टिकट विक्रि भएकाले चुनाव हारियाे: कांग्रेस पौडेल समुह

टिकट विक्रि भएकाले चुनाव हारियाे: कांग्रेस पौडेल समुह

काठमाडौं, पुस २५ । सत्तारुढ दल कांग्रेसभित्र गुटगत विवाद चुलिएको छ । प्रत्यक्षतर्फ नराम्ररी पराजय भएपछि विशेष महाधिवेशन बोलाउन माग गर्दै आएको पौडेल समूहले सोमबार छुट्टै बैठक गरी नेतृत्व, संगठन र सिद्धान्त परिमार्जनका विषयमा छलफल गरेको छ ।

पौडेलपक्षका नेताहरुले पैसामा समानुपातिक र प्रत्यक्षतर्फको टिकट विक्रि भएको भन्दै दोषी पत्ता लगाउन पुर्वन्यायाधीशको नेतृत्वमा छानविन समिति गठनको माग गरेका छन् ।

प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पार्टीले वितरण गरेको टिकट किनबेच भयो भन्ने विषय उठेका छन्, छलफलमा सहभागी एक केन्द्रिय सदस्यले भने ।, नयाँ पत्रिकामा खबर छ ।
आगामी केन्द्रीय समितिमा प्रस्तुत गर्नुपर्ने अवधारणापत्र तयार गर्न उनीहरूले छलफल गरेका हुन् । सोमबार नै सात युवा नेताले पनि बुद्धिजीवीहरूसँग छलफल गरेका छन् । युवा नेताले पनि औपचारिक-अनौपचारिक छलफललाई निरन्तरता दिइरहेका छन् ।

युवा नेतालाई पनि बदलिन सुझाब

कांग्रेसमा भेलाहरू निरन्तर भइरहँदा युवा नेताहरूले सोमबार बुद्धिजीवीसँग भेला गरेका छन् । चन्द्र भण्डारी, धनराज गुरुङ, गुरु घिमिरे, गगन थापा, प्रदीप पौडेल, विश्वप्रकाश शर्मा, बद्री पाण्डे सहितका युवा नेताले सोमबार पार्टी सुधारका लागि बुद्धिजीवीसँग छलफल गरेका हुन् । सात नेताले केही दिनअघि निर्वाचनमा पार्टी हारको समीक्षा गर्न केन्द्रीय समिति र महासमिति बैठक डाक्न माग गरेका थिए । यसै प्रयासस्वरूप अलग–अलग गुटमा रहे पनि उनीहरूले पार्टी सुधारको बहस चलाउँदै भेला गरेको युवा नेता घिमिरेले जानकारी दिए ।

‘सरकारमा गएपछि कांग्रेसले राम्रा काम गर्न सकेन । जनताको जीवनमा परिवर्तन गर्ने कार्यक्रम ल्याउन पार्टी चुक्यो । केही विकास भए पनि सरकारले दिनुपर्ने सेवामा कमजोरी भएको विषय बुद्धिजीवीहरूले उठाउनुभयो,’ छलफलमा सहभागी घिमिरेले नयाँ पत्रिकासित भने ।

नेतृत्वले जनतासँग सम्पर्क नगरेको, निर्वाचनमा आफूले गरेको राम्रो कामको प्रचार गर्न नसकेको, विपक्षीको भ्रम चिर्न नसकेको जस्ता पक्षले कांग्रेस कमजोर भएको उनीहरूले खुलाएका थिए ।

पार्टीले नयाँ पुस्तालाई भरोसा गर्न नसकेको भन्दै उनीहरूले युवा नेताहरू नै सुध्रिनुपर्ने बताएका थिए । ‘५०औँ लाख युवा बिदेसिँदा पनि पार्टीले भरोसा दिलाउने गरी कार्यक्रम ल्याउन र सहजीकरण गर्न पहल गरेन । युवा नेता पनि गुटकै पछि लागेका छन् भन्ने कुरा उहाँहरूले उठाउनुभयो,’ घिमिरेले भने, ‘अवसरका लागि मूल्यमान्यता छोडेर युवाहरू लाग्न नहुने, पहिले आफू बदलिए मात्र पार्टीलाई खबरदारी गर्न सकिने सुझाब बुद्धिजीवीले युवा नेतालाई दिएका छन् ।’ सोमबारको भेलामा युवा नेताहरू जीवन परियार र उमेशजंग रायमाझी पनि थपिएका थिए ।

सोमबारको भेलामा हीरेन्द्रमान प्रधान, डा. जीवराज पोख्रेल, डा. यज्ञ अधिकारी, पुरञ्जन आचार्य, पुरुषोत्तम दाहाल, होमनाथ दाहाल, जैनेन्द्र जीवन, डा. केदारनरसिंह केसी, मोहन ज्ञवाली, श्रीकृष्णअनिरुद्ध गौतम, अच्युत वाग्ले, डा. जुगल भुर्तेल, डा. विनय कुशियत, डा. अञ्जनीकुमार झा, सुनील पोखरेल, गुणनिधि न्यौपाने सहितका बुद्धिजीवी सहभागी थिए ।

के भयो पौडेल पक्षीय भेलामा ?

अवसर दिन माग

केन्द्रीय सदस्य भएर पनि अहिलेसम्म अवसर नपाएका सुरेन्द्र पाण्डे, गुरु घिमिरे र कल्याण गुरुङलाई तत्काल पार्टीमा अवसर दिनुपर्ने, समानुपातिकमा परेका, प्रत्यक्ष चुनाव लडेर हारेकालाई पाँच वर्षसम्म चुनाव लड्न दिन नहुने विषय नेताहरूले उठाएका छन् ।

विधान मिच्नेलाई कारबाही

नेताहरूले विधानअनुरूप पार्टी नचल्नुमा को दोषी हुने भन्दै छानबिन गरी सजाय दिने संयन्त्र बनाउन पनि माग गरेका छन् । ठूलो मन्त्रिपरिषद् बनाएर पार्टी बदनाम हुँदा पनि कांग्रेसको चुनाव परिणाममा घाटा पुगेको विषय पनि उनीहरूले उठाएका हुन् ।

युवा पुस्तामा नयाँ ऊर्जा आवश्यक रहेको भन्दै नेताहरूले युवा नेतृत्वको बहस पनि भित्र्याएका छन् । अब नेतृत्व परिवर्तन भएर युवा पुस्तामा आउनुपर्ने, भ्रातृसंस्थाहरूको भूमिकालाई प्रभावकारी बनाउँदै पुनर्गठन गर्नुपर्ने विषय पनि उनीहरूले उठाएका छन् ।

संरचना बदल्न माग

देश संघीयतामा गए पनि पार्टी संघीय संरचनामा नगएको भन्दै नेताहरूले पार्टीको संरचना बदल्ने गरी छिटो विधान संशोधनको विषयलाई अघि बढाउन पनि माग गरेका छन् ।

यस्तो पनि माग

पौडेलपक्षका नेताहरूले पैसामा समानुपातिक र प्रत्यक्षतर्फको टिकट खरिद–बिक्री भएको भन्दै दोषी पत्ता लगाउन पूर्वन्यायाधीशको नेतृत्वमा छानबिन समिति गठनको माग गरेका छन् । ‘प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पार्टीले वितरण गरेको टिकट किनबेच भयो भन्ने विषय उठेका छन्,’ छलफलमा सहभागी एक केन्द्रीय सदस्यले भने, ‘यसकारण पूर्वन्यायाधीशको संयोजकत्वमा एउटा निष्पक्ष र स्वतन्त्र, न्यायिक छानबिन समिति गठन गरी छानबिन गर्न माग गरेका छौँ ।’ पैसामा पद बिक्री गर्ने नेताहरूको आर्थिक हैसियत रातारात बढ्ने हुँदा पार्टीभित्र छानबिन आवश्यक भएको ती नेताले बताए ।

‘शेरबहादुरले छोडे म पनि छोड्छु’

नेता रामचन्द्र पौडेलले सभापतिले छोडिदिए आफू पनि पार्टीमा संरक्षक भएर बस्न तयार रहेको बताएका छन् । आफूपक्षधर नेताको भेलामा पौडेलले सोमबार भने, ‘शेरबहादुरजी माने भने म पनि पार्टीमा पद लिएर बसिरहने पक्षमा छैन । शेरबहादुरजी दोस्रो पुस्तालाई पार्टी हस्तान्तरण गर्न तयार भए म पनि तयार छु, संरक्षक भएर पार्टीमा योगदान गर्छु ।’

माओवादी केन्द्रको पश्चिम उपमहादेशीय संगठन समितिद्वारा दश लाख सहयोग

काठमाडौं । नेकपा माओवादी केन्द्रको पश्चिम उपमहादेशीय संगठन समितिले बाढीपहिरोपीडितका लागि दश लाख रुपैयाँ सहयोग गरेको छ। नेकपा माओवादी केन्द्रले स्थापना गरेको केन्द्रीय राहत कोषमा सो समितिले सहयोग हस्तान्तरण गरेको हो। समितिका सचिव तिलक केसी र प्रवास कार्यालयका मुख्य सचिव टिबी पाठकले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दश लाख रुपैयाँको चेक हस्तान्तरण गर्नुभएको थियो। सहयोग ग्रहण गर्दै अध्यक्ष प्रचण्डले पश्चिम उपमहादेशीय संगठन समितिलाई धन्यवाद दिनुभयो। उहाँले हिजो बसेको पदाधिकारी बैठकको निर्णयअनुसार आज केन्द्रीय राहत कोष स्थापना गरिएको उल्लेख गर्दै यसमा पार्टीको तर्फबाट निर्वाचित जनप्रतिनिधिलगायत इच्छुक सबैलाई सहयोगका लागि आह्वान गरिएको जानकारी दिनुभयो । उहाँले घटनालगत्तै सम्बन्धित क्षेत्रमा रहेका नेता कार्यकर्ता उद्धारमा परिचालित भएको जानकारी दिंदै सबै जवस र मोर्चाहरुलाई संस्थागतरुपमा नै उद्धार, राहत र पुनर्स्थापनाका लागि स्वयंसेवक परिचालन गर्न निर्देशन दिइएको बताउनुभयो । प्रसावमा रहेका पार्टी कमिटीहरुले पनि सहयोग पठाउने कार्य सुरु गरकोमा उहाँले खुशी व्यक्त गर्नुभयो । अध्यक्ष प्रचण्डले जनताको दुःखपीडालाई सम्बोधन गर्नु नै राजनीतिको मुख्य अभिष्ट भएकाले संकटको बेलामा जनताको सेवामा जुट्न सबै नेता कार्यकर्ताहरुलाई आग्रह पनि गर्नुभयो। यसअघि हिजो माओवादी केन्द्रको एसिया संगठन समितिले पाँच लाख सहयोग हस्तान्तरण गरेको थियो । त्यस्तै आज माओवादी केन्द्र निकट नेपाली जनप्रगतिशील मञ्च युरोप कमिटीले दुई लाख लाख रुपैयाँ सहयोग नेपाल पठाएको जनाएको छ । मञ्चका अध्यक्ष चित्र सुवेदी र महासचिव धर्मराज खतिवडाले विज्ञप्तिमार्फत सहयोग पठाएको जानकारी गराउँदै राष्ट्रिय कमिटीहरू, पदाधिकारी, सल्लाहकारलगायतलाई स्वैच्छिक रूपमा आर्थिक सङ्कलनका लागि अपिल गर्नुभएको छ ।

पत्रकारलाई कैद सजाय प्रकरणः पत्रकार महासंघले उठायो आदेशमाथि प्रश्न

काठमाडौं ।  अनलाइन न्युज पोर्टल सिधा कुरा डटकमका कार्यकारी सम्पादक नवीन ढुंगाना र प्रकाशक युवराज कँडेललाई सर्वोच्च अदालतले जेल सुनाएपछि नेपाल पत्रकार महासंघले चासो जनाएको छ । सोमबार महासंघका महासचिव रोशन पुरीले विज्ञप्ति जारी गर्दै सर्वोच्चबाट भएको फैसलाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । ‘समाचार स्रोतलाई विश्वास गरेर गलत समाचार प्रकाशन-प्रसारण गरेको स्वीकार गर्दै सम्बन्धित सञ्चार संस्थाले उक्त समाचार हटाएको र माफीसमेत मागिसकेको थियो’, उनले भनेका छन्, ‘स्रोतबाट प्राप्त सामग्री पत्रकारले प्रयोगशालामा परीक्षण गर्ने व्यवस्था नभएको र सञ्चारसम्बन्धी नीति तथा कानूनले त्यस्तो व्यवस्था नगरेको अवस्थामा प्रकाशित सामग्री गलत भएमा सच्च्याउने व्यवस्था पत्रकार आचारसंहितामा गरिएको छ ।’ सञ्चारमाध्यममा आएका सामग्रीमा चित्त नबुझेमा प्रचलित कानुनअनुसार प्रेस काउन्सिल नेपाल र अदालतबाट निरुपण हुनुपर्ने मान्यता महासंघले राखेको उनलले बताएका छन् । महासंघले कुनै पनि फैसला संविधानले प्रत्याभूत गरेको पूर्ण प्रेस स्वतन्त्रता र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको विश्वव्यापी मान्यताविरुद्ध हुन नहुने पनि भनेको छ । ‘सञ्चारमाध्यमले माफी मागेर गलत सामग्री हटाइसकेको अवस्थामा सर्वोच्च अदालतले आफैंले प्रतिवेदन उठान गरेर, निवेदन दर्ता गरी आफैंले पत्रकारलाई जेल पठाउने फैसला गरेकोमा महासंघको गम्भीर चासो र चिन्ता छ । महासंघ कुनै पनि फैसला वा निर्णय सञ्चार क्षेत्र नियन्त्रणका लागि दिर्घकालीन नजिर नबनोस् भन्ने कुरामा सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँदछ,’ उनले भनेका छन् ‘संविधानले प्रत्याभूत गरेको पूर्ण प्रेस स्वतन्त्रता, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको विश्वव्यापी मान्यताको पक्षमा नेपाल सरकार, न्यायालय र अन्य सम्बन्धित पक्षलाई गम्भीर हुन महासंघ आग्रह गर्दछ ।’ सर्वोच्चका प्रधानन्यायाधीश विश्वम्भवरप्रसाद श्रेष्ठसहित ९ न्यायाधीश संलग्न बृहत् पूर्ण इजलासले आइतबार निर्णय सुनाउँदै विवादित अडियो रेकर्ड गर्ने राजकुमार तिम्सिनालाई पनि ६ महिना कैद सजाय सुनाएको थियो । त्ययसैगरी सिधाकुराका कँडेल र ढुंगानालाई जनही ३ महिना कैद सजाय सुनाएको थियो । यद्यपि, माफी मागे ७ दिन मात्रै कैद बस्नुपर्ने कुरा फैसलामा उल्लेख छ ।

माओवादी केन्द्रद्वारा केन्द्रीय राहतकोष स्थापना, सांसदहरुले दश/दश दिनको पारिश्रमिक दिने

काठमाडौं । नेकपा माओवादी केन्द्रले बाढीपहिरो पीडितका लागि केन्द्रीय राहत कोष स्थापना गरेको छ। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को नाममा रहेको ग्लोवल आइएमई बैंक कोटेश्वर शाखामा रहेको ३६०१०१०००००४५ नम्बरको खातामा रकम जम्मा गर्न सकिने गरी केन्द्रीय राहत कोष स्थापना गरिएको हो। हिजो बसेको कार्यालय (पदाधिकारी) बैठकको निर्णयअनुसार राहतकोष स्थापना गरेर माओवादी केन्द्रले माताहतका कमिटीहरुलाई राहत जम्मा गर्न परिपत्र पनि गरिसकेको छ। सो केन्द्रीय राहतकोषमा संघीय संसदका सदस्य र प्रदेशसभा सदस्यहरुले दश दश दिनको पारिश्रमिक जम्मा गर्ने छन् भने स्थानीय तहका जनप्रतिनिधिहरुलाई स्वैच्छिक सहयोग गर्न माओवादी केन्द्रले परिपत्र गरेको छ । त्यस्तै पार्टीका प्रदेश समितिहरुले पनि राहत रकम संकलन गरी केन्द्रीय राहतकोषमा रकम जम्मा गर्ने व्यवस्था मिलाइएको माओवादी केन्द्रको केन्द्रीय कार्यालयले जनाएको छ । पदाधिकारी बैठकको निर्णयअनुसार केन्द्रीय कार्यालय पेरिसडाँडामा पार्टीको विपत व्यवस्थापन विभागले हेल्प डेस्क स्थापना गरेर दैनिक विपतको स्थिति अद्यावधिक गर्ने व्यवस्था मिलाइएको छ। विपतको सामना गर्न पार्टी पंक्ति, जबस र मोर्चाहरुलाई विपत् क्षेत्रमा स्वयंसेवक खटाउन, खोज, उद्धार, राहत र पुनर्स्थापनामा जुट्न पनि माओवादी केन्द्रले माताहतका कमिटीलाई परिपत्र गरिसकेको जनाएको छ।

अखिल क्रान्तिकारीमा उम्मेदवारको उमेरहद टुंग्याउन मतदान गरिने

काठमाडौं । नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीले नयाँ नेतृत्व चयनमा उमेरको हदबन्दी लगाउने कि नलगाउने भन्ने निर्णय निर्वाचनमार्फत् गर्ने भएको छ । उमेरको हदबन्दी लगाउनुपर्छ भन्ने पक्षमा रहेकालाई मतपत्रमा २८, ३० र ३२ वर्षको उमेर हदको विकल्प दिइएको छ । उमेरको हदबन्दी लागे पनि नलागे पनि नयाँ नेतृत्व चयन प्रक्रिया भने मतदानमार्फत् नै हुने छ । अखिल क्रान्तिकारीको केन्द्रीय कार्यालय टिमले आज विहान पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग गरेको छलफलपछि सो निर्णय गरेको हो । अखिल क्रान्तिकारीका फ्र्याक्सन इन्चार्ज हिमाल शर्माले सुरुमा उमेरको हदबन्दी लगाउने कि नलगाउने भन्नेमा मतदान हुने र लगाउनुपर्छ भन्ने पक्षमा भएकालाई २८, ३० र ३२ वर्षमध्ये कतिमा हदबन्दी लगाउने भन्ने विकल्प दिइने बताउनुभयो । निर्वाचनबाट जे रिजल्ट आउँछ त्यही अनुसार नेतृत्व चयन गर्दा फेरि निर्वाचन गरिने छ ।  अखिल क्रान्तिकारीले यसपटक नेतृत्व चयनमा मात्रै होइन, विधानमै मतदान गर्ने नयाँ अभ्यास गर्ने भएको छ । इञ्चार्ज शर्माले नीति र नेतृत्व चयन दुबै प्रक्रियामा लोकतान्त्रिक विधि अपनाइने बताउनुभयो ।  यत्तिको लोकतान्त्रिक विधि अरु कुनै पनि संगठनमा नभएको उहाँले स्पष्ट गर्नुभयो ।  अध्यक्ष प्रचण्डले पूरै लोकतान्त्रिक विधिबाट नीति र नेतृत्व चयन गर्न निर्देशन दिएको इञ्चार्ज शर्माले जानकारी दिनुभयो । अध्यक्ष प्रचण्डले माथिबाट कुनै निर्णय लाद्ने काम नहुने जानकारी गराउँदै हलले जे भन्छ, त्यही मान्न विद्यार्थी नेताहरुलाई निर्देशन दिनुभएको थियो । अखिल क्रान्तिकारीको २३ औं राष्ट्रिय सम्मेलन काठमाडौंमा जारी छ ।

लोकप्रिय