कुन बार जन्मेका मानिसहरुको भाग्य र स्वभाव कस्तो हुन्छ ?
![कुन बार जन्मेका मानिसहरुको भाग्य र स्वभाव कस्तो हुन्छ ?](https://everestdainik.prixacdn.net/media/albums/Life-and_5Xw5np1185.jpg)
काठमाडाैं । धेरै मानिसहरुको विश्वास छ कि जन्मेको महिना, गते, समय अथवा पलले मानिसको जीवनमा प्रभाव पार्ने गर्दछ । यसका साथसाथै दिनको असर पनि जीवन र व्यक्तित्वमाथि हुने गर्दछ त्यसकारण त आजकालका मानिसहरु आफ्ना बच्चाको जन्म यो दिनमा होइन, यो दिनमा गराउनुस् भनेर डाक्टरहरुलाई आग्रह गर्ने गर्दछन् । भारतीय अंक ज्योतिष श्रीमती ज्योतिमा शर्माले यी बार जन्मने व्यक्तिहरुको निम्नलिखित गुणहरु बताएकी छिन्ः
आइतबार
१. आइतबार जन्मेका व्यक्ति सकारात्मक सोचका मालिक हुन्छन् र निकै विश्वसनीय हुन्छन् ।
२. तपाईंहरु अन्र्तमुखी हुने भएका कारण थोरै साथीहरु हुन्छन् ।
३. निकै संवेदनशील हुने भएका कारण तपाईंहरु कसैले भनेको कुरालाई धेरै दिनसम्म मनमा लिइरहनुहुन्छ ।
४. तपाईंहरुमा चिन्तन शक्ति निकै धेरै हुने भएका कारण लेखन अथवा वकालतको क्षेत्रमा हुनुहुनेछ ।
५. तपाईंहरु अरुलाई सहयोग गर्न सधैँ तत्पर त हुनुहुन्छ नै तर तपाईंको चाँडै रिसाउने बानीले तपाईंले सहयोग गर्ने व्यक्तिहरु तपाईंसँग रिसाउने गर्दछन् ।
सोमबार
सोमबार जन्मेका व्यक्तिहरुको निम्नलिखित गुणहरु छन्
१. सोमबार जन्मेका व्यक्तिहरुको स्मरण शक्ति निकै तेज हुन्छ ।
२. तपाईं मृदुभाषी हुनुहन्छ तर तपाईं निकै मुडी हुनुहुन्छ ।
३. तपाईं निकै संवेदनशील हुनुहुन्छ त्यसकारण निकै चाँडै नर्भस हुनुहुन्छ ।
४. तपाईंलाई आफ्नो परिवारसँग समय बिताउन निकै रमाइलो लाग्छ ।
५. तपाईंका लागि सम्बन्ध निकै महत्व राख्नेछ ।
मंगलबार
१. मंगलबार जन्मेका व्यक्तिहरु निकै बहादुर, स्मार्ट र एक्टिभ हुने गर्दछन् ।
२. यी व्यक्तिहरु अरु मानिसहरुलाई सहयोग गर्न सधैँ तत्पर रहन्छन् । उनीहरुको स्वभाव परोपकारी किसिमको हुने गर्दछ ।
३. यी व्यक्तिहरु आफ्नो हरेक काम निकै गम्भीरताका साथ गर्ने गर्दछन् ।
४. मंगलबार जन्मने व्यक्तिहरु गलत कुराहरु सहन नसक्ने भएका कारण उनीहरुलाई रिस पनि धेरै नै उठ्ने गर्दछ ।
५. उनीहरुलाई विलासिताको जीवन बाँच्न मनपर्ने हुँदा यी व्यक्तिहरुसँग निकै धेरै लुगा, गाडी, घरलगायत विलासिताका सबै सामग्रीहरु हुने गर्दछ ।
बुधबार
१. बुधबार जन्मेका व्यक्तिहरु शान्त, विदुषी र बिजनेश माइन्डका हुने गर्दछन् ।
२. तपाईंको जीवनमा योजनाहरुको कुनै स्थान नभए पनि तपाईं निकै सुव्यवस्थित तरिकाले काम गर्न चाहनुहुन्छ ।
३. तपाईं सफा र स्वच्छ विचारधाराका मालिक हुनुहुन्छ ।
४. तपाईंलाई नयाँ–नयाँ कुराहरु जान्न निकै मन लाग्छ ।
५. तपाईंको कुरा गर्ने तरिका निकै प्रभावशाली छ ।
बिहिबार
१. बिहिबार जन्मेका व्यक्ति निकै मेधावी, शान्त र निकै समझदार हुने गर्दछन् ।
२. तपाईं मानिसहरुलाई निकै इज्जत गर्नुहुन्छ त्यसकारण मानिसहरुका लागि आदर्श पनि हुनुहुन्छ ।
३. तपाईं सफा र स्वच्छ बिचारधाराका मालिक हुनुहुन्छ ।
४. तपाईंको भित्र नेतृत्व गर्ने गुण हुन्छ त्यसकारण तपाईं जुन क्षेत्रमा काम गर्नुहुन्छ त्यहाँको उच्च पद अवश्य हाँसिल गर्नुहुन्छ ।
५. तपाईं निकै मेहनत गर्नुहुन्छ र आफ्ना सामानहरु आफूले भनेकै ठाउँमा होस् भन्ने चाहनुहुन्छ ।
शुक्रबार
१. शुक्रबार जन्मेका व्यक्तिको मन, दिमाग र शरिर निकै राम्रो हुने गर्दछ ।
२. तपाईंहरु धेरैजसो रचनात्मक क्षेत्रमा देखिनुहुन्छ ।
३. तपाईंलाई संगीत, फिल्मी क्षेत्र, मिडिया, खेलजस्ता कुराहरुले आकर्षित गर्ने गर्दछ ।
४. तपाईं मधुर स्वरमा बोल्नुहुन्छ र मनमोहक मुस्कानका मालिक हुनुहुन्छ ।
५. तपाईं निकै भावुक हुनुहुन्छ जसका कारण कहिलेकाँही तपाईं दुखी पनि हुनुहुनेछ ।
६. यदि तपाईं पुरुष हुनुहुन्छ भने महिलाहरुमा र महिला हुनुहुन्छ भने पुरुषहरुमा लोकप्रिय हुनुहुन्छ ।
शनिबार
१. शनिबार जन्मेका व्यक्ति निकै गम्भीर र जिम्मेवार हुने गर्दछन् ।
२. तपाईं निकै मेधावी, बुद्धिमान र बिजनेस माइन्डका हुनुहुन्छ । अर्को शब्दमा भन्ने हो भने तपाईं हरेक कुरामा परफेक्ट हुनुहुन्छ ।
३. तपाईं हाइ क्लास वस्तुहरु मनपराउनुहुन्छ । तपाईंले लगाउने लुगादेखि जुत्तासम्मले तपाईंको हाई क्लास पर्सनालिटी झल्काउँछ ।
४. तपाईं हुन त सफा मनको हुनुहुन्छ तर कहिलेकाँही स्पष्ट वक्ताको रुपमा तपाईंको आलोचना पनि हुने गर्दछ ।
५. तपाईंको लागि कुनै पनि सम्बन्ध निकै महत्वपूर्ण हुने गर्दछ र साथीहरुको लागि जे पनि गर्न तयार हुनुहुन्छ ।
६.तपाईं पैसावाला हुनुहुन्छ तर तपाईं छिट्टै पैसा खर्च गर्नुहुन्न ।
चीनमा मार्क्सवादको नयाँ विकासमा निरन्तर बहस
बेइजिङ । चिनियाँ कम्युनिस्ट पार्टी (CPC) केन्द्रीय समितिका महासचिव, चिनियाँ राष्ट्रपति, र केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी जिनपिङले हालसालै नयाँ युगमा मार्क्सवादी सिद्धान्त अध्ययन र विकास गर्न कार्यक्रमबारे महत्त्वपूर्ण निर्देशन दिएका छन्। सीले मार्क्सवादी सिद्धान्तको अध्ययन र विकासलाई पार्टीको विचारधारात्मक र सैद्धान्तिक विकासको आधारभूत र रणनीतिक कार्यक्रमको रूपमा परिभाषित गरेका छन्। पछिल्लो २० वर्षमा, यस कार्यक्रममा संलग्नहरूले सधैं मुख्य कार्यहरूमा केन्द्रित रहँदै समग्र परिस्थितिलाई सेवा दिएका छन् र उच्च-गुणस्तरका अनुसन्धान परिणामहरू उत्पादन गरेका छन्। यस कार्यक्रमले पार्टीको नवीनतम सिद्धान्तहरूको अध्ययन, अनुसन्धान, र प्रचारमा महत्त्वपूर्ण भूमिका खेलेको छ र विचारधाराको क्षेत्रमा मार्क्सवादको मार्गदर्शक स्थानलाई सुदृढ बनाएको छ। सीले नयाँ युगको यात्रामा, आधारभूत सिद्धान्तहरूलाई कायम राख्दै नयाँ दिशाहरू खोल्न, चिनियाँ विशेषताहरू भएको समाजवादी विचारको अध्ययन, प्रचार र कार्यान्वयनमा ध्यान दिन, प्रणालीगत र सैद्धान्तिक अनुसन्धानलाई गहिरो बनाउन, र पार्टीको नवीनतम सिद्धान्तहरूलाई जनताबीच लोकप्रिय बनाउन थप प्रभावकारी बनाउन जोड दिए। उनले मार्क्सवादका आधारभूत सिद्धान्तहरूलाई चिनियाँ यथार्थ र परम्परागत संस्कृति संगसँगै एकीकृत गर्नुपर्ने कुरा पनि उल्लेख गरे। नभेम्बर २९ मा बेइजिङमा यस कार्यक्रमको कामसम्बन्धी बैठक सम्पन्न भयो। सीका महत्त्वपूर्ण निर्देशनहरू बैठकमा अध्ययन गरियो। बैठकमा स्थायी समितिका सदस्य र सचिवालयका सदस्य काइ चीले सम्बोधन गरे। काइले आफ्नो सम्बोधनमा सीका निर्देशनहरूले मार्क्सवादी सिद्धान्त अध्ययन र विकासका कार्यक्रमको स्थिति र भूमिकाबारे गहन व्याख्या गरेको र आधारभूत सिद्धान्तलाई कायम राख्दै नयाँ दिशाहरू खोल्नका लागि आवश्यकताहरू स्पष्ट पारेको बताए। उनले पार्टीको नवीन सिद्धान्तहरूलाई मार्गदर्शकको रूपमा राखेर चिनियाँ परम्परागत संस्कृतिको मूल्य र सामग्रीलाई अझ गहिरो रूपमा अन्वेषण गर्न जोड दिए। बैठकमा पार्टीको प्रचार र सांस्कृतिक कामका लागि केन्द्रीय नेतृत्व समूहका सदस्य, कार्यक्रमको जिम्मेवारीमा रहेका विभागका उच्च अधिकारीहरू, केन्द्रीय सञ्चारमाध्यमका प्रतिनिधिहरू, विज्ञ र विद्वानहरू, स्थानीय पार्टी समितिहरूका प्रचार विभागका प्रमुख अधिकारीहरू, र प्रमुख विश्वविद्यालयका अधिकारीहरूको सहभागिता थियो। यस्ता छन् सीले जोड दिन खोजेका महत्वपूर्ण पक्षः विविध संस्कृतिहरूलाई एकल एकरूप संस्कृतिले प्रतिस्थापन गर्नेभन्दा, चिनियाँ सभ्यताले विभिन्न संस्कृतिहरूलाई साझा संरचनामा एकीकृत गर्ने प्रयास गर्छ। हाम्रो सम्मानित ५,००० वर्ष पुरानो सभ्यताका गहिरो जगका आधारमा, चिनियाँ समाजवादलाई अग्रगामी र विकास गर्ने एक मात्र बाटो भनेको मार्क्सवादका आधारभूत सिद्धान्तहरूलाई चीनको विशेष यथार्थ र यसको परम्परागत उत्कृष्ट संस्कृतिसँग एकीकृत गर्नु हो (‘दुई एकीकरण’)। यो निष्कर्ष चिनियाँ समाजवादको हाम्रो व्यापक अन्वेषणबाट प्रणालीगत रूपमा निकालिएको हो। हामीले सधैं मार्क्सवादका आधारभूत सिद्धान्तहरूलाई चीनको विशेष यथार्थसँग एकीकृत गर्न जोड दियौं र अहिले आधिकारिक रूपमा यसलाई चिनियाँ परम्परागत उत्कृष्ट संस्कृतिसँग पनि एकीकृत गर्ने कुरा अघि सारेका छौं। जसरी मैले एकपटक भनेको थिएँ, ‘यदि ५,००० वर्ष पुरानो चिनियाँ सभ्यता नै नभएको भए, चिनियाँ विशेषताहरू कहाँबाट आउने थिए? ‘दुई एकीकरण’ कुनै असम्भाव्य प्रस्ताव होइन। आफ्ना विशिष्ट उत्पत्तिका बावजुद, मार्क्सवाद र परम्परागत चिनियाँ संस्कृतिमा असाधारण सुसंगति प्रकट हुन्छ। उदाहरणका लागि, सबैका लागि समान कल्याणको खोजी गर्ने र विश्वास र मित्रता देखाउने सामाजिक सिद्धान्तहरू साम्यवादी र समाजवादी आदर्श र विश्वाससँग सुमधुर रूपमा मेल खान्छन्; राज्यको आधारको रूपमा जनतालाई मान्ने र सद्गुणद्वारा शासन गर्ने शासकीय अवधारणाहरू जनताको प्राथमिकता राख्ने राजनीतिक सिद्धान्तसँग पूर्णतया मेल खान्छन्; र पुरानो कुरा त्यागेर नयाँको पक्षमा उभिने र निरन्तर आत्म-सुधार गर्ने अभ्यासहरू कम्युनिष्टहरूको क्रांतिकारी आत्माको साथ मेल खान्छ। मार्क्सवादले मानिसको सारलाई सामाजिक सम्बन्धहरूको दृष्टिकोणबाट हेर्छ भने, चिनियाँ संस्कृतिमा मानिसलाई परिवार, देश र संसारसँगको सम्बन्धबाट परिभाषित गरिन्छ। दुवै मानवीय अस्तित्वलाई पृथक अस्तित्वको रूपमा हेर्नु अस्वीकार गर्छन्। चिनियाँ समाजवादको बाटो आधारभूत रूपमा समाजवादी छ, जुन मार्क्सवादमा आधारित छ। चिनियाँ संस्कृतिमा रहेको आवश्यक समाजवादी तत्त्वहरूले चीनमा मार्क्सवादलाई अँगाल्नका लागि बौद्धिक आधार प्रदान गर्दछ। चिनियाँ समाजवादको बाटो निरन्तर फैलिरहेको छ, र यस बाटोमा हाम्रा दृढता अडिग रहेको छ।
यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान
काठमाडौं । हाल देशभर मनसुनी वायुसँगै भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव छ। जसको प्रभावले यतिबेला (सोमबार बिहान) देशभरको मौसम आंशिकदेखि साधारणतया बदली छ। काठमाडौँ उपत्यकोको आकाश भने बिहानैदेखि बादलले ढाकेको छ। तर, पानी भने परेको छैन। आज दिउँसो पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। देशका पहाडी भूभागका थोरै स्थान तथा बाँकी भूभागका एकदुई स्थानमा दिउँसो हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज राति पनि कोसी प्रदेशसहित देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहने छ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने महाशाखाको अनुमान छ। कोसी र गण्डकी प्रदेशका थोरै स्थान र बागमती प्रदेशका एकदुई स्थानमा राति मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाले सोमबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ। कस्तो होला मंगलबार र बुधबारको मौसम? २०८१ असोज १५ गते मंगलबार दिउँसोː कोसी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोसी प्रदेशका केही स्थान, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थान र बाँकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। रातिː कोसी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोसी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। २०८१ असोज १६ गते बुधबार दिउँसोː कोसी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोसी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका पहाडी भूभागका थोरै स्थान र बाँकी भूभागका एकदुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। रातिː देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोसी प्रदेशका केही स्थान तथा मधेस, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोसी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श देशको पहाडी भूभागका थोरै स्थान तथा बाँकी भूभागका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकोले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो, भूक्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।
चलचित्र लालसलामकी नायिकालाई सांस्कृतिक रुपान्तरण पुरस्कार
काठमाडौं । चलचित्र लालसलामकी नायिका प्रेमा अधिकारी गैरेलाई चलचित्र विकास बोर्डले सांस्कृतिक रुपान्तरण पुरस्कार २०८१ प्रदान गर्ने भएको छ । बोर्डको सोमबार बसेको बैठकले चलचित्र मार्फत सामाजिक एवं सांस्कृतिक रुपान्तरणमा योगदान पु¥याए वाफत गैरेलाई सो पुरस्कार प्रदान गर्ने निर्णय गरेको बोर्ड सदस्य एवं प्रवक्ता केएल बुढाथोकीले बताउनु भयो । प्रवक्ता बुढाथोकीका अनुसार संविधान दिवसको अवसरमा आगामी असोज ४ गते एक समारोहबीच कलाकार गैरेलाई २५ हजार नगद र ताम्रपत्रसहित पुरस्कृत गरिनेछ । कलाकार गैरेले चलचित्र लालसलामा लगायत थुप्रै नाटक, ओपेरा र म्यूजिक भिडियोमा अभिनय गर्नु भएको छ । त्यस अवसरमा निर्देशक तुलसी घिमिरे, नीर शाह, हरिवंश आचार्य, ऋद्धिचरण श्रेष्ठ, देशभक्त खनाल, लोचन भट्टराई, रमेशरञ्जन झा, श्याम तमोट, माओत्से गुरुङ, विकास चौधरी र कविता आलेलाई पनि सांस्कृतिक रुपान्तरण पुरस्कार प्रदान गरिने प्रवक्त बुढाथोकीले बताउनु भयो ।
चलचित्र विकास बोर्ड अध्यक्षद्वारा पदभार ग्रहण
काठमाडौं । चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष दिनेशराज दाहाल (दिनेश डिसी)ले पदभार ग्रहण गरेका छन्। सोमबार बोर्डको कार्यालय पुगेर डिसीले कार्यभार सम्हाल्नुभएको छ । सोमबार बिहान उनलाई बोर्डका सदस्य र कर्मचारीले फूलमालाले स्वागत गरेका थिए। बोर्डको हलमा आयोजित बधाई तथा शुभकामना अर्पण कार्यक्रममा नेपाल चलचित्र संघ, चलचित्र कलाकार संघ, चलचित्र निर्देशक समाज, चलचित्र निर्माता संघ लगायतका फिल्मसँग सम्बन्धित संस्थाका पदाधिकारीसहित अन्य फिल्मकर्मी समेत पुगेका थिए । पदभार ग्रहण गर्दै डिसीले आफू काम गर्न बोर्डमा आएको बताउनुभयो । उहाँले नेपाली फिल्म क्षेत्रको समस्या समाधानका लागि आफूले सक्दो काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । गत बिहीबार मन्त्रिपरिषदको बैठकले डिसीलाई चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त गरेको थियो। डिसी लामो समयदेखि फिल्म र सञ्चार क्षेत्रमा सक्रिय हुनुहुन्छ।