कैलालीका युवाहरु मेवा खेतीतर्फ बढी आकर्षित

कैलालीका युवाहरु मेवा खेतीतर्फ बढी आकर्षित

कैलाली, वैशाख १८ । पछिल्लो केही वर्षयता व्यावसायिक मेवा खेतीतर्फ कैलालीका किसानको आकर्षण बढ्दै गएको छ ।

अन्य खेतीभन्दा उत्पादन गर्न पनि सजिलो तथा बजार पनि सजिलै पाउन सकिने भएका कारण मेवा खेतीप्रति किसानको आकर्षण बढ्दै गएको हो । पहिले जिल्लामा छिटफुटरुपमा मेवाको खेती गर्ने किसान हिजोआज भने बजारीकरणको अभाव नदेखेपछि व्यावसायिकरुपमै सक्रिय हुन थालेका छन् ।

यहाँ पहिले विभिन्न कृषि उपजको व्यावसायिकरुपमै खेती भइरहेको छ । तर, हालसम्म कमै किसानले व्यावसायिकरुपमै मेवा खेती भने अपनाएका छैनन् । तर, बिस्तारै मेवाको पनि व्यावसायिकरुपमै खेती सुरु हुन थालेको छ ।

अन्य कृषि उपजभन्दा उत्पादन गर्न सजिलो र बजारमा पाउन पनि त्यति गाह्रो नभएकाले मेवा खेतीतर्फ आकर्षण बढ्दै गएको हो । केरालगायत अन्य फलफूल खेतीभन्दा मेवाको बजारीकरणमा त्यति समस्या नरहेकाले समूहमा नै मिलेर मेवा खेती गर्न सुरु गरेको धनगढीका युवा किसान अशोक खातीले बताउनुभयो । अशोकजस्तै केही जोशिला युवाको टोलीले कैलालीमा व्यावसायिक मेवा खेतीको प्रारम्भ गरेका हुन् ।

साना मझौला कृषक आयस्तर आयोजनाको अनुदानमा साढे १० लाख र १४ लाख व्यक्तिगत लगानीमा उनीहरुले मेवा खेतीको सुरुवात गरेका छन् । हालका लागि २ हेक्टर क्षेफलमा उनीहरुले मेवा लगाएका छन् । धान, गहुँ लगाउनुभन्दा मेवा खेती गर्दा आर्थिक लाभ हुने यो खेतीमा संलग्न किसानको भनाइ छ ।

थोरै जमिनबाट आम्दानी पनि राम्रो हुने भएकाले पनि उनीहरुको आकर्षण मेवामा बढेको हो । उनीहरुको योजना उत्पादन गर्नेमा मात्रै सीमित छैन । उत्पादित मेवालाई प्रशोधन गर्ने योजना पनि छ । स्थानीय उत्पादनलाई यतैको बजारमैे प्रशोधन गरेर विभिन्न परिकार बनाएर बिक्री गर्ने योजना रहेको उक्त टोलीमा संलग्न युवा हेमन्त भट्टले बताउनुभयो । कैलालीको हावापानी मेवा खेतीका लागि निकै अनकूल रहेको कृषि विज्ञहरु बताउँछन् ।

तर, जनचेतना अभावले गर्दा किसानको आकर्षण भने सोचे जति यो खेतीमा आकर्षण नबढेको बताइन्छ । पहिले घरायसी प्रयोजनका लागि मात्रै मेवा लगाउने गरेकामा हिजोआज भने थोरै जमिनमा भएपनि व्यावसायिकरुपमै यसको खेती भइरहेको कृषि कार्यालयले जनाएको छ । कृषि विकास कार्यालयले पनि मेवाका लागि फलफूल खेतीअन्तर्गतबाट अनुदान दिने गर्दछ । किसानको आकर्षण बढ्दै जाने हो भने मेवा खेती यहाँका विभिन्न ठाउँमा विस्तार हुने सम्भावना रहेको जिल्ला कृषि विकास कार्यालय कैलालीका वरिष्ठ कृषि विकास अधिकृत युवराव पाण्डेले बताए ।

सुदूरपश्चिममा मेवा खेतीको लागि बजारको कुनै समस्या नरहेको बताइएको छ । अन्य उत्पादित वस्तुहरुको बजारीकरणमा केही चुनौति रहेपनि यो खेतीका लागि समस्या नरहेको बताइन्छ । स्थानीयस्तरमा उत्पादित मेवा बढी रुचाइने भएकाले पनि यो खेतीको व्यावसायिकीकरणमा जोड दिनुपर्ने धेरैको जोड छ । मेवा अन्य खेतीभन्दा त्यति मिहिनेत गर्न नपर्ने र थोरै जमिनमा पनि उत्पादन गर्न सकिने भएकाले यसको सम्भावना कैलालीमा राम्रो रहेको सुदूरपश्चिमाञ्चल क्षेत्रिय कृषि निर्देशनालय दिपायलका योजना अधिकृत पशुपति पोखरेलले बताउनुभयो ।

कैलाली मेवा खेतीका लागि उपयुक्त भएकाले यसको व्यावसायिकीकरणमा जोड दिनुपर्ने किसानको माग छ । थोरै जमिनमा पनि राम्रो आर्थिक लाभ लिन सकिने खेतीका रुपमा हेरिने मेवाको विस्तारका लागि कृषि विकास कार्यालयले पनि किसानलाई सहयोग गर्न जरुरी रहेको अधिकांशको जोड छ ।

सातवटै प्रदेशको बजेट आज सार्वजनिक हुँदै

काठमाडौं । मुलुकका सातवटै प्रदेश सरकारले आज असार १ गते आगामी आर्थिक वर्ष २०८२/८३ का लागि बजेट सार्वजनिक गर्दैछन्। कोशीले ३५–४० अर्ब, मधेशले ४५ अर्ब, बाग्मतीले ६८ अर्ब, गण्डकीले ३२ अर्ब, लुम्बिनीले गत वर्षभन्दा थोरै कम, कर्णाली र सुदूरपश्चिमले करिब ३१ अर्बको बजेट ल्याउने तयारी गरेका छन्। संविधानअनुसार प्रदेश सरकारले हरेक वर्ष असार १ गते, संघले जेठ १५ र स्थानीय सरकारले असार १० गते बजेट ल्याउने प्रावधान छ।

सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो

काठमाडौं । नेपाली बजारमा सोमबार (२०८२ जेठ २७ गते) छापावाल सुनको मूल्य १०० रुपैयाँले घटेर प्रतितोला रु.१,९०,६०० पुगेको छ। आइतबार यो मूल्य रु. १,९०,७०० थियो। चाँदीको मूल्य भने ५ रुपैयाँले बढेर प्रतितोला रु। २,१५० पुगेको छ।

पाँच महिनामा ६ अर्ब ३२ करोडको आइटी सेवा निर्यात

काठमाडौं । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्ष २०८१–८२ को पाँच महिनासम्म (साउनदेखि मंसिरसम्म) को तथ्यांक अनुसार ६ अर्ब ३२ करोड रूपैयाँ बराबरको सूचना प्रविधिमा आधारित सेवा (आइटी सेवा) निर्यात भएको छ।   त्यस्तै, ७९ करोड रूपैयाँ बराबरको यस्तो सेवा आयात गरेको हो। राष्ट्र बैंकले चालु आर्थिक वर्षबाट यसरी खुल्ने तथ्यांक प्रकाशित गर्न थालेको हो। यही कारण अघिल्लो वर्षको यस्तो तथ्यांक भने राखिएको छैन। प्रोफेसनल र म्यानेजमेन्ट कन्सलटेन्सी सेवा निर्यातबाट नेपालले १४ अर्ब ५३ करोड रूपैयाँ आम्दानी गरेको छ। तर, सेवा क्षेत्रको घाटा बढ्न सुरू गरेको छ। कात्तिकमा यस्तो घाटा खुम्चिएको थियो। कात्तिकसम्ममा सेवा क्षेत्रको घाटा २७ अर्बबाट घटेर २२ अर्बमा सीमित भएको थियो। सेवाको निर्यातको तुलनामा आयात २२ अर्ब धेरै थियो। नेपालले ७३ अर्ब ३८ करोडको सेवा निर्यात गर्दा ९६ अर्बको सेवा आयात गरेको थियो। तर, मंसिरसम्म आइपुग्दा यस्तो घाटा फेरि बढ्न थालेको छ। मंसिरसम्ममा सेवा क्षेत्रको घाटा ४० अर्बमा पुगेको छ। सेवाको निर्यातको तुलनामा आयात ४० अर्ब धेरै भएको हो। नेपालले ९२ अर्ब ४७ करोडको सेवा निर्यात गर्दा एक खर्ब ३३ अर्बको सेवा आयात गरेको हो। अघिल्लो वर्षको यही अवधिसम्ममा भने नेपालले ९७ अर्ब ३९ करोडको सेवा निर्यात गर्दा एक खर्ब २३ अर्ब रूपैयाँको आयात गरेको थियो। विदेश भ्रमणमा जानेबाट हुने खर्च बढ्दा यस्तो घाटा केही बढेको देखिन्छ।

१३ अंकले घट्यो शेयर बजार, कारोबार रकम कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज(आइतबार) १३.०३ अंकको गिरावट आएको छ । साताको पहिलो शेयर बजार ०.४८ प्रतिशतले घटेर २६६७.४० विन्दुमा झरेको छ । बजार घट्दा ७ अर्ब ७२ करोड ८८ लाख ६१ हजार रुपैयाँ बराबरको १ करोड ५२ लाख ७० हजार १९७ कित्ता शेयर कारोबार भएको छ । आज ५५ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १८१ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ८ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । आज ३२२ वटा कम्पनी कारोबारमा आउँदा ७६ हजार ४१८ पटक शेयर किनबेच भएको छ । आइतबार १३ समूहमध्ये २ समूह बढेको छ भने ११ समूह घटेको छ । आज लगानी समूह ०.०८ प्रतिशतले बढेर १०४.६४ विन्दुमा पुगेको छ भने उत्पादन तथा प्रशोधन समूह ०.६८ प्रतिशतले बढेर ६ हजार ७८७ विन्दुमा पुगेको छ ।आज सबैभन्दा बढी विकास बैंक १.६३ प्रतिशतले घटेर ५ हजार ५२६.१९ विन्दुमा पुगेको छ । त्यस्तै, वाणिज्य बैंक समूह ०.५४ प्रतिशतले, फाइनान्स ०.३७ प्रतिशतले, होटल तथा पर्यटन ०.४९ प्रतिशतले, हाइड्रोपावर ०.४१ प्रतिशतले, जीवन बीमा ०.५५ प्रतिशतले, लघुवित्त ०.९४ प्रतिशतले, म्युचुअल फण्ड ०.१२ प्रतिशतले, निजीवन बीमा ०.१७ प्रतिशते, अन्य समूह ०.७१ प्रतिशतले र ट्रेडिङ समूह ०.०७ प्रतिशतले घटेको छ ।

लोकप्रिय