नेपाली विद्यार्थी नेताहरू अखिल भारत विद्यार्थी परिषद्को अधिवेशनमा सहभागी, क्रान्तिकारीले उठायो सिमा मुद्धा

नेपाली विद्यार्थी नेताहरू अखिल भारत विद्यार्थी परिषद्को अधिवेशनमा सहभागी, क्रान्तिकारीले उठायो सिमा मुद्धा

नयाँ दिल्ली । भारतीय जनता पार्टीको विद्यार्थी संगठन अखिल भारत विद्यार्थी परिषदको अमृत महोत्सव एंव ६९ औं अधिवेशनमा नेपाली विद्यार्थी संगठनहरूले पनि सहभागिता जनाएका छन् ।

भारतको नयाँ दिल्लीमा आयोजित सो अधिवेसनमा नेपाली विद्यार्थी नेताहरूले सहभागीता जनाउँनुका साथै नयाँ पुस्तामा मित्रवत सहकार्यबारे महत्त्वपूर्ण छलफल गरेको माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल(क्रान्तिकारी)का केन्द्रीय अध्यक्ष पञ्चा सिंंहले एभेष्ट दैनिकलाई जानकारी दिइन् ।

सो क्रममा नेपाली विद्यार्थी नेताहरूले अखिल भारत विद्यार्थी परिषदको ६९ औंं अधिवेशनबाट निर्वाचित अध्यक्ष ,महासचिवलाई नेपाली ढाका टोपि लगाइदिएर बधाई तथा कार्यकाल सफलताको शुभकामना गरेका थिए ।

नेपाली विद्यार्थी नेताहरू बिजेपिको मुख्यालयमा विदेश विभागका नेतासँग छलफलको क्रममा
नेपाली विद्यार्थी नेताहरू बिजेपिको मुख्यालयमा विदेश विभागका नेतासँग छलफलको क्रममा

नेपाली विद्यार्थी नेताहरूले भारतमा विद्यार्थी संगठनको अधिवेशनमा सहभागी हुनुका साथै भारतीय जनता पार्टी मुख्यालयमा बिजेपि विदेश विभाग, राष्ट्रिय स्वयंसेवक संघका प्रचार विभाग प्रमुख पनि अन्तर्क्रिया गरे ।

अन्तर्क्रियाका क्रममा क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहले विजेपी भारतको रुलिङ पार्टी हुनुको नाताले नेपाल भारत सिमा समस्या हल गर्नको भुमिका निर्वाह गर्नुपर्ने धारणा राखिन । त्यसका अतिरिक्त विद्यार्थी नेताहरूले भारतले स्टार्टप क्षेत्रमा गरेको उल्लेख्य प्रगतिकाबारेमा छलफल गर्नुका साथै ज्ञान साझेदारी छलफल गरेका थिए ।

कार्यक्रममा नेपाल विद्यार्थी संघका सभापति डुजाङ शेर्पा, अखिलका अध्यक्ष समिक बडाल, अखिल(क्रान्तिकारी)का अध्यक्ष पञ्चा सिंह लगायतका विद्यार्थी नेताहरू सहभागी भएका हुन्।

शैक्षिक प्रमाण पत्र पेस गर्न नसकेपछि भट्टराईद्धारा श्रीलंकन राजदूतबाट नाम फिर्ता

काठमाडौं । सरकारले श्रीलंकाका लागि राजदूतमा प्रस्ताव गरेका रामकृष्ण भट्टराईले आफ्नो नाम फिर्ता लिनुभएको छ ।भट्टराईको संसदीय सुनुवाइ सकिए पनि अनुमोदन गर्ने वा नगर्ने समितिले निर्णय लिएको थिएन । स्नातक तह उत्तीर्ण गरेको शैक्षिक प्रमाण पत्र पेस गर्न सक्नुभएन। जसका कारण समितिले उनको नाम अनुमोदन गरेको थिएन ।भट्टराईले आफ्नो उम्मेदवारी कायम राख्न नचाहेको कुरा उल्लेख गरेर सुनुवाइ समितिमा पत्र पठाएको बताइएको छ ।

अखिल (क्रान्तिकारी) ललितपुरको अध्यक्षमा खनाल

काठमाडौं । अखिल क्रान्तिकारी ललितपुर जिल्ला समितिको अध्यक्षमा बासुदेव खनाल 'युनिक' निर्वाचित हुनुभएको छ । त्यसैगरी ललितपुर क्रान्तिकारीको उपाध्यक्षहरुमा प्रफुल्ल कुमार दाहाल, उपेन्द्र चाम्लिङ राई, सचिव किरण मर्हजन, सह सचीवहरु लोकराज तिमिल्सिना, आकृति सिल्वाल र कोषाध्यक्ष प्रेमिका मर्हजन निर्वाचित हुनुभएको छ ।   ललितपुर जिल्ला समितिको २५औं जिल्ला सम्मेलनले खनालको अध्यक्षतामा ५१ सदस्यीय समिति निर्वाचित गरेको हो । अखिल(क्रान्तिकारी) २३ औं राष्ट्रिय सम्मेलनको अन्तिम तयारीमा जुटेको छ।सम्मेलन यही असोज १० गते देखि १४ गतेसम्म काठमाडौंमा हुनेछ ।  

सहकारीको अनुसन्धान गर्न सीआईबीको टोली पोखरा जाँदै

काठमाडौं । सहकारीको अनुसन्धान गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोली पोखरा जान लागेको छ ।सरकारले पोखरास्थित सूर्यदर्शन सहकारीको अनुसन्धानमा सहयोग गर्न सीआईबीलाई पठाउन लागेको हो। सांसद सूर्य थापा नेतृत्वको संसदीय छानबिन समितिले सूर्यदर्शन सहकारी लगायत अन्य सहकारीबाट रकम झिक्दा रास्वपाका सभापति रवि लामिछानेको भुमिका नदेखिएको भन्ने प्रतिवेदन तयार गरेको छ । तर सो रकम ६५ करोड रुपैयाँ गोर्खा मिडियामा अपचलन भएको समितिले निष्कर्ष निकालेको छ ।  स्रोतका अनुसार सभापति रवि लामिछानेलाई सहकारी मुद्दामै कसरी जोड्न सकिन्छ भनेर सरकारी पक्ष लागेको बताइएको छ । हालसम्मको छानविन प्रतिवेदेनका आधारमा सभापति रवि लामिछानेलाई जिल्ला अदालत कास्कीले पक्राउ पुर्जी जारी गर्न नमानेपछि सरकारले सीआईबीलाई पुनः अनुसन्धानको लागि पठाउन लागेको बताइएको छ ।

तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् ऐजेण्डा

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गतका तीन संसदीय समितिको बैठक आज बस्न लागेको छ । संसद सचिवालयका अनुसार कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा आगामी दिनमा गर्ने स्थलगत अनुगमन तथा समितिले गर्ने काम कारवाहीका विषयमा छलफल हुनेछ । ११ बजे नै बस्ने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा विश्व जलवायु सम्मेलन (कोप २८) को कार्यप्रगतिबारे छलफल हुने बताइएको छ । त्यसैगरी, बैठकमा विश्व जलवायु सम्मेलन (कोप २९) मा नेपालको सहभागिताका लागि आवश्यक तयारीका सम्बन्धमा पनि छलफल हुने बताइएको छ । यस्तै दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा नविकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ माथि दफावार छलफल हुने कार्यसूची छ ।

लोकप्रिय