भक्तपुरको चारवटै नगरपालिकामा काँग्रेसको तर्फबाट मेयरमा ४२, उपमेयरमा २३ को नाम सिफारिस

भक्तपुरको चारवटै नगरपालिकामा काँग्रेसको तर्फबाट मेयरमा ४२, उपमेयरमा २३ को नाम सिफारिस

भक्तपुर, वैशाख १५ । आगामी निर्वाचनका लागि भक्तपुरको चारवटै नगरपालिकामा नेपाली काँग्रेसको तर्फबाट प्रमुख तथा उपप्रमुखका लागि नाम सिफारिस भएको छ ।

नेपाली काँग्रेसको वडा तथा क्षेत्रीय समितिले आकांक्षीहरुको नाम सिफारिस गरेर पठाएपछि नेपाली काँग्रेस भक्तपुर जिल्ला समितिलाई उम्मेदवारको छान्न सकस भएको छ ।

नेपाली काँग्रेस चुनाव प्रचार समितिका संयोजक केदार खड्काका अनुसार भक्तपुर नगरपालिकामा प्रमुखका लागि नारायणप्रसाद तमखु र ऋषिकेशभक्त तिमिला तथा उपप्रमुखका लागि कोपिला कायस्थ र अम्बिकादेवी झाको नाम सिफारिस भएको छ ।

मध्यपुर थिमि नगरपालिकामा भने प्रमुखका लागि मात्रै अष्टकुमार कवेँ, सन्तोष भट्टराई, सुरेन्द्र श्रेष्ठ, केदार खड्का, मदनकृष्ण श्रेष्ठ, महेश श्रेष्ठ, गणेशमान चक्रधर, मुरारी आचार्य, गोकुल शर्मा र जीवन सिजापति गरी १० जनाको नाम सिफारिस भएको छ । उपप्रमुखमा उर्मिला वन, अञ्जना मढिकर्मी, भगवती अधिकारी, प्रमिला आचार्य, कमला कर्माचार्य (बस्नेत), लक्ष्मीशोभा प्रजापति र निर्मला थापा गरी सात जनाको नाम सिफारिस भएको छ ।

त्यसैगरी सूर्यविनायक नगरपालिकामा विष्णुराज कार्की, निशान ढुङ्गेल, उद्धव सिलवाल, राजु खड्का, सुशील बस्नेत, कृष्णमुरारी न्यौपाने, राजनकाजी त्वाती, शङ्कर केसी, कवीर राणा, रवि राणा, उपेन्द्रनन्दन तिमल्सिना, धर्मभक्त श्रेष्ठ, अच्युतप्रसाद मिश्र, भेषबहादुर कार्की, विदुरमान सिंह र नारायणभक्त खायमली गरी १६ जनाको नाम सिफारिस भएको छ ।

त्यसैगरी उपप्रमुखमा भने सङ्गीता थापा, कल्पना राजथला, सावित्री कार्की, गौरी खड्का खत्री, रिता खत्री कार्की, शोभा अधिकारी, विजयाशर्मा कोइराला, ललिता धिताल पोखरेल र रुपा भट्टराईको नाम सिफारिस भएर आएको छ ।

यता चाँगुनारायण नगरपालिकामा भने कृष्णलाल भँडेल, राजाराम खड्का, किरण न्यौपाने, जगन्नाथ कार्की, मनोजकुमार थापा, शिवहरि केसी, यादव अधिकारी, पुरुषोत्तम लामिछाने, शङ्करप्रसाद गौतम, जीवन खत्री, सम्पूर्ण रोक्का, टङ्कबहादुर कार्की, सुरेश श्रेष्ठ र उद्धव खड्का गरी १४ जनाको नाम सिफारिस भएको छ ।

उपप्रमुखमा भने राधा कार्की (सरु बानियाँ), रुपादेवी थापा, सावित्री लामिछाने, सङ्गीता फुयाल र सुभद्रा काफ्ले गरी पाँच जनाको नाम सिफारिस भएको छ ।

भक्तपुरका चार नगरपालिकामा चारवटा प्रमुख र चारवटा उपप्रमुखको उम्मेदवारका लागि नेपाली काँग्रेसबाट प्रमुखमा ४२ जनाको र उपप्रमुखका लागि २३ जनाको नाम सिफारिस भएको प्रचार संयोजक खड्काले जानकारी दिए ।

केही नाम वडा समितिबाट छनोट भई क्षेत्रीय समितिमा सिफारिस भएर क्षेत्रीय समितिमा पठाए पनि क्षेत्रीय समितिले भने अझै पनि उम्मेदवारको नाम छनोट गर्न सकेका छैनन् ।

नेपाली काँग्रेस भक्तपुर जिल्ला सभापति दुर्लभ थापाले १८ वर्षपछि स्थानीय तहको निर्वाचन हुन लागेकाले उम्मेदवारको आकांक्षी धेरै भएकाले व्यवस्थापनमा केही कठिनाइ भएकोे बताए ।

जिल्लामा आएको नामवलीमध्येबाट जिल्ला सभापतिको संयोजकत्वमा जिल्ला सभापतिको प्रत्यासी उम्मेदवार अष्टकुमार कवेँ, सभासद रामेश्वर ढुङ्गेललगायतको जिल्लास्तरीय उम्मेदवार छनोट समितिले उम्मेदवारको नाम छनोट गर्ने सभापति थापाले बताए ।

अनेरास्ववियु (क्रान्तिकारी)को राष्ट्रिय सम्मेलनको तयारी पूरा

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को २३औँ राष्ट्रिय सम्मेलनको तयारी पूरा गरेको छ ।  क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहले यही असोज १० देखि १४ गतेसम्म हुने सम्मेलनको तयारी पूरा गरिएको जानकारी दिनुभयो । यसअघि सम्मेलन असोज २ देखि ५ गते तोकिएकामा तीन प्रदेश कमिटीको सम्मेलन बाँकी रहेकाले नयाँ मिति तोकिएको उहाँले बताउनुभयो । सम्मेलनमा दुई हजार तीन सय २३ प्रतिनिधि सहभागी हुने भएका छन् । सम्मेलनले ३३ पदाधिकारीसहित दुई सय ४३ जनाको नयाँ केन्द्रीय कमिटी चयन गर्नेछ ।  उहाँका अनुसार यसपटक सम्मेलनमा सहभागी प्रतिनिधिले नै पदाधिकारी र केन्द्रीय कमिटी चयन गर्ने छन् । वर्तमान केन्द्रीय समितिले सम्मेलनमा सहभागी हुनका लागि आआफ्नो मातहतका कमिटीबाट निर्वाचित भएर आउनुपर्ने नयाँ व्यवस्था गरिएको छ । यसअघि वर्तमान केन्द्रीय कमिटी स्वतः सम्मेलनको प्रतिनिधिका रुपमा रहँदै आएका थिए ।  सम्मेलनको उद्‌घाटन सत्र कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान र बन्द सत्र किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको सभाहलमा हुने छ । सम्मेलनको उद्‌घाटन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नुहुनेछ ।

जलवायु न्यायको माग गर्दै युवाहरु सडकमा

ललितपुर– जलवायु न्यायको माग गर्दै युवायुवतीको समूहले ललितपुरको जावलाखेलमा पिपुल्स क्लाइमेट मार्च २०२४ र्‍याली निकालेका छन् । र्‍यालीमा सहभागीले विभिन्न नारा लेखिएका ब्यानर र प्ला कार्ड बोकेका थिए । उनीहरूले विकसित मुलुकहरूले खनिज, पेट्रोलियम एवं औद्योगिक उत्सर्जनबाट प्रदुषण बढाउन मुख्य जिम्मेवार रहेको र यसको मारमा नेपाल जस्ता राष्ट्रहरू परेको भन्दै विकसित देशले नेपाल जस्ता देशलाई क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् । विकसित राष्ट्रहरूले नेपाल जस्तो कम हरितगृह ग्यास उत्सर्जन गर्ने देशलाई तिर्नुपर्ने दायित्व पनि ऋणको रूपमा दिन खोजेको भन्दै यसको विरोध समेत गरेका छन् । नेपालमा भएको यो र्‍याली ‘ग्लोवल विक अफ एक्सन इन साउथ एसिया’को सन्दर्भ पारेर पनि आयोजना गरिएको हो ।

यस वर्ष दसैँको टीकाको उत्तम साइत ११ः३६ बजे

काठमाडौं । यस वर्षको दसैँको टीकाको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा रहेको छ । शुक्रबार नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले सूचना जारी गर्दै  बिहान ८ बजेर ३३ मिनेटमा देवी विसर्जन गरिने जनाइको हो ।  टीका लगाइमाग्ने व्यक्तिले पूर्व फर्किनुपर्ने समितिले जनाएको छ । समितिका अनुसार घटस्थापनाको साइत असोज १७ गते बिहान ९ बजेर १६ मिनेटमा रहेको छ ।  यस्तै असोज २४ गते फूलपाती भित्राउने शुभसाइत बिहान ७ बजेर ११ मिनेटमा रहेको समितिले जनाएको छ । असोज २५ गते महाअष्टमी, कालरात्रि र महानवमी एकै दिन परेको समितिले जनाएको छ । असोज ३० गते कोजाग्रत पूर्णिमादेखि दसैँ पनि सकिने छ ।

एक सय ३५ उपसचिवहरूको सरुवा, करिब तीन दर्जन भुमिकाबिहिन

काठमाडौँ । सरकारले एक सय ३५ जना उपसचिवहरूको सरुवा तथा जिम्मेवारी हेरफेर गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भदौ ३१ गतेसम्म भन्दै विभिन्न मन्त्रालय, विभाग तथा संघीय निकायमा कार्यरत रहेका उपसचिवहरूको जिम्मेवारी फेरबदल गरेको सूची सार्वजनिक गरेको हो ।  सरुवा सूचीमा रहेका उपसचिवहरूलाई शिक्षा, श्रम तथा रोजगारी, गृह, उद्योग, स्वास्थ्य, वन तथा वातावरण, भूमि व्यवस्था, जलस्रोत तथा सिँचाइ लगायतका विभिन्न मन्त्रालयहरूमा खटाइएको छ भने त्यसमध्ये करीब तीन दर्जनजति उपसचिवहरुलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा राखेर भुमिका बिहिन बनाइएको छ ।

लोकप्रिय