तरबार लडाउने र नचाउने पर्वको संरक्षणमा जुटे स्थानीय युवा

तरबार लडाउने र नचाउने पर्वको संरक्षणमा जुटे स्थानीय युवा

पाल्पा, असोज २० । रैनादेवी छहरा गाउपालिका– ५, मुझुङ्गको कटौजेपानीका युवाले तरबार लडाउने र नचाउने पर्वको संरक्षणमा जुटेको छ ।

सेनकाली राजाका पालादेखि तरबार लडाउने र नचाउने परम्परा रहेकोमा पछिल्लो समयमा यो लोप हुँदै गएको थियो । तर यसपाली स्थानीय युवाले ५० थान तरबार बोकेर प्रदर्शनीसमेत गरेका हुन । लोपन्मुख अवस्था रहेको यो पर्व स्थानीय युवाको सक्रियतामा फेरि संरक्षण हुन थालेको स्थानीयबासीले बताएका छन्।

कोजाग्रत पूर्णिमामा कालिकादेवीको मन्दिरमा पूजागरी दिउँसो स्थानीय बासिन्दाको पहलमा तरबार लडाउने र अर्को पक्षले ढालले रोक्ने गरी सराय नाच निकालिने गरिन्छ ।

अघि पञ्चेबाजासहित विशाल ¥यालीपछि तरबार लडाउने युवा, कालिकादेवीको मन्दिरका पूजारीले निकालिएको सराय नाचमा रौनकता ल्याएको हो । आश्विन शुक्ल पूर्णिमाको दिन बिहीबार सराय निकालेर रमाइलो हुने भएपछि पश्चिम पाल्पाका मानिसको त्यहाँ ओइरो लाग्ने गर्छ ।

मन्दिरमा रोट, कुखुरा, हाँस, बोका, राँगोलगायतको बलि चढाउने चलन छ । पूर्णिमाको अवसरमा समेत वडाले पञ्चबलि चढाउने चलन रहेको मन्दिरका पूजारी जंगबहादुर आलेले बताए ।

मन्दिरमा बलि चढाएपछि तीन पटक कालीकादेवीको परिक्रममा गरेर सराय निकालिने गरिन्छ । स्थानीय बासिन्दा, युवा, मन्दिरका पूजारीको समेत सक्रियतामा लोपोन्मुख सराय नाच संरक्षणमा लागिपरेका थिए । तरबार बोकेका युवाले वाख्यौ हो भन्दै सरायलाई नाचमा सक्रियता देखाएपछि अझै रौनकता देखिएको स्थानीय बासिन्दा पोषण राना मगरले बताए ।

सराय नाच निकाल्ने यो चलन झण्डै दुईसय वर्ष अघिदेखि रहेको मन्दिरका पूजारी आलेले जानकारी दिए । मन्दिरबाट निकालेको सरायमा तरबार लडाउने चलन अझै पनि रहेको छ । तरबार नचाउने र लडाएपछि पूजारीले कुभिण्डो काटेर सराय विर्सजन गरिन्छ । त्यसपछि घरघरमा रहेको टीका र जमरासमेत फूलबारीमा फाल्ने चलन रहेको आलेले बताए ।

रैनादेवी छहरा गाउँपालिका अध्यक्ष रामबहादुर कार्कीले कालिकादेवी क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने प्रतिबद्धता जनाए ।

उनले यसलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सबै मिलेर अगाडि बढ्नुपर्दछ भने । इतिहासका जानकार निर्मल श्रेष्ठले सयरा नाचको महत्व झल्काउन सकेको अवस्थामा यो क्षेत्र धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास हुने बताए ।

सराय अवलोकन लागि यो वर्ष उल्लेखनीय मानिसको उत्साहपूर्ण सहभागिता थियो । यो सराय पश्चिम पाल्पाको ठूलो सराय मेलाका रुपमा अझै निरन्तरता पाएको छ । सरायमा स्थानीय विभिन्न प्रकारका स्वादिलो खानाको स्वाद चाख्न पाइएको थियो । सो अवसरमा मुझुङ्ग पूर्णिमा महोत्सव २०७४ मूलसमितिको आयोजनामा वृहत सांस्कृतिक कार्यक्रम समेत सञ्चालन भएको थियो ।

तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् ऐजेण्डा

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गतका तीन संसदीय समितिको बैठक आज बस्न लागेको छ । संसद सचिवालयका अनुसार कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा आगामी दिनमा गर्ने स्थलगत अनुगमन तथा समितिले गर्ने काम कारवाहीका विषयमा छलफल हुनेछ । ११ बजे नै बस्ने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा विश्व जलवायु सम्मेलन (कोप २८) को कार्यप्रगतिबारे छलफल हुने बताइएको छ । त्यसैगरी, बैठकमा विश्व जलवायु सम्मेलन (कोप २९) मा नेपालको सहभागिताका लागि आवश्यक तयारीका सम्बन्धमा पनि छलफल हुने बताइएको छ । यस्तै दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा नविकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ माथि दफावार छलफल हुने कार्यसूची छ ।

यस्तो रहनेछ आजको मौसम

काठमाडौँ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ। आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधरणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कर्णाली प्रदेशका केही स्थानहरू, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। यस्तै आज राति कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

अनेरास्ववियु (क्रान्तिकारी)को राष्ट्रिय सम्मेलनको तयारी पूरा

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को २३औँ राष्ट्रिय सम्मेलनको तयारी पूरा गरेको छ ।  क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहले यही असोज १० देखि १४ गतेसम्म हुने सम्मेलनको तयारी पूरा गरिएको जानकारी दिनुभयो । यसअघि सम्मेलन असोज २ देखि ५ गते तोकिएकामा तीन प्रदेश कमिटीको सम्मेलन बाँकी रहेकाले नयाँ मिति तोकिएको उहाँले बताउनुभयो । सम्मेलनमा दुई हजार तीन सय २३ प्रतिनिधि सहभागी हुने भएका छन् । सम्मेलनले ३३ पदाधिकारीसहित दुई सय ४३ जनाको नयाँ केन्द्रीय कमिटी चयन गर्नेछ ।  उहाँका अनुसार यसपटक सम्मेलनमा सहभागी प्रतिनिधिले नै पदाधिकारी र केन्द्रीय कमिटी चयन गर्ने छन् । वर्तमान केन्द्रीय समितिले सम्मेलनमा सहभागी हुनका लागि आआफ्नो मातहतका कमिटीबाट निर्वाचित भएर आउनुपर्ने नयाँ व्यवस्था गरिएको छ । यसअघि वर्तमान केन्द्रीय कमिटी स्वतः सम्मेलनको प्रतिनिधिका रुपमा रहँदै आएका थिए ।  सम्मेलनको उद्‌घाटन सत्र कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान र बन्द सत्र किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको सभाहलमा हुने छ । सम्मेलनको उद्‌घाटन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नुहुनेछ ।

जलवायु न्यायको माग गर्दै युवाहरु सडकमा

ललितपुर– जलवायु न्यायको माग गर्दै युवायुवतीको समूहले ललितपुरको जावलाखेलमा पिपुल्स क्लाइमेट मार्च २०२४ र्‍याली निकालेका छन् । र्‍यालीमा सहभागीले विभिन्न नारा लेखिएका ब्यानर र प्ला कार्ड बोकेका थिए । उनीहरूले विकसित मुलुकहरूले खनिज, पेट्रोलियम एवं औद्योगिक उत्सर्जनबाट प्रदुषण बढाउन मुख्य जिम्मेवार रहेको र यसको मारमा नेपाल जस्ता राष्ट्रहरू परेको भन्दै विकसित देशले नेपाल जस्ता देशलाई क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् । विकसित राष्ट्रहरूले नेपाल जस्तो कम हरितगृह ग्यास उत्सर्जन गर्ने देशलाई तिर्नुपर्ने दायित्व पनि ऋणको रूपमा दिन खोजेको भन्दै यसको विरोध समेत गरेका छन् । नेपालमा भएको यो र्‍याली ‘ग्लोवल विक अफ एक्सन इन साउथ एसिया’को सन्दर्भ पारेर पनि आयोजना गरिएको हो ।

लोकप्रिय