बुधबार सुनको मूल्यमा कमी

बुधबार सुनको मूल्यमा कमी

काठमाडौं, फागुन ४ । बुधबार पनि सुनको मूल्यमा सामान्य कमी आयो ।

अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा १ सय रुपैयाँले सस्तिएर तोलाको ५५ हजार २ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुनको मूल्य मंगलबार पनि तोलामा १ सय रुपैयाँले नै घटेर तोलाको ५५ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य भने यसदिन पनि तोलाको ८ सय २० रुपैयाँमै स्थीर रह्यो ।

अन्तर्राष्ट्रिय बजारमा बुधबार साँझसम्म सुन प्रतिऔन्स १२ सय २७ डलर हाराहारीमा कारोबार भएको थियो ।

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । आज सुन प्रतितोला ५०० रुपैयाँ बढेर एक लाख ९३ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुन प्रतितोला एक लाख ९२ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य ३० रुपैयाँ बढेर दुई हजार ७५ रुपैयाँमा करोबार भइरहेको छ । मंगलबार चाँदी प्रतितोला दुई हजार ४५ रुपैयाँमा कारोबार भएको थियो ।

एकै दिन २२ सयले घट्यो सुनको मूल्य

काठमाडौं। नेपाली बजारमा आज (बुधबार) सुनको मूल्यमा भारी गिरावट आएको छ। यसअघि बुधबार तोलामा चार सय रुपैयाँले घटेको सुनको मूल्य आज पनि तोलामा २२ सय रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको प्रतितोला एक लाख ६० हजार रुपैयाँमा कारोबार भईरहेको छ। बुधबार छापावाला सुन प्रतितोला १ लाख ६२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, आज चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँले घटेको छ। आज चाँदीको मूल्य प्रतितोला १ हजार ९ सय ५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं  । बिहिबार घटेको सुनबजार शुक्रबार भने बढेको छ । शुक्रबार आज सुनचाँदीको दुवैको मूल्य बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन तोलामा २ हजारले बढेर तोलाको एक लाख ६६ हजार ५ सयमा कारोबार भइरहेको छ । यसअघि बिहीबार सुन तोलाको एक लाख ६४ हजार ५ सयमा कारोबार भएको थियो ।  त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला २० रुपैयाँले बढेर तोलाको १९८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

सुनको मूल्य तोलामा एकै दिन चार हजार रुपैयाँ घट्यो

काठमाडौं । स्थानीय बजारमा बिहीबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा चार हजार रुपैयाँ घटेको छ । यस दिन छापावाल सुन तोलाको एक लाख ६४ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुनको मूल्य तोलामा एक लाख ६८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।  त्यस्तै, चाँदीको मूल्य तोलामा ५५ रुपैयाँ घटेको छ । चाँदी तोलाको एक हजार ९६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। 

लोकप्रिय