गठबन्धनको जित सुनिश्चित : देब गुरूङ

गठबन्धनको जित सुनिश्चित : देब गुरूङ

लम्जुङ । नेकपा माओवादी केन्द्रका महासचिव तथा लमजुङबाट प्रतिनिधि सभामा गठबन्धनका तर्फबाट साझा उम्मेदवार रहेका देव प्रसाद गुरूङले लमजुङमा गठबन्धनको जित सुनिश्चित रहेको बताएका छन् । गठबन्धन दल निकट लमजुङ काठमाडौं सम्पर्क समन्वय समिति र मन्चहरूले शनिबार काठमाडौंमा आयोजना गरेको दिपावली छठ लगायतका चाडपर्वको शुभकामना तथा उमेदवार परिचय कार्यक्रममा सम्वोधन गर्दै महासचिव गुरूङले राजनीतिक स्थिरता, सुशासन,लमजुङको विकास र समृद्धिको लागि गठबन्धनले जित्न आवश्यक रहेको बताए ।

उनले भने हामीले हाम्रो उमेदवारी फगत निर्वाचन जित्नको लागि मात्रै नभएर लमजुङको विकास र समृद्धिको लागि दिएका हौं । उनले सुशासनसहितको विकास र बजार व्यवस्था सहितको उत्पादन प्रणालीमार्फत जनताको आर्थिक समृद्वि आफुहरूको मुख्य एजेण्डा रहेको बताए । उनले त्यसको लागि कृषिमा यान्त्रिकरण, भएका सडक कालोपत्रे, नयाँ सडक विस्तार गरि उत्पादन केन्द्र सम्म पुर्याउने र पर्यटन तथा जलविद्युत्का सम्भावनालाई अत्याधिक मात्रामा उपयोग गर्ने पनि आफ्नो योजना रहेको बताए । उनले गठबन्धन यो चुनावसम्म मात्रै नभएर सरकार निर्माण , संविधान रक्षा र शान्ति प्रक्रियाको पुर्णताको लागि पनि आवश्यक रहेकाले ढुक्कसँग मत दिन सबै मतदातालाई आग्रह पनि गरेका छन् ।

कार्यक्रममा नेपाली कांग्रेसका पुर्व केन्द्रीय सदस्य दिलबहादुर घर्तीले ओली मण्डलीले संविधान मिच्ने र निरंकुशता लाद्ने प्रयास गरेकाले माओवादीसहितको गठबन्धन बनेकाले संविधानको रक्षा र लमजुङको विकास र समृद्धिको लागि गठबन्धनका उमेदवारलाई ढुक्कसँग भोट दिएर जिताउन कांग्रेस सहित सबै दलका कार्यकर्ता र मतदातालाई आग्रह गरे । उनले देव गुरूङ जस्तो नेतालाई आफुहरूले साझा उमेदवारको रूपमा प्रान्त गर्नु लमजुङको लागि गौरवको विषय भएको बताए ।

त्यसैगरी लमजुङको प्रदेश सभा क का उमेदवार तथा कांग्रेस लमजुङका सभापति डा। टकराज गुरूङले आफुहरूको लमजुङको विकास समृद्धि र संविधान रक्षा बाहेक कुनै स्वार्थ नरहेको भन्दै गठबन्धनको जितलाई कसैले रोक्न नसक्ने बताए । उनले लमजुङको भाग्य र भविष्यको जिम्मेवारी गठबन्धनमा रहेकाले प्रतिगमनकारी एमाले गठबन्धनलाई पराजित गरि लमजुङको विकास र समृद्धिको ज्ञारेन्टी गर्न पार्टी कार्यकर्ता र मतदातालाई आग्रह गरे ।

त्यसैगरी प्रदेश सभा ख का प्रत्यासी भेष बहादुर पौडेलले लमजुङको विकास र समृद्धि अब टाढा नभएको बताए । उनले गठबन्धनका उमेदवारहरूको साझा उमेदवारीले त्यो संकेत गरिसकेको बताए । उनले आफ्नो कुनै व्यक्तिगत स्वार्थ नरहेको स्पष्ट पार्दै आफुसँग लमजुङको विकास पर्यटन, कृषि, उद्योग र जलविद्युत्मामार्फत हजारौंको रोजगारीको योजना रहेको बताए । कार्यक्रममा माओवादी केन्द्रका लमजुङ इन्चार्ज तथा समानुपातिक उमेदवार पारसमणी पौडेलले गठबन्धनका उमेदवारको जितलाई सुनिश्चित गर्न काठमाडौंवासी लमजुङका मतदाताहरूको निर्णायक भुमिका हुने बताए ।

कार्यक्रममा नेकपा एस का जिल्ला अध्यक्ष रामबाबु अधिकारीले गठबन्धनका दलहरूबीचमा कुनै समस्या नभएको तथा प्रतिद्वन्दी दल एमालेमा गम्भीर विवाद र असहमति देखिएकाले गठबन्धनका उमेदवारहरूको जित सुनिश्चित रहेको बताए । सो अवसरमा माओवादी केन्द्रबाट प्रतिनिधिसभामा समानुपातिक उमेदवार उर्मिला माझी, तारा कुमाल, कांग्रेसको प्रदेश सभा उमेदवार टीका बस्याल, पार्वती तामाङले पनि गठबन्धनका उमेदवारलाई जिताउनु प्रमुख जिम्मेवारी रहेको बताउँदै आफ्नो दललाई समानुपातिक तर्फ मतदान गर्न अपिल गरेका थिए ।

स्थानीय तह उपनिर्वाचनको  निर्वाचन कार्यक्रम सार्वजनिक

काठमाडौं ।निर्वाचन आयोगले मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनको  निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ । आयोगका प्रवक्ता नारायणप्रसाद सापकोटाकाअनुसार मंसिर २ गते बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता हुनेछ । त्यही दिन दिन बेलुका ५ बजेदेखि ६ बजेसम्ममा उम्मेदवारको सूची प्रकाशन हुनेछ ।  उल्लिखित सूचीमा रहेका उम्मेदवारको विरोधमा उजुरी दिने अवधि मंसिर ३ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ । त्यही दिन दिउँसो ३ बजेपछि मंसिर ४ गते बेलुका ५ बजेसम्ममा मनोनयनपत्र र उजुरी उपर जाँचबुझ एवम् निर्णय गरी मंसिर ४ गते बेलुका ५ बजेदेखि ६ बजेसम्ममा निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यक्रम छ । मंसिर ५ गते बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिन सकिनेछ भने सोही दिन दिउँसो १ बजेदेखि ३ बजेसम्ममा निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी दिउँसो ३ बजेदेखि ५ बजे सम्ममा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने आयोगले जनाएको छ । मंसिर १६ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुनेछ । मतदान सुरु हुनुभन्दा अठचालिस घण्टा अगाडि अर्थात मंसिर १३ गते राति १२ बजेपछि प्रचारप्रसार निषेध अवधि लागु हुने आयोगले उल्लेख गरेको छ ।

नेपालकै लामो पुलको उद्घाटन आज

गत साल फागुनमा उद्घाटन गरिएको सिराहा र धनुषा जोड्ने गरी कमला नदीमा बनेको सबैभन्दा लामो झोलुंगे पुलको रेकर्ड ८ महिनामै तोडिने भएको छ। अहिलेसम्म उक्त पुल सबैभन्दा लामो हो। तर बिहीबारदेखि उक्त रेकर्ड तोडिने भएको छ। नवलपरासी (पश्चिम) सुस्तामा नारायणी नदीमा बनेको देशकै लामो झोलुंगे पुल विधिवत् रूपमा सञ्चालनमा आउँदै छ। यो पुल डेढ किलोमिटरभन्दा पनि लामो रहेको छ। बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गरेपछि उक्त पुल सञ्चालनमा आउने भएको छ। पश्चिम नवलपरासी सुस्ता गाउँपालिका–५ मा बनेको सो पुलले सुस्ता र सख्खर बिनही गाउँलाई जोड्नेछ। यसबाट यी दुई गाउँमा बस्ने करिब ३५० परिवारलाई आवतजावत गर्न सजिलो हुने भएको छ। यसअघि नारायण नदीपारिका बासिन्दालाई आफ्नै देशमा ओहोरदोहोर गर्न विदेशी भूमि प्रयोग गर्नुपर्ने बाध्यता थियो। अब त्यो बाध्यता हट्ने भएको छ। सहरी विकास मन्त्रालयमातहतका स्थानीय पूर्वाधार विभागका महानिर्देशक महेशचन्द्र न्यौपानेले सुस्तामा नेपालकै सबैभन्दा लामो झोलुंगे पुल निर्माण भएको बताए। उनका अनुसार सो पुल एक हजार ५७१ मिटर लामो रहेको छ।

बिदेशबाट फर्केका युवाले गरे श्रीमतीको गोली हानी हत्या

वीरगन्ज । सर्लाहीमा गोली हानेर आफ्नो श्रीमती हत्या गरेको छ । हरिपुर्वा नगरपालिका ५ मा गए राति पैने २ बजे आफ्नै श्रीमानले गोली हानेर श्रीमतीको हत्या गरेको सर्लाही प्रहरीले जनाएको छ ।  सर्लाहीका प्रहरीका अनुसार श्रीमान् चलाएको गोलीबाट हरिपुर्वा नगरपालिका ५ निवासी चित्रलेखा यादवको घटनास्थलमा मृत्यु भएको हो । पारिवारिक विवादका कारण श्रीमान्ले गोली चलाउँदा श्रीमतीको घटनास्थलमा मृत्यु भएको हो भने बुवा मध्यम घाइते भएका छन् । उनले चलाएको गोलीबाट बुवा घाइते छन् । छोराले गोली चलाउँदा ५४ वर्षीय बुवा रामदिनेश राय घाइते छन् ।  सर्लाही प्रहरीका अनुसार उनको बायाँ हातमा गोली लागेको छ । उनको प्रादेशिक अस्पताल मलंगवामा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । आफ्नै बुवा र श्रीमतीलाई गोली हान्ने व्यक्तिको खोजी कार्य भइरहेको सर्लाही प्रहरी प्रवक्ता दीपक श्रेष्ठले बताए । उनका अनुसार गोली हान्ने व्यक्तिको पहिचान भइसकेको छ, तर अनुसन्धान चलिरहेकोले नाम भने प्रहरीले खुलाएको छैन । घटनास्थलबाट सानो हतियार र उक्त हतियारको दुई राउन्ड खोका र एक राउन्ड मिस फायर भएको गोली फेला परेको सर्लाही प्रहरीले जानकारी दिएको छ । श्रीमान् कामको सिलसिलामा विदेशमा बसिरहेका थिए । करिब एक महिना अगाडि मात्रै उनी कुबेतबाट फर्केका थिए । घरमा फर्केपछि केही समय मात्रै उनी घरमा बसे । कारण–घरमा विदेशबाट फर्केपछि पारिवारिक विवाद सुरु भएको थियो, त्यसपछि सबलाई मार्छु भन्दै उनी घरबाट निस्के । सर्लाही प्रहरीका अनुसार घरबाट निस्केको करिब एक महिना पछाडि बुधबार राती अचानक घरमा आए । प्रहरीको प्रारम्भिक अनुसन्धानमा छोरा गोली हान्ने व्यक्ति विदेशबाट फर्केपछि पारिवारिक सम्बन्ध ठिक नभएको पाइएको छ । 

त्रि.वि सुधारको माग गर्दै विद्यार्थीहरू धर्नामा,यस्ता छन् माग

काठमाडौं । त्रिभुवन विश्वविद्यालय सुधारको माग गर्दै विद्यार्थीहरुले धर्ना सुरु गरेका छन् । त्रिवि सुधारको आफ्ना माग ३ दिन भित्र पुरा गर्न माग गर्दै विद्यार्थीहरुले धर्ना सुरु गरेका हुन् । त्रिभुवन विश्व विद्यालयले सुधार गर्न सक्ने कामहरु समेत नगरेर विश्वविद्यालय र आम विद्यार्थीहरुको भविष्य धरापमा पारेको आन्दोलनरत विद्यार्थी प्रविन दाहालले बताउनुभयो । उहाँले विद्यार्थीका जायज माग ३ दिन भित्र सम्बोधन नभए आन्दोलनका तर्फबाट हुने सम्पूर्ण क्षतिको जिम्मेवार त्रि.वि. स्वयं हुने चेतावनी समेत दिनुभयो । यस्ता छन् विद्यार्थीका मागहरू  १) आजसम्म  year Gap र Year Overlapping(एकै वर्षमा २ वर्षको परीक्षा)  का कारण ट्रान्स्कृप्ट नपाएका सम्पुर्ण विद्यार्थीहरुको ३ दिनभित्र ट्रान्स्कृप्ट उपलध गराउने सम्बन्धि निर्णय गर्नुपर्ने ।  २) नियम विपरित रहेर विद्यार्थीको भलाे गराउने क्याम्पस र परिक्षा दिलाउने प.नि.का. का सम्बन्धित पक्षहरुलाई कानून अनुसार कारबाही गरिनुपर्ने ।  ३) प्राज्ञिक परिषद्‌ले मिति २०१०-१२-०४ गते विद्यार्थीलाई ट्रान्स्कृप्ट उपलब्ध गराउने सम्बन्धि गरेको निर्णयको स्पष्टिकरण दिनुपर्ने । ४) विद्यार्थीको भविष्य अन्धकार बनाउने सबै निति  नियमहरु यथासिघ्र सिनेट बैठक राखि सच्याउनु पर्ने ।  

लोकप्रिय