एनसेलद्वारा छात्रवृत्ति तथा उत्कृष्टता सम्मान प्रदान

काठमाडौं, असार ५
एनसेल प्राइभेट लिमिटेडले ईन्जिनियरिङ्ग अध्ययन संस्थान, केन्द्रिय क्याम्पस पुल्चोकमा विभिन्न तीन संकायमा अध्ययन गरीरहेका उत्कृष्ट विद्यार्थीहरुलाई एनसेल छात्रवृत्ति तथा उत्कृष्टता पुरस्कार प्रदान गरेको छ । आफ्नो व्यावसायीक सामाजिक उत्तरदायित्व अन्र्तगत, एनसेलले युवा प्रतिभालाई प्रोत्साहन गर्दै राष्ट्रलाई दक्ष जनशक्ति विकासमा योगदान पुर्याउन यो छात्रवृत्ति तथा उत्कृष्टता सम्मान प्रदान गरिएको हो ।
यस पहल अन्र्तगत, एनसेलले वार्षिक परीक्षामा उत्कृष्ट नतिजा हासिल गरेका विद्यार्थीहरुलाई प्रत्येक वर्ष एनसेल छात्रवृति र सबभन्दा बढि अंक ल्याई ईलेक्ट्रिकल, ईलेक्ट्रोनिक्स् तथा कम्युनिकेसन र कम्प्युटर संकायमा स्नातक उतीर्ण हुने विद्यार्थीहरुलाई उत्कृष्टता पुरस्कार प्रदान गर्दै आएको छ ।
सोमबार एक समारोहका बीच १२ वटा शीर्षक अन्तर्गत ईलेक्ट्रिकल, ईलेक्ट्रोनिक्स् तथा कम्युनिकेसन, र कम्प्युटर संकायका १२ जना विद्यार्थीलाई एनसेल छात्रवृत्ति प्रदान गरिएको छ । साथै उत्कृष्ट नतिजा ल्याई यी तीन संकायमा स्नातक उतीर्ण हुने चार जना विद्यार्थीहरुलाई एनसेल उत्कृष्टता पुरस्कार प्रदान गरिएको छ । ईन्जिनियरिङ्ग अध्ययन संस्थान, केन्द्रिय क्याम्पस पुल्चोकका डिन प्रा.डा. त्रिरत्न बज्राचार्य, क्याम्पस प्रमुख प्रा.डा. गोकर्ण बहादुर मोत्रा, एनसेलका प्रमुख कानुन अधिकृत तथा कम्पनी सचिव अम्बर थापा र कर्पोरेट सर्भिसेस् निर्देशक प्रणय आचार्यले विद्यार्थीहरुलाई छात्रवृत्ति र पुरस्कार संयुक्तरुपमा प्रदान गरेका थिए ।
“शिक्षा विकासको प्रमुख आधार हो र युवा प्रतिभा भनेको देशको भविष्य हो । त्यसैले एनसेलले आफ्नो व्यावसायीक सामाजिक उत्तरदायित्व अन्र्तगत शिक्षामा योगदान गर्दै प्रतिभा प्रोत्साहनका लागि विभिन्न पहलहरु गर्दै आईरहेको छ,” कम्पनीका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले भने । “एनसेल छात्रवृत्ति र उत्कृष्टता सम्मान अन्र्तगत विद्यार्थीहरुलाई प्रदान गरिएका यी पुरस्कार तथा सहयोगहरु विद्यार्थीहरुको कडा परिश्रम र लगनशीलतको फल हो र उनीहरुको शैक्षिक उत्कृष्टताका लागि प्रोत्साहन हो ।”
एनसेलले आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत प्राविधिक शिक्षा क्षेत्रमा सहयोग पुर्याउदै दक्ष जनशक्तिको विकासका लागि योगदान पुर्याउन ५ वर्षका लागि ईन्जिनियरिङ्ग अध्ययन संस्थान, केन्द्रिय क्याम्पस पुल्चोकमा २०७१ मा उक्त छात्रवृत्ति तथा उत्कृष्टता पुरस्कार स्थापना गरेको थियो ।
एनसेल छात्रवृत्ति स्नातक तहको प्रथम, द्घतीय र तृतीयको वार्षिक परीक्षामा प्राप्त गरेको उत्कृष्ट नतिजाको आधारमा क्रमशः द्घतीय र तृतीय र चौथो वर्षमा अध्ययनरत विद्यार्थीले पाउने गरेका छन् । यो वर्षको छात्रवृत्ति अन्तर्गत ईलेक्ट्रिकल, ईलेक्ट्रोनिक्स् तथा कम्युनिकेसन, र कम्प्युटर ईन्जिनियरिङ्ग संकायका प्रथम, द्घतीय र तृतीय वर्षमा गत शैक्षिक वर्षको वार्षिक नतिजाको आधारमा १÷१ जना गरी ९ जना उत्कृष्ट विद्यार्थीलाई प्रदान गरिएको हो । त्यसै गरी यी तीनै संकाय अन्र्तगत प्रथम, द्घितीय र तृतीय बर्षमा उत्कृष्ट नतिजा ल्याउने ३ छात्राले यो छात्रवृत्ति पाएका छन् ।
प्रत्येक छात्रवृत्ति तथा उत्कृष्टता पुरस्कारको राशि एक लाख रुपैयाँ रहेको छ । उत्कृष्टता पुरस्कार अन्तर्गत ईलेक्ट्रिकल, ईलेक्ट्रोनिक्स् तथा कम्युनिकेसन, र कम्प्युटर ईन्जिनियरिङ्ग संकायमा सर्वोत्कृष्ट नतिजा सहित स्नातक तहकोे पढाइ सकाएका प्रत्येक संकायका १÷१ जना गरी ३ जना र यी तीनै संकायका छात्राहरु मध्येबाट सर्वोत्कृष्ट ठहरिएकी एक छात्रा गरी ४ जनाले यो पुरस्कार पाएका छन् ।
एक जिम्मेवार व्यावसायीक नागरिकका रुपमा, एनसेलले सन् २०१० देखि नै शैक्षिक क्षेत्रलाई उच्च प्राथमिकता दिंदै विभिन्न कार्यक्रमहरु संचालन गर्दै आएको छ । जस अन्र्तगत राम्रो नतिजाका साथ उतीर्ण तर आर्थिक अवस्था कमजोर भएका कारण थप अध्ययनका लागि समस्यामा परेका कर्णाली अञ्चलका सम्पूर्ण जिल्ला र अन्य जिल्लाका समेत गरेर १४ जना छात्राहरुलाई ११ देखि स्नातक तह सम्म अध्ययनका लागि पाँच वर्षको छात्रवृत्ति प्रदान गरेको छ ।
त्यसैगरी, डिजिटल पद्धतीबाट विद्यार्थीहरुलाई पठनपाठनमा सजिलो होस् भन्ने हेतुले १६ वटा विद्यालयहरुमा डिजिटल पुस्तकालय र ४४ वटा सामुदायिक विद्यालयहरुमा कक्षाकोठा, शौचालय तथा खानेपानी निर्माण, विद्यालय व्यवस्थापन र शैक्षिक सामग्री पनि प्रदान गरेको छ । जसबाट २५,००० भन्दा बढी विद्यार्थीहरुले प्रत्यक्ष रुपमा लाभान्वित भएका छन् । साथै कम्पनीले भुकम्पबाट प्रभावित बालबालिकालाई संगीत सिकाउन एक संगीत विद्यालयलाई सहयोग प्रदान गरेको छ ।
एनसेलले आफ्नो सामाजिक व्यावसायीक उत्तरदायित्व अन्र्तगत शिक्षामा बाहेक अन्य धेरै क्षेत्रका योगदान गरेको छ । कम्पनीले देशका युवाहरुमा रहेको डिजिटल प्रतिभाको प्रवद्र्घनका लागि सहयोग प्रदान गर्नुका साथै कला र साहित्य, संगीत, फुटबल, क्रिकेट र ऐतिहासिक संपदाको संरक्षणमा पनि योगदान पुर्याएको छ । स्वास्थ्यको क्षेत्र अन्तर्गत एनसेलले टिचिङ् हस्पिटलमा मृगौला सम्बन्धि रोगको उपचारका लागि डे केयर डायलाईसिस सेन्टर र मनमोहन कार्डिओथोरासिस् भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर महाराजगञ्जमा विश्वस्तरीय आईसियु निर्माणका लागि सहयोग प्रदान गरेको छ । कम्पनीले सामाजिक व्यावसायीक उत्तरदायित्व अन्र्तगत विभिन्न कार्यक्रमहरु संचालन गरी सामाजिक र वातावरण संरक्षणका लागि पनि योगदान गरेको छ ।
सातवटै प्रदेशको बजेट आज सार्वजनिक हुँदै
काठमाडौं । मुलुकका सातवटै प्रदेश सरकारले आज असार १ गते आगामी आर्थिक वर्ष २०८२/८३ का लागि बजेट सार्वजनिक गर्दैछन्। कोशीले ३५–४० अर्ब, मधेशले ४५ अर्ब, बाग्मतीले ६८ अर्ब, गण्डकीले ३२ अर्ब, लुम्बिनीले गत वर्षभन्दा थोरै कम, कर्णाली र सुदूरपश्चिमले करिब ३१ अर्बको बजेट ल्याउने तयारी गरेका छन्। संविधानअनुसार प्रदेश सरकारले हरेक वर्ष असार १ गते, संघले जेठ १५ र स्थानीय सरकारले असार १० गते बजेट ल्याउने प्रावधान छ।
सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो
काठमाडौं । नेपाली बजारमा सोमबार (२०८२ जेठ २७ गते) छापावाल सुनको मूल्य १०० रुपैयाँले घटेर प्रतितोला रु.१,९०,६०० पुगेको छ। आइतबार यो मूल्य रु. १,९०,७०० थियो। चाँदीको मूल्य भने ५ रुपैयाँले बढेर प्रतितोला रु। २,१५० पुगेको छ।
पाँच महिनामा ६ अर्ब ३२ करोडको आइटी सेवा निर्यात
काठमाडौं । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्ष २०८१–८२ को पाँच महिनासम्म (साउनदेखि मंसिरसम्म) को तथ्यांक अनुसार ६ अर्ब ३२ करोड रूपैयाँ बराबरको सूचना प्रविधिमा आधारित सेवा (आइटी सेवा) निर्यात भएको छ। त्यस्तै, ७९ करोड रूपैयाँ बराबरको यस्तो सेवा आयात गरेको हो। राष्ट्र बैंकले चालु आर्थिक वर्षबाट यसरी खुल्ने तथ्यांक प्रकाशित गर्न थालेको हो। यही कारण अघिल्लो वर्षको यस्तो तथ्यांक भने राखिएको छैन। प्रोफेसनल र म्यानेजमेन्ट कन्सलटेन्सी सेवा निर्यातबाट नेपालले १४ अर्ब ५३ करोड रूपैयाँ आम्दानी गरेको छ। तर, सेवा क्षेत्रको घाटा बढ्न सुरू गरेको छ। कात्तिकमा यस्तो घाटा खुम्चिएको थियो। कात्तिकसम्ममा सेवा क्षेत्रको घाटा २७ अर्बबाट घटेर २२ अर्बमा सीमित भएको थियो। सेवाको निर्यातको तुलनामा आयात २२ अर्ब धेरै थियो। नेपालले ७३ अर्ब ३८ करोडको सेवा निर्यात गर्दा ९६ अर्बको सेवा आयात गरेको थियो। तर, मंसिरसम्म आइपुग्दा यस्तो घाटा फेरि बढ्न थालेको छ। मंसिरसम्ममा सेवा क्षेत्रको घाटा ४० अर्बमा पुगेको छ। सेवाको निर्यातको तुलनामा आयात ४० अर्ब धेरै भएको हो। नेपालले ९२ अर्ब ४७ करोडको सेवा निर्यात गर्दा एक खर्ब ३३ अर्बको सेवा आयात गरेको हो। अघिल्लो वर्षको यही अवधिसम्ममा भने नेपालले ९७ अर्ब ३९ करोडको सेवा निर्यात गर्दा एक खर्ब २३ अर्ब रूपैयाँको आयात गरेको थियो। विदेश भ्रमणमा जानेबाट हुने खर्च बढ्दा यस्तो घाटा केही बढेको देखिन्छ।
१३ अंकले घट्यो शेयर बजार, कारोबार रकम कति ?
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज(आइतबार) १३.०३ अंकको गिरावट आएको छ । साताको पहिलो शेयर बजार ०.४८ प्रतिशतले घटेर २६६७.४० विन्दुमा झरेको छ । बजार घट्दा ७ अर्ब ७२ करोड ८८ लाख ६१ हजार रुपैयाँ बराबरको १ करोड ५२ लाख ७० हजार १९७ कित्ता शेयर कारोबार भएको छ । आज ५५ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १८१ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ८ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । आज ३२२ वटा कम्पनी कारोबारमा आउँदा ७६ हजार ४१८ पटक शेयर किनबेच भएको छ । आइतबार १३ समूहमध्ये २ समूह बढेको छ भने ११ समूह घटेको छ । आज लगानी समूह ०.०८ प्रतिशतले बढेर १०४.६४ विन्दुमा पुगेको छ भने उत्पादन तथा प्रशोधन समूह ०.६८ प्रतिशतले बढेर ६ हजार ७८७ विन्दुमा पुगेको छ ।आज सबैभन्दा बढी विकास बैंक १.६३ प्रतिशतले घटेर ५ हजार ५२६.१९ विन्दुमा पुगेको छ । त्यस्तै, वाणिज्य बैंक समूह ०.५४ प्रतिशतले, फाइनान्स ०.३७ प्रतिशतले, होटल तथा पर्यटन ०.४९ प्रतिशतले, हाइड्रोपावर ०.४१ प्रतिशतले, जीवन बीमा ०.५५ प्रतिशतले, लघुवित्त ०.९४ प्रतिशतले, म्युचुअल फण्ड ०.१२ प्रतिशतले, निजीवन बीमा ०.१७ प्रतिशते, अन्य समूह ०.७१ प्रतिशतले र ट्रेडिङ समूह ०.०७ प्रतिशतले घटेको छ ।