भोलिदेखि काठमाडौं महानगरभित्र सुर्तीजन्य पदार्थ बिक्रीमा रोक

भोलिदेखि काठमाडौं महानगरभित्र सुर्तीजन्य पदार्थ बिक्रीमा रोक

काठमाडौं । राजधानी काठमाडौंलाई व्यवस्थित, मर्यादित र स्वच्छ बनाउने उद्देश्यका साथ काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राजधानीमा मौलाएको बेथिती र बिसंगती अन्त्य गर्ने नाममा एकपछि अर्को गर्दै नयाँ नयाँ नियम लागू गर्ने गरेका छन् । त्यसको स्वागत पनि हुने गरेको छ । तर, कार्यान्वयन अवस्था भने कमजोर रहने गरेको छ ।

काठमाडौं महानगरपालिकाले यही मंसिर २७ गतेबाट सुर्तीजन्य पदार्थ बिक्रीमा रोक लगाउने निर्णय गर्यो । काठमाडौं महानगरका मेयर बालेन साहले आफ्नो भौगोलिक क्षेत्रभित्र प्लाष्टिकमा प्याक गरिएका सूर्तिजन्य पदार्थको बिक्री, भण्डारण तथा प्रयोगलाई पूर्णनिषेध गरिने नियम लागू गरिएको घोषणा गरे । सिद्धान्ततः यो निर्णय सकारात्मक भएपनि यसको कार्यान्वयनमा भने आशंका गरिएको छ । किनभने विगतमा पनि मेयर साहले गरेका यस्तो लोकप्रिय निर्णयको कार्यान्वयन नभएका थुप्रै उदाहरण छन् ।

काठमाडौं महानगरपालिका गत असोज १ गतेदेखि काठमाडौं महानगरपालिकाले सार्वजनिक क्षेत्रमा धूम्रपान गर्न प्रतिबन्ध लगायो । महानगरले धूम्रपान अर्थात् सुर्तीजन्य पदार्थ सेवनमा प्रतिबन्ध लगाए पनि सर्वसाधारणले आफुखुशी चूरोट तान्दै हिँडिरहेको सडक तथा सार्वजनिक स्थानमा प्रशस्तै देखिन्छ । यस्तै, मेयर साहले महानगरभित्र खुलारुपमा आगो बाल्ने तथा फोहोर जलाउन नपाइने अर्को घोषणा गरे ।

खुलारुपमा आगो बाल्ने तथा फोहोर जलाउने जस्ता कार्यले वायु प्रदूषण वृद्धि हुने तथा जनस्वास्थ्य समेतमा प्रतिकूल असर गर्ने भएकाले यस्ता कामलाई प्रतिबन्ध लगाएको महानगरपालिकाले यस्तो कार्य गरिएको खण्डमा कानूनी कारबाही गरिनेछ पनि भनियो । योजना सकारात्मक भएतापनि त्यो पनि कार्यन्वयनमा आएन ।

यस्तै, गत साउन १ गतेदेखि मापदण्ड तोकेर प्लाष्टिकको प्रयोगमा निषेध गरियो । आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा साउन १ गतेदेखि एकल प्रयोगको प्लाष्टिकलाई निषेध गर्ने, प्लाष्टिकको फूलगुच्छा उत्पादन, बिक्री वितरण र आयातका साथै ४० माइक्रोनभन्दा पातला प्लाष्टिकको झोलाको प्रयोगमा रोक लगाउने र यसको कार्यान्वयनलाई प्रभावकारी बनाउने घोषणा गरियो । तर, त्यो पनि कार्यन्वयनमा ल्याउन सकिएन ।

त्यसो त विश्व सम्पदा क्षेत्रका लागि बनाएको नो भेहिकल जोनमा सवारी साधन प्रवेश गर्न नदिने लगायतका केही नीतिगत प्रबन्ध भने कार्यान्वयनमा आएका पनि छन् । यद्यपी अन्य थुप्रै घोषणाहरु कार्यान्वयन हुन नसिकरहेको अवस्थामा सुर्तीजन्य वस्तुको बिक्री वितणमा रोक लगाउने निर्णयको कार्यान्वयन स्थिति कस्तो रहन्छ, त्यसको मूल्यांकन पनि अव तत्कालै हुने नै छ ।

शैक्षिक प्रमाण पत्र पेस गर्न नसकेपछि भट्टराईद्धारा श्रीलंकन राजदूतबाट नाम फिर्ता

काठमाडौं । सरकारले श्रीलंकाका लागि राजदूतमा प्रस्ताव गरेका रामकृष्ण भट्टराईले आफ्नो नाम फिर्ता लिनुभएको छ ।भट्टराईको संसदीय सुनुवाइ सकिए पनि अनुमोदन गर्ने वा नगर्ने समितिले निर्णय लिएको थिएन । स्नातक तह उत्तीर्ण गरेको शैक्षिक प्रमाण पत्र पेस गर्न सक्नुभएन। जसका कारण समितिले उनको नाम अनुमोदन गरेको थिएन ।भट्टराईले आफ्नो उम्मेदवारी कायम राख्न नचाहेको कुरा उल्लेख गरेर सुनुवाइ समितिमा पत्र पठाएको बताइएको छ ।

अखिल (क्रान्तिकारी) ललितपुरको अध्यक्षमा खनाल

काठमाडौं । अखिल क्रान्तिकारी ललितपुर जिल्ला समितिको अध्यक्षमा बासुदेव खनाल 'युनिक' निर्वाचित हुनुभएको छ । त्यसैगरी ललितपुर क्रान्तिकारीको उपाध्यक्षहरुमा प्रफुल्ल कुमार दाहाल, उपेन्द्र चाम्लिङ राई, सचिव किरण मर्हजन, सह सचीवहरु लोकराज तिमिल्सिना, आकृति सिल्वाल र कोषाध्यक्ष प्रेमिका मर्हजन निर्वाचित हुनुभएको छ ।   ललितपुर जिल्ला समितिको २५औं जिल्ला सम्मेलनले खनालको अध्यक्षतामा ५१ सदस्यीय समिति निर्वाचित गरेको हो । अखिल(क्रान्तिकारी) २३ औं राष्ट्रिय सम्मेलनको अन्तिम तयारीमा जुटेको छ।सम्मेलन यही असोज १० गते देखि १४ गतेसम्म काठमाडौंमा हुनेछ ।  

सहकारीको अनुसन्धान गर्न सीआईबीको टोली पोखरा जाँदै

काठमाडौं । सहकारीको अनुसन्धान गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोली पोखरा जान लागेको छ ।सरकारले पोखरास्थित सूर्यदर्शन सहकारीको अनुसन्धानमा सहयोग गर्न सीआईबीलाई पठाउन लागेको हो। सांसद सूर्य थापा नेतृत्वको संसदीय छानबिन समितिले सूर्यदर्शन सहकारी लगायत अन्य सहकारीबाट रकम झिक्दा रास्वपाका सभापति रवि लामिछानेको भुमिका नदेखिएको भन्ने प्रतिवेदन तयार गरेको छ । तर सो रकम ६५ करोड रुपैयाँ गोर्खा मिडियामा अपचलन भएको समितिले निष्कर्ष निकालेको छ ।  स्रोतका अनुसार सभापति रवि लामिछानेलाई सहकारी मुद्दामै कसरी जोड्न सकिन्छ भनेर सरकारी पक्ष लागेको बताइएको छ । हालसम्मको छानविन प्रतिवेदेनका आधारमा सभापति रवि लामिछानेलाई जिल्ला अदालत कास्कीले पक्राउ पुर्जी जारी गर्न नमानेपछि सरकारले सीआईबीलाई पुनः अनुसन्धानको लागि पठाउन लागेको बताइएको छ ।

तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् ऐजेण्डा

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गतका तीन संसदीय समितिको बैठक आज बस्न लागेको छ । संसद सचिवालयका अनुसार कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा आगामी दिनमा गर्ने स्थलगत अनुगमन तथा समितिले गर्ने काम कारवाहीका विषयमा छलफल हुनेछ । ११ बजे नै बस्ने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा विश्व जलवायु सम्मेलन (कोप २८) को कार्यप्रगतिबारे छलफल हुने बताइएको छ । त्यसैगरी, बैठकमा विश्व जलवायु सम्मेलन (कोप २९) मा नेपालको सहभागिताका लागि आवश्यक तयारीका सम्बन्धमा पनि छलफल हुने बताइएको छ । यस्तै दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा नविकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ माथि दफावार छलफल हुने कार्यसूची छ ।

लोकप्रिय