चैतमा अन्तर्राष्ट्रिय व्यापार मेला हुने

चैतमा अन्तर्राष्ट्रिय व्यापार मेला हुने

काठमाडौँ, फागुन २० । नेपाली उत्पादन तथा सेवालाई राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय रुपमा प्रवद्र्धन गर्ने उद्देश्यले आगामी चैत ३ गते राजधानीमा अन्तर्राष्ट्रिय व्यापार मेला हुने भएको छ ।
वाणिज्य मन्त्रालयअन्तर्गतको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको सहयोगमा नेपाल उद्योग वाणिज्य महासङ्घले संयुक्तरुपमा आयोजना गर्ने उक्त मेलामा हस्तकला, पर्यटन, सूचना प्रविधि, कृषि उत्पादन, ऊर्जा, भवन तथा निर्माण, शिक्षा, औषधिजन्य, फलाम तथा स्टिलका छुट्टाछुट्टै स्टल राखिने छन् ।

मेलाबारे जानकारी दिन यहाँ आज आयोजित पत्रकार सम्मेलनमा महासङ्घका अध्यक्ष पशुपति मुरारकाले मेलाले समग्र आर्थिक पक्षलाई समेट्ने बताउँदै देशैभर आयोजना भएका यस्ता मेला महोत्सवबाट स्थानीय तहमा आर्थिक गतिविधि बढेका, स्थानीय तहमा उद्यमशीलताको प्रवद्र्धन भएको, घर आँगनमा उत्पादन भएका वस्तुले मूल्य पाउन थालेको तथा खेर गइरहेका स्थानीय स्रोत साधनको सही सदुपयोग भई स्थानीय जनताले त्यसबाट लाभ उठाउन थालेको जानकारी दिनुभयो ।

राजधानीमा जारी नेपाल लगानी सम्मेलनले स्वदेश तथा विदेशमा समेत सकारात्मक सन्देश प्रवाह भएको बताउँदै सम्मेलनमा उपस्थित राजनीतिक दलका शीर्ष नेताबाट पनि आर्थिक समृद्धिका विषयमा ऐक्यबद्धता प्रकट गर्नुभएकाले आफूहरु उत्साहित भएको उहाँको कथन थियो ।

मेलामा तयारी पोसाक, छाला तथा छालाजन्य उत्पादन, नयाँ प्रविधि तथा उपकरण, खाद्यान्न, फर्निचर, फेसन वेयर, घर सजावट तथा सेवा क्षेत्रका विविध कक्ष मेलाका आकर्षण रहने छन्् । ३४० कक्षमार्फत अन्तर्राष्ट्रिय व्यापार मेलामा स्वदेशी तथा विदेशी वस्तु तथा सेवाको प्रदर्शनी गरिनेछ भने मेलामा ३५ वटा कक्षमार्फत नेपाली जडीबुटीका उत्पादन प्रदर्शनीमा राखिनेछ ।

मेलामा चीन, भारत, बङ्गलादेश, पाकिस्तान, थाइल्याण्डलगायत देशका कम्पनीको सहभागिता रहनेछ भने जापान, कोरिया, थाइल्याण्डबाट समेत सहभागिता हुनेछ । रासस

यस्तो छ आजको विनिमय दर

काठमाडौं ।आज २०८० साल माघ १७ गते बुधबार तदनुसार सन् २०२४ जनवरी ३१ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ६८ पैसा र बिक्री दर १३३ रुपैयाँ २८ पैसा पुगेको छ। युरो एकको खरिद दर १४३ रुपैयाँ ८७ पैसा र बिक्री दर १४४ रुपैयाँ ५२ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ २२ पैसा र बिक्री दर १६८ रुपैयाँ ९९ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४० पैसा र बिक्री दर ३६ रुपैयाँ ५६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। हेर्नुहोस् विनिमय दर

यस्तो छ बुधबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । आज २०८० साल माघ १० गते बुधबार तदनुसार सन् २०२४ जनवरी २४ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ७५ पैसा र बिक्री दर १३३ रुपैयाँ ३५ पैसा पुगेको छ। युरो एकको खरिद दर १४४ रुपैयाँ २१ पैसा र बिक्री दर १४४ रुपैयाँ ८६ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ६५ पैसा र बिक्री दर १६९ रुपैयाँ ४१ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४१ पैसा र बिक्री दर ३६ रुपैयाँ ५८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

कुन विदेशी मुद्राको विनिमय दर कति छ, हेर्नुहोस्

काठमाडौं । आज २०८० साल पुस २९ गते आइतबार तदनुसार सन् २०२४ जनवरी १४ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ३८ पैसा र बिक्री दर १३२ रुपैयाँ ९८ पैसा पुगेको छ। युरो एकको खरिद दर १४५ रुपैयाँ ०१ पैसा र बिक्री दर १४५ रुपैयाँ ६७ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ६९ पैसा र बिक्री दर १६९ रुपैयाँ ४५ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २९ पैसा र बिक्री दर ३६ रुपैयाँ ४६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। आजको विदेशी मुद्राको विनिमय दर  

यस्तो छ शनिबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । आज २०८० साल पुस २८ गते शनिबार तदनुसार सन् २०२४ जनवरी १३ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ३८ पैसा र बिक्री दर १३२ रुपैयाँ ९८ पैसा पुगेको छ। युरो एकको खरिद दर १४५ रुपैयाँ ०१ पैसा र बिक्री दर १४५ रुपैयाँ ६७ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ६९ पैसा र बिक्री दर १६९ रुपैयाँ ४५ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २९ पैसा र बिक्री दर ३६ रुपैयाँ ४६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

लोकप्रिय