एटिएमबाट पैसा चोर्ने २ भारतीय पक्राउ

एटिएमबाट पैसा चोर्ने २ भारतीय पक्राउ

काठमाडौँ, माघ ९ । नेपाल प्रहरीले विभिन्न बैङ्कको एटिएमबाट रकम निकालेर ठगी गर्ने दुई भारतीयलाई अाइतबार पक्राउ गरेकाे छ । उनीहरुले एक महिनादेखि काठमाण्डौंका एक दर्जन एटिएम बुथबाट पैसा निकाल्ने कार्यमा लागेका दुईजना पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।

उनीहरुले कमलादी, माछापोखरी, भोटाहीटी, महाराजगञ्ज, अनामनगर लगायतका करिब १ दर्जन ATM बुथहरुबाट करीब २५/३० जना ग्राहकहरुको रकम ठगी गरेको खुल्न आएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

यसरी समातिए अभियुक्त

प्रहरीले सम्बन्धीत बैंकहरुसँग समन्वय गरी CCTV (सिसिटिभि) फूटेजको दृष्यमा देखिएको हुलियासँग मिल्दोजुल्दो हुलिया भएका मानिसहरुको निरन्तर गोप्य निग्रानी गर्दै विभिन्न बैंकका ATM बुथहरु समेतमा निगरानी गर्दै जाँदा CCTV Footage मा देखिएका मानिसहरुको हुलियासँग मिल्ने दुई जना शंकास्पद व्यक्तिहरुलाई मिति २०७३।०९।२८ गते जिल्ला काठमाण्डौ का.म.न.पा. २९ स्थित विभिन्न एटिएम बुथहरु रहेको स्थानमा शंकास्पद गतिविधी देखाएकोले निजहरुको पिछा गर्दै जाँदा ठमेल स्थित होटल ECO 2000 मा प्रवेश गरेकोले कानुन बमोजिम उक्त होटलको खान तलासी लिदा भारत चण्डीगढ सेक्टर ४७ डी. घर नं. ३२१० ठेगाना भएका भारतिय पासपोर्ट नंबर L2968436 भएका बर्ष २३ का ईक्तेदार खान र भारत , FF 22 A मंगलबजार, लक्ष्मीनगर दिल्ली बस्ने बर्ष ३३ को निरन्जन मेहतालाई पक्राउ गर्न सफल भएको र निजहरुको कोठाबाट बिभिन्न बैकका ATM कार्ड, नगद तथा विभिन्न क्यासिनोमा प्रवेश गरेको टिकट समेत बरामद भएकोले थप अनुसन्धानको लागी निजहरु दुवै जनालाई बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ बमोजिम थप अनुसन्धान भैरहेको प्रहरीले बताएको छ ।

कसरी निकाल्थे रकम ATM बाट अभियुक्तहरुले ?
पक्राउ भएका दुबै जना ATM Booth मा बिहानै बाट चाहार्थे । ईक्तेदार खान ATM Booth बाहिर निग्रानी गर्थे भने निरन्जन मेहता आफ्नो कार्ड हातमा लिई रकम निकाल्ने बहानामा ATM card बाट पैसा निस्केन तपाईको पैसा निस्कियो कि निस्केन भनेर हिन्दीमा सोध्दथे । ग्राहकलाई ATM बाट रकम निकालेर मलाई सिकाईदिनुहोस भनि अनुरोध गर्थे । सोझा ग्राहकहरुले थोरै रकम निकाली ATM बाट रकम निकाल्ने तरिका सिकाई दिन्थे त्यस पछी ग्राहक निक्लना साथ “Do you need more time ? ” भन्ने Option (Button) दबाई OK गरी रकम निकाल्थे भने कतिपय अवस्थामा Internet Slow भएको बेलामा रकम प्राप्त नभई Do you want to continue ? भन्ने Option आएको अवस्थामा Yes bottom दबाई अघि Dial गरेको रकम निकाल्ने गर्दथे ।

कसरी दुरुपयोग गर्थे ATM बाट निकालिएको रकम ?
त्यसरी निकालिएको रकम काठमाण्डौंका बिभिन्न Casino तथा होटलहरुमा खर्च गर्ने र बिभिन्न सरसमानहरु खरिद गर्ने गर्दथे । तलासीको क्रममा खटिएका कर्मचारीले तत्काल सोधपुछ गर्दा विगत एक महिनादेखि दैनिक रुपमा यस्तै बहानामा कुनै न कुनै सोझा ग्राहकहरुलाई विश्वास दिलाई रकम निकाल्ने गरी ईच्छा अनुसार खर्च गर्न पाएकोले ATM लाई आफूहरुको “MY GOOD FATHER” हो भनेका थिए । विगत एक महिनाको अवधीमा करिब २० स्थानमा भएका ATM बाट करिब ६ लाख भन्दा बढी रकम ठगी गरी हिनामिना गरेको ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट सुनसहित ३ जना पक्राउ

काठमाडौं । सुनसहित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बाग्लुङ नगरपालिका–४ घर भएका ३६ वर्षीय शम्सेर विक, गुल्मी सत्यवती गाउँपालिका–२ घर भएका ३६ वर्षीय नुम बहादुर थापा मगर र बारा जितपुरसिमरा उपमहानगरपालिका–२४ घर भएका ४३ वर्षीय साहेव देवन रहेका छन् । प्रहरीले उनीहरुको साथबाट ५२ ग्राम सुन बरामद गरेको छ । हिमालयन एयरलाईन्सको उडानद्वारा नेपाल आएका शम्सेर र नुम बहादुरलाई जनही ९÷९ हजार रुपैयाँ दिएर सुन बोकाएको खुलेको छ । उक्त सुन विमानस्थल एरियााको पार्किङ क्षेत्रबाट साहेवले संकलन गर्ने गरेको प्रहरीको भनाइ छ । उनीहरूमाथि थप अनुसन्धान तथा कारवाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरनमा पठाइएको प्रहरीले जनाएको छ ।

कोटेश्वरको रामेछाप गेस्ट हाउसबाट ६ बालिकाको उद्धार

काठमाडौं । काठमाडौंको कोटेश्वरमा रहेको एक गेस्ट हाउसबाट ६ जना बालिकाको उद्धार गरिएको छ । बालिकालाई असामाजिक काममा लगाउने गरेको भन्ने सूचनाका आधारमा नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोका कर्मचारीले गेस्ट हाउसबाट उनीहरूलाई गएराति उद्धार गरेका हुन्। रामेछापका नवीन थापाले सञ्चालन गरेको रामेछाप खाजाघर एन्ड गेस्ट हाउसमा बालिकालाई आर्थिक प्रलोभनमा पारी ललाईफकाई असामाजिक काममा लगाएको जानकारी प्राप्त भएपछि उनीहरूको उद्धार गरिएको ब्युरोका सूचना अधिकारी गौतम मिश्रले जानकारी दिए।  गैरकानुनी गतिविधिमा संलग्न भएको अभियोगमा थापा र काठमाडौँको कागेश्वरी मनोहराका उज्ज्वल खड्कालाई प्रहरीले नियन्त्रणमा लिइएको छ ।

भिजिट भिसामा कुवेत पुर्‍याई मानव बेचविखन गर्ने पक्राउ

काठमाडौं । भिजिट भिसामा कुवेत पुर्‍याई मानव बेचविखन गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । भिजिट भिसामा एक जना पीडितलाई कुवेत पुर्‍याई मानव बेचबिखन गरेको अभियोगमा मोरङ रंगेली नगरपालिका ३ ठेगाना भएका ५७ वर्षीय कृष्ण अधिकारी भन्ने झयन्द्र कुमार अधिकारीलाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।  पीडितको उजुरीको आधारमा मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले उनलाई ललितपुर महानगरपालिका २४ बाट पक्राउ गरेको हो ।  अधिकारीले पीडितलाई दुबईको कम्पनीमा मासिक तलव ४० हजार रूपैयाँ सम्म हुने काममा लगाइदिने प्रलोभन देखाई २ लाख रूपैयाँ नगद लिई दुबईमा रहेका अर्का अभियुक्तसँग मिलेमतो गरी अन्तर्वार्ता लिएको, भिजिट भिसामा २०७९ जेठ १६ गते युएईको दुबई पुर्‍याई दुबईमा रहेका अर्का अभियुक्तले रिसिभ गरी आफु बस्ने फ्ल्याटमा लगि बन्धक बनाएको अभियोग छ । अभियुक्तले पीडितलाई घरेलु काममा लगाई चरम श्रम शोषण गरी यौन शोषण गरी जबरजस्ती गर्भपतन समेत गराएको प्रहरीले जनाएको छ ।  ‘युएईमा भन्दा कुवेतमा राम्रो तलव हुन्छ, अफिसमा क्लिनरको काम हो भनि प्रलोभन देखाई २०८० वैशाख २८ गते दुबईबाट कुवेत पुर्‍याई एजेन्ट अफिसलाई जिम्मा लगाएको र एजेन्ट अफिसले पीडितलाई बन्धक बनाई फेरि चरम श्रम शोषण गरी यौन शोषण समेत गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको प्रहरीको भनाई छ ।  प्रहरीका अनुसार पीडितले नेपाल फर्काइदिन अनुरोध गर्दा ६ लाख ७५ हजार रूपैयाँ रकम बुझाउन भनेपछि आफन्त मार्फत उक्त रकम बुझाई २०८० मंसिर ३ गते नेपाल फर्कन सफल भएका थिए ।  उनी उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ

तनहुँ । जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ परेका छन् ।  तनहुँको ब्याँस नगरपालिका ४ जलदेवी टोल बस्ने ६२ वर्षीय कालु गुरूङको घरमा जुवातास खेलिरहेको अवस्थामा गुरूङ समेत १० जनालाई  बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो ।  जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २३ हजार ३ सय ७५ रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

लोकप्रिय