उपचार अभावमा पाँच वर्षदेखि फलामे खोरमा

उपचार अभावमा पाँच वर्षदेखि फलामे खोरमा

तेह्रथुम, असोज ९ । एउटा मानिस आफ्नै घरमा फलामको खोरमा रहेको सुन्दा जोसुकैलाई अचम्म लाग्न सक्छ तर यो यथार्थ हो । तेह्रथुमको आठराई गाउँपालिका–६ चुहानडाँडा, बोखीका उदयनारायण दाहाललाई पाँच वर्षदेखि फलामको खोरमा थुनेर राखिएको छ ।

घरको एउटा कुनामा राखिएको फलामे खोरसम्म, ३४ वर्षीय दाहाललाई वैदेशिक रोजगारीले नै पुर्याएको हो ।

वैदेशिक रोजगारीका लागि दाहाल विसं २०६३ मा दुवई गएको थियो । दाहाललाई कक्षा ८ मा पढ्दापढ्दै कमाउन विदेश जाने हावाले छोयो । बुबाआमाले रु एक लाख ५० हजार खर्च गरेर दुवई पठाए । छ महिनापछि उनले पहिलो कमाइ रु ७० हजार घर पठाए । वैदेशिक रोजगारीका क्रममा दुवई पुगेका दाहालले १० महिनापछि मानसिक सन्तुलन गुमाएर घर फर्किनुपर्यो ।

दसौँ महिनामा बिरामी भएको खबर आयो, काठमाडौँ ल्याएर उपचार ग¥यौँ । बुबा चूडामणि दाहालले भने, “छ महिनासम्म औषधि खाएपछि सन्चो भयो ।” निको भएपछि उदयनारायण पुनःभारतको मद्रास गए । दुई महिना नपुग्दै फेरि बिरामी भएर फर्किनुप¥यो । बुबाआमाले ललितपुरको मानसिक अस्पताल उपचारका गराए ।

अस्पतालमा डाक्टर सुरेन्द्र शेरचनले उदयनारायणलाई ‘बाइपोलार डिस्अर्डर’ रोग लागेकाले लामो समयसम्म नियमित औषधि सेवन गर्नुपर्ने सल्लाह दिए । आमा मैनाले भने, “औषधि उपचारमा करिब रु पाँच लाख खर्च भयो ।

“ऋण लिएर औषधि उपचार गरियो, एक वर्ष नबित्दै एक दिन अचानक रोग बल्झेछ । घरमा काम गरिरहेका बुबालाई काठको मुंग्रोले हिर्काएर लडायो । बुबा बेहोस भएपछि एम्बुलेन्स झिकाएर उपचार गर्न लगेका छन् ।” थप उपचारका लागि खर्चको अभावमा उपचार गर्न नसकेपछि छोरालाई खोरमा राख्न बाध्य भएको विरक्तिँदै बुबा चूडामणिले बताए ।

“नियन्त्रणमा नराखे थप क्षति हुने देखेर छिमेकी जिल्ला पाँचथरको फिदिम पुगेर रु ३५ हजारमा फलामको खोर अर्डर गर्र्यौं । अहिले त्यही खोरमा थुनेर राखिएको छ ।” छोरालाई थुनेर राख्नुपर्दा कुन बाबुआमाको मन नरोला र ?” उदयनारायण खोरभित्रै खानेकुरा थापेर खानुहुन्छ । कपडा फेर्न, कपाल, दाह्री काट्न दुई÷चार जना लाठे खोजेर उहाँलाई बाहिर निकाल्नुपर्छ । खोरभित्रै शौचालयको प्रबन्ध मिलाइएको छ । बेलाबेला सामान्य अवस्थामा उहाँ आउनुहुन्छ र कुरा गर्नुहुन्छ । सामान्य अवस्थामा आउँदा उदयनारायणले भने, “औषधि गर्न पाए ठीक हुन्थें होला १” उदयनारायणले राम्रो उपचार पाए पहिलेकै अवस्थामा आउने परिवारको आशा छ । छोराको उपाचारका लागि दाहाल परिवारले आवश्यक सहयोगको याचना गरेको छ ।

तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् ऐजेण्डा

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गतका तीन संसदीय समितिको बैठक आज बस्न लागेको छ । संसद सचिवालयका अनुसार कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा आगामी दिनमा गर्ने स्थलगत अनुगमन तथा समितिले गर्ने काम कारवाहीका विषयमा छलफल हुनेछ । ११ बजे नै बस्ने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा विश्व जलवायु सम्मेलन (कोप २८) को कार्यप्रगतिबारे छलफल हुने बताइएको छ । त्यसैगरी, बैठकमा विश्व जलवायु सम्मेलन (कोप २९) मा नेपालको सहभागिताका लागि आवश्यक तयारीका सम्बन्धमा पनि छलफल हुने बताइएको छ । यस्तै दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा नविकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ माथि दफावार छलफल हुने कार्यसूची छ ।

यस्तो रहनेछ आजको मौसम

काठमाडौँ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ। आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधरणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कर्णाली प्रदेशका केही स्थानहरू, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। यस्तै आज राति कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

अनेरास्ववियु (क्रान्तिकारी)को राष्ट्रिय सम्मेलनको तयारी पूरा

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को २३औँ राष्ट्रिय सम्मेलनको तयारी पूरा गरेको छ ।  क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहले यही असोज १० देखि १४ गतेसम्म हुने सम्मेलनको तयारी पूरा गरिएको जानकारी दिनुभयो । यसअघि सम्मेलन असोज २ देखि ५ गते तोकिएकामा तीन प्रदेश कमिटीको सम्मेलन बाँकी रहेकाले नयाँ मिति तोकिएको उहाँले बताउनुभयो । सम्मेलनमा दुई हजार तीन सय २३ प्रतिनिधि सहभागी हुने भएका छन् । सम्मेलनले ३३ पदाधिकारीसहित दुई सय ४३ जनाको नयाँ केन्द्रीय कमिटी चयन गर्नेछ ।  उहाँका अनुसार यसपटक सम्मेलनमा सहभागी प्रतिनिधिले नै पदाधिकारी र केन्द्रीय कमिटी चयन गर्ने छन् । वर्तमान केन्द्रीय समितिले सम्मेलनमा सहभागी हुनका लागि आआफ्नो मातहतका कमिटीबाट निर्वाचित भएर आउनुपर्ने नयाँ व्यवस्था गरिएको छ । यसअघि वर्तमान केन्द्रीय कमिटी स्वतः सम्मेलनको प्रतिनिधिका रुपमा रहँदै आएका थिए ।  सम्मेलनको उद्‌घाटन सत्र कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान र बन्द सत्र किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको सभाहलमा हुने छ । सम्मेलनको उद्‌घाटन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नुहुनेछ ।

जलवायु न्यायको माग गर्दै युवाहरु सडकमा

ललितपुर– जलवायु न्यायको माग गर्दै युवायुवतीको समूहले ललितपुरको जावलाखेलमा पिपुल्स क्लाइमेट मार्च २०२४ र्‍याली निकालेका छन् । र्‍यालीमा सहभागीले विभिन्न नारा लेखिएका ब्यानर र प्ला कार्ड बोकेका थिए । उनीहरूले विकसित मुलुकहरूले खनिज, पेट्रोलियम एवं औद्योगिक उत्सर्जनबाट प्रदुषण बढाउन मुख्य जिम्मेवार रहेको र यसको मारमा नेपाल जस्ता राष्ट्रहरू परेको भन्दै विकसित देशले नेपाल जस्ता देशलाई क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् । विकसित राष्ट्रहरूले नेपाल जस्तो कम हरितगृह ग्यास उत्सर्जन गर्ने देशलाई तिर्नुपर्ने दायित्व पनि ऋणको रूपमा दिन खोजेको भन्दै यसको विरोध समेत गरेका छन् । नेपालमा भएको यो र्‍याली ‘ग्लोवल विक अफ एक्सन इन साउथ एसिया’को सन्दर्भ पारेर पनि आयोजना गरिएको हो ।

लोकप्रिय