पुँजी फस्न सक्छ, थाहा पाउनुस् शेयरमा लगानी गर्दा जान्नैपर्ने कुराहरू

पुँजी फस्न सक्छ, थाहा पाउनुस् शेयरमा लगानी गर्दा जान्नैपर्ने कुराहरू

काठमाडौं, कार्तिक १३ । शेयर बजारको राम्रो जानकारी हुनेलाई नाफा आर्जन गर्न गाह्रो छैन । शेयर बजारमा लगानी गर्नुले पनि थोरै रकमले धेरै आयको बाटो बनाउँछ । यसका लागि शेयर बजारबारे बझ्नु र आवश्यक तरिकाहरु जान्नुपर्छ । सेयर बजारमा गरिएको सानो लगानीले थुप्रैलाई अर्बपति बनाएको छ भने धैर्यताको अभावमा गरिएका लगानी डुबेका उदाहरणहरु पनि प्रशस्तै छन् । सेयर बजारमा आफ्नो लगानीका साथसाथै कला कौशल प्रयोग गरी अर्बपति बनेका टिम जि र माइकल जि ले शेयर बजारमा लगानी गर्दा १० वटा कुराहरुमा ध्यान दिनुपर्ने बताएका छन् । उनीहरुले अपनाएका यी १० सुत्रहरु पालन गर्न सकेमा आफ्नो उद्देश्यमा पुग्न ठुलो मद्धत हुने उनीहरु बताउँछन् ।

१. हट स्टकले बनाएको उचाईलाई अध्ययन गरिराख्नुहोस्

जब सेयर बजारको सपना देख्न सुरु गर्नुहुन्छ, अवश्य पनि बजारमा बढी चर्चा र कारोबारमा रहेको शेयर अर्थात हट स्टकबारे आफ्नो ध्यान बनाइराख्नुपर्छ । अध्ययन तथा अनुसन्धान गनुहोस् । स्टकले नयाँ उचाइ बनाइराख्दा स्टकको प्याट्रन तथा स्थानबारे ध्यान बनाइ राख्नुहोस् । सेयर बजारमा हल्लाले बनाएको नयाँ गिरावटलाई खासै ध्यान नदिनुहोस् ।

२. शेयर किन्नुहोस् र छोटो समयको अन्तरालमा नै बेचिहाल्नुहोस्

केही यस्ता व्यक्तिहरु हुन्छ जो मार्केट उचाइमा पुगेपछि मात्र धनी हुने सोच राख्छन् । छोटो समयमा गरिने किनबेचलाई प्राथमिकता दिनुहोस् । नाफा कमाउन धेरै समय होल्ड गरेर बस्नु राम्रो हुँदैन । कारोबार गरिरहेकाहरुले गरेको सफलताबारे अध्ययन गर्नुहोस् । त्यो नै नाफा कमाउने सुचक बन्नेछ ।

३. घाटालाई तुरुन्त कम गर्नुहोस्

सेयर बजारमा सफलता पाउन चाहानुहुन्छ भने पहिला आफ्नो घमण्ड पुर्ण रुपमा हटाउनुहोस् । यस्तो अवस्थामा केही समयका लागि पछाडि सर्नुपर्नेहुन्छ तर नोक्सानी कटौती गर्दै अगाडि बढ्नुपर्छ । नोक्सानीलाई लिएर निराश नभइकन अगाडि बढ्नका लागि तयार हुनुहोस् । कतिसम्म नोक्सानी व्यहोर्ने भन्ने बारेमा पहिले नै योजना बनाउनु होस् ।

४. थोरै वा धेरै नाफा लिन नहिचकिचाउनुहोस्

जबसम्म तपाईले गरेको लगानीबाट फाइदा लिइसक्नुहुन्न तबसम्म फाइदा भयो भनेर सोच्नु गलत हुनेछ । जति पनि फाइदा हुन्छ त्यसलाई जतिसक्दो चाँडो बुक गर्नुहोस् । मार्केट केही मिनेटमै परिवर्तन हुने हुदाँ जे गरें ठिक गरे भन्ने सोचमा जोड दिनुहोस् । नाफा कति कमाउने अर्थात कुनै पनि शेयरको मुल्य कति बढ्दा तपाईले नाफा कमाइयो अब बेच्छु भन्ने यकिन गर्नुहोस् न कि अझै बढ्छ अनि बेच्छु । अझै बढ्छ अनि बेच्छु भन्ने लालसा लिनु भयो भने बजार भाउ माथि नगई तल झरेको खण्डमा पछुताउनु सिवाय केही हुँदैन ।

५. नयाँ प्रविधिहरुको प्रयोग गर्नुहोस्

हरेक क्षेत्रलाई प्रविधिले प्रभाव पारिरहेको कुरालाई ग्रहण गर्नुहोस् । तपाई पनि शेयर बजारमा लगानी गरेर फाइदा कमाउन चाहानुहुन्छ भने आफुलाई पनि त्यसै अनुसार परिवर्तन गर्नुहोस् । प्रविधि सम्बन्धि कम्पनीहरुले के गर्दैछन् भनेर अत्तालिनुको साटो आफु पनि त्यसमा अभ्यस्त हुने जमर्को गर्नुहोस् । अब बजार पुर्णतया प्रविधिमा आधारित हुने भएकाले आफ्नो लगानीबाट नाफा कमाउन नयाँ प्रबिधि र बिजनेश मोडेललाई बुझ्ने पयास गरिराख्नुपर्छ । प्राविधिक विश्लेषण, अनलाइनबाट हुने बैंकिंग कारोबार, डिम्याट खाता लगायतका बजारका प्रविधिजन्य विषयलाई आत्मसाथ गर्दै बुझ्ने कोशिस गर्नुहोस् ।

६. लिकुइड स्टकसँग जोडिरहनुहोस्

यदि तपाई फरक ढंगले बजार बुझेर आम्दानी गर्न चाहानुहुन्छ भने लिकुइड स्टकमा टासिरहनु उत्तम उपाय हो । लिकुइड स्टक अर्थात बजारमा धेरै कारोबार भैरहने कम्पनीको शेयर खरिद बिक्रि गर्ने बानी गर्नु भयो भने चाहेको समयमा शेयर किन्न अनि बेच्न र नाफा बुक गर्न सकिन्छ । यस्तो स्टकमा धेरै आम्दानी नभए पनि छोटो समयमा आम्दानी निरन्तर रुपमा गर्न सकिने भएकाले त्यो तपाईका लागि दिगो हुन सक्छ ।

७. बजारमा चल्ने जस्तो सुकै हावादारी कुराको पछाडि नलाग्नुहोस्

कारोबारमा कुराहरु सस्ता हुन्छन् । कसैले दिएका कसम तथा सपनाका पछाडि नलाग्नुहोस् । फलानोले फलानो कम्पनीको शेयरबाट यति कमायो, फलानोले भनेको फलानो कम्पनीले यति बोनस दिन्छ भन्ने जस्ता कुराको पछि नलाग्नु होस् । यस्ता कुरा सुन्नु भयो भने वास्तविकता के हो पत्ता नलगाई कुनै कदम नचाल्नुहोस् । तपाईलाई शेयर किन्न उकास्ने व्यक्तिले शेयर बेच्ने समयको जानकारी नदिंदा उसले नाफा कमाए पनि तपाई घाटा पर्न सक्ने भएकाले आफ्नो निर्णय आफैं गर्नुहोस् ।

८. एकै पटकमा धेरै कम्पनीको सेयर नलिनु होस्

एकै पटकमा धेरै कम्पनीको सेयर खरिद गर्दा तपाईको पोर्टफोलियो के भईरहेको छ भनेर जानकार हुन नसक्ने तथा भनेको समयमा सबै सेयरको अध्ययन गर्न नसक्ने समस्याले चाहेको समयमा शेयर बिक्रि गर्न नसक्ने अवस्था आउन सक्छ । धेरै कम्पनीका धेरै सेयर हुँदा सोचाई धेरै हुने अनि त्यसले तनाव महशुस गराउनेतर्फ चनाखो हुनुहोस् । साथै एउटै कम्पनीको धेरै सेयर नलिनुहोस् । नाफा आउँदा त एउटाबाट धेरै आउन सक्छ त कारणबस नोक्सान भयो भने एउटै कम्पनीको धेरै शेयर कै कारण धेरै नोक्सान हुन्छ भन्ने कुरालाई नबिर्सिनुहोस् । आफ्नो क्षमता अनुसार ३० प्रतिशतभन्दा ज्यादाँ लगानी नगर्नुहोस् ।

९. धेरै सस्तो सेयर किनिरहनु आवश्यक छैन तर उछालमा रहेका बेच्नुहोस्

लगानीकर्ताले कहिलेकाँही कारोबार हुने सबैभन्दा सस्तो मुल्यमा रहेका सेयर किन्नुभन्दा पनि उछालमा रहेका सेयर बेचेर फाइदा लिनु बुद्धिमानी हुनेछ । मध्यम मुल्यका निरन्तर कारोबार हुने सेयरबाट पनि फाइदा लिन सकिन्छ । साथै सबैभन्दा सस्तो सेयर किनेर फाइदा गर्छु भन्ने सोच गलत नभए पनि उछालका सबैभन्दा बढी कारोबार हुने सेयरले फाइदा दिने सम्भावना निकै बढी हुन्छ ।

१०. सधै एउटा योजना बनाउनुहोस्

यदी तपाई गम्भिर भएर सेयर बजारबाट लामो समयसम्म नाफा कमाउने योजनामा हुनुहुन्छ भने एउटा केन्द्रिकृत योजना बनाएर अगाडि बढ्नु राम्रो हुन्छ । डर र लोभ दुवैलाई मिलाएर अगाडि बढ्नसक्नुपर्छ । आफ्नो योजनाबाट बिमुख नहुनुहोस् । सामान्य नोक्सानी देखिंदा नआत्तिनुहोस् । तपाईको इच्छाशक्ति र तपाईले बनाएको योजनाले नै तपाईको कमाईलाई निर्धारण गर्छ । लगानी गरिसकेपछि त्यसमा आउने संभावित जोखिमलाई सहन गर्ने क्षमता अनुसार मात्र लगानी गनुहोस्, जसले तपाईको आत्मविश्वासलाई अझै बढाउन सकोस् ।

बैंकिङखबरबाट साभार

नेप्सेमा ५७.०३ अंकको गिरावट, कारोबार रकममा पनि कमी

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक सोमबार ५७.०३ अंकले घटेर २५८०.७६ विन्दुमा बन्द भएको छ । नेप्से परिसूचकसँगै कारोबार रकम पनि गिरावट आएको छ । यस दिन सात अर्ब ३६ करोड १९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आइतबार १० अर्ब ३३ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको थियो । १४ कम्पनीको मात्र सेयर मूल्य वृद्धि भएको छ । २२७ कम्पनीको सेयर मूल्य घटेको छ । तीन कम्पनीको सेयर मूल्य स्थिर रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ । घटेको बजारमा आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेको छ । हिमालयन हाइड्रोपावरको सेयर मूल्य ९.९९ प्रतिशतले वृद्धि भएको छ । गुडविल फाइनान्सको सेयर मूल्य ९.९१ प्रतिशतले घटेको छ । थ्री स्टार हाइड्रोपावरको सेयर मूल्य पनि ९.३६ प्रतिशतले घटेको छ । १३ वटै समूहको परिसूचक घटेको छ ।

नेप्से परिसूचक २४ सय अंकको बिन्दुमा

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २४ सय अङ्कको बिन्दुमा पुगेको छ । २७ महिनापछि नेप्से २४ सयको अंकको विन्दुमा पुगेको हो ।  दुई ठुला राजनीतिक दलहरू नेपाली कांग्रेस र नेकपा एमाले मिलेर दुई तिहाइ आसपासको बहुमत सरकार गठन गरेयता नेप्से परिसूचक बढ्दै आएको छ । असार १७ गते मध्यरातमा कांग्रेस र एमालेले सम्झौता गर्ने भएपछि सोही दिन देखि बजार बढेको थियो । त्यसयताका १४ कारोबार दिन मध्ये परिसूचक २ दिन मात्रै घटेको छ ।  २०७८ चैत महिनामा नेप्से परिसूचक २४ सय अङ्कको बिन्दुमा थियो । त्यसयता निरन्तर घटेर १८ सय अङ्कको बिन्दुसम्म आइपुगेको नेप्से परिसूचक यतिबेला निरन्तर बढिरहेको छ । 

सेयर कारोबार बढ्दा नेप्सेपनि उकालो

काठमाडौं । सोमबार सेयरबजार ०.०७ अंकले हरियो भएको छ। सोमबार यो अंकले नेप्से बढ्दा १९८०.३४ विन्दुमा पुगेर रोकिएको छ।  योसँगै बजारमा २ अर्ब ९५ करोड ९४ लाख रुपैयाँको कारोबार भएको छ । सोमबार दिनभरिमा ७३ लाख ४१ हजार कित्ता सेयर बिक्री भएको छ।  नेपाल स्टक एक्सचेन्जका अनुसार आज ९९ कम्पनीको सेयर बढेको छ भने १२८ वटाको घटेको र १७ वटाको उही मूल्यमा कारोबार भएको छ।  सोमबार तीनवटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। पोखरा फाइनान्स र जानकी फाइनान्सको १० प्रतिशतले बढेको छ भने नेपाल फाइनान्सको पनि ९.९८ प्रतिशतले सेयर मूल्य बढेको छ।  लगानीकर्ताहरुको आज ६ प्रतिशतसम्म प्रतिसेयर नोक्सानी भएको छ । आज सर्वाधिक कारोबार भएको पोखरा फाइनान्स कम्पनीको १७ करोड ५४ लाख रुपैयाँको सेयर कारोबार भएको छ। 

नेप्सेमा सामान्य गिरावट

काठमाडौं । साताको अन्तिम कारोबार दिन आज सेयर बजार मापक नेप्से परिसूचक सामान्य घटेको छ । बिहीबारनेप्से ३.२४ अंकले घटेर १९६५.९३ को विन्दुमा झरेको छ ।  आज ३०३ धितोपत्रको ६३ लाख १२ हजार ५५२ कित्ता सेयर दुई अर्ब ३६ करोड ६९ लाख ७५ हजार ५९४ रुपैयाँमा किनबेच भएको छ । १३ वटा उपसमूहमध्ये पाँच वटाको समूहगत सूचक बढ्दा बाँकी आठ वटाको समूहगत सूचक घटेको छ ।  यस दिन मल्टी प्रपोज फाइनान्स कम्पनीको सेयर मूल्य सर्वाधिक ९.९९ प्रतिशतले बढेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । त्यस्तै, आज सबैको लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सर्वाधिक ५.८३ प्रतिशतले घटेको छ ।  

लोकप्रिय