कैलालीका १० तहमा एमाले उम्मेदवारकाे टुंंगो

कैलालीका १० तहमा एमाले उम्मेदवारकाे टुंंगो

लोकेश धामी
कैलाली, बैशाख ११ । नेकपा एमालले कैलालीका १३ मध्ये १० वटा स्थानीय तहमा स्थानीय तहको लागि प्रमुख र उपप्रमुखको उम्मेदवार तय गरेको छ । एमाले प्रदेश नम्बर सातको बैठकले स्थानीय तहमा उम्मेदवारको टुंगो लगाएको हो ।

धनगढी उपमहानगरपालिका तथा गोदावरी नगरपालिका र लम्की–चुहा नगरपालिकामा उम्मेदवारको टुड्डो लाग्न बाँकी रहेको एमाले प्रदेश समितिका कार्यालय सचिव दिनेशचन्द्र सुवेदीले जानकारी दिए । धनगढी उपमहानगरपालिकामा उम्मेदवार एमाले स्थानीय समितिले छान्ने छ ।

कैलालीका बाँकी दुई नगरपालिकामा केही प्राविधिक कुरा मिल्न बाँकी रहेको उनले बताए । एमालेले टीकापुर नगरपालिकामा प्रमुखमा तपेन्द्र रावल तथा उपप्रमुखमा कमला केसीलाई उम्मेदवार बनाएको छ ।

भजनी नगरपालिकामा प्रमुखमा प्रदिप मल्ल र उपप्रमुखमा मधुमती चौधरी, घोडाघोडी नगरपालिकाको प्रमुखमा अमर साउँद र उपप्रमुखमा लक्षमी चौधरी तथा गौरीगड्डा नगरपालिकाको प्रमुखमा भीम देउवा र उपप्रमुखमा अञ्चला चौधरीलाई उम्मेदवार बनाउने निर्णय एमालले गरेको छ ।

यस्तै मोहन्याल गाउँपालिकाको प्रमुख नवलसिंह रावल, उपप्रमुख पुजा बुढा, चुरे गाउँपालिकाको प्रमुखमा धनबहादुर रोक्कामगर र उपप्रमुखमा दीपा साउँद, बर्दगोरिया गाउँपालिकाको प्रमुखमा कर्ण कुँवर र उपप्रमुखमा सावित्रा सापकोटालाई उम्मेदवार बनाउने निर्णय भएको सचिव सुवेदीले जानकारी दिए ।

यस्तै कैलारी गाउँपालिकाको प्रमुखमा रामप्रसाद चौधरी र उपप्रमुखमा झुमादेवी चौधरी, जानकी गाउँपालिकाको प्रमुखमा जगत चौधरी र उपप्रमुखमा गड्डा थापा तथा जोशीपुर गाउँपालिकाको प्रमुखमा प्रेमलाल चौधरी र उपप्रमुखमा गोमा आचार्यलाई एमालेले उम्मेदवार बनाएको छ ।

गोदावरी नगरपालिकाको प्रमुखका लागि हरिसिंह साउँद, कृष्णप्रसाद सुवेदी र खम्ब बुढा तथा लम्की–चुहा नगरपालिकाको प्रमुखका लागि महादेव बजगाई, रतन थापा र कर्ण जैसीको नाम सिफारिस भएर आएको सुवेदीले जानकारी दिए ।

प्रदेश समितिको बैठकले प्रदेश नम्बर ७ का ८८ वटा स्थानीय तहमध्ये ८२ तहमा उम्मेदवार टुड्डो लगाएको सचिव सुवेदीले जानकारी दिए । दार्चुला, बैतडी र बझाङका धेरै तहबाट निर्विरोध सिफारिस भएर आएका उनले बताए । उनले अधिकांश वडाहरुमा पनि जिल्ला समितिहरुले उम्मेदवार छनौट गरिसकेको बताए ।

अनेरास्ववियु (क्रान्तिकारी)को राष्ट्रिय सम्मेलनको तयारी पूरा

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को २३औँ राष्ट्रिय सम्मेलनको तयारी पूरा गरेको छ ।  क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहले यही असोज १० देखि १४ गतेसम्म हुने सम्मेलनको तयारी पूरा गरिएको जानकारी दिनुभयो । यसअघि सम्मेलन असोज २ देखि ५ गते तोकिएकामा तीन प्रदेश कमिटीको सम्मेलन बाँकी रहेकाले नयाँ मिति तोकिएको उहाँले बताउनुभयो । सम्मेलनमा दुई हजार तीन सय २३ प्रतिनिधि सहभागी हुने भएका छन् । सम्मेलनले ३३ पदाधिकारीसहित दुई सय ४३ जनाको नयाँ केन्द्रीय कमिटी चयन गर्नेछ ।  उहाँका अनुसार यसपटक सम्मेलनमा सहभागी प्रतिनिधिले नै पदाधिकारी र केन्द्रीय कमिटी चयन गर्ने छन् । वर्तमान केन्द्रीय समितिले सम्मेलनमा सहभागी हुनका लागि आआफ्नो मातहतका कमिटीबाट निर्वाचित भएर आउनुपर्ने नयाँ व्यवस्था गरिएको छ । यसअघि वर्तमान केन्द्रीय कमिटी स्वतः सम्मेलनको प्रतिनिधिका रुपमा रहँदै आएका थिए ।  सम्मेलनको उद्‌घाटन सत्र कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान र बन्द सत्र किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको सभाहलमा हुने छ । सम्मेलनको उद्‌घाटन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नुहुनेछ ।

जलवायु न्यायको माग गर्दै युवाहरु सडकमा

ललितपुर– जलवायु न्यायको माग गर्दै युवायुवतीको समूहले ललितपुरको जावलाखेलमा पिपुल्स क्लाइमेट मार्च २०२४ र्‍याली निकालेका छन् । र्‍यालीमा सहभागीले विभिन्न नारा लेखिएका ब्यानर र प्ला कार्ड बोकेका थिए । उनीहरूले विकसित मुलुकहरूले खनिज, पेट्रोलियम एवं औद्योगिक उत्सर्जनबाट प्रदुषण बढाउन मुख्य जिम्मेवार रहेको र यसको मारमा नेपाल जस्ता राष्ट्रहरू परेको भन्दै विकसित देशले नेपाल जस्ता देशलाई क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् । विकसित राष्ट्रहरूले नेपाल जस्तो कम हरितगृह ग्यास उत्सर्जन गर्ने देशलाई तिर्नुपर्ने दायित्व पनि ऋणको रूपमा दिन खोजेको भन्दै यसको विरोध समेत गरेका छन् । नेपालमा भएको यो र्‍याली ‘ग्लोवल विक अफ एक्सन इन साउथ एसिया’को सन्दर्भ पारेर पनि आयोजना गरिएको हो ।

यस वर्ष दसैँको टीकाको उत्तम साइत ११ः३६ बजे

काठमाडौं । यस वर्षको दसैँको टीकाको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा रहेको छ । शुक्रबार नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले सूचना जारी गर्दै  बिहान ८ बजेर ३३ मिनेटमा देवी विसर्जन गरिने जनाइको हो ।  टीका लगाइमाग्ने व्यक्तिले पूर्व फर्किनुपर्ने समितिले जनाएको छ । समितिका अनुसार घटस्थापनाको साइत असोज १७ गते बिहान ९ बजेर १६ मिनेटमा रहेको छ ।  यस्तै असोज २४ गते फूलपाती भित्राउने शुभसाइत बिहान ७ बजेर ११ मिनेटमा रहेको समितिले जनाएको छ । असोज २५ गते महाअष्टमी, कालरात्रि र महानवमी एकै दिन परेको समितिले जनाएको छ । असोज ३० गते कोजाग्रत पूर्णिमादेखि दसैँ पनि सकिने छ ।

एक सय ३५ उपसचिवहरूको सरुवा, करिब तीन दर्जन भुमिकाबिहिन

काठमाडौँ । सरकारले एक सय ३५ जना उपसचिवहरूको सरुवा तथा जिम्मेवारी हेरफेर गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भदौ ३१ गतेसम्म भन्दै विभिन्न मन्त्रालय, विभाग तथा संघीय निकायमा कार्यरत रहेका उपसचिवहरूको जिम्मेवारी फेरबदल गरेको सूची सार्वजनिक गरेको हो ।  सरुवा सूचीमा रहेका उपसचिवहरूलाई शिक्षा, श्रम तथा रोजगारी, गृह, उद्योग, स्वास्थ्य, वन तथा वातावरण, भूमि व्यवस्था, जलस्रोत तथा सिँचाइ लगायतका विभिन्न मन्त्रालयहरूमा खटाइएको छ भने त्यसमध्ये करीब तीन दर्जनजति उपसचिवहरुलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा राखेर भुमिका बिहिन बनाइएको छ ।

लोकप्रिय