त्रेतायुगमा ऐतिहासिक सीताकुण्ड ओझेलमा पर्दै

त्रेतायुगमा ऐतिहासिक सीताकुण्ड ओझेलमा पर्दै

पाल्पा, पुस २० । रामपुर नगरपालिका ५ र ६ को सिमानामा पर्ने ऐतिहासिक सीताकुण्डलाई नेपालकै महत्वपूर्ण कुण्डका रुपमा लिइएको छ ।

त्रेतायुगमा भगवान राम र सीता वनबास जाँदाको पौराणिक कथनसँग जोडिएको नेपालकै पर्यटकीय, ऐतिहासिक र धार्मिक क्षेत्र सीताकुण्ड प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ ।

भगवान राम वनबास जाने क्रममा रामपुर–८ स्थित कालीगण्डकी नदीको रामघाटमा बास बसेर दिनहुँ स्नान गरेको र सोही क्रममा उनकी धर्मपत्नी सीता रजस्वला भएपछि लुकाउनका लागि रामले रामघाटबाट वाण हानेर कुण्ड निर्माण गरेको किम्बदन्ती छ ।

सोही कुण्डमा सीताले रजस्वला भएका बखत नुहाएको हुनाले यस कुण्डको नाम सीताकुण्ड रहन गएको हो ।

नेपालका विभिन्न कुण्डमध्ये यस कुण्डलाई पनि एक महत्वपूर्ण कुण्डका रुपमा लिइएको छ । यसको ऐतिहासिक तथा धार्मिक महत्वको प्रचारप्रसार नहुँदा ओझेलमा परेको छ ।

यहाँका स्थानीयले ऐतिहासिक महत्व जोगाई राख्नका निम्ति तत्कालीन समयमा रामसीताको मन्दिर निर्माण गरेर नित्य पूजाआजा गर्दै आइरहेका छन् ।

पौराणिक कथनअनुसार सीताले नुहाएको यस कुण्डमा चामल फल्ने गरेको र सो चामल मन्दिरमा आउने उपासेले भोक लागेको समयमा थुतेर खाएपछि त्यस कुण्डमा धान फल्न थालेको जनविश्वास रहिआएको छ । यस कुण्डमा रहेको पानी कहिल्यै नसुक्ने र यहाँ वर्षेनी धान फल्ने र यही झर्ने गर्दछ ।

सीता रजस्वलाबाट बाहिर निस्किएपछि कुण्डभन्दा झन्डै २०० मिटर तल सीताको पाइला रहेको, खोलामा झर्ने क्रममा खुट्टा चिप्लिएर लडेपछि आरी आकार निर्माण भएको र सोही बाटो भएर झर्ने क्रममा भित्तामा हातले टेकेको छाप र भुइँमा चुल्ठो लत्रिएको आकार पनि देखिएको सीताकुण्ड मन्दिर व्यवस्थापन समितिका सचिव रुद्र नेपालीले बताए ।

मन्दिर र पोखरी कम्पाउण्ड निर्माणका लागि पर्यटन तथा संस्कृति मन्त्रालयबाट रु एक लाख र टुनिभन्ज्याङमा प्रवेशद्वार निर्माणका लागि रु तीन लाख, रामपुर नगरपालिकाबाट मन्दिर मर्मत सम्भारका लागि रु ५० हजार र यहाँका स्थानीय आमा समूहले मन्दिरमा टिनको छानो सहयोग गरेपछि विगत तीन वर्षयता कुण्ड परिसरमा विकासको गति विस्तारै अगाडि बढेको सचिव नेपालीले बताए ।

यहाँ श्रीकृष्ण जन्माष्टमीका दिन, रामनवमीका दिन र सीता विवाह पञ्चमीका दिन विशेष मेला लाग्ने गर्दछ । यस कुण्डको अवलोकनमा पाल्पा, स्याङ्जा, तनहुँ, नवलपरासी, कास्की, गुल्मी, रुपन्देहीलगायतका विभिन्न जिल्लाबाट भक्तजन आउने गरेका छन् ।

बसाइँसराइ, गाउँमा दक्ष जनशक्तिको अभाव, कुण्ड सहरदेखि दुर्गम स्थानमा रहनु, कुण्डसम्म पुग्ने बाटो साँघुरो र कच्ची हुनु, प्रचारप्रसारको कमीका कारणले गर्दा ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्रका रुपमा रहेको यस सीताकुण्ड मन्दिर ओझेलमा परेको हो ।

प्रकृतिले नै सुन्दर मनोरम दृश्यले भरिपूर्ण ऐतिहासिक, धार्मिक र पर्यटकीय महत्व बोेकेको सीताकुण्ड भविष्यमा पर्यटकको आकर्षणको केन्द्र बन्ने सम्भावना रहेको छ ।

आज देशभर मध्यमदेखि धेरै भारी वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम लगायतका पहाडी क्षेत्रहरूमा मध्यमदेखि भारी वर्षाको सम्भावना छ। राति कोसी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका एकदुई स्थानमा धेरै भारी वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन अनुरोध गरिएको छ। त्यस्तै, उच्च पहाडी तथा हिमाली भेगहरूमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ भने कोसी, वाग्मती र मधेस प्रदेशका केही स्थानमा हावाहुरीको पनि सम्भावना छ। विभागले हाल देशभर मनसुनी वायु सक्रिय रहेको जनाएको छ।

सुनको मूल्य बढ्यो, प्रतितोला १ लाख ९२ हजार ३ सय रुपैयाँमा कारोबार

काठमाडौं । स्थानीय बजारमा बिहीबार सुनको मूल्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेको हो। महासंघका अनुसार बिहीबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ९२ हजार ३ सय रुपैयाँ पुगेको छ। बुधबार उक्त मूल्य १ लाख ९२ हजार रुपैयाँ थियो। पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा देखिएको अस्थिरता र मागको वृद्धिका कारण सुनको मूल्य उकालो लागेको बताइएको छ। यस्तै, चाँदीको मूल्य पनि आज बढेको छ। चाँदी प्रतितोला ३५ रुपैयाँले बढ्दै २ हजार १७५ रुपैयाँमा कारोबार भइरहेको छ। सुनचाँदीको मूल्यमा आएको लगातार उतारचढावले आम उपभोक्ता र व्यापारी दुवै प्रभावित भएका छन्। विशेषज्ञहरूका अनुसार अन्तर्राष्ट्रिय बजारको मूल्य, विदेशी मुद्राको भाउ र आपूर्तिमा देखिएको असन्तुलनका कारण सुनचाँदीको मूल्यमा प्रभाव परेको हो।

श्रमिक र उत्पीडित वर्गको जीवन व्यवहारमा परिवर्तन नआएसम्म हाम्रो अभियान रोकिँदैन : अध्यक्ष प्रचण्ड

ललितपुर , नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले श्रमिक र उत्पीडित वर्गको जीवन व्यवहारमा परिवर्तन ल्याउन नसकेसम्म जनताको पक्षमा पार्टीले सञ्चालन गरेको अभियान नरोकिने बताउनुभएको छ । ललितपुरमा आयोजित ‘बेतलबी र घरेलु हेरचाह कार्यसम्बन्धी संवाद कार्यक्रम’लाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले संविधानले सुनिश्चित गरेका श्रमिकका हक–अधिकार व्यवहारमा प्रभावकारी रूपमा कार्यान्वयन गर्नु आजको आवश्यकता भएको स्पष्ट पार्नुभयो। पूर्वप्रधानमन्त्री प्रचण्डले आफू सरकारमा रहँदा औपचारिक तथा अनौपचारिक क्षेत्रका सबै श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा समावेश गर्ने अभियानको थालनी गरिएको स्मरण गराउँदै, त्यो कदम श्रमिकको जीवनलाई मर्यादित र सम्मानित बनाउने दिशामा महत्वपूर्ण भएको उल्लेख गर्नुभयो। “घरेलु श्रमिकसहित औपचारिक तथा अनौपचारिक क्षेत्रका सबै श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा समावेश नगरी उनीहरूको मर्यादित र सम्मानित जीवन सुनिश्चित हुन सक्दैन,” उहाँले स्पष्ट पार्नुभयो। अध्यक्ष प्रचण्डले पार्टीको पछिल्लो केन्द्रीय समिति बैठकमा उत्पीडित वर्ग र समुदायसँगको सम्बन्ध केही कमजोर भएको स्वीकार गरिएको जानकारी दिँदै भन्नुभयो, “हामीले कमीकमजोरीहरू स्वीकार गरेका छौं। अब ती सम्बन्ध सुधार गर्दै, ती वर्गका समस्याको समाधानमा केन्द्रित भएर अघि बढिरहेका छौं।” जनताको जीवनमा परिवर्तन नआएसम्म पार्टीको अभियान जारी रहने उल्लेख गर्दै अध्यक्ष प्रचण्डले दृढतापूर्वक भन्नुभयो, “जबसम्म आम श्रमिक र उत्पीडित वर्गको जीवन–व्यवहारमा ठोस परिवर्तन आउँदैन, तबसम्म हाम्रो अभियान पूर्ण हुनेछैन।” कार्यक्रममा उहाँले घरेलु श्रम तथा हेरचाह कार्यलाई पेशागत, सम्मानित र मर्यादित बनाउने अभियानमा पूर्ण साथ रहने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।

पैदलयात्री अभियान्ताले भेट अध्यक्ष प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्ड समक्ष सुर्खेतदेखि एक महिनाको लामो पैदल यात्रा गरी काठमाडौं आइपुग्नुभएका नवराज बोहोराले वातावरण संरक्षण, कर्णालीको समग्र विकास, अनियमितता तथा भ्रष्टाचारविरुद्ध खबरदारी गर्दै सुशासन स्थापनाको अभियानमा लाग्नुभएको जानकारी दिनुभयो। अध्यक्ष प्रचण्डले बोहोराको अभियान माओवादी केन्द्रको अभियानसँग मेल खाने उल्लेख गर्दै, आफू सरकारले रहँदा कर्णालीको समृद्धिका लागि गरेका पहलहरूले त्यसको प्रमाण भएको स्पष्ट पार्नुभयो। उहाँले बोहोराको अभियानलाई साथ दिने प्रतिबद्धता व्यक्त गर्नुका साथै अभियान निरन्तर जारी राख्न शुभकामना पनि दिनुभयो।

लोकप्रिय