कैलालीमा डढेलोबाट वन जोगाउन यस्तो छ तयारी

कैलालीमा डढेलोबाट वन जोगाउन यस्तो छ तयारी

कैलाली, चैत १९ । गत वर्ष आगलागीबाट दशमै सबैभन्दा बढि वन नाश भएको कैलालीमा यसवर्ष वनलाई डढेलोबाट जोगाउका लागि पूर्व तयारी गरिएको छ । गतवर्षको जस्तै अवस्था सृजना हुन नदिन सचेतनामूलक कार्यक्रम सहित पूर्व तयारी पनि गरिएको जिल्ला वन कार्यालयले जानकारी दिएको छ ।

डढेलो नियन्त्रण गर्न विभिन्न जनचेतनामूलक तथा सन्देशमूलक कार्यक्रममा तिव्रता दिइएको जिल्ला वन कार्यालय कैलालीका सहायक वन अधिकृत पुष्पराज जोशीले जानकारी दिए ।
गत वर्ष कैलालीको राष्ट्रिय र सामुदायिक वन गरि करिव १५ हजार २ सय बढि हेक्टर वन क्षेत्रमा डढेलो लागेको थियो । यो मध्ये सबैभन्दा बढि चुरे क्षेत्रको वन आगलागीबाट सखाप भएको थियो । आगलागीबाट विभिन्न संकटापन्न वन्यजन्तु प्रभावित भएका वन कार्यालयको तथ्याङ्क छ ।

तराई क्षेत्रभन्दा यहाँको पहाडी तथा चुरे क्षेत्रमा बढि डढेलोको जोखिममा रहेको बताइन्छ । कैलालीको पहाडी क्षेत्रमा चैत्र वैशाखको सुख्खा समयमा डढेलोको बढि खतरा रहेको जोशीले बताए ।

यो वर्ष चैत १ देखि ७ गतेसम्म वन डढेलो नियन्त्रण तथा व्यवस्थापन सप्ताहका अवसरमा पनि विभिन्न गतविधिहरू गरिएका छन् । कैलालीमा अधिकांश वन क्षेत्र उपभोक्ताको लापरबाही तथा प्राकृतिक कारण पनि नोक्सान भइरहेको कतिपयको भनाइ छ ।

सर्वसाधारण तथा उपभोक्ताले जथाभावी प्रज्वलनशिल वस्तु फाल्दा कैलालीमा वर्सेनी वनमा डढेलोको जोखिम बढ्दै गएको जोशीले बताए । उनले चुरे क्षेत्रको वनमा आगलागी नियन्त्रण गर्नका लागि समूह गठन गरेर जनशक्ति तयार गरिएको बताए ।

आगलागी भएमा नियन्त्रण गर्नका लागि समूह परिचालन गरिने उनले जानकारी दिए । डढेलोको अत्यधिक जोखिम रहेका चुरे क्षेत्रका १० वटा वनमा पानी पोखरी समेत निमार्ण गरिएकाले यो वर्ष आगलागीबाट वनमा क्षति कम हुने विश्वास गरिएको छ ।

कैलालीमा राष्ट्रिय र सामुदायिक गरी २ लाख ५ हजार नौ सय ३३ हेक्टर क्षेत्रफल वन रहेको छ । चैत वैशाखको सुख्खा समयमा आगलागीका घटना बढि हुने भएकाले सबै सचेत रहनु पर्ने जिल्ला वन कार्यालयले बताएको छ । वन क्षेत्रमा जथाभावी लागो नबाल्न, चुरोट, बिडी नफाल्न र डढेलो लागेमा सकेसम्म तुरुन्त निभाउन जिल्ला वन कार्यालयले सबैलाई आग्रह गरेको छ ।

यस वर्ष दसैँको टीकाको उत्तम साइत ११ः३६ बजे

काठमाडौं । यस वर्षको दसैँको टीकाको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा रहेको छ । शुक्रबार नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले सूचना जारी गर्दै  बिहान ८ बजेर ३३ मिनेटमा देवी विसर्जन गरिने जनाइको हो ।  टीका लगाइमाग्ने व्यक्तिले पूर्व फर्किनुपर्ने समितिले जनाएको छ । समितिका अनुसार घटस्थापनाको साइत असोज १७ गते बिहान ९ बजेर १६ मिनेटमा रहेको छ ।  यस्तै असोज २४ गते फूलपाती भित्राउने शुभसाइत बिहान ७ बजेर ११ मिनेटमा रहेको समितिले जनाएको छ । असोज २५ गते महाअष्टमी, कालरात्रि र महानवमी एकै दिन परेको समितिले जनाएको छ । असोज ३० गते कोजाग्रत पूर्णिमादेखि दसैँ पनि सकिने छ ।

एक सय ३५ उपसचिवहरूको सरुवा, करिब तीन दर्जन भुमिकाबिहिन

काठमाडौँ । सरकारले एक सय ३५ जना उपसचिवहरूको सरुवा तथा जिम्मेवारी हेरफेर गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भदौ ३१ गतेसम्म भन्दै विभिन्न मन्त्रालय, विभाग तथा संघीय निकायमा कार्यरत रहेका उपसचिवहरूको जिम्मेवारी फेरबदल गरेको सूची सार्वजनिक गरेको हो ।  सरुवा सूचीमा रहेका उपसचिवहरूलाई शिक्षा, श्रम तथा रोजगारी, गृह, उद्योग, स्वास्थ्य, वन तथा वातावरण, भूमि व्यवस्था, जलस्रोत तथा सिँचाइ लगायतका विभिन्न मन्त्रालयहरूमा खटाइएको छ भने त्यसमध्ये करीब तीन दर्जनजति उपसचिवहरुलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा राखेर भुमिका बिहिन बनाइएको छ ।

पत्रकार महासंघका कार्यवाहक अध्यक्ष बिष्टद्वारा राजीनामा

नेपाल पत्रकार महासङ्घका कार्यवाहक अध्यक्ष रमेश विष्टले राजीनामा दिएका छन् । विष्टले असोज १२ गते महासङ्घको निर्वाचन अनिश्चितकालका लागि स्थगित भएपछि विष्टले राजीनामा दिएका हुन् । आफ्नो राजीनामा उनले भनेका छन ‘विधान अनुसार महासङ्घको सदस्यताको फारम नभरेका, शुल्क नबुझाएका, पत्रकारिता क्षेत्रमा रहेको प्रमाण पेश नगरेका, जिल्ला र प्रदेश समितिबाट सिफारिस नभएका करिब साढे ४ सय व्यक्तिका विषयमा जिल्ला अध्यक्षहरूले प्रश्न उठाएपछि  सङ्गठनहरूले त्यसको उत्तर  दिन र जिम्मेवारी लिन नसक्दा यही असोज १२ गतेका लागि तोकिएको निर्वाचन नहुने निश्चित भएको हो । क्रियाशील पत्रकारले सदस्यता लिन र जोगाउन सङ्घर्ष गर्नु पर्ने तर पत्रकारिता क्षेत्रले नै नचिनेका व्यक्तिलाई घरमै सदस्यता पुर्याउने गलत अभ्यास हुर्किँदै जानु लज्जाको विषय हो । सङ्गठनहरूको दबाबमा त्यस्ता व्यक्तिलाई सदस्य स्वीकार गर्दै  जानु महासङ्घको गम्भिर झुल भएको  स्वीकार गर्नु पर्दछ ।’ विष्टले व्यक्तिगत र पदाधिकारीको हैसियतले सदस्यताको छिनाझप्टीमा कतै संलग्न नभएपनि २०८१ साल असोज १२ गते तोकिएको  निर्वाचन हुन नसकेकोसहित महासङ्घबाट  भएका सबै कमजोरीहरूको नैतिक जिम्मेवारी लिँदै  कार्यवाहक अध्यक्षबाट राजीनामा दिएको उल्लेख गरेका छन् । महासंघको निर्वचन समितिले आजै एक सूचना प्रकाशित गरि निर्वाचनका कार्यक्रम स्थगित भएको जानकारी दिएको थियो । महासङ्घमा विवाद चर्किएपछि महासङ्घको अध्यक्ष पदबाट विपुल पोखरेलले यस अघि नै राजीनामा दिइसकेका छन् ।

चाडबाड लक्षित सहुलियत पसल सुरु, ६१ स्थानमा सञ्चालनको तयारी

काठमाडौं । चाडबाडलाई लक्ष्य गर्दै खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सहुलियत पसल सुरु गरेको छ ।  संविधान दिवसको अवसर पारेर सञ्चालनमा ल्याइएको छुट पसलबाट सर्वसाधारणले धेरै सस्तोमा सामान किन्न सक्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश आचार्यले जानकारी दिनुभयो । एक साताभित्र ४२ जिल्लाका ६१ ठाउँबाट सहुलियत पसल सञ्चालन गर्ने उहाँले जानकारी दिनुभयो । किलोमा न्यूनतम ५ रुपैयाँ छुटले गरिब जनतालाई धेरै राहत मिल्ने प्रादेशिक कार्यालय प्रमुख भीम थापाले जानकारी दिनुभयो । संख्याका हिसाबले छुट पसल थोरै भए पनि अनलाइनमार्फत बिक्री गरिने खाद्यान्नमा पनि छुट दिइने उहाँको भनाइ छ । खाद्य र साल्टजस्तै दुग्ध विकास संस्थानले पनि सहुलियत पसल सञ्चालन गर्दै आएको छ । डीडीसीले भदौ १ देखि नै छुटमा बिक्री गर्दै आएको छ । डीडीसीले दुग्ध पदार्थअनुसार किलोमा १ सय ४० रुपैयाँसम्म छुट दिएर सामान बेचिरहेको छ । सरकारले सर्वसाधारणलाई छुट दिन सुपथ पसल सञ्चालन गरे पनि धेरैजसो पसल सुगममा मात्रै छन् ।

लोकप्रिय