महानगरमा सुशासनको अनुभूति हुने गरी काम गर्छु: प्रमुख जिसी

महानगरमा सुशासनको अनुभूति हुने गरी काम गर्छु: प्रमुख जिसी

पोखरा, जेठ १५ । पोखरा–लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले महानगरमा सुशासनको अनुभूति हुने गरी काम गर्ने बताउनुभएको छ ।

दशौँ गणतन्त्र दिवसका अवसरमा गणतन्त्र मूल समारोह समिति पोखराले आज यहाँ आयोजना गरेको समारोहमा पद बहाली गरेपछिको पहिलो सार्वजनिक कार्यक्रममा बोल्दै प्रमुख जिसीले १० दिनभित्र सुखी र समृद्धि महानगर बनाउन परिणाम निस्कने गरी कामको सुरुवात गर्ने दृढता व्यक्त गर्नुभयो ।

पहिलो चरणको स्थानीय तहको निर्वाचन सम्पन्न भएपछि मुलुक संविधान कार्यान्वयनको दिशातर्फ उन्मुख भएको उल्लेख गर्दै उहाँले बेथितिको अन्त्य र बदमासी गर्नेलाई कारबाही गरेर महानगरलाई अधिराज्यकै एक सुरक्षित सहर बनाउनेतिर अघि बढिने धारणा राख्नुभयो ।

क्षेत्रीय प्रशासक यमकुमारी खतिवडाले प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र ल्याउन अमूल्य योगदान पुर्याउने वीर सहिदप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै गणतन्त्रलाई संस्थागत गर्ने पहिलो खुट्किलोका रुपमा रहेका स्थानीय तहको निर्वाचनका कार्यक्रम अघि बढेकामा खुसी व्यक्त गर्नुभयो । उहाँले महानगरवासीलाई शान्ति सुव्यवस्था र सेवा प्रवाहमा परिवर्तनको प्रत्याभूति हुने गरी काम हुनुपर्नेमा जोड दिनुभयो ।

कास्कीका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले जनप्रतिनिधिहरुले जनभावनाअनुसार काम नगरेपछि आउने आवधिक निर्वाचनमा पराजित गराउने जनताको मताधिकार भएकाले सबै जनप्रतिनिधिले इमान्दारिताका साथ काम गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।

नेपाल पत्रकार महासङ्घ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले कार्यालयमा आउने सेवाग्राहीले छिटोछरितो सेवा पाउन सकेमा मात्रै जनतामा परिवर्तनको अनुभूति भई गणतन्त्रको संस्थागत हुँदै जाने धारणा राख्नुभयो ।

गणतन्त्र दिवस मूल समारोह समितिका संयोजक बलराम ढकालको अध्यक्षतामा भएको सो कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी कास्कीका अध्यक्ष वामदेव ढुङ्गाना र आदर्श समाज संस्थाकी अध्यक्ष विजयलक्ष्मी कोइरालाले गणतन्त्र दिवसको महत्वमाथि प्रकाश पार्नुभएको थियो ।

सो उपलक्ष्यमा विभिन्न महानुभावले रक्तदानसमेत गर्नुभएको थियो ।

अनेरास्ववियु (क्रान्तिकारी)को राष्ट्रिय सम्मेलनको तयारी पूरा

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को २३औँ राष्ट्रिय सम्मेलनको तयारी पूरा गरेको छ ।  क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहले यही असोज १० देखि १४ गतेसम्म हुने सम्मेलनको तयारी पूरा गरिएको जानकारी दिनुभयो । यसअघि सम्मेलन असोज २ देखि ५ गते तोकिएकामा तीन प्रदेश कमिटीको सम्मेलन बाँकी रहेकाले नयाँ मिति तोकिएको उहाँले बताउनुभयो । सम्मेलनमा दुई हजार तीन सय २३ प्रतिनिधि सहभागी हुने भएका छन् । सम्मेलनले ३३ पदाधिकारीसहित दुई सय ४३ जनाको नयाँ केन्द्रीय कमिटी चयन गर्नेछ ।  उहाँका अनुसार यसपटक सम्मेलनमा सहभागी प्रतिनिधिले नै पदाधिकारी र केन्द्रीय कमिटी चयन गर्ने छन् । वर्तमान केन्द्रीय समितिले सम्मेलनमा सहभागी हुनका लागि आआफ्नो मातहतका कमिटीबाट निर्वाचित भएर आउनुपर्ने नयाँ व्यवस्था गरिएको छ । यसअघि वर्तमान केन्द्रीय कमिटी स्वतः सम्मेलनको प्रतिनिधिका रुपमा रहँदै आएका थिए ।  सम्मेलनको उद्‌घाटन सत्र कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान र बन्द सत्र किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको सभाहलमा हुने छ । सम्मेलनको उद्‌घाटन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नुहुनेछ ।

जलवायु न्यायको माग गर्दै युवाहरु सडकमा

ललितपुर– जलवायु न्यायको माग गर्दै युवायुवतीको समूहले ललितपुरको जावलाखेलमा पिपुल्स क्लाइमेट मार्च २०२४ र्‍याली निकालेका छन् । र्‍यालीमा सहभागीले विभिन्न नारा लेखिएका ब्यानर र प्ला कार्ड बोकेका थिए । उनीहरूले विकसित मुलुकहरूले खनिज, पेट्रोलियम एवं औद्योगिक उत्सर्जनबाट प्रदुषण बढाउन मुख्य जिम्मेवार रहेको र यसको मारमा नेपाल जस्ता राष्ट्रहरू परेको भन्दै विकसित देशले नेपाल जस्ता देशलाई क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् । विकसित राष्ट्रहरूले नेपाल जस्तो कम हरितगृह ग्यास उत्सर्जन गर्ने देशलाई तिर्नुपर्ने दायित्व पनि ऋणको रूपमा दिन खोजेको भन्दै यसको विरोध समेत गरेका छन् । नेपालमा भएको यो र्‍याली ‘ग्लोवल विक अफ एक्सन इन साउथ एसिया’को सन्दर्भ पारेर पनि आयोजना गरिएको हो ।

यस वर्ष दसैँको टीकाको उत्तम साइत ११ः३६ बजे

काठमाडौं । यस वर्षको दसैँको टीकाको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा रहेको छ । शुक्रबार नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले सूचना जारी गर्दै  बिहान ८ बजेर ३३ मिनेटमा देवी विसर्जन गरिने जनाइको हो ।  टीका लगाइमाग्ने व्यक्तिले पूर्व फर्किनुपर्ने समितिले जनाएको छ । समितिका अनुसार घटस्थापनाको साइत असोज १७ गते बिहान ९ बजेर १६ मिनेटमा रहेको छ ।  यस्तै असोज २४ गते फूलपाती भित्राउने शुभसाइत बिहान ७ बजेर ११ मिनेटमा रहेको समितिले जनाएको छ । असोज २५ गते महाअष्टमी, कालरात्रि र महानवमी एकै दिन परेको समितिले जनाएको छ । असोज ३० गते कोजाग्रत पूर्णिमादेखि दसैँ पनि सकिने छ ।

एक सय ३५ उपसचिवहरूको सरुवा, करिब तीन दर्जन भुमिकाबिहिन

काठमाडौँ । सरकारले एक सय ३५ जना उपसचिवहरूको सरुवा तथा जिम्मेवारी हेरफेर गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भदौ ३१ गतेसम्म भन्दै विभिन्न मन्त्रालय, विभाग तथा संघीय निकायमा कार्यरत रहेका उपसचिवहरूको जिम्मेवारी फेरबदल गरेको सूची सार्वजनिक गरेको हो ।  सरुवा सूचीमा रहेका उपसचिवहरूलाई शिक्षा, श्रम तथा रोजगारी, गृह, उद्योग, स्वास्थ्य, वन तथा वातावरण, भूमि व्यवस्था, जलस्रोत तथा सिँचाइ लगायतका विभिन्न मन्त्रालयहरूमा खटाइएको छ भने त्यसमध्ये करीब तीन दर्जनजति उपसचिवहरुलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा राखेर भुमिका बिहिन बनाइएको छ ।

लोकप्रिय