छाला जुत्ताको कारोबार ओझेलमा

छाला जुत्ताको कारोबार ओझेलमा

मोरङ, फागुन ३ । अन्तर्राष्ट्रिय उत्पादनले नेपाली बजार ओगटेपछि नेपालमा उत्पादन भएको छाला जुत्ताको कारोबार ओझेलमा परेको छ ।

नेपालमा गुणस्तरीय छालाका जुत्ता उत्पादन भए पनि भारत, चीनलगायत देशमा उत्पादित छालाका जुत्ताले बजार पाएको छ । माग अनुसारको मोडलका जुत्ता उत्पादन गर्न नसक्दा नेपाली उत्पादनले बजार पाउन नसकेको हो ।

नेपालमा पुँजी र दक्ष जनशक्तिको समेत अभाव छ । पुँजी र दक्ष जनशक्ति अभावका कारण उत्पादनमा समेत ह्रास आएको छ । यस व्यवसायलाई आधुनिकीकरण गर्न नसक्दा ओझेलमा विराटनगरका जुत्ता उद्योगी चेतन निरौलाले बताए ।

“नेपालमै छालाको जुत्ता उत्पादनका लागि चाहिने कच्चा पदार्थ उत्पादन हुन सकेकोे छैन,” उनले भने । नेपाली उत्पादन महँगो भएका कारण समेत कारोबारमा ह्रास आएको हो ।

यहाँका व्यवसायीले प्रतिस्पर्धा गर्नकै लागि भारत, चीनलगायत देशबाट कच्चा पदार्थ आयात गर्ने गरेका सनराइज शुज कम्पनीका सञ्चालक विशाल श्रेष्ठले बताए । विसं २०५४ बाट उत्पादन सुरु गरेको उक्त कम्पनीले सुरुवातमा मुनाफा आर्जन गरेको थियो । यस कम्पनीले स्थापनाकालमा वार्षिक रु ५० लाखभन्दा बढीको कारोबार गर्ने गरेको थियो ।

नयाँ प्रविधि र दक्ष जनशक्तिसहित २०६२ सालबाट उत्पादन सुरु गरेको विराटनगर–६ मा रहेको ग्यालेक्सी शुज उद्योगका सञ्चालक चेतन निरौला अन्तर्राष्ट्रिय उत्पादनसँग प्रतिस्पर्धा गर्न कठिन हुँदै गएको बताए । ‘मागअनुसारका जुत्ता चप्पल उत्पादन गर्न सके मात्र प्रतिस्पर्धा गर्न सकिन्छ’, उनले भने ।

फेसबुकबाट हटेको बालेनको स्टाटस रिकभर

काठमाडौं । एमालेकी प्रदेश सांसद रेखा शर्माको तस्वीरसहित काठमाडौंका मेयर बालेन्द्र शाह (बालेन) ले फेसबुकमा राखेको स्टाटस रिकभर भएको छ ।  बालेनको सो तस्वीरसहितको स्टाटस नेगेटिभ रिपोर्टपछि फेसबुकले हटाइदिएको थियो । तर, फेसबुकले नै सो स्टाटस शुक्रबार रिकभर गरिदिएको हो ।  एमाले समर्थकहरूको रिपोर्टमा फेसबुकले सो स्टाटस हटाएको भन्दै प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको आधिकारिक फेसबुक पेज अनफलो अभियान नै चलाइएको थियो । यस क्रममा बालेनका समर्थकले ओलीका करिब ७६ हजार फलोअर घटाइदिएका थिए। । तर ५ लाख ८९ हजारमा झरेका ओलीका फलोअर अहिले बढेर ५ लाख ९३ हजार पुगिसकेका छन् । बालेनले फेसबुकमै लेखेर संघीय सरकारविरुद्ध आक्रोश पोखेपछि उनका समर्थकहरूले अनफलो अभियान चलाएका थिए ।

अखिल क्रान्तिकारी नवलपरासीको अध्यक्षमा मानस बिक्रम क्षेत्री

नवलपरासी। नेकपा (माओवादी केन्द्र)निकट अखिल क्रान्तिकारी नवलपरासी जिल्लाको १७ औं जिल्ला सम्मेलनले सर्वसहमतिमा नयाँ नेतृत्व चयन गरेको छ । सम्मेलनले मानस बिक्रम क्षेत्रीको अध्यक्षतामा २९ सदस्यीय कार्य समिति चयन गरेको हो । जसको उपाध्यक्षमा सुशील प्रसाद पन्थी, नेहा कुमारी हरिजन, सचिव दयानन्द हरिजन , सहसचिव सितमती हरिजन  मुकेश गुप्ता र कोषाध्यक्ष ऋषि खनाल निर्वाचित हुनुभएको छ ।

प्रमुख प्रशासकीय अधिकृतको अमेरिका भ्रमण रद्दबारे सामान्य प्रशासन मन्त्रीसँग जवाफ माग

काठमाडौँ । नेकपा(माओवादी केन्द्र)की सांसद दुर्गा राईले कर्मचारीको अमेरिका भ्रमण रद्द गराएकोमा आपत्ति जनाउँदै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राज कुमार गुप्तासँग जवाफ माग गर्नुभएको छ । बिहीबार (आज) बसेको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा बाराको जितपुर सिमरा उपमहानगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत उर्मिला काफ्लेको अमेरिका भ्रमण प्रतिशोधका आधारमा रद्द गरेको भन्दै आपत्ति जनाउनुभएको छ । राजनीतिक आस्थाको आधारमा कर्मचारीमाथि डन्डा चलाउन पाइन्छ ? भन्दै सांसद राईले अमेरिका भ्रमणको अन्तिम समयमा आएर प्रतिशोध राखेर रद्द गर्दा कर्मचारीले कुन मनोबलले काम गर्ने भन्दै मन्त्री गुप्तासँग जवाफ माग गर्नुभएको हो ।  संयुक्त राज्य अमेरिकामा आयोजना हुन लागेको ४ दिने कार्यक्रममा जानका लागि सम्पूर्ण तयारी गरिसकेकी काफ्लेलाई मन्त्रालयले अन्तिम समयमा आएर भदौ १८ गते मन्त्रिस्तरीय निर्णयबाट उनको भ्रमण रद्ध गरिएको थियो । यूएसडएडको कार्यक्रममा भाग लिन एक दर्जन अधिकारी अमेरिका जाने कार्यक्रम तय भएको थियो।

एक महिना लामो गुँला पर्व आज सकियो

काठमाडौं । एक महिना लामो गुँला पर्व आज(बुधबार)विधिवत रुपमा सम्पन्न भएको छ ।गुँला पर्व कै अवसरमा लक्ष्य चैत्य निमार्ण गरेर गरिनै बौद्ध पूजा समेत सम्पन्न भएको छ । महिनाभर कालो माटोलाई साँचोमा ढालेर बनाएका हजारौं मूर्तिहरु लक्ष्य चैत्य बनाएर पूजापाठ गरिसकेपछि नदी खोलामा विर्सजन गरेर समापन गरिएको हो । मानन्धर समुदायको कन्या खुवाउने गुथीले पनि २५ हजार भन्दा बढी मूर्ति र चैत्यहरु बनाएर विशेष पूजापाठ पछि लाजिम्पाटको नीलसरस्वती मन्दिर नजिकको टुकुचा खोलामा साँस्कृतिक वाजागाजाका साथ विधिवत रुपमा विर्सजन गरेको हो । विशेषगरि बौद्ध धर्मावलम्वीहरुले गुंला पर्वमा महिनाभर सात्विक भोजन गरि विहान सवैरै उठेर मूर्तिहरु बनाई महायान र वज्रयान बौद्ध परम्परा अनुसार पूजापाठ गर्ने परम्परा रहेको छ । परिवारका सदस्यहरु लगायत गुथीका सदस्यहरु मिलेर मूर्ति बनाउने गरिन्छ । तथागत बुद्ध, बौद्ध चैत्य, लोकेश्वर, वोधिसत्व र तारा लगायतका मूर्ति समेत हरेक दिन बनाएर पूजा गर्ने परम्परा रहेकोछ । लक्ष्य चैत्य नदीमा विर्सजन गर्नु अघि घरमा बौद्ध पाठ र भजनहरु समेत गाउने गरिन्छ । यसरी मूर्ति बनाउने परम्परालाई नेपाल भाषामा ‘द्यो थायगु चिवा थायगु’ भनिन्छ । महिना भर बौद्ध विहार, बहा बहीहरुमा प्रज्ञापारमिता र नामसंंगीति पाठहरु समेत गरिन्छ ।

लोकप्रिय