‘डिप्रेसन न्यूनिकरणमा मिडियाको महत्वपूर्ण भूमिका हुन्छ’

‘डिप्रेसन न्यूनिकरणमा मिडियाको महत्वपूर्ण भूमिका हुन्छ’

महेन्द्रराज सिंह

काठमाडौ, चैत १८ । प्रेस काउन्सिल नेपालको आयोजना तथा राष्ट्रिय मानसिक स्वास्थ्य स्वयंसेवा संघ (KOSHISH) को संयोजनमा आयोजित “मानसिक स्वास्थ्य सचेतनामा मिडियाको भूमिका” बिषयक छलफल कार्यक्रममा बक्ताहरुले मनोसामाजिक अपाङ्तालाई न्यूनिकरण गर्र्न मिडियाको भूमिका महत्वपूर्ण हुने धारणा व्यक्त गरेका छन् ।

कार्यक्रममा प्रेस काउन्सिल नेपालका पूर्व अध्यक्ष बोर्णवहादुर कार्कीले मानसिक समस्या बढ्दै गएपछि आत्महत्या तथा सडकमा पुग्ने गरेको घटनाहरु बढिरहेकोमा यसको न्यूनिकरणमा मिडिया लाग्नुपर्ने धारणा राख्नुभएको थियो भने राष्ट्रिय मानसिक स्वास्थ्य स्वयंसेवा संघ (KOSHISH) का अध्यक्ष मातृका देवकोटाले भुकम्प, कुलतबाट उत्पन्न लगायतका विविध समस्याले मनमा निरन्तर जरो गाडेर बस्ने, हप्तादिन भन्दा बढीलम्बियो भने मानसिक रोगको लक्षण देखा पर्दछ ।

यसको एक्सरे, एमआरआईबाट मापन नहुने बताए । उनले भने, ‘नेपालमा ६० लाख बढी कुनै न कुनै किसिमको डिप्रेसनबाट ग्रस्त रहेको प्रतिवेदन छ ।’

कार्यक्रमका अध्यक्षता गरेका काउन्सिल सदस्य किशोर श्रेष्ठले मानसिक रुपमा विक्षिप्त पत्रकारहरुको अवस्था र दुर्घटनाका बारेमा धारणा राख्दै काउन्सिलले प्रिन्ट मिडियामा सीमित नरही विद्युतीय माध्यममा अनुगमन भैरहेको बताएका छन् ।

कार्यक्रममा मानसिक स्वास्थ्यमा ध्यान मनोसामाजिक अपाङ्ताग्रस्त भई सडकमा पु¥याईएका र उनीहरुलाई उद्धार गरिएको सम्वन्धी भिडियो पनि प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा चक्रपाणी नेपाल, सुनिलकुमार केसी, अंकुर न्यौपाने, अच्युत घिमिरे, अम्बिका भण्डारी, अनिल घिमिरे लगायतले पत्रकारिता खोज तथा अनुसन्धानमूलक, समस्या समाधानमूलक, सचेतनाका कार्यक्रम निरन्तर र ग्रामीणमूखि हुनुपर्ने र मानसिक समस्या डिप्रेसन न्यूनिकरण गर्नुपर्नेमा जोड दिएका थिए ।

यस वर्ष दसैँको टीकाको उत्तम साइत ११ः३६ बजे

काठमाडौं । यस वर्षको दसैँको टीकाको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा रहेको छ । शुक्रबार नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले सूचना जारी गर्दै  बिहान ८ बजेर ३३ मिनेटमा देवी विसर्जन गरिने जनाइको हो ।  टीका लगाइमाग्ने व्यक्तिले पूर्व फर्किनुपर्ने समितिले जनाएको छ । समितिका अनुसार घटस्थापनाको साइत असोज १७ गते बिहान ९ बजेर १६ मिनेटमा रहेको छ ।  यस्तै असोज २४ गते फूलपाती भित्राउने शुभसाइत बिहान ७ बजेर ११ मिनेटमा रहेको समितिले जनाएको छ । असोज २५ गते महाअष्टमी, कालरात्रि र महानवमी एकै दिन परेको समितिले जनाएको छ । असोज ३० गते कोजाग्रत पूर्णिमादेखि दसैँ पनि सकिने छ ।

एक सय ३५ उपसचिवहरूको सरुवा, करिब तीन दर्जन भुमिकाबिहिन

काठमाडौँ । सरकारले एक सय ३५ जना उपसचिवहरूको सरुवा तथा जिम्मेवारी हेरफेर गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भदौ ३१ गतेसम्म भन्दै विभिन्न मन्त्रालय, विभाग तथा संघीय निकायमा कार्यरत रहेका उपसचिवहरूको जिम्मेवारी फेरबदल गरेको सूची सार्वजनिक गरेको हो ।  सरुवा सूचीमा रहेका उपसचिवहरूलाई शिक्षा, श्रम तथा रोजगारी, गृह, उद्योग, स्वास्थ्य, वन तथा वातावरण, भूमि व्यवस्था, जलस्रोत तथा सिँचाइ लगायतका विभिन्न मन्त्रालयहरूमा खटाइएको छ भने त्यसमध्ये करीब तीन दर्जनजति उपसचिवहरुलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा राखेर भुमिका बिहिन बनाइएको छ ।

पत्रकार महासंघका कार्यवाहक अध्यक्ष बिष्टद्वारा राजीनामा

नेपाल पत्रकार महासङ्घका कार्यवाहक अध्यक्ष रमेश विष्टले राजीनामा दिएका छन् । विष्टले असोज १२ गते महासङ्घको निर्वाचन अनिश्चितकालका लागि स्थगित भएपछि विष्टले राजीनामा दिएका हुन् । आफ्नो राजीनामा उनले भनेका छन ‘विधान अनुसार महासङ्घको सदस्यताको फारम नभरेका, शुल्क नबुझाएका, पत्रकारिता क्षेत्रमा रहेको प्रमाण पेश नगरेका, जिल्ला र प्रदेश समितिबाट सिफारिस नभएका करिब साढे ४ सय व्यक्तिका विषयमा जिल्ला अध्यक्षहरूले प्रश्न उठाएपछि  सङ्गठनहरूले त्यसको उत्तर  दिन र जिम्मेवारी लिन नसक्दा यही असोज १२ गतेका लागि तोकिएको निर्वाचन नहुने निश्चित भएको हो । क्रियाशील पत्रकारले सदस्यता लिन र जोगाउन सङ्घर्ष गर्नु पर्ने तर पत्रकारिता क्षेत्रले नै नचिनेका व्यक्तिलाई घरमै सदस्यता पुर्याउने गलत अभ्यास हुर्किँदै जानु लज्जाको विषय हो । सङ्गठनहरूको दबाबमा त्यस्ता व्यक्तिलाई सदस्य स्वीकार गर्दै  जानु महासङ्घको गम्भिर झुल भएको  स्वीकार गर्नु पर्दछ ।’ विष्टले व्यक्तिगत र पदाधिकारीको हैसियतले सदस्यताको छिनाझप्टीमा कतै संलग्न नभएपनि २०८१ साल असोज १२ गते तोकिएको  निर्वाचन हुन नसकेकोसहित महासङ्घबाट  भएका सबै कमजोरीहरूको नैतिक जिम्मेवारी लिँदै  कार्यवाहक अध्यक्षबाट राजीनामा दिएको उल्लेख गरेका छन् । महासंघको निर्वचन समितिले आजै एक सूचना प्रकाशित गरि निर्वाचनका कार्यक्रम स्थगित भएको जानकारी दिएको थियो । महासङ्घमा विवाद चर्किएपछि महासङ्घको अध्यक्ष पदबाट विपुल पोखरेलले यस अघि नै राजीनामा दिइसकेका छन् ।

चाडबाड लक्षित सहुलियत पसल सुरु, ६१ स्थानमा सञ्चालनको तयारी

काठमाडौं । चाडबाडलाई लक्ष्य गर्दै खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सहुलियत पसल सुरु गरेको छ ।  संविधान दिवसको अवसर पारेर सञ्चालनमा ल्याइएको छुट पसलबाट सर्वसाधारणले धेरै सस्तोमा सामान किन्न सक्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश आचार्यले जानकारी दिनुभयो । एक साताभित्र ४२ जिल्लाका ६१ ठाउँबाट सहुलियत पसल सञ्चालन गर्ने उहाँले जानकारी दिनुभयो । किलोमा न्यूनतम ५ रुपैयाँ छुटले गरिब जनतालाई धेरै राहत मिल्ने प्रादेशिक कार्यालय प्रमुख भीम थापाले जानकारी दिनुभयो । संख्याका हिसाबले छुट पसल थोरै भए पनि अनलाइनमार्फत बिक्री गरिने खाद्यान्नमा पनि छुट दिइने उहाँको भनाइ छ । खाद्य र साल्टजस्तै दुग्ध विकास संस्थानले पनि सहुलियत पसल सञ्चालन गर्दै आएको छ । डीडीसीले भदौ १ देखि नै छुटमा बिक्री गर्दै आएको छ । डीडीसीले दुग्ध पदार्थअनुसार किलोमा १ सय ४० रुपैयाँसम्म छुट दिएर सामान बेचिरहेको छ । सरकारले सर्वसाधारणलाई छुट दिन सुपथ पसल सञ्चालन गरे पनि धेरैजसो पसल सुगममा मात्रै छन् ।

लोकप्रिय