दूधमा दिने अनुदान वृद्धि गर्न महानगरपालिका सकारात्मक छ : प्रमुख दाहाल

दूधमा दिने अनुदान वृद्धि गर्न महानगरपालिका सकारात्मक छ : प्रमुख दाहाल

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले दुग्ध कृषकलाई दूधमा महानगरले दिने अनुदानमा वृद्धि गर्न सकारात्मक रहेको बताएकी छिन् ।

भरतपुर–६ मा रहेको अन्नपूर्ण दुग्ध उत्पादक सहकारी संस्थाको ४० औँ साधारण सभा तथा अधिवेशनको उद्घाटन गर्दै प्रमुख दाहालले दूधमा अनुदान दिने देशमै पहिलो पटक भरतपुर महानगरपालिकाले गरेको बताइन् ।

महानगरपालिकाले २०७४ सालमा पहिलो पटक प्रति लिटर २५ पैसाबाट सुरु गरेको अनुदान अहिले ३ रुपैयाँ पुराएको प्रमुख दाहालले जानकारी दिइन्।
महानगरपालिकाको आन्तरिक अम्दानीमा वृद्धि भए दूधमा दिने अनुदानलाई वृद्धि गर्न सकिने उल्लेख गरे। आन्तरिक अम्दानी सोचेअनुसार संकलन हुन नसकेकाले यस आर्थिक वर्षमा दूधमा अनुदान वृद्धि गर्न नसकेको जानकारी दिए।

अन्नपूर्ण दुग्ध उत्पादक सहकारीले दैनिक ७ हजार लिटरभन्दा बढी दूध संकलन गरी नमुना काम गरेकोमा बधाई पनि दिए। आगामी वार्षिकोत्सवसम्म पुग्दा दैनिक १० हजार लिटर दूध संकलन गर्न सक्षम बन्न शुभकामना पनि व्यक्त गरे ।

प्रमुख दाहालले सहकारीले कृषि तथा पशुपलानमार्फत स्थानीय अर्थतन्त्रमा खेलेको भूमिकाको उच्च प्रशंसा पनि गरे ।

कृषको आर्थिक उन्नती, राजगारी सिर्जना र उभिप्रेरित रहेकोमा सहकारीलाई धन्यवाद पनि दिए । प्रमुख दाहालले महानगरले कृषि तथा पशुपालनलाई लक्ष्ति गर्दै विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आईरहेकाले पशुपालनमा आत्मनिर्भर रहेको धारणा व्यक्त गरे ।

चितवनको पहिलो दुग्ध उत्पादक सहकारी संस्था रहेको अन्नपूर्णले दूध, दही, घ्यू, पनिरका साथै पशु आहार र साईलेज उत्पादन गर्दै आइरहेको छ ।

सहकारीमा हाल ४६६ सेयर सदस्य रहेका छन् । सहकारीले भरतपुर महानगरपालिकाले प्रदान गर्ने अनुदान रकम भरतपुरमा सबैभन्दा ठूलो रकम पाउने गरेको छ ।

कार्यक्रममा उत्कृष्ट कृषक, कर्मचारी र सहकारीको उद्योगको उत्पादन बिक्री गर्ने बिक्रेतालाई सम्मान गरिएको थियो ।कार्यक्रम संस्थाका अध्यक्ष ऋषिराम चापागाईको अध्यक्षमा भएको थियो । ४० औँ अधिवेशनले नयाँ समिति चयन गर्ने छ ।

विश्वका घुम्नपर्ने ठाउँमध्ये नवौं स्थानमा लुम्बनी

लुम्बिनी । विश्व चर्चित पत्रिका अमेरिकाको ‘द न्युयोर्क टाइम्स’ ले बुद्ध जन्मस्थल लुम्बिनीलाई सन् २०२५ मा घुम्न जानुपर्ने विश्वका उत्कृष्ट ठाउँमध्येको नवौं नम्बरमा राखेको छ । उक्त पत्रिकाले उल्लेख गरेको ‘२०२५ मा पुग्नैपर्ने विश्वका ५२ उत्कृष्ट ठाउँ’ शीर्षकको सूचीमा ‘टप टेन’ भित्रै लुम्बिनी परेको हो ।  पत्रिकाले लुम्बिनीबारे संक्षिप्त व्याख्या गर्दै हजारौं वर्षअघि मायादेवी नामकी रानीले लुम्बिनीको बगैंचामा सिद्धार्थ गौतमलाई जन्म दिएको उल्लेख गरेको छ । लुम्बिनी नेपालको प्राचीन पुरातात्त्विक स्थल भएको र त्यहाँ ऐतिहासिक भग्नावशेष तथा जीवन्तकला रहेको पनि लेखेको छ । बौद्ध आस्थाको मुख्य केन्द्र र तीर्थस्थल भएको पत्रिकाको अनलाइन संस्करणमा उल्लेख छ । भूकम्पले देशलाई हल्लाएको १० वर्षपछि लुम्बिनीमा चित्ताकर्षक नयाँ नयाँ मन्दिर र ध्यान केन्द्र खुलिरहेको र नोभेम्बरमा उद्घाटन गरिएको ‘थाउजेन्ड टेम्पल’ को बढी व्याख्या गरिएको छ । महायानी सम्प्रदायको यो निकै चित्ताकर्षक र मनमोहक विहार हो । विहारभित्र त्रिकाल बुद्धका १६ फिट अग्ला ३ मूल प्रतिमा छन् । मूल प्रतिमसँगै १८ इन्च अग्ला हजार बुद्ध प्रतिमा तथा सात तथागतका मूर्ति छन् । आलेखमा ‘थाउजेन्ड टेम्पल’को माथिल्लो भित्ताका पेन्टिङ कलाको आकर्षक तस्बिर राखिएको छ ।

रवि लामिछाने आज जिल्ला अदालत काठमाडौँमा हाजिर हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज (आइतबार) जिल्ला अदालत काठमाडौँमा उपस्थित हुँदै छन्। काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगी अभियोगमा मुद्दा परेकाले उनी जिल्ला अदालतमा आफैँ हाजिर हुन लागेका हुन्। पोखराको सूर्यदर्शन सहकारी ठगी मुद्दामा यही पुस २५ गते मात्र धरौटीमा रिहा भएका पूर्वगृहमन्त्री लामिछाने पुस २६ गते साँझ काठमाडौँ आइपुगेका थिए।  अब उनी आज जिल्ला अदालत काठमाडौँमा हाजिर हुने रास्वपाका कार्यवाहक प्रवक्ता मनीष झाले जानकारी दिएका छन्। 

चार प्रदेशमा आज हल्का वर्षा र हिमपातको संभावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान माहाशाखाले हाल देशमा पश्चिमी न्युन चापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले कर्णाली, सुदुरपश्चिम र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदलीदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया  सफा रहेको छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । साथै देशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । आज राति भने कोशी, मधेश र बागमती प्रदेश लगायत देशको पहाडी भूभागमा साधारणतया बदली तथा बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थान तथा बाँकी भूभागका एकदुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेश र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थान तथा  बाँकी उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थान हल्का हिमपातको सम्भावना रहेको छ । लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावनाका साथै देशका उच्च पहाडी तथा हिमाली भू(भागका धेरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेकोले दैनिक जनजीवन, स्वास्थ्य, यातायात, पर्यटन तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।  आज सूर्योदय बिहान ६ बजेर ५६ किनेटमा र सूर्यास्त साँझ ५ बजेर २८ मिनेटमा हुनेछ ।

स्याङ्जाको आँधिखोलामा एक सय जना माओवादीमा प्रवेश

पोखरा । स्याङ्जाको आँधिखोला गाउँपालिकामा एक सय बढी नेता कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । शनिबार भएको आँधिखोला गाउँ समितिको दोस्रो अधिवेशनमा अवसरमा एक सय बढी नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । माओवादी केन्द्र गण्डकी प्रदेशका सचिवालय सदस्य एवम् वाइसीएलका केन्द्रिय सचिव हरि ढकालको अग्रसरतामा पार्टीमा भित्रिएका कार्यकर्तालाई पार्टीका वरिष्ठ उपाध्यक्ष एवम् पूर्वगृहमन्त्री नारायणकाजी श्रेष्ठले स्वागत गर्नुभएको हो। उहाँहरुलाई स्वागत गर्दै श्रेष्ठले देशैभर माओवादी प्रवेश गर्नेको लर्को लागेको बताउनुभयो । उहाँले पार्टी संकल्पबद्ध भएर अगाडि बढेको उल्लेख उल्लेख गर्नुभयो । युवा नेता हरि ढकालले चोकचोक गल्लीगल्लीमा माओवादीको चर्चा हुने गरेको बताउनुभयो। एमाले–कांग्रेसले भ्रष्टहरुलाई बचाउन माओवादी नेतृत्वको सरकार ढलाएको आरोप लगाउनुभयो ।

लोकप्रिय