कृषि सामग्री कम्पनीमा अख्तियारको छापा

कृषि सामग्री कम्पनीमा अख्तियारको छापा

काठमाडौं, कात्तिक १५ ।   कृषि सामग्री कम्पनीको विराटनगरस्थित क्षेत्रीय कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ ।
‘युरिया मलमा करोडौं घोटाला : ५० हजार बोरामा एक करोडको मल कम’ शीर्षकमा समाचार प्रकाशन गरेपछि यथार्थ जानकारी लिन अख्तियार क्षेत्रीय कार्यालयले कृषि सामग्री कम्पनीमा छापा मारेको हो ।

आयोगको क्षेत्रीय प्रमुख कालिप्रसाद पराजुलीले कृषि सामग्रीमा छापा मारिएको जानकारी दिए । उनले भने, ‘समाचारका आधारमा हाम्रो टोलीले दिउँसो १ बजे छापा मारेको हो । टोलीले छानबिन गरिरहेको छ ।’ उनका अनुसार प्रारम्भिक चरणको केही बोरा परीक्षण गर्दा दुईदेखि ६ किलोसम्म कम तौल भएको युरिया मलको बोरा फेला पारिएको छ । टोलीले थप बोराको परीक्षण गरिरहेको जानकारी गराउँदै आवश्यक प्रक्रिया पूरा गर्न थप छानबिन र कारबाहीका लागि आयोगको केन्द्रीय कार्यालयलाई पत्राचार गरिने बताए ।

‘गोदाममा भएको सबै बोरा अहिले नै हामीले परीक्षण गरेका छैनौं,’ पराजुलीले भने, ‘नमुनाका रूपमा केही बोरामा परीक्षण गर्दा ६ किलोसम्म कम तौल भएको भेटिएको छ । कम तौल भएका केही बोरा छुट्ट्याउन लगाएर छुट्टै राख्न भनेका छौं । थप अनुसन्धान र छानबिन हुँदै छ । अहिले नै सबै भन्न उचित हुँदैन ।’ अख्तियारले छानबिनका क्रममा साँझसम्म ६ सय बोरा कम तौलको अवस्थामा फेला पारेको थियो ।

कृषि सामग्री कम्पनीले ‘गभर्मेन्ट टु गभर्मेन्ट’ (जिटुजी) सुविधाअन्तर्गत प्रतिस्पर्धाबेगर भारत आसामको ब्रह्मपुत्र भ्याली फर्टिलाइजर कम्पनीबाट खरिद गरी आयात गरेको युरिया मलको अधिकांश बोरा कम तौलको भेटिएको छ । कृषि सामग्री कम्पनीले ५० हजार बोरा युरिया मल भित्र्याएको छ । ५० हजार बोरामै दुईदेखि १० किलोसम्म कम मल रहेको स्रोतको दाबी छ ।

कृषि सामग्रीले डेढ साताअघि २० हजार मेट्रिक टनमध्ये विराटनगरस्थित क्षेत्रीय कार्यालयमा ५० हजार बोरा (दुई हजार पाँच सय मेट्रिक टन) युरिया मल भित्र्याएको छ । जिटुजीअन्तर्गत कृषि सामग्रीले भारतीय सरकारीको स्वामित्वको एमएमटीसीमार्फत सरकारी स्वामित्वकै ब्रह्मपुत्र भ्याली फर्टिलाइजर कम्पनीसँग उक्त मल खरिद गरेको हो । कृषि सामग्रीको क्षेत्रीय कार्याल प्रमुख गोविन्दप्रसाद पराजुलीले सोमबार तीन हजार बोरा कम तौलको भेटिएको बताएका थिए । तर, स्रोतले ५० हजार बोरामै कम तौलको रहेको दाबी गरेको छ ।

कम परिमाणका मलका बोरा पाइएपछि क्षतिपूर्ति कसले व्यहोर्ने सम्बन्धमा पनि सम्झौतापत्रमा केही उल्लेख छैन । स्रोत भन्छ, ‘अहिले फेरि भेटिएको कम परिमाणको मलको क्षतिपूर्ति कसले दिने विषयमा कुनै लिखित सम्झौता कृषि सामग्री गरेको छैन । सम्झौतामै गल्ती गर्नेले क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने उल्लेख हुनुपर्नेमा त्यस्तो उल्लेख गरिएको छैन । यसले गर्दा सिधै राज्यले आफैं क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने देखिन्छ ।’

अख्तियारको निर्देशकविपरीत खरिद

कृषि सामग्री कम्पनीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशनविपरीत भारतको एक मात्र कम्पनीसँग प्रतिस्पर्धाबेगर युरिया मल खरिद गरेको हो । अघिल्लो वर्ष आयोगले जीटूजीअन्तर्गत प्रतिस्पर्धाबेगर खरिद नगर्न निर्देशन दिएको थियो । आयोगले जीटूजीअन्तर्गत खरिद गर्दा भारतीय सरकारको स्वामित्वमा रहेको चारवटा मल संस्थान कारखानासँग प्रतिस्पर्धा गराएर दररेटका आधारमा कम अंक कवोल गर्ने सरकारी संस्थानसँग मात्रै खरिद गर्न निर्देशन दिएको थियो । तर, कृषि सामग्रीले उक्त निर्देशनविपरीत भारतीय सरकारको स्वामित्वको एक मात्र संस्थानसँग युरिया र डीएपी मल खरिद गर्दै आएको छ ।

मन्त्रालयद्वारा छानबिन

कृषि विकास मन्त्रालयले युरिया मलका बोरामा कम परिमाणमा मल भेटिएको समाचार अन्नपूर्णले प्रकाशन गरेपछि त्यस विषयमा छानबिन गर्न मंगलबार तीन सदस्यीय छानबिन समिति गठन गरेको छ । मन्त्रालयका सचिव डा.सुरोज पोखरेलले पत्रिकामा समाचार आएपछि वास्तविक जानकारी लिन छानबिन समिति गठन गरिएको जानकारी दिए । उनका अनुसार पूर्वाञ्चल क्षेत्रीय कृषि निर्देशक हस्तबहादुर बिष्टको संयोजकत्वमा तीन सदस्य छानबिन समिति गठन गरिएको हो । समितिलाई स्थलगत अध्ययन गरी पाँच दिनभित्र मन्त्रालयमा प्रतिवेदन बुझाउने समयसीमा दिइएको छ । ‘समितिलाई भोलिदेखि नै कार्यक्षेत्रमा काम सुरु गर्न निर्देशन दिएका छौं,’ सचिव पोखरेलले भने ।

उनका अनुसार ५० किलो तौलको रकम लिएर किसानलाई ४० देखि ४७ किलोको बोरा बिक्री गरी सरकारी संस्थानले ठग्न पाउँदैन । छानबिनका क्रममा कृषि सामग्री संस्थान वा भारतीय कम्पनीको गल्ती भेटिएमा कृषि सामग्रीलाई कारबाहीको दायरामा ल्याइने र भारतीय कम्पनीसँग क्षतिपूर्ति दाबी गर्ने उनले जानकारी दिए ।

यसैबीच, सोमबार नै भारतीय राजदूत मञ्जिभसिंह पुरी र कृषि विकासमन्त्री रामकृष्ण यादवबीच मलका विषयमा छलफल भएको छ । नेपालमा गहुँबाली लगाउने समयमा युरिया मल र डीएपी मलको चर्को अभाव भइरहेको विषयमा राजदूत पुरी र कृषिमन्त्री यादबबीच भेटवार्ता भएको हो । गहुँबालीका लागि रासायनिक मलको अभाव हुन नदिन सरकारीस्तरमा आवश्यक मल उपलब्ध गराइदिन कृषिमन्त्री यादवले राजदूत पुरीसँग आग्रह गरेका थिए । यो विषयमा बुधबार भारतीय दूतावासमा पुनः थप छलफल गर्ने मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

बाढी पहिरो अपडेटः देशभर २४ को मृत्यु, २७ बढी बेपत्ता

काडमाडौं । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा गएको बाढी र पहिरोमा परी २४ जनाको मृत्यु भएको छ। ललितपुरमा ९, भक्तपुर, काभ्रे र पाँचथरमा ३–३, सिन्धुपाल्चोक र धनकुटामा २–२ तथा काठमाडौं, झापामा १–१ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। २७ जना बेपत्ता छन्। ललितपुरमा मात्रै बाढी पहिरोमा परी ९ जनाको मृत्यु भएको छ। ११ जना हराइरहेका छन्। उनीहरुको विवरण संकलनको काम भइरहेको जिल्ला प्रहरी परिसर ललितपुरले जानकारी दिएको छ। भक्तपुरमा पहिरोमा परी तीन जनाको मृत्यु भएको छ। सूर्यविनायक नगरपालिका– ९ पलाँसेमा पहिरोले घर पुर्दा कालिकोटका तीन जानको मृत्यु भएको हो। मृत्यु हुनेमा कालिकोटको सान्नी त्रिवेणी गाउँपालिका ५ स्थायी घर भएकी २४ वर्षीया बिमला शाही, उनकी बहिनी १४ वर्षिया मनिषा र ४ वर्षिया छोरी सूर्या बमको मृत्यु भएको भक्तपुर प्रहरी परिसरका प्रवक्ता मोहनमणि अधिकारीले जानकारी दिए। त्यस्तै, काभ्रेको तेमाल गाउँपालिका–७ मा पहिरोले घर पुरिँदा तीन जनाको मृत्यु भएको छ। आज बिहान करिब ३ बजेतिर भीमबहादुर तामाङको घर पहिरोले पुर्दा ५० वर्षीया पातली तामाङ र ४० वर्षीया नक्कली तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ। थप एकजना मृतको भने पहिचान खुलेको छैन्। यस्तै सिन्धुपाल्चोकको लिसङ्खु पाखर गाउँपालिका ३ मा पहिरोले घर पुर्दा पूर्व वडाध्यक्ष काजीबहादुर लामा र उनकी श्रीमती सुन्तली तामाङको मृत्यु भएको हो। उता, पाँचथरको फिदिममा पहिरोले घर पुर्दा तीन जनाको मृत्यु भएको छ। वडा नं ४ मा २४ वर्षीया सपना शेर्पा र उनकी छोरी पाँच वर्षीया डोल्माको मृत्यु भएको हो। यस्तै फिदिम–१ मा गएको पहिरोमा परि स्थानीय ५० वर्षका गोपी विश्वकर्माको मृत्यु भएको छ। फिदिम–१ कै पाँचजना अझै वेपत्ता छन्। धनकुटामा पहिरोमा परी आमाछोरीको मृत्यु भएको छ। पाख्रिबास नगरपालिका ५– गुराँसेमा सन्तोष तामाङकी ३० वर्षिया श्रीमती आशा तामाङ र उनकी आमा रामकुमारी तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विष्णु खड्काले जानकारी दिए। काठमाडौंको नागार्जुन नगरपालिकामा घर भत्किँदा एकजनाको मृत्यु भएको छ। सशस्त्र प्रहरी बलका अनुसार घर अरु केही व्यक्ति पुरिएका छन्। मृतक र बेपत्ताको परिचय खुल्न बाँकी छ। झापामा बाढीले बगाउँदा एक जनाको मृत्यु भएको छ। झापा गाउँपालिका–२, बालुवाटार बस्ने ३५ वर्षीया धनमाया घोरासैनीको माइखोलामा आएको बाढीमा परी मृत्यु भएको हो । दुई जना बेपत्ता छन्। यस्तै काभ्रेको पनौती नगरपालिका– ११ थुम्कीमा पहिरोले घर बगाउँदा पाँचजना सम्पर्कविहीन भएका छन्। स्थानीय अर्जुन भण्डारीको घर पुरिँदा उनी र श्रीमतीसहित पाँचजना बेपत्ता भएका हुन्। श्रीमान–श्रीमती र आफन्त तीनजना पहिरोमा पुरिएको खबर पाए पनि ठाउँठाउँमा पहिरो गएका कारण त्यहाँ पुग्न कठिनाइ भएको प्रहरीले जानकारी दिएको छ। सिस्नेरीका ३० घर बगायो अविरल वर्षाका कारण आएको बाढीले मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरी बजारका ३० वटा घरटहरा बगाएको छ। सिस्नेरी प्रहरी चौकीका इञ्चार्ज प्रहरी सहायक निरीक्षक भोजराज न्यौपानेले इलाका प्रहरी कार्यालय भवनसहित घर बगाएको जानकारी दिए। बाढीका कारण इन्द्रसरोवर गाउँपालिका–२ खानीखेतस्थित २८ घर डुबानमा परेका छन्। अविरल वर्षाका कारण कुलेखानी जलाशय भरिएपछि आज बिहान बाँधका दुई वटा ढोका खोलिएको थियो। विभिन्न खोलामा जलसतह बढेको र कुलेखानी जलाशयका कारण बाढी आएको प्रहरीले जनाएको छ। बाढी तथा डुबनका कारण मानवीय क्षति भने नभएको सिस्नेरी प्रहरीले जनाएको छ। स्थानीयलाई सुरक्षित स्थानमा राखिएको छ। अविरल वर्षाका कारण पहिरो जाँदा हेटौँडा–काठमाडौँ सडक अवरुद्ध भएको छ। पहिरोका कारण कान्तिलोकपथ, भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली–काठमाडौँ, कुलेखानी–फाखेल–काठमाडौँ, कुलेखानी–मातातीर्थ–काठमाडौँ र त्रिभुवन राजपथ अवरुद्ध भएको मकवानपुर प्रहरीले जनाएको छ।

सिस्नेरीमा एन्फा एकेडेमीका ६ विद्यार्थी बगे

मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका ३ सिस्नेरीमा रहेको बत्सलादेवी माध्यमिक विद्यालयमा सञ्चालित एन्फा एकेडेमीका ६ जना विद्यार्थीलाई बाढीले बगाएको छ। आज बिहान ६ बजेतिर सिस्नेरी खोलामा आएको बाढीले बगाउँदा ६ जना बेपत्ता भएको एकेडेमी संयोजक सुवासचन्द्र ठकुरीले जानकारी दिनुभयो । कुलेखानीको ड्याम खोलेपछि सुरक्षित स्थानतर्फ जाने क्रममा बाढीले बगाएको ठकुरीले बताउनुभयो । एन्फाले गत वर्ष उक्त विद्यालयसँग सहकार्य गरेर ४० विद्यार्थीलाई एकेडेमीमा राखेको थियो। बेपत्ता विद्यार्थीहरुमा अनुप घलान मकवानपु, आदित्य वलम्पाकी सर्लाही, रियान्स आचार्य, काठमाडौं, सुमन योन्जन मकवानपुर, विकल रेग्मी, निजगढ, दिवस बानियाँ मकवानपुर रहेका छन ।

अखिल क्रान्तिकारीको बन्दसत्र सुरु

काठमाडौं । नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको बन्दसत्र सुरु भएको छ ।  विहान ८ बजेदेखि बन्दसत्र सुरु गर्ने कार्यतालिका निर्धारण गरेको भए पनि प्रतिनिधि टुंगो लाग्न समय लागेको र झरीका कारण साँझ पौने ५ बजे मात्रै बन्दसत्र सुरु भएको हो । बन्दसत्रले अध्यक्ष पञ्चा सिंह नेतृत्वको कार्यसमिति भंग गरी अध्यक्षता मण्डल गठन गरेको छ । बन्दसत्रमा राजनीतिक र सांगठनिक प्रतिवेदन प्रस्तुत गरिएको छ। अब बन्दसत्रको सबै काम बीरबहादुर थापाको अध्यक्षतामा रहेको ७ सदस्यीय अध्यक्ष मण्डलले गर्नेछ भने विधान र प्रतिवेदन पारित भएपछि निर्वाचन समितिले नेतृत्व चयनको प्रक्रिया सुरु गर्ने छ । नेतृत्व सहमतिबाट चयन गर्न पार्टी नेताहरुले प्रयास जारी राखेका छन्, सहमति नभएको खण्डमा प्रत्यक्ष निर्वाचनबाट नै सम्पूर्ण पदाधिकारी र केन्द्रीय सदस्यहरु निर्वाचित हुनेछन् ।   नेतृत्व चयनका लागि पार्टीको केन्द्रीय निर्वाचन आयोगले अधिवक्ता मुक्ति प्रधानको संयोजकत्वमा निर्वाचन समिति खटाएको छ । सम्मेलनमा दुई हजार तीन सय २३ प्रतिनिधिले मतदान गर्नेछन् । प्रतिनिधिहरुले ३३ सदस्यीय पदाधिकारी र २४३ सदस्यीय केन्द्रीय समिति चयन गर्नेछन् । पदाधिकारीमा खुल्लाबाट एक अध्यक्ष, खुल्ला ४, समावेशी ५ सहित ९ जना उपाध्यक्ष, खुल्लाबाट १ महासचिव, ९ उपमहासचिव, १२ सचिव र १ कोषाध्यक्ष रहनेछन् । एकता प्रक्रिया, राष्ट्रिय सम्मेलन आयोजक समिति वा अन्य कुनै विशेष अवस्थामा केन्द्रीय समितिको संख्या थपघट गर्न सकिने प्रस्ताव गरिएको छ । केन्द्रीय कमिटीको एक तिहाइ नबढ्ने गरी ४८ सदस्यीय केन्द्रीय सचिवालयको प्रस्ताव विधानमा गरिएको छ ।

पर्यटन आर्थिक रुपान्तरणको महत्वपूर्ण क्षेत्रः प्रचण्ड

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा आर्थिक रुपान्तरणका लागि पर्यटन महत्वपूर्ण क्षेत्र भएको बताउनुभएको छ । आज परेको ४५औं विश्व पर्यटन दिवसको अवसरमा शुभकामना दिंदै उहाँले यस्तो बताउनुभएको हो । ‘नेपाल प्राकृतिक, सांस्कृतिक र साहसिक सबैखाले पर्यटनका दृष्टिले आकर्षक गन्तव्य हो। पछिल्ला वर्षहरुमा बाह्य पर्यटकको संख्या बढिरहेको छ भने आन्तरिक रुपमा पनि पर्यटन संस्कृति वृद्धि भएको छ’– उहाँले भन्नुभयो– ‘मेरो नेतृत्वको सरकारले पर्यटन क्षेत्रको पुरुत्थानका लागि लिएको नीति, कार्यक्रम र प्रयासको परिणामस्वरुप गत वर्ष सन् २०२३ मा लक्ष्यभन्दा बढी १० लाख १४ हजार पर्यटन भित्रिएका थिए र सन् २०२४ को आठ महिनामै ७ लाख २२ हजार पर्यटक भित्रिएको सुन्दा खुशी लागेको छ।’ चालु आर्थिक वर्षको बजेटका पाँच प्राथमिकताभित्र पर्यटन प्रवर्धनलाई महत्वपूर्ण क्षेत्रको रुपमा राखिएको उल्लेख गर्दै उहाँले यसको कार्यान्वयनमार्फत पर्यटन प्रवर्धनमा उल्लेख्य सुधार आउने र अर्थतन्त्रलाई सबल बनाउन थप योगदान पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।

लोकप्रिय