गतवर्ष लोकसेवाले परीक्षा लिइएको विद्यालय निरीक्षकको विषयगत प्रश्न
निम्न प्रश्नहरूको उत्तर खण्ड अनुसार छुट्टाछुट्टै उत्तर पुस्तिकामा लेख्नुपर्ने छ, अन्यथा उत्तर पुस्तिका रद्द गरिने छ
खण्ड क
विद्यालय निरीक्षकको उदेश्य स्पष्ट गर्दै नेपालको सन्दर्भमा उपचारात्मक निरिक्षनको उपयोगीताको सम्भाव्यताको समीक्षा गर्नुहोस रु ३ ं ७ ं १०
कक्षा अवलोकन गर्दा लेकाजोखा गर्नुपर्ने मुख्य पक्षहरू के के हुन् रु विद्यार्थीका सिकाइमा सुपरीवेक्षण मार्फत कसरी सकारात्मक प्रभाव पार्न सकिन्छः चर्चा गर्नुहोस ? ३ं ७ं १०
विद्यालय निरीक्षकलाई एउटा सफल पेसाकर्मी बन्न के कस्ता पेशागत गुणहरू आवश्यक पर्दछन रु त्यस्ता पेशागत गुणहरू लागी के कस्ता स्रोत र न उपलब्ध छन ? उदाहरण सहित व्याख्या गर्नुहोस ः २ ं ८ . १०
खण्ड ख
४. नेपालको वर्तमान विद्यालय निरीक्षण प्रणालीका चुनौती हरू पहिचान गर्नुहोस ? ती चुनौती सामना गर्न निरीक्षकको सक्षमता अभिवृद्धि गर्न के कस्ता कार्यक्रमहरू अघि सारीएका छन् रु विवेचना गर्नुहोस् ः २ं८.१०
५. नेपालको वर्तमान संविधानले शिक्षाको अधिकार सम्वन्धमा गरेको व्यवस्थावारे उल्लेख गर्दै सो विषयमा भएको कार्यान्वयन पक्षको विवेचना गर्नुहोस : ५ं५.१०
खण्ड ग
६. कक्षा कोठा व्यवस्थापन गर्दा शिक्षण सिकाइको व्यवस्थापनलाई प्रभावकारी वनाउन एउटा निरीक्षकले कक्षा शिक्षाका संग कस्तो सहकारी गर्न सक्छ रु उदाहरण सहित योजनाको खाका बनाउनुहोस्ः २ं८.१०
७. शिक्षा व्यवस्थापनमा हुने सम्प्रेषणको उदाहरणसहित उल्लेख गर्नुहोस्रु केंद्रदेखी विद्यालय तहसम्मको सम्प्रेषणमा विद्यालय निरीक्षकले खेल्न सक्ने भूमिकाको बुदागत विवरण तयार गर्नुहोस्ः ५ं५ . १०
८. विद्यालय स्तरीय व्यवस्थापनमा शिक्षा एन आठौ संसोधन अनुसार विद्यालय व्यवस्थापन समितीको भूमिकाबारे चर्चा गर्नुहोसः १०
खण्ड घ
९.विद्यालय शिक्षक किताबखानाको प्रमुख कार्यहरू उल्लेख गर्दै सेवा निवृत शिक्षकहरूलाई उपादान तथा निव्रितिभरण सरल तथा सहजरूपमा उपलब्ध गराउन विद्यालय शिक्षक किताब खानाले खेल्नुपर्ने भूमिकाका सम्बन्धमा सुझाब दिनुहोस्ः ४ं६ . १०
१०. विद्यालय शैक्षिक विकेन्द्रीकरणको सवभन्दा तल्लो एकाइ भएकाले शैक्षिक योजना निर्माणमा यसको मुख्य भूमिका उल्लेख गर्दै यस भूमिका सम्पन्न गर्दा आइपर्ने चुनौती हरू औल्याउनुहोसः ६ं४.१०
त्रिविको उपकुलपतिको विज्ञापनमा रहेको पूर्वपदाधिकारीको अनुभव हटाएर अर्को सूचना जारी गर्न प्रधानमन्त्रीको निर्देशन
काठमाडौं। प्रधानमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिभुवन विश्वविद्यालयले उपकुलपतिको नियुक्ति प्रक्रियाका लागि आह्वान गरेको विज्ञापनका प्रावधान सच्चाउन निर्देशन दिएका छन् । शुक्रबार दिउँसो शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं विश्वविद्यालयका सहकुलपति अशोककुमार राईलाई प्रधानमन्त्रीको कार्यकक्षमा बोलाएर उक्त विज्ञापन सच्चाउन निर्देशन दिएका हुन् । प्रधानमन्त्रीले आफूले विश्वविद्यालयको सुधारका निम्ति संसारभरि रहेका नेपालीमध्येबाट योग्य मान्छे आओस् भनेर खुला प्रतिस्पर्धा गराउन खोजेकोमा शुक्रबार प्रकाशित गरिएको सूचनाले योग्य मान्छेहरू छनोटमा ढोका बन्द हुनसक्ने भन्दै त्यस्तो त्रुटिपूर्ण प्रावधान सच्चाएर अर्को सूचना निकाल्न निर्देशन दिए । शुक्रबार छनोट तथा सिफारिस समितिको तर्फबाट प्रकाशित सूचनामा ‘विश्वविद्यालयको पदाधिकारीमध्ये कुनै एक पदमा कम्तीमा तीन वर्ष काम गरेको (वर्ष, महिना र दिनसमेत) व्यहोरा खुलेको विवरण प्रमाणित प्रतिलिपि’ पेश गर्नुभएको सूचनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताउँदै प्रधानमन्त्रीले पदाधिकारीमा तीन वर्षे अनुभवको प्रावधान हटाउन निर्देशन दिनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । त्यस्तो प्रावधानले पूर्वपदाधिकारीहरू मात्रै प्रतिस्पर्धाका निम्ति योग्य हुने र त्यसले मेरिटोक्रेसीमा सिन्डिकेट लगाउनेमा हाम्रो चासो रहेको बताउँदै प्रधानमन्त्रीले सक्षम र योग्य मान्छे आउने बाटो सम्पूर्ण रूपले खुला गरी अर्को विज्ञापन खोल्दै मन्त्रालयमार्फत समितिलाई निर्देशन दिएका हुन् । प्रधानमन्त्रीले स्वदेश तथा विदेशमा रहेको जोकोही योग्य प्राज्ञिक नेपालीले दरखास्त हाल्न सक्ने गरी फराकिलो मापदण्ड नबनाए विश्वविद्यालय सुधार कठिन भएकाले उच्च शिक्षाको गुणात्मक सुधारका निम्ति गम्भीर हुन समेत शिक्षामन्त्रीलाई निर्देशन दिएका छन् ।
लेखा प्रणालीमा अत्यन्तै आवश्यक वासलात (Balance Sheet) भनेको के हो ?
कुनै पनि संस्थाको आर्थिक स्थिती, जस्तै पुँजी, सम्पती, दायित्वको यथार्थ जानकारीको लागि तयार गरिने विवरणलाई वासलत भनिन्छ । वासलतलाई संस्थाको कानुनी मान्यता प्राप्त विवरणका रुपमा लिइन्छ । व्यावसायिक संस्थाको हकमा नाफा नोक्सान हिसाब खाता बनाईसकेपछि अन्त्यमा बनाईने हिसाब वासलात हो । वास्तवमा यो कुनै खाता होइन, खाताहरुको निचोड वा सारांश हो । प्रत्येक आर्थिक वर्षको अन्त्यमा वासलत बनाउनुपर्दछ । वासलतले गर्ने आर्थिक अवस्थाको चित्रण वासलात तयार गरिएको दिनको हुन्छ । व्यापारीले व्यापारको यथार्थ आर्थिक अवस्थाको जानकारी प्राप्त गर्न चाहन्छ । नाफा नोक्सान हिसाब खाताले कुल नाफा वा कुल नोक्सान केहि भए वा नभएको जानकारी दिन्छ साथै सो खाताले खुद नाफा वा खुद नोक्सान निर्धारण गर्न सहयोग गर्दछ । वासलातको दायित्व पक्षमा हुने प्रमुख बुँदाहरु तिर्नुपर्ने बिल (Bills Payable) बैंक ओभरड्राफ्ट ( Bank Overdraft) साहु ( Creditor) ऋण ( Loan) सुरक्षित कोष (Reserve Fund) पुँजी ( Capital) पुँजी फिर्ता (Drawings) खुद नाफा (Net Profit) खुद नोक्सान (Net Loss) वासलताको सम्पती पक्षमा रहने प्रमुख बुँदाहरु नगद मौज्दात (Cash in Hand) बैंक मौज्दात ( Cash at Bank) भुक्तानी पाउनुपर्ने बिल ( Bills Receivable) आसामी (Debtor) फर्निचर (Furniture) मोटर ( Motar) लगानी (Investment) भवन, हाता र पर्खाल (Business Premises) अदृश्य सम्पतिहरु (Intangible Assets) सामानको अन्तिम मौज्दात (Closing Stock) वासलातमा समावेश हुने समायोजनका केहि कारोबारहरु अन्तिम मौज्दात (Closing Stock) पेस्की खर्च ( Prepaid Expenses) भुक्तानी दिनुपर्ने खर्च ( Payable, Unpaid or Outstanding Expenses) ह्रास ( Depreciation) बेंकिङखबरबाट साभार गरिएको
एसईईको परिक्षा तालिका सार्वजनिक(तालिका सहित)
काठमाण्डौं । राष्ट्रिय परीक्षा बोर्डले एसईई परीक्षाको तालिका सार्वजनिक गरेको छ । बोर्डको परीक्षा नियन्त्रण कार्यालयले २०७८ सालको माध्यमिक शिक्षा परीक्षाको तालिका सार्वजनिक गरेको हो । परीक्षा आगामी वैशाख ९ गते शुक्रबारबाट हुने कार्यालयले जनाएको थियो । परीक्षाको प्रथम दिन अनिवार्य अंग्रेजी परेको छ । सोही दिन अनिवार्य संस्कृत भाषा र साहित्यको पनि परीक्षा छ । त्यस्तै, दोस्रो दिन अनिवार्य गणितको परीक्षा राखिएको छ । परीक्षार्थीहरुले ११ वटा विषयको परीक्षा दिनुपर्नेछ । कार्यालयका अनुसार परीक्षा वैशाख २० गते सकिने छ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म चल्ने छ । राष्ट्रिय परीक्षा बोर्डले हिजो एक सुचना जारि गर्दै वैशाख ९ गतेबाट परिक्षा संचालन गर्ने बताएको थियो ।
एसईई परीक्षा आगामी वैशाख ९ गते देखि हुने
काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसईई) आगामी वैशाख ९ गतेदेखि सञ्चालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले बुधबार परीक्षाको समयतालिका सार्वजनिक गरेको हो । परीक्षा नियन्त्रक कार्यलयले वैशाख ९ गतेदेखि एसईई सञ्चालन हुने जानकारी गराएको छ । यस वर्ष एसईईमा ५ लाख ८ हजार परीक्षार्थी सहभागी हुने प्रारम्भिक अनुमान छ । नियमित तालिकाअनुसार चैतमा एसईई हुने गर्थ्यो । परीक्षा २० वैशाखमा सकिने छ । परीक्षाको विषयगत समयतालिका भने बिहीबार सार्वजनिक हुने छ । कोरोनाले पठनपाठनमा असर गरेका कारण चैतभर कक्षा सञ्चालन गरेर वैशाख परीक्षा गर्न लागिएको हो । गत दुई वर्ष कोभिडका कारण आन्तरिक मूल्यांकनका आधारमा नतिजा प्रमाणीकरण गरिएको थियो ।