पुगेको छ भने सबैभन्दा कम म्युचलुअल फण्ड समूह ०.११ प्रतिशतले बढेर २०.३५ विन्दुमा पुगेको छ ।

त्यस्तै, वाणिज्य बैंक समूह ०.७६ प्रतिशतले, फाइनान्स १.६२ प्रतिशतले, होटल तथा पर्यटन ०.९४ प्रतिशतले, हाइड्रोपावर ०.७१ प्रतिशतले, लगानी ०.९६ प्रतिशतले, जीवन बिमा ०.२८ प्रतिशतले, लघुवित्त ०.९५ प्रतिशतले, निर्जीवन बिमा ०.५६ प्रतिशतले र अन्य समूह ०.४९ प्रतिशतले बढेको छ।

नेप्से १३.९५ अंकले बढ्यो, कति छ कारोबार रकम

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को लागि आज यस साताको अन्तिम कारोबार दिन बिहीबार १३.९५ अंकले बढेको छ । यस दिन १५९ कम्पनीको सेयर मूल्य बढेको छ । ७९ कम्पनीको सेयर मूल्य घट्दा ६ कम्पनीको स्थिर रहेका छन् ।  दोहोरो अंकले बजार बढ्दा १० अर्ब ३२ करोड बराबरको सेयर खरिद–बिक्री भएको छ । दुई करोड १६ लाख ६० हजार ६३९ कित्ता सेयर एक लाख एक हजार ५४५ पटकमा खरिद–बिक्री भएको छ । गुँरास लघुवित्त, स्वभिमान लघुवित्त, अपर हेवाखोलाको सेयर मूल्यमा सकारात्मक सर्किट ब्रेकर लाग्यो ।उपसूचकतर्फ बैंकिङ, विकास बैंक, होटेल तथा पर्यटन, जलविद्युत्, माइक्रो फाइनान्स, म्युचअल फन्ड र अन्य समूह बढ्दा बाँकी समूहको सेयर मूल्य घटेको नेप्सेले जनाएको छ । 

सेयर बजारमा १४ अंकको गिरावट, सात अर्ब ९१ करोडको कारोबार

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक बुधबार १४.१२ अंकले घटेको छ । नेप्से ०.५१ प्रतिशतले घटेर २७३४.८३ को विन्दुमा पुगेको हो । यसदिन एक करोड ५३ लाख ६२ हजार २०६ कित्ता सेयर सात अर्ब ९१ करोड १९ लाख रुपैयाँमा कारोबार भएको छ । ९९ कम्पनीको सेयर मूल्य बढेको छ । १३८ कम्पनीको सेयर मूल्य घट्दा सात को मूल्य स्थिर छ ।  सबैभन्दा धेरै कमाउनेमा सप्तकोसी विकास बैंक र सिर्जनशील लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै गुमाउनेमा कुथेली बुखरी हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले घटेको छ । कारोबारमा रहेका १३ मध्ये चार समूहको मात्रै समूहगत परिसूचक बढेको छ ।

नेप्से २० अंकले घट्यो

काठमाडौं ।दुई दिनको उच्च गिरावटपछि हिजो दोहोरो अंकले बढेको शेयर बजार बुधबार पुनः आरोलो लागेको छ । बुधबार २० अंकले घट्दै नेप्से २६ सय ४५ मा झरेको छ । बुधबार ३ सय २४ स्टकको १ करोड ५७ लाख बढी कित्ता सेयर ६ अर्ब २७ करोड रुपैयाँ बराबरमा किनबेच भएको छ । कारोबारमा आएका मध्ये वित्त र व्यापार बाहेक अरु सबै उपसमुहको परिसुचक ओरालो लागेका छन् । जसका कारण बुधबार १ सय ५५ कम्पनीको शेयर मूल्य घट्दा ७६ कम्पनीको मात्रै मूल्य वृद्धि भएको छ । आइसीएफसी फाइनान्सको शेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा महुली लघुवित्त सर्वाधिक ४ दशमलव २८ प्रतिशतले घटेको छ ।

३७ अंकले बढ्यो नेप्से,कारोबार कति ?

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक सोमबार ३७.१३ अंकले बढेको छ । नेप्से परिसूचकसँगै कारोबार रकममा पनि वृद्धि भएको छ । यस दिन नेप्से परिसूचक १.३९ प्रतिशतले बढेर २६९०।७२ विन्दुमा बन्द भएको छ । सोमबार सात अर्ब नौ करोड ५९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आइतबार ६ अर्ब १३ करोड रुपैयाँको सेयर कारोबार भएको थियो। आइतबारको तुलनामा कारोबार रकम ९८ करोड ७७ लाख रुपैयाँले वृद्धि भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ। १७७ कम्पनीको सेयर मूल्य बढेको छ । ६६ कम्पनीको सेयर मूल्य घटेको छ । विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर मूल्य स्थिर छ । कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये फाइनान्स र उत्पादन तथा प्रशोधन समूहको परिसूचक घटेको छ । अरू सबै समूहको परिसूचक बढेको छ ।

नेप्सेमा ५७.०३ अंकको गिरावट, कारोबार रकममा पनि कमी

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक सोमबार ५७.०३ अंकले घटेर २५८०.७६ विन्दुमा बन्द भएको छ । नेप्से परिसूचकसँगै कारोबार रकम पनि गिरावट आएको छ । यस दिन सात अर्ब ३६ करोड १९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आइतबार १० अर्ब ३३ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको थियो । १४ कम्पनीको मात्र सेयर मूल्य वृद्धि भएको छ । २२७ कम्पनीको सेयर मूल्य घटेको छ । तीन कम्पनीको सेयर मूल्य स्थिर रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ । घटेको बजारमा आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेको छ । हिमालयन हाइड्रोपावरको सेयर मूल्य ९.९९ प्रतिशतले वृद्धि भएको छ । गुडविल फाइनान्सको सेयर मूल्य ९.९१ प्रतिशतले घटेको छ । थ्री स्टार हाइड्रोपावरको सेयर मूल्य पनि ९.३६ प्रतिशतले घटेको छ । १३ वटै समूहको परिसूचक घटेको छ ।

यस्तो छ सोमबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । आज २०८१ साल भदौ २४ गते सोमबार सन् २०२४ सेप्टेम्बर ९ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३४ रुपैयाँ ०२ पैसा र बिक्री दर १३४ रुपैयाँ ६२ पैसा पुगेको छ। युरो एकको खरिद दर १४८ रुपैयाँ ५६ पैसा र बिक्री दर १४९ रुपैयाँ २३ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १७५ रुपैयाँ ९१ पैसा र बिक्री दर १७६ रुपैयाँ ७० पैसा पुगेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ७७ पैसा र बिक्री दर ३६ रुपैयाँ ९३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। आजको विदेशी मुद्राको विनिमय दर

शेयर बजार राताम्मे, ९० अंकको पहिरो

काठमाडौं । पछिल्ला दुई दिन सकारात्मक रहेको बजारमा बुधबार पहिरो गयो । उतारचढावबीच बजार परिसूचक नेप्से ९० अंकले ओरालो लागेर २७ सय ३९ मा आएर थामियो । सोमबार सवा सयले उछालिएको बजार हिजो सामान्य सुधारिएको थियो । यसदिन कारोबार पनि १३ अर्ब तलै खुम्चियो । सबै समूह राताम्मे रहँदा वित्त समूहमा सबैभन्दा उच्च ५ प्रतिशत बढीको गिरावट आयो । होटल तथा पर्यटन समूह साढे ४ प्रतिशतले घट्यो । अन्य, वाणिज्य बैंक, जीवन बीमा, जलविद्युत, लगानी समूह ३ प्रतिशत बढीले घटे । बुधबार नेपाल स्टक एक्सचेन्जमा ३ सय २० कम्पनीको २ करोड ६५ लाख कित्ता शेयर १२ अर्ब ९२ करोडमा किनबेच भएको एक्सचेन्जले जनाएको छ । घटेका बजारमा पनि एक्सेल डेभलपमेन्ट बैंक, विन नेपाल लघुवित्तलगायत करिब आधा दर्जन कम्पनीका शेयर सकारात्मक सर्किट लेबलमा कारोबार भए । कुमारी इक्वीटी फण्डका लगानीकर्ताले १० प्रतिशत गुमाए । नेपाल फाइनान्स र एक्सेल डेभलपमेन्ट दुवैको ३० करोड माथिको कारोबार भयो ।  

नेप्से १२७.३२ अंकले बढ्यो, कारोबार रकम पनि बढ्यो

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक सोमबार एकैदिन १२७.३२ अंकले बढेर बन्द भएको छ ।कारोबार आठ दिनको घटेको सेयर बजार उच्च अंकले बढेको हो । आज नेप्से परिसूचक ४.७२ प्रतिशतले बढेर २८२३.२५ विन्दुमा बन्द भएको हो । १३ अर्ब १० करोड ४६ लाख रुपैयाँको सेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ । २३९ कम्पनीको सेयर मूल्य बढेको छ । पाँच कम्पनीको सेयर मूल्य घटेको छ । सात कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । कारोबारमा आएका १३ वटै समूहको परिसूचक बढेको छ । परिसूचक सर्वाधिक वृद्धि फाइनान्स समूहको भएको छ ।

५३ अंकले घट्यो सेयर बजार, कारोबार कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक साताको पहिलो कारोबारमा ५३ अंकले घटेको छ । बजार ५३.६३ अंकले घटेको हो । गएको बिहीबार बजार ३७ अंकले घटेको थियो । आइतबारको कारोबारपछि समग्र बजार मापक परिसूचक २६९५.९३ विन्दुमा कायम छ । बजारसँगै कारोबार रकममा पनि कमी आएको छ । यस दिन १० अर्ब ५१ करोड ७६ लाख रुपैयाँबराबरको सेयर खरिद–बिक्री भयो । अघिल्लो कारोबारका दिन १२ अर्ब २४ करोडको सेयर खरिद–बिक्री भएको थियो । घट्दो बजारमा ३१ कम्पनीको सेयर मूल्य बढेको छ । २०९ कम्पनीको सेयर मूल्य घटेको छ । चार कम्पनी सेयर मूल्य स्थिर छ । सुपरमाई हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक ‘सर्किट ब्रेक’ लाग्यो । हिमालयन पावर, कुथेलीबुखरी स्मल हाइड्रो, सानिमा लार्ज क्याप, सनराइज ब्लु चिपलगायत कम्पनी उच्च कमाउनेको शीर्ष स्थानमा रहे । समूहगत परिसूचकतर्फ म्युचअल फन्ड ०.८० प्रतिशतले बढ्दा बाँकी समूहको सेयर मूल्य घटेको छ ।

नेप्सेमा ८.१८ अंकको करेक्सन

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्सेमा मंगलबार ८.१८ अंकले करेक्सन आएको छ।  परिसूचक लगातार चार दिन उच्च अंकले बढेकोमा आज परिसूचकसँगै कारोबार रकममा पनि कमी आएको छ। आज २१ अर्ब ५१ करोड रुपैयाँको सेयर कारोबार भएको छ । सोमबार २७ अर्ब २४ करोड रुपैयाँको सेयर कारोबार भएको थियो । ८० कम्पनीको सेयर मूल्य वृद्धि भएको छ भने १५७ कम्पनीको सेयर मूल्य घटेको छ । ६ कम्पनीको सेयर मूल्य स्थिर छ । यस दिन तीन कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । नेपाल फाइनान्सको सेयर मूल्य ९.९३ प्रतिशतले घटेको छ । आज कारोबारमा आएका १३ समूहमध्ये पाँच समूहको परिसूचक बढेको छ । सर्वाधिक परिसूचक वृद्धि फाइनान्स समूहको भएको छ । यो समूहको परिसूचक १.५७ प्रतिशतले बढेको छ । होटेल तथा पर्यटन समूहको परिसूचक २.२५ प्रतिशतले घटेको छ । 

बढ्यो नेप्से, कारोबारमा नयाँ रेकर्ड

काठमाडौं ।आज शेयर बजार नेप्से सूचक ९४ दशमलव ५३ अंकले बढेर २,८६० को विन्दुमा कायम भएको छ । आज २२५ कम्पनीको शेयर मूल्य बढेको छ भने १५ कम्पनीको शेयर मूल्य घटेको छ। आज ३३० कम्पनीको ६ करोड ३ लाख २१ हजार ३२३ कित्ता शेयर कारोबार हुँदा २५ अर्ब ७७ करोड ९४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरन्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको १ अर्ब ५२ करोडको शेयर कारोबार भएको हो । शिवम् सिमेन्टको १ अर्ब १६ करोडको शेयर कारोबार भएको छ । निफ्राको ६८ करोड २७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । यस्तै, साताको पहिलो कारोबारको दिन आज नेप्सेले नयाँ रेकर्ड कायम गरेको छ । आज २५ अर्ब ७७ करोड ९४ लाख ७३ हजारको कारोबार भएको छ । यो सँगै नेपाली इतिहासमा शेयर कारोबारले नयाँ रेकर्ड कायम गरेको हो । गत साउन २२ गते २३ अर्ब ७१ करोड ६८ लाख रुपैयाँको शेयर कारोबार भएर नयाँ रेकर्ड बनाएको थियो । सो कारोबार रकमलाई तोडेर आज २५ अर्ब ७७ करोडको शेयर कारोबार भएको छ ।

नेप्से ६.७० अंकले बढ्दा २० अर्ब सात करोडको कारोबार

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक ६.७० अंकले बढेको छ । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से ०.२४ प्रतिशतले बढेर २७६६.३८ को विन्दुमा पुगेको हो । यसदिन पाँच करोड ९ लाख ४६ हजार ८३२ कित्ता सेयर २० अर्ब सात करोड चार लाख ३४ हजार १०३ रुपैयाँमा कारोबार भएको छ । कारोबारमा रहेका १३ उपसमूहमध्ये ६ वटाको समूहगत परिसूचक बढेको छ । सबैभन्दा धेरै उत्पादन तथा प्रशोधन क्षेत्रका लगानीकर्ताले कमाएका छन् । यो क्षेत्रको समूहगत परिसूचक ५.८७ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै होटेल तथा पर्यटन क्षेत्रको समूहगत परिसूचक १.२७ प्रतिशतले घटेको छ । आज दश कम्पनीको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै घट्नेमा एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेपलपमेन्ट लिमिटेडको सेयर ८।०४ प्रतिशतले घटेको छ । यसदिन ७९ कम्पनीको सेयर मूल्य बढेको छ । १५९ कम्पनीको सेयर मूल्य घट्दा चारको स्थिर छ ।  

४.१७ प्रतिशले घट्यो नेप्से

काठमाडौं । सेयर बजार परिसूचक मंगलबार कारोबारमा उच्च उतारचढाव देखिएको छ । मंगलबार नेपाल स्टक एक्सचेन्ज ९नेप्से० मा ठूलो करेक्सन आएको छ । बजार खुलेसँगै २८१२ पुगेको बजार दिउँसो १ बजेर ४४ मिनेट जाँदासम्म २६७९.५२ मा झरेको हो ।  नेप्से ११६.८६ अंकले घट्दा परिसूचक २६७९.५२ मा झरेको छ । यस समयसम्म १४ अर्ब ८७ करोड रुपैयाँ बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।  मंगलबार नेप्सेमा ठूलो करेक्सन र कारोबारमा नयाँ रेकर्ड राखेसँगै २३३ कम्पनीको शेयर मूल्य घटेको छ । आज ८ वटा कम्पनीको शेयर मूल्य मात्र वृद्धि भएको छ भने १ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।  आज २ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने २० वटा स्टकको मूल्यमा भने नकारात्मक सर्किट लागेको छ । आज ३२२ वटा कम्पनीको शेयर २ लाख ७१ हजार ५८७ पटक किनबेच भएको छ । आज एकै दिन ५ करोड ३८ लाख ४४ हजार २३७ कित्ता शेयर किनबेच भएको छ ।

नेप्सेमा ५.२९ अंकको करेक्सन, कति भयो कारोबार ?

काठमाडौँ । साताको कारोबारको अन्तिम दिन सेयर बजार परिसूचक (नेप्से) ५.२९ अंकले घटेको छ ।  नेपाल स्टक एक्सजेन्जका अनुसार यस दिन ५ करोड १३ लाख २१ जहार ६२९ कित्ता बराबरको २१ अर्ब ७१ करोड ३४ लाख ३१ हजार रुपैयाँको सेयर किनबेच भएको छ ।

नेप्से ६४.२५ अंकले बढेर २७६०.९० विन्दुमा, कारोबार कति ?

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक ६४.२५ अंकले बढेर २७६०.९० विन्दुमा बन्द भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार बुधबार कारोबार रकमले भने यसअघिको ‘रेकर्ड ब्रेक’ गरेको छ । आज हालसम्मकै उच्च मूल्यको सेयर कारोबार भएको छ । नेप्सेका अनुसार २१ अर्ब ९१ करोड १५ लाख रुपैयाँको सेयर कारोबार भएको छ । कारोबारमा आएका १३ वटै समूहको परिसूचक बढेको भए पनि फाइनान्स र लगानी समूहमा लगानीकर्ताको आकर्षण देखिएको छ । नेप्सेका अनुसार फाइनान्स समुह परिसूचक ८।०८ प्रतिशतले वृद्धि भएको छ । त्यसैगरी लगानी समूहको परिसूचक ६.८९ प्रतिशतले वृद्धि भएको छ । यसदिन १९१ कम्पनीको सेयर मूल्य बढेको छ । ४४ कम्पनीको सेयर मूल्य घटेको छ भने बाँकी सात कम्पनीको सेयर मूल्य स्थिर छ । २१ कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । जसमध्ये आठ कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । हिमालयन रि–इन्स्योरेन्सको सर्वाधिक मूल्यको सेयर कारोबार भएको छ । यो कम्पनीको ८४ करोड ४९ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ ।