मतदान केन्द्र पुग्न ३ दिन लाग्ने भएपछि भोट नहाल्ने घोषणा

मतदान केन्द्र पुग्न ३ दिन लाग्ने भएपछि भोट नहाल्ने घोषणा

जिल्लाभर स्थानीय तहको चुनावी रन्को बढेको छ। गाउँगाउँमा कसलाई मत दिने छलफल जारी छ। तर सदरमुकामबाट ६० कोस टाडाको हिमाली गाउँपालिका–३ गुम्बा गाउँका मतदाता भने चुनावी चर्चा गर्दागर्दै पनि मतदान गर्न नजाने निर्णयमा पुगेका छन्। यो खबर आजको राजधानीमा निमेन्द्र शाीले लेखेका छन्।

गुम्बा गाउँका मतदाताले उम्मेदवार मन नपरेर या बहिष्कार नीतिका कारण भने मतदान नगर्ने निर्णय गरेका होइनन्। मतदान गरेर घर आइपुग्दा तीन दिन बित्ने भएपछि खर्च र समयको बर्बादी हुने भन्दै उनीहरू मतदान नगर्ने निर्णयमा पुगेका हुन्। २६ परिवारको थातथलो रहेको लाम्पाटा र गुम्बा गाउँका मतदाताका लागि निर्वाचन कार्यालयले डेढ दिन हिँडेर मात्र पुगिने गंगा आधारभूत विद्यालय बौडीमा मतदान केन्द्र कायम गरिदिएपछि उनीहरू रहर हुँदाहुँदै बाध्यतावश मतदान नै नगर्ने निष्कर्षमा पुगेका हुन्।

‘१९ वर्षपछि मत हाल्न पाइने आशा थियो तर मत हालेर आउँदै तीन दिन लाग्ने भएपछि बुढाबुढी र बिरामी लिएर जान नसकिने भएकाले हामीले मत नहाल्ने निर्णय गरेका छौं,’ स्थानीय छिरिङ घोर्चे लामा भन्छन्।

गुम्बा गाउँमा ३० जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय बाजुराकी प्रमुख सुभद्रा गौतम बताउँछिन्। यीमध्ये आठजना महिला र २२ जना पुरुष मतदाता छन्।

मतदान केन्द्र टाढा भएका कारण यसअघिका निर्वाचनमा समेत मत हाल्न जान नसकेको लामाले बताए। दुःख गरेर मत हाल्न गए पनि बस्ने खाने र सहजीकरण गर्ने कार्यमा कसैले सहयोग गर्ने आश्वासन नदिएपछि उनीहरू मताधिकार पाएर पनि सदुपयोग गर्ने निर्णयमा पुगेका हुन्।

‘तीन दिन बिताएर के गर्ने ? हाम्रो सुख कसैले गर्ने होइन,’ लामा भन्छन्। गुम्बा गाउँकै छेवाङ लामा गाउँकै विद्यालयमा मतदान केन्द्र तोक्न सक्ने अवस्था हुँदाहुँदै जबर्जस्ती टाडा लगिएपछि मतदान गर्न जान नसक्ने बताउँछन्। ‘हाम्रो गाउँमा पनि स्कुल छ, तीन दिन हिँड्नुपर्ने ठाउँमा लानै नपर्ने अब हामी कसरी भोट हाल्न जान सक्छौं ?’ लामा गुनासो पोख्छन्। लामाका अनुसार गुम्बा गाउँबाट मतदान केन्द्र भएको ठाउँमा पुग्न युवाहरूलाई कस्सिएर हिँड्दासमेत एक दिन पूरै समय लाग्ने लामा बताउँछन्।

गाउँमा ६० वर्ष नाघेका तीनजना छन् भने आठजना महिला मतदाता रहेका छन्। ‘दुई–तिन दिन खर्च गरेर कुनै उपलब्धि हँुदैन, समस्या जस्ताको त्यस्तै छन्, मतदान गरेर पनि के गर्ने ?’ स्थानीय कालिबहादुर गुरुङ भन्छन्। उनीहरूले २०७० सालको संविधानसभाको निर्वाचनमा पनि गाउँमै मतदान केन्द्र तोक्न पटकपटक माग गरे। तर, जिल्ला निर्वाचन कार्यालयले अर्को पटक व्यवस्था गर्ने आश्वासन दिएको थियो।

गाउँपालिका निर्माणमा धेरै गाविसलाई मिलाइएको र मतदान केन्द्र तोक्दा सुगममा मात्र राखिएका कारण आफूहरू नचाहेर पनि मतदान गर्नबाट वञ्चित हुने अवस्था आएको भन्दै स्थानीय आक्रोसित समेत छन्। जिल्लाको विकट गाउँका रूपमा रहेको बिच्छ्याँको लाम्पाटा र गुम्बा गाउँमा राज्यले बेवास्ता गरेकाले निर्वाचनमा मतदान गर्ने अधिकारबाट वञ्चित हुनुपरेको इन्सेक बाजुरा प्रतिनिधि पदमबहादुर सिंह बताउँछन्।

अनेरास्ववियु (क्रान्तिकारी)को राष्ट्रिय सम्मेलनको तयारी पूरा

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को २३औँ राष्ट्रिय सम्मेलनको तयारी पूरा गरेको छ ।  क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहले यही असोज १० देखि १४ गतेसम्म हुने सम्मेलनको तयारी पूरा गरिएको जानकारी दिनुभयो । यसअघि सम्मेलन असोज २ देखि ५ गते तोकिएकामा तीन प्रदेश कमिटीको सम्मेलन बाँकी रहेकाले नयाँ मिति तोकिएको उहाँले बताउनुभयो । सम्मेलनमा दुई हजार तीन सय २३ प्रतिनिधि सहभागी हुने भएका छन् । सम्मेलनले ३३ पदाधिकारीसहित दुई सय ४३ जनाको नयाँ केन्द्रीय कमिटी चयन गर्नेछ ।  उहाँका अनुसार यसपटक सम्मेलनमा सहभागी प्रतिनिधिले नै पदाधिकारी र केन्द्रीय कमिटी चयन गर्ने छन् । वर्तमान केन्द्रीय समितिले सम्मेलनमा सहभागी हुनका लागि आआफ्नो मातहतका कमिटीबाट निर्वाचित भएर आउनुपर्ने नयाँ व्यवस्था गरिएको छ । यसअघि वर्तमान केन्द्रीय कमिटी स्वतः सम्मेलनको प्रतिनिधिका रुपमा रहँदै आएका थिए ।  सम्मेलनको उद्‌घाटन सत्र कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान र बन्द सत्र किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको सभाहलमा हुने छ । सम्मेलनको उद्‌घाटन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नुहुनेछ ।

जलवायु न्यायको माग गर्दै युवाहरु सडकमा

ललितपुर– जलवायु न्यायको माग गर्दै युवायुवतीको समूहले ललितपुरको जावलाखेलमा पिपुल्स क्लाइमेट मार्च २०२४ र्‍याली निकालेका छन् । र्‍यालीमा सहभागीले विभिन्न नारा लेखिएका ब्यानर र प्ला कार्ड बोकेका थिए । उनीहरूले विकसित मुलुकहरूले खनिज, पेट्रोलियम एवं औद्योगिक उत्सर्जनबाट प्रदुषण बढाउन मुख्य जिम्मेवार रहेको र यसको मारमा नेपाल जस्ता राष्ट्रहरू परेको भन्दै विकसित देशले नेपाल जस्ता देशलाई क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् । विकसित राष्ट्रहरूले नेपाल जस्तो कम हरितगृह ग्यास उत्सर्जन गर्ने देशलाई तिर्नुपर्ने दायित्व पनि ऋणको रूपमा दिन खोजेको भन्दै यसको विरोध समेत गरेका छन् । नेपालमा भएको यो र्‍याली ‘ग्लोवल विक अफ एक्सन इन साउथ एसिया’को सन्दर्भ पारेर पनि आयोजना गरिएको हो ।

यस वर्ष दसैँको टीकाको उत्तम साइत ११ः३६ बजे

काठमाडौं । यस वर्षको दसैँको टीकाको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा रहेको छ । शुक्रबार नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले सूचना जारी गर्दै  बिहान ८ बजेर ३३ मिनेटमा देवी विसर्जन गरिने जनाइको हो ।  टीका लगाइमाग्ने व्यक्तिले पूर्व फर्किनुपर्ने समितिले जनाएको छ । समितिका अनुसार घटस्थापनाको साइत असोज १७ गते बिहान ९ बजेर १६ मिनेटमा रहेको छ ।  यस्तै असोज २४ गते फूलपाती भित्राउने शुभसाइत बिहान ७ बजेर ११ मिनेटमा रहेको समितिले जनाएको छ । असोज २५ गते महाअष्टमी, कालरात्रि र महानवमी एकै दिन परेको समितिले जनाएको छ । असोज ३० गते कोजाग्रत पूर्णिमादेखि दसैँ पनि सकिने छ ।

एक सय ३५ उपसचिवहरूको सरुवा, करिब तीन दर्जन भुमिकाबिहिन

काठमाडौँ । सरकारले एक सय ३५ जना उपसचिवहरूको सरुवा तथा जिम्मेवारी हेरफेर गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भदौ ३१ गतेसम्म भन्दै विभिन्न मन्त्रालय, विभाग तथा संघीय निकायमा कार्यरत रहेका उपसचिवहरूको जिम्मेवारी फेरबदल गरेको सूची सार्वजनिक गरेको हो ।  सरुवा सूचीमा रहेका उपसचिवहरूलाई शिक्षा, श्रम तथा रोजगारी, गृह, उद्योग, स्वास्थ्य, वन तथा वातावरण, भूमि व्यवस्था, जलस्रोत तथा सिँचाइ लगायतका विभिन्न मन्त्रालयहरूमा खटाइएको छ भने त्यसमध्ये करीब तीन दर्जनजति उपसचिवहरुलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा राखेर भुमिका बिहिन बनाइएको छ ।

लोकप्रिय