आफ्नो मातहतका आयोजनाहरुको अनुगमन र निरीक्षण गर्न मन्त्री र सचिवहरुलाई प्रधानमन्त्रीको निर्देशन

आफ्नो मातहतका आयोजनाहरुको अनुगमन र निरीक्षण गर्न मन्त्री र सचिवहरुलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौं, पुष २० । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै मन्त्रालयका मन्त्री र सचिवहरुले राष्ट्रिय गौरवका आयोजना र अन्य ठूला आयोजनाहरुको नियमित अनुगमन र निरीक्षण गर्न निर्देशन दिएका छन् ।

सोमबार राष्ट्रिय विकास समस्या समाधान समितिको ३८ औं बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले उक्त निर्देशन दिएका हुन् । बैठकमा प्रधानमन्त्रील भने– ‘मैले ३७ औं बैठकमा निर्देशित गरेको थिए, हामी सबैले आफ्नो मातहतका आयोजनाहरुको निरन्तर अनुगमन र निरीक्षण गरौं र विकासका काममा लक्षित प्रतिफल हासिल गरौं । तर, यस बीचमा प्रधानमन्त्री एक्लै दौडेजस्तो भएको छ । इन्जिन मात्र कुदेजस्तो, डिब्बा छुटेजस्तो । यो राम्रो भएन । त्यसैले म गम्भीरतापूर्वक निर्देशित गर्छु, सबैले आफ्ना मातहतका आयोजनाहरुको अनुगमन गरौं, निरीक्षण गरौं । राम्रो काम गर्नेलाई पुरस्कृत गरौं, नराम्रो गर्नेलाई दण्डित गरौं ।’

पूँजीगत खर्चको सामथ्र्य बढाएर कम्तिमा ८० प्रतिशतसम्म बढाउन निर्देशन दिँदै प्रधानमन्त्रीले भने–‘अहिले पनि पूँजीगत खर्चको स्तर सन्तोषजनक छैन । मैले अघिल्लो बैठकमा पनि भनेको छु, पूँजीगत खर्चको सामथ्र्य बढाउँ । कम्तिमा ८० प्रतिशतसम्म बढाऔं । त्यसका लागि मेहेनतपूर्वक काम गरौं । बरु, विकासशीलबाट विकसित देशमा फड्को मारेका देशहरुको अध्ययन गरौं, सिकौं र हाम्रो प्रशासनिक र आर्थिक स्तर उकास्न कोशिस गरौं ।’

बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले राष्ट्रिय अर्थतन्त्रको अवस्था, राष्ट्रिय गौरवका आयोजनाहरुको प्रगति अवस्था र राष्ट्रिय स्तरका समस्याहरुबारे जानकारी र समाधानका उपायबारे चर्चा गरेका थिए ।

बैठकमा मन्त्रीहरु दलजित श्रीपाइली, जयदेव जोशी, हितराज पाण्डे, जीवनबहादुर शाही, प्रकाशशरण महत, हृदयराम थामी, धनीराम पौडेल, गौरीशंकर चौधरी, सीतादेवी यादव, नेपाल सरकारका मूख्य सचिव डा. सोमलाल सुवेदी लगायतले आ–आफ्ना विषयगत जिम्मेवारीबारे धारणा राखेका थिए ।

आज देशभर मध्यमदेखि धेरै भारी वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम लगायतका पहाडी क्षेत्रहरूमा मध्यमदेखि भारी वर्षाको सम्भावना छ। राति कोसी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका एकदुई स्थानमा धेरै भारी वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन अनुरोध गरिएको छ। त्यस्तै, उच्च पहाडी तथा हिमाली भेगहरूमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ भने कोसी, वाग्मती र मधेस प्रदेशका केही स्थानमा हावाहुरीको पनि सम्भावना छ। विभागले हाल देशभर मनसुनी वायु सक्रिय रहेको जनाएको छ।

सुनको मूल्य बढ्यो, प्रतितोला १ लाख ९२ हजार ३ सय रुपैयाँमा कारोबार

काठमाडौं । स्थानीय बजारमा बिहीबार सुनको मूल्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेको हो। महासंघका अनुसार बिहीबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ९२ हजार ३ सय रुपैयाँ पुगेको छ। बुधबार उक्त मूल्य १ लाख ९२ हजार रुपैयाँ थियो। पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा देखिएको अस्थिरता र मागको वृद्धिका कारण सुनको मूल्य उकालो लागेको बताइएको छ। यस्तै, चाँदीको मूल्य पनि आज बढेको छ। चाँदी प्रतितोला ३५ रुपैयाँले बढ्दै २ हजार १७५ रुपैयाँमा कारोबार भइरहेको छ। सुनचाँदीको मूल्यमा आएको लगातार उतारचढावले आम उपभोक्ता र व्यापारी दुवै प्रभावित भएका छन्। विशेषज्ञहरूका अनुसार अन्तर्राष्ट्रिय बजारको मूल्य, विदेशी मुद्राको भाउ र आपूर्तिमा देखिएको असन्तुलनका कारण सुनचाँदीको मूल्यमा प्रभाव परेको हो।

श्रमिक र उत्पीडित वर्गको जीवन व्यवहारमा परिवर्तन नआएसम्म हाम्रो अभियान रोकिँदैन : अध्यक्ष प्रचण्ड

ललितपुर , नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले श्रमिक र उत्पीडित वर्गको जीवन व्यवहारमा परिवर्तन ल्याउन नसकेसम्म जनताको पक्षमा पार्टीले सञ्चालन गरेको अभियान नरोकिने बताउनुभएको छ । ललितपुरमा आयोजित ‘बेतलबी र घरेलु हेरचाह कार्यसम्बन्धी संवाद कार्यक्रम’लाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले संविधानले सुनिश्चित गरेका श्रमिकका हक–अधिकार व्यवहारमा प्रभावकारी रूपमा कार्यान्वयन गर्नु आजको आवश्यकता भएको स्पष्ट पार्नुभयो। पूर्वप्रधानमन्त्री प्रचण्डले आफू सरकारमा रहँदा औपचारिक तथा अनौपचारिक क्षेत्रका सबै श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा समावेश गर्ने अभियानको थालनी गरिएको स्मरण गराउँदै, त्यो कदम श्रमिकको जीवनलाई मर्यादित र सम्मानित बनाउने दिशामा महत्वपूर्ण भएको उल्लेख गर्नुभयो। “घरेलु श्रमिकसहित औपचारिक तथा अनौपचारिक क्षेत्रका सबै श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा समावेश नगरी उनीहरूको मर्यादित र सम्मानित जीवन सुनिश्चित हुन सक्दैन,” उहाँले स्पष्ट पार्नुभयो। अध्यक्ष प्रचण्डले पार्टीको पछिल्लो केन्द्रीय समिति बैठकमा उत्पीडित वर्ग र समुदायसँगको सम्बन्ध केही कमजोर भएको स्वीकार गरिएको जानकारी दिँदै भन्नुभयो, “हामीले कमीकमजोरीहरू स्वीकार गरेका छौं। अब ती सम्बन्ध सुधार गर्दै, ती वर्गका समस्याको समाधानमा केन्द्रित भएर अघि बढिरहेका छौं।” जनताको जीवनमा परिवर्तन नआएसम्म पार्टीको अभियान जारी रहने उल्लेख गर्दै अध्यक्ष प्रचण्डले दृढतापूर्वक भन्नुभयो, “जबसम्म आम श्रमिक र उत्पीडित वर्गको जीवन–व्यवहारमा ठोस परिवर्तन आउँदैन, तबसम्म हाम्रो अभियान पूर्ण हुनेछैन।” कार्यक्रममा उहाँले घरेलु श्रम तथा हेरचाह कार्यलाई पेशागत, सम्मानित र मर्यादित बनाउने अभियानमा पूर्ण साथ रहने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।

पैदलयात्री अभियान्ताले भेट अध्यक्ष प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्ड समक्ष सुर्खेतदेखि एक महिनाको लामो पैदल यात्रा गरी काठमाडौं आइपुग्नुभएका नवराज बोहोराले वातावरण संरक्षण, कर्णालीको समग्र विकास, अनियमितता तथा भ्रष्टाचारविरुद्ध खबरदारी गर्दै सुशासन स्थापनाको अभियानमा लाग्नुभएको जानकारी दिनुभयो। अध्यक्ष प्रचण्डले बोहोराको अभियान माओवादी केन्द्रको अभियानसँग मेल खाने उल्लेख गर्दै, आफू सरकारले रहँदा कर्णालीको समृद्धिका लागि गरेका पहलहरूले त्यसको प्रमाण भएको स्पष्ट पार्नुभयो। उहाँले बोहोराको अभियानलाई साथ दिने प्रतिबद्धता व्यक्त गर्नुका साथै अभियान निरन्तर जारी राख्न शुभकामना पनि दिनुभयो।

लोकप्रिय