प्रसूति समस्याका कारण नवजात शिशुको मृत्यु, सात महिनामा १५ गर्भ तुहियो 

प्रसूति समस्याका कारण नवजात शिशुको मृत्यु, सात महिनामा १५ गर्भ तुहियो 

रोल्पा, वैशाख २३ । सुत्केरी हुन जिल्ला स्वास्थ्य कार्यालय रोल्पा आएकी जंकोट–९ रोल्पाकी ३० वर्षीया खुमीसरा वलीको नवजात शिशुको शुक्रबार (हिजो)प्रसूति गराउने क्रममा निधन भयो ।

शिशु जन्मन एक हप्ता बाँकी रहेकै बेला शुक्रबार राति करिब १ बजेदेखि प्रसवपीडा भएपछि बिहान परिवारका साथमा वलीलाई जिल्ला अस्पताल ल्याइएको थियो । अस्पताल आइपुग्दा वलीको पाठेघरको मुख खुलिसकेको तथा शिशु उल्टो जन्मिएको प्रसूतिमा संलग्न डा. नजिर खानले जानकारी दिए ।

उनका अनुसार शिशुको टाउकामा दुई पटक नाल बेरिएको र साल पाठेघरको भित्री भागमा टाँसिएर बस्नाका साथै शिशु धेरै ठूलो भएको हुँदा सहजै जन्मन सकेन । पाठेघरको मुख खुलिसकेका कारण शल्यक्रिया गर्न नमिल्ने र त्यस्तो अवस्थामा बाहिर सिफारिस गर्न नमिल्ने भएपछि थप समस्या निम्तिएको थियो ।

निकै जोखिम अवस्थामा सुत्केरी भएकी वलीको अधिक रक्तश्राव भएका कारण जिल्ला अस्पतालका ल्याब टेक्निसियन विजयकुमार शाहले एक पिन्ट रक्तदान गरेका थिए । रक्तदानपछि थप उपचारका लागि सुत्केरी वलीलाई शनिबार बिहान २ बजे भेरी अस्पताल नेपालगन्जमा लगिएको छ ।

अहिले उनको भेरी अस्पतालमा उपचार भइरहेको छ । ‘निकै प्रयास गर्दापनि अभिभावकलाई जीवित बच्चा बुझाउन सकिएन तर अथक प्रयासबाट आमाको ज्यान बच्यो यो नै खुसीको कुरा हा’, डा.खानले भने ।

वलीका तीन सन्तान उल्टो नै जन्मिएको आफन्तले जनाएका छन् । जिल्ला अस्पतालमा ब्लड बैंक नहुँदा पटक पटक स्वास्थ्यकर्मी तथा त्यहाँका कर्मचारीले नै रगत दिने गरेको अस्पतालले जनाएको छ ।

डा.खानका अनुसार चालु आवमा मात्र जिल्लामा दुई महिलाले ‘इक्ल्याम्सिया’का कारण ज्यान गुमाएको तथा करिब सात महिनामा १५ गर्भ तुहिएका छन् ।

करिब सात महिनाका अवधिमा ४० गर्भवतीको सफल शल्यक्रिया भएको छ । स्वास्थ्यकर्मीका अनुसार रोल्पामा अन्धविश्वासका कारण अझैपनि जोखिम निम्तिएपछिमात्र अस्पताल आउने गरेका छन् ।

सुरु सुरुमा धामीझाँक्रीकै भरपर्ने र अवस्था जोखिम भएपछि अस्पताल आउने बिरामीको सहज रुपमा उपचार हुन नसक्ने डा.खानले बताए ।

अनेरास्ववियु (क्रान्तिकारी)को राष्ट्रिय सम्मेलनको तयारी पूरा

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को २३औँ राष्ट्रिय सम्मेलनको तयारी पूरा गरेको छ ।  क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहले यही असोज १० देखि १४ गतेसम्म हुने सम्मेलनको तयारी पूरा गरिएको जानकारी दिनुभयो । यसअघि सम्मेलन असोज २ देखि ५ गते तोकिएकामा तीन प्रदेश कमिटीको सम्मेलन बाँकी रहेकाले नयाँ मिति तोकिएको उहाँले बताउनुभयो । सम्मेलनमा दुई हजार तीन सय २३ प्रतिनिधि सहभागी हुने भएका छन् । सम्मेलनले ३३ पदाधिकारीसहित दुई सय ४३ जनाको नयाँ केन्द्रीय कमिटी चयन गर्नेछ ।  उहाँका अनुसार यसपटक सम्मेलनमा सहभागी प्रतिनिधिले नै पदाधिकारी र केन्द्रीय कमिटी चयन गर्ने छन् । वर्तमान केन्द्रीय समितिले सम्मेलनमा सहभागी हुनका लागि आआफ्नो मातहतका कमिटीबाट निर्वाचित भएर आउनुपर्ने नयाँ व्यवस्था गरिएको छ । यसअघि वर्तमान केन्द्रीय कमिटी स्वतः सम्मेलनको प्रतिनिधिका रुपमा रहँदै आएका थिए ।  सम्मेलनको उद्‌घाटन सत्र कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान र बन्द सत्र किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको सभाहलमा हुने छ । सम्मेलनको उद्‌घाटन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नुहुनेछ ।

जलवायु न्यायको माग गर्दै युवाहरु सडकमा

ललितपुर– जलवायु न्यायको माग गर्दै युवायुवतीको समूहले ललितपुरको जावलाखेलमा पिपुल्स क्लाइमेट मार्च २०२४ र्‍याली निकालेका छन् । र्‍यालीमा सहभागीले विभिन्न नारा लेखिएका ब्यानर र प्ला कार्ड बोकेका थिए । उनीहरूले विकसित मुलुकहरूले खनिज, पेट्रोलियम एवं औद्योगिक उत्सर्जनबाट प्रदुषण बढाउन मुख्य जिम्मेवार रहेको र यसको मारमा नेपाल जस्ता राष्ट्रहरू परेको भन्दै विकसित देशले नेपाल जस्ता देशलाई क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् । विकसित राष्ट्रहरूले नेपाल जस्तो कम हरितगृह ग्यास उत्सर्जन गर्ने देशलाई तिर्नुपर्ने दायित्व पनि ऋणको रूपमा दिन खोजेको भन्दै यसको विरोध समेत गरेका छन् । नेपालमा भएको यो र्‍याली ‘ग्लोवल विक अफ एक्सन इन साउथ एसिया’को सन्दर्भ पारेर पनि आयोजना गरिएको हो ।

यस वर्ष दसैँको टीकाको उत्तम साइत ११ः३६ बजे

काठमाडौं । यस वर्षको दसैँको टीकाको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा रहेको छ । शुक्रबार नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले सूचना जारी गर्दै  बिहान ८ बजेर ३३ मिनेटमा देवी विसर्जन गरिने जनाइको हो ।  टीका लगाइमाग्ने व्यक्तिले पूर्व फर्किनुपर्ने समितिले जनाएको छ । समितिका अनुसार घटस्थापनाको साइत असोज १७ गते बिहान ९ बजेर १६ मिनेटमा रहेको छ ।  यस्तै असोज २४ गते फूलपाती भित्राउने शुभसाइत बिहान ७ बजेर ११ मिनेटमा रहेको समितिले जनाएको छ । असोज २५ गते महाअष्टमी, कालरात्रि र महानवमी एकै दिन परेको समितिले जनाएको छ । असोज ३० गते कोजाग्रत पूर्णिमादेखि दसैँ पनि सकिने छ ।

एक सय ३५ उपसचिवहरूको सरुवा, करिब तीन दर्जन भुमिकाबिहिन

काठमाडौँ । सरकारले एक सय ३५ जना उपसचिवहरूको सरुवा तथा जिम्मेवारी हेरफेर गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भदौ ३१ गतेसम्म भन्दै विभिन्न मन्त्रालय, विभाग तथा संघीय निकायमा कार्यरत रहेका उपसचिवहरूको जिम्मेवारी फेरबदल गरेको सूची सार्वजनिक गरेको हो ।  सरुवा सूचीमा रहेका उपसचिवहरूलाई शिक्षा, श्रम तथा रोजगारी, गृह, उद्योग, स्वास्थ्य, वन तथा वातावरण, भूमि व्यवस्था, जलस्रोत तथा सिँचाइ लगायतका विभिन्न मन्त्रालयहरूमा खटाइएको छ भने त्यसमध्ये करीब तीन दर्जनजति उपसचिवहरुलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा राखेर भुमिका बिहिन बनाइएको छ ।

लोकप्रिय