निर्वाचन प्रचार समितिमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रका जिल्ला सदस्य, क्षेत्रीय समिति, नगर वडाका पदाधिकारी तथा जबस मोर्चाका जिल्ला सदस्य क्षेत्रीय समिति, नगर÷गाउँ समिति, वडाका पदाधिकारी रहनेछन् । सो भेलाले चुनाव प्रसार प्रसार समितिको संयोजक एमालेको र सहसंयोजक माओवादी केन्द्रको रहने गरी निर्णय गरेको एमालेका प्रदेश सभाका उम्मेदवार जीवन खड्काले जानकारी दिए ।
एकदिन विराएर वडा नं. १, २, ३, ४, १० १८, २०, २१ २२, २५ गरी १० वटा वडामा घरदैलो कार्यक्रम संचालन हुने माओवादी केन्द्रका नेता हरि दाहालले जानकारी दिए ।
कार्यक्रमलाई सम्बोधन उम्मेदवार तथा माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले सबै जनताको समस्या हल गर्नको लागि आफू लागि पर्ने बताइन । विशेषगरी चुनाव प्रचारमा सबै घरका जनताको जाने र जनताको समस्यालाई लिपिवद्ध गरेर समाधान गर्न पहल गर्ने बताइन ।
राष्ट्रिय राजनीतिमा प्रभावशाली भुसाल २०६४ सालमा भएको पहिलो संविधानसभा निर्वाचनमा सोही क्षेत्रबाट विजयी भएकी थिइन ।