मतपत्रमा के हो मुख्य विवाद ? मतपत्र छपाइमा बबन्डर किन ? कारण यस्ताे छ ..

मतपत्रमा के हो मुख्य विवाद ? मतपत्र छपाइमा बबन्डर किन ? कारण यस्ताे छ ..

मतपत्र परिवर्तन गरी अलगअलग छाप्दा निर्धारित निर्वाचन नहुने र संवैधानिक संकट आउने विश्लेषण भइरहेको छ तर एक महिनापछि हुने निर्वाचनका लागि मतपत्र छाप्न सुरु नै भएको छैन, जस्तो आकारमा पनि छाप्न समय छ र पहिलो चरणका ३७ सिटका लागि सुरुमा र बाँकी सिटका लागि पछि छाप्ने विकल्प पनि छ

मतपत्रमा के हो मुख्य विवाद ?

निर्वाचन आयोगले प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि मतपत्र पनि सँगै छाप्दै छ । समानुपातिकका लागि एउटा र प्रत्यक्षका लागि अर्को गरी जम्मा दुई पानाको मतपत्र व्यवस्था गरिएको छ । समानुपातिकतर्फको मतपत्रको पानामा माथिल्लो भागमा प्रतिनिधिसभा र तल्लो भागमा प्रदेश सभाको मतदान गर्ने व्यवस्था छ ।

त्यस्तै, प्रत्यक्षतर्फको मतपत्रमा माथिल्लो भागमा प्रतिनिधिसभा र तल्लो भागमा प्रदेश सभाका लागि मतदान गर्ने व्यवस्था छ । तर, प्रदेश र प्रतिनिधिसभाका लागि अलग–अलग मतपत्र हुनुपर्छ भनेर राजपा नेता सर्वेन्द्रनाथ शुक्लले सर्वोच्च अदालतमा रिट हालेपछि अहिलेको विवाद आएको हो ।

यसअघि सर्वोच्चको आदेश के थियो ?
मतपत्रसम्बन्धी विवादमा सर्वोच्चका न्यायाधीशद्वय दीपकराज जोशी र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले १ कात्तिकमा भनेको थियो, ‘समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्रको छपाइ कार्य प्रारम्भ भइसकेको अवस्थामा दर्ता हुन आएको निवेदनबाट अन्तरिम आदेशबारे बोल्नुको कुनै औचित्य रहेन ।’ समानुपातिकतर्फ प्रदेश र प्रतिनिधिसभाको मतपत्र एउटै पानामा रहे पनि छाप्ने काम सुरु भइसकेकाले त्यो विषयमा सर्वोच्चले हस्तक्षेप गर्न चाहेन ।

प्रत्यक्षतर्फको मतपत्रमा भने सर्वोच्चको आदेश यस्तो थियो, ‘अब पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ कार्य मिति १० कात्तिकदेखि प्रारम्भ गर्ने भन्ने निर्वाचन आयोगको कार्यतालिकाबाट देखिन आई छपाइ कार्य बाँकी नै देखिँदा प्रतिनिधिसभा र प्रदेश सभाको अलग–अलग ऐन रहेको अवस्थामा दुवै सभाको सदस्यको निर्वाचन एउटै मतपत्रमा गर्ने निर्णय भएकोमा प्रतिनिधिसभा र प्रदेश सभाको मतपत्र अलग्गै छाप्ने सम्बन्धमा निर्वाचन आयोगले सो विषयलाई गम्भीरतापूर्वक लिई विचार गर्ने नै हुँदा अन्तरिम आदेश जारी गरिरहनुपरेन ।’

बुधबार सर्वोच्चले भन्यो : अलग मतपत्र छाप्नु बाध्यात्मक छ, प्रगति के भयो ?

१ कात्तिकको आदेशमा अदालतले निर्वाचन आयोग गम्भीर हुने नै छ भनेर अपेक्षा गरेकोमा आयोगले अलग–अलग मतपत्र छापे पनि हुने र नछापे पनि हुने भन्ने अर्थमा विश्लेषण गरिएको थियो । त्यसैले अदालतको आदेशलाई सामान्य ठानेर निर्वाचन आयोगले आफ्नो पूर्वनिर्धारित कार्यक्रमअनुसार मतपत्र छाप्ने तयारी गरिरहेको थियो । त्यसैले अदालतको अवहेलना भयो भन्दै राजपा नेता सर्वेन्द्रनाथ शुक्ल फेरि सर्वोच्च गएपछि बुधबार न्यायाधीश डम्बरबहादुर शाहीको इजलासले भन्यो, ‘अदालतको अवहेलनामा किन कारबाही हुनु नपर्ने हो ? कारणसहित तीन दिनभित्र उपस्थित गराउनू ।’

अदालतले अवहेलनाको विषयमा कारण देखाउ आदेश मात्र जारी गरेको छैन अलग–अलग मतपत्र छाप्ने काममा कति प्रगति भयो भनेर पनि गम्भीर प्रश्न गरेको छ । ‘अदालतको यसअघिको आदेशमा ‘गम्भीरतापूर्वक लिई विचार गर्ने नै हुँदा’ भन्ने शब्दावलीको मर्म र भावनाअनुकूल दुई भिन्नभिन्न ऐनबमोजिम व्यवस्थित गर्नुपर्ने प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन प्रयोजनका लागि अलग–अलग मतपत्र छाप्नुपर्ने बाध्यात्मक कानुनी व्यवस्थाअनुरूप यस्तो मतपत्र छाप्ने कार्यमा के–कति प्रगति भएको छ ? मतपत्र १० कात्तिकदेखि छपाइ सुरु गर्ने भन्ने उल्लेख भएकाले यसरी छपाइ गर्दा अलग–अलग मतपत्र छपाइ गर्ने सम्बन्धमा गरिएको सुनिश्चितताको कार्य प्रगतिसहितको लिखित जवाफ पेस गर्नूू-गराउनू,’ आदेशमा भनिएको छ ।

सर्वोच्च अदालतले मतपत्र अलग–अलग छापिने हो कि होइन भनेर जानकारी मागेको छैन । मतपत्र अलग–अलग छाप्नु कानुनतः बाध्यात्मक छ भन्दै छाप्ने काममा के प्रगति भयो भनेर स्पष्ट र बलियो भाषामा सोधेको छ । त्यसैले प्रत्यक्षतर्फको मतपत्र अलग–अलग छाप्नुको विकल्प निर्वाचन आयोगसँग छैन ।

अलग मतपत्र छाप्दा निर्वाचन के हुन्छ ?

समानुपातिकतर्फको निर्वाचनका लागि मतपत्र छाप्ने काम १७ असोजमा सुरु भएको हो, जो अहिले सकिएको छ । त्यसैले त्यो मतपत्रको विषयमा सर्वोच्चले केही पनि भनेको छैन । अब अन्योल प्रत्यक्षतर्फको मतपत्रमा मात्रै छ । प्रदेश र प्रतिनिधिसभाको निर्वाचन अलग–अलग ऐनअनुसार हुने हुनाले मतपत्र पनि अलग–अलग गर्नुपर्ने कानुनी बाध्यता छ भनेर सर्वोच्चले आदेश दिएपछि निर्वाचन आयोगले दुवै तहका लागि अलग–अलग मतपत्र छाप्नुपर्ने अवस्था सिर्जना भएको छ । तर, यसो गर्दा निर्वाचन सर्ने र ७ माघपछि संवैधानिक संकट आउने विश्लेषण कतिपय बुद्धिजीवीले गरिरहेका छन् । जबकि मतपत्र अलग–अलग छाप्न निर्वाचन आयोगलाई थप समय लाग्ने कुनै कारण छैन । किनकि प्रत्यक्षतर्फको मतपत्र छाप्न सुरु नै भएको छैन । १० कात्तिकदेखि मतपत्र छाप्ने तयारी भएकाले अहिले नै त्यसको आकार–प्रकार परिवर्तन गर्न सकिन्छ । यसो गर्दा प्रदेश र प्रतिनिधिसभाका फरकफरक उम्मेदवारलाई मतदान गर्न मतदातालाई पनि सजिलो हुन्छ । तर, अलग मतपत्र प्रयोग गर्दा मतपेटिका पनि अलग राख्नुपर्ने र त्यो संख्या नपुग्ने तर्क निर्वाचन आयोगको छ । दोब्बर आकारको मतपत्र अटाउने मतपेटिकामा त्योभन्दा आधा साना दुई मतपत्र अटाउन सक्छन् । र, गणकहरुले रङ र शीर्षकका आधारमा छुट्याएर सजिलोसँग गणना पनि गर्न सक्छन् । -नयाँ पत्रिकाबाट

बाढी पहिरो अपडेटः देशभर २४ को मृत्यु, २७ बढी बेपत्ता

काडमाडौं । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा गएको बाढी र पहिरोमा परी २४ जनाको मृत्यु भएको छ। ललितपुरमा ९, भक्तपुर, काभ्रे र पाँचथरमा ३–३, सिन्धुपाल्चोक र धनकुटामा २–२ तथा काठमाडौं, झापामा १–१ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। २७ जना बेपत्ता छन्। ललितपुरमा मात्रै बाढी पहिरोमा परी ९ जनाको मृत्यु भएको छ। ११ जना हराइरहेका छन्। उनीहरुको विवरण संकलनको काम भइरहेको जिल्ला प्रहरी परिसर ललितपुरले जानकारी दिएको छ। भक्तपुरमा पहिरोमा परी तीन जनाको मृत्यु भएको छ। सूर्यविनायक नगरपालिका– ९ पलाँसेमा पहिरोले घर पुर्दा कालिकोटका तीन जानको मृत्यु भएको हो। मृत्यु हुनेमा कालिकोटको सान्नी त्रिवेणी गाउँपालिका ५ स्थायी घर भएकी २४ वर्षीया बिमला शाही, उनकी बहिनी १४ वर्षिया मनिषा र ४ वर्षिया छोरी सूर्या बमको मृत्यु भएको भक्तपुर प्रहरी परिसरका प्रवक्ता मोहनमणि अधिकारीले जानकारी दिए। त्यस्तै, काभ्रेको तेमाल गाउँपालिका–७ मा पहिरोले घर पुरिँदा तीन जनाको मृत्यु भएको छ। आज बिहान करिब ३ बजेतिर भीमबहादुर तामाङको घर पहिरोले पुर्दा ५० वर्षीया पातली तामाङ र ४० वर्षीया नक्कली तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ। थप एकजना मृतको भने पहिचान खुलेको छैन्। यस्तै सिन्धुपाल्चोकको लिसङ्खु पाखर गाउँपालिका ३ मा पहिरोले घर पुर्दा पूर्व वडाध्यक्ष काजीबहादुर लामा र उनकी श्रीमती सुन्तली तामाङको मृत्यु भएको हो। उता, पाँचथरको फिदिममा पहिरोले घर पुर्दा तीन जनाको मृत्यु भएको छ। वडा नं ४ मा २४ वर्षीया सपना शेर्पा र उनकी छोरी पाँच वर्षीया डोल्माको मृत्यु भएको हो। यस्तै फिदिम–१ मा गएको पहिरोमा परि स्थानीय ५० वर्षका गोपी विश्वकर्माको मृत्यु भएको छ। फिदिम–१ कै पाँचजना अझै वेपत्ता छन्। धनकुटामा पहिरोमा परी आमाछोरीको मृत्यु भएको छ। पाख्रिबास नगरपालिका ५– गुराँसेमा सन्तोष तामाङकी ३० वर्षिया श्रीमती आशा तामाङ र उनकी आमा रामकुमारी तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विष्णु खड्काले जानकारी दिए। काठमाडौंको नागार्जुन नगरपालिकामा घर भत्किँदा एकजनाको मृत्यु भएको छ। सशस्त्र प्रहरी बलका अनुसार घर अरु केही व्यक्ति पुरिएका छन्। मृतक र बेपत्ताको परिचय खुल्न बाँकी छ। झापामा बाढीले बगाउँदा एक जनाको मृत्यु भएको छ। झापा गाउँपालिका–२, बालुवाटार बस्ने ३५ वर्षीया धनमाया घोरासैनीको माइखोलामा आएको बाढीमा परी मृत्यु भएको हो । दुई जना बेपत्ता छन्। यस्तै काभ्रेको पनौती नगरपालिका– ११ थुम्कीमा पहिरोले घर बगाउँदा पाँचजना सम्पर्कविहीन भएका छन्। स्थानीय अर्जुन भण्डारीको घर पुरिँदा उनी र श्रीमतीसहित पाँचजना बेपत्ता भएका हुन्। श्रीमान–श्रीमती र आफन्त तीनजना पहिरोमा पुरिएको खबर पाए पनि ठाउँठाउँमा पहिरो गएका कारण त्यहाँ पुग्न कठिनाइ भएको प्रहरीले जानकारी दिएको छ। सिस्नेरीका ३० घर बगायो अविरल वर्षाका कारण आएको बाढीले मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरी बजारका ३० वटा घरटहरा बगाएको छ। सिस्नेरी प्रहरी चौकीका इञ्चार्ज प्रहरी सहायक निरीक्षक भोजराज न्यौपानेले इलाका प्रहरी कार्यालय भवनसहित घर बगाएको जानकारी दिए। बाढीका कारण इन्द्रसरोवर गाउँपालिका–२ खानीखेतस्थित २८ घर डुबानमा परेका छन्। अविरल वर्षाका कारण कुलेखानी जलाशय भरिएपछि आज बिहान बाँधका दुई वटा ढोका खोलिएको थियो। विभिन्न खोलामा जलसतह बढेको र कुलेखानी जलाशयका कारण बाढी आएको प्रहरीले जनाएको छ। बाढी तथा डुबनका कारण मानवीय क्षति भने नभएको सिस्नेरी प्रहरीले जनाएको छ। स्थानीयलाई सुरक्षित स्थानमा राखिएको छ। अविरल वर्षाका कारण पहिरो जाँदा हेटौँडा–काठमाडौँ सडक अवरुद्ध भएको छ। पहिरोका कारण कान्तिलोकपथ, भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली–काठमाडौँ, कुलेखानी–फाखेल–काठमाडौँ, कुलेखानी–मातातीर्थ–काठमाडौँ र त्रिभुवन राजपथ अवरुद्ध भएको मकवानपुर प्रहरीले जनाएको छ।

सिस्नेरीमा एन्फा एकेडेमीका ६ विद्यार्थी बगे

मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका ३ सिस्नेरीमा रहेको बत्सलादेवी माध्यमिक विद्यालयमा सञ्चालित एन्फा एकेडेमीका ६ जना विद्यार्थीलाई बाढीले बगाएको छ। आज बिहान ६ बजेतिर सिस्नेरी खोलामा आएको बाढीले बगाउँदा ६ जना बेपत्ता भएको एकेडेमी संयोजक सुवासचन्द्र ठकुरीले जानकारी दिनुभयो । कुलेखानीको ड्याम खोलेपछि सुरक्षित स्थानतर्फ जाने क्रममा बाढीले बगाएको ठकुरीले बताउनुभयो । एन्फाले गत वर्ष उक्त विद्यालयसँग सहकार्य गरेर ४० विद्यार्थीलाई एकेडेमीमा राखेको थियो। बेपत्ता विद्यार्थीहरुमा अनुप घलान मकवानपु, आदित्य वलम्पाकी सर्लाही, रियान्स आचार्य, काठमाडौं, सुमन योन्जन मकवानपुर, विकल रेग्मी, निजगढ, दिवस बानियाँ मकवानपुर रहेका छन ।

अखिल क्रान्तिकारीको बन्दसत्र सुरु

काठमाडौं । नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको बन्दसत्र सुरु भएको छ ।  विहान ८ बजेदेखि बन्दसत्र सुरु गर्ने कार्यतालिका निर्धारण गरेको भए पनि प्रतिनिधि टुंगो लाग्न समय लागेको र झरीका कारण साँझ पौने ५ बजे मात्रै बन्दसत्र सुरु भएको हो । बन्दसत्रले अध्यक्ष पञ्चा सिंह नेतृत्वको कार्यसमिति भंग गरी अध्यक्षता मण्डल गठन गरेको छ । बन्दसत्रमा राजनीतिक र सांगठनिक प्रतिवेदन प्रस्तुत गरिएको छ। अब बन्दसत्रको सबै काम बीरबहादुर थापाको अध्यक्षतामा रहेको ७ सदस्यीय अध्यक्ष मण्डलले गर्नेछ भने विधान र प्रतिवेदन पारित भएपछि निर्वाचन समितिले नेतृत्व चयनको प्रक्रिया सुरु गर्ने छ । नेतृत्व सहमतिबाट चयन गर्न पार्टी नेताहरुले प्रयास जारी राखेका छन्, सहमति नभएको खण्डमा प्रत्यक्ष निर्वाचनबाट नै सम्पूर्ण पदाधिकारी र केन्द्रीय सदस्यहरु निर्वाचित हुनेछन् ।   नेतृत्व चयनका लागि पार्टीको केन्द्रीय निर्वाचन आयोगले अधिवक्ता मुक्ति प्रधानको संयोजकत्वमा निर्वाचन समिति खटाएको छ । सम्मेलनमा दुई हजार तीन सय २३ प्रतिनिधिले मतदान गर्नेछन् । प्रतिनिधिहरुले ३३ सदस्यीय पदाधिकारी र २४३ सदस्यीय केन्द्रीय समिति चयन गर्नेछन् । पदाधिकारीमा खुल्लाबाट एक अध्यक्ष, खुल्ला ४, समावेशी ५ सहित ९ जना उपाध्यक्ष, खुल्लाबाट १ महासचिव, ९ उपमहासचिव, १२ सचिव र १ कोषाध्यक्ष रहनेछन् । एकता प्रक्रिया, राष्ट्रिय सम्मेलन आयोजक समिति वा अन्य कुनै विशेष अवस्थामा केन्द्रीय समितिको संख्या थपघट गर्न सकिने प्रस्ताव गरिएको छ । केन्द्रीय कमिटीको एक तिहाइ नबढ्ने गरी ४८ सदस्यीय केन्द्रीय सचिवालयको प्रस्ताव विधानमा गरिएको छ ।

पर्यटन आर्थिक रुपान्तरणको महत्वपूर्ण क्षेत्रः प्रचण्ड

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा आर्थिक रुपान्तरणका लागि पर्यटन महत्वपूर्ण क्षेत्र भएको बताउनुभएको छ । आज परेको ४५औं विश्व पर्यटन दिवसको अवसरमा शुभकामना दिंदै उहाँले यस्तो बताउनुभएको हो । ‘नेपाल प्राकृतिक, सांस्कृतिक र साहसिक सबैखाले पर्यटनका दृष्टिले आकर्षक गन्तव्य हो। पछिल्ला वर्षहरुमा बाह्य पर्यटकको संख्या बढिरहेको छ भने आन्तरिक रुपमा पनि पर्यटन संस्कृति वृद्धि भएको छ’– उहाँले भन्नुभयो– ‘मेरो नेतृत्वको सरकारले पर्यटन क्षेत्रको पुरुत्थानका लागि लिएको नीति, कार्यक्रम र प्रयासको परिणामस्वरुप गत वर्ष सन् २०२३ मा लक्ष्यभन्दा बढी १० लाख १४ हजार पर्यटन भित्रिएका थिए र सन् २०२४ को आठ महिनामै ७ लाख २२ हजार पर्यटक भित्रिएको सुन्दा खुशी लागेको छ।’ चालु आर्थिक वर्षको बजेटका पाँच प्राथमिकताभित्र पर्यटन प्रवर्धनलाई महत्वपूर्ण क्षेत्रको रुपमा राखिएको उल्लेख गर्दै उहाँले यसको कार्यान्वयनमार्फत पर्यटन प्रवर्धनमा उल्लेख्य सुधार आउने र अर्थतन्त्रलाई सबल बनाउन थप योगदान पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।

लोकप्रिय