परिवर्तनका लागि कांग्रेस–माओवादी विच सहकार्यः नेता रायमाझी

प्रेम सुनार
गुल्मी, असार १० । पुर्व उपप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझीले सरकार देखि स्थानिय तह सम्म देशको समग्र विकास र परिवर्तनका लागि माओवादी केन्द्रले नेपाली कांग्रेस संग सहकार्य गरिएको बताएका छन् ।
गुल्मीको छत्रकोट र रुरु गाउँपालिकामा नेपाली कांग्रेस माओवादी केन्द्रको संयुक्त चुनावी आम सभालाई सम्वोधन गर्दै नेता रायमाझीले यस्तो वताएका हुन् ।
रुरु गाउँपालिका र छत्रकोट गाउँपालिकामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र विच मात्रै चुनावी तालमेल भएको होईन नेता रायमाझीले भने शान्ति प्रकृयाको १२ बुँदे सहमति , १९ दिने जनआन्दोलन , संविधान निर्मार्ण र कार्यन्यन गर्न ,नेपाली कांग्रेस संग सहकार्य हुँदै आएको हौं ।
उनले नेकपा एमाले संग पनि सहकार्य गर्न खोजिएकै हो तर उ हामी संग भन्दा पुर्व राजा ज्ञानेन्द्र र राजावादीहरु संग साँठ गरे पछि कुरा गम्भीर हुन सक्ने लागेर देश विकास र परिवर्तनका लागि कांग्रेस र माओवादी विच सहकार्य गरिएको हो ।
एमाले फिते र तमसुके
उनले नेकपा एमालेको राष्ट्रवाद मंण्डले राष्ट्रवाद भएको आरोप समेत लगाए । उनले एमाले नेताहरुलाई गफाडी , फिते र तमसुकेहरुको संज्ञा दिए । उनले भने–‘उहाँहरु चुनावताका गाउँमा मोटरबाट र खानेपानीका पाईपहरु फिता लिएर नाप्दै हिड्ने र रातमा जनताको घरै दलैमा वसेर यस्तो गर्दिन्छौ उस्तो गर्दिन्छौ भन्दै तमसुक गर्ने तर चुनाव पछाडी भने फर्केर आउँदैनन् , त्यस्ता फिते र तमसुकेहरुलाई अब जनताले चिन्नै पर्दछ ।’
‘१९ दिने जन आन्दोलनमा हामी कांग्रेस एमाले सवै संग सहकार्य गरेर गणतन्त्र स्थापना गरेका थियौं , यसर्थ संविधान र स्थानिय तह कार्यन्वयनका लागि हुन त हामीले एमाले संग पनि सहकार्य गरौं भनेका थियौं, तर हामीले राजावादीहरुका पछाडी लाग्न थाले पछि कांग्रेस संग मात्रै सहकार्य गरेका हौं । ’ – उनले यस अर्थिक वषमा गुल्मीका ४ अरव रुपैया विनियोजन गरिएको बताउँदै विकासका लागि सवै संग सहकार्य हुनु पर्नेमा जोड दिए ।
गणतन्त्र माओवादीले नै ल्याएको होः कांग्रेस नेता चन्द्र भण्डारी
दुई वटै गाउँपालिकाको संयुक्त चुनावी सभामा माओवादी नेता रायमाझी संगै सम्वोधन गर्न आएका नेपाली कांग्रेसका केन्द्रिय सदस्य चन्द्र भण्डारीले माओवादीकै जनयुद्धका कारण देशमा गणतन्त्र आएको बताएका छन् ।
२००७ सालमा कांग्रेसले क्रान्ति गरेको ईतिहाँस छ , २०३६ , २०४६ र २०६२ ÷०६३ मा पनि कांग्रेसले १९ दिने जन आन्दोलनको नेतृत्व गरेको ईतिहाँस छ , माओवादीले पनि १० वर्षे सशस्त्र युद्ध गरेको ईतिहाँस छ नेता भण्डारीले भने एमालेको कुनै ईतिहाँस छ ?
‘तर एमालेले माओवादीले १० वर्षे जनयुद्ध गरेर ल्याएको यो परिवर्तन हो भनेर समेत स्वीकार्न सक्दैन उनले मञ्चमा आसिन माओवादी नेता रायमाझी तर्फ फर्किदै भने ‘टोपबहादुर जि, हामी स्वीकार गर्दछौं र एमालेले पनि स्वीकार गर्नै पर्दछ गणतन्त्र माओवादी जनयुद्धले नै ल्याएको हो । ’
‘ एमालेलाई बृद्ध भत्ता वाहुनको कुश नै भयो ’
एमालेले बृद्ध भत्ता भन्दा अरु केहि गर्न नसकेरै होला खाली बृद्ध भृद्ध भत्ता–भत्ता भन्दै हिडेको र एमालेले नजिते कांग्रेस माओवादीले नदिने भन्दै भ्रम छरेको भन्दै नेता भणडारी कडा रुपमा प्रस्तुत भए । उनले भने नेपालमा बृद्ध भत्ताको परिकल्पना त कांग्रेस नेता कृष्ण प्रसाद भट्टराईको हो । ‘त्यही परिकल्पना मनमोहन अधिकारी प्रधानमन्त्री हुँदा लागु गरिएको हो ’–
उनले भने–‘ एमालेले सय रुपैयाँ बनाएको बृद्ध भत्ता कांग्रेसले एक पटक ५ सय र दोश्रो पटक कांग्रेस माओवादी सरकारमा छँदा एक हजार बृद्धि गरेको र तेश्रोबाट माओवादीका नेता अर्थमन्त्री छँदा मासिक २ हजार बृद्धि गरेको हो ।
उनले व्याङ्ग गर्दै भने–‘ पुजा मण्डममा वस्दा जसरी वाहुले यहाँ पनि कुश उहाँ पनि कुश र जति वेला पनि कुश..कुश..कुश … भनिरहन्छन् त्यस्तै एमालेको पनि चाल त्यस्तै छ खाली बृद्ध भत्ता .. बृद्ध भत्ता मात्रै गरिरहन्छ । )
माओवादी युद्धमा गए पछि र शान्ति प्रकृयामा आए पछि मात्र एमाले साईजमा आएको र शान्तिपुर्ण रुपमा सवैले राजनीति गर्न पाईएको प्रशंग निकाल्दै उनले हिजो एमालेको पकड रहेको रुरु र छत्रकोट गाउँपालिका अन्तर्गतका साविकका गाविमा उसले भोट हाल्न पाउने अधिकारबाट समेत कांग्रेजजनलाई बञ्चित गर्ने गरको कार्याकर्ताहरुलाई स्मरण गराउँदै अव डटेर भोट हाल्न र राजनैतिक गतिविधी गर्न निर्देशन दिए ।
उनले एमालेका लागि माओवादी कहिले अवसरा र कहिले विखण्डकारी र राष्ट्रघाति हुने गरेको टिप्पणी गरे । शान्ति सम्झौता गर्दा , माधव नेपाल झलनाथ खनाल र केपी ओलीलाई प्रधानमन्त्री बनाउँदा माओवादी ठिक , जव कांग्रेस संग सहकार्य गर्छ तव उ बेठिक र राष्ट्रघाती र विखण्डनकारी हुने , यो कस्तो अचम्व हो ? उनले प्रतिप्रश्न गरे । अझ अवसरा नै अरु बेला चाँही उ , बिखण्डकारी र राष्ट्रघाती हुने ? भनेर प्रतिप्रश्न गरे ।
उनले नेपालमा खास कम्युनिष्टको झण्डा माओवादी संग मात्रै भएको र एमालेले आफ्नो झण्डा गुमाएको बताए । भने–‘ उसको झण्डा त माओवादीले आफ्नो चुनाव चिन्ह बनाएर लगी सक्यो , खोसी सक्यो आफ्नो झण्डा समेत जोगाउन नसक्ने एमालेले कांग्रेस माओवादीलाई चुनाप पछि खोज्नु पर्दछ भन्ने केपी ओलीलाई मैले यहि भनेर जवाफ दिई सकेको बताए ।
छत्रकोट गाउँपालिकामा कांग्रेस माओवादी केन्द्रको तर्फबाट गाउँप्रमुखका उमेदवार अनन्तराम पौड्याल र उपप्रमुखमा रामप्रसाद पाण्डे एमालेका मधुकृष्ण पन्तको प्यानल संग चुनावी मैदानमा छन् । चुनावी सभामा एमाले विरुद्ध आज दिगाम , हर्दिनेटा र रिडी बजारमा रुरु गाउँपालिकाको चुनावी सभामा कांग्रेस माओवादी केन्द्रले ठुलै शक्ति प्रदर्शन गरेको थियो ।
रुरु गाउँपालिकामा कांग्रेस माओवादीको संयुक्त प्यानलबाट जिल्लाका सवै भन्दा कान्छा उमेदवार यदु ज्ञवाली प्रमुख र देवेन्द्र मल्ल उप प्रमुख उमेदवार रहेका छन् । एमालेको तर्फबाट निलकण्ठ गौतम प्रमुख पदका उमेदवार छन् । यि दुवै गाउँपालिकामा एमाले र कांग्रेस माआवादी गठबन्धन विच कडा टक्कर हुने देखिएको छ ।
ओलीले लेखकलाई पनि रविजस्तै फसाउँदैछन् : प्रभु साह
काठमाडौं । आम जनता पार्टी (आजपा) अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले भिजिट भिसा प्रकरणमा प्रधानमन्त्री केपी शर्मा ओलीको षड्यन्त्रले गृहमन्त्री रमेश लेखक फसेको आरोप लगाएका छन्। नेपालगञ्जमा आयोजित कार्यक्रममा बोल्दै साहले ओलीले रवि लामिछानेलाई जस्तै लेखकलाई पनि फसाउने खेल रचेको दाबी गरे। उनले ओली नेतृत्वको सरकारले काँखमा राखेर छुरा हान्ने शैलीमा काम गरिरहेको आरोप लगाउँदै, नेपाली कांग्रेस–एमाले गठबन्धनलाई अपवित्र र मुलुकलाई अस्थिर बनाउने गठजोड भने। साहले वर्तमान सरकारले तराई–मधेसमाथि बजेटमार्फत विभेद गर्दै नेपालगञ्जसहित पश्चिम तराईको विकासप्रति बेवास्ता गरेको आरोपसमेत लगाए। उनले ओलीको राजीनामा र अन्तरिम सरकार गठनको माग गरे।
दलित समुदायप्रति गठबन्धन सरकार असंवेदनशील : अध्यक्ष प्रचण्ड
काठमाडौं ।नेपाललाई छुवाछूतमुक्त राष्ट्र घोषणा गरिएको १९औं वर्ष पुगेको अवसरमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले एक सन्देश जारी गर्दै दलित समुदायप्रति हालको सरकार असंवेदनशील रहेको पुष्टि भएको बताएका छन् । उनले संविधानमा समावेश दलित अधिकारहरू कार्यान्वयनमा ढिलाइ भएकोप्रति गहिरो चिन्ता व्यक्त गर्दै वर्तमान सरकारद्वारा प्रस्तुत नीति, कार्यक्रम र बजेटमा दलित मुद्दा उपेक्षित भएको स्पष्ट संकेत दिएको बताए। "संविधानले कल्पना गरेअनुसार दलित समुदायको समग्र अधिकार सुनिश्चित गर्न हाम्रो पार्टी नेतृत्वको सरकारले ‘अधिकारसम्पन्न दलित विकास प्राधिकरण’ को अवधारणा अघि सारेको थियो," सन्देशमा उल्लेख छ, "तर, यस ऐतिहासिक प्रयासलाई वर्तमान सरकारले निरन्तरता नदिनु दलित समुदायप्रति गम्भीर बेइमानी हो।" प्रचण्डले वंशीय विभाजनमा आधारित सामन्ती राज्य व्यवस्थाले छुवाछूत, विभेद र उत्पीडनलाई संस्थागत रूपमा संरक्षण गर्दै आएको यथार्थलाई स्मरण गराउँदै, यो विभेद अन्त्य गर्न सशस्त्र जनयुद्ध र जनआन्दोलन आवश्यक परेको उल्लेख गरे। उनले संविधानमा दलित समुदायका अधिकारलाई मौलिक हकका रूपमा सुनिश्चित गरिए पनि व्यवहारमा त्यो कार्यान्वयन हुन नसकेको बताए। "जबसम्म दलित समुदायले समान अवसर प्राप्त गर्दैनन्, तबसम्म समतामूलक समाजवादोन्मुख राष्ट्र निर्माण असम्भव रहन्छ," प्रचण्डले भने। सन्देशको अन्त्यमा उनले राज्यसत्ताबाट ऐतिहासिक रूपमा पछाडि पारिएका दलित समुदायलाई विशेषाधिकारसहित क्षतिपूर्ति दिनुपर्ने माग पुनः दोहोर्याउँदै, आफ्नो पार्टीको प्रतिबद्धता र संघर्ष निरन्तर रहने प्रतिवद्धता जनाएका छन्। सन्देशमार्फत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण मुक्तिकामी समुदायप्रति उनले छुवाछूतमुक्त राष्ट्र घोषणा भएको १९औं वर्षको अवसरमा ऐक्यबद्धता र शुभकामना व्यक्त गरेका छन्।
माओवादीको काठमाडौं उपत्यका केन्द्रीत अभियान आजदेखि
काठमाडौं । नेकपा माओवादी केन्द्रको काठमाडौं उपत्यका केन्द्रीत अभियानको आज उद्घाटन हुने भएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मध्यान्न १ बजे चन्द्रगिरी थानकोटमा अभियानको उद्घाटन गर्ने कार्यक्रम छ । पार्टीले सञ्चालन गरेको हुलाकी मार्ग र मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान सफल भएको बताएको थियो । काठमाडौं केन्द्रीत अभियानमा नेवा र तामाङ समूदायमा केन्द्रीत हुने वागमती प्रदेश समितिले जनाएको छ ।
स्वदेश फर्किइन पूर्वराष्ट्रपति भण्डारी भनिन् -'चीन भ्रमण राम्रो भयो'
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी स्वदेश फर्किएकी छन् । उनी जेठ १० गते नेकपा (एमाले)का नेताहरूलाई लिएर चीन भ्रमणमा गएकी थिइन् । सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले भ्रमण राम्रो भएको बताइन् ।