अमेरिकाबाट फर्केपछि फेसबुकबाटै यौन धन्दा

अमेरिकाबाट फर्केपछि फेसबुकबाटै यौन धन्दा

काठमाडौं, ४ फागुन । सामाजिक सञ्जाल फेसबुकले टाढा रहेका एक अर्कालाई जोडेको छ । यसबाट धेरैले लाभ पनि लिएका छन् । तर, पछिल्ला दिन सम्बन्ध प्रगाढ बनाउने साधन सामाजिक सञ्जाल अपराध गर्ने साधन बन्दै गएको छ । पछिल्लो उदाहरण मंगलबार प्रहरीसमक्ष आइपुगेको सामाजिक सञ्जालमार्फत भएको एउटा आपराधिक घटना हो । २१ वर्षीया एक युवतीमाथि एक युवाले सामाजिक सञ्जालमार्फत दिएको यातना अनौठो मात्र छैन, प्रयोगकर्ताका लागि जिब्रो टोक्नुपर्ने पनि छ ।
आजको राजधानी दैनिकमा खबर छ– अपरिचित युवकले ती युवतीलाई फोनमार्फत बारम्बार यौनसम्बन्धको प्रस्ताव मात्र राखेनन्, अश्लील सन्देश पठाएर हैरान पारे । युवती प्रहरीकहाँ पुगिन् । प्रहरीले तुरुन्तै युवतीलाई यस्तो प्रस्ताव राखेको अभियोगमा ललितपुरको ग्वार्कोबाट सागर धिताललाई पक्राउ ग¥यो ।
सागरले कहिल्यै नचिनेकी केटीको फोन नम्बर एउटा फेसबुक अकाउन्टबाट पत्ता लगाएका रहेछन् । त्यसपछि प्रहरीको अनुसन्धानको सुई अश्लील नाम दिएर खोलिएको फेसबुक अकाउन्टतिर सोझियो । प्रहरी अनुसन्धानपछि खुल्यो, सो अश्लील अकाउन्ट दुई वर्ष अमेरिका बसेर फर्केपछि एक निजी कम्पनीका जागिरे सुरज बस्नेतले चलाइरहेका रहेछन् ।
अनौठो त के छ भने, सेक्स धन्दाको सञ्जाल फैलाउनकै लागि बस्नेतले सो फेसबुक अकाउन्ट चलाएका रहेछन् । प्रहरीको अहिलेसम्मको अनुसन्धान भन्छ, ‘संगठित यौध धन्धा चलाउने र आफ्ना पक्षमा नदेखिने महिलाको हुर्मत लिनकै लनगि केही व्यक्तिको संलग्नतामा संगठित धन्दा भएको देखिन्छ ।’
ती व्यक्तिले खोेलेको एकाउन्टमा २३ युवतीका टेलफोन नम्बर सार्वजनिक गरिएको छ । बस्नेतले नाम र फोन नम्बर सार्वजनिक गरेको फेसबुक अकाउन्टलाई यौनसम्बन्ध राख्नका निम्ति फोन गर्न सकिने सूचना पोस्ट गरिएको प्रहरीको भनाइ छ । सो एकाउन्ट बन्द गरेर अहिले प्रहरी थप ‘कनेक्सन’ को खोजीमा छ ।
प्रहरीका अनुसार बस्नेत आफैं पनि कैयन युवतीहरूसँग फोन वा फेसबुकमार्फत सम्पर्कमा पुग्ने, उनीहरूलाई यौनसम्बन्धका निम्ति बाध्य बनाउन धम्काउने र बाध्य बनाउने कार्यमा संलग्न छन् ।
प्रहरीले धिताललाई सार्वजनिक अपराध ऐन र बस्नेतलाई विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गत मुद्दा चलाएको छ ।
महाशाखाका साइबर पिलर सम्हालिरहेका डीएसपी पशुपति रायले फेसबुकमार्फत यौन धन्दाको सञ्जाल चलाउने यस्ता अभ्यास अत्यन्तै नौलो भएको बताए । उनले अश्लील सामग्री राख्ने अन्य केही फेसबुक पेज र अकाउन्टबारे पनि अध्ययन भइरहेको बताए ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट सुनसहित ३ जना पक्राउ

काठमाडौं । सुनसहित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बाग्लुङ नगरपालिका–४ घर भएका ३६ वर्षीय शम्सेर विक, गुल्मी सत्यवती गाउँपालिका–२ घर भएका ३६ वर्षीय नुम बहादुर थापा मगर र बारा जितपुरसिमरा उपमहानगरपालिका–२४ घर भएका ४३ वर्षीय साहेव देवन रहेका छन् । प्रहरीले उनीहरुको साथबाट ५२ ग्राम सुन बरामद गरेको छ । हिमालयन एयरलाईन्सको उडानद्वारा नेपाल आएका शम्सेर र नुम बहादुरलाई जनही ९÷९ हजार रुपैयाँ दिएर सुन बोकाएको खुलेको छ । उक्त सुन विमानस्थल एरियााको पार्किङ क्षेत्रबाट साहेवले संकलन गर्ने गरेको प्रहरीको भनाइ छ । उनीहरूमाथि थप अनुसन्धान तथा कारवाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरनमा पठाइएको प्रहरीले जनाएको छ ।

कोटेश्वरको रामेछाप गेस्ट हाउसबाट ६ बालिकाको उद्धार

काठमाडौं । काठमाडौंको कोटेश्वरमा रहेको एक गेस्ट हाउसबाट ६ जना बालिकाको उद्धार गरिएको छ । बालिकालाई असामाजिक काममा लगाउने गरेको भन्ने सूचनाका आधारमा नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोका कर्मचारीले गेस्ट हाउसबाट उनीहरूलाई गएराति उद्धार गरेका हुन्। रामेछापका नवीन थापाले सञ्चालन गरेको रामेछाप खाजाघर एन्ड गेस्ट हाउसमा बालिकालाई आर्थिक प्रलोभनमा पारी ललाईफकाई असामाजिक काममा लगाएको जानकारी प्राप्त भएपछि उनीहरूको उद्धार गरिएको ब्युरोका सूचना अधिकारी गौतम मिश्रले जानकारी दिए।  गैरकानुनी गतिविधिमा संलग्न भएको अभियोगमा थापा र काठमाडौँको कागेश्वरी मनोहराका उज्ज्वल खड्कालाई प्रहरीले नियन्त्रणमा लिइएको छ ।

भिजिट भिसामा कुवेत पुर्‍याई मानव बेचविखन गर्ने पक्राउ

काठमाडौं । भिजिट भिसामा कुवेत पुर्‍याई मानव बेचविखन गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । भिजिट भिसामा एक जना पीडितलाई कुवेत पुर्‍याई मानव बेचबिखन गरेको अभियोगमा मोरङ रंगेली नगरपालिका ३ ठेगाना भएका ५७ वर्षीय कृष्ण अधिकारी भन्ने झयन्द्र कुमार अधिकारीलाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।  पीडितको उजुरीको आधारमा मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले उनलाई ललितपुर महानगरपालिका २४ बाट पक्राउ गरेको हो ।  अधिकारीले पीडितलाई दुबईको कम्पनीमा मासिक तलव ४० हजार रूपैयाँ सम्म हुने काममा लगाइदिने प्रलोभन देखाई २ लाख रूपैयाँ नगद लिई दुबईमा रहेका अर्का अभियुक्तसँग मिलेमतो गरी अन्तर्वार्ता लिएको, भिजिट भिसामा २०७९ जेठ १६ गते युएईको दुबई पुर्‍याई दुबईमा रहेका अर्का अभियुक्तले रिसिभ गरी आफु बस्ने फ्ल्याटमा लगि बन्धक बनाएको अभियोग छ । अभियुक्तले पीडितलाई घरेलु काममा लगाई चरम श्रम शोषण गरी यौन शोषण गरी जबरजस्ती गर्भपतन समेत गराएको प्रहरीले जनाएको छ ।  ‘युएईमा भन्दा कुवेतमा राम्रो तलव हुन्छ, अफिसमा क्लिनरको काम हो भनि प्रलोभन देखाई २०८० वैशाख २८ गते दुबईबाट कुवेत पुर्‍याई एजेन्ट अफिसलाई जिम्मा लगाएको र एजेन्ट अफिसले पीडितलाई बन्धक बनाई फेरि चरम श्रम शोषण गरी यौन शोषण समेत गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको प्रहरीको भनाई छ ।  प्रहरीका अनुसार पीडितले नेपाल फर्काइदिन अनुरोध गर्दा ६ लाख ७५ हजार रूपैयाँ रकम बुझाउन भनेपछि आफन्त मार्फत उक्त रकम बुझाई २०८० मंसिर ३ गते नेपाल फर्कन सफल भएका थिए ।  उनी उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ

तनहुँ । जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ परेका छन् ।  तनहुँको ब्याँस नगरपालिका ४ जलदेवी टोल बस्ने ६२ वर्षीय कालु गुरूङको घरमा जुवातास खेलिरहेको अवस्थामा गुरूङ समेत १० जनालाई  बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो ।  जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २३ हजार ३ सय ७५ रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

लोकप्रिय