काँग्रेसको सिंगो वडा कमिटीसहित २८३ जना माओवादी केन्द्र प्रवेश

काँग्रेसको सिंगो वडा कमिटीसहित २८३ जना माओवादी केन्द्र प्रवेश

चितवन । भरतपुर महानगरपालिका वडा नम्बर २४ को नेपाली काँग्रेसको वडा कमिटी नै नेकपा माओवादी केन्द्र प्रवेश गरेको छ । वडा सभापति इन्द्र बहादुर लामाको नेतृत्वमा क्षेत्रिय प्रतिनिधि लाल बहादुर विक, जनप्रतिनिधि सुनिल अर्नेल, कार्यसमिति सचिव रामेश्वर चौधरी, क्षेत्रिय प्रतिनिधि तुल बहादुर मगर, पम बहादुर विक, श्याम बहादुर मुक्तानसहित ४७ जना माओवादी केन्द्र प्रवेश गरेका हुन् ।

मंगलबार भरतपुर वडा नम्बर २४ र २५ मा रहेको देविस्थान पार्कमा आयोजना गरिएको पार्टी प्रवेश कार्यक्रममा विभिन्न पाटी परित्याग गरी नेकपा माओवादी केन्द्र प्रवेश गरेका २८३ जनालाई नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले स्वागत गरिन् ।

यस्तै नेकपा एमाले परित्याग गरी वडा सहसचिव तेजबहादुर थापा, पूर्वजनप्रतिनिधि अविर बहादुर विक, हिरामाया विक, शान्ति एकता टोलका अध्यक्ष कृष्ण विकलगायत १ सय १० जना माओवादी केन्द्र प्रवेश गरेका छन् ।

राप्रपाबाट ३० जना, थारु समाजबाट २५ जना, रास्वपाबाट १० जना र भूपू सैनिक संघबाट अध्यक्ष नमबहादुर गोदार र शंकरबहादुर अर्यालको नेतृत्व २० जना माओवादी केन्द्र प्रवेश गरेका हुन् ।

माओवादी केन्द्र प्रवेश गरेकालाई स्वागत गर्दै माओवादी केन्द्रका केन्द्रीय सदस्य दाहालले भरतपुर २४ को समस्या समधान गर्न तत्पर रहेको उल्लेख गरिन। उनले माओवादी पार्टी दुःख सुखको पार्टी भएकाले जनताको हकअधिकारी प्रत्याभूत गर्न अग्रसर रहेको बताइन् । भरतपुर २४ मा रहेका धेरै समस्याहरु समधान भईसकेकाले अब लालपुर्जा वितरणको कार्य बाँकी रहेको बताइन् ।

केन्द्रीय सदस्य दाहालले भरतपुर २४ मा केही दिनमै ७२ जना भूमिहिन दलित, भूमिहिन सुकुम्बासीलाई लालपुँर्जा वितरणको तयारीमा रहेको बताइन् ।

माओवादी पार्टीले जनयुद्धको बलमा राजनीतिक परिवर्तन गरी शान्ति प्रकृयामा आई सामाजिक र न्यायिक परिवर्तनलाई आफ्नो मुख्य मुद्धाको रुपमा अगाडि बढाउदै आएको उद्घोष समेत गरिन् ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य श्यामकुमार श्रेष्ठ, बागमती प्रदेशका सांसद ईश्वर सापकोटा, नेकपा माओवादी केन्द्रका चितवन संयोजक रामचन्द्र अधिकारीलगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा वाईसियल नेपालका केन्द्रीय सदस्य तथा वडा नम्बर २४ का अध्यक्ष रामु गोदारले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

विश्वका घुम्नपर्ने ठाउँमध्ये नवौं स्थानमा लुम्बनी

लुम्बिनी । विश्व चर्चित पत्रिका अमेरिकाको ‘द न्युयोर्क टाइम्स’ ले बुद्ध जन्मस्थल लुम्बिनीलाई सन् २०२५ मा घुम्न जानुपर्ने विश्वका उत्कृष्ट ठाउँमध्येको नवौं नम्बरमा राखेको छ । उक्त पत्रिकाले उल्लेख गरेको ‘२०२५ मा पुग्नैपर्ने विश्वका ५२ उत्कृष्ट ठाउँ’ शीर्षकको सूचीमा ‘टप टेन’ भित्रै लुम्बिनी परेको हो ।  पत्रिकाले लुम्बिनीबारे संक्षिप्त व्याख्या गर्दै हजारौं वर्षअघि मायादेवी नामकी रानीले लुम्बिनीको बगैंचामा सिद्धार्थ गौतमलाई जन्म दिएको उल्लेख गरेको छ । लुम्बिनी नेपालको प्राचीन पुरातात्त्विक स्थल भएको र त्यहाँ ऐतिहासिक भग्नावशेष तथा जीवन्तकला रहेको पनि लेखेको छ । बौद्ध आस्थाको मुख्य केन्द्र र तीर्थस्थल भएको पत्रिकाको अनलाइन संस्करणमा उल्लेख छ । भूकम्पले देशलाई हल्लाएको १० वर्षपछि लुम्बिनीमा चित्ताकर्षक नयाँ नयाँ मन्दिर र ध्यान केन्द्र खुलिरहेको र नोभेम्बरमा उद्घाटन गरिएको ‘थाउजेन्ड टेम्पल’ को बढी व्याख्या गरिएको छ । महायानी सम्प्रदायको यो निकै चित्ताकर्षक र मनमोहक विहार हो । विहारभित्र त्रिकाल बुद्धका १६ फिट अग्ला ३ मूल प्रतिमा छन् । मूल प्रतिमसँगै १८ इन्च अग्ला हजार बुद्ध प्रतिमा तथा सात तथागतका मूर्ति छन् । आलेखमा ‘थाउजेन्ड टेम्पल’को माथिल्लो भित्ताका पेन्टिङ कलाको आकर्षक तस्बिर राखिएको छ ।

रवि लामिछाने आज जिल्ला अदालत काठमाडौँमा हाजिर हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज (आइतबार) जिल्ला अदालत काठमाडौँमा उपस्थित हुँदै छन्। काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगी अभियोगमा मुद्दा परेकाले उनी जिल्ला अदालतमा आफैँ हाजिर हुन लागेका हुन्। पोखराको सूर्यदर्शन सहकारी ठगी मुद्दामा यही पुस २५ गते मात्र धरौटीमा रिहा भएका पूर्वगृहमन्त्री लामिछाने पुस २६ गते साँझ काठमाडौँ आइपुगेका थिए।  अब उनी आज जिल्ला अदालत काठमाडौँमा हाजिर हुने रास्वपाका कार्यवाहक प्रवक्ता मनीष झाले जानकारी दिएका छन्। 

चार प्रदेशमा आज हल्का वर्षा र हिमपातको संभावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान माहाशाखाले हाल देशमा पश्चिमी न्युन चापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले कर्णाली, सुदुरपश्चिम र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदलीदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया  सफा रहेको छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । साथै देशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । आज राति भने कोशी, मधेश र बागमती प्रदेश लगायत देशको पहाडी भूभागमा साधारणतया बदली तथा बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थान तथा बाँकी भूभागका एकदुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेश र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थान तथा  बाँकी उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थान हल्का हिमपातको सम्भावना रहेको छ । लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावनाका साथै देशका उच्च पहाडी तथा हिमाली भू(भागका धेरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेकोले दैनिक जनजीवन, स्वास्थ्य, यातायात, पर्यटन तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।  आज सूर्योदय बिहान ६ बजेर ५६ किनेटमा र सूर्यास्त साँझ ५ बजेर २८ मिनेटमा हुनेछ ।

स्याङ्जाको आँधिखोलामा एक सय जना माओवादीमा प्रवेश

पोखरा । स्याङ्जाको आँधिखोला गाउँपालिकामा एक सय बढी नेता कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । शनिबार भएको आँधिखोला गाउँ समितिको दोस्रो अधिवेशनमा अवसरमा एक सय बढी नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । माओवादी केन्द्र गण्डकी प्रदेशका सचिवालय सदस्य एवम् वाइसीएलका केन्द्रिय सचिव हरि ढकालको अग्रसरतामा पार्टीमा भित्रिएका कार्यकर्तालाई पार्टीका वरिष्ठ उपाध्यक्ष एवम् पूर्वगृहमन्त्री नारायणकाजी श्रेष्ठले स्वागत गर्नुभएको हो। उहाँहरुलाई स्वागत गर्दै श्रेष्ठले देशैभर माओवादी प्रवेश गर्नेको लर्को लागेको बताउनुभयो । उहाँले पार्टी संकल्पबद्ध भएर अगाडि बढेको उल्लेख उल्लेख गर्नुभयो । युवा नेता हरि ढकालले चोकचोक गल्लीगल्लीमा माओवादीको चर्चा हुने गरेको बताउनुभयो। एमाले–कांग्रेसले भ्रष्टहरुलाई बचाउन माओवादी नेतृत्वको सरकार ढलाएको आरोप लगाउनुभयो ।

लोकप्रिय