कैलालीमा गहुँको उत्पादनमा वृद्धि

कैलाली, वैशाख ११ । कैलालीमा गत वर्षको तुलनामा यो वर्ष गहुँको उत्पादन बढेको कृषि विकास कार्यालयले जनाएको छ ।
सबैजसो क्षेत्रमा उत्पादकत्व बढेको सो कार्यालयको भनाई छ । सिचांई सुविधा पुगेको र खेतीका लागि उपयुक्त मानिएको क्षेत्रमा उत्पादकत्व प्रतिहेक्टर ४ दशमलव १ मेट्रिकटन रहेको अनुमान कार्यालयले गरेको छ ।
त्यस्तो क्षेत्रमा उत्पादकत्व यसअघि ३ दशमलव ९ मेट्रिकटन रहेको जिल्ला कृषि विकास कार्यालयका कृषि प्रसार अधिकृत गौरीशंकर गुप्ताले जानकारी दिए ।
सिंचाई सुविधा नपुगेको र उत्पादनका दृष्ट्रिले त्यति उपयुक्त नमानिएको क्षेत्रमा पनि तुलनात्मक रुपमा उत्पादकत्व बढेको उनले बताए । गहुँका लागि उपयुक्त मौसम हुनु उत्पादन बढ्नुको मुख्य कारण रहेको कृषि प्राविधिकहरुले बताएका छन् ।
प्रारम्भीक विवरण हेर्दा उत्पादन बढेको तर जिल्लाभरको उत्पादनको एकिन विवरण भने निकाल्न बाकी रहेको उनले बताए । पछिल्लो समय उन्नत जातको बीउ प्रयोग गर्ने किसानको संख्या बढ्दै गएको उनले बताए ।
जिल्ला कृषि विकास कार्यालयका अनुसार यो वर्ष करिब ५० प्रतिशत क्षेत्रमा विजय जातको उन्नत गहुँ लगाइएको थियो ।
यस्तै जिल्लामा गौतम, आदीत्य, नेपाल २९७ लगायत जातको गहुँको खेती हुने गरेको कार्यालयको भनाई छ ।
जिल्लाभर यो वर्ष ३४ हजार ५ सय हेक्टरमा गहँु खेती गरिएको थियो । गहुँको उत्पादन बढाउनका लागि उन्नत बीउको प्रयोग, नियमित सिंचाई, उपयुक्त समयमा मलखाद हाल्न, झार नियन्त्रण गर्न र बीर फेरेर लगाउनमा कृषि विकास कार्यालयले जोड दिइरहेको प्रसार अधिकृत गुप्ताले बताए ।
कैलाली अन्न उत्पादनका दृष्टिले उर्बर जिल्ला मानिन्छ । तर सबै क्षेत्रमा सिंचाई सुविधा नहुँदा संभावना भएर पनि उत्पादकत्व बढ्न सकेको छैन । सिचांई सुविधा विस्तार भए र आधुनिक प्रविधि बीउको प्रयोगमा जोड दिन सके उत्पादकत्व अझै बढ्ने कृषि प्राविधिकहरुको भनाई छ ।
उन्नत बीउ, आधुनिक प्रविधि, भण्डारण, सिंचाई, मलखाद आदिमा सहयोग गरेर गहुँबालीको उत्पादन बढाउनका लागि कैलालीमा यस वर्षदेखि प्रधानमन्त्री आधुनिक कृषि परियोजना अन्तरगत गहुँमा सुपरजोन कार्यक्रम लागू भएको छ ।
सातवटै प्रदेशको बजेट आज सार्वजनिक हुँदै
काठमाडौं । मुलुकका सातवटै प्रदेश सरकारले आज असार १ गते आगामी आर्थिक वर्ष २०८२/८३ का लागि बजेट सार्वजनिक गर्दैछन्। कोशीले ३५–४० अर्ब, मधेशले ४५ अर्ब, बाग्मतीले ६८ अर्ब, गण्डकीले ३२ अर्ब, लुम्बिनीले गत वर्षभन्दा थोरै कम, कर्णाली र सुदूरपश्चिमले करिब ३१ अर्बको बजेट ल्याउने तयारी गरेका छन्। संविधानअनुसार प्रदेश सरकारले हरेक वर्ष असार १ गते, संघले जेठ १५ र स्थानीय सरकारले असार १० गते बजेट ल्याउने प्रावधान छ।
सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो
काठमाडौं । नेपाली बजारमा सोमबार (२०८२ जेठ २७ गते) छापावाल सुनको मूल्य १०० रुपैयाँले घटेर प्रतितोला रु.१,९०,६०० पुगेको छ। आइतबार यो मूल्य रु. १,९०,७०० थियो। चाँदीको मूल्य भने ५ रुपैयाँले बढेर प्रतितोला रु। २,१५० पुगेको छ।
पाँच महिनामा ६ अर्ब ३२ करोडको आइटी सेवा निर्यात
काठमाडौं । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्ष २०८१–८२ को पाँच महिनासम्म (साउनदेखि मंसिरसम्म) को तथ्यांक अनुसार ६ अर्ब ३२ करोड रूपैयाँ बराबरको सूचना प्रविधिमा आधारित सेवा (आइटी सेवा) निर्यात भएको छ। त्यस्तै, ७९ करोड रूपैयाँ बराबरको यस्तो सेवा आयात गरेको हो। राष्ट्र बैंकले चालु आर्थिक वर्षबाट यसरी खुल्ने तथ्यांक प्रकाशित गर्न थालेको हो। यही कारण अघिल्लो वर्षको यस्तो तथ्यांक भने राखिएको छैन। प्रोफेसनल र म्यानेजमेन्ट कन्सलटेन्सी सेवा निर्यातबाट नेपालले १४ अर्ब ५३ करोड रूपैयाँ आम्दानी गरेको छ। तर, सेवा क्षेत्रको घाटा बढ्न सुरू गरेको छ। कात्तिकमा यस्तो घाटा खुम्चिएको थियो। कात्तिकसम्ममा सेवा क्षेत्रको घाटा २७ अर्बबाट घटेर २२ अर्बमा सीमित भएको थियो। सेवाको निर्यातको तुलनामा आयात २२ अर्ब धेरै थियो। नेपालले ७३ अर्ब ३८ करोडको सेवा निर्यात गर्दा ९६ अर्बको सेवा आयात गरेको थियो। तर, मंसिरसम्म आइपुग्दा यस्तो घाटा फेरि बढ्न थालेको छ। मंसिरसम्ममा सेवा क्षेत्रको घाटा ४० अर्बमा पुगेको छ। सेवाको निर्यातको तुलनामा आयात ४० अर्ब धेरै भएको हो। नेपालले ९२ अर्ब ४७ करोडको सेवा निर्यात गर्दा एक खर्ब ३३ अर्बको सेवा आयात गरेको हो। अघिल्लो वर्षको यही अवधिसम्ममा भने नेपालले ९७ अर्ब ३९ करोडको सेवा निर्यात गर्दा एक खर्ब २३ अर्ब रूपैयाँको आयात गरेको थियो। विदेश भ्रमणमा जानेबाट हुने खर्च बढ्दा यस्तो घाटा केही बढेको देखिन्छ।
१३ अंकले घट्यो शेयर बजार, कारोबार रकम कति ?
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज(आइतबार) १३.०३ अंकको गिरावट आएको छ । साताको पहिलो शेयर बजार ०.४८ प्रतिशतले घटेर २६६७.४० विन्दुमा झरेको छ । बजार घट्दा ७ अर्ब ७२ करोड ८८ लाख ६१ हजार रुपैयाँ बराबरको १ करोड ५२ लाख ७० हजार १९७ कित्ता शेयर कारोबार भएको छ । आज ५५ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १८१ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ८ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । आज ३२२ वटा कम्पनी कारोबारमा आउँदा ७६ हजार ४१८ पटक शेयर किनबेच भएको छ । आइतबार १३ समूहमध्ये २ समूह बढेको छ भने ११ समूह घटेको छ । आज लगानी समूह ०.०८ प्रतिशतले बढेर १०४.६४ विन्दुमा पुगेको छ भने उत्पादन तथा प्रशोधन समूह ०.६८ प्रतिशतले बढेर ६ हजार ७८७ विन्दुमा पुगेको छ ।आज सबैभन्दा बढी विकास बैंक १.६३ प्रतिशतले घटेर ५ हजार ५२६.१९ विन्दुमा पुगेको छ । त्यस्तै, वाणिज्य बैंक समूह ०.५४ प्रतिशतले, फाइनान्स ०.३७ प्रतिशतले, होटल तथा पर्यटन ०.४९ प्रतिशतले, हाइड्रोपावर ०.४१ प्रतिशतले, जीवन बीमा ०.५५ प्रतिशतले, लघुवित्त ०.९४ प्रतिशतले, म्युचुअल फण्ड ०.१२ प्रतिशतले, निजीवन बीमा ०.१७ प्रतिशते, अन्य समूह ०.७१ प्रतिशतले र ट्रेडिङ समूह ०.०७ प्रतिशतले घटेको छ ।