प्रचण्डको प्रश्न – एमालेले २ नं. प्रदेश बनाउँदा राष्ट्रघात गर्यौं भनेर माफी माग्ने साहस गर्नसक्छ ? (भिडीयो सहित)

भिडियो हेर्ने यहाँ क्लिक गर्नुहोस्
काठमाडौं, मंसिर ९ । प्रधानमन्त्री प्रचण्डले जनताको मनोभावसँग फोहोरी राजनीति गरेर भ्रम फैलाउन खोजेको भन्दै प्रतिपक्षी एमालेको कडा आलोचना गरेका छन् ।
प्रधानमन्त्रीसँग सीधा कुरा कार्यक्रममा नेपाल टेलिभिजनमा बोल्दै प्रधानमन्त्रीले विगतमा आफैले गरेका निर्णयका विरुद्द एमालेले अहिले बिरोध गरेको देख्दा अनौठो लागेको बताए ।
“हिजो २ नंं प्रदेशमा सिन्धुली मिलाऔं भनेर मैले प्रस्ताव गरेको हो, त्यतिखेर एमालेले नै त्यहाँ पहाडी जिल्ला बनाउनु हुँदैन भनेर अड्डी कस्यो, ५ नं. मा पनि पहाडी जिल्लामात्रै राख्ने उनीहरुले समझदारी गरे । आज उनीहरु कुन नैतिकताले बिरोध गर्दैछन् ।” प्रचण्डले भने ।
प्रचण्डले अगाडि भने – हिजो ७ प्रदेश गठन गर्दा जुन मान्यतामा बसेर गरियो, अहिले पनि त्यसमा नै केन्द्रीत भएर संशोधन प्रस्ताव दर्ता भयो । नैतिकता बन्धकी राखेर राजनीतिक लाभका लागि जनताको मनोभावसँग खेल्न खोज्छ भने त्यसको परिणती त्यही पार्टीले लिन्छ ।
५ नं.का जनतालाई केही असहज भएको छ । तर हिजो २ नंं प्रदेश बनाउने बेला जुन राजनीतिक दल र शक्तिहरुले अहिले ५ नं.मा जाँदा अर्को कुरा गरेको देख्दा अनौठो लाग्छ । जनताको भावना बुझ्दा एउटा कुरा हो, तर जनताको मनोभाव उचालेको देख्दा उदेक लाग्छ ।
५ नंं प्रदेशका पहाडी जिल्ला पहाडमा हुनुपर्छ भन्नेहरु अहिले विदेशको इशारामा भनेर प्रचार गर्ने र जनतालाई भ्रममा पार्ने काम गरिरहनु अनौठोपूर्ण लागेको छ । अहिले आन्दोलनमा भएकाहरुले २ नं. बनाउने राष्ट्रघाती काम शुरु गरिसक्यौं, हिजो ५ नं.को पनि पहाडी जिल्ला छुट्याउने काम गर्यौं भनेर माफी माग्न सक्छन् ?
यो अहिलेको प्रस्ताव मैले आविस्कार गरेको होइन, यो प्रस्ताव नेपाली कांग्रेस र एमालेले सार्वजनिक गरेको प्रस्ताव हो । मधेसी मोर्चाले समेत यति गरियो भने हामी अगाडि बढ्छौं भनेपछि देशलाई निर्वाचनमा लैजानका लागि यस्तो गरिएको हो ।
यो प्रस्तावले मधेसको पुरै सम्बोधन भएको छैन । म आफै १० प्रदेशको पक्षमा छ । हाम्रो आफ्नै संशोधन प्रस्ताव छ । यसमा समावेशी समानुपातिकको माग गर्ने सबैका माग समेटिएका छैनन् । तर अहिलेको अवस्था हेर्नुपर्यो । सबैले केही त्याग गरेर सम्झौताको बिन्दुमा पुग्यौं भने देश निर्वाचनतर्फ जान्छ भन्ने कुरा हो । नत्र म आफैले फरक मत दर्ता गराएको छु संविधान बनाउँदा ।
एमाले राजा महाराजको युगमा जान खोजेको छ
प्रधानमन्त्री प्रचण्डले एमालेले देशको अग्रगमन नचाहेको आरोप लगाए । संविधान बनाउँदा एमालेको सहमति राष्ट्रपति र प्रधानमन्त्री बनाउन त होइन ? भन्ने प्रश्न अहिलेको व्यवहारले देखाएको उनले बताए । “कतै एमाले पछि फर्केर राजा महाराजाको युगमा त जान खोज्नु भएको छैन । यसो गर्नु भयो भने त्यो गम्भीर मनोगतवाद हुने छ । अगाडि बढ्ने कुराले मात्रै देशलाई अग्रगामी दिशामा लग्न सकिन्छ ।” उनले भने । “आफैले त्यतिखेर २ नं. मा एउटा पनि पहाडी जिल्ला नराख्ने । अहिले बिरोध गर्ने । वहाँहरु २ नंं मा पहिला आउनुपर्यो । पहिला त्यहाँ राष्ट्रघात गर्यौं भन्नुपर्यो, अनि सरकार यसमा कुरा गर्न तयार छ ।” तत्कालका लागि यसले फाइदा गरेको देखिएपनि यो देशलाई उल्टो दिशामा हिँडाउने बितण्डापूर्ण कदम मात्रै भएको उनको टिप्पणी थियो । प्रचण्डले अगाडि भने–
प्रतिपक्षी दल संविधान कार्यान्वयनतर्फ गम्भीर छ भने यस्तो बितण्डा मच्चाउनु जरुरी छैन । यदि वहाँहरु यसरी नै गर्न खोज्नुहुन्छ भने हिजो वहाँहरुले संविधान इमान्दारिताका साथ बनाउनु भएको रहेनछ भन्ने प्रश्न उठ्छ । कसैलाई प्रधानमन्त्री र राष्ट्रपति बनाउन उनीहरुले संविधान बनाउन खोज्या रहेछन् भन्ने पुष्टि हुन्छ । नत्र संविधान कार्यान्वयनतर्फ उनीहरु इमान्दार हुनुपर्ने हो । मैले सरकारको तर्फबाट दर्ता गर्ने कोशीस गरेको छु । संशोधन प्रस्ताव पारित भए ठीकै छ, भएन भने पनि देश चुनावतर्फ जान्छ । त्यसमा मलाई टेन्सन हुन्न । मान्ने नमान्ने सबैको स्वतन्त्रताको विषय हो ।
प्रतिपक्षी दलले मेरो अनुरोधलाई कमजोरी ठानेर सदन बहिस्कार गरेर भोट बढ्छ भन्ने लाग्यो भने त्यो भ्रम हो । त्यसले देशलाई मद्दत गर्दैन । निर्वाचन गर्न नदिने भित्री मनसाय हो भने राष्ट्रवादको नारा दिएर लुम्बिनीका जनतालाई भ्रममा राख्न सक्नुहोला, तर इतिहासलाई पुरै उल्ट्याउन सक्नुहुन्न ।
वामदेवजीले उग्र हुनु जरुरी छैन
संशोधन प्रस्तावको बिरोध एमाले नेता वामदेव गौतमले गरेकोप्रति टिप्प्णी गर्दै प्रचण्डले भने, “वामदेवजीले बचकाना र उग्र हुनु जरुरी छैन । मलाई दुख लागेको छ । पहिला पनि यस्तो गर्दा वहाँलाई राम्रो गरेको छैन । मैले वामदेवजी यसले तपाईलाई पनि राम्रो गदैन भनेको हो ।”
लोकमानलाई जोगाउन सदन बहिस्कार
प्रधानमन्त्री प्रचण्डले एमालेले लुम्बिनीका जनताको मनोभावलाई उचालेर राजनीतिक बेइमानी गर्न खोजेको आरोप लगाए । सदनमा लोकमानविरुद्धको महाअभियोगको एकमात्र प्रस्ताव छलफलका लागि तय भएको अवस्थामा सदन बहिस्कार गर्न खोज्नुबाट एमालेको नियतमाथि नै प्रश्न उठेको उनले टिप्पणी गरे ।
कृषकहरूको समस्यामा सरकार गम्भीर बनोस् : अध्यक्ष प्रचण्ड
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आत्मनिर्भर अर्थतन्त्रको विकासका लागि किसानलाई वास्तविक अर्थमा न्याय गर्नुपर्ने बताएका छन्। धान दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै अध्यक्ष प्रचण्डले जलवायु अनुकूल धानका जात र स्थान विशेषका आधारमा मल सिफारिसलाई प्रभावकारी कार्यान्वयन गर्नुपर्ने बताए । उनले सहकारीमार्फत साना किसानलाई बजारको सहज पहुँच प्रदान गर्न आग्रह गरे। प्रचण्डले आफ्नो सन्देशमा भनेका छन्, “धानबाली हाम्रो प्रमुख खाद्यबाली मात्र नभएर यो हाम्रो सांस्कृतिक पहिचान, आर्थिक आधार र आत्मनिर्भरताको महत्त्वपूर्ण कडी पनि हो ।” नेपालको कुल खाद्यान्न उत्पादनमा धानको योगदान करिब ५० प्रतिशतभन्दा बढी छ । यो हाम्रो राष्ट्रिय अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेको अध्यक्ष दाहालले बताए । यस वर्षको नारा ‘धान बालीमा सघनताः खाद्य सुरक्षा र आत्मनिर्भरता’ले धानखेतीमा उत्पादकत्व वृद्धि र आत्मनिर्भर अर्थतन्त्रको आवश्यकता दर्शाउने उनले उल्लेख गरे । समयमा मल, बीउ र सिँचाइको अभावले किसानले ठूलो कठिनाइ भोगिरहनुपरेको अध्यक्ष दाहालको भनाइ छ । सन्देशमा अगाडि भनिएको छ, “मैले नेतृत्व गरेको सरकारको पालामा, हामीले रासायनिक मलको आयात र वितरणमा पारदर्शिता ल्याई समयमै मल आपूर्ति सुनिश्चित गरेका थियौँ, ठूला, मझौला र साना सिँचाइ परियोजनालाई प्राथमिकता दिँदै किसानका खेतसम्म पानी पुर्याउन सघन प्रयास गरेका थियौँ ।” उनले वर्तमान गठबन्धन सरकारको कमजोर नीतिका कारण मल र सिँचाइको समस्या झनै जटिल बन्दै गएको बताए। धानबालीमा सघनता ल्याएर खाद्य सुरक्षा र आत्मनिर्भर नेपाल निर्माणका लागि बीउ, मल तथा सिँचाइका साथै धान जोनहरूमा पर्याप्त लगानी जुटाउन सरकारसमक्ष माग गर्दै आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि धानखेतीमा परनिर्भरताको अन्त्य गर्नुपर्नेमा जोड दिए । “सरकारले यो विषयमा गम्भीर बनेर किसानलाई न्याय गर्न माग गर्न चाहन्छु, सरकारसँग धानबालीमा सघनता ल्याउन बीउ, मल, सिँचाइ र धान जोनमा पर्याप्त लगानी सुनिश्चित गर्न सकिन्छ”, अध्यक्ष प्रचण्डले भने ।”
संसदीय समितिमा पारित भएका विधेयकमाथि छेडखानी नहोस् : अध्यक्ष प्रचण्ड
काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसदीय समितिबाट सर्वसम्मत रूपमा पारित भएका विधेयकहरू प्रतिनिधिसभामा पेश हुँदा चलखेल र छेडखानी हुने प्रवृत्तिप्रति गम्भीर चिन्ता व्यक्त गर्नुभएको छ। बुधबार बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उहाँले नेपाल प्रहरी सम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकमाथिको छलफलमा सहभागी हुँदै उक्त टिप्पणी गर्नुभएको हो। अध्यक्ष प्रचण्डले समितिबाट सर्वसम्मत पारित भइसकेका केही विधेयकहरू प्रतिनिधिसभामा कार्यसूचीमा राखिए पनि अन्तिम समयमा हटाइएको प्रति असन्तुष्टि व्यक्त गर्दै त्यसो नगर्न गर्दै सरकारलाई चेतावनी दिनुभयो। उहाँले भन्नुभयो, “हामीले धेरै मेहनत गरेर सदनमा ल्याएका र समितिबाट सर्वसम्मत पारित गराएका विधेयकहरू कार्यसूचीबाट हटाउने प्रवृत्ति देखिएको छ। यस्तो चलखेल नहोस् भन्ने हाम्रो आग्रह हो।” संघीय निजामती सेवा विधेयक र विद्यालय शिक्षा विधेयक जस्ता महत्त्वपूर्ण विधेयकहरू कार्यान्वयनका लागि अत्यावश्यक भएको भन्दै अध्यक्ष प्रचण्डले यसमा सरकार र समितिका सभापतिको ध्यानाकर्षण गराउनुभयो। उहाँले थप्नुभयो, “संवेदनशील विधेयकहरू टारिनेतिर लागियो भने हामी चुप लाग्दैनौं।” अध्यक्ष प्रचण्डले प्रहरीसम्बन्धी विधेयकलाई समय सान्दर्भिक, व्यापक छलफल र अधिकतम परिमार्जनसहित पारित गर्नुपर्नेमा समेत जोड दिनुभयो। उहाँका अनुसार, विधेयक तयार पार्दा अघिल्ला बहसहरू, सरोकारवालाको राय र संघीयताको मर्मलाई मध्यनजर गरिनुपर्छ। “यो विधेयक ढिला भए पनि आएकोमा सरकारलाई धन्यवाद दिन्छु। तर अब यसको परिमार्जन र समुचित प्रक्रिया सुनिश्चित गरेर अघि बढाउनु आवश्यक छ,” उहाँले भन्नुभयो। उहाँले संघीयताको प्रभावकारी कार्यान्वयनमा देखिएको अन्योल हटाउन कानुनी अधार निर्माणमा सबै दलले सहकार्य गर्नुपर्नेमा पनि जोड दिनुभयो। अध्यक्ष प्रचण्डको चेतावनीसँगै बैठकमा सहभागी अन्य सांसदहरूले पनि समितिबाट सर्वसम्मत रूपमा पारित भएका विधेयकहरूमा अनावश्यक हस्तक्षेप स्वीकार नहुने धारणा व्यक्त गर्नुभयो ।
रास्वपा र रविमाथि अन्याय नहोस् भनेर लागिरहेको छु : अध्यक्ष प्रचण्ड
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र त्यसका सभापति रवि लामिछानेमाथि अन्याय नहोस् भन्ने हेतुले अन्तिमसम्म प्रयास गरेको बताएका छन्। मंगलबार सिंहदरबारमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रचण्डले भिजिट भिसा प्रकरणमा रास्वपाले देखाएको असहमति र सत्ता साझेदारहरूबीचको सहमतिका विषयमा प्रतिक्रिया दिँदै उक्त कुरा बताएका हुन्। “रास्वपा र रवि लामिछानेलाई अन्याय नहोस् भन्नका निम्ति मैले अन्तिमसम्म प्रयास गरेको हो। अझै गर्दैछु। रास्वपाका साथीहरूले पछि बुझ्नुहुन्छ,” प्रचण्डले भने। उनले अहिले पनि रास्वपामाथि टिप्पणी गर्न नचाहेको जनाउँदै परिस्थितिको गम्भीरतालाई महसुस गरिरहेको संकेत दिएका छन्। यसअघि रास्वपाले सरकारले ल्याएको अध्यादेशसहितका विषयहरूमा असहमति जनाउँदै सार्वजनिक रूपमा असन्तुष्टि प्रकट गरेको थियो। सोही दिन प्रचण्डले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसँग सिंहदरबारमै भेटवार्ता गरेका थिए। भेटमा संसदको वर्तमान अवस्था र समाजवादी मोर्चाको आगामी दिशा सम्बन्धमा छलफल भएको बताइएको छ । “सदनको अहिले भइरहेको परिस्थितिको बारेमा समीक्षा गरिएको छ। समाजवादी मोर्चालाई कसरी अगाडि लैजाने र दुई पार्टीबीचको सम्बन्धबारे सामान्य छलफल हो, गम्भीर विषयमा होइन,” प्रचण्डले जानकारी दिएका छन्। यसले हालको सत्ता समीकरणमा देखिएको असमझदारी र सम्भावित फेरबदलको संकेत समेत दिएको राजनीतिक विश्लेषकहरूले टिप्पणी गरेका छन्।
शिक्षकका मागमा सरकार बहानाबाजी नगरोस् भनेर सदनको अवरोध हटाएका हौं : अध्यक्ष प्रचण्ड
काठमाडौं - नेपाल शिक्षक महासंघका पदाधिकारीहरूले आज नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग उहाँकै निवास खुमलटारमा भेटवार्ता गर्नुभयो। भेटका क्रममा महासंघका प्रतिनिधिहरूले सरकारले शिक्षकहरूसँग भएका सहमति कार्यान्वयनमा उदासीनता देखाएको गुनासो गर्दै ती सहमति तुरुन्त कार्यान्वयन गराउन विपक्षी दलको बलियो साथको अपेक्षा राख्नुभयो । शिक्षकहरूको गुनासो र माग सुनेपछि अध्यक्ष प्रचण्डले शिक्षक पेशा एक सम्मानित र राष्ट्रको भविष्यसँग जोडिएको पेशा भएको उल्लेख गर्दै सरकार शिक्षकहरूप्रति जिम्मेवार बन्नुपर्ने धारणा व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, “शिक्षकहरूलाई सम्मान गर्नुपर्छ, किनकि यो एक सम्मानित पेशा हो, जुन देशको भविष्यसँग समेत गाँसिएको छ।” उहाँले थप्नुभयो, “सरकार र शिक्षक महासंघबीच भएका सहमति कार्यान्वयन नहुने अवस्था सिर्जना भएको छ। हामीले सदनको अवरोध हटाउने निर्णय पनि सरकारलाई ‘शिक्षकका मागहरू पूरा भएनन्’ भन्ने बहाना नबनाउन सकोस् भनेर गरेका हौं।” अध्यक्ष प्रचण्डले शिक्षकका जायज मागहरू कुनै सर्तबिना तुरुन्त पूरा गर्नुपर्नेमा जोड दिँदै भन्नुभयो, “हामी ती मागहरू पूरा गर्न आफ्नो तर्फबाट पूर्ण रूपमा लाग्नेछौं।” उहाँले प्रारम्भिक बालविकास कक्षालाई विद्यालय संरचनाभित्र समेट्नुपर्ने आवश्यकता पनि औँल्याउनुभयो। भेटका क्रममा शिक्षक महासंघका पदाधिकारीहरूले शिक्षा क्षेत्रलाई अनिश्चितताको चपेटाबाट मुक्त गराउन तथा शिक्षकहरूसँग भएका सहमति तुरुन्त कार्यान्वयनमा पहल लिइदिन आग्रह गर्नुभयो।