इन्डियन प्रिमियर लिग : चेन्नाईमाथि कोलकत्ताको रोमाञ्चक जित
काठमाडौं । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकत्ता नाईट राईडर्सले चेन्नाई सुपर किंग्सलाई ६ विकेटले पराजित गरेको छ ।
चेन्नाईको घरेलु मैदान एमए चेन्नास्वामीमा आईतबार भएको खेलमा कोलकत्ता ६ विकेटले विजयी भएको हो । चेन्नाईले दिएको १ सय ४५ रनको लक्ष्य कोलकत्ताले १८ दशमलब ३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो ।
कोलकत्ताको जितमा कप्तान नितिश राणा र रिंकु सिंहले अर्धशतकीय ईनिङ्स खेले । राणाले ४४ बलमा ६ चौका र १ छक्काको सहयोगमा अविजित ५७ रन बनाए । सिंह ४३ बलमा ४ चौका र ३ छक्काको सहयोगमा ५४ रन बनाए ।
पहिलो ओभरमा नै ओपनर रहमानउल्लाह गुर्वाजलाई व्यक्तिगत १ रनमा गुमाएको कोलकत्ताले दोस्रो विकेटका रुपमा वेंकटेस अय्यरलाई व्यक्तिगत ९ रनमा गुमाएको थियो । चौथो विकेटका लागि रिंकु सिंह र कप्तान नितिश राणाले ९९ रनको साझेदारी गरेर टोलीलाई जितसम्म पर्याउन योगदान गरे ।
चेन्नाईका लागि दीपक चहरले ३ विकेट लिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको चेन्नाईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ४४ रन बनाएको थियो । चेन्नाईका लागि शिबम दुवेले ३४ बलमा १ चौका तथा ३ छक्काको सहयोगमा अविजित ४८ रन बनाए ।
डेभोन कन्वेले २८ बलमा ३ चौका ३० रन बनाए । रविन्द्र जडेजाले २४ बलमा २० रन बनाए । ऋतुराज गायकवाडले १३ बलमा २ चौकाको सहयोगमा १७ रन बनाए । कोलकत्ताका लागि वरुण चक्रवर्ती र सुनिल नारेनले समान २र२ तथा बैभब अरोरा र शार्दुल ठाकुरले समान १÷१ विकेट लिए ।
जितसँगै तेह्र खेलमा ६ जित र ७ हारका साथ १२ अंक सहित कोलकत्ता सातौं स्थानमा रहेको छ । तेह्र खेलमा ७ जित र ५ हारका साथ १५ अंकका साथ चेन्नाई दोस्रो स्थानमा कायमै रहेको छ ।
एनपीएल विजेताहरुलाई अध्यक्ष प्रचण्डको बधाई
काठमाडौं । नेकपा (माओवादी केन्द्रका) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणको उपाधि जित्न सफल जनकपुर बोल्ट्सलाई बधाई दिनुभएको छ । उहाँले सामाजिक सञ्जालमार्फत विजेता जनकपुर बोल्ट्सका साथै उपविजेता सुदूरपश्चिम रोयल्सलाई पनि बधाई ज्ञापन गर्नुभएको छ । यो खेलले नेपाली खेलाडीको क्षमता विकासमा सहयोग पुगेको उहाँले बताउनुभयो । ‘एनपीएल पहिलो संस्करणको उपाधि जित्न सफल जनकपुर बोल्ट्सलाई हार्दिक बधाई । प्रतियोगिताको उपविजेता सुदूरपश्चिम रोयल्सलाई पनि बधाई ज्ञापन गर्दछु । नेपाली क्रिकेटको महापर्व एनपीएल भव्य र सभ्य रूपमा सम्पन्न भएको छ । यसले नेपाली खेलाडीको क्षमता अभिवृद्धि गर्न महत्वपूर्ण योगदान गरेको छ । प्रतियोगितामा सहभागी सबै समूह, आयोजक, व्यवस्थापक, खेलप्रेमी दिदीबहिनी तथा दाजुभाइमा हार्दिक धन्यवाद व्यक्त गर्दछु’– अध्यक्ष प्रचण्डले भन्नुभएको छ ।
जनकपुरले उचाल्यो एनपीएलको उपाधि
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को यस संस्करणको उपाधि जनकपुर बोल्ट्सले जितेको छ । फाइनलमा जनकपुरले सुदूरपश्चिमलाई ५ विकेटले पराजित गरेको हो । सुदूरपश्चिमले दिएको १८५ रनको लक्ष्य जनकपुले १९ दशमलव २ ओभरमा ५ विकेट गुमाउँदै १८५ रन जोडेको हो । सुदूरपश्चिमले दिएको लक्ष्य पूरा गर्ने क्रममा जनकपुरका ओपनर लाहिरु मिलन्थाले अर्धशतक प्रहार गरे । उनले ४९ बलमा ९ चौका ४ छक्काको सहयोगमा ८७ रन जोडे । उनलाई सुदूरपश्चिमका स्कट कुग्गेलिजनको बलमा आउट भएका हुन् । अर्का ओपनर आशिफ शेख १९ बलमा ४ चौका र २ छक्काको सहयोगमा ३३ रन जोडे । एनपीएल सकिएसँगै विभिन्न विधामा अवार्डहरू पनि वितरण गरिएको छ । त्रिवि क्रिकेट मैदानमा आयोजित समापन समारोहमा पूर्वप्रधानमन्त्रीद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र शेरबहादुर देउवाले अवार्ड वितरण गर्नुभएको हो ।
जनकपुरले निकाल्यो चौथो जित, लुम्बिनी लगातार चौथोपटक पराजित
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज बिहान भएको खेलमा लुम्बिनी लायन्सलाई १ रनले पराजित गर्दै जनकपुर बोल्ट्सले जित निकालेको छ । यो जनकपुरको लगातार चौथो जित हो । उता लुम्बिनी भने लगातार चौथो खेलमा पनि पराजित भएको छ । टस जितेर सुरुवाती फिल्डिङ गरेको लुम्बिनीले जनकपुरलाई १३६ रनमा रोकेको थियो । निर्धारित २० ओभरमा जनकपुरले ९ विकेटको क्षतिमा १३६ रनमा समेटिएपछि लुम्बिनीले १३७ रनको लक्ष्य पाएको थियो । तर, निर्धारित २० ओभरमा लुम्बिनी ८ विकेट गुमाउँदै १३५ रनमा समेटिएपछि जनकपुर १ विकेटले विजयी भएको हो । योसँगै जारी लिगमा अपराजित जनकपुरले लगातार चौथो जित निकालेको हो । जनकपुरले विराटनगर किङ्स र कर्णाली याक्सलाई ८/८ विकेटले पराजित गरेको थियो । त्यस्तै पोखरा एभेन्जर्सलाई ७ विकेटले पराजित गरेको जनकपुरले लुम्बिनीविरुद्ध १ रनको जित निकालेको हो । उता यसअघि विराटनगर, पोखरा र सुदूरपश्चिमसँग पराजित भएको लुम्बिनीको यो चौथो हार हो । जनकपुरका लागि अनिल साहले ४५ रन बनाउँदा आशिफ शेखले १६ रन जोडे । त्यस्तै लाहिरु मिलान्थाले २४ रन जोड्दा हर्स ठाकेर र जेम्स नसिम १/१ रनमा आउट भए । मोहम्मद मोसिन ३ र हेमन्त धामी ९ रनमा आउट हुँदा ललित राजवंशी शून्य रनमा पेभेलियन फर्किए । शुभ कंशाकार २२ रनमा नटआउट रहे । लुम्बिनीका लागि अविशेष गौतमले ३ विकेट लिँदा साद विन जाफर र रोहित पौडेलले २/२ विकेट लिए । त्यस्तै सन्दीप जोराले १ विकेट लिए ।
आज जनकपुर र पोखरा तथा काठमाडौं र सुदूरपश्चिम भिड्ने
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्स तथा काठमाडौं गुर्खाज र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ । लिगको पहिलो खेलमा आज जनकपुर र पोखरा भिड्ने छन् । खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान सवा ९ बजे सुरु हुनेछ । जनकपुरको नेतृत्व अनिल साहले गर्दैछन् भने पोखराको नेतृत्वमा कुशल भुर्तेल छन् । यसअघि विराटनगर किंग्स र कर्णाली याक्सलाई पराजित गरेको जनकपुर तेस्रो जित निकाल्ने योजनामा रहँदा पहिलो खेलमा चितवन राइनोजसँग पराजित भएको पोखरा पहिलो जितको खोजीमा रहनेछ । जनकपुर बोल्ट्स आसिफ शेख– मार्की, ललित राजवंशी, अनिलकुमार साह, रुपेश सिंह, किशोर महतो, आकाश त्रिपाठी, शुभ कंसाकर, शेर मल्ल, हेमन्त धामी, अरनिको प्रसाद यादव, तुलबहादुर थापा मगर, जिमी निशम (न्युजिल्याण्ड), जोशुआ ट्रम्प (अमेरिका), बेन माइक (इंग्ल्याण्ड), मोहमद मोहसिन (पाकिस्तान), लाहिरू मिलन्था (अमेरिका), हर्ष थाकर (क्यानडा)। पोखरा एभेन्जर्स कुशल भुर्तेल– मार्की, सागर ढकाल, आकाश चन्द, किरणकुमार ठगुन्ना, नारायण जोशी, विपीन खत्री, दिलीप नाथ, त्रित राज दास, सुनाम गौतम, दिनेश खरेल, अमृत गुरुङ, आन्द्रेस गौस (अमेरिका), बास डे लिडे (नेदरल्याण्डस्), म्याट क्रिचली (इंग्ल्याण्ड), रेमन राइफर (वेस्ट इन्डिज), माइकल लिस्क (स्कटल्याण्ड), सुदिप आर्याल (आइकोनिक। यस्तै, आज दिउँसो सवा १ बजे हुने दोस्रो खेलमा काठमाडौं गुर्खाज र सुदूरपश्चिम रोल्यल्स भिड्ने छन् । काठमाडौंको नेतृत्व करण केसीले गर्दैछन् भने सुदूरपश्चिमबाट दीपेन्द्र सिंह ऐरीले नेतृत्व गर्नेछन् ।. यसअघिको खेलमा काठमाडौंले कर्णाली याक्सलाई हराएको थियो भने चितवन राइनोजसँग पराजित भएको थियो । सुदूरपश्चिमले भने पहिलो खेलमै विराटनगरलाई हराएको थियो । यी दुवै टोली हाज दोस्रो जित निकाल्ने लक्ष्यमा छन् । काठमाडौं गुर्खाज करण केसी– मार्की, शाहब आलम, भीम सार्की, रसिद खान, शंकर राना, दिपेशप्रसाद कँडेल, सुमित महर्जन, कृष्ण कार्की, विवेक केसी, प्रतीक श्रेष्ठ, राजु रिजाल, नेथन सोउटर (इंग्ल्याण्ड), स्टेफन इस्किनाजी (इंग्ल्याण्ड), ड्यान डौथवेट (इंग्ल्याण्ड), माइकल लेभिट (नेदरल्याण्ड्स), जेहार्ड एरासमस (नामिबिया), कृष कार्की (आइकोनिक)। सुदूरपश्चिम रोयल्स दीपेन्द्रसिंह ऐरी– मार्की, आरिफ शेख, अभिनास बोहरा, विनोद भण्डारी, इशान पाण्डे, अर्जुन कुमाल, खडकबहादुर बोहरा, नरेश बुढायर, भोजराज भट्ट, अमित श्रेष्ठ, नरेन साउद, ब्रान्डन मक्मलेन (स्कटल्याण्ड्स), सेफ अलि जेब (इंग्ल्याण्ड), स्कट कुगेलेइन (न्युजिल्याण्ड), रोहन मुस्तफा (युएई), बसन्त खत्री (आइकोनिक)।