खेर गएको पानीबाट विद्युत निकालेर कुनाकाप्चा उज्यालो बनाउँछौ‌ं : पौडेल

खेर गएको पानीबाट विद्युत निकालेर कुनाकाप्चा उज्यालो बनाउँछौ‌ं : पौडेल

लाममेला (वागलुङ), कात्तिक २१ । ठाउँ–ठाउँमा चुनावी सभासँगै मतदाता भेटघाटलाई तीव्र पारेका वाम गठबन्धन बागलुङ निर्वाचन क्षेत्र नम्बर–२ का उम्मेदवारले मंगलबार तमानखोलाको लाममेलामा कार्यक्रम गरेका छन् ।

प्रतिनिधि सभा सदस्यका लागि बागलुङ क्षेत्र नम्बर २ का प्रत्यक्षतर्फका उम्मेदवार देवेन्द्र पौडेल र प्रदेश सभा–२ का उम्मेदवार टेकबहादुर घर्तीको टोलीले पश्चिम बागलुङको तमानखोला गाउँपालिकाको लाममेलामा सभा गरेको हो ।

चुनावी सभालाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका सचिवालय एवम् प्रतिनिधि सभा बागलुङ निर्वाच क्षेत्र नम्बर–२ का वाम गठबन्धनका साझा उम्मेदवार देवेन्द्र पौडेल ‘सुनिल’ले वामपन्थी नेतृत्वको सरकारले थालेको उज्यालो नेपाल अभियानलाई दुरदराजसम्म पु¥याउने बताए ।

उनले १८ घण्टासम्म लोडसेडिङ हुने गरेको मुलुकमा २४ सैँ घण्टा विजुली झलमल बनाउने वामपन्थी नै भएको भन्दै बगिरहेका खोलाबाट विजुली निकालेर नेपाललाई उज्यालो बनाउने दावी गरे ।

‘तपाई हामीले देखेकै कुरा हो एक वर्ष अघिसम्म सुख्खा याममा १८ घण्टा विजुली जान्थ्यो, हाम्रा अध्यक्ष प्रचण्ड प्रधानमन्त्री भएका बेला कुलमानको नेतृत्वमा सुरु भएको उज्यालो अभियानले ठुला शहर उज्यालिएका छन्,’ पौडेलले भने, ‘वामपन्थीको सरकार बनेपछि हामीले गाउँगाउँमा बगरेर खेर गईरहेको पानीबाट विद्युत निकालेर दुरदराज र कुनाकाप्चा समेत उज्यालो बनाउँछौँ ।’

पौडेलले अहिलेसम्म पनि राष्ट्रिय प्रचारण लाइन पुग्न नसकेको पश्चिम बागलुङमा विजुली पुराउने आफ्नो पहिलो दायित्व हुने बताए । ‘यति ठुलो भुगोलमा राष्ट्रिय प्रसारणको विजुली आईपुगेको छैन, यसमा म निकै दुखि छु, केन्द्रीय विद्युत ल्याउने मात्र नभएर यहाँका खोला नालबाट विजुली निकालेर राष्ट्रको उर्जा संकटलाई तत्काल समाधान गर्ने कुरामा म प्रतिवद्ध छु ।’

उनले दक्षिण एसियामै नमुना बनाउन सकिने नेपालकै ठुलो ८ सय मेगावाट भन्दा बढीको उत्तरगंगा जलासययुक्त जलविद्युत आयोजना निर्माणको कामलाई यथाशिघ्र अघि बढाउन आफुले पहल गर्ने प्रतिवद्धता जनाए ।

‘ईच्छाशक्ति सहितको नेतृत्व भए दुई वर्षभित्र पूरै नेपाल उज्यालो बनाउ सकिन्छ,’ पौडेलले भने, ‘पाँच वर्षमा त हामी संसारका अरु देशलाई विजुली वेचेर आम्दानी गर्न सक्छौँ, वामपन्थी सरकारले यो कामलाई उच्च प्राथमिकता सहित अघि बढाउँछ ।’

प्रदेश सभा–२ का वामपन्थी उम्मेदवार तथा राष्ट्रिय जनमोार्चाका नेता टेकबहादुर घर्तीले सिंहदरबारको अधिकार जनतामाझ ल्याउन अगुवाई गर्ने कम्युनिष्टले मुलुकको विकसको पनि नेतृत्व गर्ने बताए । उनले तमानमा होमस्टे चलाएर पर्यटक अकर्षण गर्ने बताए । घर्तीले बुर्तिबाङ तमानहुँदै म्याग्दी जोड्ने सडकलाई तत्काल कालोपत्रे गर्ने प्रतिबद्धता जनाए ।

प्रदेश सभा–२ का वामपन्थी उम्मेदवार तथा राष्ट्रिय जनमोार्चाका नेता टेकबहादुर घर्तीले सिंहदरबारको अधिकार जनतामाझ ल्याउन अगुवाई गर्ने कम्युनिष्टले मुलुकको विकसको पनि नेतृत्व गर्ने बताए । उनले तमानमा होमस्टे चलाएर पर्यटक अकर्षण गर्ने बताए । घर्तीले बुर्तिबाङ तमानहुँदै म्याग्दी जोड्ने सडकलाई तत्काल कालोपत्रे गर्ने प्रतिबद्धता जनाए ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य फमलाल निउरे, एमाले नेता तथा प्रदेश सभाका समानुपातिक उम्मेदवार मोहनलाल शर्मा, ढोरपाटन नगरपालिका प्रमुख तथा एमाले नेता देव कुमार नेपाली लगायतले नेपाललाई समृद्ध बनाउन वामपन्थीको सरकारले ५ वर्ष ढुक्क भएर शासन गर्न पाउनुपर्ने बताए । यसका लागि अहिलेको वामपन्थी गठबन्धनले दुईतिहाई सिट प्राप्त गर्नुपर्ने उनीहरुको भनाई थियो ।

कार्यक्रममा नेकपा एमाले जिल्ला सदस्य उदिम छन्त्यालको अध्यक्षता, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य सुर्य श्रीपालीको स्वागत र माओवादि केन्द्र तमान खोला गाउँपालिका संयोजक देबबहादुर पुनको संचालनमा सम्पन्न भएको थियो ।

कार्यक्रममा निर्वाचन क्षेत्र नम्बर–२ को प्रदेश सभा–२ का निर्वाचन परिचालन कमिटि संयोजक तथा जनमोर्चा नेता धर्म कुँवर, ताराखोला गाउँपालिका अध्यक्ष एवम् माओवादी नेता प्रकाश घर्ती मगर, अखिल छैठौंका केन्द्रीय महासचिव भिमलाल पोखरेल लगाएको उपस्थित रहेको थियो ।

बाढी पहिरो अपडेटः मृतकको संख्या १०० पुग्यो, ६५ जना बेपत्ता

काडमाडौं । बाढी पहिरोबाट मृत्यु हुनेको संख्या १०० पुगेको छ। पछिल्लो प्रकोपबाट ४० जना घाइते छन् भने ६५ जना बेपत्ता रहेको गृह मन्त्रालयले जानकारी दिएको छ। मन्त्रालयका अनुसार सबैभन्दा बढी क्षति काठमाडौं उपत्यकामा भएको छ। काठमाडौं, भक्तपुर, ललितपुरमा गरी ४८ जनाको मृत्यु भएको छ। १५ जना घाइते छन्। बिहीबारदेखि परेको अविरल वर्षातका कारण काठमाडौं उपत्यकामा २१ जना बेपत्ता रहेको मन्त्रालयले जनाएको छ। बाढी पहिरोबाट कोशी प्रदेशमा  १३ जनाको मृत्यु, ३ घाइते र ९ जना बेपत्ता छन्। मधेसमा २ जनाको मृत्यु र १ जना बेपत्ता छन्। बागमतीमा ३७ जनाको मृत्यु, २२ घाइते र ३२ बेपत्ता छन्। गण्डकीमा मानवीय क्षति भएको छैन। लुम्बिनी प्रदेशमा दुई जना बेपत्ता छन्। बाढी, पहिरोबाट १९५ वटा घर पूर्ण क्षति भएका छन्। दुई हजार ९०५ जनाको सकुशल उद्धार गरिएको प्रहरीले जानकारी दिएको छ।

आज यी स्थानमा वर्षा हुने, भोलिदेखि मौसममा सुधार आउने

काठमाडौैं । देशभर आज मौसम आंशिकदेखि साधारणतया बदली रहने छ । आगामी २४ घण्टामा कोशी, मधेश, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । मधेश प्रदेशलगायत कोशी र लुम्बिनी प्रदेशको तराई क्षेत्रमा हुरीबतासको पनि सम्भावना रहेको भन्दै महाशाखाले सचेत गराएको छ । ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरो, सहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम, ठूला तथा साना नदी नाला र खोलामा पानीको सतह बढ्ने जोखिम तथा भूक्षयजस्ता प्रकोपको जोखिम र क्षतिबाट बच्न समेत महाशाखाले सचेत गराएको छ । ती क्षेत्रमा नदी क्षेत्र आसपासका निर्माण कार्य, दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ । महाशाखाका मौसमविद् रोजन लामिछानेले आज राति कोशी, मधेश र वाग्मती प्रदेशमा साधारणतया बदलीदेखि पूर्णतया बदली रहने जानकारी दिएका छन् । उनले बाँकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहने बताए । महाशाखाको मौसम विश्लेषणअनुसार कोशी, मधेश, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना रहेको छ । यी पाँच प्रदेशका धेरै स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । मौसमविद लामिछानेका अनुसार सोमबार पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । सोमबार बिहानदेखि दिउँसोसम्म हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ भने साँझदेखि वर्षा कम भएर जाने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

अध्यक्ष प्रचण्डले आह्वान गरेको सर्वदीय बैठक स्थगित

काठमाडौं, १३ असोज । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आह्वान गरेको सर्वदलीय बैठक स्थगित गरिएको छ ।  अध्यक्ष प्रचण्डले अविरल बर्षा, बाढी पहिरो र त्यसबाट उत्पन्न परिस्थितिबारे छलफल गर्न आज विहान १० बजे बस्ने गरी हिजो राति नै सर्वदलीय बैठकको आव्हान गर्नुभएको थियो । नेपाल सरकारले पहल लिन ढिलाइ गरेको अवस्थामा प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतले अध्यक्ष प्रचण्डले  हिजो राति नै सर्वदलीय बैठक आह्वान गरेको तर अब सरकारले पनि सर्वदलीय बैठक बोलाएकाले छुट्टै बैठक गरिरहन आवश्यक नदेखेर स्थगित गरिएको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिनुभयो । 

अध्यक्ष प्रचण्डको आह्वानमा सर्वदलीय बैठक बस्दै

काठमाडौं, १३ असोज । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वदलीय बैठक आह्वान गर्नुभएको छ ।  अविरल बर्षा,बाढी पहिरो र त्यसबाट उत्पन्न परिस्थितिबारे छलफल गर्न सर्वदलीय बैठकको आव्हान गर्नुभएको हो । विहान १० बजे नेकपा माओवादी केन्द्र संसदीय दलको कार्यालय, सिंहदरबारमा बैठक बस्ने छ । यसअघि शनिबार माओवादी केन्द्रले विज्ञप्ति जारी गर्दै बाढी, पहिरो र डुबानमा परेका जनताको उद्धारमा जुट्न पार्टीपंक्ति, मोर्चा र आम नागरिकलाई अपिल गरेको थियो । 

लोकप्रिय